देश जस्तै अहिले नेपालमा फिल्म उद्योग पनि संक्रमण कालमा छ। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। अनेक थरिका प्रयोग भए। आक्रामक प्रचार शैलि (हाइवे), राम्रो प्रोमो/प्रचार (छड्के), फेस्टिभलको रेडकार्पेटमा फरक खालको लञ्च (सुनगाभा)- अहँ, चलेनन्। केही फिल्मकर्मी दर्शकले आफ्नो फिल्म नबुझेको भन्न थाले। तर वास्तवमा नेपाली फिल्मका दर्शक बुद्धिमान मात्रै छैनन्, कठोर पनि छन्। अरुचिकर फिल्मलाई भैगो नि त, नेपाली हो भन्दैनन्, उछित्तो काढ्छन्। यस्तै अन्यौलको स्थितिमा एउटा अर्को प्रयोग अहिले भइरहेको छ- डकुमेन्ट्री फिल्म हलमा लगाए। डकुमेन्ट्रीका लागि कहलिएका निर्देशक केसाङ छेतेनको निर्देशनमा बनेको हु विल बि अ गोर्खा (को बन्छ लाहुरे) अहिले काठमाडौँमा मल्टिप्लेक्सहरु र देशका विभिन्न हलहरुमा शुक्रबारदेखि चलिरहेको छ। केही गर्न सक्ला त यसले नेपाली फिल्मको बजारमा ?
प्रयोग हो, अहिले भन्न सकिन्न। युरोप र अमेरिकामा त डकुमेन्ट्री फिल्मका लागि अलग्