Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आमा पोइल जाँदा कुकुरको साथ

Posted on January 13, 2013January 13, 2013 by mysansar

-गणेश आचार्य/दाङ-

बेलुकीको साढे सात बजिसकेको छ। घडीको सुईसँगै जाडो पनि बढ्दै छ। दिनभर गाडी,मोटर र मानिसको चहलपहल भैरहने घोराहीस्थित तुलसीपुर चोक विस्तारै सुनसान हुँदैछ। तर, त्यो बढ्दै गरेको सुनसानलाई एक अबोध बालक र तीन ओटाको संख्यामा रहेका कुकुरले बिथोलिदिएका छन्।

करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां कसैले जादु देखाइरहेको छ र केही मानिस कठ्याङ्ग्रिदो जाडोको कुनै प्रवाह नगरी त्यहीं जादुको रमिते बनिरहेका छन्।


बालकले कहिले कुकुरको जीब्रो चाटिदिन्छन् त कहिले कुकुरले उनको। यसरी नै करिब आधा घण्टाको समय बित्छ। त्यसपछि उनले रमिते सबैसँग पैसा माग्छन् र त्यहीं संकलन भएको पैसाले खानेकुरा किनेर अनि कुकुरसंग बाँडी खान्छन्।

हेर्दा चौधरी समुदायका जस्ता देखिने अनि आफ्नो नाम ‘काल्या’ बताउने उनले आफ्नो घर झिंगौरा भएको र आमा दोस्रो बिहे गरी अन्तै गएपछि आफू कुकुरसँग बस्ने गरेको बताए। लरबराउँदो स्वरमा उनले भने,–‘आमा पोइल गइन, घरमा बाबाले बस्न दिंदैनन्, अनि यिनीहरु(कुकुर)सँग बस्छु।’

उनले घर छोडेदेखि नै आफू तीन ओटा कुकुरसँग खाने बस्ने गरेको बताए। तीन कुकुरमध्ये उनले एउटालाई बाबा, अर्कालाई आमा र अर्को एउटा चाहीं साथी भएको बताउँछन्। तुलसीपुर चोकमा बदामको व्यापार गर्ने एक व्यापारीका अनुसार उनको दैनिकी निकै दयनीय तरिकाले बित्ने गरेको छ।

उनले भने,– ‘ऊ जस्तै अरु बच्चाबच्ची ड्रेस लगाएर यहींबाट स्कूल जान्छन्, तर यो भने कुकुरसँग दिनरात बित्छ, खाना समेत कुकरसंगै खाने भएकाले रेबिज समेत भएको हुनसक्छ।‘

हुन त बालबालिकाको अधिकार सुनिश्चित गर्न भन्दै सरकारले प्रत्येक जिल्लामा बालकल्याण समीतिपनि बनाएको छ। अनि बालबालिकाका क्षेत्रमा काम गर्ने भन्दै एनजिओ पनि बग्रेल्ती खुलेका छन्। तर, स्कूल पढ्ने र आमाको काखमा रमाउने उमेरमा कुकुरको साथमा बाल्यकाल बित्नै लाग्दा समेत बालबालिकाको क्षेत्रमा काम गर्छौ भन्दै बजारमा महंगा होटलमा गोष्ठी र सेमीनार गर्ने अनि सहभागीलाई भत्ता बाँड्र्ने सरकारी तथा गैर सरकारी संस्थाको नजर उनीमाथि अहिलेसम्म परेको छैन।

37 thoughts on “आमा पोइल जाँदा कुकुरको साथ”

  1. Maya says:
    January 17, 2013 at 11:18 pm

    यो बालक को कथा सुन्दा धेरै दुख लागेको छ! तर कतै यो बालक लाई भन्दै आफ्नै पेट भोरने काम त होइन ?? साथी हो राम्रो संग बुझेर मात्र सहयोग
    गरौ!! मैले येस्तै सहयोग गर्दा धेरै पटक ठगिएको छु !!!

    Reply
  2. anjali says:
    January 16, 2013 at 7:35 pm

    लेट्स हेल्प हिम ………….गरौ सबै मिलि

    Reply
  3. Harish Shrestha says:
    January 15, 2013 at 11:21 am

    I also want to financial help to this boy. Please let me know whom and where I can be reached for this. Actual I am out of the country. Hope all we will make his bright future. I salute all the helping hands.

    Reply
  4. Dev Gurung says:
    January 15, 2013 at 10:22 am

    कति माया लाग्दो अनि दुख लाग्दो समाचार…भगवान ले सधै रछ्या गरुन .

    Reply
  5. Chundi Chering Sherpa says:
    January 15, 2013 at 9:49 am

    आचार्य जी नमस्कार !!!
    तपाईं ले तपाईं को महत्यो समय खरचिएर यो दुखी बालक को बिषय मा लेख्नु बाए को मा देरै देरै धन्नेयाबाद I देरै साथि हरु सहयोग गर्न तैयार छ जस्तो छा हजुर ले त्यो बालक को शिकशा दीक्षा को लागि केहि बन्तो बस्ता गरि दिए सुन मा सुगन्ता थप्ने थियो र मा पनि केहि सहयोग गर्नु तैयार छु

    छुन्दी छेरिंग शेर्पा
    सन्नीवेल कालिफोर्निया
    यू एस ए

    Reply
    1. गणेश आचार्य says:
      January 18, 2013 at 11:58 am

      प्रतिवद्धताकालागी धन्यवाद । हजुरहरुले सहयोगी हात फैलाउनुभएकाले ती बालकलाई सहयोग गर्नकालागी एउटा कोष खडा गर्ने र पढाईकालागी घोराहीको एक निजी बिद्यालयमा कुरा गर्ने सोचमा छु । कोष खडा गरेर बैंकको खाता उपलब्ध गराउनेछु । हामी सबै मिलेर उनलाई सहयोग गरौं ।
      सम्पर्ककालागी– गणेश आचार्य ९८४७८९११०१
      इमेल [email protected]

      Reply
  6. Suman Gurung(UK) says:
    January 15, 2013 at 6:58 am

    जति दुखद लेख र त्यो बालक को स्तिथि छ तेती नै सुखद कमेन्ट छ , डलर को खेति गर्ने NGO हरु लाइ धिक्कार छ र सहयोग गर्ने हात हरु लाइ सलाम.

    Reply
  7. बिस्वाश says:
    January 15, 2013 at 3:37 am

    गणेश आचार्य जी,
    तपाईको यस लेखले हाम्रो नेपालको वास्तविक दुरावस्था झल्काउँछ | यस बालकको दुरावस्था यस ब्लग मार्फत सार्बजनिक गर्नु भएकोमा हृदय देखिनै धन्यबाद ..आशा छ यसको उद्धार पनि यसै ब्लग मार्फत नै हुन्छ |

    Reply
  8. Dilip Adhikari, says:
    January 15, 2013 at 2:36 am

    येदि यो कुरा सत्य हो भने यो ज्यादै नै हृदयबिदारक र मर्मस्पर्सी घटना हो, आजको यो एक्कैसौं सताब्दिमा पनि एस्तो घटना सुन्न र देख्न परेकोमा अतिनै दुख लागेको छ l त्यो बालक लाई तेस अबस्थाबाट छुटाएर उसको आगामी भबिस्यको लागि केहो गरिदिन सक्नु एउटा ठुलो मानबिय धर्म हुन जानेछ l येदि यो कार्यको लागि कसैले अग्रणी भूमिका खेलेर सहयोग गर्न चाहन्छा भने मेरो तर्फबाट पनि तेस कार्यको लागि येथा सक्या सहयोग हुनेछ भन्ने प्रतिबद्दता जाहेर गर्न चाहन्छु l

    Reply
  9. Reema says:
    January 14, 2013 at 8:05 pm

    It’s a reality of our nation that millions of children are at street and ngo/ go effort to these street children is not enough so let’s put our hands together and help these children by finding out the best solution for them. Can we try to find out why his father kick him from his home which is his basic right to stay with his parents and convience his father to take him to his home and keep him with him. It’s not his mistake that his mother elope with somebody. At least father is there to take care. HOME is heaven for every child. If his father is not convienced then surely I would like to help him. We can contact each other whoever wants to help the child and collect money and help him by providing school, at least orphan house etc etc.
    My email : [email protected]

    Reply
    1. Basanta Bhandari says:
      January 14, 2013 at 10:52 pm

      आचार्यजी ..
      यी बालक लाइ सहयोग गर्न केहि सम्पर्क छ भने यहाँ पोस्ट गर्नु होला..म सक्दो सहयोग गर्न तयार छौ …

      Reply
  10. Dev Dangi says:
    January 14, 2013 at 2:12 pm

    कस्तो दु:ख लाग्दो कुरा …….. मेरो मान पनि यो टुहुरो बालकको कथा सुन्दा असाध्ये दुख्यो | आफुले सकेको सहयोग गर्न तत्पर छु म पनि अनि एस्तो राम्रो कामको लागि म अगाडी बढ्न पनि तत्पर छु | म आफुपनि दाङ्को मान्छे भएकोले एसको यो काम म co-ordinate गर्न सक्छु | सम्पर्कको लागि मलाई ए-मैल गर्न सक्नु हुन्छ : [email protected] मा |

    Reply
  11. Yamuna saru says:
    January 14, 2013 at 1:27 pm

    एकदम दुखलाग्दो समाचार ! बालबालिका लाई हेर्नि कुनै सस्था नहुदा सम्मको लागि तेस ठाउँ का मानिस हरुले सहयोग गरे हुदैन ? हामी दुई छाक खान पुग्नीले एक गास काटेर उसलाई दीन सक्दैनौ ? अनि यो जाडो मा उसलाई एक सरो न्यानो कपडा दीय हुदैन र ? एती दीन सक्नी हामी पक्कै छौ !

    Reply
  12. Dangeli says:
    January 14, 2013 at 12:23 pm

    गणेश आचार्य जी,
    Thanks for uplpading this painful story.
    Let us do something for this boy!!
    At least for helping to get his basic right as being a human….As you uploaded the story in my sannsar, now you have also a responsibilty to do something from your side as a practical measure..we would like to help you…..do something….
    Dangeli..

    Reply
  13. GOMA says:
    January 14, 2013 at 7:26 am

    आज मैले यौटा प्रोग्राम मा सुनेको चितवन को देवघाट मा तेस्तो खालको बालबालिकाको लागि व्यवस्था हुदैछरे यक्पटक त्यंहा बुझ्ने कि.इन्फोरमेशन भयमा मा
    पनि सहयोग गर्न तयार छु.

    Reply
  14. Prakash Acharya says:
    January 14, 2013 at 7:17 am

    सारै मन दुख्ने कथा! म पनि केहि सहयोग गर्न चाहन्छु, कृपया सम्पर्क दिनु होला |
    Maggie Doyne ले सुर्खेतमा येस्तै बच्चाहरुको लागि बोर्डिंग स्कुल खोलेकी छिन् (Kopila Valley Children’s Home and School, ), उनिकहाँ पुर्याउन सके राम्रो हुने थियो यी बालकलाई|
    http://blinknow.org/

    Reply
  15. Thaneshwar says:
    January 14, 2013 at 5:14 am

    गणेश जी

    त्यो बलको बारेमा सहयोग गर्न तयार साथीहरु धेरै हुनुहुन६. कृपया तपैले यसको सयोजन गर्नु भयो भने तपाइको परोपकारी पत्रकारिताले एक अबोध बालकले नया जीवन पौने थियो. मा पनि उसको पठन पाठनको लागि सहयोग गर्नु मेरो धर्म सम्जन्छु तसर्थ कृपया संयोजन गरेर सहयोगी हातहरुको संजाल बनाउन है !

    Reply
  16. Jenish says:
    January 14, 2013 at 3:13 am

    This is very harsh and not fair on this poor kid. Unfortunately, our country is run by bunch of lunatics who don’t have any idea what’s happening in our country. I would say, let animals run our country, they would do the better job than these useless bunch of illiterate idiots!

    I would like to help as well, please let us know the bank account details!

    Jenish

    Reply
  17. SKG says:
    January 14, 2013 at 1:48 am

    Dear Ganeshji,
    Thanking for your reporting, if I can get this boy’s contact information necessary arrangements can be made for his education, medical check up, fooding and lodging, As, I have friends working for welfare of children. He shall gain school and college education free of cost and will become an educated and able citizen of Nepal.

    Reply
  18. sanu says:
    January 14, 2013 at 1:22 am

    आचार्यजी ..
    यी बालक लाइ सहयोग गर्न केहि सम्पर्क छ भने यहाँ पोस्ट गर्नु होला..म र मेरा साथी हरु हामीले सक्दो सहयोग गर्न तयार छौ …

    Reply
    1. Roshan says:
      January 14, 2013 at 2:13 am

      डलर कहाँ जान्छ मन्त्रि र सचिवलाइ सोध्नु
      एनजीओ,आइएनजीओ के हो?बिदेशीको आँखामा छारो हालेर सिङ्गमरमरको बिल्डिंगमा बस्ने गोरु र गाइलाइ सोध्नु/

      Reply
  19. madan bajracharya says:
    January 14, 2013 at 12:41 am

    नेपालको समाज कल्याण मन्त्रालय र बाल बालिकाको उत्थानको नामा बिदेसिको डलर ठग्ने यनजिवो आईयनजिवो आदिको अथार्त रुप!!!/

    यो बालकले नजानिकनै आफु सितै बस्ने कुकुरहरुको नाम आमा र बाबु राखेर कुकुर पशु होईन बरु बालकलाई अलपत्र पारेर पोईल जाने आमा र नाबालिग छोरालाई घरमा पस्न पनि नदिने बाबु “पशु” हुन् भनेर समाजलाई देखाई दियकोछ/ देसमा नाबालिग माथि अन्याय गर्नेलाई सजाय दिने कानुन नभयको त् होईन तर लागु गर्ने “पशु” कतै देखिंदैन त् किन हामीले यस्तालाई तलव भत्ता घिच्न कर तिर्दैछौँ?

    Reply
  20. Mingma T sherpa says:
    January 13, 2013 at 11:29 pm

    यो बालकको लागि म पनि सहयॊग गर्न तयार छु. किर्पया उचित बय्क्तिको ठेगाना पाए आभारी हुने थिए/ हामी सबै मिलेर सहयॊग गरु किर्पया जो नेपालमा हुनु हुन्छ कसैले उचित ब्यबस्था गरि दिए हामी बिदेशमा भएकोले आर्थिक सहयॊग गर्ने थिए/

    Reply
  21. Karna Bahadur Rokkaya says:
    January 13, 2013 at 8:51 pm

    के गर्ने दैवको लिला यस्तै छ । खै कहाँ गए अधिकारवादीहरु, खै कहाँ गए बालअधिकारका प्रचारवाजहरु, खै कता गए घोषणापत्रहरुमा बाल संरक्षणका लागि अक्षरहरुको खेती गर्नेहरु ।

    Reply
  22. Kamal Thapa(Saudi Arab) says:
    January 13, 2013 at 6:10 pm

    मन भएका “काका” हो, काका तपाइको चाहाना पुरा होस, यहि कामना गर्दछु/

    Reply
  23. Kamal Thapa(Saudi Arab) says:
    January 13, 2013 at 6:00 pm

    बालकले कहिले कुकुरको जीब्रो चाटिदिन्छन् त कहिले कुकुरले उनको। यसरी नै करिब आधा घण्टाको समय बित्छ। त्यसपछि उनले रमिते सबैसँग पैसा माग्छन् र त्यहीं संकलन भएको पैसाले खानेकुरा किनेर अनि कुकुरसंग बाँडी खान्छन्।

    आधा घन्टाको रमिता हेरेर पैसा दिने दिलवालाहरुको चेतना ति काले कुकुरको जति पनि रहेनछ/

    हुन त बालबालिकाको अधिकार सुनिश्चित गर्न भन्दै सरकारले प्रत्येक जिल्लामा बालकल्याण समीतिपनि बनाएको छ।

    यो सरकारको समिति फलोस फुलोस खुब सेवामुखी समिति रहेछ/

    करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां कसैले जादु देखाइरहेको छ र केही मानिस कठ्याङ्ग्रिदो जाडोको कुनै प्रवाह नगरी त्यहीं जादुको रमिते बनिरहेका छन्।

    मानवता र राम्रो सामाजिक सस्कार भएका मानिसको यो रमिता सत्य नभएर, नाटक भैदिएको भए मेरो पनि दिल खुशी हुने थियो/

    उनले भने,– ‘ऊ जस्तै अरु बच्चाबच्ची ड्रेस लगाएर यहींबाट स्कूल जान्छन्, तर यो भने कुकुरसँग दिनरात बित्छ, खाना समेत कुकरसंगै खाने भएकाले रेबिज समेत भएको हुनसक्छ।‘

    बालबालिकाको क्षेत्रमा काम गर्छौ भन्दै बजारमा महंगा होटलमा गोष्ठी र सेमीनार गर्ने अनि सहभागीलाई भत्ता बाँड्र्ने सरकारी तथा गैर सरकारी संस्थाको नजर उनीमाथि अहिलेसम्म परेको भए गोष्ठी र सेमिनार …. खोइ के के… विचरा!!!

    Reply
  24. Prakash says:
    January 13, 2013 at 5:49 pm

    It will be around 60 to 100k per year many INGO s have around 10 million dollars in the name of child but they are doing politics

    Reply
  25. Rajesh says:
    January 13, 2013 at 5:11 pm

    यो सहि समाचार प्रति कुनै बाल कल्याण संगठन को ध्यान जन जरुरि छ.

    Reply
  26. सुरेश लामा ,पेरिस says:
    January 13, 2013 at 3:58 pm

    ल न यस्तो जाडो मा यसरि यो बच्चा लाइ सडक मा अलपत्र छोड्नु भएन / म पनि सहयोग गर्न तयार छु / जानकारी राखिदिनु पर्यो / कस लाई सम्पर्क गर्ने भनेर ,,,

    Reply
  27. सुभाष सिद्धि उदास says:
    January 13, 2013 at 2:36 pm

    रुपाक्रितिले मान्छे , तर कुकुरले जस्तै जन्माएछ .
    आमा-बाबु दुबैको जात यिनको संगतले देखाएछ !!

    Reply
  28. saroj says:
    January 13, 2013 at 2:35 pm

    ‘ऊ जस्तै अरु बच्चाबच्ची ड्रेस लगाएर यहींबाट स्कूल जान्छन्, तर यो भने कुकुरसँग दिनरात बित्छ, खाना समेत कुकरसंगै खाने भएकाले रेबिज समेत भएको हुनसक्छ’
    तुलसीपुर को सबै सामाजिक संस्था हरु ले के हेरेर बसिराख्या छन् हौ…….

    Reply
  29. Anup says:
    January 13, 2013 at 2:15 pm

    खै कसलाई के भन्ने…….घाँस खानको दुखले भात खान जन्मेका उच्चकोटी का जनावरहरुलाई !!!

    Reply
  30. laxmankaka says:
    January 13, 2013 at 2:13 pm

    यो बालक लै स्चूल पथाउन र होस्टेल मा राख्न वर्ष को कति जति खर्च लाग्छ होला… कोसाइलै एसको अनुमान छ भने यो ब्लग मा लेखि दिनुस न. अब कत्ति गोवेर्न्मेंट र येंजिवो को आशा गरेर बस्ने…

    Reply
    1. Ramkumar says:
      January 13, 2013 at 5:13 pm

      लक्ष्मण काकाजी, मेरो बिचारमा उसलाई रियायत दर भएको अर्थात कम खर्चिलो तर भर पर्दो बोर्डिंग स्कूलमा पठाउनु भए बेश होला | (बोर्डिंग स्कूल भन्नाले पढ्ने, सुत्ने, खाने र खेल्ने व्यवस्था भएकोलाइ मात्र बुझ्नु पर्छ, तर धेरै स्कूलले “बोर्डिंग” भनेर साइनबोर्ड झुन्ड्याउने गरेका छन, जुन हास्यास्पद छ | ) तर पैसाले पुग्छ भन्दैमा खर्चिलो र अत्याधुनिक होस्टेलमा पनि पठाउनु हुदैन किन कि केही दिनमै ऊ त्यहाँ घृणाको पात्र बन्न सक्छ किनकि हाम्रो समाजको बानी त थाहा नै होला तपाइंलाई | अनि ऊ त्याहाँबाट भाग्न सक्छ |
      मेरो हिसाबमा उसको स्कूल र होस्टेल खर्च अनि भैपरी खर्च जस्तै कपडा, जुत्ता, मिठाइ, औषधि, स्टेसनरी र घुमघाम सबै गरि १ लाख नेपाली रुपियाँ ले पुग्नु पर्ने हो | त्यो भन्दा माथी खर्च गर्न सके अझ राम्रो तर धेरै खर्च गरेर पुल्पुल्याउनु पनि हुदैन बालकलाइ | अनि उसको तीनवोटा कुकुरको पनि व्यवस्था गरिदिनु भए बेश ताकि बेला बेलामा उनीहरुको भेटघाट र मिलन हुदै गरोस |
      धन्यवाद काकाजी, यो विषयमा रुचि देखाउनु भएकोमा ….आगे … तपाइंको इच्छा |

      Reply
    2. Nikhil says:
      January 13, 2013 at 5:30 pm

      लक्मनकाका को कुरा मा ह मा हैसा मिलाउदै मेरो तर्फा बाट यो बालक लाई १०हजार सहयोग गर्न चाहन्न्छु | कृपया उमेशी येशको नाम मा एउटा कोस खडा गरेर बिधालय हालिदिने पर्बन्द मिलैदिनुस न|

      Reply
    3. nana khanal says:
      January 13, 2013 at 11:49 pm

      Kathmandu बाहेक बाहिर जिल्लामा तेती ठुलो खर्च हुदैन laxmankaka ६० देखि ७० हजार सम्मान खर्च आउ६ बच्चाको उद्धार गर्नु भयो भने तपाइलाई ठुलो धर्म हुने थियो

      Reply
  31. Vijay kumar says:
    January 13, 2013 at 1:38 pm

    क भन्नु र खै ! नेपाल मा सधै येस्तै हो, न आफु गर्न सकिन्छा!! सोजावो आफ्नो आफ्नो दुनो सोजवो..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme