Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विनोद चौधरी नेपालका पहिला अर्बपति

Posted on March 4, 2013March 4, 2013 by Salokya

अमेरिकाको फोर्ब्स म्यागेजिनले वर्षेनी निकाल्ने विश्वभरका अर्बपतिहरुको सूचिमा विनोद चौधरी नेपालको पहिलो अर्बपतिका रुपमा दरिएका छन्। उनको कूल सम्पति एक बिलियन अमेरिकी डलर अर्थात् झण्डै ८८ अर्ब रुपियाँ रहेको म्यागेजिन बताउँछ। म्यागेजिनले उनलाई नोटेबल न्युकमर्सको सूचिमा पनि राखेको छ। २१ जना एक बिलियन सम्पति भएकाहरुको नोटेबल न्युकमर्स सूचिमा उनको नाम २० औँ नम्बरमा रहेको छ।

‘भारतीय मूलका व्यापारी खान्दानबाट आएका विनोद चौधरी नेपालका प्रथम अर्बपति हुन्’, फोर्ब्सले लेखेको छ, ‘राजपरिवारलाई सामान आपूर्ति गर्नेदेखि देशको पहिलो डिपार्टपेन्ट स्टोर खोल्नेसम्म, चौधरी ग्रुपको अहिलेको लगानी बैँकिङ, खाद्य पदार्थ, सिमेन्ट, रियस स्टेट, होटल, ऊर्जा र इलेक्ट्रोनिक्स लगायतमा छ।’


यो वर्ष ४२ देशका २१० जना नयाँ व्यक्ति अर्बपतिको सूचिमा समावेश भएका छन्। कूल सूचिमा चाहिँ १४२६ जनाको नाम छ। सबभन्दा बढी अमेरिकामा नै छन् (४४२ जना), त्यसपछि एसिया प्रशान्त क्षेत्रमा ३८६ जना, युरोपमा ३६६ जना, अमेरिकी महादेशमा १२९ जना, मध्यपूर्व र अफ्रिकामा १०३ जना।

चौधरी भ्याट छली कान्डमा सबैभन्दा बढी विवादमा परेका थिए। विनोद चौधरी स्वामित्वको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छलेको खुलासा भएको थियो। चौधरी ग्रुप अरु विभिन्न विवादमा पनि मुछिने गरेको छ। सात वर्षअघि नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीको अनुसन्धानले चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेको प्रतिवेदन दिएको थियो। प्रतिवेदन हेर्नुस्।

विनोद चौधरीलाई फोर्ब्सले माया गरेको यो पहिलो पटक भने हैन। यसअघि सन् २००८ मा पनि हिमालयन भिस्टाज शीर्षकमा फोर्ब्सले चौधरीबारे लामै प्रोफाइल छापेको थियो। उतिबेला ५०० मिलियन डलर सम्पति भएको र नेपालको राजपरिवारबाहेकको धनी परिवारको संज्ञा पत्रिकाले दिएको थियो। त्यसैमा नबिल बैँकमा उनले अप्रत्यक्ष रुपमा आयरल्यान्डको एनबी इन्टरनेसनल नामको कम्पनीको नामबाट लगानी गरेको खुलासा गरिएको थियो। भर्खरै बजारमा आएको उनको आत्मकथामा त्यसलाई औपचारिक रुपमा नै स्वीकार गरिएको छ। चौधरीको सिन्नोभेसन ग्रुप नामको विदेशी कम्पनी छ, जसको मुख्य कार्यालय सिंगापुरमा छ।

विनोदका बाजे भुरामल चौधरी राजस्थानका मारवाडी थिए। सन् १८७० मा उनी नेपाल पसेका थिए। न्युरोडमा उनले कपडा पसल खोलेका थिए र दरबारमा सामान आपूर्ति गर्न थालेका थिए। उनका एक्ला छोरा लुनकरण दास चौधरीले अरुण इम्पोरियम नामको नेपालको पहिलो डिपार्टमेन्ट स्टोर खोलेका थिए।

२ करोड ६६ लाख जनसंख्या रहेको देशमा विनोद ‘करोडौँमा एक’ बन्न सफल भएका छन्। भ्याट कान्डले धमिलिएको छविलाई के अब उनले ‘एथिकल बिजनेस’ गर्दै आउँदो पुस्तालाई उदाहरण बन्ने काम गर्लान् ? कि एनी हाउ, पैसा कमाउ कै रणनीति कायम राखी धन् झन् झन् थुपार्दै जान्छन् ? हेर्न बाँकी छ। विश्वले गरिब देशका रुपमा चिन्ने नेपालमा पनि आखिरमा एक अर्बपति त छन् नि भन्न चैँ पाइयो जे होस् !

110 thoughts on “विनोद चौधरी नेपालका पहिला अर्बपति”

  1. Chandre says:
    March 11, 2013 at 1:01 pm

    ल ल नक्कली बिल चाहिएमा सम्पर्क गर्नु होला मैले पनि अरबपति को सुचीमा नाम लेखाउन परो क्या !!!

    Reply
  2. sandip-sharma says:
    March 10, 2013 at 1:37 am

    भ्याटचोरेर भय नि नेपालको पहिलो अर्ब पति भयको मा बधाई छ

    Reply
  3. Pradeep says:
    March 7, 2013 at 7:17 pm

    नेपालमा भयको कानुन ठुलाबडा, भ्रस्ट , राज्वोस्वोमारा लाई लाग्ने हो भने अरबपति होइन जेल भित्र रहेको मानिसको लिस्ट मा नाम हुन्थ्यो ! के गर्ने सबैजना देस लाई बर्बाद गरेर जनता लाई सोसेर कमाउने कै पछि लाग्छन !

    Reply
  4. MKNepali says:
    March 7, 2013 at 5:17 pm

    अर्बपति त होइन, अरबपतिहरु नेपालमा थुप्रै छन्, अरबमा पति हुनेहरु लाखौ लाख सब अरबपति होइनन र!दुख पाएका अरबपति!!

    Reply
  5. Harry says:
    March 7, 2013 at 4:42 pm

    Mr. Chaudary need to learn from Bill Gates and Warren Buffett. These richest poeple has big heart, donating and contributing billoins of dollors in the developing country for social welfare. Beside making money there are some corporate responsibilities which Mr. Chaudhary yet to learn. I haven’t heard any kind of donation he has made to the non profit making organisation of Nepal. What I heard is VAT fraud and may be more which we are not aware. Mr. Chaudhary follow these greatest philanthropist like Bill Gates and Warren Buffett, then you become role model. At this point you are just a money making machine.

    Reply
  6. deepak says:
    March 7, 2013 at 3:12 pm

    बिनोद जी तपाइलाई बधाई छ र अब नेपाल को TAX तिर्दिन्नु हुन आग्रह गर्दछु , जति तपैले पहिले पहिले तिर्नु भयको छैन , त्यो तिर्न हुन बिनम्र अनुरोध छ त्यसपछि देश लै पनि केहि राहत मिल्छ कि !!!!

    Reply
  7. deepak says:
    March 7, 2013 at 3:12 pm

    बिनोद जी तपाइलाई बधाई छ र अब नेपाल को TAX तिर्दिन्नु हुन आग्रह गर्दछु , जति तपैले पहिले पहिले तिर्नु भयको छैन , त्यो तिर्न हुन बिनम्र अनुरोध छ त्यसपछि देश लै पनि केहि राहत मिल्छ कि !!!!

    Reply
  8. raju says:
    March 7, 2013 at 6:27 am

    हामी नेपालीको आफ्नो राजा बिरेन्द्र जिउदो भयको भए,यी चोर फटाहरुको नाम इंडियाको एउटा मरुभूमि संग जोडिन्थ्यो, जिउदो राजा मरे पछि मरेका लाशहरु उठेर नांच देखौछान्, भ्याटमारा हो कि नेपालीहरूका भातमारा हुन् नेपालीहरुले समयमै बुझ्न जरुरि छ

    Reply
  9. Bir Man Singh says:
    March 7, 2013 at 12:23 am

    I have been following the story of Binod Chaudhary being christened the world’s 1342nd richest man. At the outset let me put on record I respect Binod Chaudhary for what he is and the empire he has built up. Yes, hats of to him for reaching here, by whatever means but he did!!!!
    However, I am amazed at the hype and buzz going around in Nepal about BC’s new found rank. I mean he is a business man, running a pretty good organization. Now when he does an MOR (monthly operation review) does he want to know one of his brands is the 1342nd ranked brand in Nepal or for that matter the 99th ranked brand in Nepal?? He would kick his Vice President or any one of his employees if they came to him and blew their trumpets saying one of his brands was in that rank. Would he himself when meeting friends, associates and business partners globally mention the fact he was the worlds 1342nd richest man?? Would it make any sense? Would the student who came 32nd in a class of 60 students be recognized?? Let us ask ourselves this question??
    Now secondly if he is so rich because of his employees who have recently felicitated him (I don’t know whether they did out of compulsion or with the hope some wealth could trickle down to them also) has he even bothered to truly reward the very people who have slogged for him? It doesn’t look like?
    I have visited his so called HQ in Sanepa and have seen the state of the cafeteria where his employees eat, the washrooms his employees use and the office space allocated to his workers. And trust me the insides are deplorable and pathetic. Most unbecoming of such a man.
    The point I am trying to make is externally everything about him is fancy, impressive, and ostentatious but a façade. Let us Nepalese whether living in Nepal or out of Nepal spend our time, money and effort on more important things. We, including BC live in a country which has no access to the basics of life, let us think of giving back to the country, doing something for it more than squeezing it dry for our own selfish benefit.

    Reply
  10. Harry says:
    March 6, 2013 at 9:38 pm

    I am not bothered about this at all. How much corporation or personal tax he has paid to the Inland Revenue of Nepal. He has fudge huge amount of VAT tax. Government of Nepal should tax him on the whole wealth and assets he has maximised and need to do full investigation how has became Billionaire without paying right amount of Tax.

    Reply
  11. कमल थापा(साउदी अरब) says:
    March 6, 2013 at 6:01 pm

    देशको राजनीति यस्तै हुने हो भने अब यस्ता विनोदहरुको लिस्ट थपिदै जान्छ/ दाजु धनि हुनु भनेको भाइको अंश खोस्नु होइन, भन्ने लाग्छ/ आमा र भाई बहिनीहरु रोहिरहेका बेला दाजुले म संग यस्तो- र उस्तो छ भनेर रिपोर्ट मा खुशी किन? संसार कै धनी हुने शुभकामना तर अरुलाई. … बोकाएर ….

    Reply
  12. xyz says:
    March 6, 2013 at 2:30 pm

    Majority of comments are negative. Mr. Chaudhari should now quell the rumour going rife in Kathmandu, that is, much of his wealth comes from clandestine investment made by former royal family members who were killed in palace massacre that took place on June 1, 2001.
    The domination of negative comments also indicates that majority of Nepali people are not proud of his wealth. The dangerous thing to look at is: least he does not use his wealth to acquire political power in Nepal. Mr. Chaudhari should also be careful of his own success: his excessive publicity makes other renowned businessmne in Nepal – Golchha, Khetan, Jyoti, Dugar, Vaidya, Panchakanya etc – all looks minows now.

    Reply
  13. ramesh says:
    March 6, 2013 at 7:23 am

    अब यहि आय स्रोत अनुसार कर पनि तिर्न लगाउने हो कि? अनि कुन बैकको कति ऋण छ (नतिरेको) त्यो पनि प्रकारमा आए अझ राम्रो

    Reply
  14. madan bajracharya says:
    March 5, 2013 at 10:36 pm

    भ्रस्ट नेताहरुको लंगौतिया यार लोतापतिहरु करचोरहरु अरव पति कसरि भयो त्यो भन्ने पर्दैन/ ईनिहरुले ऋण जत्ति बैंकलाई बोकाउन पाय; कर चोरेको प्रमाणित भयपनी कार्यवाहीमा नपर्ने भय सबै अरवपति हुन् सक्छ/ ईनिहरु जस्ता अरव पति बन्नु नै नेपालको ठुला बैंकहरु कंगाल बन्नुको प्रमुख कारण हो/

    Reply
  15. Rajan says:
    March 5, 2013 at 9:56 pm

    http://www.mysansar.com/archives/2011/03/id/17973
    http://www.mysansar.com/archives/2011/04/id/18147
    http://www.mysansar.com/archives/2011/04/id/18212
    लौ यिनेरु त आफ्नै समाचार हो नि, यो समाचार मा येसो लिंक हाल्न पाएको भए पो समाचार पुरा हुन्थ्यो. मैले नै राखी दिए है

    Reply
  16. पुष्प says:
    March 5, 2013 at 9:15 pm

    “नेपाली जनताले तिरेको कर झ्वाम पारेर; गोदाम, कारखानामा आगो लगाउंदै कर छूट अनि बीमा कुम्ल्याएर” यहाँसम्म आइपुगेको भन्ने कुरो उल्लेख छैन प्रतिवेदनमा ? छैन भने हाल्न लाउनुपर्यो ।

    Reply
    1. Harke says:
      March 6, 2013 at 3:30 am

      १. बिजनेश म्यागजिनमा अपराधको बर्णन हुदैन…..! क्राइम म्यागजिनमा खोज्नुहोस !

      २. तेस्तो प्रतिबेदन तयार गर्ने काम सम्बन्धित देशको सरकार र तेस अन्तर्गतको कर कार्यालयको (राजस्व बिभाग) को हो….! कुनै बिजनेश म्यागजिनको होइन…..चेतना भया !

      Reply
      1. Anamol KC says:
        March 6, 2013 at 9:57 am

        एमाले को टट्टू हरु को के कुरा गर्नु || हाम्रो नेपाल मा एमाले जस्तो पार्टी लाइ पनि support गर्ने मान्छे छन् भन्दा उदेक लाग्छ यार ||

        Reply
        1. Harke says:
          March 7, 2013 at 5:04 am

          चौधरी एमाले,
          गोल्छा कांग्रेस,
          सुमार्गी माओबादी……!
          को छ र यो देशमा सुद्द ब्यापारी ?

          Reply
      2. पुष्प says:
        March 6, 2013 at 12:04 pm

        यस्ता भ्रस्टहरूको वाहवाही गर्नेहरूलाई ‘चेतना भया’ होस् भनेर लेख्या हूँ । अन्यथा नभुझियोस ।

        Reply
        1. Deepak Parajuli says:
          March 6, 2013 at 9:18 pm

          पुष्पजी तपाई हरु कै सरकार छ यसो कारबाई गर्नु हुन्थियो कि ? कम से कम एउटा कुरा तपाई को र मेरो मिल्यो बिनोद चौधरी बारे मा/

          Reply
          1. पुष्प says:
            March 7, 2013 at 9:36 am

            पहिलो कुरो त अहिलेको जस्तो अति कामचलाउ सरकारबाट यस्ता कुराको आशा गर्नुको तुक छैन । दोस्रो, यिनी परे अरबपती कामरेड; यिनलाई चलाए एमाले बहुलाउने पीर । यिनले जनताबाट लुटेरा नेता पोसेका छन्, अनि तिनै नेताबाट टिका थपेर जनता लुट्ने लाइसेन्स पाएका छन । कसरी कारबाही हुन्छ ? बरु यसो उपाय भए बताउनुस ।

            Reply
        2. Harke says:
          March 7, 2013 at 5:01 am

          हर्केको कमेन्टमा चौधरीको कालो कामको वाह-बाही देख्नु, तपाइको दृस्टी दोष हो मात्र पुष्प जी….!
          चौधरीको कालो कामको बारेमा फेरि अर्कै ब्लगमा चर्चा गरुम्ला….!

          देशको कानुनले कालो भन्न नसकेको धन (जुन कालो नै हो भन्ने करोडौ नेपाली मनलाइ थाह छ) को आधारमा धनिको लिस्टमा पर्यो…..! यो समाचार, मात्र धनी बन्न बिदेशिएकाहरुलाइ यो एउटा सबक हो….कमेन्ट, एकदम सरल छ….सिधा बुझ्न खोज्यो भने….! राजनीतिक चस्मा उतार्नु पर्यो !

          Reply
          1. पुष्प says:
            March 7, 2013 at 9:30 am

            “नेपालमा केहि गर्ने बातावरण नै छैन…..” भन्ने(हामी)हरुलाई गातिलो झाप्पड हो… भन्नुको तात्पर्य अरूले पनि चौधरीले जस्तै गर्नु पर्यो भन्न खोज्नुभा हो हर्केजी ?

            Reply
            1. Harke says:
              March 7, 2013 at 10:56 pm

              अरुले (सार्वजनिक पद धारण नगरेकाले) के-के गर्नुपर्यो भन्ने हर्केको अधिकार छैन र हर्केले तेस्तो भन्दैन…..चेतना भया !

              Reply
              1. पुष्प says:
                March 9, 2013 at 12:43 am

                भनिसकेपछि यसो भन्न सुहाउन्दैन कि !

                Reply
  17. Lakshman says:
    March 5, 2013 at 8:50 pm

    यस्तो धुर्त ठग नटबरलाल चौधरी अरब पति बनेकोमा के खुशी हुनु पर्यो र ? VAT छलेर , मन्द विष वाई वाई बेचेर , गर्नु नगर्नु हथकण्डा प्रयोग गरेर , अनैतिकताको परम सिमा नाघेर बनेको अरबपति नेपालको लागि गौरब हैन अभिसाप हो / सुनिन्छ राजा बिरेन्द्र संग पनि एसको बिजनेस पार्टनरसिप थियो र राजा बिरेन्द्र को बंश नाश पछी त्यो अपुताली पनि येसैको हातमा पर्यो र तेश पछी एसको हैसियत एक्काशी माथि पुग्यो भनिन्छ / सत्य के हो भगवान जानुन /

    Reply
  18. Bogati says:
    March 5, 2013 at 7:23 pm

    नेपाल सरकारले फरेनमा भाडा माझि राखेकाहरु लाइ नेपालमा लगानी गर भनेर दबाब दिने l उता बिनोद चौधरी महासय जुन देशमा बिजुली कल कारखाना केहि नभएको देशमा खरब पति हुने ! बिनोद चौधरीले फरेन मा उसको सम्पति लगानी गर्नु पर्यो एता नेताहरु बीचमा लबी गरि राखेका छन् l एक जनता पसिना कमाएर पैसा देश छिराउन्छl उर्को नेपाल नै कंगाल गरेर नेपालीको सम्पति फरेन पठाएर माग्न गर्न खोच्छ l एमाले कांग्रेस मदेशी प्रचण्ड समेत बिनोद संग मिलेर निजि बिमान देल्ही एरोपोर्ट छ l

    Reply
  19. Ramesh says:
    March 5, 2013 at 7:17 pm

    देखाउन नमिल्ने मात्र भएर हो नत्र हाम्रा कामरेड प्रचण्ड को नि चौधरी को भन्दा कम सम्पति त छैन !

    Reply
  20. SASANG LAMA says:
    March 5, 2013 at 7:04 pm

    कर नछल्ने ब्यापारी त को होला र? कर छलेर र मजदुरलाई कम ज्याला दिएर न ब्यापारी धनी हुने हो | यस्तो छर्लंग कुरोलाई के विश्लेषण गरिरा होलान! बरु हुकुमी तन्त्रमा भाको भए “किन यतिविधि धनी भइस” भनेर विनोदले खप्की खान्थे होला!!!!

    Reply
  21. anil says:
    March 5, 2013 at 6:49 pm

    नेपाल मा गरेको business ले अरबपति भएको हो र? ..लगानी जति विदेश मा थियो..विदेश मा कमाए विदेश मा नै tax तिरे होलान नत्र frobe ले किन रोज्ने थियो होला र?..नेपाल मा vat तिरे नतिरेको कसले भनेको मान्ने? नेपाल को भ्रस्ट कर्मचारी, सरकार ले कि..भ्रस्ट ब्यापारी ले?

    Reply
  22. neerose says:
    March 5, 2013 at 6:46 pm

    बधाई छ चौधरी साहेबलाई!
    अब बिनोद चौधरी ले अरु नेपालि लाई पनि फोर्ब्स पत्रिकाको अर्बपतीको लिस्टमा नाम् चडाउन सहयोग गर्नुपर्छ! देशको लागि र उहाँ आफ्नै सुरक्षा र सह-अस्तित्वो आनि समाजिकता साथै साथको लागि पनि!
    खासगरी देश भित्र भयकाहरुलाई!

    Reply
  23. Bikram KC ( saudi arabia) says:
    March 5, 2013 at 5:51 pm

    हाम्रो देश नेपाल को प्रवृति नै यस्तै छ देश लै कंगाल बनायर बिनोद चौधरी जस्तो वाट छली गरेर, बनेको अरब पति लै सरकार ले कुनै एक्शन नलिए उल्टै बिनोद जस्तो देश लाई चुसेर कमायको पैसा ले करोड पति बनेको भन्दा दुख लागछा सो, लाखु नेपाली हरु खान नापयारा भोक भोकै मर्ने अवस्था छ भने बिनोद जस्ता कर को छली गरि २ नोम्बरी धन्दा गरि कमायको पैसा जनताको मझ मा बहादुरीको नाम नदेखाया पनि हुन्छ .

    Reply
  24. Gorkhe says:
    March 5, 2013 at 4:52 pm

    यी बिनोद ले एस्पाली सिजी को सतुंगल को उद्योग मा आगो लगेर अर्बपति भए आर्को साल आर्को उद्योग मा आगो लगाएर खर्बपति बन्न्लन जस्तो ६..

    Reply
  25. bibek dhakal says:
    March 5, 2013 at 3:33 pm

    देशको एउटा ठुलो प्रतिशत गरिबी को रेखामुनि हुनु र औंला मा गन्न मिल्ने मान्छे अर्वपति हुनु भनेको गर्व गर्नु पर्ने बिषय जस्तो त मलाई ! तैपनि एक नेपाली को नाताले बधाई सम्म चाही दिनुपर्ला – साम दाम दण्ड प्रयोग गरि भएपनि वा छली चोरी तस्करी जे सुकै गरेपनि अब मनग्ये सम्पत्ति कमाइसके क्यार , बरु एसो समाजसेवा गरिदिए, रोजगारी को मार्ग प्रशश्त गराएर युवाहरुलाई राहत दिनसके चाही गर्व गरिएला….नत्र त के स्वाद छ र हाम्लाई ?

    Reply
    1. santosh says:
      March 5, 2013 at 7:49 pm

      काग लै बेल पाक्यो हर्ष न बिस्मात !! यहा घर मा नुन तेल छैन बिनोद अरबपति होस् कि रोड पति बालै भएन नि !

      Reply
      1. arun says:
        March 6, 2013 at 1:13 am

        संतोसजी
        तेही नुन तेल को पैसा कहाँ गएछ, देख्नु भयो अब त?

        Reply
  26. अनोज शाक्य says:
    March 5, 2013 at 3:29 pm

    के भन्नु र खै ? नकारात्मक प्रतिकृया गरौ भने दाह गरे जस्तो हुन्छ । सकारात्मक प्रतिकृया दिउ भने नेपालका धनीहरुको बानी सबैलाई थाहा छ । सरकारले करमात्र भए पनि राम्रोसँग हिसाब गरेर लिनु पर्छ । अरु त मतलब छैन ।

    Reply
  27. Bipin says:
    March 5, 2013 at 3:25 pm

    The message is “if you want to be a billionaire, skip the college and join the trade”. That’s what Binod did at the age of 18. Congratulations Mr. Binod!!

    Reply
  28. Sagar says:
    March 5, 2013 at 2:31 pm

    $ १ billion को tax चाही कति तिरेको रहेछ सरकार लाई ???
    कि tax चाही सुन्य ?

    Reply
    1. Anamol KC says:
      March 5, 2013 at 4:57 pm

      tax त सबै एमाले का नेता हरु लै बुझाए होला नि || tax त एमाले का नेता हरु ले चाटी रहेका छन् नि ||

      Reply
    2. balaraam says:
      March 5, 2013 at 8:20 pm

      एस्त प्रतिक्रिया डाह, इर्स्या र खुट्टा तान्ने परविर्ति ले भरिपूर्ण मात्र हुन् ! साथि १ बिलियन त उन को सम्पत्ति हो ! एक वर्ष भन्नाले साउन को पहिलो दिन बाट असार को मसान्त भित्र को कमाई जति हुन्छ त्येश मा नेपाल को ट्याक्स प्रसेंटेज ले दिने हो ! साएद नेपाली लाइ साउदीमा लात हान्दै काम गराउदै गर्या चाही मन पर्छ ! देश मा कमसेकम एउटा त भयो येस्तै २०-५० जना भए रोजगारी त पाउने थिए भन्ने चाही छैन ! एउटा के भाको थ्यो त्येसको जरो खन्न मै तल्लिन सबै जना ! र एउटा कुरा संसार मा कसैले ट्याक्स आफै दिदैन – सरकार ले लिन सक्नु र जान्नु पर्छ ! लिन नजान्ने अनि छली गर्यो भनेर कराउनु पारि जंगल मा कराएको स्याल जस्तै हो ! तु प्रतिक्रिया आउला अब – एजेन्ट भनेर

      Reply
      1. Anamol KC says:
        March 5, 2013 at 9:43 pm

        तिमि agent नै हो नि || येस्मा त केहि शंका नै छैन नि || कर सरकार ले लिन जान्ने होइन, कर सरकार लै तिर्नु पर्छ, कर नतिर्नु अपराध हो जता सुकै पनि || किन दिन्न तक्ष, सबैले तिर्न पर्छ र तिर्छ tax || Tax नतिर्ने अपराधी हो र सजाए को भागिदार हुन पर्छ सबै लै || र चौधरी सोल्टी लाइ पनि कर चलेको प्रमाणित भएमा, नियम अनुसार जेल मा कोच्ने हो कि के गर्ने हो गर्न पर्छ ||

        Reply
        1. balaram says:
          March 6, 2013 at 8:27 am

          अरु लाइ भन्दा के सी बाबु आफैले कति कर तिरेका छोउ ? आफैले आफैलाई सोच एकपटक ! कर मेरो यति हो भन्दै कसैले आफै आएर तिर्दैन ! तिम्रो सरकार नै निकम्मा छ ! कर को निर्धारण गर्न बसेका तिम्रा कर कार्यालय का कर्मचारी लाइ निर्धारण गर्न नै आउदैन ! निर्धारण गरे उठाउन आउदैन ! यो तिम्रो डाह बाहेक अरु के होर के सी बाबु ! सत्य कुरो सत्य नै हुन्छ ! चाहे एजेन्ट भन चाहे दलाल भन ! हुन त सुँगुर लाइ ओछ्यान कहा मन पर्छ र उसको प्यारो त रछ्यान नै हुन्छ ! साउदी अरब, दुबई, कतार तिर को तातो बलुवा नै प्यारो छ तिमीलाई !
          धन्यबाद !!!

          Reply
          1. Anamol KC says:
            March 6, 2013 at 10:20 am

            कस्तो सुँगुर को कुरा थाहा पाको हो तिमि ले || सोल्टी पनि सुँगुर नै हो कि जस्तो लग्यो ni || के के मन पर्छ सब थाहा रैछ || अनि फुर्ति त DV lottery परेको ले दिने जस्तो देको छौ त || म त एकदम तातो तातो बालुवा म सुतेको छु | के गर्ने, तिमि जस्तो DV परेन || आफ्नो त कतार को साउदी को DV पर्यो || कि सोल्टी पनि refugee status मा हो माओबादी ले लखेट्यो, नेपाल मा खान बस्न पयियेना भनेर ||
            ल त म लगाएत खाडी म भएका साथी हरु तातो बालुवा मा सुत्न लाग्येउ

            Reply
          2. Bibek Dhakal says:
            March 6, 2013 at 11:34 am

            बलराम जी, अलिकति बुद्दि पनि लाउनु पर्यो कमेन्ट लेख्दा ! नेपालीहरुले खाडी मा गएर तातो मरुभूमि मा केहि हजार को लागि दुख गर्दै परिवार पाल्नु रहर होइन बाध्यता हो जुन देशको श्रोत को असामान वितरण ले गर्दा भाको हो…यहि असामानताको फाइदा उठाएर केहि नेताहरुले बन्दुक बोकाएर भाइ भाइ दिदि बहिनि लडाए जसको परिणाम आज देशले भोगी रहेको छ !

            अहिलेको जमानामा क्यापिटलिजम वा अर्थिक संचय को बिरोध गर्नु असान्दर्भिक जस्तो देखिएला तर १०१ जना रहेको समाजमा ९५ जना फुटपाथमा सुत्ने र ६ जना को परिवार महल मा बस्ने भयो भने के होला ? अहिले अस्ट्रेलिया र धेरै युरोपियन देशहरुमा ट्याक्स रेट उच्च रखिएको छ, जसले सम्पत्तिको ब्यापक भन्डारणलाइ केहि हद सम्म निरुत्साहित गर्छ ..तब त सोसल सिक्युरिटी पनि राम्रो हुन्छ! यहाँ त सरकारमा बस्नेहरु स्यवं ठुला व्यापारीलाई ट्याक्स छल्न सहयोग गर्छन! यस्तो बेलामा उनि १००यौ धनि भित्र परे पनि के हर्षोल्लास गर्नु?

            Reply
          3. वीना ढकाल says:
            March 6, 2013 at 12:57 pm

            बलराम जी,
            हामी सर्वसाधारणले त पाइलै पिच्छे कर तिरेका छौँ। रेस्टुरेन्टमा खाना खाँदा १३ % भ्याट र १० % सर्भिस चार्ज, फोन गर्दा ट्याक्स, फिल्म हेर्दा ट्याक्स।
            विनोद चौधरीले चाहिँ कर नतिरेर छलेका हैनन्, नक्कली भ्याट बिल बनाई नतिरेको कर तिर्‍यो भनी देखाएका हुन् । नक्कली नोट छापेको जस्तै । हामी उपभोक्तासँग लिएको १३ % भ्याट सरकारी ढुकुटीमा जम्मा नगरी आफ्नै गोजीमा हालेका हुन् । तिम्रो सरकार निकम्मा हैन तिम्रो मालिक चोर फटाहा हो ।

            Reply
          4. balaraam says:
            March 6, 2013 at 9:04 pm

            त्यो जाबो अमेरिका मा किन जाने केसी बाबु ? र तिम्रो जस्तो सरणार्थी सोच मेरो छैन ! बकाइदा पढेर सी ए फाइनल को तयारि गरिरहेको छु ! एकोनमि मा डिग्री गरिसकेको हु ! र जाबो नेपालै फर्केर ४०-५० हजार को जागिर को आस गर्नुपर्ने हामि लाइ छैन !सुँगुर भनेर तिम्रो ज्यान लाइ भन्या त होइन तर तिमेरु को दिमाग त्येही सुन्गुरे प्रबिर्ती भन्दा माथि चाही पटक्कै छैन ! @ बिना बिबेक का बिबेक जी संसार का कुनै धनि ले गरिब लाइ पाल्ने ठेक्का लिएका हुदैनन् ! बिबेक बिना का बिबेक जी त्येसो भए अमेरिकन हरु त कोहि पनि बाटो मा सुत्न बाध्य हुने थिएनन् ! अनि चिनिया हरु भिख मागेर बस्ने थिएनन् ! ब्यापारी को काम ब्यापार गर्ने हो !

            Reply
            1. Anamol KC says:
              March 7, 2013 at 8:18 am

              यो बलराम सोल्टी ले धेरै खोक्यो | CA रैछ, धेरै ठुलो मान्छे, धेरै ठुलो विचार बोकेको मान्छे रैछ यार…;) ….अझै अर्थसास्त्र मा डिग्री गरेछु रे || सहि हसायो यार || एकदम ठुलै बाघ मारेछ यार CA र अर्थसास्त्र पढेर || आफु त औंठा छाप परियो, बालुवा मा सुत्ने परियो के गर्ने, हाहाहा क्या मज्जा ले ego hurt भएछ सोल्टी को येहा ब्लग को सबै लाइ ठुलो मान्छे भनेर चिनाएको रे || नहुने चामकिंच हुने गम्किंचा भनेको येही हो | अनि एकदम ठिक कुरा हो दिमाग त मेरो सुँगुर कै हो किनकि सुँगुर को मासु खान्छु मैले धेरै || तर तिमि त एकदम ठुलो मान्छे भएर पनि कस्तो सुँगुर को ……. जस्तो कुरा गरेको ….सुँगुर को …….त खान्नौ नि | अनि कसैले तेत्रो पढेको पनि छैन होला अहिले सम्म त, संसार मै त नभनम, नेपाल मै 😉 ……तपाई धेरै ठुलो मान्छे हुनु हुदो रैछ …..sorry है म जस्तो ले तपाई ले जस्तो कुरा गरेको मा || ल त फेरि तातो बालुवा मा सुत्न gaye है म ||

              Reply
            2. Sagar says:
              March 7, 2013 at 2:00 pm

              बलराम बाबु तिमि इकोनोमिक्स मा मास्टर गरेको ले बुध्धी बिग्रिएर c A पढेको थुएक्क तिम्रो शिक्षा … CA को फुर्ति नलागौ बलराम .. पहिला study complete गर अनि कमेन्ट गर है संसार को बारे मा little knowledge dangerous !!!!

              Reply
              1. balaram says:
                March 8, 2013 at 12:02 pm

                यहि डाह गर्ने बानि त हो दिमागी सुकुम्बासी हरु को ! कोहि दिमागी सुकुम्बासी हरु ले सजेसन दिनु पर्दैन !

                Reply
      2. Sagar says:
        March 7, 2013 at 2:04 pm

        Meaning less कमेन्ट ब्रो
        Tax pay is obligation not optional ब्रो keep इन mind

        Reply
    3. madan bajracharya says:
      March 9, 2013 at 5:18 am

      सगरज्यु
      कर तिरेको छैन छलेकोछ
      बैंक बात लियको ऋण पचायकोछ
      बैकलाई तिर्नु पर्ने ब्याज चपायको
      ठुला नेतालाई निजि सचिव बनायकोछ
      दलका कार्यकर्तालाई ढोकामा पाले राखेकोछ
      लियको ऋणतिर्नु परे लोतापति हुने अरवपति बनेकोछ/

      Reply
  29. Sam says:
    March 5, 2013 at 2:19 pm

    बधाई छ नेपाल को सेकेन्ड अरब पति लाई first त पूर्व राजा ज्ञाने नै हो क्यारे. Third र fourth मा रामे र पर्चंडे नाम औछाहोला. बधाई

    Reply
  30. कमल थापा(साउदी अरब) says:
    March 5, 2013 at 2:13 pm

    गरीव देशको धनि मानिस, ठीकै होला…. तर आमा बुबालाई बृद्धा आश्रम मा राखेर धर्मको प्रचार गरे जस्तै लाग्यो, किन कि यीनले देश र जनताका लागि ब्यापार गरे, आफ्नै फाइदाका लागि/ नाम राख्नु एउटा कुरा तर काम के ….. त्यो पैसा र नाम तीन करोड नेपालीले, नेपाल आमाले कसो गरेर, किन खुशी हुने??? मनमा प्रश्न खेली रह्यो/

    सगरमाथा, बुद्धको देश, जल को धनि … तर ब्यभहारिक उपयोग खोइ? यस्तै त होला…… !!! ……. ???

    Reply
  31. raj says:
    March 5, 2013 at 1:14 pm

    जे भनेपनि यो देशको नाम राखेकोमा खुसि छु अरू सफलताको कमान

    Reply
  32. damodar says:
    March 5, 2013 at 12:56 pm

    एसको को सर्बनास येइ जुनी मा हुन्छा…..कर छली अर्ब पति ध्हिकर छ एस्लाई…

    Reply
  33. भोला कोइराला says:
    March 5, 2013 at 12:36 pm

    देशको राजश्व छलेर धनी भएकोमा नेपाली जनता खुशी हुनुपर्ने कारण म देख्दिन……अब झन अरु व्यापारी पनि खरबपति हुने धुनमा देशको राजश्व छल्ने धन्दामा लिप्त हुने हुन कि भन्ने डर पो पलाएको छ…..

    Reply
  34. Pasang says:
    March 5, 2013 at 12:12 pm

    लाटो देस मा गढ़ो तनेरी भने को पनि बिनोद चौधरी नै हो

    Reply
  35. Pasang says:
    March 5, 2013 at 12:09 pm

    काग लाई बेल पाक्यो हर्ष न बिस्मात!
    लासा मा सुन छ मेरो कान बुच्चै!
    भनेको येही हो

    Reply
  36. तेन्जिंग गाबा says:
    March 5, 2013 at 11:14 am

    लौ बधाई छ कामरेड
    संसारको सबै भन्दा “धनि कम्युनिष्ट नेता” हुन् “कामरेड बिनोद चौधरी”

    जदौ

    Reply
  37. dev says:
    March 5, 2013 at 11:08 am

    धनी झन् धनी गरिब झन् गरिब अरबपति भए र के गर्नु रोडको मान्छे रोड मै हो

    Reply
  38. तेन्जिंग गाबा says:
    March 5, 2013 at 11:05 am

    धनि र गरीब बिचको खाडल संसार भरि नै बढ्दो छ त्येस्लाई नियन्त्रण गर्न हाम्रो औकात ले भ्याउदैन चीन-भियतनाम जस्तो साम्यवादी-समाजबादी भनाउदो देशमा पनि फस्टाएको समस्या हो /
    तर
    हाम्रो देशको समस्या चाही धनि धनि बिचमा पनि बिशाल खाडल तयार भैसकेछ यो कत्तिको भयाबह हुन्छ सबैलाई बेलैमा चेतना भए असल हुन्थ्यो कि भन्ने हाम्लाई लाईराछ /

    जदौ

    Reply
  39. Ashok Khadka says:
    March 5, 2013 at 10:45 am

    बिनोद चौधरी नेपालको अब्यबस्थित,असन्तुलीत र अपारदर्शी अर्थतन्त्रको उपज एक ब्यापारीक खेलाडी मात्रै हुन् उनी उद्दमी ब्यबसायी हैनन्! धनी हुनु र उद्दमी ब्यबसायी हुनु फरक कुरा हो । खै उनले स्वदेशमा ठूला ठूला उधोग, कलकारखाना खोलेर नेपालीलाई रोजगारी सृजना गरया !? खै उनको सामाजीक उत्तरदायीत्व !?भ्याट छलेको काण्डै काण्ड कता सेलायो ?

    Reply
  40. Sisir says:
    March 5, 2013 at 10:16 am

    जे होश नेपालमा पनि अरबपति रहेछन , राम्रै कुरा हो .. उनले अरबौ कमौदा राज्यलाई तिर्नु पर्ने कर पनि सहि तरिकाले तिरी दिए राम्रो हुने थियो ..

    Reply
    1. Anamol KC says:
      March 5, 2013 at 5:03 pm

      आफ्नै team को पर्यो तेही भएर comment गरे जस्तो acting गरेको क्या सिसिर ले || कर तिर्दे भए हुन्थ्यो रे नत्र हाम्रै पार्टी लाइ तिर्दे भए हुन्थ्यो भने भैहाल्यो नि || हुन त पार्टी चलैदे को नै यिनैले होलान || अधिकारी बुढो अहिले अस्पताल मा लादिरचन जसले चौधरी लै कर चल्न मद्धत गरे || कता कता मर्ने बेला मा गरेको कुकर्म ले पोल्दो होला नि ||

      Reply
      1. Sisir says:
        March 6, 2013 at 10:55 am

        कस्तो कस्तो घटिया मानसिकता भएका मनिषहरु हुदा रहेछन ..अलि सभ्य र तर्कसंगत कुरा गर्नुष न .. यो भन्दा अगि येही ब्लगमा यिनै चौधरीको सन्धर्भमा मेरो कोमेंट पदनुष अनि थाहा हुनेछ को कुन टिम को भनेर .. हरेक व्यक्ति कसै न कसैको एजेन्ट देख्ने कस्तो आखा हो यार यो ? येस्तै हरेक चिजमा नकारात्मक सोच र खुट्टा तान्ने प्रवृति नै हो हामी नेपालीले प्रगति गर्न नसक्नुको मूल कारण ..
        रह्यो कर छलीको कुरा यो मामलामा हामी कुनै पनि नेपाली कोहि भन्दा कोहि कम छैनौ , सानो कारोबारीले थोरै , ठुला ठुला कारोबारीले धेरै छली गरि रहेछौ ..चौधरीले पनि करोडौ छली गरेकै हुन् .. येस्मा हामी सबै उतिकै दोषी छौ .. आखिरी नुन चोरे पनि चोर सुन चोरे पनि चोर .. यी ठुला चोर हुन् हामी साना चोर हौ .. हामी मध्ये कति नेपालीले आफुले प्रयोग गर्ने मोबाइल को कर तिरेका छौ त , घर भाडा कर , लत्ता कपडाको कर , घरायेसी एलेक्त्रोनिक्स सामग्रीको कर लगाएतका कर राज्य लै सहि तरिकाले तिरेका छौ .. पहिले हामी सबैले आफ्नो मुख पनि ऐनमा हेर्ने हो कि ..
        यहाँ प्रसंग सकारात्मक कुराको हुनाले मैले सकारात्मक कमेन्ट गर्न खोजेको मात्र थिए , तर हामीहरुलाई हजम हुने कुरै भएन ..
        सबैलाई कसै नै कसैको एजेन्टको बिल्ला लागैदिनु भो, जादा जादै तपाई चाही कसको एजेन्ट त्यो पनि जान्न पाए आभारी हुने थिए .. भगवान्ले हामी सबै नेपालीलाई सकारात्मक सोच पनि प्रधान गरुन ..
        रह्यो भारत मोहन अधिकारीको कुरा, उनि प्रति मेरो कुनै सहानुभूति छैन.. यिनको त सम्पति छानबिन गर्नु पर्छ र मर्ने बेला नै किन नहोस भ्रस्टाचारको आरोपमा जेल कोच्नु पर्छ भन्ने मान्यता राख्छु म.. जय नेपाल ..

        Reply
  41. Deshbhakta says:
    March 5, 2013 at 10:09 am

    सरकारलाइ दिने tax आफ्नु आम्दानीमा जोडे पछि, त बबाल नि, कामदार लाइ दिनु पर्ने पारिश्रमिक आफ्नु आम्दानीमा जोडे पछि

    Reply
  42. योगेश आदी says:
    March 5, 2013 at 9:53 am

    निरपेक्ष गरिबीको रेखा-मुनी २९% जनसंख्या भएको गरिब देश नेपालको नागरिक “बिलियनायरपति” भयो; भन्ने समाचारले हर्ष र बिस्मात दुबै उर्लायो!!
    -अरु भन्दापनि बिदेशीहरुले दुइपटक जिब्रो टोक्ने भए; पहिलो, नेपाली पनि बिलियनायर भनेर.. अनि दोश्रो पटक, नेपाली बिलियनायरले अन्य मिलियनायरले जति पनि कर नतिरेको देखेर !!

    एमालेका युवा नेता योगेश भट्टराईजीले बिनोद चौधरीजीको बेस्सरी तारिफ गरेर यदि बिनोदजीले “१०% मात्र समाजसेवामा लगाए भने” भनेर मिठो कल्पना पनि गर्नुभएको रहेछ ।
    १०% त अत्ति भयो । १ बिलियन डलरको १% मात्र पनि नेपाली रु. ८७ करोड हुन्छ ।

    खैर जेसुकै होस् बिनोदजी तथा सम्पूर्ण नेपालीलाई बधाई !!!

    Reply
  43. Sarju says:
    March 5, 2013 at 9:33 am

    मात्र अरब पति होइन, त्यो सबै पैसा आफ्नो सिप र कलाले सबै कानुनी तवरले कर तिरेर कमाएको/जम्मा गरेको भए वाह अरब पति भन्नु गर्भ हुने थियो / भ्याट मारेर, नक्कली, जालसाजी, कालाबजारी, अपहरण गरेर जम्मा गरेको पैसा अरब होस् कि खरब? जनताको रगत शोशेर मोटाएको भाम्पायेर हो /

    Reply
  44. rajendra says:
    March 5, 2013 at 9:17 am

    यति धेरै सफलता पाउदा पनि बिनोदले त्यति राम्रो प्रतिक्रिया नपाउनुले उनले आफु अर्वपति भएको महशुश हुनेगरी जनताको सेवाकोलागि राम्रा राम्रा कार्यक्रम ल्याउनु पर्यो नत्र भन्ने छन् जनताले- कागलाई बेल पाक्यो हर्ष न बिस्मात /

    Reply
    1. rajendra says:
      March 5, 2013 at 11:34 am

      यति धेरै सफलता पाउदा पनि बिनोदले त्यति राम्रो प्रतिक्रिया नपाउनुले उनले आफु अर्वपति भएको महशुश हुनेगरी जनताको सेवाकोलागि राम्रा राम्रा कार्यक्रम ल्याउनु पर्यो नत्र भन्ने छन् जनताले भन्ने छन्
      – कागलाई बेल पाक्यो हर्ष न बिस्मात /

      Reply
  45. Karbir Thapa says:
    March 5, 2013 at 9:11 am

    भ्याटमारा पनि चोर, कुण्डले मुण्ड्ले, भुसतिघ्रे पनि चोर ! कोहि सुटबुट लगाएर चोरी गर्छन कोहि कुन्डल मुन्दल लाएर ! यिनीहरु सबै चोर हुन् | बरु यिनीहरु भन्दा ति सडक किनारमा गिट्टी कुट्नेलाइ हेर्दा मुटुदेखिनै स्रद्दा र इज्ज़त निस्किन्छ | नेपालमा कानुनीराज हुँदो हो त यस्ता भ्याटमारा र भातमाराहरु खोरमा हुने थिए……………

    Reply
  46. Nabin Nepal says:
    March 5, 2013 at 7:44 am

    हाम्लाई बाल मतलब

    Reply
    1. गोबिन्द प्यासी says:
      March 5, 2013 at 8:43 am

      टिप्पणी नै नकारात्मक छ, ! देश मा हजारोउ बिनोद चौधरी हुनुपर्छ ! एउटा बिनोद चौधरी ले ३०००० जना लाइ प्रत्यक्ष अप्रत्य्क्ष रोजगारी दिएको छ ! १००० जना बिनोद चौधरी भए भने कोहि नेपाली तातो बालुवा मा मर्नुपर्ने थिएन ! हुन त मेरो कमेन्ट सायदै छापिएला, छापिए पनि बिनोद को दलाल को ट्याग लाग्ला ! तर ध्रुब सत्य त्येही हो ! विदेश बाट फर्किदा बंगलादेश मा अलपत्र परेर ३ दिन सम्म ट्वाइलेट को पानि खाएर बसेका नेपाली लाइ उद्दार गर्दा देश को हालत सम्झेर यो मन जति रोएको थियो ! आज बिनोद को अन्तर राष्ट्रिय उपस्थितिले त्यति नै खुसि भएको छ ! एउटा होइन देश मा सयोउ बिनोद को आवस्यकता छ ! नेपाली को मानसिकता नै त्येही छ, धनीलाई गरिब बनायो भने समता मुलक समाज हुन्छ !

      Reply
  47. vanya says:
    March 5, 2013 at 5:51 am

    देसै लुटे पछि त अर्ब पति हैन खराब पति हुन बेर लाग्दैन , नेपाल भन्ने मुलुक मा जसको सक्ति तेस्को भक्ति भै राखे को बेला मा ..बीनोदे का दिन फिरे क़ा,,

    Reply
  48. Tendi sherpa says:
    March 5, 2013 at 5:30 am

    भ्याट छलेर , कर नतिरेर , देशको हितलाई भन्दा आफ्नो मात्र भुडी भर्न तल्लिन यस्तो बिस्वका गरिब देशको धनि ब्यापारी प्रति मा विस्वका गरिब देशको गरिब जनताले गर्ब गर्नु पर्ने कुनै कारण देख्दिन/
    मेरो देश झन् गरिबीको दलदलमा फश्दै जानुको मुख्य कारण यी ठग भ्याट , कर छल्ने अनि देशको बिकाशमा कुनै योगदान दिन नखोज्ने ठग ब्यापरिहरुनै हुन् भन्ने हाम्लाई लाइराछ /

    Reply
  49. Raames says:
    March 5, 2013 at 5:26 am

    त्यो बिदेशी पत्रिका फोर्ब्सलाई के थाहा अरबपति भनिएका बिनोद चोरको काण्डहरु.

    Reply
  50. roshan says:
    March 5, 2013 at 5:21 am

    अमेरिका मा हुने हो भने भ्याट छलेको काण्डले जेल पति हुन्थ्यो नेपालमा अरबपति नेपाल को कानुन बाबुराम र प्रचण्ड लगायात का दलाली नेताहरुले जानुन

    Reply
    1. भोला कोइराला says:
      March 5, 2013 at 12:38 pm

      यिनको केसमा चाँहि माकुने, झले, धतुरे ओलि ,बाँदरमोहन अधिकारी ले जान्दछन होला ……

      Reply
  51. Bal says:
    March 5, 2013 at 5:21 am

    अरबपति भए पनि खरब पति भएपनि
    देश मारा हो नकली Vat बनाएर देश डुबाउने

    Reply
  52. sujan says:
    March 5, 2013 at 5:16 am

    भ्याट छली प्रकरणमा मुछिएको मान्छे जति नै धनि भएपनि मेरो नजर मा गरिब नै हो !!! जनताको कर सरकार लाई नदिने येस्ता धनी पनि के धनी !!!

    Reply
  53. Harke says:
    March 5, 2013 at 4:55 am

    खाने मुखलाई जुंगाले छेक्दैन………..भन्थे…..!

    “नेपालमा केहि गर्ने बातावरण नै छैन…..” भन्ने(हामी)हरुलाई गातिलो झाप्पड हो यो समाचार….चेतना भया !

    Reply
    1. द्रोण says:
      March 5, 2013 at 9:07 am

      इन्डिया को काख मा बसेर ,नेपालि बनेर ,माफियासग गतिलो रिस्ता बनाए
      नेपाल मा सफल ब्यापारी ,राजनीतिग्य ,बिद्द्वान ,बुद्दिजिबि भइन्छ |
      नत्र भगवान कोइराला हरु मात्र किन राजिनामा दिन बाध्य बनाइन्थे ?
      गरि खाने को उदाहरण मा यो मान्छेलाई लिदा अरु लाखौ गरिखाने को अपमान हुन्छ कि ?
      बिजनेस पढेर,प्राक्टिस गरे ब्यापारी हुने ,राजनीति सास्त्र पढेर नेता हुने ,बिज्ञान पढेर बैज्ञानिक हुने र साहित्य पढेर साहित्यकार हुने बाताबरण कत्तिको छ हामिकाहा प्रश्न उठ्छ |

      Reply
      1. Harke says:
        March 5, 2013 at 4:19 pm

        द्रोण जी,
        उ धनीको सुचिमा पर्यो र नेपालमै ठेगाना लेखेको छ…! भाको तेती हो…! चौधरीको धन कालो-हो या सेतो तेस्को बर्गिकरण गर्ने काम कानुनले गरोस !

        तेस्को भन्दा धेरै धन ज्ञाने वा पुकदाकै पनि होला…तर देखाउने हिम्मत त छैन नी तिनीहरुको !

        पढेर मात्रै पैसा कमाउन सकिने बाताबरण त अमेरिकामै पनि छैन नी, किन कि “बिल गेट्स” पनि त हार्वर्ड ड्रोप-ओउट हो नी…होइन र ?

        Reply
        1. द्रोण says:
          March 5, 2013 at 10:29 pm

          हर्के जी
          अमेरिका बा विश्व को कुनै पनि देश मा जहा नियम कानुन को पालना हुन्छ (अपबाद बाहेक ) ,सिस्टम छ त्याहा त् निश्चय नै पढेर प्रोफेसर हुन्छ ,बैज्ञानिक (पोस्ट डक) हुन्छ ,आजकाल धेरै नेपालि तेसैगरी पैसा कमाएका पनि छन् |खालि पसिना इमान्दार पुर्बक बगाए पुग्छ |
          हामि का सिस्टम न हुदा त्यो बाताबरण छैन ,र आर्को बिल्गेट्स अपबाद हुन् ,सबै मान्छे बिल्गेट हुन् सक्दैन | तेसो त् नेपाल मै पनि कति चार पास बिधायक भए ,करोडौ कमाए |हामीले सिस्टम को कुरा गर्ने हो ,सिस्टम मै रहेर ठुला बनेका भगवान कोइराला को तारिफ गर्ने हो ,एकै चोटी दुलो बाट निस्केर हिरो बनेको पु क दा ,सिस्टम मै चलेर भन्दा सिस्टम को घोडा चढेर धनि भएका बिनोद चौधरी को प्रसंसा गर्ने हैन नि हैन र ?

          Reply
          1. Harke says:
            March 6, 2013 at 3:55 am

            द्रोण जी,
            हाम्रोमा राम्रो सिस्टम छैन, तेसमा हर्केको अर्को मत छैन…..!

            पढेर बैज्ञानिक हुन त नेपालमा सकिन्छ र तुलनात्मक रुपमा राम्रो जीवन स्तर पनि हुन्छ…! तर तुलना एस एल सी पास भएर प्राथमिक बिद्यालयको शिक्षक भएका संग गर्नु पर्छ. :).
            अर्को कुरा, अमेरिकन post-doc को बार्षिक आम्दानी, कुनै पनि State को औसत आम्दानी भन्दा कम नै छ रे, होइन र ?
            राम्रो सिस्टमको आशा गर्ने हो भने, राम्रो कामको सुरुवात त गर्ने तर टुंगोमा पुर्याउन नसक्ने लाछीहरुको तारिफ गर्न पनि छोड्नु पर्छ…!
            चाहे त्यो डा. भगवान कोइराला होस् या रामेस्वोर खनाल…..!
            राम्रो काम सुरुगर्न त पदमा पुगेको जो कोइ ले पनि सक्छ तर टुंगोमा नपुर्याई बिचमा आफै राजिनामा दिनेहरु लाछी हुन्, कम पुरा गर्न नसक्ने तर प्रसंसाका भने भोकाहरु हुन्…..! तिनीहरुको प्रसंसा गर्नु र अपराधीलाइ नेता बनाउनुमा तात्विक फरक हर्केले त देखेन….तपाइले देख्नु भो कि ?

            FORBES ले गणना गरेको चौधरीको सम्पति, नेपाल सरकाले सेतो धन भनेर certified गरेको सम्पति नै हुनुपर्छ भन्ने हर्केको बुझाई हो…! सम्पति के-के गरेर कमायो तेस्को discussion अरु ब्लग मा गरुम्ला…! अहिले, उसले कमायो…र .नाम दर्ता गरायो…! नाम दर्ता हुनु ठुलै कुरो हो, जो बिदेसिएका उपेन्द्र महतो र डा रसेंद्र भट्टराई भन्दा फरक कुरो हो !

            Reply
            1. द्रोण says:
              March 6, 2013 at 9:00 am

              हर्के जी
              तुलनात्मक रुप मा ब्यापार गर्ने को भन्दा त् एकेडेमिक लाइन मा निश्चय पनि औसत आम्दानी कम नै हुन्छ कुरा नेपालि रुपिया मा हिसाब गर्दा र नेपाल कै सम क क्ष्यी सग तुलना गर्दा को हो |
              आर्को कुरा इमान्दारी पुर्बक प्रयास गरिएको छ र तेस्मा असफल भएको छ
              भने पनि राम्रो थालनी गरेकोमा क्रेडिट त् दिने पर्छ नि हैन र ?हामि आम नागरिक ले तेस्तो प्रयास गर्ने को हौसला बढाउने ,वाह वाहि गरे पो नया आउने पिढी ले पनि तेस्लाई निरन्तरता दिन्छ र संस्कार बस्छ |
              तेत्रो पढेका ,पी यच दि गरेका ,खारिएका मानिस ले सकेनन भन्दा हामीले समस्या जटिलरहे छ भनेर पनि बुझ्नु पर्छ नि |
              सबै हिरो हुदैनन् हर्के जी ,तेसो भनेर उफ्रने प्रयास नै न गर्ने हो र उफ्रने कोसिस गर्नेलाई न हौस्याउने हो भने पर्खाल कसले नाग्न सक्छ ?

              सफल हुने हरु र पारि पुराउने हरुले मात्र जस पाउने ,र पोजिटिब प्रयास गर्ने तर असफल हुने ले जिरो जस पाउने भन्दा पनि ,पहिलो ले फुल क्रेडिट पाउने ,दोस्रो ले आम्सिक भन्दा राम्रो हुन्छ कि ?

              अनि घर को जुका लाइ परका ले चिप्ले किरा देखे भने त्यो त् उनीहरुको समस्या हो ,हामीले त् नजिक बाट देखेकोले चै जुका भन्न छोड्नु हुन्न कि ?

              Reply
              1. Harke says:
                March 8, 2013 at 2:58 am

                द्रोण जी,
                जुकालाइ त जुकै भन्ने हो….!
                यहाँ छिमेकीले (FORBES) जुका वा चिप्लेकिरा भनेर बर्गिकरण गरेको भन्दापनि, को मोटो छ र को पातलो छ (त्यो पनि परेका निबेदनको आधारमा) भनेको हो, हैन र ?
                जसरि भएपनि मोटाउन मात्र खोज्नेलाइ नेपाल पनि फाप्दो रैछ भनेको पो त !
                रगत चुसेर मोटाउने जुका भन्ने वा साग-पात खाएर मोटाउने चिप्लेकिरा, त्यो त आफ्नो-आफ्नो बिबेक मा भर पर्छ, कि कसो ?

                Reply
              2. Harke says:
                March 8, 2013 at 2:59 am

                द्रोण जी,
                जुकालाइ त जुकै भन्ने हो….!
                यहाँ छिमेकीले (FORBES) जुका वा चिप्लेकिरा भनेर बर्गिकरण गरेको भन्दापनि, को मोटो छ र को पातलो छ (त्यो पनि परेका निबेदनको आधारमा) भनेको हो, हैन र ?
                जसरि भएपनि मोटाउन मात्र खोज्नेलाइ नेपाल पनि फाप्दो रैछ भनेको पो त !
                रगत चुसेर मोटाउने जुका बन्ने वा साग-पात खाएर मोटाउने चिप्लेकिरा, त्यो त आफ्नो-आफ्नो बिबेक मा भर पर्छ, कि कसो ?

                Reply
  54. Shashi Khanal says:
    March 5, 2013 at 4:33 am

    देस को केहि त राम्रो समाचार सुन्न पाईयो खुसि लाग्यो ,कर्म गरे भाग्य बन्दै जान्छा अरु नेपाली पनि अरबपति भएको सुन्न पाइयोस ,बधाई छ बिनोद दाई लाई देसको नाम राख्नु भएको मा ,अनि हजारौ लाई रोजगारी दिनु भएकोमा ,अझ राम्रो खबर सुन्न पाइयोस

    Reply
  55. arun says:
    March 5, 2013 at 3:59 am

    देस को पैसा बाहिर गयो भनेको त होइन रहेछ बिनोद चौधरी ले पो राखेका रहेछन धन्य पशुपतिनाथ ले नेपालीलाई हेरेकै रहेछन / ल अब बिनोद जी संग सापटी लिएर हुन्छकी मागेर हुन्छ देस निर्माण गर्न तिर सम्पूर्ण नेपालि हरु लाग्नु पर्यो / फोर्ब्स पत्रिका लाइ धेरै धेरै धन्यबाद, करोडौ जनता गरिब भएको देस मा, एक्लो धनि व्यक्ति को पहिचान गरिदिएकोमा / अब हामी गरिब नेपाली को दुख का दिन गए जस्तो छ किनकि सारो गारो मा बिनोद जी सधैं हाम्रा माझ मदत को लागि दुइ हात मात्र नभैकन बिसाल छाती नै खोलेर तम्तयार का साथ रहनुहुने संकेत देखेको छु अब का दिन हरु मा /

    Reply
  56. sabita says:
    March 5, 2013 at 3:58 am

    आफ्नो बुध्ही, मेहेनेत, लगन ले कमाएर धनी हुन देश को गरिबी ले रोकेन..यो पनि एउटा राम्रै, उदाहरनिय कुरो हो/ खुट्टा तान्ने, अड्चन थाप्ने हरु सबै लाइ पछारेर यो मुकाम मा पुग्नु सजिलो कहाँ होला र? जे होश यति भए पछि नेपाली सबै गरिब मात्र छैनन् है भनेर भन्न पायौ.. धेरै धेरै बधाई छ!

    Reply
    1. Karm says:
      March 5, 2013 at 12:04 pm

      भ्याट मारेर माथि पुग्नु पनि राम्रै कुरा हो | ल बधाई छ |

      Reply
      1. sabita says:
        March 6, 2013 at 5:12 am

        vat मात्र मारेर माथि पुगेका हुन् रे? ये मलाई थाहा थिएन त्यस्तो कुरा त..मैले त worldwide businessman हुन् भन्ने पढेको थिए.. हुन त forbes त्यसै त रोजेन होला नेपाल मा नतिरे पनि अरु देश मा चाही तिरे होलान.. बल्ल बल्ल एक जना नेपाली धनि भनेर चिनिएका छन्..इजत राखिदिए हुने.

        Reply
  57. Biswash says:
    March 5, 2013 at 3:54 am

    सम्पति आर्जन र सामाजीक कार्य समानुपातिक रूपमा गर्दै अमेरिकन बिलिनियर्स हरुले समाजमा राम्रै इज्जत र सदभाव कमाएको देखिन्छ | आशा गरौ नेपाली बिलिनियरले पनि सम्पति को साथ् साथै सामाजीक सदभाव र इज्जत कमाउन तिर पनि जोड दिन नाबिर्सुन | मेरो शुभकामना !!!

    Reply
  58. nunho lama yolmo says:
    March 5, 2013 at 3:23 am

    भारतीय मूल को रे नेपाली रे ,नेपाल बाट नै पहिलो अरब पति रे,यसमा नेपाली ले रमाउनु पर्ने केहि देख्दैन बरु नेपाल बाट कमाऊ भारत मा जमाउ,भ्याट छल्ने भने पछि सरकार को नजर मा चोर होइन त? खोइ त चोर लाइ कारवाही भएको? एउटा बिदेशी बिदेशी नै हुन्छा खराब पति होस् वा शंख पति होस् ,

    Reply
  59. pradip says:
    March 5, 2013 at 2:51 am

    vat छलेर भए पनि अरबपति भएर छाड्यो , खपरमा त लेखेको नै रहेछ .

    Reply
  60. Kapil says:
    March 5, 2013 at 2:30 am

    अब बिनोद चौधरीलाई भारतीय मुलका भनिरहन ठीक नहोला| उनी खाँटी नेपाली हुन्| नेपालीमा सुत्छन, रुन्छन, हाँस्छन, उठ्छन र बस्छन| त्यस्तै हो भने कतिपय छेत्री बाहुन र पछि बाट भित्रिएर उपत्यका बस्ने सबैलाई नेवार भनिएकोले गुजरात, उडिस्सा, महाराष्ट्र आदि बाट आएर नेपालमा पुस्तौ बसेकालाइ पनि भारतीय मुलका भन्नुपर्ने स्थिति आउँछ| नव मधेसीहरुको कुरै नगरौ|

    Reply
    1. Sisir says:
      March 5, 2013 at 11:48 am

      बिनोद चौधरीका हजुर बुबा नेपाल आउदा भारत भन्ने देश नै थिएन तेसैले यिनी भारतीय मुलका भने होइनन , भारत र पाकिस्तान भन्ने देश त ६६ बर्स अघि सन् १९४७ मा ब्रिटिसले बनैदियेका हुन् .. यिनलाई बरु राजस्थानी पुर्बजका नेपाली भन्दा ठिक होला .. काठमाडौँ को नेवारी टोलमा जन्मी , फरर नेवारी पनि बोल्ने , १०० वर्ष देखि नेपालमा बस्दै आएकालाई नेपाली नै भन्नु पर्ला ..

      Reply
  61. kedar says:
    March 5, 2013 at 1:39 am

    भ्याट छली तथा अनेकन ठगी गरेर पनी अर्बपती भइन्छ भन्ने उदाहरण बनेकोमा चौधरी जी लाइ बधाई छ / संबिधानशभाको सदस्य हुँदा काठमाण्डौ मै घर भएर पनी घर भत्ता थाप्ने र अरु साधारण सदस्य सरह सम्पूर्ण सुबिधा उपभोग गर्ने यिनले के चै माखो मार्लान र नेपालको पहिलो अर्बपती भनेर खुसि हुनु ? यिनी पशुपती दर्शन गर्न गए भने बाटामा बसेका भोका नाङ्गा माग्ने लाइ एक छाक नाटरने खुजुरा पैसा छर्दै हिड्छन र डकारेर बसेका भित्रका पुजारीलाई हजारका नोट र सुनका पाताले पुजा गर्छन / के खुसि के गम ?

    Reply
  62. rajbhanu says:
    March 5, 2013 at 1:38 am

    चोर, जाली र फटाहाहरुनै धनि हुने हुन् भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ !
    http://www.mysansar.com/archives/2011/04/id/18212

    Reply
  63. Prakash! says:
    March 5, 2013 at 1:08 am

    बधाई छ, बिनोद जी|

    जसले जे सुकै भने पनि नेपालकोलागि खुसीको कुरा हो | अब गरिबी निवारण र युबाहरुलाई राम्रो हुने कार्यक्रमहरु ल्याउनोस, यसले तपाइलाई अमर बनाउछ | आखिर मरेर लैजाने के नै छ र, होइत ?

    Reply
  64. nabin bhai says:
    March 5, 2013 at 12:44 am

    हाम्लाई बाल मतलब !

    Reply
    1. सन्जय says:
      March 5, 2013 at 10:57 am

      बाल मतलब भएर त प्रगति हुदैन नि तपाई हरु जस्ता को ! पैसा कमौना कति गार्हो छ तपाई लै के थाहा !

      Reply
  65. Jenish says:
    March 5, 2013 at 12:11 am

    कसरि नहोस त Tax नै छलेर सम्पति कमाए पछि?

    Reply
  66. राज श्रेष्ठ says:
    March 5, 2013 at 12:01 am

    $ १,०००,०००,००० सम्पत्ति हुनेले नेपाल सरकारलाई कति कर तिरेछन त? बताइदेउन फोर्ब्स, जान्ने मन लग्यो| हुन त सरकारमा बस्नेलाई तिरेपछि सरकारलाई तिर्न पर्दैन क्यारे!

    Reply
    1. bikka rana magar says:
      March 5, 2013 at 2:10 pm

      अनि त्यो tyaks भन्ने चाही जुन देस मा कमायो तही पो तिर्नुपर्छ भन्ने सुनेथे. यी कमेन्ट हरु हेर्दा नेपाल मा सबै मान्छे हरु इर्ष्य, द्वेष, डाह
      र जलन ले भरिएका छन् भन्ने लग्छ. गरिबी जहि पनि छ. नेपालको गरिबी बिनोद चौदहरी ले बडेको पनि होइन र उसले ठेक्का पनि लिनु छैन गरिबी घटाउन लै.

      Reply
  67. विजय says:
    March 4, 2013 at 11:50 pm

    सर्व साधारणको हीतमा न आउने पैसा नि के पैसा? गुणस्तरहीन सामान बेचेर, जनता ठगेर, स्वास्थ्य माथि खेलवाड गरेर कमाएको पैसा नि के पैसा? मन ठुलो हो, पैसा हैन ! फोर्ब्स ले लिस्ट मा राख्यो भन्दैमा चौधरी लाइ मैले धनि मान्दिन…..बरुआफु एक छाक खाएर दुनियाको हलो जोतेर आफ्नो परिवारको गाँस जुटाउने मेरो गाउँको हलिदाइको लागि मेरो इज्जत धेरै छ, लूटको कमाई गर्ने लाइ हैन !

    Reply
  68. prakash says:
    March 4, 2013 at 11:39 pm

    समाचर त राम्रो नै हो ! वहा अरब र खरबपति, करोडौ जनता रोडपति , तर पनि बधाई र सुभकामना !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme