Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्रिकेटले दिएको खुशी

Posted on May 6, 2013May 6, 2013 by Salokya

nepal
राजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश भइसकेका थिए। तर कप्तान पारस खड्काले भने जस्तै भाग्यले पनि बहादुरको साथ दियो र झिनो संभावनाका बीच शनिबारको चमत्कारपूर्ण दिनले रनरेटका आधारमा अमेरिकालाई पछार्दै नेपाल फाइनलमा पुग्यो। अब हाम्रो आशा, सपना विश्वकपमा पुगेको छ।
ks-4709-Uganda-Musoke

विश्वकपको बाटो
तर विश्वकपमा पुग्न त्यति सजिलो भने छैन। नेपालको क्रिकेट अहिले उत्कृष्ट कोच र उत्कृष्ट कप्तानको भरले धानिएको छ। सरकार र संस्था (क्यान) का कारण नेपालले अहिलेको यो उपलब्धि हासिल गरेको हैन।

युगान्डालाई पाँच विकेटले हराएर डिभिजन ३ च्याम्पियन बनेसँगै नेपाल डिभिजन २ मा बढुवा भएको छ। साथमा आगामी वर्षको जनवरीमा न्युजिल्यान्डमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन पनि भएको छ। त्यसमा शीर्ष दुई स्थानमा रहन सके मात्रै सन् २०१५ मा हुने विश्वकपमा नेपाल सहभागी हुन पाउने हो। प्रतियोगितामा आठ अन्य एसोसिएट र एफिलियट टिमहरु रहनेछन्। कुन कुन हुन् त ती टिम ?

आयरल्यान्ड
नेदरल्यान्ड
अफगानिस्तान
स्कटल्यान्ड
केन्या
क्यानाडा
युएई
नामिबिया
पपुवा न्युगिनी
हङकङ

माथि १० वटा टिमको नाम छ। ती मध्ये दुई टिम विश्व क्रिकेट लिग च्याम्पियनसिप जिती सीधै विश्वकपका लागि छनौट हुनेछ। अहिले भइरहेको यो च्याम्पियनसिपमा आयरल्यान्ड र नेदरल्यान्ड अगाडि छ। दुई टिम छनौट भएपछि नेपाल र युगान्डासहित गरी १० टिमले छनौट अर्थात् क्वालिफायर्स खेल्नेछ। त्यसमा शीर्ष दुई स्थानमा आएमा विश्वकप खेल्न पाइनेछ।

तेस्रो र चौथो भएमा भने चार वर्षका लागि एक दिवसीय मान्यता पाइनेछ।

नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। अब एक कदम राम्रोसँग टेक्न सक्यौँ भने हामीले आफ्नो लक्ष्य भेट्टाउनेछौँ। लक्ष्य विश्वकपमा सहभागी हुने भए पनि एक दिवसीय मान्यता पाउन सके पनि त्यो हाम्रो लागि ठूलै उपलब्धि हुनेछ। तर यसका लागि आशा मात्र गरेर हुँदैन। नेपाली खेलाडीहरुलाई उचित प्रशिक्षण र दरिलो प्रतिद्वन्द्वीहरुसँग अभ्यास गराइरहनु पर्छ। समय पनि धेरै बाँकी छैन। विश्वकप छनौटका लागि अब आठ महिना मात्रै बाँकी छ।

फुटबलले सँधैजसो निराश बनाइरहेको बेला क्रिकेट ऐतिहासिक उपलब्धि हात पार्न लागेको छ। यसतर्फ ध्यान गइदिए नेपालीले कम्तिमा खुशी हुने एउटा थप मौका पाउँथे।

र अन्त्यमा, क्रिकेटले ठूलो जित वा उपलब्धि हात पार्दा एन्फाका गणेश थापा त्यसलाई छायामा पार्न फुटबलमा केही न केही घोषणा गर्छन् रे। यस पटक चाहिँ के घोषणा गर्लान् ? कुरौँ !

फोटोः आइसीसी
ks-4541

ks-4541

ks-4692-Uganda-Musoke

ks-4529-Uganda-Masaba

ks-4682-Airee-Shakti

ks-4663-Uganda-Sematimba

ks-4563-Nepal-Prithu

ks-4554-Uganda-Masaba

ks-4490-Uganda-Masaba

42 thoughts on “क्रिकेटले दिएको खुशी”

  1. Barun says:
    May 7, 2013 at 1:36 pm

    बधाई छ. अब राम्रो तयारी गरेर सफलता चुम्दै जानु, शुभकामना .

    Reply
  2. Ram Thapa says:
    May 7, 2013 at 12:57 pm

    बधाई छ हाम्रा प्यारा नेपाली खेलाडी भाईहरुमा मेहनत गर्नुस् सफलताले पाइला अवस्य चुम्ने छ , हामी देश, बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुको शुभकामना अनि विजय भवको हृदय देखिनै कामना.
    जय देश, जय नेपाली आमाका सुपुत्रहरु

    Reply
  3. yukta says:
    May 7, 2013 at 10:13 am

    सफलता को लागि नेपालि क्रिकेट टिम लाई बधाई ! लोक तन्त्र का पानीमरुवा नेताहरुले कहीं यहाँ पनि राजनीति घुसाएर हाम्रो सफल टिम लाई चौपट पार्ने त होइन ? सबै सजग हौ !

    Reply
  4. Suman NYC says:
    May 7, 2013 at 8:08 am

    We are proud of our Nepalese cricketer,,, congrats to all ,,, keep it up , don’t give up, always move forward. We all are with U guys,,,,,,

    Reply
  5. Deepak says:
    May 7, 2013 at 1:21 am

    धेरैले मन पराएको जीत। तपाईँलाई नि?

    Reply
  6. Abhaya London says:
    May 6, 2013 at 9:40 pm

    यो जीत ले मन नै प्रफुल्ल बनाएको छ , लाग्छ मेरो पनि सपना साकार होला जस्तो छ I

    Reply
  7. Sundip says:
    May 6, 2013 at 7:06 pm

    नेपाल! नेपाल! नेपाल!

    हाम्रो टिम कैले नेपाल फर्कदै छ? स्वागतको लागि एरपोर्ट जाने प्लान छ..भब्य स्वागत गर्नु पर्छ हाम्रा योध्हाहरुलाई

    Reply
  8. Toyannath Dahal says:
    May 6, 2013 at 6:35 pm

    क्रिकेट खेलमा नेपालले उपलब्धी हात पारेको कुरामा त गर्व गर्न पर्छ । तर यो पनि चिन्ता गर्न जरुरी छ की भारतको जस्तो नेपाली टिम हुने हो भने नेपाली खेलाडीहरुको आर्थिक अवस्था त राम्ररी नै सुध्रिएला अनि देशको नाम पनि आउला तर त्यसै त अल्छे र बेगारी नेपाली युवाहरु अरु विग्रिएलान । एक छिन हेर्दा नहुने यो खेलले औधोगिक मजदुर र सरकारी कर्मचारीलाई पनि काम चोर बनाईदिन्छ । किन की क्रिकेटको क्रेज ले हत्तपत्त छाडदैन ।

    Reply
    1. Ramesh says:
      May 7, 2013 at 10:18 am

      नेपाल,नेपाली क्रिकेट र समग्र नेपाली खेलकुदलाई माया गर्नेले एस्तो विचार राख्दैनन

      Reply
  9. Harish Shrestha says:
    May 6, 2013 at 6:31 pm

    Hats Off Nepali Cricket Team…. Hip Hip Hurray ……………….

    Reply
  10. ANEAL KHADGI says:
    May 6, 2013 at 6:16 pm

    हे भगवान , यसरि नै वर्ल्डकपमा पुगेर इंडिया लाई हराएको हेर्न पाइयोस ……………. यो जिन्दगीमा अरु केहि चाहिदैन ….जय नेपाल .जय क्रिकेट …

    Reply
  11. achut says:
    May 6, 2013 at 4:27 pm

    “हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ……”स्यालुट क्याप्टेन,कोच अनि योद्धा हरु को टिम लाई/कालो बिरालो ‘गनेसे’ को के कुरा गरि’रा भन्या…

    Reply
  12. Bijendra says:
    May 6, 2013 at 4:22 pm

    Division 4 cricket मा win हुदा Nepali Football le Maldives ko Biruda Hare pani कडा टक्कर दिएको भनेर ५० हजार जनही पुरस्कार दिएको थियो | अनि मुस्कान पासाको भुडी झन्डै फुटेको हाँसेर / अब Division 3 won भयो, एन्फा ले अब चै मुस्कान पासा को भुडी फुटाउने नै भयो होला |

    Reply
  13. kedar says:
    May 6, 2013 at 3:40 pm

    कामरेड प्रचण्डलाइ CAAN को कार्यकारी अध्यक्ष बनाउनु पर्ला, कतै उनको दिमागले आयरल्यान्ड र नेदरल्यान्डलाइ गोता खुवाउन सक्थ्यो कि ? तेस्पछि त नेपालि खेलाडी प्रचण्ड इन्टरनेसनल खेलाडी नै पनी हुन्थे नि बाबै —————-

    Reply
  14. सार्थक says:
    May 6, 2013 at 3:19 pm

    बधाई नेपाली क्रिकेट टिमका साथ संसार भरका सबै नेपालीहरुलाई अनि नेपाली क्रिकेटलाई सफलताको यो चरमा चुलीमा पुर्याउन महत्वपूर्ण योगदान दिने श्रीलंकन पूर्व र वर्तमान कोच द्वय रोय डायस र पुबुदु दासानाइकेलाई । विश्वकपका छनौटका लागि आगामी दिनमा हुने खेलहरुमा यस्तै ऐतिहासिक सफलताको कामना गर्दछु ।

    काम हैन कुरा मात्रै गरेर भत्ता पचाउने आजन्म एन्फा अध्यक्ष आरिसे गणेश थापाले जे सुकै घोषणा गरुन……… खल्लीबल्ली ।

    Reply
  15. Birendra says:
    May 6, 2013 at 2:16 pm

    If caan wants fund from oversease, we can help.Make a believeable plan and publish it all citizens are ready for the career of players.

    Reply
  16. Sisir says:
    May 6, 2013 at 1:46 pm

    सर्बप्रथम त धेरै बधाई छ नेपाली क्रिकेट टिमलाई .
    मैले पहिले देखिने राख्दै आएको कुरा फेरी एक पटक ब्यक्त गर्न चाहन्छु
    * नेपालमा अहिले सबै भन्दा सम्भावना भएको र सबै भन्दा धेरै दर्सकको समर्थन रहेको खेल क्रिकेट नै हो , तेसैले एसको बिकाश र उत्थानको लागि सरकारले बिसेस खेल नीति तुरुन्त ल्याउनु पर्छ .
    * CAN मा राजनीति तु बन्द गर्नु पर्छ र क्रिकेटको “क” पनि थाहा नभएका, खेल र खेलाडी को हितमा समय पनि दिन नसक्ने र केवल सेतिंगको आधारमा चुनाब जितेका CAN अदछ्य लै तु बर्खास्त गरि एउटा ब्यबसायिक CEO नियुक्ति गरियोश जसले सफलता र असफलताको जिम्मेवारी लियोस र खेल लाई ब्यबसयिकता दियोश, एस्ता काइते राजनीतिक कार्यकर्ता राजनीतिमै ठिक्छान खेलकुदमा होइन , इस्मरण रहोश बर्मुडा जाने हाम्रा नेपाली दाजु भाइले खेल हुने २-४ दिन अगि मात्र भिसा पाएका थियो , कस्तो लापरबाही ( एस्तो घटना पहिले पनि भएको थियो र केहि खेलाडीले उड्न पाएका थिएनन् ), झन्डै प्रतियोगिता खेल्ने बाट बन्चित हुन परेको थियो, अभ्यास म्याच त खेल्नै पाएनन् तेस्कै परिणाम हो अघिल्लो २ खेलको पराजय , अरु सम्पूर्ण देश कम्तिमा ५-१० दिन अगिनै बर्मुडा पुगी सकेका थिए र त्यो इस्थान संग घुलमिल हुने मौका पाएका थिए, क्रिकेट खेलमा खेल इस्थान र पिच संग घुलमिल हुन निकै जरुरत हुन्छ , तेस्मा पनि दिन रात नै फरक हुने नेपाल र बर्मुडा जस्तो देशमा जेट लयाग बाट तगाकी पुन पनि केहि दिन अघि नै जानु पर्ने हुन्छ ..
    * देशको गौरब क्रिकेट खेलाडीहरुलाई उचित सम्मान , पुरस्कार र प्रसिच्यादको बेबस्ता गरोश, ऐरे गैरेलाई सहिद भन्दै १० लाख दिन सक्ने सरकारले यी राष्ट्रिय गौरबका खेलाडीलाई केवल साढे ३ लाख दिएर झारा टार्ने काम नगरोश , कम्तिमा सबै खेलाडिलाई १०-१० लाख दियियोश, नेपालले अहिले सम्म कुनै पनि टिम खेलमा यो भन्दा ठुलो नतिजा निकाल्न सकेको छैन, बिगत १२ महिनामा यो तेस्रो ठुलो उपाधि हो यो ..
    * एउटा बिस्वो इस्तारिया क्रिकेट गराउंद को निर्मद तु गरोश, छिमेकि राष्ट्रहरु भारत , श्रीलंका , बंगलादेश, पाकिस्तान आदि संग प्राबिधिक र अन्य सहयोगको लागि पहल गरियोश ,सहकार्य गरियोश , तेता तिरका राम्रो टिम संग खेल्ने बेबस्ता मिलायियोश , हामीले उनीहरु बाट धेरै सिक्न सक्छौ, बिस्व कप मा छनोट हुने हो भने यो एकदम जरुरत छ र यो आजैको दिनबाट सुरु गर्नु जरुरत छ,
    * काठमाडौँ बाहिर पनि खेलको पुर्बधार बिकाश गरियोश .
    * अलि फरक प्रसङ्ग, फुटबलमा कुनै पनि राम्रो नतिजा दिन नसक्ने गणेश थापालाई तु ANFA बाट गलहत्याएर निकलियोश र उनको र उनको परिवारको सम्पति र उनले २० वर्ष सम्म ANFA मा गरेको लुटको छानबिन होश ..

    अन्त्यमा आगामी प्रतियोगिताको लागि शुभकामना , हामी बिस्वो कप अबस्य खेल्ने छौ .

    Reply
    1. Suman NYC says:
      May 7, 2013 at 7:58 am

      शिशिर जी को भनाइ एक दम मन परो,,,,, हाम्रो देशका नेताहरु ले पनि टिम वोर्क को नतिजा कस्तो हुदो रछ भन्ने जान्नु जरुरि छ , क्रिकेट हेरेर.

      Reply
  17. dipesh says:
    May 6, 2013 at 1:46 pm

    नेपाली team लाई धेरै धेरै बधाई छहा

    Reply
  18. Hari Prasad Lamichhane-Saudi Arab says:
    May 6, 2013 at 1:16 pm

    धेरै धेरै बधाई अनि अग्रिम शुभकामना आगामी खेलको लागि, सुनेर त मजा आयो नि !

    Reply
  19. Bijaya says:
    May 6, 2013 at 1:15 pm

    नेपालमा क्रिकेटको भबिस्य उज्ज्वल हुदैं गएको छ| सरकारी र गैर सरकारी दुवै क्षेत्रबाट खेलाडीहरुलाई अझ राम्रो तालिम र motivation मिलेमा नेपालको बिस्व कप खेल्ने सपना अब टाडा छैन|

    Reply
  20. Pankaj says:
    May 6, 2013 at 12:47 pm

    थोरै लगानी मा यति प्रतिफल लेराउन सक्ने नेपाली क्रिकेट टिम अनि कोच लाई मुरी मुरी बधाई छ / नेपाल मा क्रिकेट मा गरियको लगानी फूटबल को वन्द एक चौथाई पनि छैन तसर्थ अज सशक्त बनाउन क्रिकेट मा बढी लगानी गर्न आबस्यक छ /

    Reply
  21. aashishjii says:
    May 6, 2013 at 11:28 am

    र यो पारस खड्का को बल क्रिस गेयेल लाई…र क्रिस गेयेल पहिलो बलमै बोल्ड भएका छन् …
    डेल इस्टेंनको दोस्रो बल…र यो छक्का हानेका छन् सरदले…बल सिदै इस्टेडियम बाहिर…

    नेपालले भारतलाई १० विकेटले हरायो…

    ओ हो म त भबिस्य पनि देख्न थालिसके…

    Reply
    1. achyut deshbhakta says:
      May 6, 2013 at 6:55 pm

      मन नै जिरिङ्ग गरौनी सपना देखाउनुभो आसिसजी ……………….पढ्दा पनि मज्जा आयो..:)

      Reply
      1. samip says:
        May 7, 2013 at 5:57 am

        सहि सहि यो क्षनिक आनन्द बास्तविकतामा परिबर्तित भएको हेर्न पाए धन्य हुने थिए

        Reply
  22. manoj says:
    May 6, 2013 at 11:19 am

    !!!शुभकामना!!!

    Reply
  23. Sushil says:
    May 6, 2013 at 11:09 am

    लौ है….बधाई छ नेपालीहरुलाई. त्यो काइते गणेश थापाको के कुरा गर्नु.

    Reply
  24. Aadil says:
    May 6, 2013 at 11:03 am

    कसरी ब्यक्त गर्ने यो खुसी र हर्षलाई ? न कुनै शब्द छ न कुनै बाक्य खुसीको बयान गर्ने । आफ्नो जिवनका ब्यक्तिगत ठुला उपलब्धीमा पाएको खुसी भन्दा पनि यो खुसी धेरै छ । नेपाली हुनुमा गर्व गर्न सिकाएका छन् यी महान् क्रिकेटरहरुले । धेरै धेरै बधाई अनि शुभकामना विश्वकप छनोट खेलको लागि ।

    Reply
  25. Jiwan Lmana says:
    May 6, 2013 at 10:59 am

    सालोक्यजीको यो बुदा यक्दम एकदम सहि छ — आशा मात्र गरेर हुँदैन। नेपाली खेलाडीहरुलाई उचित प्रशिक्षण र दरिलो प्रतिद्वन्द्वीहरुसँग अभ्यास गराइरहनु पर्छ। समय पनि धेरै बाँकी छैन। विश्वकप छनौटका लागि अब आठ महिना मात्रै बाँकी छ।
    अर्को बुदा–क्रिकेटले ठूलो जित वा उपलब्धि हात पार्दा एन्फाका गणेश थापा त्यसलाई छायामा पार्न फुटबलमा केही न केही घोषणा गर्छन् रे। यस पटक चाहिँ के घोषणा गर्लान् ? कुरौँ !
    – जब सम्म यी गणेश थापा जस्ता स्वार्थी, रेसिस्ट व्यक्ति कट्टुमा सुपर ग्लु लगायर एन्फा को कुर्चीमा बसिरहन्छ तबसम्म नेपाली क्रिकेटले सौताको छोरालाइ जस्तो ब्यबहार खेप्नु परिरहनेछ भन्ने हाम्लाई पनि लाइराछ /

    Reply
  26. Denesh says:
    May 6, 2013 at 10:49 am

    ल बधाई छ नेपाललाइ … वोर्ल्ड कप २०१५ मा नेपालले खेलेको हेर्ने मन छ…

    Reply
  27. rakesh maskey says:
    May 6, 2013 at 10:42 am

    बधाई छ नेपाली टिम

    Reply
  28. DINESH says:
    May 6, 2013 at 10:32 am

    जे होस् आखिर हामी नेपाली को लड्ने छेमता संसार ले देख्यो येस्तै संघर्स आउने दिनहरुमा पनि गर्नु छ संसार लाई केहि अरु देखाउना नसके पनि क्रिकेट देखाउनु छ जय देश

    Reply
  29. sandeep says:
    May 6, 2013 at 10:08 am

    We are proud for Nepalese cricket

    Reply
  30. Bijay says:
    May 6, 2013 at 9:50 am

    बधाई अनि शुभकामना सफलताले सगरमाथा चुमोस

    Reply
  31. prem,Dharan says:
    May 6, 2013 at 9:47 am

    this eight month is very crucial tym for Nepal,if they utilise wisely n wholeheartedly ,there is no doubt we will see our Nation (players)playing world cup 2015 along with India,Pakistan,Australia etc which will expose our players n their strength 2
    Congrats Nepal n National Team
    keep on progressing like this

    Reply
  32. तेन्जिंग गाबा says:
    May 6, 2013 at 9:43 am

    ,,स्याबास ! खेलाडी बन्धुहरु ,,स्याबास !!

    अहिलेको प्रदर्शन र प्रतिद्वन्दीहरुको नामावली हेर्दा अब नेपाललाई आगामी “विश्वकप” खेल्न कसैले पनि रोक्न सक्दैन /
    म त् ढुक्क छु /

    Reply
  33. Ganesh USA says:
    May 6, 2013 at 9:33 am

    अन्त्यमा, क्रिकेटले ठूलो जित वा उपलब्धि हात पार्दा एन्फाका गणेश थापा त्यसलाई छायामा पार्न फुटबलमा केही न केही घोषणा गर्छन् रे।– हा हा हा

    Reply
  34. shshank says:
    May 6, 2013 at 9:27 am

    We will be in World Cup ’15. Any doubt ?

    Every single person who involved in this journey, you are truly genius. Hats off!!!

    Reply
  35. Ram Adhikari, London says:
    May 6, 2013 at 9:25 am

    बधाई छ नेपाली टीमलाई /

    Reply
  36. resham says:
    May 6, 2013 at 8:46 am

    लौ धेरै बधाई नेपाली क्रिकेट टिमलाई /

    Reply
  37. Bhakta Gurung Boston USA says:
    May 6, 2013 at 8:37 am

    आई एम प्राउड अब्फ़ नेपाली क्रिकेट टिम !

    Reply
    1. Sagar Sarma says:
      May 6, 2013 at 12:28 pm

      सो एम आइ ! 😀

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme