Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

Posted on March 17, 2013March 17, 2013 by mysansar

-रामप्रसाद सुवेदी-
यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो
भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-
q1


q2
नं २-दुई ओटा श्रुतिसमभिन्नार्थी (व्यवस्था छैन)
नं ३-भूपरिवेष्टित (भूपरिवेष्ठित हुनुपर्ने)
नं ४ ख(अ)-शुद्ध शब्द छैन (आकाङ्क्षा हुनुपर्ने)
नं ५-नामयोगी वा कृया हुनुपर्ने (नाम पो दुईओटा)
नं ८-तपाइँ (सर्वनामको अन्तिम इकार दीर्घ हुन्छ भन्ने थाहा थिएन?)
नं ९-देशको आदिवासी (एउटा आदिबासी? सो का लागि (षष्ठी विभक्ति छुट्टिन्छ?)
नागरिहरूको (नागरि भनेको के हो?)
स्वस्थ्य (स्वस्थ्य भनेको के हो?)
पञ्च महाभूत (समस्त शब्द किन छुट्टियो? उसो भए सृष्टिविज्ञान किन जोडियो त ?) हो । त्यसैले (पूर्ण विराम पछि किन संयोजक ? नं ५मा किन छैन त ?)
नं ११ (क )-सफल बुबाआमाको ( बुबाआमा सफल ?)
एक्लो छोरा (वचनसङ्गति थाहा छ ?)
सफलतालाई पढाउन (सफलतालाई पढाउने ?)
सफल साथीको लहैलहैमा (पदक्रम थाहा छ ? यहाँ ‘सफल’ विशेषण भएन ?)
आकांक्षा (पञ्चम वर्णको नियम थाहा छ ? थाहा भएको भए ४ख (अ)मा नै हुन्थ्यो नि!)
सफल घरमा ( ए, घर पो सफल ?) भुल कि भूल ?
नं ११(ख )-पिता:- वीरशमशेरका जेठा छोरा (आफ्ना पिता आफैँ ?) हिलोमा (तिर्यक् कारक थाहा छैन ?)
भने झै (नामयोगी छुट्टै ? झै कि झैँ ?)
हिलोमा सजाउँछ (कसले ?)
सिर्जनशीलका रूपमा उदाउनु (सिर्जनशील केका रूपमा ?)
नं १३- खण्डन कि खन्डन ?

29 thoughts on “एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त”

  1. Manoj Karki says:
    March 20, 2013 at 8:36 am

    ‘सफल’का सन्दर्भमा व्याकरणमा त्रुटि मात्र होइन, कमजोरी शब्द छनौटमा (Dictum error ) नि देखिन्छ | जस्तो- ‘सफल बुबाआमाको एक्लो छोरा’ मा नामको सट्टा विशेषण र ‘छोरो’ हुनु पर्ने ठाउँमा ‘छोरा’ देखिन्छ | रामप्रसाद जीले भने झैं बरु ‘सफल उसका बुबाआमाको एक्लो छोरो’ भन्दा शुद्द हुने थियो | तर, यसो गर्दा पनि भद्दापन भने रहन्छ |जस्तो कि ‘खानेकुरा दाँतले राम्ररी चपाएर खानु पर्छ’ मा दाँतले भन्नु आबश्यक छैन | यसो गर्दा भाषा भद्दा (Tautological ) हुन जान्छ , हैन र ?

    Reply
  2. Aakar Bhushan Nepali says:
    March 18, 2013 at 8:38 pm

    भाषा, ब्याकरण भन्ने कुरा समय संगत सम्झौता मात्र हो | शुध्दता भन्ने कुरा तात्कालिक परिप्र्येक्क्षमा परिक्षा उतिर्ण गर्नु सम्म मात्र हो | धेरै पर किन जानु, पचास, सय बर्ष अगाडिको भाषाको स्थिति हेरे पुगी हाल्छ यो कुराको रुजुको लागि | झट्ट हेर्दा लाग्न सक्छ कि भाषामा अशुध्दता ठुलो मुद्दा हो | तर यो त्यति ठुलो आकाशै खसी हाल्ने बिषय चाहिं होइन |
    तर जहाँ सम्म यो प्रश्नपत्र बनाउने बिषयको कुरा हो, प्रश्नपत्र बनाउनेले तात्कालिक सम्झौतासंगत प्रश्न बनाउनुको विकल्प रहदैन| तर रामप्रसादजी जत्तिकै super nosy हुनु भाषालाई यसको आधारभूत जनजनको प्रायोगीकता बाट टाढा लगेर रोमान्चक तिलश्मी संसारको धुरन्धर जादुगरको भाषा बनाउनु हो|

    Reply
  3. bipinjee says:
    March 18, 2013 at 10:46 am

    जस्तो प्रश्न तेस्तै उत्तर दिन पाइने कि नपाइने?

    Reply
  4. पुष्प says:
    March 18, 2013 at 8:52 am

    गल्तीहरू धेरै छन् । तर कोठे भाषाविद्हरू बिगारेको नेपाली भाषामा मलजलमात्र होइन, भताभुंगसमेत गर्ने काम हाम्रा सञ्चारमाध्यमहरूले गरिरहेका छन् । रामप्रसादजी यी दुवैको शिकार हुनुभएछ भन्ने लाग्छ ।

    जस्तै ‘खण्डन’ । ‘ट’देखि ‘ण’सम्ममा अनुश्वर (?) अाए (अाधा) ‘ण’को प्रयोग हुनुपर्छ भन्ने नियमलाई ‘समयसापेक्ष’ बनाउने भन्दै अाधा ‘न’को प्रयोग गर्ने भनियो । शायद नियमै पो बनाएछन् क्यारे । तर यसमा विमति राखेर कसैले ‘ण’ कसैले ‘न’को प्रयोग गरिरहेका छन् ।

    त्यस्तै ‘अाकांक्षा’ । ‘अाकाङ्क्षा’ सही हो, तर ‘सुधारवादी’हरूले थोप्लो पनि चल्ने बनाएका भन्ने कुरा रामप्रसादजीले चाल पाउनुभएनछ क्यार ।

    जहाँसम्म ‘सफल’को कुरा छ, यसलाई नामको रूपमा प्रयोग गरिएकोले विश्लेषण भनेर बुझ्नु बुझ्पचाएर विरोध गर्नुमात्र हो जस्तो लाग्छ ।

    Reply
    1. रामप्रसाद सुवेदी,म्याग्दी । says:
      March 18, 2013 at 7:14 pm

      हाटबजारका विशेषज्ञले गाईजात्रा देखाएर हिंडेपछि कोठे विशेषज्ञले भएपनि आमामाथि धावा बोलेको कहाँ हेर्न सकिन्छ र? ‘सफल’ विशेषण प्रयोग हुने ठाउँमा राखेको छ । पठ्यपुस्तकमा एउटा व्यवस्था गर्ने अनि अहिले ‘चलाएका छन्’ भन्ने? बुझेर हुने, काम चले हुने हो भने औपचारिक, मानक भनी किन फलाक्ने? औपचारिक भनेको के हो? कार्यालय,विद्द्यालयहरूमा पोसाक त औपचारिक हुन्छ भने काम चलाउ भाषा मानक मान्ने? के सिकाउनुहुन्छ तपाईंहरूले?
      सुधारवादी? कुन सुधारवादी?

      कमेन्टको भाषामै सात आठ वटा घाउ पारेर भएपनि प्रतिकृया दिएर सहयोग गर्नुभएकामा पुष्पजीलाई साधुवाद !!

      Reply
      1. पुष्प says:
        March 18, 2013 at 10:40 pm

        ‘हाटबजारका विशेषज्ञ’ भनेर सही भन्नु मलाई; आफ्नो स्तर नै त्यही हो भन्ने मलाई लाग्छ ।

        मानक भाषा बनाउने नाउँमा भाषामाथि कोठेविद्हरूले अनेक नियमहरू थोपरेर नेपाली भाषालाई जुनरूप दिन खोजिरहेका छन्, त्यसको म विरोधी हुँ । त्यसैले तपाईंको ‘खन्डन’मा मेरो खण्डन अाएको हो ।

        विशेषणको कुरामा एउटा लाटो तर्क राखेको हुँ । ‘… राम्ररी भात खायो’ भने जस्तै ‘रामले भात खायो’ गलत हो ?

        प्रतिक्रिया लेख्ने ठाउँमा ‘कमेण्ट’ (‘कमेन्ट’ मलाई मन पर्दैन) लेख्नेले अरूको प्रतिक्रियामा भएको त्रुटि केलाउनुपहिले आफ्नो ‘कमेन्ट’ पोष्ट गर्नुपहिले एकचोटि पढेको भए धोती त फुस्किने थिएन नि । यहाँलाई जानकारीका लागि भनिदिउँ कि माथिको प्रतिक्रिया मैले मोबाइल फोनमा टङ्कन गरेर ‘पोष्ट’ गरेकोले अशुद्धि भएको हो । मोबाइलमा नेपाली टङ्कन अलि असजिलो छ भन्ने कुरा त यहाँलाई ज्ञात नै हुनुपर्छ ।

        Reply
      2. Aakar Bhushan Nepali says:
        March 18, 2013 at 11:40 pm

        रामप्रसादजी तपाई झन् बढी बहकिनु भयो | सम्पूर्ण बहसको मूल कुरा कि त् बुझ्नु भएन कि त बुझ्न चाहनु भएन | तपाईको ऒउपचरिकता जनसाधारणको बिषय बस्तु भयन भने त्यो ऒउपचरिकताको के काम ? बहुसंख्यकको आफ्नो नहुने कुरालाई उनीहरुले किन बोकेर हिड्ने पर्ने बाध्यताको सृह्जना गर्ने ? भाषा भन्ने कुरा जसरि बुझिन्छ त्यसरी बोलेने हो | “बुझेर हुने” “काम चले हुने ” तिर लाग्ने हो | जे कुरा आफ्नो जस्तो लाग्छ त्यसलाई लिने हो | जसरि बोल्दा राम्रो संग बुझिन्छ त्यसै लाई व्यवस्था गर्ने हो “चलाएका छन्” बनाउने हो | हाम्रो एउटा कमेन्टमा आठ वोटा घाउ देखेर हाम्रो कुरा नबुझ्नु भएको होकी ? तर जवाब त दिनु भयो नि ! भने पछि पक्कै बुझ्नु हुन्छ | अनि के त ? रामप्रसाद गुरु (नेपालीको teacher लाई गुरु भन्ने गरिन्थ्यो क्या हाम्रा पालामा) ब्याकरणले आठ ठाउँमा क्षत बिक्ष्यत बनाएर पांच जनाले बुझ्ने भाषा भन्दा “बुझेर हुने” “काम चले हुने” पन्चानब्बे जनाले बुझ्ने भाषा मलाई आपनो लाग्छ

        Reply
  5. Suraj Ale. says:
    March 18, 2013 at 8:37 am

    इन्डियन इंग्लिश बोर्डिंग स्कुलबाट SLC पास गर्नुभाको होइछ कि क्या हो ??

    Reply
  6. kusum says:
    March 18, 2013 at 7:57 am

    अति उत्तम कुरो उठाउनु भो राम सरले. कति लाज मर्नु कुरा ….हरि बिजोग पारेछन् दुष्टहरुको जमातले…

    Reply
  7. Krishna Kadariya says:
    March 18, 2013 at 7:28 am

    Hello Sharkar, Hello SLC Board, hello question making group and hello any body related to about this? Do you have any word about this? If you have, please inform it. Thanks, (Sorry, I couldn’t type in Nepali)

    Reply
  8. Bijaya says:
    March 18, 2013 at 7:21 am

    हामी बिदेशमा बस्ने नेपाली आफ्ना केटाकेटीले राम्रो नेपाली लेख्न र बोल्न नसकेकोमा दिक्क हुन्छौं र नेपाली भाषा र संस्कृतिको कसरि जगेर्ना गर्ने हो भनेर चिन्तित हुन्छौं| नेपालभित्रै त्यो पनि एउटा जिम्मेवार सरकारी निकायको यस्तो लापरबाही देख्दा दिक्क लाग्छ|

    Reply
  9. CHIRAN says:
    March 18, 2013 at 5:00 am

    आधा जसो गल्तीहरु त मलाई नै थाहा छैन कुन शुद्ध हो कुन अशुद्ध |

    Reply
  10. chandra gc says:
    March 18, 2013 at 2:02 am

    यो पक्कै पनि तिन पानेको खेल हुनु पर्छ ………!

    Reply
  11. manish says:
    March 17, 2013 at 9:30 pm

    सफल त छोरा को नाम भए जस्तो लग्यो मलाई, हैन र!

    Reply
  12. sandhya says:
    March 17, 2013 at 9:21 pm

    भाषागत ज्ञान पूर्ण नभएको झुण्डहरुले बनाएको प्रश्नपत्र कस्तो हुनु र / हुन त नेपाली बिषय नै यति गाह्रो छ कि पूर्ण ज्ञान प्राप्त गर्न कठिन छ तै पनि गुरुहरुको अज्ञानता हो यो

    Reply
  13. रामप्रसाद सुवेदी,म्याग्दी । says:
    March 17, 2013 at 8:16 pm

    मेरो टिप्पणी फोटोसहित प्रकाशन गरिदिनुभएकामा माइसंसार परिवारलाई धन्यवाद ।

    Reply
  14. bibek sharma says:
    March 17, 2013 at 7:38 pm

    अझ २,४ बर्ष कुर्नु पर्छ इन्टरनेटको जमानाले मोवाइलफोन र अन्य साधनमा प्रयोग हुने भाषा र लेखाइले सुद्ध लेख्ने प्रवृति नया पुस्तामा पूर्णरुपले मासिने छ / तेहानेर पुग्दा बिज्ञान को बिकाश बरदान नभयर अभिशाप हुने छ /

    Reply
  15. Daya says:
    March 17, 2013 at 7:25 pm

    हाम्रो समाजमा जसको राम्रो पढाई छ, ऊ विज्ञान तर्फ लाग्ने, त्यो नभए कमर्स, त्यो पनि नभए मानविकी वा शिक्षा तर्फ लाग्ने चलन छ/ सके अंग्रेजी त्यो पनि नसके अन्त्यमा नेपाली/ थोरै मात्र लगनशील मान्छेहरु नेपाली पढ्ने, अनि प्रश्नपत्र यस्तो नहोस त?

    Reply
  16. yam pun says:
    March 17, 2013 at 6:05 pm

    आज भोलि शुद्ध नेपाली बोल्ने मान्छेलाई त “पाखे” “कोदे” भन्ने चलन आइसक्यो! फरर अंग्रेजी बोल्न नसके पनि वाक्यको बीच बिचमा टुटे फुटेको अंग्रेजी शब्द घुसाई दिने हो भने “वाह! मान्छे त शिक्षित नै रहेछ” भनेर सम्मानको पगरी गुथाईदिने नेपाली समाजमा परम्परा नै बनिसक्यो!
    नेपाली भाषाका विशेषज्ञद्वारा नेपाली बिषयको प्रश्नपत्रमा भएको कमि कमजोरी चाहि लापारबाहिको अन्तिम बिन्दु नै हो! “हग्नेलाई भन्दा देख्नेलाई लाज” भनेको यहि हो!

    Reply
  17. rabin says:
    March 17, 2013 at 5:54 pm

    भोलि-पर्सिको पनि प्रश्न-पत्रहरु राख्नु न, अलि-अलि प्रिन्ट खराब भएपनि !! तपाईंको नाममा गणेश भगवानलाई लड्डू चढाई दिनेछु !!!

    Reply
  18. Pritam says:
    March 17, 2013 at 5:40 pm

    अघिल्लो कमेन्टमा मैले भनेको तापको ठाँउमा “टाप” भएको पूर्बाञ्चलको प्रश्नपत्रमा हो

    Reply
  19. Pritam says:
    March 17, 2013 at 5:32 pm

    अर्को कुरा तापको ठाँउमा टाप छ ,जोडा मिलाउने ठाँउमा।

    Reply
  20. P.R Baral says:
    March 17, 2013 at 5:24 pm

    कुन दस कक्छ्यामा तिन पटक फेल भाको ब्येक्तिले बनाको प्रस्नपत्र हो ?

    Reply
    1. prakash says:
      March 18, 2013 at 8:12 am

      यहाँ नकारात्मक कमेन्ट गर्नेहरुले पहिला आफैले शुद्ध नेपाली भाषाको ज्ञान लिएर कमेन्ट गर्नुभएमा धेरै राम्रो हुने थियो कि ?

      Reply
      1. Vijay says:
        March 20, 2013 at 12:28 am

        माफ गर्नुहोला तर हामीले कापीमा लेखे जस्तो हुँदैन युनिकोडमा ! रोमन अंग्रेजीमा लेखेर नेपाली बनाउनु पर्ने हुँदा गल्ति त भैहाल्छ नि !!!

        Reply
  21. Shiris says:
    March 17, 2013 at 4:40 pm

    हदै सम्मको लापरबाही!

    Reply
  22. Rupak says:
    March 17, 2013 at 4:21 pm

    हाम्रो नेपाल मा येस्तै हो, सर ले प्रस्नपत्र त दिनु भयो तर त्यो पनि प्रस्नै प्रस्न गर्न मिल्ने, सर लाई नै.

    Reply
  23. मदनमणि says:
    March 17, 2013 at 4:02 pm

    नेपाली विषयको प्रश्न नेपालमा नै यस्तो भएपछि त जाँच लिनेलाई नै लाज लाग्न पर्ने हो।

    Reply
  24. Bishwaraj says:
    March 17, 2013 at 3:41 pm

    हेर्दै लाज मर्दो !
    प्रश्न बनाउने यस्ता भए पछि ..उत्तर दिने कस्ता होलान !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme