Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आकाशमा के देखियो यो अनौठो ?

Posted on January 30, 2013January 30, 2013 by mysansar


– ओमप्रकाश नेपाली –

मंगलबार बिहान पौने १२ बजे काठमाडौँको उत्तरी आकाशमा केही अनौठा वस्तुहरु देखिए। ती त्यति प्रष्ट त थिएनन् तर रेडियम कलरका थिए। सुरुमा त्यस्ता वस्तु चार वटा छरिएको अवस्थामा थिए। बिस्तारै ती एउटै लाइनमा आए। एकैछिनमा बिस्तारै दुई वटा अझै उचाइमा गए र अदृश्य भए। पछि अर्को दुई वटाले पनि माथि उचाइ लिए र बेपत्ता भए।


म पक्का भन्न सक्छु, ती जेट प्लेन चाहिँ थिएनन्। ती बेलुन पनि थिएनन् किनभने ती निकै माथि उचाइमा थिए। जेट प्लेन उड्ने उचाइभन्दा पनि माथि। छानाबाट हेर्दा ती वस्तुको आकार आँपको रुखको पातको आकारको थियो।

म दौडेर कोठामा गएँ र मेरो Canon SX 40 HS क्यामेरा लिएर आएँ। यसको अधिकतम जुम ३० एक्समात्रै छ। निकै लामो प्रयासपछि मैले दुई वटा त्यस्तो वस्तुको मात्रै फोटो खिच्न सकेँ। तर पनि फोटोमा त्यो अस्पष्ट नै देखिन्छ। फोटो मैले तल राखेको छु।


के अरु कसैले पनि मंगलबार बिहान यस्तो वस्तु आकाशमा देखे ? त्यो के थियो भनी म जान्न चाहन्छु। कसैलाई यसबारे थाहा भए मेरो जिज्ञासा शान्त गरिदिनुहुन्थ्यो कि !

त्यही माथिको फोटोलाई ठूलो पारेर हेर्दा यस्तो देखियो-

55 thoughts on “आकाशमा के देखियो यो अनौठो ?”

  1. anuj says:
    February 2, 2013 at 10:05 am

    ओमप्रकाश नेपाली जी
    गत तिहारमा मैले पनि येस्तै देखेको थिए, तिहार को चौथौ दिन मा. मेरो iphone ले video पनि खिचेको छु, रातिको बेला घरि तल घरि माथि अनि निक्कै माथि गरि रहेको थियो. मसंग हुनु पर्छ त्यो video
    mysansar का मित्रहरु, तेस्लाई तिहार को rocket चाही नसम्झिनु होला है… त्यो rocket socket केहि थिएन 🙂

    Reply
  2. SShakya says:
    February 1, 2013 at 11:38 am

    नेपालमा के चाहिं छ र जासुसियन्त्रले हेर्नकालागी ?!?

    Reply
  3. chetan kayastha says:
    January 31, 2013 at 7:11 pm

    बादल हो बादल
    :p

    Reply
    1. Raju Ghimire says:
      February 1, 2013 at 11:12 am

      राम बहादुर थापा “बादल”??

      Reply
  4. shyam says:
    January 31, 2013 at 3:55 pm

    UFO, UAV, Satellitte, Cloud or even Ghosts….what are those? What RONAST people, astronomers and Nepal Army doing? They have the responsibilities to watch the sky above us and answer us what are those which appear on our skies. We are so ignorant that we can not do anything or respond to such objects. What if those were bombers, fighters (they synchronised on the same line and disappeared after a while) of other countries. By the tentative altitude of the objects those could be the Israeli bombers that were engaged to bomb Syrian millitary establishments.

    Reply
  5. Anna Regmi says:
    January 31, 2013 at 12:48 am

    मलाई पनि थाहा छैन तर रमाइलो लाग्यो एस्तो त कति ठाउमा भेटियो भन्ने सुनेको थिए तर अहिले सम्म पत्ता हुन सकेको छैन

    Reply
  6. Ramkumar says:
    January 31, 2013 at 12:38 am

    त्यस्तै, दुरुस्तै फोटो मैले १५ दिन अघि YouTube मा देखेको थिएँ, त्यही त होइन ? मंगल ग्रहमा चार वोटा UFO देखा परेको थियो रे | न पत्याए यो विडियो हेर्नुस त, ४४ सेकेन्ड देखि दुरुस्तै देखिन्छ | यसमा क्लिक गर्नु होला :
    http://www.youtube.com/watch?v=tPkW1Db4W9g

    Reply
  7. subash says:
    January 30, 2013 at 10:38 pm

    UFO is not something that comes from another planet or other parts of the universe. UFO simply means Unidentified Flying Objects, i.e. we simply don’t know what it is. Once we know it, it won’t be UFO then.

    Reply
  8. sabi says:
    January 30, 2013 at 6:20 pm

    follow this link i think its similar incident or issue but never going to be solved thx.
    http://www.youtube.com/watch?v=2HT7AaMlehs

    Reply
  9. Subash Puma Rai says:
    January 30, 2013 at 5:04 pm

    हुन त धेरै मित्रहरुले आआफ्नै तर्क दिनु भयो, माथिको तस्बिर हेर्दा मलाई UFO ( Unidentify Flying Object ) भन्ने लाग्यो, हुन त म यस बिषयको कुनै बिज्ञ त परिन तर प्राय म फुर्सदको समयमा युट्युब मार्फत एस्तो आकासमा उड्ने अपरिचित बस्तु हरुको भिडिओ धेरै हेर्ने गरेको हुनाले सायद त्येस्तै बस्तु हुनु पर्छ भन्ने मात्र हो, तर सायदै आज सम्म नेपालको सन्दर्भमा यो पहिलो नै हुनु पर्छ,

    Reply
  10. Geli sherpa says:
    January 30, 2013 at 4:12 pm

    यो आकाशमा देखिने बस्तु यु एफ ओ हो जी नेपालमा पनि यो आयेछा. यो अर्कै नाचेत्र बाट औछ र प्रिथिबिको अध्यन गरेर जान्छा संसार बहारमा यस्ता हजारौ आउने जाने भैसकेको छ तर मान्छे हरुले यो कुरा पत्यौदैनन मात्रै देख्ने मान्छेलाई ठ हुन्छा

    Reply
  11. rabi says:
    January 30, 2013 at 1:31 pm

    मलाई थाहा छ , भन्दिन !

    Reply
  12. madan says:
    January 30, 2013 at 1:08 pm

    Cirrus Cloud; एस्त बादल हरु डल्लो हुदैनन् र isolated पनि हुँदैनन् . यिनी हरु west देखि east तिर बग्ने गर्छन तर ओम जी को तर्क र तिनी हरु को synchronized movement हेर्दा यो तर्क लै मान्नु पर्ने अवस्था छैन

    satellite :बिस्व आकाश मा अहिले सम्म ३५००० वटा छन्. आकाश मा राम्ररी हेरियो भनि sunlight reflection हुने कारण यिनी हरु देख्नु नौलो होइन. satellite
    हरु विविन्न काम का लागि हुन्छन astronomical, communication, weather etc etc. तर ओम जी ले ४ वोटा चिज भन्नु हुन्छ . satellite हरु एक अर्का को येति नजिक हुदैनन र यो तर्क पनि मान्नु पर्ने अवस्था छैन .

    unmanned aerial vehicle : इंडिया र चिन ले हरु बनाएका छन् जासुसी का लागि . मलाई लाग्छ यिनी हरु तेही हुन् . हुन सक्छ चिन ले इंडिया मा जासुसी गरि फर्कौदै थियो होला वा नेपाल मा इनिया जासुसी गर्न पठाएका होलान . येस्ता unmanned aerial vehicle हरु एक भन्दा बड्डी संगै लन्च हुन्छन किन भने हरेक UAV को आफ्नै काम हुन्छ . आर्मी का कोहि हुनुहुन्छ भने झन् स्पस्ट हुन सक्छ . नेपाल आर्मी को radar मा केहि देखिएको थियो कि?

    Reply
    1. Subodh says:
      January 30, 2013 at 2:51 pm

      नेपाल आर्मीको राडार ??? नेपालमा एउटा रडार थियो airport मा त्यो त चल्दैन आजभोलि.

      Reply
  13. Daniel Ghimiray says:
    January 30, 2013 at 9:10 am

    आश्चर्य लग्यो सोहि कुरा यता अस्ट्रेलिया बाट पनि देखियो तर मैले त्यो कुरा २२ तारिक तिर देखेको थिए / अनि इटाली बाट पनि देखीएको कुरा youtube मा राखिएको छ तर मिति चै january ३ को बताइएको छ /

    Reply
  14. punam says:
    January 30, 2013 at 8:51 am

    खै केहो असतो थाहै वयन असतो

    Reply
  15. resham says:
    January 30, 2013 at 8:45 am

    कतै कुनै देशको जासुसहरू होइनन?

    Reply
  16. बि टि मल्ल says:
    January 30, 2013 at 8:41 am

    यो या त अमेरिका वा चीन को जासुसी यन्त्र हुनु पर्छ ! नेपाल को त माथि उड्ने चिज भने को गिद्द मात्र थिए ति पनि सबै मरी सके !!!

    Reply
  17. bhima says:
    January 30, 2013 at 8:33 am

    ओमप्रकाश जी तपैले एसको video लेनु भयो /छ भने यो सिटे मा हल्दिनुस न /

    Reply
    1. Om Prakash Nepali says:
      January 30, 2013 at 9:37 am

      Sorry Bhim Ji, malai photo khichda nai focus garna garo bhayeko thiyo. Video ko barema sochna nai sakina. 🙁

      Reply
  18. bhima says:
    January 30, 2013 at 8:30 am

    नेपाल मा मात्र होइएन संसारका धेरै देश मा एस्तो घटना भएको छ / कोई एस्लाई अलिएन हरु भन्छन कोई बिकसित देश को कुनैऎ नया खालको यान जुन आम मानिस बाट लुकाएयेर राखीये कोछा भन्छन /कुन कुरा मा विश्वास गर्ने त्यो मान्छे पिछे फरक पर्छ /अरु जानकारी चायेमा मा दिन सक छु यो बिसेयेमा /

    Reply
  19. Ashish Lohorung says:
    January 30, 2013 at 7:53 am

    यस्तोलै UFO भन्छ यानिकी अपचिरित उड्ने बस्तु . तपैले बर्णन गरे अनुसार मलाई तेस्तै लाग्यो . यसको बारेमा गूगल मा धेरै जानकारी लिन सक्नु हुन्छ . व्यक्तिगत रुपमा मलाई चै विश्वास लाग्छ . अरु देशहरुमा त एस्तो धेरै देखिएको छ तर नेपाल मा सायद यो पहिलो हुन सक्छ .

    Reply
  20. नब says:
    January 30, 2013 at 7:48 am

    नास्टको टेलिस्कोपबाट हेरेको भए केहि पत्ता लाग्थ्यो कि? तपाँइको क्यामेरा मा फोटो खिचुन्जेल नास्टतिर कसैलाइ खबर गरेको भए सत्य तथ्य पत्ता लाग्नेथियो कि।
    मेरो बिचार मा त्यो बस्तु अमेरिका वा चिन को टेस्ट फ्लाइट वा जासुसी केहि उपकरण हुन सक्छ।

    Reply
  21. Megh says:
    January 30, 2013 at 7:35 am

    ओम जी कतै UFO पो हो कि ?

    Reply
  22. Jayen says:
    January 30, 2013 at 7:13 am

    could be U.F.O

    Reply
  23. Ishwor says:
    January 30, 2013 at 6:35 am

    If you type area 51 in google , you will know what is that in the sky. Its all about their technology. However, we all are unknown about it.

    Reply
  24. Sudarshan Neupane says:
    January 30, 2013 at 6:31 am

    It must be some kind of satellites or satellite cameras (like the one google has to build google earth database).

    Reply
  25. शैलेन्द्र ढकाल (म्याउ) says:
    January 30, 2013 at 6:17 am

    तेसै अन्दाज लगाउन त सकियन तर बादलको टुक्राजस्तो देखिन्छ .यु एफ ओ वा अन्य तेस्ता काल्पनिक अलौकिक बस्तु होला जस्तो लागेन,cirrus भनिने एक प्रकारको बादल 25000 देखि 40000 ft सम्मको उचाइमा पाइन्छ! जुन प्राय सेतो तथा टुक्रेको ससानो रुपमा भेटिने गर्दछ, मेरो अन्दाजमा साथीले तेही देखेको हुनु पर्छ! Noctilucent नामको तुवालो जस्तो बादल जुन 250,000 ft सम्मको हाराहारीमा हुने गर्दछ जुन बिहानी वा साझको ढल्कदो प्रकास संग चम्किने गर्दछ साएद त्यो पनि हुन सक्दछ.केहि समयमै गाएब हुने कुरो अनि साथीको तिब्र उत्सुकता हेर्दा वा येत्तिको महत्व दिएर लेख्नु भएको कुरोले गर्दा चाही त्यो बादल नै थियो भनेर ठोकुवा पनि गर्न सक्दिन.अन्य कुनै तथा मेरो ज्ञान भन्दा बाहिरको कुरो भए बिद्द्वान मित्रहरुले पक्का पनि हाम्रो कौतुहलता शान्त पर्दिनु हुनेछ भन्ने मलाई लागीराको छ.

    Reply
    1. samrat~ says:
      January 30, 2013 at 10:29 am

      ढकाल जी सबै को टाई न तुइ कमेन्ट पढे तर तपाइँ ले चाइ राम्रो तर्क दिनु भो धन्येदाद. बिना सित्ति मा अरु कुरा मा कन्चट न तताउम. यो कि त ढकाल जी ले भनेको जस्तो cirrus भनिने एउटा बादल को टुक्रा हो या न भए सौर्य को उर्जा कहिले काही तरल को बाफ संग ठोक्किएर प्रकाश को एउटा आकार बनाउछ अनि धुवा जस्तै बिलिन हुन्छ. कुनै चमत्कारी चिज न भएर प्रकृति को चमत्कार मात्र हो.

      Reply
      1. शैलेन्द्र ढकाल (म्याउ) says:
        January 30, 2013 at 5:03 pm

        ल सम्राट जी लाई तपाइले मलाई धन्यबाद दिनु भएकोमा तपाइलाई पनि धन्यबाद 🙂

        Reply
  26. Rumba says:
    January 30, 2013 at 6:14 am

    ओम प्रकाश जी
    त्यो आकासे भुत होला …तेसैले बिलाएको

    Reply
  27. max thakuri says:
    January 30, 2013 at 5:06 am

    अलिएन …..उडन तस्करी

    Reply
  28. Nisha Tamrakar says:
    January 30, 2013 at 4:48 am

    बादल हो ब्रदर बादल !

    Reply
    1. Om Prakash Nepali says:
      January 30, 2013 at 9:35 am

      Badal ta pakkai thiyena Nisha Ji.

      Reply
  29. Hemanta says:
    January 30, 2013 at 4:47 am

    साथी हरु Tini हरु UFO हुन सक्छन

    Reply
  30. Dil Rai says:
    January 30, 2013 at 4:46 am

    त्यसलाई भन्छ Unidentified flying object
    यो हेर्दा हुन्छ http://www.google.com/search?hl=en&q=ufo&biw=1280&bih=685&bav=on.2,or.r_gc.r_pw.r_qf.&um=1&ie=UTF-8&tbm=isch&source=og&sa=N&tab=wi&ei=iVQIUb38FbS10QGk4oG4CQ

    Reply
  31. Diwakar says:
    January 30, 2013 at 4:46 am

    म पनि काठमाडौँको उत्तरतिरै बस्छु, त्यस बेला म पनि छतमै थिएँ । तर मैले त केही पनि देखिँन ।

    Reply
  32. amrit says:
    January 30, 2013 at 4:23 am

    UFO

    Reply
  33. Anna says:
    January 30, 2013 at 4:18 am

    मलाई पनि थाहा छैन के थियो तर रमाइलो लाग्यो

    Reply
  34. razen says:
    January 30, 2013 at 4:17 am

    राजधानिको फोहोरमैलाबाट हावासंगै प्लास्टिक को ब्यागहरु खेल्दै उडेको होला नगरपालिकालाई गिजाउदै |

    Reply
  35. NP Giri, USA says:
    January 30, 2013 at 3:50 am

    नेपालको गाईजात्र हेर्न एलिएन आएका होलान …….१०० जना जति फटाहा नेताहरुलाई कठारो समाई त्यहि यानमा राखेर लगिदिए नेपालको भलो हुने थियो !!!!!!!!

    Reply
  36. john thapa magar says:
    January 30, 2013 at 3:47 am

    यु एफ ओ होला जस्तो लाग्यो..

    Reply
  37. द्रोण says:
    January 30, 2013 at 3:37 am

    अमेरिका को टेक्सास बाट कन्ट्रोल गरेर अफगानिस्तान को तोरा बोरा माथि ड्रोंन उडाएको
    यहा टि भी मा हेरेको थिए | नासा बाट मंगल ग्रह मा क्युरोसिती यान कन्ट्रोल गरेको माइसंसार मै पढेको थिए |
    यो चै यसै हो भन्न अलि गाह्रो छ ,यु यफ वो पनि हुन् सक्ला (यो अझै ठोकुवा भैसकेको छैन ), नेपाल चीन को छेउ छाउ पर्ने हुनाले अमेरिकी ले नै नै जासुसी को लागि केहि उडाए कि ???
    आजको स्थिति के छ ?
    इरान ले समेत अन्तरिक्ष्य मा बादर पठाएर सकुसल वोराले छ |(याहु न्युज ),तेस्तै उत्तर कोरिया ले पनि अंतर्द्दिपीय क्षेप्यास्त्र प्रक्षेपण गर्दैछ | फेरी प्रजातान्त्रिक बिस्व को समाचार ले उत्तर कोरिया मा भोकमरीले गर्दा बाबु आमाले आफ्नै छोरा छोरी पकाएर खाए पनि लेख्दै छ |(हिजो को टाइम्स अफ इन्डिया )|
    गिरिजा मेरो छोरीलाई पी यम बनाएकी बनाएनन भनेर बिहानै हेर्न ओर्ह्लेको त् पक्कै हैन होला ?

    Reply
  38. subas says:
    January 30, 2013 at 3:03 am

    may be hot air balloon used in space exploration or weather changes..these can travel all around the globe…as during cold war lots of thoses used for weather exploration landed in russisa rising the debate betn them ….i wanted to put one link from recent project i checked days bak but was not able to serch out in google

    Reply
  39. sanu sharma says:
    January 30, 2013 at 2:57 am

    might be somebody is doing nuclear experiment……….

    Reply
  40. Subodh says:
    January 30, 2013 at 2:56 am

    आकाश तिर हेरेर बस्ने फुर्सद भए पो !

    Reply
    1. anuj says:
      February 2, 2013 at 10:08 am

      बेफुर्सदी मित्र, आखा भए पछि कहिले कहिँ फुर्सद भए पनि नभए पनि देखिन्छन येस्ता कुरा हरु..

      Reply
  41. डिल्लीरमण न्यौपाने says:
    January 30, 2013 at 2:54 am

    हेर्नुहोस:
    http://ivn.us/san-diego/2012/12/20/unmanned-aerial-vehicles-and-domestic-surveillance-issues/

    Reply
  42. stranger says:
    January 30, 2013 at 2:49 am

    आज भन्दा ५-६ वर्ष अगाडी को कुरा हो , येस्तै दशैँ ताका मैले नि मेरो घर( काठमाडौँ ) को छातबाट अनौठो प्रकाश देखेको थिए | तेती खेर मैले मेरो mobileको क्यामेरा बाट फोटो खिचेको थिए तर तेती इस्पस्त आएन | पछि त्यो mobileनि हरायो | त्यो अनौठो प्रकाश (boomerang) आकारको थियो, अनि रातो रंग को र बेलुका को ४ -साढे ४ बजे तिर हलचल नगरी कन एकै ठाउँमै थियो तर हरेक १५ मिनेट पछि तेस्ले आफ्नो पोजिशन चेन्ज गर्थ्यो तर अनौठो कुरा त्यो चिज को कुनै constant movement, speed या मोमेंतुम थिएन | अनि त्यो पश्चिम तिर बादी राखेको थियो र करिब १, डेढ घण्टा पछि त्यो सुर्य अस्थायझैँ डाढा पछाडी गाएब भयो | त्यो कुरा आज सम्म नि मेरोलागि एउटा mystery नै छ आखिर के थियो तह त्यो |

    Reply
  43. डिल्लीरमण न्यौपाने says:
    January 30, 2013 at 2:42 am

    UAV (Unmanned aerial vehicle) वा जासुसी बिमान (reconnaisance aircraft) हुनसक्छ / येस्ता बिमानहरु कन्ट्रोल टावरबाट भिडियो गेम खेलेको जस्तो गरि चलाउने हुनाले कुनचैँ अम्रिकानेलाइ काठमाडौँ हेर्ने सनक चलेर पाकिस्तानबाट एस्सो एता तिर घुमाको पनि हुनसक्छ / अथवा गम्भीर कुरा: कुनै अरु देशले नेपालमा के भैरा’को छ भनेर जासुसी गरेको हुनसक्छ / हिजोआज यस्ता बिमानहरु विभिन्न आकारप्रकार अनि रंगमा बन्न सक्छन /

    Reply
  44. hemanta says:
    January 30, 2013 at 2:26 am

    may be the rocket launched by Iran.

    Reply
  45. simit gauchan says:
    January 30, 2013 at 2:24 am

    के हुनु नि बादलको डल्ला हो ..कि नेपालमा एउटा भू ग्रह खस्न लागेको हो र ????

    Reply
  46. Deshbhakta sharma says:
    January 30, 2013 at 2:04 am

    यु एफ ओ हुन सक्छ ! खगोल विद बैगानिक स्टेफन हकिन्ग्सले भनेका छन् २०१८ सम्म अन्य ग्रहबाट अतिनै बिकसित प्राणी आयर तिमि संग तिम्रै भाषा बोलेर कुरा गर्न खोज्ला त्यति बेला नबोल्नु भनेका छन् ! पृथ्वीको आज खाय भोलि के खाउ भन्ने हालतको झुसेहरु त मंगल ग्रह पुगी सक्यो अब अर्को ग्रहको एलेन सोल्टाहरु के कुरा गर्ने !

    Reply
  47. अनुराधा पौडेल says:
    January 30, 2013 at 1:47 am

    चाइना या अमेरिका या गुगल कसैको स्याटलाइट हो कि कुनै भौगर्भिक नक्सा तयार पारेको होला कसैले ।

    Reply
  48. Bijay says:
    January 30, 2013 at 1:36 am

    बादल जस्तो देखिन्छ त्यो जूम गरेको फोटो मा… हवाई जहाज ले छोडेको फ़ुएल पनि हुन सक्छ…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme