Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा नेपाली एनजिओ सञ्चालकलाई यौन दुर्व्यवहारको आरोप

Posted on March 17, 2013March 17, 2013 by Salokya

अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। त्यहाँ एउटा एनजिओ छ- WPPC Nepal। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्। ४० वर्षीय धन पुनलाई लागेको आरोप चानचुने हैन, निकै गम्भीर प्रकृतिको छ। अनुसन्धानकर्ताहरुका अनुसार पुनले एक किशोरीसित तीन वर्षको अवधिमा ८० देखि १०० पटकसम्म यौन सम्पर्क राखेको आरोप छ। अमेरिकामा बाल यौन दुर्व्यवहारलाई निकै गम्भीर प्रकृतिको अपराध मानिन्छ। अभियोग प्रमाणित भएमा उनले त्यहाँको कानुन अनुसार निकै कडा सजाय भोग्नुपर्ने हुन्छ।

१५ वर्षकी ति किशोरीले प्रहरीलाई बताए अनुसार पुनले सन् २००९ देखि उनलाई सेक्सुअल मेसेज मोबाइलमा पठाउने गरेका थिए। त्यतिबेला उनी ८ कक्षामा पढ्थिन्। किशोरी र उनको भेट कसरी भयो भन्नेबारे चाहिँ समाचारमा खुलाइएको छैन। सुरुमा सेक्सुअल मेसेज पठाउने पुनले त्यसपछि आफूसँगै राखेर किशोरीसँग ब्लु फिल्म देखाएछन्। त्यसपछि उनले किशोरीसित सेक्स गरेछन्। त्यतिबेला किशोरीको उमेर मात्र १३ वर्षको रहेछ।

सेक्सुअल कुरा कै लागि ती किशोरीसित सम्पक गर्न पुनले नक्कली फेसबुक प्रोफाइलसमेत खोलेको आरोप छ। किशोरीले लगाएको आरोप अनुसार सन् २०१२ को समरदेखि त पुनले हरेक रात जस्तो सेक्स गर्न थाले।

डिटेक्टिभहरुले तयार पारेको आरोप पत्रमा पुनले केही यौन दुर्व्यवहार गरेको स्वीकार गरिसकेको बताइएको छ। पुनले किशोरीसित अनलाइन सम्पर्क भएको र त्यसमा उनको नाङ्गो फोटो प्राप्त गरेको समेत स्वीकार गरेको भनिएको छ।

सहनै नसक्ने दुर्व्यवहार भएपछि किशोरीले आफू यो उजुरी गर्न बाध्य भएको भनेका रहेछन्। सियाटलको किरो ७ टिभीले यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारमा भनिए अनुसार यो साता चाइल्ड पोर्नोग्राफी र नाबालकसँग थर्ड डिग्री बलात्कार गरेको अभियोग औपचारिक रुपमा लगाइनेछ। किरोले आरोपी धन पुनको भने कुनै प्रतिक्रिया प्रसारण गरेको छैन।

WPPC Nepal अमेरिकामा एउटा सक्रिय एनजिओका रुपमा रहेको थियो। तर अहिले यो स‍ंस्थाको आधिकारिक वेबसाइट http://wppcnepal.org र फेसबुक पेज दुवै बन्द छ। वेबसाइट यस्तो थियो। संस्थाका गतिविधिका केही फोटो यहाँ छन्।

को हुन् पुन ?
WPPC Nepal को अहिले बन्द रहेको आधिकारिक साइटमा राखिएको जानकारी अनुसार पुन ८ वर्षभन्दा बढी समयदेखि नेपाली समुदायमा सक्रिय छन्। सन् २००३ देखि २०११ सम्म उनी ग्रेटर सियाटल एरियामा स्वयंसेवक, महाचसचिव, अध्यक्ष र बोर्ड अफ डाइरेक्टरका रुपमा नेपाल सियाटल सोसाइटीमा आवद्ध थिए। बिजनेस म्यानेजमेन्टमा डिग्री भएका पुन इन्फरमेसन टेक्नोलोजी प्रोफेसनलका रुपमा थिए। स्थानीय र अन्तर्राष्ट्रिय नन प्रोफिट र च्यारिटीमा उनी संलग्न थिए।

सियाटलको किरो टिभीले दिएको समाचारको भिडियो तल हेर्नुस्-

40 thoughts on “अमेरिकामा नेपाली एनजिओ सञ्चालकलाई यौन दुर्व्यवहारको आरोप”

  1. Mahakal says:
    March 24, 2013 at 12:00 pm

    Only a sick pervert can abuse a 13 yrs old children. This sick monster should be hanged or buried alive. Beside few, lot of the coments seems sympathetic to this child rapist, why?? If that innocent little girl was your own daughter or sister, would you still say the same thing? You are all sick cowards!

    Reply
  2. jumanu rai says:
    March 19, 2013 at 6:06 am

    i could b wrong. but the snapshot from KIRO TV on the top right of this article, on its last point, says ‘…in prison and online’. Is that a typo for ‘person’?

    Reply
  3. Kamal Singh says:
    March 18, 2013 at 10:23 am

    अहो कति राम्रो उदेस्यले गरेको काम रहेछ!

    थुक्क लिदा! नेपालमा भए पार्टीको कार्यकर्ता बनेर भए पनि एस्त कुराहरु पचौथ्यो होला, तर नेपाल परेन, के गर्ने

    म्याग्दी तिर फर्केर सुगुर पालेको भए एस्तो दुख चाही हुदैन थ्यो!

    Reply
  4. akash says:
    March 18, 2013 at 5:14 am

    केटि ले सुरुमा सहमति बाट नै सम्बन्ध राखेको कुरामा म धेरै हद सम्म बिस्वस्त छु , यहाँ पहिले सहमतिले सारिरिक सम्बन्ध राख्ने अनि पछि कुनै कुरामा रिस उठेपछि जबर्जस्ति गर्यो भन्नु सामान्य नै हो, किनकि कानून ले केटालाई भन्दा केटीलाई बढी संरक्षण गरेको देश हो यो र यो कुराको नाजायज फाइदा केटि हरुले उठाइरहेकै छन् तर पुन जी जस्तो सचेत मान्छे ले कमसेकम उमेर नपुगेको केटी संग उसको सहमतिले नै पनि सारीरिक सम्बन्ध राख्नु अपराध हो भन्ने कस्तो थाहा नपाएको वा एकछिन को मोज को लागि आखा चिम्लेको होला, अब पछुताएर केहि हुनेवाला छैन. तर हामि मद्धे अरु कसैले एस्तो काम गरि रहेका छौ भने येसबाट पाठ सिकौ .

    Reply
    1. sandesh says:
      March 18, 2013 at 7:15 pm

      केटि होइन मित्र बच्ची भन्नुस न | १३ वर्ष को बच्चाले सहमति दियो भन्दैमा ४० पुगेर हजुरबा बन्न लागेको मान्छेले बच्चालाई काखमा राखेर अश्लिल फिलिम देखाउनु त भयङ्कर अपराध नै हो | अनि “एकछिनको मोजको लागि …..” रे |१३ बर्सको बच्चा संग यौन सम्पर्क गर्न लै दिमाग नै कसरि तयार हुन्छ ? अनि कसरि मोज हुनु ? बरु अश्लिल फिलिम हेर्दै हस्तमैथुन गरे हुन्छ नि |

      Reply
  5. pradeep says:
    March 18, 2013 at 3:32 am

    नाम मेरो धन
    पैसा कमाउने मन
    अम्रिका तिर लगाए तन………

    जब गोगी भयो तातो
    मोज गर्न मन लग्यो ………….
    ………….हरे मेरो धनलिङ्ग ले मलाई बनायो जोगी…………..

    Reply
  6. Lal Shrestha says:
    March 17, 2013 at 10:34 pm

    बदमास रहेछ धने त !

    Reply
  7. yam pun says:
    March 17, 2013 at 6:22 pm

    यदि यो घटना सत्य हो भने अमेरिकोको पानि नै Sexual Tonic Water हो कि क्या हो ??? केहि वर्ष पहिले President Bill Clinton लाइ पनि Monica Lewinsky बाट यस्तै आरोप लागेको थियो र आरोप सत्यमा साबित भएको थियो!

    Reply
    1. sandesh says:
      March 18, 2013 at 7:33 pm

      के कुरा गर्नु भाको पुन जी तपैले | कहाको १३ बर्सकी बच्ची संग ललाई फकाई अनि जबर्जस्ति कहाको मस्त तरुनी संग बहालवाला रास्त्रपतिको यौन क्रिया | हुनपनि मोनिका लेविन्सकी त सारै राम्री थिइन् , मस्त जवानीमा गुज्रिरहेकी युवती देखेर ऋषि-मुनिहरुको त ध्यान भंग हुन्छ क्लिन्टनको दिमाग कसरि बसमा रहन्थ्यो | अनि त अफिसमा नै मुख मैथुन गरिदिएकी थिइन् रास्ट्रपति महोदयको , रास्ट्रपति पनि के कम सिगार मोनिकाको गुप्ताङ्गमा घुसाएर पछि तेसैको धुम्रपान गरेचन | बुढो त अत्ति खल्ली रैछ नि | बिसेस गरि त्यो केसमा तिनबाट कुरा थिए :
      १) बिबाहित भएर पनि श्रीमती बाहेक संग सम्भंदा राखेको
      २) रास्ट्रपतिया मर्यादा बिपरितको काम (कार्यालय मा यौन क्रिया गरेको ?)
      ३) पहिले हुदै होइन भनेर ढाटेको

      अमेरिकी समाज पनि गज्जबको छ | अझै पनि क्लिन्टनलाइ एकदम राम्रो राष्ट्रपति मान्चन, सायद धेरै मान्छेले राम्रो मान्छे पनि मान्छन | जम्मा दुइटा मात्र कारण : sorry भन्दिए पुग्ने (पहिले ढाटेको थिए , जुन गलत थियो ) अर्को सबै भन्दा ठुलो कुरा : श्रीमती क्लिन्टनले माफी दिइन् | अमेरिकी जनता पनि क्या गजब, आफ्नै श्रीमतीलाइ मतलब छैन भने हामीलाई के को टन टन | मैले अहिले सम्म नाबुजेको चै यो माथिको दुइ नम्बरको कुरो | कार्यालयमा यौन क्रिया गर्दा केहि नहुने रैछ ठुलो मान्छे लाइ ? सामान्य कर्मचारी भएको भए तुरुन्तै fire गर्दिन्थ्यो |

      Reply
  8. Kamal Singh says:
    March 17, 2013 at 5:31 pm

    नेपाल मा काम गर्ने धेरै एन जी ओं हरुको काम नै येस्तै हो. यहाँ त कम गरेको तलबको पैसा मग्न पनि रति बोलौछां अरे, केहि दिन अघि एउटी नायिकाले पैसा लिन रति बोलायो, भन्दि अन्तरबार्ता दिएकी थि

    Reply
  9. lok nath sigdel elmhurst newyork usa. says:
    March 17, 2013 at 5:27 pm

    माया बस्यो होला पछि कुरा मिलेन आरोप लगाई जिन्दगि नै खत्तम पार्ने भै सिधा पुन को पहिला दुबैको मन मिलेर नै सम्पर्क भएको होला किन कि केटि ले धेरै पछि मात्र कुरा उठाएको छ येदि उसको नि मन नभएको भए त पहिलो चोटी मै पुन जेल पर्ने थिए होइन र ?
    अमेरिकामा १३,१४ बर्सको केटि हरु नै २५ ,३० बर्सको जस्तो हुन्छ अनि कुरा बिग्रिएकै जस्तो छ बिचरा पुन कडा कानुन को फन्दामा परे जस्तो छ .

    Reply
    1. Yam Chand says:
      March 17, 2013 at 8:21 pm

      लोकनाथजी,

      तपाइँ अमेरिका मा बसेर पनि बाल-यौन शोषण को बारेमा अनभिज्ञ हुनुहुँदो रहेछ. यहाँ माया-साया को कुरा होइन, यौटी उमेर नपुगेकी केटि लाइ फकाएर यौन शोषण गरेको घटना हो यो र अमेरिका, क्यानाडा मा केटि ले सहमति दिएको खण्डमा पनि यो कुरा अपराध नै मानिन्छ. १८ बर्ष नपुगेकी केटीले दिएको सहमतिको यौन-सम्बन्धि कुरामा केहि अर्थ लाग्दैन.

      Reply
    2. Rajan Upriti says:
      March 19, 2013 at 6:21 am

      यो अशिक्षित मान्छे कुन दिन आफै खाल्टो मा पर्छ जस्तो छ | के अमेरीकामा बच्चा संग यौन सम्पर्क गर्नु अपराध हो भन्ने थाहा छैन ? के भाँडा माझ्न मात्रै जानेको छ ?

      Reply
  10. उपासक उदास says:
    March 17, 2013 at 2:31 pm

    उपनाम रहेछ यिनको पुन !
    विदेश पुगेछ गरीबी धुन /
    सद्बुद्धि फिरेमा पाउँछ सुन ,
    बुद्धिमा न लागोस घुन !!!

    Reply
  11. मदनमणि says:
    March 17, 2013 at 1:27 pm

    हाम्रो समाज कसरी भ्रष्ट भइरहेको छ भन्ने उदाहरण हो यो।

    Reply
  12. keshav khanal says:
    March 17, 2013 at 1:19 pm

    रेखा थापा ले भनेको रे अमेरिका मा बस्ने धेरैजसो नेपाली होमेलेस छन् रे ?

    Reply
  13. Pankaj says:
    March 17, 2013 at 1:16 pm

    He is pedophallic, such perverts are mentally sick people. Normal people don’t think of doing sex with under age children even if its on mutual understanding.

    Reply
  14. Sonam Sherpa says:
    March 17, 2013 at 12:51 pm

    हो अमेरिकामा यो कानुन निकै कडा र ससक्त छ त्यहा पोवाराको नो चान्स आरोप एक ठाउमा तर त्यसको प्रमाणित भएमा खलास नै भो भने हुन्छ . नेपालमा जस्तै बहालवाला मन्त्रीले अर्काको चेलिभटिको झयालमा पर्खाल चडेर हिड्नेको चान्स हुन्. यहा पर्खाल चडेनि छुट छ तर त्यहा पर्खाल चडेर हिडे कुनै राज्यमा सफाया सम्मको नियम छ यदि पाका हो भने कसैलाई पनि क्षम्य छैन

    Reply
  15. binit says:
    March 17, 2013 at 11:57 am

    काम अनुसारको फल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  16. Harke says:
    March 17, 2013 at 11:20 am

    समाजसेवाको आवरणमा संसारभरिनै थुप्रै अपराधीहरु आफ्ना अव्यक्त कुण्ठाहरु लिएर लुकेका छन….चेतना भया !

    तर पनि, अहिलेसम्म पुनलाइ लागेको यो आरोप मात्र हो, एसको पुष्टी होला या पुनले सफाई पाउलान त्यो त भविष्यले बताउला……!

    Reply
  17. Ekraj says:
    March 17, 2013 at 10:44 am

    यस्ता राक्ष्याश हरु परिवार र समाज को लागि अतिठुलो बोझ मात्र नभएर खतरनाक अपराध क संजाल बनाउने गर्दछन| यस्तालाई फाँसी दिए अपराध घटाउन सहयोग पुरौना पनि सक्तछ|

    Reply
  18. Nidesh Adhikari , USA says:
    March 17, 2013 at 9:38 am

    आरोप लाग्नु र आरोप अदालत बाट प्रमाडीत हुनु मा धेरै फरक छ / कसैको मानहानि हुने कुरामा अहिलेनै बोलिहान्नु उचित हुदैन / यदि आरोप साचो ठहर भयोभने सम्जनुहोस यो पुन जी को अन्तिम sex हुनेछ /

    Reply
    1. dilip gurung says:
      March 18, 2013 at 11:51 pm

      निदेषजी: यदि यो आरोप साचो भयो भने यो पुनजीको इच्छामा र एक बालिकाको अनिच्छामा हुने अन्तिम सेक्स नै होला| तर यो वहाको जीवनको अन्तिम सेक्स चाही भन्न नमिल्ला| अब वहाको जीवनमा अनगिन्ति यस्ता सेक्सहरु हुने प्रबल सम्भाबना छ, जसमा पुनजिको त अनिच्छा होला, तर भुसतिघ्रे काले हब्शिहरुको चाही प्रबल इच्छा होला| पुनजीको सुखद यौन जीवनको कामना गर्न चाहन्छु| 🙁

      Reply
  19. gan shi says:
    March 17, 2013 at 9:31 am

    13 बर्से झड्केली छोरीलाइ नेपाल देखि ल्याए देखि नै आखा गाडेर बसेछ मुर्कट्टा ले त !

    Reply
    1. sandesh says:
      March 17, 2013 at 10:44 am

      अनि झड्केली छोरि भनेर कहाँ थाहा पाउनु भयो नि यहाले ? कि अजय देब जी (३५० वर्ष कैद पाएको महोदय) संग झुक्किनु भयो ?

      Reply
      1. gan shi says:
        March 17, 2013 at 10:42 pm

        स्वास्नीको पहिलो लोग्नेको छोरी लाइ के भनिन्छ?

        Reply
        1. sandesh says:
          March 17, 2013 at 11:38 pm

          त्यो त झड्केलो नै भन्छन क्यारे | भनेपनि यहालाई राम्रै थाहा छ जस्तो लाग्यो यो केसको बारेमा | अनि येतिका वर्ष ति केटीकी आमा चै के हेरेर बसेकी रैचिन ? येदि प्रमाणित भयो भने त जिन्दगि नै जेलमा बित्ने भो पुनको |

          Reply
          1. gan shi says:
            March 18, 2013 at 7:26 am

            छोरी र छोरा भनेर लिएर हिड्ने गर्दथ्यो/ केटिको आमा र धन लोग्ने स्वास्नी हौ भन्थे/ केहीमहिना अघि आमा नेपाल आउनेजाने गर्थिन/ त्यसै बेलादेखि छोरी संग अनैतिक सम्बन्ध राखे जस्तो छ/ केटीको भाई पनि संगै बस्थ्यो/ नेपाल बाट आमा आएपछि थाहा पाएर रिपोर्ट गरे जस्तो छ/

            Reply
            1. dilip gurung says:
              March 18, 2013 at 11:42 pm

              अजय देव-२ को आगमन भाको रैछ अमेरिकामा| आफ्नै नाबालिग छोरीलाई यस्तो कुकृत्य गर्नेलाइ अजय देवलाई जस्तो ३-४ सय बर्ष जेल हाल्नु पर्छ|

              Reply
              1. gan shi says:
                March 21, 2013 at 7:50 am

                छोरी भन्ने कुरा कसैले पनि थाहा पाएर पनि थाहा नपाए जस्तो गरि राख्या छन्, अचम्मै लाग्यो/

                Reply
                1. sandesh says:
                  March 21, 2013 at 8:58 am

                  येस्तै हो मित्र , छोरि मात्र होइन तेत्तिको सक्रिय सामाजिक कार्यकर्तालाइ तेता तिरका मान्छे ले ‘खोइ त्यो मान्छे लाइ त मा चिन्दिन ” भन्दा रैचन |

                  Reply
  20. dor prasad says:
    March 17, 2013 at 7:01 am

    छि छि यो कानले के सुन्नु पर्यो !! “सुन” हुनु पर्ने पुन त “घुन” भए छन् बा … जेल को बास पछि उनको बुद्दि खुलोस भगवान संग प्राथना छ …

    Reply
  21. Yam Chand says:
    March 17, 2013 at 6:00 am

    अब गयौ पुन, नेपालमा जस्तो अमेरिकामा मा पनि चल्छ भन्ने ठानेको होला, यता त नियम कडा छ!

    Reply
  22. Bidur says:
    March 17, 2013 at 5:54 am

    हिजो मात्र Sydney Ma एक जना Indian manager लाई पनि sexual harresment को केस दर्ता भएको छ . Reason : girl blamed; he stering at her.
    Note: stering to the girl is mentioned as sexual harresment in Australia .

    Reply
    1. Hari Latthak says:
      March 17, 2013 at 11:57 am

      के हो यो stering भनेको ? Steering , Staring त सुनेको थिए । Dictionary मा पनि भेटिएन stering त, लौन अली प्रस्ट पार्नु पर्‍यो ।

      Reply
    2. Anish Gurung says:
      March 17, 2013 at 1:25 pm

      Your english is bad and you should feel bad. What on earth is stering?

      Reply
      1. bibek dhakal says:
        March 17, 2013 at 2:40 pm

        if you grasp the sense, why should you make fun of anyone? Do you think all those who respond in nepali post gramatically error-free ( raswa, dirgha) comments?

        Reply
        1. mahesh says:
          March 19, 2013 at 9:49 pm

          i agree with you. Language is considered success once you have been able to communicate to the person with what you wanted to communicate. So, why make fun of such things. These days we don’t spell many things correct yet it makes sense. If it had been ‘ur’ instead of ‘your’ none would have bothered to make comment but do you think ‘ur’ is a word with a meaning?

          Reply
  23. Fugyaljen sherpa says:
    March 17, 2013 at 12:40 am

    He must be punished and put in prison for long time.

    Reply
  24. sabita says:
    March 17, 2013 at 12:25 am

    what a shame! रक्षक नै भक्षक.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme