Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारसले आफै पानीसमेत खाए, भएको के रैछ उनलाई?

Posted on March 4, 2013March 4, 2013 by Salokya

पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त आफैले पानी समेत खाएको अस्पतालको वक्तव्यमा उल्लेख छ।

पारसको स्वास्थ्यको बारेमा विभिन्न हल्लाहरु चलेपछि अस्पतालले आज निकालेको वक्तव्यमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी पनि दिइएको छ।

वक्तव्य अनुसार उनलाई हर्ट अट्याक भएको रहेछ। फेब्रुअरी १९ मा उनलाई अस्पताल ल्याइएपछि तत्काल CPR दिइएको रहेछ। CPR अर्थात् Cardiopulmonary resuscitation। चित्रमा हेर्नुस्।

त्यस्तै उनलाई कयौँ पटक DC Shocks दिइएको रहेछ। फिल्महरुमा देख्नुभा होला नि, बिरामीलाई छातीमा करेन्ट लगाएर होसमा फर्काउने प्रयास गरेका दृश्य। यस्तो खाले क्या-

९० मिनेट लागेछ resuscitation अर्थात् मुटुको चाललाई पुनर्स्थापित गराउन। त्यसपछि कोरोनरी एन्जियोग्राम गरिएछ। अर्थात् मुटुका धमनीहरुको विस्तृत विवरण थाहा पाउन गरिने विशेष खालको एक्सरे जस्तो विधि। बायाँ पट्टीको धमनीमा अवरोध पुगेको रहेछ। थप जानकारी वक्तव्यमा हेर्नुस्-

२ मार्चमा उनी होसमा आएका रहेछन् (वक्तव्यमा गल्तीले फेब्रुअरी पो लेखेछन्) ३ मार्चमा उनलाई भेन्टिलेटरबाट हटाइएछ।

विवरण हेर्दा उनी मृत्युको मुखसम्म पुगेर फर्किएको देखिन्छ। पैसा र सुविधा सम्पन्न ठाउँमा नभएको भए यस्तो अवस्थामा पुगेका मान्छे उनी जस्तो फर्कन सक्दैन थिए होला।

82 thoughts on “पारसले आफै पानीसमेत खाए, भएको के रैछ उनलाई?”

  1. pratik says:
    March 7, 2013 at 10:34 am

    काल ले पनि घिनाएको पारस/ मण्डले हरु ले रातो छाप दिए बाल/ लौ जा

    Reply
  2. pratik says:
    March 7, 2013 at 10:32 am

    काल ले पनि घिनाएको पारस/ मण्डले हरु ले

    Reply
  3. indra pd thapa says:
    March 6, 2013 at 7:14 pm

    एकाइसौं शताब्दीका शिक्षित माइ संसारका पाठक हरुका पनि कसै प्रति न्यून स्तरका पूर्वाग्रही बिचार ? सकारात्मक हुँदा के नै बिग्रनछ र ?

    Reply
  4. Manoj Raj Koirala says:
    March 6, 2013 at 2:52 pm

    डांकु रत्नाकर सुधारिएर बाल्मीकी बनेको तथ्य हाम्रा नेपाली मित्रहरुमा लागुहुन सकोस….. स्वास्थे लाभ र सफलताको शुभकामना…………………

    Reply
    1. sunil says:
      March 13, 2013 at 8:44 am

      डाकु बाल्मिकी ले अफ्फ्नो परिवार लाई भ ट ट ट ट ट गोलि हानेको त थेन होला?

      Reply
  5. Nidesh Adhikari , USA says:
    March 6, 2013 at 9:30 am

    होइन , पारश त फिल्म को अन्तिममा आएर हीरो पो होला जस्तो भयो त ! एकपटक फेरी राजा पो देख्न पाइने भएकी के हो ?

    Reply
  6. bipin jee says:
    March 5, 2013 at 10:40 pm

    आज को समाचार : पारस ले आफैं पनि पिए
    भोलि को समाचार; पारस ले आफैं vodka पिए
    पर्सि को समाचार; भन्नै नपरोस

    Reply
  7. Bishnu Adhikari says:
    March 5, 2013 at 9:04 pm

    जे छ उनै भगवानमा छ भगवानले पारस लाई नया जीवन दिएका छन् अब पारस तिमिले पुनर्जन्म सम्झी बिगतका सम्पूर्ण कुलत हरु लाई बिर्सी नेपालीहरुको कल्याणका लागि लागेमा तिम्रो भलाई हुनेछ र यदि बहुमत नेपाली जनताहरु को मुल्यंकन मा तिमि असल मान्छे लागेमा जनता नै सर्बे सर्वा हुन् भन्ने कुरा तिमि लाई थाहा छ जे पनि गर्न सक्छौ तर नबिर्स तिमि रुपान्तरित हुनु पर्छ नि

    Reply
  8. Tulasi Wosti says:
    March 5, 2013 at 7:30 pm

    अहिलेका नेता भनौदा भन्दा त धेरै अगाडी छ राजतन्त्र जस्तो लग्छ मलाई त, सेरेमोनिअल राजतन्त्र राख्नको लागि अब जनमत संग्रह नै गर्नु पर्छ, यो चोर टाउके नेता हरुले मात्र भनेर हुन्छ र के यो देस यिनीहरुको बाउ को सम्पति हो र जे मन लाय्यो तेही गर्न लै, जय देश जय नरेश

    Reply
  9. Ramesh Suwal says:
    March 5, 2013 at 4:58 pm

    अब होश आय पछि पुलिसको मा तारेख धाउनु पर्छ कि पर्दैन? पुर्न जिबन पाय जस्तै, पुर्न निर्दोष पनि हुन्छा?

    Reply
  10. achut says:
    March 5, 2013 at 4:54 pm

    पारस लाई नया जीबन दिएको मा डा हरु अनि भगवान लाई धन्यवाद अब को जीबन सुकर्म मा लगाउन पारस जी लाई सुझाब दिन्छु ….

    Reply
  11. bibek dhakal says:
    March 5, 2013 at 3:19 pm

    त्यो लव भन्ने फिल्म को लास्ट सिन राख्नुभएकोमा धन्यबाद!
    NosTalgic भएँ एकछिनलाई ! यो फिल्म जति पटक हेर्दा पनि आखा रसाउछ 🙂

    Reply
    1. binit says:
      March 5, 2013 at 5:10 pm

      Heroin over dose को परिणाम !!!!!!!!!!!!!!!

      Reply
  12. bikram bahadur B.k says:
    March 5, 2013 at 1:27 pm

    गल्ति मान्छे बाटै हुने हो , गल्ति लाइ सुधार्ने मौका दिनु पर्छ एसको मतलब यो होइन कि गल्ति गर्ने मान्छे मरोस/ हामी नेपाली हौ, हाम्रो मुख र मन बाट कोइ जीवन मरण को दोसाध मा छ भने जीवन रच्छा को कामना गर्नु पर्छ तेही नै हामी नेपाली को पहिचान हो /

    Reply
  13. sushi says:
    March 5, 2013 at 1:20 pm

    अब हामी लाई एउटा असल नागरिक राजा चाहिएको छ जो संबिधान भित्र रहेर सम्बधानिक ceremonial monarch को रुप बसी देश र जन सेवा गरुन यो नै हाम्रो अहिले को चाहना हो / अब नेपाली कांग्रेस, ए माओबादी, माओबादी, ए माले आदि आदि दर्जनौ दल का भ्रस्ट नैतिकहीन नेता हरु को अब राज चाहिएंन / यिनी हरु को राम्रो चर्तिकला सम्पूर्ण नेपाली हरुले हेरिसके/ अब जति सकेको चाडो यिन बाट छुटकारा पाउने मेसो गर्नु पर्छ /

    Reply
  14. shantdil says:
    March 5, 2013 at 12:56 pm

    पारशको उपचारमा संलग्न डाक्टरहरुलाई शिर निहुर्यै हार्दिक नमस्कार,साथै येतिको धेरै खर्च गर्न सक्ने बाबु पाएकोमा पनि बधाई छ अनि नया जीवनको लागि सुभकामना छ पारश भाइलाई.

    अब त पारशको नया जीवन सुरुहुने भएकोले, दरबारमा भएको हत्या काण्ड को बारेमा सत्य तथ्य बाहिर ल्याइदियेमा उसैको भलो हुने बेला आएको छ. हुन त गिरिजाले पनि भन्छु भन्छु भन्दै कालोबजारी मात्र गरेर अन्तमा तेत्तिकै मशान घाटलाई कुईरि मण्डल धुवाँले ढाकेर बिलाएको धेरै भएको छैन.

    तैपनि मेरो झिनो आशा मेरो संसार मार्फत साथीहरुलाई सुनाएको मात्र हो.

    Reply
  15. biswas says:
    March 5, 2013 at 12:38 pm

    . पर्कसे चोर जस्तो पागल न बन्नु राम्रो काम गरेर देखाउनु कि जंगली श्याल भन्दा तिमि नै राम्रो मान्छे हो भने र त्यो त बौलाहा को छोरा हो …………………………………………

    Reply
  16. biswas says:
    March 5, 2013 at 12:36 pm

    आफ्नो अर्को जीवन देश सेवामा बिताए इनको जीवन सार्थक हुन्थ्यो. पर्कसे चोर जस्तो पागल न बन्नु राम्रो काम गरेर देखाउनु कि जंगली श्याल भन्दा तिमि नै राम्रो मान्छे हो भने र

    Reply
  17. man limbu says:
    March 5, 2013 at 12:15 pm

    हामी जस्ता गरिब नेपाली जनता अस्ति गुल्टि सकिने थियो. जनताको रगत चुसेको सम्पतीले बचायो त्यसलाई. दिनको ६ लाख उपचार खर्च कहाबाट आयो. जनतालाई मारेर ठुला बडा कै चयन छ.. थुक्क नेपाली जनताको भाग्य अरबको टन्टलापुर घाम मा हृदयघात भएका हरु राम्ररी नमरिकनै आइसको बोक्स मा प्याक गरेर मुर्दा घरमा हाली दिन्छन… साला भ्रस्टचारी, सोषकी, सामन्ती हरु दिनको ६ लाख खर्च गरेर पनि पूर्ण जीवन लिन्छन…बधाई छ तिमीहरुलाई

    Reply
  18. Ishwar says:
    March 5, 2013 at 12:11 pm

    किन अरु मरुन भन्नु सके सबै को राम्रो चिताउनु नसके किन कुभलो चिताउनु आहिलेको राजनैतिक गतिबिदी हेर्दा त हामी लाई बरु राजा भयको नै ठिक छ हुन त मा राजा बादी होइन देसमा ६०१ राजा भयका छन् राजनैतिक आस्तिरताले कस्तो रुप लिय को छ अज पनि हामी लाई चेतना भयको छैन

    Reply
  19. tarra says:
    March 5, 2013 at 10:52 am

    सुभ कामना छ, पारस लाई नया जीवन पाएको मा अब को जीवन फलोस फुलोस

    Reply
  20. harkaman shahi says:
    March 5, 2013 at 10:15 am

    कुरा बुझे मार्दिनु, कसको कुरा सुन्ने हो? माथिको टिप्पणी हेर्दा सबै थाइलेडं को होस्पितल मा नै बसेर आए जस्तो गरि लेखेको छन्.. ! यस्तै हो भने त कुन प्रथाले साथ् दिने हुन् कुन्नि?

    Reply
  21. Suman bhote says:
    March 5, 2013 at 10:12 am

    बचायो doctor हरुले…..
    अब त बुद्धि आउछ होला……

    Reply
  22. Dhan Chhetri says:
    March 5, 2013 at 9:39 am

    मुटु को चाल पुन सुचारु गर्न shock दिने machine लाई Automated External ऎफ़िब्रिल्लतोर भनिन्छ.

    Reply
  23. cRIS says:
    March 5, 2013 at 6:41 am

    अस्पतालको रिपोर्टमा heart attack लाई जोड दिईएको छ| अनि दुइ दुई ठाउँमा मिति गलत! यो सत्य हो र?? एक formal रिपोर्टमा, press release नै भए पनि|

    Reply
    1. Anil says:
      March 5, 2013 at 9:53 am

      Boss, त्यो Thailand हो. अंग्रेजीमा लेख्नु पर्दा, त्यहा कस्ता कस्ताको हालत खराब हुन्छ. त्यहि भएर हरेक कुरालाई ड्रामा नसोचौ, be realistic.

      Reply
    2. गोबिन्द प्यासी says:
      March 5, 2013 at 11:29 am

      जहाँ जस्तो जे देखे पनि सड्यन्त्र नै देख्ने के रोग लाग्या हो हामि लाइ ?
      बस्ताब मा पारस होइन बिरामी हामि हो !

      Reply
  24. sushil says:
    March 5, 2013 at 5:50 am

    He may have to reconsider his diet and sedentary life style from now on, as the chance of secondary myocardial infarction is relatively high in patients after having a first attack. Looking at the history, he’s also carrying a genetic risk factor for cardiovascular disease, which adds further risk for the recurrence of such attacks. Hope the damage done to his heart muscles are not significantly high….this is where stem cell therapy could be so promising, but still medical science lacks research for its implication in heart-attacks and strokes.

    Reply
  25. pratik says:
    March 5, 2013 at 4:04 am

    काल ले पनि घिनाएको पारसे लाइ बधाई छ/ माथि पुग्ने बित्तिकै दिपेन्द्र, बिरेन्द्र र नीराजन ले लात हानेर फर्काएको जस्तो छ यो चोर लाई/

    Reply
  26. nawraj says:
    March 5, 2013 at 4:04 am

    यो सबै झुटो हो नाटक यो अलि ख्याल गर्नु त डाक्टर को रिपोर्ट फेब्रुअरी २ र ३ रे पारस बिरामी भएकै होइन हामी जनता लाइ फेरी एकपटक यिनीहरुले छारो हालेका हुन् ….बिरामी भएकै भए नि अब नया जीवन पाइस् पारसे केहि राम्रो कम गरेस जसले गर्दा तेरा पहिलेका नराम्रा काम हरु जनता ले भुलूंन //

    Reply
  27. nawraj says:
    March 5, 2013 at 3:58 am

    बस्ताब मा केहि भएको नै होइन यो सब नाटक हो हामी जनता को मन जित्नको लागि प्रतिक्रिया त जनता को राम्रै पाएको हो राजपरिवार ले पुर्खा देखि नै , यिनीहरु को हरेक पाइलामा नेपाली जनताले साथ त दिएकै हुन् नि तर किन यिनीहरुले हामीमाथि पटकपटक दमन गरे , हो एक नागरिक को हैसियेत ले पारस बाचोस हामीलाई आपत्ति छैन उसले गरेका हरेक क्रियाकलाप मफिलायक छैनन् / हामीले साथ त दिएकै हो किन हामी जनताको लागि राम्रा काम भएनन् धेरै मौका थिए जुन यिनीहरुले गुमाए ,,२४० वर्ष को यो इतिहास अरु कसैले मेटाएका होइनन यो त यिनीहरुले नै बिरेन्द्र को समुल अन्त्य गर्दा स्वयम् आफु नि अन्त्य भएका हुन् ,, यो कलियुग हो यहाँ गरेको हिसाब येही मिल्छ भनेजस्तै यिनी हरु नि सदा सदा क लागि अन्त्य भएका हुन् //// कहाँ सम्म न्याय हुन्छ एउटा बच्चा जन्मिदै अरबौ को मालिक अनि अनेकौ भोगविलास लिएर जन्मिन्छ अनि येही मुलुकमा अर्को बच्चा जो ऋण लिएर जन्मिन्छ अनि जन्मे देखि नै अनेकौ दुख कस्ट संग सामना गर्नु पर्ने हुन्छ…../// तेसकारण यो पारस को बारेमा येतिका प्राथना चिन्ता गर्नु आफैमा समस्या निम्त्याउनु हो ….

    Reply
  28. rajendrasubedi says:
    March 5, 2013 at 3:47 am

    प्रकाश र पारश दुबै नमरुन ! जो मरे पनि नेपाली हो ! भगवान सँग कामना छ दुबै लाई सद्बुद्दी मिलोस र नेपाल का होनाहार युवा का रुप मा उदाउन सकुन शुभकामना !!

    Reply
    1. sanu says:
      March 5, 2013 at 8:39 am

      धेरै राम्रो विचार !! इश्वरले तपाई को सधै भलो गरुन !!

      Reply
  29. Madan says:
    March 5, 2013 at 1:22 am

    पशुपतिनाथले उनमा भएको सम्पूर्ण दानव रुप थाइल्यान्ड मै पखाली मानव रुपमा दिएर नेपाल पठाए भने…….
    म मरेको मान्छे बाचेर आए अब म कुनै स्वार्थ नलिई देश र जनताको निम्ति त्याग गर्न तयार छु भनेर आए भने साच्चै के गर्दा हुन नेपाली जनता.
    अस्तिसम्म त म सराप्ने गर्थे मरोस भनेर, तर देशको राजनीतिक अवस्था देख्दा त उनलाई नै समर्थन गरौ जस्तो लाग्छ होला…
    खै अब त राजा आउ देश बचाउ भन्न मन लाग्न थालेको छ.

    Reply
  30. Ram says:
    March 5, 2013 at 1:11 am

    पारसको जिबन मृत्युले अब कसैलाई केहि हुदैन फोकटे होट केक बनेको !!! यो बिषय अब नेपाल आयो भने पशुपति नाथले रछ्या गरेको भन्छ !!!

    Reply
  31. sandhya says:
    March 5, 2013 at 12:59 am

    धेरै कुरा नगरौं पारस र प्रकास दुवै पाखण्डीहरुको, दुवै उस्तै हुन्, यिनी हरु को जिन्दगि नै यसै गरि बित्ने हुन्

    Reply
    1. Prem Tamu says:
      March 5, 2013 at 9:23 am

      सन्ध्य जी, हावादारी गफ नदिउ ल? कसरि प्रकाश पारस जस्तै भयो? प्रकास ले कुन बेला मेघौली मा रुबेल तर्सौना लाइ गोलि हान्यो? प्रविन गुरुङ लाइ पनि प्रकास ले किचेर मारेको हो? प्रकाश ले कुनबेला चसिनो मा गोलि चलाई? कमेन्ट गर्ने पनि बुझेर गर्नु पर्छ नि यार /

      Reply
      1. nidhi says:
        March 5, 2013 at 3:16 pm

        You remember Prabin Gurung but what about over death of 13,000 people, destruction of billions worth property, and 10 years behind the development process resulted by so-called people’s war where the saddist Prakash participated along with father. screw loose bhayeko ki kya ho

        Reply
        1. Prashant says:
          March 11, 2013 at 6:17 pm

          Damn right Nidhi,
          It doesn’t matter to me if Baburam or prachanda or any one(a killer) accomplish reforms so large. In my eyes they are slayers forever. Try judgin yourself; ask anyone whose dearest and nearest are slayed. You will find that damn truth.
          Killer always remains a killer. Be that Baburam, Prachanda, Paras, Prakash, Oli or Ganesh man singh.

          Reply
  32. janak dangol says:
    March 5, 2013 at 12:59 am

    पुर्व युवराज पारस शाह नेपाल आमाको छोरा हुन बिदेसिका हैनन ! मर्दा र पर्दा भन्ने उखान लाइ बिर्सेर घटिया कमेन्ट गर्ने हरुले उनि पुत्र, पति र बाबु पनि हुन भन्ने कुरालाई बिर्सेछन ! पारसले अरुले जस्ता अर्काको स्वास्नी भगायेनन, सगरमाथा चढ्ने भन्दै मोज र भोज गर्न लाइ राज्यको ढुकुटी मागेनन ! जिउदो लाइ मर्यो भन्दै फेसबुकमा श्रद्धान्जली दिएनन भने किन अर्काको बेज्जत गर्नु हुन्छ ? ति तुच्छ र घटिया कमेन्ट गर्ने हरुलाई पारस शाह जस्तो हार्ट अट्याक नहोस भन्ने कामना गर्दै पारश शाहको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु किनभने म नेपाली हु !

    Reply
    1. pratik says:
      March 5, 2013 at 10:48 am

      जनक जी ,
      तपाई को कुरा मान्ने हो भने त प्रकाश ले पनि अरु ले जस्तो पुलिस लै कुतेनन, घर मा ३ वटा बाचा हुदा पनि थाइलेडं मा बेस्या संग बसेनन् , गाडी ले किचेर कसैलाई मरेनन / सब डाका हरु को गल्ति कसरि एउतै हुन सक्छ भन्नुस त/ पारस को गल्ति र प्रकाश को गल्ति मा मेल खएना भन्दै मा कसरि एउटा साधु र अर्को चोर हुन्छन भन्नुश त/ अर्को कुरा प्रकासे त अझ टुप्पो बाट पलाएको पाखे, मोरो, पारस त जन्मे देखि राष्ट्र प्रति कुनै दायित्व निभौन पर्ने मान्छे, यिनी हरु लाई त दाज्न पनि मिल्दैन नि/ प्रकशे लाई त नपाउने ले के पायो बोक्रे समेत खायो भन्दा हुन्छ/

      Reply
    2. Paabitra says:
      March 5, 2013 at 12:12 pm

      अरुको श्रीमतीहरु त समाते नि त् मोरोले !

      Reply
  33. salil says:
    March 5, 2013 at 12:07 am

    The credit goes to the exemplary medical team of the hospital where he was treated. Ninety minutes of resuscitation, needing CPR for a long duration of time, heart going into arrythmia (Ventricular Fibrillation) – every thing worked against the patient. He should be eternally grateful to the doctors / nurses / other medical staffs who snatched him back from the jaws of death. Hope Paras uses his second life for the greater good of the society at large. It is always good to learn of some body’s story of survival, no matter who he is.

    Reply
  34. Vijay says:
    March 4, 2013 at 10:17 pm

    ज्यान गएको भए बरु उन्मुक्ति पाउथेउ होला यो काम क्रोध लोभ मोह ले भरियको संसार बाट….किन कि तिम्रो पाप को घडा नि भरियिसकेको थियो….अब बचेर आयेउ, कि त अब साधुको जस्तो मृत्यु हुन्छ…..कि

    Reply
  35. ishwar bhandari says:
    March 4, 2013 at 9:56 pm

    डाक्टरहरु धन्यबादका पात्र छन्|भगवानको अस्तित्व पनि बढेको महसुस हुन्छ| म उनको
    परिवारको साथमा छु|

    Reply
  36. shanker says:
    March 4, 2013 at 9:54 pm

    one of the few lucky ones to survive such a prolonged cardiac arrest, he may have few residual permanent damages, but hope he makes good use of his second life!

    Reply
  37. Alikhit says:
    March 4, 2013 at 9:44 pm

    उतै थाइल्याण्ड्का नेपालीहरु र थाई रखैल मिलेर पैसा उठाए, जीवन जोगियो | अब त झन् उतै पो प्यारो हुने भो त, नेपाल फर्केलान र झन् अब ?

    Reply
  38. sunil says:
    March 4, 2013 at 9:04 pm

    ओह नो, अब फेरी कति नेपाली जनताको पैसा रक्सि ,लागुपदार्थ मा ,केटीमा खर्च गर्ने हो यो ज्यानमाराले/

    Reply
  39. jivan uprety says:
    March 4, 2013 at 9:04 pm

    उफ योमान्छे बाचेर मलाईत सारै डर लग्यो साथीहरु किन थाहछ? किनकि एसले अझै कतिलाई मर्नेभो होकी होइन भन्नुस्त साथीहरु !!!

    Reply
    1. ranjan says:
      March 5, 2013 at 10:45 am

      यसलाई हार्ट अट्याक भएको कुरा मै शंका भयो!गाजा चरेश को डोज धेरै भएर ढलेको हो पो हो कि क्या हो???

      Reply
    2. sunil says:
      March 5, 2013 at 2:10 pm

      unlike गर्ने को छोरा नपरेकोले दुख थाहा नभएको होला

      Reply
  40. chatur rai says:
    March 4, 2013 at 8:34 pm

    शुभ समाचार ..

    Reply
  41. dipak shrestha says:
    March 4, 2013 at 8:22 pm

    पारसले नया जिबन पायकोमा सुभकामना | अबको बाकी जिबन सुभकाम मा खर्चनु नै
    उत्तम हुने छ जस्ले गर्दा पारसलाई चिन्ने जान्ने देख्ने सुन्ने सबैको सहानुभूति पाउन सकिने छ |

    Reply
  42. पंचेंन लामा says:
    March 4, 2013 at 8:16 pm

    थुक्क नेपाली कुकुरको बुद्धिl हिजो सम्म पेरिसमा पारशलाई कुकुर भनेहरु आज त्यहि पारसको स्वस्थ शुभकामना देखि हिमानीको चम्चा भएका छन्l नेपाली भन्या छेपारा हुन्छl चैनिसले भन्थ्यो सत्य नै रहेछl

    Reply
  43. Dibesh Pradhan says:
    March 4, 2013 at 8:03 pm

    कहाँ काल ले नि लान्छ र यति छिटै…दरवार हत्या काण्डको साछीलाई, जनतालाई अवाम लाई सत्य तथ्य कुरा बताए पछीमात्र मर्न पाउछौ…निको हुनु अनि आफ्नो गल्ति कबुल गर्दै साचो कुरा हामीलाई भन्नु…सक्ने भए माफ गरौला नत्र इश्वरले देखाई दिन्छ यो कलियुगमा यहि धरतीमा…

    Reply
  44. lok nath sigdel elmhurst newyork usa. says:
    March 4, 2013 at 7:56 pm

    पारस अब यो भन्दा ठुलो खुशी के हुन सक्छ तिम्रो जीवनमा ? अब नेपाल फर्क खुशी साथ् बाबु ,आमा ,श्रीमती ,र छोरा छोरीको साथ्, ११ दिन पछि पनि आखिर तिम्रो होश त खुल्यो अझै कति होश हरु तिम्रो खुल्न बाँकि छ सबै होश हरु खुलुन सबैको प्यारो भएर आफ्नै देशमा बाँकि जीवन बिताउ बिग्रिएको पारस होइन सुद्रिएको पारश बन नया जीवन को बग्रेल्ती बधाई हरु !!!

    Reply
  45. सागर अधिकारी says:
    March 4, 2013 at 7:51 pm

    सिग्र स्वास्थ लाभ को कामना

    Reply
  46. Uttar says:
    March 4, 2013 at 7:40 pm

    ओरिजिनल वक्तव्यमा लेखिएको “He regained consciousness on 2nd Feb and and was taken off the ventilator on 3rd of Feb.” चाही अलि हासो उठ्दो लग्यो है हाम्लाई त ! यसमा हासो उठे पनि पा-रस उठेछन् त्यहि राम्रो भो | सिनेमामा जस्तो उठेको खराब पा-रस सिनेमाको जस्तै असल पारस बन्न सकुन |

    Reply
  47. anurodh says:
    March 4, 2013 at 7:35 pm

    सफल उपचार तथा स्वास्थ्यलाभको कामना

    Reply
  48. keshav khanal says:
    March 4, 2013 at 7:14 pm

    नया जीवन पाएकोमा सुभकामना अब नया कार्यको थालनी नया राम्रो काम बाट हुदै जाओस !!

    Reply
  49. binata says:
    March 4, 2013 at 7:12 pm

    God Bless you!!!!!!!!

    Reply
  50. द्रोण says:
    March 4, 2013 at 7:01 pm

    मुटुमा दिने झट्का ,एक चोटी दिमाग मा पनि दिनु पर्यो ,ता कि बिसेक भएपछी असल छोरा र पति भएर बाच्न सकुन |

    Reply
    1. Pradeep MS says:
      March 5, 2013 at 11:48 am

      असल बाउ र असल नागरिक पनि भएर …

      Reply
  51. vishwa malla says:
    March 4, 2013 at 6:58 pm

    उनले पुनर्जन्म पाएको छ अब उप्रान्त पुरानो खराब बानीलाई छाडेर राजकुमार जस्तै गुण भएको नया जिबन उनले थालुन हाम्रो येही सुभेच्छ्या छ.

    Reply
  52. Binay Adhikari says:
    March 4, 2013 at 6:57 pm

    आफ्नो अर्को जीवन देश सेवामा बिताए इनको जीवन सार्थक हुन्थ्यो.

    Reply
  53. Rabi, London says:
    March 4, 2013 at 6:51 pm

    पारस सरकार हार्दिक बधाई छ नया जीवन को लागि , हजुर को मृत्यु संग पनि जित भाको छ/ यो सम्पूर्ण नेपाली को लागि गौरव हो /

    Reply
  54. Krishna says:
    March 4, 2013 at 6:16 pm

    Get well soon

    Reply
  55. Rabi,London says:
    March 4, 2013 at 6:02 pm

    पारस सरकार हजुर लाई बधाई छ/ यो सम्पूर्ण नेपाली को लागि खुशी को खबर हो/ हजुर को मृत्यु संग को जित लाई हार्दिक बधाई छ/ विचरा नेता हरुको चै होस् उड्यो होला/

    Reply
  56. bickim says:
    March 4, 2013 at 6:00 pm

    म एक सन्तानको बाउ भएको कारण, पारस शाहले फेरी पनि पुनः जीवन पाएकोमा एकदम हर्षित छु! अब उनले अलिकति भए पनि आफ्ना परिवारप्रति राम्रो बेहोरा राख्न सकुन| स्कूल हुदा पारस र दिपेन्द्र को व्यहोरा (धेरै कार्यक्रममा) आकाश जमिन नै देखेको हु, राजपरिवार माने पनि तिमिलाइ मान्दिन तर पनि नेपालमै आएर सहि युवा-शक्ति को साथ लागेर रुवेल, प्रकाश जस्तालाई ठिक गरे हामी पनि साथ दिन्छौ|

    राज-संहारको बारे पनि केहि खोले पारसको जीवन धन्य हुन्थ्यो| सायद पारसले गर्दा नै ज्ञानेन्द्रले धेरै कदम गलत चल्नु परेको जस्तो लाग्छ मलाई!
    (छद्म-नाम कोलागि माफी स्विकरियोस!)

    Reply
    1. sandesh says:
      March 4, 2013 at 8:16 pm

      “स्कूल हुदा पारस र दिपेन्द्र को व्यहोरा (धेरै कार्यक्रममा) आकाश जमिन नै देखेको हु,….”

      के भन्न खोज्नु भाको हो प्रकाश पारिदिनु हुन्थ्यो कि ? दिपेन्द्रलाइ एकदम राम्रो मान्छे भन्नु भएको हो ? कि एउटा चै निक्रिस्ट अर्को चै खत्तम मात्र भन्न खोज्नु भाको हो ? तपैले नजिक बाट चिन्नु भाको भए राम्ररी थाह छ होला |

      Reply
  57. Sam says:
    March 4, 2013 at 5:55 pm

    राजा बिरेन्द्र को परिवार संग सहमति हुन नसकेको कारण ले उनि गर्कैयाका हुन् अब पालो प्रकाश दाहालको.

    Reply
  58. Sisir says:
    March 4, 2013 at 5:43 pm

    जे भयो राम्रै भो .. अब चाही एक असल नागरिक बन्नु , येही हो हामीले गर्न सक्ने कामना ..

    Reply
  59. xyz says:
    March 4, 2013 at 5:41 pm

    Here are the headline news on dramatic recovery of Paras:

    1. He started moving arms and legs (that is what he is excellent at doing)
    2. He has come to a state of consciousness (really?)
    3. He has learned to recognize people (that is great)
    4. He has started drinking (what beer or water?)
    5. He has started talking (great!)

    Reply
  60. SR Thapa says:
    March 4, 2013 at 5:31 pm

    पुर्व युबराज धिराज पारस गम्भीर रूपमा अस्वस्थ भै मित्र राष्ट्र थाइल्याण्डको ब्यान्ग्कोकस्थित अस्पतालमा जीवन मरणको दो साँधमा रहेको अबस्थामा चिकित्सकको अनबरत प्रयास, सबै जनाले उहाको सुस्वास्थ्यको लागि गर्नु भएको कामना तथा भगवान प्रतिको अगाध बिस्वासको कारणले गर्दा उहा स्वस्थ भै अहिलेको अवस्था आइपुग्नु भएको हो ! उहाको बारेमा जसले जे भने ता पनि मा उहालाई राष्ट्रियता प्रति ओतप्रोत भएको व्यक्तित्वमा लिन्छु ! साथै उहा एक नेपाली, उहाको परिवारमा उहा एक छोराको, एक श्रीमान को, एक पिताको रूपमा हुनुहुन्छ ! उहा पूर्ण रूपमा स्वस्थ भै माथिको भूमिका लगाएत निकट भविष्यमा उहाले नेपाल र नेपालीको हीतको लागि अनन्तकाल सम्मको लागि सम्मानित, लोकप्रिय, तथा शक्तिशाली संस्थाको निर्माण गरि नेपाल र नेपालीको लागि पुज्यनीय नेत्व्रित्व गर्नु हुने छ भन्ने आशा लिएका छौं ! साथै पुनः उहाको पूर्ण स्वास्थ्य लाभको हार्दिक हार्दिक शुभ कमाना ब्यक्त गर्दछु ! जय नेपाल जय नेपाली ! धन्यवाद !

    Reply
    1. nawraj says:
      March 5, 2013 at 8:40 am

      हैन यो यस आर थापा तपाई त यो पारसको भक्त हो कि चाटुकार हो .. प्रसंसा त खुब मजाले नै गर्नु भाछ याद गर्नु यो चोर फटाहा अनि आफ्नै ठुला बाउ को बंस बिनास गर्ने हत्यारा हो …

      Reply
  61. dsh says:
    March 4, 2013 at 4:51 pm

    Not only dates, the doctors are confused with hypoxia and hypothermia (LOL). How come doctors of so called world renowned hospital could make such a silly/funny mistakes!!!!

    Reply
    1. Nik says:
      March 4, 2013 at 11:23 pm

      को कन्फ्युज भएको? hypothermia र hypoxia को माने त था छ तपाइलाई?

      Reply
    2. sushil says:
      March 5, 2013 at 6:10 am

      sathi hypothermia nai vaneko ho report ma, after cardiac arrest, it is important to lower the body temperature in order to reduce the neurological damage due to ischemia. ( so I guess you were confused, lol..hope its clear)

      Reply
      1. madan bajracharya says:
        March 5, 2013 at 10:46 pm

        सुसिल ज्यु
        मित्र निक मेडिकल डाक्टर हुनु हुन्छ/ उहालाई यस्ता बिषयमा बढी जानकारी हुन्छ/

        Reply
  62. sunny says:
    March 4, 2013 at 4:51 pm

    नया जीवन को सुभकामना .

    Reply
  63. SURENDRA SUBEDI hongkong says:
    March 4, 2013 at 4:35 pm

    ल पारश सर लाई राम्रो भएछ अब प्रकाश दाहाल सर बेहोस हुने हो कि? भेन्टिलेटर को व्यवस्था गर्ने हो कि प्रचण्ड ज्यु??

    Reply
  64. Nabin Nepal says:
    March 4, 2013 at 4:31 pm

    प्रकाश दाहाल लाई भेटेर अस्ति को हिसाब चुक्ता गर्नै छ ! कहाँ सजिलो छ र मर्न लाई ???

    हिसाब बाकी नै छ नया युवराज संग !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme