सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी स्व. जननेता मदनभण्डारीले नेपाली कम्युनिष्टहरुको मौलिक क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादलाई नेपाली माटो सुहाउँदो क्रान्तिलाइनका रुपमा स्थापित गरिसक्नुभएको थियो। २०५० साल जेठ ३ गते अमर लामाले आफू र जीवराज आश्रित सहितलाई त्रिशुली नदिमा खसाल्नुपूर्व आफ्ना पोखरेली कामरेडहरुलाई प्रशिक्षित गर्दागर्दै जननेताको सम्भवतः अन्तिम कथन थियो– कमरेडहरु जीवनका लागि सिद्धान्त कि? सिद्धान्तका लागि जीवन? जबजको खोइरो खन्ने तत्कालिन सीपी कामरेडहरुलाई गिल्ला गर्न हैन नेपाली बामक्रान्तिको सगरमाथा आरोहणको मार्गचित्र जबजको व्याख्या थियो त्यो जननेता क. मदनको। नेपालका सर्वाधिक लोकप्रिय एवं सृजनात्मक बामनायक मदनको जीवनलीला त सकिसकिएको छ। र, पनि क. मदनकै शब्द सापटी लिएर भन्नुपर्दा अब नेपाली कम्युनिष्टहरुले सिद्धान्तका लागि जीवन हैन, जीवन परिवर्तनका लागि सिद्धान्तको आरोहण गर्नु निर्विकल्प छ।
यस मानेमा २०४६ को परिवर्तनसम्मलाई अपवाद मान्ने हो र २०६२/६३ पछिको जनआन्दोलनको बाँकी अवधिलाई एक कालखण्ड मान्ने हो भने, सांगोपांगोमा क. पुष्पकमल दाहाल नै नेपाली कम्युनिष्ट आन्दोलनका उम्दा नायक रहेका छन्। क. माकुनेका शब्दमा फटाहा हुन् प्रचण्ड। बोलिको ठेगान नभएका चतुर भन्छन् सुशील दा प्रचण्डलाई।
कमरेड झलनाथका शब्दमा बोली र व्यवहारमा पत्याई नसक्नुका छन् प्रचण्ड। क. मोहनविक्रम, क. बादल, वैद्य वा विप्लवहरुका शब्दमा नवसंशोधनवादी विदेशी दलाल हुन् उनी। क. लालध्वजहरु वा प्रकाशहरुको दृष्टिमाबाहेक कमै नेता मानिन्छ प्रचण्डलाई समकालिन नेपाली राजनीतिमा, मूलतः बाम राजनीतिमा। तथापी इतिहासको मूलतः नेपली बाम राजनीतिको रंगमन्चमा प्रचण्ड नै सर्वाधिक सफल नेता स्थापित भैसकेका छन्। आफ्नो डेढ दशक लामो सत्ताका प्रिय अगुवा नेता ह्युगो चाभेजलाई क्यान्सरबाट बचाउन नसकेका भेनेजुयली जनताले बरखी बारेरै नयाँ नेता, नयाँ चाभेज खोजिरहे झैं नेपाली जनताले संभवतः असार पहिलो साताभित्रै आफ्नो नवक्रान्ति नायक छान्ने स्वर्णिम अवसर पाएका छन्। यस पृष्ठभूमी र गन्तव्यसम्म जनतालाई डोराउन सफल चार दलका धेरै नेताले कसरत गरेपनि, तिनलाई नथी लगाउने नेता मध्येका नेता प्रचण्ड नै बने। यसअर्थमा प्रजातन्त्रको असली प्रयोगमा जनतालाई जनार्दन मान्ने गैर बामचिन्तनका चिन्तक प्रचण्ड माओवादी नेताभन्दा ज्यादा नेपाली नेता रहन भनिन लायक सावित भए।
जसरी २०४६ सालको परिवर्तनलाई संस्थागत गर्न लौह पुरुष स्व. गणेशमान, स्वर्गवासी किसुनजी र राजा वीरेन्द्रले आफूलाई एक आम नेपालीका रुपमा स्वयं बलिदान गरेका थिए। त्यसैगरी २०६२/०६३ को उपलब्धीलाई नयाँ जनादेशको जगमा नयाँ शिराबाट संस्थागत र परिवर्तित समृद्धिमा डोराउन सत्तालोलुप नदेखिएरै बलिदानी जुवा खेल्नसक्ने सामर्थ्य प्रचण्डमा नहुँदो हो त, न त खिलराज रेग्मी सरकारको उदय सम्भव थियो न त जनताले मतदानको अवसर नै पाउँथे। राजनीतिलाई यथास्थितिबाट नयाँ दिशानिर्देश गर्नसक्नु नेताको खुबी हो। प्रचण्डले घुमाउँदै, खेलाउँदै, लोभ्याउँदै, थर्काउँदै, हात मिलाउँदै, चुपीघस्दै शुसील, झलनाथ माकुने वा विजय गच्छदार र महन्थ ठाकुरहरुलाई जनताको कठघरामा उभ्याइदिने शाहस प्रमाणित गरिरहँदा सर्वाधिक सम्मान भएको आम नेपाली जनताकै हो। अब जनताले दुधको दुध पानीको पानी पारिदिनुपर्छ सबै दल र तिनका नेतालाई शान्तिपूर्ण मतले। हो सर्वाधिक आलोच्य नेताको शिखरमा कोही छन् भने ति पात्र प्रचण्ड नै हुन् आजकल। सौखिन, व्यस्त र क्रियटिभको सूचीमा नपर्ने कुरै भएन उनी। तर, एकपटक कल्पना गरौं त यदि प्रचण्डले कुनै हालतमा चुनावमा चाहिँ नजाने भनेर अड्डी कसेका भए के संविधानसभाको नयाँ चुनावमा कोट फेर्ने बुद्धि राष्ट्रपतिलाई रहेछ त? हो, हामी जस्ता छौं, नेपाली त्यस्तै छन् क. प्रचण्ड। उनले पछ्याउँदै गरेको २१औं शताब्दीको जनवाद (प्रचण्डपथ) जबजको नयाँ संश्लेषण भन्दा फरक नपर्ला। उनले खेल्दै गरेको राजनीतिक खेल जननायक वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिगत प्रयोगको समीक्षा नयाँ स्वरुप भन्दा भिन्न देखिँदै छैन। उनलाई लेण्डुप दोर्जे चित्रित गर्नेहरुसँग त पछि बात गरौंला तर यो पुरानो राज्य व्यवस्था ढलिसकेको र नयाँ राज्यव्यवस्था संस्थागत नभैसकेको, वर्तमान संक्रमणकालिन राष्ट्रिय स्वाधिनता र जनताको सम्प्रभुता संरक्षणको संकटका नायक पात्रमा सुशील दा, झलनाथ, माकुने, क. केपी, इश्वर, डा. शेखर, देउवा वा महन्थहरु, गच्छेदारहरुभन्दा उच्च र उम्दा प्रचण्ड नै सावित भए। बाँकी प्रचण्ड रोडम्यापमा घुम्दाघुम्दा सिमित पार्टी नेता भए। हो, प्रचण्डको करिष्मा स्व. गिरिजाबाबुको शेखपछि यसरी नै चम्किएको छ। पार्टी फुटको गम्भीर क्षतिका बाबजुद विपक्षी गठबन्धनलाई साथमा लिएर जनताकहाँ परीक्षा दिन जाने राजनैतिक आँट, शाहस र व्यवस्थापकीय नेतृत्वकौशलताको नायकले नै प्रचण्डलाई माओवादी नेताबाट अलि अलग्याउन सकेको त हो नि, हैन र?
१० वर्षे जनयुद्धको जगमा उभिएर मात्रै भन्ने हो भने प्रचण्ड हत्यारा हुन्। ९ महिने गणतान्त्रिक सरकारका असफल प्रथम गणतान्त्रिक बाम प्रम हुन्। ऐतिहासिक संविधानसभामार्फत जनसंविधान त परैजाओस् नयाँ संविधान लेख्न नसक्ने नालायक नेता पनि हु्न उनी। तथापी, नेपाललाई गणतन्त्रको जगबाट हल्लिन नदिन र जनतालाई लौ हाम्ले सकेनौं अब तपाईहरु नै निर्णायक भैदिनुस् भनेर असफलताको इमानी देखाउने रणनैतिक साहसी नेता पनि प्रचण्ड नै हुन् नी। जहाँसम्म उनको पार्टीगत स्वार्थको हिसाव छ, यसमा उनी कमरेड पुष्पकमल भन्दा पनि प्रष्ट र निडर अटल देखिन्छन्, त्यो सायद एक नेपाली बामको स्वाभाविक सपना र गन्तव्य हो। जनयुद्धमा दुश्मन मारे, जनआन्दोलनमा राजा फ्याँके, संविधानसभाबाट पुराना राज्यसंयन्त्रहरु लगभग ध्वस्त पारे। अनी नयाँ चुनावमार्फतको नयाँ जनादेशका जगमा आफ्नो शैलीको शासनसत्ताको होमवर्कमा व्यस्त देखिन्छन् प्रचण्ड अहिले। प्रचण्डले गिरिजा ज्ञानेन्द्रसम्मलाई छक्याउन सकेकैले होला कांग्रेस, एमाले वा मधेशी दलका नेताहरु त प्रचण्ड सामु चिलका अगाडि गरुढ झैं बन्न थाले। नपत्याए रेग्मी सरकार नै ज्यूँदो प्रमाण छँदैछ त।
राजनीतिक कोर्सलाई अब चुनावी चरणमा प्रवेश गराई सकेका कारण चुनाव जित्नु नै प्रचण्ड र प्रचण्ड पार्टीको एकमात्रै लक्ष्य हो। वैद्य बादलरहित प्रचण्डले कस्तो चुनावी रणनीतिक लडाई र बिजय प्राप्त गर्लान्, अहिले यसबारेमा न कुरो गरौं। तर पनि उनले एनिहाउ चुनाव जिताउको मन्त्रलाई जुनसुकै रुपमा सफल पार्न कुनै कसर बाँकी नराख्लान्। उनका चुनावी दुश्मनी बढ्लान वा नबढ्लान् पर्खौं र हेरौं। जानी जानी, जाँची जाँची उनले परस्पर प्रतिस्पर्धी दलहरुलाई हिस्याइदिएका प्रचण्डले जनताबाट हौसिने वा हिस्सनु के पर्ने हो फैसला त जनताकै हातमा छ।
खासमा नेपाली राजनीतिलाई मन्जुर छैन लेण्डुप दोर्जे वा तिनका बुँख्याचाहरु। त्यो त सपनामा पनि देख्न नचाहने गोर्खे इमान र स्वाभाविक छ नेपालीसँग। बस, हतियार, गैरहतियार सबै चरणको लडाई लड्ने बेला र व्याख्या पार गरेका हामी नेपालीलाई अब निर्माणको, सृजनाको संसारमा पुर्याउने नीति, नेता र नेतृत्व चाहिएको छ अब। त्यसको कति रुप र स्वरुप छ त प्रचण्डसँग? जनजनले घरघरबाट मतदान गर्नुपूर्व विवेकी समीक्षा गर्नुपर्छ। भन्नैपर्छ– नेपाली वामपन्थी नेतामा क. मदनपछिका सफल नेता क. प्रचण्ड नै थप काविल बन्न सके सधंै सबैतिर बाम, हुँदैन केही काम भन्न नपर्दथ्यो कि त? आगे जनताको जय !
ल ठिक छ ! माइसंसार को मित्र हरुलाई राम्रै संग चुनाब लागिसकेछ … कोइ “एमालेलाई कुनै हालतमा जिताउन हुन्न” , कोइ ” अब माओबादी को पत्ता साफ हुन्छ”, कोहि ” कांग्रेस लाइ फेरी देश डुबाउन दिनु हुन्न ” अनि कोहि फेरी ” प्रचण्ड दोश्रो मदन भण्डारी” …हाहा, चुनाबी माहौल मजाले सुरु भैसकेछ …अब केहि दिन पछि त् आफुलाई मनपर्ने पार्टीको घोसनापत्रै कपि पेस्ट सम्म हुन बेर छैन!
सुर्य खड्काजी को लेखले प्रायजसो ब्लगरहरु बीच स्वस्थ विवादहरु ल्याउँछ|तिनीहरु या त लेखको सपोर्टमा हुन्छन या त बिरोधमा|यो लेखले पनि त्यैनै काम गरेको छ|सुर्यजी लाई बधाई|मैले पढ्दामा चै यो लेख सुर्यजीले पुष्प कमल दाहाल उर्फ छबि लाल उर्फ प्रचण्ड उर्फ अरु के के (माओ- चिनिया को चेला त भै नै हाल्यो) को बारेमा कटाक्ष गरेर लेखेको बिबेचना हो|धेरै जसो साथीहरुले यसलाई सुर्यजीले त्यो व्यक्ति माथिको समर्थनमा लेखिएको लेख भनेर ब्लग गरेको देख्ता हामि अनि हाम्रो सोचाइ कति सम्म क्रिटिकल्ली सोंच्न सक्दो रैछ त?अब मेरो भनाइ सहि हो कि ससांग लामा जस्ता साथीहरुको भनाइ र सोचाई ठिक हो त्यो त सुर्यजी आफैले अर्को लेखमा क्लियर नगरी कन था हुने त होइन होला|मा सुर्यजी लाई यस बारेमा, कमेन्ट मार्फत खुलाई दिन अनुरोध गर्छु|
१७ साल देखि नेपालमा भएका क्रान्ति को लेखा जोखा गर्दा, एउटा नेता पाईयो तिहुन’ पुकदा ‘ ईनैले १९५४ को सुगौली सन्धि खारेज हुनुपर्छ, भन्ने हुंकार गरे ! नत्र अरु कुनै नेता ले एक सब्द बोलेको पाईने ! तर जब प्रचण्ड को जंगल बाट शहर आए , उनले त्यो भुले वा द्च्चिन्को प्रभाब ले उनलाई घेराबन्दी गर्यो, त्यो हामी लाई सर्बबिदित तै छ ! र पनि हामी नेपाल को गुमेका नेपाली भूभाग पाउने सपना अधुरो नै छ ! अब इनले छिमेकि संग डिप्लोमेटिक कुरा हरु , यो चुनाब पछी सुरु गर्छन भन्ने- जनता को ठुलो आशा छ ! यो काममा सफल भए ”पुकदा ” नेपाल मात्र नभई बिस्व नेता हुने छन !!
Prachanda is good leader.his role will be very important during constitutional process.he can show the way of development bt he can’t make the nation developed.so he should support baburam after the stability of nation,for the development.
प्रचण्ड भनेको प्रचण्ड नै हो ….. अहिले को राजनीति मा दिशानिर्देश कसैले गर्न सक्छ भने तो बेक्ती प्रचण्ड नै हो ……. अरु त श्याल कराए जसरि कराउने मात्र हुन् ……..
भजन गाउने एउटा कला हो,
भजन गाउनु पेसा पनि हो,
पहिले पुरानो राजाको, अहिले नया राजाको….!
मैले देखेको त प्रचण्ड राष्टपति हुन्छन् । त्यसभन्दा परतिर केही हुन्नन् । गिरिजा जस्तै एक दिन महान नेता हुनेछन् र भोली पल्टदेखि सबैले ”तर उनले आप्ःनो स्वार्थका लागि यस्तो यस्तो सम्म गरे” भनेर एक पछि अर्को प्रसंग निकालि रहने छन् ।
जनतालाई असली कम्युनिस्ट चिन्नै गाह्रो , प्रचण्ड नै अहिलेका राजनीतिक खेलाडी हुन् /समय अनुसार ,अन्तर रास्ट्रीय परिवेस अनुसार चल्न पर्ने बाध्यता हुन सक्छ /तर बिदेसिहरु संग झुक्ने नेताहरु देश र जनताका लागि गद्दार हुन्छन /समयले तिनीहरुलाई पाखा लगाइदिने छ र जनताहरुले पनि !
नेपाली राजनीतिमा “प्रचण्ड” एउटा नामुद झेली खेलाडी हुन्! रेफ्री नभएको मैदानमा खेल्न पाएर अहिले सम्म रेड कार्ड नपाएको हो! रेफ्री भएको भए उहिल्यै रेड कार्ड पाएर चितवनको देवघाटमा भजन गाएर बस्थ्यो होला!!!
यार खडगाजी, दिल खुस भयो तपाई जस्तो आलोचक पनि प्रचण्डको फ्यान भएको देख्दा ।
मेरो नजरमा प्रचण्ड ती हुन् जो भन्छन – “Either Lead, Follow Or Get out of the Way”
साथीहरु, सबै कुरा विर्सेर एउटा ऐतिहासिक पुरुषलाई यो देशको नेतृत्व सुम्पिदिन यो चुनावमा अत्याधिक बहुमतले विजयी गरौं – यसै पनि हामीले दशकौ अकरमन्यतामा वितायौं अबको १० वर्ष प्रचण्डको नाम दिउ, जे पर्ला पर्ला है त !!
लौ प्रचण्ड त मधेस बाट उठ्ने रे अनि आफ्नो नया नाम पनि न्वारन गरेछन “पुष्पकमल दाहाल प्रचण्ड मधेसी”
जनान्दोलन भाग २ पछि कसैले भनेका थिए यो माओवादी पनि नेकपा एमाले नै भएर जाने छन् र प्रचण्ड एंड बाबुराम कम्पनि चाही हामी कदापी एमाले हुन्न बरु अरु केहि बन्छु भन्थ्ये| तर आखिरमा एमाले नै बन्ने भयो यानी कि (एकिकृत माओवादी लेन्डुपवादी)|
हाम्रो देशमा एक दुई बाहेक हाल सम्म सिद्दान्त र मूल्य अनि मान्यताको आधारमा राजनीति कसले पो गरेको छ र ? आधुनिक नेपालमा एक दुई लाई छोडेर कुनै पनि पार्टीको नेता तेस्तो छैन जसमाथि सम्पूर्ण नेपाली ले गर्ब गरुन ,सायद नेपाल आमाको चाहना सपुत जन्माउने भए पनि गर्भासयको समस्या ले गर्दा होला , सम्पूर्ण नेपालीले गर्वको साथ आदर गरेर आफ्नु कोठामा तस्बिर झुन्ड्याउने राज नेताको आगमन हाल सम्म हुन नसकेको होला ???
सुर्यज्युले कुन प्रचंद्र्को कुरागरेको हो; हाम्रो अगाडी अनुहार उही तर नीति र बोलि फरक भयका कमसेकम ४ प्रचंद्रहरु छन्/
०१. नेपालको राजालाई महान रास्त्रबादी मान्दै गिरिजाको भारत परस्त नीति र कुशासनको बिरोधमा जनयुद्ध लड्ने प्रचंद्र/
०२. भारतको घुंडा समायर मधेश्बादिको अगाडी लत्रेर प्रधान मन्त्रि बन्नु बा चुनिनु भन्दा देसको अर्को बाम पार्टीलाई समेत आफ्नो नीतिगत मार्गको सहयात्री बनायर भारतलाई समेत झस्काउन सफल प्रचंद्र/
३. भारतको लागि अस्वीकार्य प्रचंद्र
०४. भारतको लागि स्विकार्य हुनेको खेलौना जस्तै निरह र लुले प्रचंद्र/
मदनजी !राजनीतिमा कुन नेताले कतिबेला के भनेका थिए र के निती अख्तियार गरेका थिए भनेर त्यसैलाई घरी घरी कोट्याइ रहनुमा कुनै तुक छैन| स्थिती र परिस्थिती अनुसार परिवर्तित सन्दर्भमा भनाइ र गराइहरु फेरिन्दै जान्छन| त्यसलाई राजनीतिक भाषामा डाइनामिज्म भनिन्छ,दुइजिब्रे होइन|
डैनामिस्म को परिभाषा को दुरुपयोग न गर्नु न लामा ज्यु. र तपाई ले जति भने पनि प्रचण्ड बदिलिन्दैना.
NATURE , CULTURE and SIGNATURE never changed भन्ने कुरा तपाई थाह नै होला. प्रचण्ड एउटा कुलंगार छ र रहन्छ
साच्चिकै ! नेपालीले फेरी आफ्नो भाग्य र भविष्यको फैसला गर्ने रोडम्यापको शुत्रपात प्रचण्डले नै क्रेट गरिएदियका छन् ब्यक्तिगत रुपमा प्रचण्ड जे भएपनी अहिलेका यी नेपाली नेताहरुको माझमा क्याप्टेन प्रचण्ड नै हुन्….!
प्रचण्ड क्याप्टेन त हो नै तर कुलंगार परेकोले पो इस्यु भएको….
नेपाल मा १० वर्ष एमाओबादी सासन लागु हुनु अहिले अपरिहार्य छ तर कता-कता गुण्ड हरुलाई पनि संरक्ष भएको सुनिएको छ यो चै हुनु भएन र अबको संबिधानसभाको चुनाब बाट प्रधानमन्त्री को रुप मा बाबुराम भट्टराई लाई ल्याऊन सबै जनता लागि परौ |
भ्रष्टाचारी हुकुम प्रमांगीवाला लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रचण्डको प्रयास सफल भयोभने साह्रै राम्रो हुनेथियो , किनकि प्रचण्ड प्रशंशकहरुको बाढी आएको खुब मजा लाग्छ ! हाम्रो नेपालमा यस्तो करिष्मावाला असल प्रचण्डहरुको बेस्सरी कमि भै रहेको छ ! गच्छेदार र केपीलाई विद्यावारिधि दिने जन्तु कता गएछ , प्रचण्डलाई तुरुन्तै पिएचडीबाट सम्मानित गरिहाल्नु पर्थ्यो !
तपाई ले कुरा नबुझे जस्तो छ | सुर्य जी ले प्रचण्ड राम्रो भनेको होइन तर अरु फटाहा भन्दा प्रचंडे फटाहा क्षमता वान छ जुन सत्य हो | भलै त्यो क्षमता जनताल लागि कम नगल्ने नै किन नहोस | किन कि प्रचंदेले अहिले सबै लै घुमाई राखेको छ |
मेरो विचार मा प्रचण्ड ले कुनै पनि सार्बजनिक पद(प्रधानमत्री रत्रपति वा कुनै अरु) धारण नगरिकन नेपाली राजनीतिमा रहनु पर्छ “King Maker ” को रुपमा |
क .प्रचण्ड भनेको नेपालको लागि दोस्रो मदन भण्डारी हुन् / यीनी जनताका प्यारा र असल छन तर के गर्नु राम्रो कुरो सबैलाई चाहिने तेसैले यिनलाई पनि भगवानले बोलाईसकेका छन् ./ अनि आर्को कुरा जसरि संबिधान सभाको पहिलो बैठकले राजतन्त्र हटाइयो जुन कुरा गलत थियो/ संबिधान सभाको काम राजा हटाउने नभई संबिधान बनाउने थियो / आशा गरौ अब बन्ने सभाको पहिलो बैठकले राजालाई पुन बहाली गरोस / जयनेपाल
राजाको पुनर्वहाली रे!!! are you mad ? दिउसै सपना देख्न छाड्नुस |
असल र खराबको मात्रा, प्रतिशत देश र जनताले खोजेको होइन/ नेपाली राजनीतिले जे दिनु पर्ने हो त्यो नदिएर झुटको खेती गर्ने, जनतालाई मुलुक गम्भीर मोडमा छ, नराम्रो खाल्टामा जाकिने भो, भन्दै आँखामा पट्टि बाधेर सिन्को खोज्न लगाउने नेताको बयान र व्याख्या मन परेन/ पर्दैन/ तर पनि हामीसंग अर्को उपाय नभएकाले भोलि त राम्रो होला भन्ने आसमा बस्नु हाम्रो बाध्यता नै हो/
चुनाब होस्, मतपत्र हातमा लिएर आफ्नो मत दिएर कुनै एकलाई चोखो बनाउनै पर्ने भएको छ/
यसपाली चै सुर्य खडकाले झेली नगरिकन सफासफी लेखेका छन्| धरातलीय यथार्थमा ओर्लेर गरिएको विश्लेषणलाइ ढिलो चांडो सबैले आत्मसात गर्छ|
यो सरकार त बिदेशीहरुले डिजाईन गरि दिएको हुनाले आरक्षित कोटा र योग्यता पनि अनौठी छ…! पुर्ब नोकरशाहहरुले एकलौटी रुपमा चलाएको राज्य पनि हेर्नु पर्नेभो …!लौ ई.यू, अमेरिका र इंडियाको संयुक्त सरकार पनि हेरौ न त….!
नेपाल का लागि नेपाली आफैले सरकार बनौन पाउने कहिले होला? पहिला पहिला त प्र.म., गृह मन्त्रि र जलस्रोत मन्त्रि मात्र हाम्रो छिमेकी ले छानेर राख्थ्यो भन्थे, अब त पुरै सरकार र त्यो सरकार मा जाने प्र.म. र मन्त्रि को योग्यता समेत. !!
लौ हामि ‘स्वाभिमानी र स्वतन्त्र रास्ट्र’ रे प्रचन्डले उनको हेटौडा दस्ताबेजमा लेखेका कुरा…बरु भारत पो ‘बिदेसी हस्थाक्षेप’ मा पर्या’छ रे…! लौ अब यहि पत्याउने कि केहि गर्ने ?
शीला ज्यु
मधेश्बादिको घुंडा र भारतको पाउ समायर प्रधानमन्त्री टिक्नु बन्नु र चुनिनु भन्दा नेपालकै अर्को बाम पार्टीको भारत बिरोधि खेमालाई समर्थन गरेर भारतलाई समेत छतपताउन बाध्य गर्ने त्यो प्रचंद्र्लाई बिबस र लाचार बनाउने कुरामा बैद्य पनि कम जिम्मेवार छैन/ त्यो प्रचंद्र्को नीति आज बैद्यले चाहेको नीति भन्दा फरक थियन तापनि तेतिबेला बैद्यले प्रचंद्र्को टाउको माथि भारत सिट बिकेको भारि बिसाउने गलत भूमिका खेले/
अहिलेको सन्दर्भमा प्रचण्ड अरू भन्दा अलिक माथि त होलान् तर वास्तवमा प्रचण्डको उचाइमा ६०% सम्म गिरावट आइसकेको छ , उनकै लोलुपता, अपरिपक्व कार्यशैली र विशेषत: उनकै बोलीका कारण। लेखमा भनिएको छ-दूधको दूध पानीको पानी छुट्याउने जिम्मा जनतालाई गएको छ। यद्यपि मलाई लाग्दैन कि नेपाली जनताको चेतनास्तर त्यहाँसम्म पुगेको छ। जनता अझैपनि को सही छ भन्दा कसले आफूलाई हेरेको छ भन्ने सोचले मूल्याङ्कन गर्छन् र सामान्य भोजभतेर या हल्का पैसा पेलेको या जागिर मिलाइदेको या मिलाउने आश्वासन दिएको आधारमा भोट दिन्छन् । हैन भने विजय गच्छदार, शेर बादुर, खुम बादुर र अन्यहरूले चुनाप कसरी जित्न सक्थे होला। झन् अहिलेको यो क्रिटिकल आवश्थामा त कुन नेता राम्रो भन्ने अन्योल त सबैलाई छ, मलाई पनि छ।
६०% गिरावट आउदा पनि अझ उनि माथि बाफ रे बाफ भने पछि अरु नेता हरुको अवस्था कति घिन लाग्दो रहेछ त
हर्के को धेरै जसो कमेन्ट हरु negative र माओबादी को बिरोध मा हुन्छन तर यो चाही सब्र ब्यापी सत्य हो |
एउटा कुरा चाही प्रस्ट गरि हालु, मा पनि माओबादी को सपोर्टर चाही होइन तर माओबादी को मात्र खेदो गरेको चाही अलि सुहाउदो लाग्दैन | यो यस अर्थ मा पनि कि यो देश बिगार्न र माओबादी को जन्म दिने कम माओबादी ले गरेको होइन, त्यो त भ्रस्ट शिरो मणि हरु को पत्री (नेपाली कांग्रेस) र हिजडा ( एमाले ) ले गरेको हो |
तर्क हजार हुनसक्छन तर तथ्य एक । हजार तर्कलाई एउटै तथ्यले काट्छ । कुनै पनि बस्तुलाई जलप लगाएर चम्किलो बनाउन खोज्नु भन्दा पनि वास्तविक यर्थात बुझ्न जरुरी छ । त्यसले मात्र बस्तुलाई अतिरन्जित र दिगम्रमित नबनाई ठिक ढंगले बुझ्न मद्धत गर्छ । को को हुन् ? मुल्याङकणको कसीमा देखिएको छ । कसलाई कुन आधारमा सफल भन्ने र प्रिय मान्ने ?
एकदम सहि लेख हो | मेरो विचार मा अहिले को नेपाल को बाधक एमाले हो जति पनि अस्थिरता संबिधान सभा को चुनाब पछि भै रहेको छ यो सब एमाले को कारण ले हो यसकारण यो चुनाब मा एमालेलाई हरौनई पर्छ सत्ता बन्द बाहिर बस्न नसक्ने यो तेस्रो लिंगीलाइ नेपाली राजनीतिक इतिहास बाट सदा को बिदाइ गरौ |
प्रकाशजी, म तपाइको विचारसंग सहमत छु १ बास्तवमा नेपालको यो स्थिति आउनुमा गिरिजाको नेपालको पहिलो रास्ट्रपति बन्ने महत्वकंक्षा र एमालेको हिजडा ब्यबहार नै प्रमुख हुन् १ यी सबैलाई येसपालिको चुनाबमा तह लगाउनै पर्छ /
Lets see how Prachanda will adopt strategy in upcoming election.
जबर्जस्ति अध्यारो कुन भित्र उज्यालो खोजे जस्तो लाग्यो | प्रचण्डको जिबनमा पनि सकारात्मक कुरा खोज्न सक्नु अनि एस्लाई प्रस्तुत गर्ने लेखक को सैली मलाई मन पर्यो | हामि नेपालि लाइ सधै गालि र नकारात्मक सुन्ने बानि ले गर्दा अलि पचौना मात्र गार्हो भएको हो | बाकि सबै ठिक छ …
प्रचण्ड गलत थियो र रहन्छ. कसैले उसको गुनगान गर्दै मा उ चै ठुलो नेता हुन सक्दैन. हामी लै थाह छ कि प्रचण्ड भारत को एउटा प्यादा हुन्. उसमा कुनै विशेष कुरा छैन जसले उसको छवि राम्रो हुन्छ. नेपाल लै उसले नै बिगदे को हुन् बिगत मा होस् वा अहिले होस्. सबै कुरा को येदि दोष दियीन्छा भने बाबुरा र प्रचण्ड लै नै हो. रहियो कुरा अरु नेता तिनी हरु येदि गतिला भएको भए आज देश को यो स्थिति हुन्दैन थियो होला.
जुन जुन बाद आए पनि हाम्लाइ रोजगार चाहियो, शान्ति चाहियो सुव्यवस्था चाहियो, शिक्षा स्वास्थ्य र विकास चाहियो…………….नत्र प्रचण्ड त के उग्रचण्ड आएनि काम छैन हाम्लाइ……………….
सुर्य जी को लेख यसचोटी भने केहि हदसम्म राम्रो मान्नु पर्छ तर सुर्य जी ले के कुरा बुझ्नु जरुरि छभने नि प्रचण्ड लाइ समय ले सक्तिसाली बनायो तर संधैको लागि भने होइन उनि बिस्तारै बिस्तारै अबिस्वाशी पंगु नेताको रुपमा पलायन हुँदै छन् बिपी लाइ माहामानब सम्झनु, रेखा लाइ महान नाईका सम्झनु, राजेश हमाल लाइ महानायाक मान्नु प्रचण्ड लाइ महान नेता मान्नु सबै उस्तै उस्तै हुन् बिस्तारै समय ले कोल्टे फेर्दा सबै कुरा हरु बिस्तारै बिस्तारै छर्लंग हुन्छन !!!
(नेपाली जनताले संभवतः असार पहिलो साताभित्रै आफ्नो नवक्रान्ति नायक छान्ने स्वर्णिम अवसर पाएका छन्।)हैन हो मलाइ त थाहै भएन त सुर्य खड्काले त भोट नि हाली सके कि के हो?तपाईहरुले पनि हाली सक्नु भो?कस्तो म त चैत्र मै रहेछु,असार लागि सकेछ!!!!
अहिले झट्ट हेर्दा तपाइंको लेख उम्दो छ सूर्य जी | तर ,पाखण्डी राजनीतिज्ञ र झेल्ली खेलाडीले सँधै जित्दैनन लाल मित्र ! यो सतही जित हो |एकदिन जनताले प्रचण्डको ‘डोपिंग’ परिक्षण गरेपछि तपाइंले दिएको उम्दो ‘पदक’ प्रचण्डबाट नमज्जाले खोसिने छ | त्यसैले तपाईं त्यो बेलाको लेख लेख्न तिर लागे बेस अब |धेरै रगत चुसेको भीमकाय जुको हो प्रचण्ड जो प्वाट्ट फुट्ने बेलामा प्वाक्क फ़ुलिएको मात्र हो | चेतना भया …
राजनैतिक नेतृत्वमा बाहुनहरुको बर्चस्व, बिरोधि दलहरुमा पनि बाहुनहरुको बर्चस्व !
अह कुनै आशा क किरण देख्दिन मा देश उभो लग्छ भनेर ..
उम्दा होस् , घुम्दा होस् , या चुम्दा होस् ..नेतृत्वमा बाहुनहरुको संख्या नपातलिय सम्म देश गरिबी, भ्रस्टाचार, अन्योल, अनि अनिर्णयको बन्दि बनिरहनेछ भन्नेमा कुनै संका नै छैन /
चुनाब दुइ थरिको बीच मा हुनु पर्छ र दुइ थरि वा दुइ दल मात्र अस्तित्वमा देखिनु पर्छ \
१) कुनै पनि भेदभाब ,छुवाछुत नरहने गरि,विधिको साशन हुने गरि बिधान बनाउने र ब्यबहार गर्ने बिचार ,दल वा उम्मेदबार जसले चुनाब हुनु पूर्व कस्तो संबिधान र अधिकार देश र जनता लाइ दिन्छ \घोषणा पत्र जनतामा ल्याउनु पर्छ \
२) राजनीति गरेर अकुत सम्पती जोड्ने ,अनाबस्यक ,असुवाउदो महल बनाउने , गुण्डा प्रयोग गरि वा भ्रातु संगठन प्रयोग गरि ठेक्का ,कमिशन हत्याउने ,हत्या ,लुट ,धम्कि ,निकाला गराउने ,सत्ताको लागि बिदेशी ,काला बजारी ,गिरोह को पाउ पर्ने नेता ,पार्टी लाइ हराउने \
के यो आजको नेपाल मा सम्भब छ ? नेपाली जनता यस्को लागि सजक ,निडर ,जागरुक र एकताबद्द हुन् सक्छन ?
धर्म ,जात ,बिचार ,वर्ग जस्ता जनतामा फुट ,सोषण ,अन्धो बनाउने अस्त्र लाइ बिसाउने कि चम्किलो बनाउने ? के देश अझ जात जात .क्षेत्र क्षेत्र ,बिचार, .धर्म भनेर अझै भेदभाब ,पक्षपात .गुट फुट ,काट मार र बिदेशी हरुको स्वार्थ र रक्षा को थलो बनाउने ? मलाइ लाग्छ नेपाली अझै यति बुझ्ने र गर्ने भै सकेका छैनन् \ र आगामी चुनाब को परिणाम पनि खासै फरक आउने छैन र दानब हरुको हाली मुहाली पनि ढल्ने छैन भने देश र जनता को भबिस्य सुदिन भै उठ्ने पनि छैन \ मलाइ कता कता डर लागिरहेछ आज आफुहरुले नसकेर कलम समाउने लाइ सत्ता सुम्पादा भोलि त्यो सत्ता फुत्त्किएर डण्डा र हतियार समाउनेको हातमा पर्यो भने ?
बिस्लेसन एकदम सहिलाग्यो.. संदई राजाबादी जस्तो लाग्ने लेख लेख्ने सुर्य खड्का आज चै निस्पस्चेये भएर लेख लेख्ने पर्यास गरेको मा खुसि पनि लग्यो/ बयक्तिगत रुपमा मलाई कमुनिस्ट पार्टी र त्यसका नेता हरुले अपनाउने नीति हरु त्यति राम्रो लाग्दैन त्यहि पनि नेपाल मा मदन भण्डारी पछि गन्न लाएक कम्युनिष्ट नेता साएद प्रचण्ड नै हुन् / आनेक थरि आरोप हरु लागे पनि उनको नेत्रितो छ्यमता र decision power बाट कमसेकम मा चै एकदमै impress भएको छु/
“कांग्रेस, एमाले वा मधेशी दलका नेताहरु त प्रचण्ड सामु चिलका अगाडि गरुढ झैं बन्न थाले।” के भनेको?
दिपक जी,
साँच्ची मैले नि तेइ कुरो सोध्न लाग्या थिएँ / बाज र चल्लो भन्ने सुन्या हो, चिल र गरुड भन्या चै कैल्यै नसुनेको पर्यो – बाघ र सिंह भन्या’स्तो / सुर्यजी ले पर्चण्ड को धेरै चाप्लुसी गर्न खोज्दा ध्यान अन्तै मोडिएर गल्ति ले मिस्टेक भा’स्तो छ क्यानम /
जनमत माग्ने प्रचण्डको साहसको प्रसंशा तब गर्नुस जब चुनाब हुन्छ, चुनाब गर्ने भन्दैमा कल्ले पत्याउने? “ढाँटको निम्तो खाइ पत्याउनु” / सत्ता कब्जा इनको लक्ष्य हो, चुनाब लोलिपप मात्रै ………..
यस्ता महान (?) नेताले गर्दा नै देशको यो हालत भइरा’को छ, इनको के प्रशंशा गर्नु?
यस्ता महान (?) नेताले गर्दा नै देशको यो हालत भइरा’को छ, इनको के प्रशंशा गर्नु? यी त कमसे कम जिउदा त रहेछन, तिम्र्रा नेता त मरी सकेकी जिउदै छन् थाहा पनि छिन जनता लाई|
लेख्ने बोल्ने अधिकार त सबैलाई छ /
तर एस्तो “अर्थ न बर्थ गोबिन्द गाइ …………………. कहाँको औसधि कहाँ लाइ” भनेजस्तो पत्रु लेख पढ्ने कस्ट नगरुम /
सबैलाई जानकारी दिन/भन्नको लागि एउटाले त प्रतिक्रिया लेख्ने पर्यो, तर एस्तो पत्रु लेखलाइ धरै प्रतिक्रिया दिएर भबिस्यमा फेरी येस्तै पत्रु लेख हेर्नुपर्ने अवस्था आउँन नदिनु नै बेश, होइन र भन्या ?
लु येही लक गरुम !
राजनीतिलाई यथास्थितिबाट नयाँ दिशानिर्देश गर्नसक्नु नेताको खुबी हो। प्रचण्डले घुमाउँदै, खेलाउँदै, लोभ्याउँदै, थर्काउँदै, हात मिलाउँदै, चुपीघस्दै शुसील, झलनाथ माकुने वा विजय गच्छदार र महन्थ ठाकुरहरुलाई जनताको कठघरामा उभ्याइदिने शाहस प्रमाणित गरिरहँदा सर्वाधिक सम्मान भएको आम नेपाली जनताकै हो। अब जनताले दुधको दुध पानीको पानी पारिदिनुपर्छ
There is a saying,” For a mouse, a cat is the mightiest animal in the whole universe.” The same applies to Mr. Surya Khadaka when he adores Prachanda with his all praises.
सुर्य जी,
पुकदाले जो कोहिलाइ सत्रुको बिल्ला भिराउदैमा, पुकदाको सत्रु हुदैन….! सत्रु सब्द्को अर्थ पहिला बुझ्नुस सुर्य जी !
पुकदाले जनयुद्दमा को-को मार्यो र के ति पुकदाका सत्रु नै थिए त ?
१. माडीमा गाडीमा चड्ने सर्बसाधारण, जसलाई पुकदा भन्ने कुन जन्तु हो भन्ने नै थाह थिएन, तिनीहरु कसरि पुकदाका सत्रु भए ?
२. पुलिश र सेनाका तल्लो दर्जाका राष्ट्र-सेबक, जसले तत्कालिन सरकारको निर्देशन पालना गरे र मरे….तिनीहरुको पुकदा संग के सत्रुता थियो ?
३. स्कुल पढाउने शिक्षक, गुरु, टपरे बाहुन, देखि काजो खातुन सम्मकालाइ पुकदाले छोडेन, के ति पुकदाका सत्रु थिए त ?
४. पुकदको भासन अनुसारको सत्रु कोइ थियो भने त देउबा जस्ता नेताहरु हुनु पर्ने हो…तर एकपटक देउबाको सबारीमा तेस्का लडाकुले आक्रमण गर्दा…पुकदाले तत्कालै माफी मागेको थियो….!
“बगरेको सत्रु खसी थियो….” जस्तो कथन लेख्न तपाईलाइ सुहाउदैन…चेतना भया !
यो हर्केलाई के भाको हाव! युद्वमा कि मर्नुपर्छ, कि मार्नुपर्छ | यधपी यी मारधार कदापि राम्रा होइनन भन्ने कुरा जग जाहेर छ| माओवादी र शाहीसेनाले मानिस मारेर ठिक गरे भनेको पटक्कै होइन ! पंचायतकालीन अन्चलाधिश सुर्यसेन ओलीलाई यस्तै मारधारबारे प्रश्न गर्दा उनले यसो भनेका थिए : “समातेर लिएर आइज” भन्यो भने प्रहरीले कुटेर लिएर आउँछ , “कुटेर लिएर आइज” भन्यो भने मारेर लिएर आउँछ | चेन अफ कमाण्ड हुँदा आदेश तलसम्म पुग्दा बिरूप भएर पुग्छ र हाकिमको बेस्मारी गाली खाएको प्रहरीले वा कुनै कार्यकर्ताले सारा आक्रोश जनसाधरणमा खन्याउँछ ! जनयुद्वताका शाहीसेना र माओवादीबाट थुप्रै मानिसहरु नहाकमा मारिएका छन्| कारण त्यतिबेला देश सहज परिस्थितिमा थिएन| राजनितीक युद्व चल्दै थियो !!बुझ्या हो हर्के !!!!
कुरा सोर आना ठिक हो / चाहे हिटलरको क्याम्प होस् कि सक्तिखोर वा होस् पन्चे कालको सुखानी जंगल वा तिम्बुरबोतेमा भएको तेही हो / तर कुरा यो छ कि हाम्रा कबि भूपीले भने जस्तो “ति सब अरुको हो-हो र हा-हा मा लागेर बिना अर्थ तित्रा र बट्टाई जस्तो ढलेका हुन् , अरुको स्वार्थको लडाईमा गोर्खाली होइन (गोरु खाली)” मात्र भएका हुन् / अरुको गेम प्लान अनुसार दिल्लीमा आरामदाई जिन्दगी बिताएर सोजा नेपालीलाई गोरु-खाली बनाउने त कत्घरामा पुग्नुपर्ने हो तर येहा त उल्टो भो / समाजको मनोंबिज्ञान पनि बुजिनसक्नु छ / आजको एती उदार जर्मनसमाजले कोहि समयमा हिटलरलाई असल देख्यो / अब तेहीभनि चित्त बुजौने होला /
लामा,
सुर्यसेन ओलीको सब्दको अर्थ बुझ्न तिर नलाग…..शक्तिखोरको दृस्य (विडियोको) को दर्शन गर….! पुकदाको आदेश कस्तो थियो सजिलै बुझिन्छ….!
आखिर एउटा पन्चे अञ्चलाधिसको कथन नै तिम्रो आज बाद-विवाद सहारा बन्न पुगेकोमा दुख लाग्यो !
हर्केलाई हर्के भन्यो भनेर रिसाए जस्तो छ ! आफु नामै त्यस्तो राख्ने, अनी हर्के भन्यो भनेर किन रिसाउने ? नाम हर्क राखौ*| हर्कजी पुकारौंला ! हर्केजी भन्दा त अनौठो सुनिँदो रहेछ| आफुलाई होच्याउन भएन हर्के ! सरि हर्कजी !!!
लामा ज्यु त्यो राजनीति युद्ध थिएन. त्यो एउटा लूट युध थियो येदि राजनीति युद्ध भएको भए कहिले पनि अंत हुने वाला थिएन. त्यो एउटा एस्तो द्वन्द थियो जसमा बिचरा जनता लै मुर्ख बनाएको. कहाँ छन् त्यो बिचरा भक्कर खेल्ने खाने उमेर मा युद्ध मा होमिए को किशोर हरु. प्रचण्ड ले पनिता आखिर तेही गरियो जुन पुरानो राज्य संस्था ले गरेको, के परिवर्तन आयो आम जनता को जीवन मा. २०४६ पछि र भानुदो जनयुद्ध भन्दा अगाडी कति जना शाही सेना ले बिना कारण कुनै नेपाली जनता लै दुख दिएको थियो. येदि सरकार को विरुद्ध मा अहिले कोइ सशत्र आन्दोलन गरि रहेको बेला मा पनि छूट दिनु पर्छ येदि तपाई को यो विश्वास छ भने. कि तेती खेर को सेना ले मान्छे मारियो भने. अहिले को जति पनि गुण्ड हरु ले कुनै अपराध लै आन्दोलन को संज्ञा दियो भने उसला नेपाल पुलिस वा सेना ले छोड दिनु पर्यो होइन त.
लामा ज्यु नेपाल को अहिले नागरिक भएर सोच्नु न कि प्रचण्ड को शिष्य भएर. अहिले नेपाल संक्रमण काल मा छ हामी ले बुझ्नु पर्छ न कि नेता ले. उनि हरु लै हामी ले मौका दिएकै हो सकेन भने अब तपाई हाम्रो पालो हो. उनि हरु को कुइयेको सिधान्त लै हामी ले अनुसरण नगरेर हामी ले आफ्नो अवाशयेकता लाई हेर्नु पर्छ. नेता कोइ पनि छ केहि vision भएको? संबिधान बनाउनु पर्छ तर उसको लागि फेरी नया संबिधान सभा को चुनाव त अनिवार्य थिएन. हामी ले हेरी सके बिगत को ४ बर्ष, उसमा उनि हरु को उपलब्धि कसैले नेपाल को बारे मा सोचे को थिएन सबै ले आफ्नो अहंकार र हठ लाई मात्र माथि राख्यो. बिहार मा भएको राजनीति वा बह्रत संग प्रेरित भएर राजनीति गरेको हुन्. हामी भारतीय होइन हामी नेपाली हु. हाम्रो लागि नेपाली संबिधान चाहिन्छा न कि कम्युनिष्ट ओर कुनै रेपुब्लिक सबिधान कति जना ले नेपाली जनता सनग सोधेको छ कि तिमि लाई कस्तो नेपाल चहिञ्छ? जनमत को नाम संग सबै लाई डर लग्छ किनकि कुनै नेता नेपाल को प्रति इमान्दार छैन सबै ले आफ्नो राजनीति रुपी व्यापार लाई नै सोचेको छ.
हामी अन्धभक्त न होउ. अन्धभक्त भएर प्रचण्ड लाई निरङ्कुश न बनौनुस,
येदि हामी कसै लाई अनुसरण गर्न मा सक्छम छौ भने आफु लाई र आफ्नो राम्रो को निम्ति सोच्न लाई पनि सक्छम छौ.
जेम्सजी ! माओवादी मेरो ससुराली घर होइन र प्रचण्ड न मेरा बाबु पट्टिका न आमा पट्टिका! मैले कसैप्रति अन्धोभक्ती जनाउनु पर्ने कुनै कारणै छैन र म राजनितीक प्रवृतिलाई हेरेर समर्थन र बिरोध गर्छु र मैले परीवर्तनकामिहरुलाइ समर्थन गरेको हुँ| नेपाली ग्रामिण जीवनबारे मलाइ राम्ररि थाहा छ | ०४६ साल अघी पुलिस र कर्मचारीले जनतालाई कतिसम्म दुख दिएका थिए भन्ने कुराको म भुक्तभोगी हुँ ! त्यहि सहि नसक्नु अत्याचारले पराकाष्ठ नाघेपछि न जनयुद्व भएको हो| जनयुद्वले पनि सबै सहि गरे भन्ने पक्षमा म छैन! आदर्शवादी समाज खोजेर नपाइन्दो रहेछ ! त्यसो भन्दैमा अहिलेका चोर नेताहरुभन्दा हिजोको डाका राजा साहेबहरु नै ठिक थिए भन्न त मिलेन| यहि चोरहरुलाई गालि गर्दै, फ़काउन्दै जानुपर्यो| हामीसंग विकल्प ठ्याम्मै छैन !
तर यो कुरा पनि तपाई ले मान्नु पर्छ कि प्रचण्ड तपाई को बिकल्प होइन. येदि तपाई ले आफु लाई अगाडी सारनुस न त. कृपया यो प्रचण्ड लाई तारक न मान्नु होला कि उसले तपाई लाई र हामी लाई राम्रो जीवन स्तर दिन्छ. उसले नेपाली लाई नेपाली संग नै युद्ध गराएको छ, उसको कुनै सिधान्त छैन , एउटा मात्र सिधान्त छ आफु कसरि अरु को टाउको मा टेकेर माथि उमकौ.
बिगत का क्रियाकलाप ले ठ हुन्छ, जुन जुन बेला संबिधान बन्न लागेको बेला अनेकौ थरि का कुरा ल्याएर आफ्नो मप्री गरेका हुन्.
समय परिवर्तनशील छ, अगाडी बढ्छ,
घडी भने बाटुलो छ, घुमी रहन्छ,
नेपालको राजनिती भने थोरै समय संग र धेरै घडी संग रमाउछ,
तेसैले त थाप्रपा दिन २-गुना रात ४-गुना मोटाएको आभास हुन्छ…!
………………………………………गणतन्त्रबादिलाई चेतना भया….!
प्रचंडलाई समय र उनको चतुर्याइँले यति चर्चित तुल्याएको हो, आगामी चुनाव पछि प्रचंड राजनीतिबाट हराउने छन।
अझ यसलाई सरलीकृत गर्दा:
——- थोरै समय + लगभग पुरै फट्याई / धुर्त्याईको = छबिलाल दलाल ——
After long time this is quite more fact on article from the writer. I don’t like Prachanda but this are true on current nepali politics. Untill the next new stateman of nepal he is one, we believe or not.
जसले जे भने पनि मेरो सुगा रटाइ भनेको “अब आउने चुनाब मा एमाले पत्ता साफ हुन पर्छ” जसरि भए पनि एमाले लाइ नेपाली राजनीति वृत बाट साइड लगाउन पर्छ | मेरो चुनाबी अभियान भनेको कुनै पार्टी लाइ जिताउ भन्दा पनि एमाले लाइ नराम्ररी हराउ भन्ने हुने छ | जित्न त कांग्रेस र एमाओबादी का राम्रा नेता हरु ले जित्न पर्छ | प्रचण्ड, बाबुराम, लगाएत नरहरी आचार्य, सुशील, र अनि अरु येस्तै नेता हरु ले जित्न पर्छ | गगन थापा को त बोलि मात्रै हो |सोल्टी कति पनि माथि छ भन्ने त मैले त्रिचन्द्र पढ्दा नै थाहा पाको हो | जे भएपनि अहिले को चुनाब को मेरो नारा भनेको “देश बिकाश को बाधक, एमाले का शासक” ||
येस्पाली को चुनाब मा एमाले लाइ भरि मत ले पराजय गराउँ”
एमाले अर्थात् नपुंसक हरुको पार्टी | माओबादी को घुडा टेकेर पी एम हुने माकुने, अनि तिनै माओबादी लाई सत्तो सराप गर्ने, माओबादी को प्रत्यक्ष्य समर्थन मा पी एम हुने झाले अनि प्रचण्ड को बोलि को ठेगाना छैन भन्ने | एमाले ले बस्ताबम पार्टी रहन हुन्न अब मिलन जी ले भने जस्तै
मित्रले ए-माओबादी भन्नु पर्नेमा अन्यथा भए जस्तो छ !
कहाँ ए-माओबादी नि “एमाले” नै हो | मैले गल्ति भनेको छैन || एमाले त सिधै साइड लग्यो अब आउने चुनाब मा || अब एमाले का कार्येकर्ता हरु ले सोचे हुन्छ आफ्नो भबिस्य || अस्ति नारायण श्रेष्ठ ले कृषि सम्बन्धि राम्रो कार्येक्रम देखाउनु भएको थियो साझा सवाल कार्येक्रम मा तेही बाट पाठ सिके हुन्छ | देश को लागि भलो पनि हुने कि त मैले जस्तै बाख्रा पालन गर्न थाले हुन्छ || तेती गर्न सके एमाले का साथी हरु को पार लाग्ने थियो | हुन त मेरो विचार भने को जनता कुनै पार्टी को कर्येकर्ता हुनुहुदैन ||
सहि कुरा गर्नुभो मित्रले . यो देश बिग्रेकै अनाबश्येक कम्युनिष्ट पार्टी हरु भएकोले हो. झन् अहिलेको एमालेको के कुरा गर्नु न अडान छ न बोलीको ठेगान छ , यता पनि ठिक उता पनि , भ्रस्टचारी र गुन्डाका नाइके हरुको यो पार्टीले यो चुनाब मा हार्नै पर्छ.
सूर्य खड्का जीले तीतो सत्यलाई इमान्दारीपूर्वक विश्लेषण गरेका छन्।यिनको तर्क दिने कला साह्रै मन पर्छ।
morals, values, honesty and respect यसले पनि कुनै अर्थ राख्छ कि या यी चार गुण बिनानै प्रचण्ड उम्दा हुन् ?
यसपाली चै सुर्य खडकाले झेली नगरिकन सफासफी लेखेका छन्| धरातलीय यथार्थमा ओर्लेर गरिएको विश्लेषणलाइ ढिलो चांडो सबैले आत्मसात गर्छ| अहोरात्र गाली गरेर लेखिएका लिखौटहरु एकछिनको आत्मरति बाहेक तिनले आखिर केहि माने राख्दैन| गालीले ताली पाउला, तर त्यसले बाली उमार्दैन| नराम्रा मध्य सबभन्दा राम्रा प्रचण्ड हुन भनेर सुर्य खडकाले गरेको स्वीकारोक्ति सुर्यका दौंतरिहरुलाई चित्त नबुझ्ला, तर कोहि न कोहीले त सहि कुरो ओकल्नै पर्यो नै ! मन नपरेको मानिसको मुखै गन्हाउँछ भनेर मात्र त काम चल्दैन| तर व्यक्तिलाई देवत्वकरण गर्ने परिपाटी चैं हटाउनै पर्छ| प्रचण्डलाई नायकको दर्जा दिऔं, तर महानायक भनिनु हुन्न| बिगतमा बि पी लाइ महामानव बनाए पश्चात हामी बेकामे लघु मानव भयौं| अझ राजालाई बिष्णुको अवतारै बनाएर हामीले हदै नचाहिने काम गरेका थियौं| प्रचण्डले अच्छा नेतृत्व दियो भने उनको नेतृत्वलाई जश दिन कन्जुस्यांइ गर्नुहुन्न, तर प्रचंडायान भट्ट्याइन हुन्न| मानिसकै दर्जामा राखिनु पर्छ |
नेपालका कम्युनिस्ट नेता भनिने प्रचण्ड ,बाबुरामलाई पनि कम्युनिस्ट भन्ने हो र? तमाम नेपाली युवाहरुलाई बहकाएर जनयुद्धमा होमे, तर मौका पर्ना सात उनीहरुलाई मजधारमा छोडी मौकामा चौका हान्न मधेशी मोर्चाको सह नेता बने /अब त कम्युनिस्ट रहेनन् नी/हुन् सक्छ अझै कांग्रेस आइ संग सह कार्य पनि गरुन/
अति नै सहि सल्लाह / यो नै माओबादीको अबको क्रान्तिकारी छलांग (क्रान्ति – भाग २) हो /
सुर्यजी को बिस्लेसन चाई केहि हद सम्म मिलेकै हो !
सन्तुलित लेख……..
पहिलो पटक एउटा राम्रो लेख लेखे सुर्य दाइ ले !
पंचायेतकालमा र पछि बहुदलमा पनि केहिसम्म पनि सुर्यबहादुर थापा, बहुदलकालमा र पछि “केरा गदतन्त्र” सम्मपनि गिरिजा प कोइराला जस्तो आजको समयमा सासन सत्ता र शक्ति आफ्नो वरिपरि राख्नन सबभन्दा सफल राजनीति खेलाडी हुन् प्रचण्ड / बितेका सय दसक केलाउने हो भने नेपालमा प्रदानमन्त्रीमा र शासकहरुमा राजा महेन्द्रदेखि बिपी, किसुनजी सम्म सफल नेता चै भए तर सफल राजनीतिगज्ञ हुन् सकेनन / बिपी पनि हारे, राजा महेन्द्र पनि हारे / जिते त गिरिजा र प्रचण्डहरुले / चन्द्रसम्सेरको जित हुने र सुदारबादी देवसम्सेरको हार भै डाडा काट्नु पर्ने देसको सत्ता र शक्तिसंग कसरि डिल गर्नु पर्छ भन्ने हेक्का भएका बरु आजका लोकमान सिंग कार्की हुन् कि राणाकाल देखि यो जुक्ति जानेका भुपालमान सिंहका पितामहहरुले गर्नु मोज गरे / नेपाल देस नै एस्तो रहेछ हरेक युगमा राजा प्रताप मल्ललाई देसको लागि मर्नमिट्ना तयार भिम मल्ललाई काट्न चुक्ली लगाउनेले नै जित्दा रहेछ / ठिक भन्थे हाम्रा टोलका एक सफल ब्यापारी ” नेपाल हो जसले हान्यो तेस्ले जान्यो ” / थापा, गिरिजा र प्रचद्द चै हान्न जान्ने हुन् /
आजको लेख त मज्जा ले बुजे मैले !
के बूज्नु भो? मदन भण्डारी र जीव रक लै अमर लामा ले खसालेको भय अमर लामा लै कसले हत्या गर्यो?
xyz मित्र कुनै सार्बजनिक सभामा क. के.पी ओली र बिद्या लाई सोध्नुस उत्तर पाउनु हुनेछ अमर लामाको हत्यारा को भनी |