Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उजुरी आएमा मात्र कारबाही ?

Posted on January 8, 2013 by mysansar

-सुशील कुमार-

पुस ३ को सौर्य दैनिकमा पत्रिकामा पढेको थिएँ डान्स रेस्टुरेन्टमा काम गर्ने युवतीलाई संचालक र संचालकका साथि भाइले जबर्जस्ति यौन शोषण गर्ने, काम छाडेर जानेलाई कोठामा गुण्डा पठाएर जबर्जस्ति उठाएर ल्याउने गर्दा रहेछन र पीडितले उजुरी गर्दा प्रहरीले पैसा वा शरीर माग्दा रहेछन, प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै लगाइसकेको हुन्छ र बढी शोषण हुँदो रहेछ र अझ बढी प्रताडित हुनुपर्दो रहेछ अनि ति संचालकले आफ्नो वरिपरिका सुरक्षा निकायलाई हप्ता बुझाएर ढुक्क हुँदा रहेछन ! यो नौलो कुरा होइन हाम्रो मुलुकमा हुने सुन तस्करी,जाली नोट, लागु औषध,बेश्याबृति यी सबै प्रहरी र राजनीतिक संरक्षणमा हुन्छ भन्ने कसलाई थाहा नहोला र ? तर पनि माथि उल्लेखित घटनामा भनिएको छ ‘घटनाबारे आफूलाई कुनै जानकारी नआएको एसएसपी जयबहादुर चन्दले बताए । महिला हिंसासँग जोडिएका वा कुनै अपराधका घटनाको जानकारी प्रहरीमा आए आफू तत्काल कारबाही प्रक्रियामा जाने उनले बताए । प्रहरीसँग मुछिएका अन्य घटनाको छानबिन प्रक्रिया अघि बढाउने एसएसपी चन्दले बताए’ । ति प्रहरी प्रमुखले उही सरकारी थेगो दोहोर्याएका छन् ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’ !

एउटा प्रहरी अफिसरको छोरा-छोरीलाई उनि साँझ परेपछि घर बाहिर नजान भन्छन शान्ति सुरक्षा छैन भन्नेमा उनि सन्तान प्रति चिन्तित छन्, डिस्कोमा जानेलाई उनि स्वयम् कोर्के नजरले हेर्छन, आफ्नो छोराले एउटा डिस्कोमा काम गर्ने केटि संग नाचेको मन पराउँदैनन् ,कुनै होटल,रेस्टुरेन्टमा काम गर्ने केटीलाई मर्न परे पनि बुहारी बनाउन राजि हुन् सक्दैनन् किनकी उनलाई थाहा छ कैयन मसाज पार्लर,रेस्टुरेन्ट आदिमा पाकेको मासुको आडमा काँचो मासुको ब्यापार बढी हुन्छ, जुन ति अफिसर हामि भन्दा सयौं गुणा बढी जानकार छन् र जसको रस जानी नजानी कैयन प्रशासकले पनि कार्यालयमा बसेर पिउँछन् (बुहारी बनाउने भन्ने एउटा उदाहरण मात्र दिन खोजेको हो मैले यथार्थ हाम्रो दैनिकी नै हो ) अनि साँझ आफ्नै कुनै छिमेकी संग आफ्नो टोल,शहर वा देशकै दुरावस्थाको गुनासो पनि तिनै प्रशासकले गर्छन र पनि त्यहि समाजमा बस्ने कुनै व्यक्ति वा पत्रकारले ति अफिसर संग त्यहाँ हुने गतिविधिको बारेमा प्रश्न गरेमा उनको त्यहि थेगो तानिन्छ ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’
! आखिर यो कहिले सम्म तपाईं हरु यसरी निर्ल्लज बोल्नुहुन्छ ? अन्त्यत तपाईं हरु पनि त एक दिन अवकाश लिएर त्यहि समाजको पूर्णकालीन सदस्य भएर बाँच्ने हो भने आफ्नो समाजलाई किन सहयोग नगरेर,सत्य नबोलेर आफुलाई लालचको डोरीले बान्ध्नुहुन्छ ? के ति विकृतिमा तपाईंका सन्तान नफस्ने पक्का छ र ? त्यो समाजमा फैलिने कुनै दुर्गन्धले तपाइंको घर अछुतो रहला र ?
जुन घटनाको बारेमा दैनिक तपाईं कार्यालय पुग्दा तपाइंको दृष्टि कुरेर तपाईंको टेबलमा लडिरहेका पत्रिकामा पढ्नुहुन्छ, जुन घटना कार्यालय समय पछि घर जाँदा बाटोमा आफुले देख्नुहुन्छ-भोग्नुहुन्छ, जुन घटना घरको बैठकको सोफामा बसेर टेलिभिजनमा हेर्नुहुन्छ, जसको कैयन पटक तपाईं स्वयम् साक्षी हुनुहुन्छ ति घटनामा पनि दोषीलाई कारवाही गर्न तपाईं हरुलाई कुनै व्यक्तिको उजुरी नै चाहिने ! कस्तो निर्लज्ज स्वाभाव हो हजुर यो ?

आज पौष ४ गतेको नगरीक न्युजमा सुरेन्द्र पौडेलले ‘पर्यटन भिसामा युएई जानेमाथि कडाइ’ शिर्षकमा लेख्नु भएको लेखमा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘जोखिम क्षेत्रमा जाने भएर मात्र होइन, युएई जानेहरूले पेस गरेको धेरै पर्यटन भिसा नक्कली देखिएकोले कडाइ गरिएको हो।’ भन्ने भनाइ प्रति आफ्ना अनुभवका २-४ शब्द लेख्न मन लाग्यो !
महानिर्देशक ज्यू ले भने जस्तै पर्यटन भिसा नक्कली नभएको होइन, लगभग दैनिक पर्यटन भिसामा जाने मध्ये अधिकांश सायद नक्कली नै हुन्छ जस्तो मलाइ लाग्छ ! र उहाँहरुले चाल्नु भएको यो कदम कदर योग्य पनि छ तर हाम्रा प्रशासक त्यो जुनसुकै दल,जाति,धर्म,वर्णको होस् उनीहरुका गल्तिको पनि पटक-पटक हामि नै शिकार हुँदै आएका छौं जसका थुप्रै उदाहरण छन् र महानिर्देशक ज्यूको यो बक्तब्य अनि राष्ट्र बैंकले खाता खोल्न हजुरबुबा-हजुरआमाको नागरीकता अनिवार्य गर्ने निर्णय अहिलेका ताजा उदाहरण मान्न सकिन्छ !
आखिर एउटा सामान्य व्यक्तिले कसरि बनाउँछ त नक्कली भिसा ? एउटा पढे-लेखेको,सोधेका कुराको जवाफ फर्काउन सक्ने स्मार्ट व्यक्ति सक्कली भिसा लिएर अध्यागमन पार गर्न पाउँदैन तर नाम सम्म लेख्न नजान्ने व्यक्ति सहजै अध्यागमन बाट नक्कली भिसामा दुबई पुग्छ कसरी त ? ल आज अनुभव साटौं न त !
महानिर्देशक पूर्णचन्द्र भट्टराई ज्यू तपाइंले भेटिए भनेका ति सबै नक्कली भिसा आज बाट होइन बिगत ५-६ बर्ष देखि ( सायद यो भन्दा पनि पहिले बाट ) तपाईंहरु कै सहयोग वा छत्र छाँयाँमा बन्ने गर्छन यो तितो सत्यलाई नकारेर तपाइंले दिने जवाफ पनि मलाइ थाहा छ, त्यो हो ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको (आफ्ना कर्मचारी) जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’ ! र बिगतमा भएका १-२ कारवाहीका उदाहरण पनि दिन सक्नुहुन्छ ! तर ति कारवाही तपाईं हरुको इमान्दारिताले भएका थिए वा मिडियाको सकारात्मक भूमिकामा तपाईं हरुले आफ्नो नाङ्गो लुकाउन गर्नु भएको थियो त्यो सर्वबिदितै छ ! यो भनाइ हाम्रा प्रशासकको आम र साझा ‘थेगो’ हो भट्टराई ज्यू ! यो हामि माथि कस्तो अन्याय हो भट्टराई ज्यू ? हामि बीच केहि सामान्य भिन्नता बाहेक अधिकांश समानता छन् ,एकै समाजका पात्र हौँ हामि तर पनि त्यो १०-५ बजे बिचमा बोलिने शब्द किन यस्ता घुमाउरा ?
ल अब कुरा गरौँ वैदेशिक रोजगारको
भट्टराई ज्यू यहाँ जुन नक्कली भिसाको कुरा उठाइयो यो तपाईं हरु मातहत कै निकाय बाट हुन्छ जुन सत्य तपाइंलाई थाहा छ ! हामीलाई झुट बोले पनि तपाइंले आफुलाई झुट बोल्न सक्नु हुन्न ! वैदेशिक रोजगार देखि बिमानस्थलमा काम गर्ने कर्मचारीको संलग्नता बिना यो सम्भव नै छैन ! किनकी हामीले भोगेका छौं त्यहाँ कार्यरत कर्मचारी यस्ता गल्ति समाउन सम्पूर्ण रुपमा योग्य छन् तर यसमा उनीहरु नै संलग्न हुनाले हामि पिडित भएका हौँ ! त्यहाँका कर्मचारीले इन्ट्रीको छाप हान्ने बेलामा अनुहार हेरेर भन्छन अहो अफगानिस्तान-इराक बाट आउनु भएको रहेछ भनेर ! सामान्यतया त्यो छुट्याउन त्यति गाह्रो पनि छैन दैनिक त्यहाँ काम गर्नेलाइ तर कुरा नियतको हो ! कुनै व्यक्ति नेपालबाट इराक अफगानिस्तान जानु परेमा पहिला कतैबाट एउटा दलाललाई सम्पर्क गरिन्छ र उसले पनि आफ्नो सहायक मार्फत सम्पर्क गर्छ अनि दुबई सम्मको टिकट,विसा र त्यहाँ देखाउनु पर्ने ५०० अमेरिकी डलर सबै आफुहरु मार्फत नै उपलब्ध गराउँछ ! त्यसमा अधिकांश फर्कने टिकट र विसा नक्कली हुन्छ भने त्यो डलर साटेको बैंकको छाप नक्कली हुन्छ कि सक्कली थाहा भएन तर छाप हुन्छ ! अनि जाने मान्छेको नाम भित्र विमानस्थलका कर्मचारीलाई पठाइन्छ र जाने दिन दलालले विमानस्थल पुर्याउँछ ! यसरी सेटिङ्ग मार्फत जानेलाई बिमानका कर्मचारीले पनि केहि सोध्दैनन अन्यथा फर्किने नक्कली टिकटको त्यहीं पर्दाफास हुनेथियो ! त्यसपछि माथिल्लो तलामा रहेको अध्यागमनको लाइनमा पुगेर उभिंदा त्यहाँ घुम्दै गरेका कुनै कर्मचारी आएर सानो स्वरमा नाम सोध्छन ( दलाल मार्फत लगाएको कपडा आदिको आधारमा हुलिया दिइएको हुन्छ सायद ) र नआत्तिने आस्वासन दिन्छन ! त्यस पछि अध्यागमनका कर्मचारीले पुर्व सुचना अनुसार पहिचान गरि केहि नसोधी छाप हानि दिन्छन ! भट्टराई ज्यू लाइ यो नौलो जानकारी त होइन तर पनि अब सोच्नोस नेटवर्क कस्तो लाग्यो त ? अनि यदा कदा हुने घटनालाई लिएर तपाइहरु समक्ष पुग्ने पत्रकारलाई तपाईं हरुले त्यहि थेगोले झटारो हान्नु हुन्छ !
हामीले उजुरी कसरी गर्ने पहिलो कुरा त हामीलाई जानु पर्नेछ दोस्रो कुरा यी नेटवर्क संचालक संग कसैको सिधा सम्पर्क हुने होइन आज-भोलि त मुख्य दलाल पछि पनि २-३ जना राखेर पानि पूर्ण रुपमा धमिल्याइन्छ ! र यसरी उजुरी गर्ने व्यक्ति बिमान स्थल बाट बाहिरिंदा एक पल पनि सुरक्षित हुँदैन !
खासमा मलाई के लाग्छ भने केहि समय अघि देखि इराक-अफगानिस्तानमा रहेका नेपाली बाट सम्वन्धित निकायलाई स्पष्ट पारेर यी गन्तब्य अहिले रोजगारीको लागि सुरक्षित र आकर्षक रहेकोले यसलाई बैधता दिनुपर्ने माग भैराखेको छ ! त्यसका लागि कैयन व्यक्तिबाट बिभिन्न मिडिया मार्फत समेत भट्टराई ज्यू जस्ता उच्च पदस्थ व्यक्ति संग सम्पर्क र समन्वय गर्ने कोशिश भएकै हो ! यसै सिलसिलामा बि एफ बि एस रेडियोका संचालक बिनोद ध्वज खडका ज्यू ले पनि निक्कै सहयोग गर्नु भएकै हो ! यो घटनाले मिडियाको सहयोगमा यी देशमा रोजगारीको बाटोलाइ खोल्न सकेमा हरेक दिन हजारौं व्यक्ति ठगिन बाट जोगिने कुरामा दुइ मत नहोला ! र यी दुइ मुलुक सामान्यतया अन्य खाडी मुलुकको तुलनामा कामदारको लागि सुरक्षित र आकर्षक पनि छन् तर सत्य के पनि हो भने यी दुइ मुलुकमा जाने युवा यी भट्टराई ज्यू लगायत सुरक्षा निकायका लागि पनि आकर्षक आम्दानीका श्रोत हुन् यो श्रोत टुट्न नदिन उपल्लो स्तरमा ठुलै लविङ्ग हुने गर्छ ! केहि समय पहिला भएको त्यो प्रयासमा केहि यस्ता प्रावधान राखियो जुन कामदारको लागि सम्भव छैन जसमा भनिएको छ पाकिस्तान स्थित अफगानिस्तान हेर्ने नेपालि दुतावासले कागजात प्रमाणित गर्नु पर्ने भनेर ! त्यो कसरी सम्भव छ ? जुन निकायले यहाँ रहेका आफ्ना नागरिकको पासपोर्ट हराउँदा बनाएर पठाउन मिल्दैन भन्यो त्यो निकायले यो जिम्मेवारी बहन गर्ला त ( यसको बारेमा मैले यो लेख प्रकाशित भएमा अर्को लेख लेख्ने छु ) ? त्यसैले भट्टराई ज्यू को यो अभिव्यक्ति त्यो केहि दिन अगाडी गरिएको प्रयासलाई घुमाउरो झापड भन्दा अरु केहि होइन !
र मेरो एउटा सिधा प्रश्न तपाइंलाई भट्टराइ ज्यू
– अहिले कैयन नेपालीको स्तर भनेको विदेश काम खोज्न मात्र नभई ब्यबसायिक बाटाहरु खोज्न र घुम्न समेत जान सक्ने छ र अहिलेको शिक्षा प्रणालीले उनीहरु राम्रै अंग्रेजी सम्बाद गर्न सक्ने छन् यस अर्थमा कुनै व्यक्तिले सक्कली भिसा लिएर १०००-१२०० अमेरिकी डलर मान्यता प्राप्त बैंक बाट साटेको प्रमाण सहित जाने मुलुकमा कुनै होटल जानु पुर्व बुक नगरी उ त्यहीं पुगेर व्यवस्था गर्ने हिसाबले जान चाहन्छ भने हाम्रो अध्यागमनले जान दिने कि नदिने ? प्रयाप्त नगद लिएर २-४ दिनको लागि जान खोज्ने लाइ अध्यागमनले होटल बुक नभएको कुरा लिएर रोक्ने कुरा ज्याज छ कि छैन ? अर्को कुरा यदि जाने मुलुकमा आफ्नो कोहि रहेको छ भने उसको स्पन्सर लेटर मागिन्छ जुन आजभोलीको प्रविधि अनुसार इमेल बाट नै प्राप्त हुन्छ तर त्यहाँ कार्यरत कर्मचारीले त्यसलाई नक्कली हो भनेर दुख दिंदा त्यहाँ कार्यरत निर्देशक वा सो सरहका व्यक्तिलाई भेटेर गुनासो गर्दा पनि त्यहि भनाइ आउँछ भने एउटा सामान्य नागरिकले त्यसलाई पुष्टि गर्ने आधार के होला त ?
भट्टराइ ज्यू समग्रमा भन्दा हाम्रो यो समस्यामा तपाइंले दिएको अभिव्यक्ति सत्य त हो तर नियतमा लुकेको पाखण्ड नै हाम्रो समस्या हो त्यसैले आउनोस यहि मिडिया मार्फत खुल्ला छलफल गरौँ हामीले यहाँ गरीने काम, नियम र सुरक्षाको बारेमा वा तपाईं हरुलाई आवश्यक पर्ने जानकारी उपलब्ध गराउनछौं अनि तपाईं हरु हामीलाई स्पष्ट पार्नोस अहिलेको स्थितिमा इराक-अफगानिस्तान के कारणले रोजगारीको लागि असुरक्षित हो त ? बिगतमा १०-१२ बर्ष पहिले भएको घटनालाई आधार मानेर कहिले सम्म हामीलाई दुख दिने राज्य र तपाईं हरुले ? हो हामि हाम्रो स्वार्थ वा आफ्नो सुखद भविष्यको लागि यहाँ आएका हौँ तर के यसबाट राज्यलाई कुनै सहयोग नपुगेकै हो त ? बिदेशमा उद्योग-धन्दा गरेर बिदेशमै रमाउने देशको नागरीकता त्यागेका एन आर एन भनाउँदा हरुलाई तारे होटलमा तपाईं हरुलाई निमन्त्रणा गरेर मापसे पार्टी गर्न राज्यले करोडौं दिन मिल्ने तर हामि साधारण नगरीक जसले कमाएको हरेक महिनाको आम्दानि पूर्ण रुपमा स्वदेश पुर्याउँछ उसलाई गैह्र कानूनी बनाउनु के यो न्याय हो त ? राम्रा नीति ल्याउनोस, सहयोग गर्नोस हामीले कमाएको पैसाबाट देशमा जलबिधुत जस्ता टड्कारो आवश्यकता भएका योजनामा पूर्ण रुपमा जनताको लगानीका योजना ल्याएर एउटा इमान्दार समुह निर्माण गरेर हामीलाई आब्हान गर्नोस १०००,५०००,लाख जति सकिन्छ लगानी गर्दा पनि एउटा राम्रै जलबिधुत आयोजना तत्काल सम्पन्न गर्न सक्ने लगानी हामि जस्ता दुबई-कतार,मलेसिया,इराक,अफगानिस्तान,साउदीमा रहेका राज्य र एन आर एनको गणनामा नपर्ने हामि नेपालीले गर्न सक्छौं ! हामि कुनै सेमिनार वा मापसे पार्टी गर्न राज्य बाट भिक् माग्दैनौं बरु राज्यले अवसर दिएमा आब्हान गर्नोस फिर्ता नलिने गरी राज्यको लागि कुनै योजनाको लागि सहयोग गर्न सक्छौं त्यो रकम सानै भए पनि श्रदाको हुनेछ ! सधै नाफाको अवसर खोजेर लविङ्ग गरेर आश्वासन बाँड्ने हरु संग नतमस्तक भएर उनीहरुलाई चिन्नु,उनीहरुका सम्पर्क नम्बर खल्तीमा राख्नु, उनीहरुको रुवाइमा राज्यले दिएको भिकमा मापसे पार्टीमा उनीहरु संग २-४ वटा फोटो खिचाएर आफुलाई भाग्यमानि नठान्नोस ! अन्त्यमा यदि तपाइंको त्यो तर्क समाधान कै लागि हो भने यस बिषयमा खुल्ला छलफलमा आएर आवश्यक जानकारी यहि ब्लग मार्फत माग्नोस हामीले अवश्य सहयोग गर्नेछौं र यो ब्लग नै किन भने यसरी छलफल गर्दा हाम्रा जानकारी पनि तपाइंको टेबल मुनिको फाइलमा सड्ने छैनन् र धेरै भन्दा धेरै जानकारी थोरै समयमा पाउनु हुनेछ !

22 thoughts on “उजुरी आएमा मात्र कारबाही ?”

  1. shakti raj gurung says:
    January 15, 2013 at 2:01 am

    यो दलाल हरुले पुलिस र नेताको आडमा कम गर्नेहो मेन देसको चोर इनि हरुनै हो भनेरा सदद्य छैन लेखेर सदद्य छैन यो देस अब सुदारने वाला छैन यो भन्दा बडी भ्रस्ट चार र घुसखोरी होला बरु तेसैले मत नेपाल छोडेर हिडेको सहमति को सब्दाले कान भरियो कान पनि सुन्दैन

    Reply
  2. Kalu Tamang says:
    January 9, 2013 at 6:02 pm

    It is very much true and it’s the today’s reality Shusil ji. I very much support your feelings and happy to see that you have highlighted the issue what we have been going through. I must salute you ! To be honest, these government servants should go out of Nepal and at least take a look around to know where they are standing and where the world is. I do not want to blame the whole officials but most of these people deployed at the TIA ( in Maadsaa’p outfit) are nothing than a bunch of dumb ass who lacking professional knowledge and work ethics. These types of the people are hindering development and preventing our country move forward. Actually these are the real culprits whom we need to root out wherever they are! Additionally, they are the shame for our country. Thukka chha ta chor harulai ra tero santan haru lai.

    Reply
  3. kaji says:
    January 9, 2013 at 3:22 pm

    हामी सोझा साझा जनतालाई झुक्कौने र लुट्ने भन्दा अरु के आस गर्न सकिञ्छ यी नालायक कर्मचारीहरु बाट /

    Reply
  4. netra karki says:
    January 9, 2013 at 9:51 am

    यो लेख पढ्दा मलाई पनि केहि लेख्न मन लग्यो. मा दुबईको एउटा प्रठिस्थित कम्पनीमा मानव संसाधन विभाग मा काम गर्छु. आज भन्दा एक दुइ महिना अगाडी को कुरा मैले एक जना सेल्समा काम गर्ने मान्छे सेलेक्ट गरेको थिए त्यो पनि AED ९००० महिनाको तलबमा. जब हाम्रो कम्पनी ले विस जारि गर्यो र अबु धाबी को राजदुताबास मा गएर attest गर्न खोज्दा अनेक बहाना बनेर attest गरिएन. केहि गर्न नसके पछि मैले उसलाई तिमिनेइ जे गरेर भए पनि आउ हामीले यहाँ केहि गर्न सकेनौ भने पछि उसले एक जना दलाल संग मिलेर नेपाली २०००० रुपया दिएर आयो. हाम्रो कम्पनी को के नियम छ भने कुनै पनि recruitment मा candidate एक पैसा पनि खर्छ नहोस. तर यो नियम ले गर्न दिएन र उसले पैसा खर्छ गर्नु पर्यो. यसै गरि हामीले धेरै जना सेलेक्ट गरेको छौ तर बिचार हरुले दलाल संग मिलेर पैसा खर्च गर्नु पर्छ एउटा राम्रो काम को लागि पनि.
    अब इंडिया को कुरा गरौ. इंडिया मा स्नातक गरे पछि जहाँ जना पनि श्रम मा गर्नु पर्दैन सोझै विदेश जान पौछां. तर स्नातक भन्दा तलको योग्यता छ भने चाही श्रम गर्नु पर्छ. तेस्तै नियम गर्न सकिन्दैन नेपाल मा पनि?
    के एउटा टेक्निसियन ले सिधै कम्पनी मा apply गर्न पौदैना? तहको दलाल नै समाउनु पर्ने?
    यो कुराको कहिले समाधान होला नेपालमा. कहिले ति इम्मिग्रेशनमा काम गर्ने को दिमाग मा बुध्ही आउला कि नेपाली हरु अब सक्षम भै सके भनेर?

    Reply
  5. पुष्प says:
    January 9, 2013 at 8:45 am

    बहसको यो प्रयास अत्यन्त सह्रानीय छ सुशिलजी । धन्यबाद । मैले धेरैचोटी उल्लेख गरिसकेको पनि छु कि नियमकानून भनेको व्यवहारिक हुनुपर्छ । घरपरिवारमा बसेर समेत जुवातास खेल्न नपाइने उर्दी गर्नेहरूले पहिला त तास बेच्न नै प्रतिबन्ध लगाउनुपर्छ । होइन भने चाडबाडका बेला घरपरिवारबीच पनि ठुलै अपराध गरेजस्तो डराईडराई तास खेल्नुपर्ने थिएन । यस्ता अव्यहारीक नियमकानून अनि त्यसलाई तोड्नै पर्ने भएका कारण होला शायद हामी ‘सम्बेदनाहीन’हरू को सूचीमा पर्न ‘सफल’ गएको ।

    सम्बन्धित व्यक्तिहरूसम्म पुर्याएर यो बहसलाई अघि बढाउनैपर्छ ।

    Reply
  6. Neeru shahi says:
    January 9, 2013 at 7:36 am

    Excellent Article Sushil jee, If they have some shame left ofcourse they will be a part of this.

    Reply
  7. यश घिमिरे says:
    January 9, 2013 at 5:51 am

    महानिर्देशक भट्टराइ कम बिबादास्पद व्यक्ति हुन् रे | कम बिबादित र अपेक्षाकृत ‘स्वच्छ छबि’ रहनु भएको भट्टराइ ज्यु को त यो हालत छ भने बिबादमा आएका , भ्रस्टाचारीको आरोप खेपेका सरकारी हाकिम साहेबहरुले देश कति लुट्याहोलान ? |

    Reply
  8. Raj says:
    January 9, 2013 at 4:43 am

    यो गएको Dec को कुरा हो . घुम्न को लागि भनेर मा अनि मेरो साथी घुम्न को लागि (Malaysia & Singapore ) को लागि सम्पूर्ण होटेल को vouchar, आउने जाने flight को ticket लिएर एरपोर्ट पुगियो अनि एरपोर्ट को departure Gate no. 2 मा पुगेर पोलिसलाइ सबै कुरा देखाइयो . भयो के भने हामीलाई छिर्न दियिएन . हामीलाइ घुम्न को लागि भनेर जाने सबै कागजात देखाउदा पनि ३०-४५ minutes केरकार गरेर राखियो . त्यहाँ बाट सबै कागजात को xerox गरेर guarantee को रुप मा राखेपछि मात्र जना दिएयो त्यहाँ बाट immigration सम्म. जब immigration मा पुगियो, फेरि अर्को दुख पाइयो. येसरी जना मिल्दैन, खाडी मुलुक भनेर, जब घुम्न को लागि चाहिने सम्पूर्ण कागजात पेस गरिएको छ भने किन पाईदैन ?? अरु गएर लुकेर बसे भनेर घुम्न जान्छु भन्दा जना मिल्दैन भन्ने ??? कस्तो सिस्टम हो यो? लुकेर बस्न नदिने तिर लाग्ने कि फर्केर आउछु घुम्न जान्छु भन्दा जना मिल्दैन भन्ने?? एस्तो छ हाम्रो देश को हालत, अनि कहाँ बाट अरु कुरा खोज्न सकिन्छ यहाँ???

    Reply
  9. shreesh thapa says:
    January 9, 2013 at 4:40 am

    समय सापेक्ष अनुसार धेरै गहन बिषय उठाउनुभएको छ ..यस्तो घिनलाग्दो चर्तिकला माथि देखि तल सम्म सबैको मिलेमतोमा हुन्छ …बिबश तिनै हुन्छन जसको उच्च ओहोदामा आफ्नो भन्नु कोहि हुदैनन् ..यो बिकृति हट्नको लागि व्यक्ति व्यक्तिको अन्तर आत्माबाट निश्चल निस्कपट भावना उब्जिनु जरुरि छ ..साथै सरकारले हरेक पक्षमा कडा नियम लागु गरि कर्यन्बयन गर्नु जरुरि छ …नत्र पिडित सधै पिडित भैरहन्छ ब्वाशोहरु झन् मोटाउदै जानेछन …

    Reply
  10. Kedar Rimal says:
    January 9, 2013 at 3:37 am

    जनता चिर निद्रामा सुतेको, या अझै सिधै भन्नु पर्दा, जनता मरेको देशमा यस्तै हुन्छ साथिहरु हो—धेरै गर्नै पर्दैन—!!जसलाइ समस्या पर्छ त्यों र त्यसलाइ साथ दिने सय डेढसय अरु मिल्ने ,जसले त्यों खालको अपराध गर्छ त्यसलाई आफैले च्याप समाउने र पुलिशलाइ बुझाउने—कारबाही गरिनुपर्ने तर्कसंगत अवधीसम्म पर्खने-यदि गरेन भने आफ्नो क्षेत्रको नेतालाई सिधै भन्न जाने–यसरि एकमत भएर जनता आएको देखेपछि नेताले नाकको चालले पुलिशलाइ दवाव दिन्छ–त्यों गर्छ की गर्दैन–आवश्यक समयसम्म पर्खने –यदि गरेंन भने त्यसलाइ सिधै कालोमोसो दलेर जनताको कारवाही गर्न जुत्ताको माला समेत लगाएर टोल घुमाउने—दुई चार जनालाई यो गरेपछि बाँकीको बुद्धि आफै खुल्छ—!!!नत्र यो देशमा जनताको निम्ति कसैले केहि गर्नेवाला छैन-किनकी सबैलाई थाहा छ, जनतो भनेको नेताको प्यादा हो-यो गधा जस्तै काम गर्छ,सहन्छ जे परेपनी टुलू टुलू हेरेर बस्छ या आपसमा मजाले लढ़छ तर आफै मध्य कसैलाइ केही पर्यो भने या त उसको कुरा काटेर उस्कै उचितो काढ्च या खुच्चिउ बजाएर हाँसछ !!!यस्ता जनता भएको ठा उमा यस्तै यस्तै घटना दोहोरिइ रहनछन-यो नेपालको तितो सत्यता हो!!!

    Reply
  11. Mohan says:
    January 9, 2013 at 1:47 am

    शुशिल जी को सारगर्वित लेख लाई धन्यवाद. लेखमा भनिए झैं दुइ नम्बरी काममा दलाल मात्र न भै सम्बन्धित निकायहरु पनि हदै सम्म जिम्मेवार छन्. तर दुइ नम्बरी तरिका बाट सेवा प्राप्त गर्ने व्यक्ति हरु पनि कम जिम्मेवार छैनन्. जुनसुकै मध्यम बाट भए पनि बिदेस जानु पर्ने मानसिकता बोकेका हामी सबै नेपालीहरु यसमा कम जिम्मेवार छैनौं. नत शुशिल जी आँफै पनि. त्यसैले समाजमा मौलाएका यी विकृतिहरु लाई हटाउन एउटा पछ्याले अर्को पछ्यलाई मात्र औंला ठडयेर होइन सबै पछ्य को उपयुक्त सोंच तथा क्रियाकलाप बाट मात्र सकिंछा

    Reply
  12. Hillman, Myagdi says:
    January 9, 2013 at 1:24 am

    शुशील कुमार जी,

    तपाइको लेख नेपालको सडेगलेको कर्मचारीतन्त्र भित्रको यथार्थ चित्रण हो! यस्तो सडे गलेको भ्रष्ट कर्मचारीतन्त्र रगत चुस्ने किर्ना भने पानी हुन्छ! लेख लाई शतप्रतिशत समर्थन छ!

    तर एन. आर. एन. (नेपाली मुलका विदेशी नागरिक र तपाई आफु सरह विदेशमा बस्ने नेपाली नागरिक) प्रती त्यती साह्रो विष वमन किन?

    तपाईको आफुलाई अन्याय परेको ठाउँमा आफु सरह अरुलाई न ठान्नु भनेको संकीर्ण मानसिकता होईन र???

    Reply
  13. Sandesh says:
    January 9, 2013 at 1:21 am

    कुरो सही हो, तर केहि हदसम्म यसको लागि जनता पनि जिम्मेवार छन्. जनताले आफ्नो काम गराउन कर्मचारी र प्रहरीलाइ घूस खुवाउन पुग्छन. दिएपछि नखाने त नेपाली कर्मचारीको चलनै छैन. जबसम्म जनताले आफैले टेबल मुनिबाट पैसा सप्लाई गर्न छाड्दैनन, तब सम्म यी क्रियाकलापहरु हुदै जान्छन, आफुले जानेको त्यत्ति हो साथी हो!

    Reply
  14. tulsi paudel says:
    January 9, 2013 at 12:21 am

    धेरै जसो नेपाली लाई थाहा छ,को चोर र को साधु हो भनेर / पुलिस बर्दिधारी गुन्डा हुन् र नेताहरु गुन्डाका सरदार हुन् / हामी सोझा साझा जनतालाई झुक्कौने र लुट्ने भन्दा अरु के आस गर्न सकिञ्छ यी नालायक कर्मचारीहरु बाट /

    Reply
  15. Rabin SHARMA Oli ' France' says:
    January 8, 2013 at 11:11 pm

    सारै मिठो अनि जानकारीमुलक छ लेख, तर के सम्बन्धीत मान्छे (हकीमसाब) ले उत्तर देलान?? गारो छ….
    एउटा उखान को याद आयो ‘ पत्थरमा पानी पर्यो रुज्छ भिज्दैन , मुर्खलाई अर्ति दियो सुन्छ बुझ्दैन ‘
    बुझ्न त किन नबुझ्नु यिनीहरुले तैपनि नबुझ्या जस्तो गरेर फेरी मापसे पार्टी …
    कहिले होला यो देशमा विधिको साशन अनि आफ्नो उत्तरदायित्व को बहन …..

    Reply
  16. parashar says:
    January 8, 2013 at 10:58 pm

    ” भट्टराई ज्यू यहाँ जुन नक्कली भिसाको कुरा उठाइयो यो तपाईं हरु मातहत कै निकाय बाट हुन्छ जुन सत्य तपाइंलाई थाहा छ !”
    कटु सत्य !
    प्रत्येक सरकारी कार्यालयहरुमा ” हाकिम” कै मिलेमतोमा यस्ता भ्रस्टाचार हुने गर्छ र मिडियामा चाहि ” अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’ ! भनेर सफेद-झुट बोल्छन !

    यसरीनै लुटिरहेछन कर्मचारी भनाउदा लुटेराहरुले !
    २, ४ जना बरिष्ट पद धारी नेता र उच्च पदस्थ कर्मचारी जो बढीनै गनाएका छन् हरुलाई
    सिधै नपुर्याउञ्जेल कोहि सुध्रने वाला छैनन !

    Reply
  17. Krishna says:
    January 8, 2013 at 9:29 pm

    Good job, I really liked it. When I read about NRN drink party with leader……….

    Reply
  18. ashok kumar upreti says:
    January 8, 2013 at 9:04 pm

    यो माथि लेखिएको कुरा मा सत प्रतिसत सत्य छ .तर यो येही ब्लग मा सिमित रहन्छ

    Reply
  19. Prakash says:
    January 8, 2013 at 8:11 pm

    जब सम्म टेबुल मुनि हात मिल्छ तब सम्म यस्तै हुन्छ , मुख्य कुरा हामी सबै जिम्मेदार छौँ
    आफुले फाइदा लिदा ठिक अरु ले लीन खोजे बेठिक

    Reply
  20. vishwa malla says:
    January 8, 2013 at 6:24 pm

    वाह क्या सहि र खाँटी कुरो आज पढ्न पाइयो . अति उत्तम लेख छ यो . क्या बात सुशील जी

    Reply
  21. sita ram acharya says:
    January 8, 2013 at 6:13 pm

    धन्यवाद सुशील जी सहि कुरा जनता माझ उजागर गरिदिनु भए को मा.

    Reply
  22. Ekraj says:
    January 8, 2013 at 5:21 pm

    अब यो पूर्ण चन्द्र भट्टराई र केहि पुलिसका हाकिम हरुले यो लेखको जबाब दिनु पर्यो| होइन भने चोर, फटाहा, बलात्कारी, भास्त्रचारी र तस्करी को हुन् भनेर दोहोराई राख्न पर्दैन होला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme