Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावका लागि तयारी

Posted on February 26, 2013February 26, 2013 by Salokya

-डा. डोलेश्वर भण्डारी-

राजनैतिक पार्टिहरुले चुनावका लागि करिव करिव तयारी शुरु गरि सकेका छन् । सवै जसो पार्टिहरुले वलवान, तेजी, सैंयौं मान्छेको वध गर्न पनि नडराउने, निडर, हुल दंगा मचाउन सक्ने, विपक्षी उम्मेद्वारले दरखास्त हाल्न अगाडि नै उनको सफाया गराउन सक्ने, मतदान केन्द्रहरुवाट मतपेटिका क्याप्चर गर्न सक्ने, टाटु ले सजिएका, याँ याँ परेका मुन्द्रे र कुण्डले र डनहरुलाइ स्वागत गर्न शुरु गरिसकेका छन् । यो कुराले पार्टिहरु चुनाव प्रति सिरियस छन् भन्ने कुरालाइ पनि देखाएको छ ।

अरुले सकेका ठाउँमा अरुले वुथ क्याप्चर गरे र हामीले सकेका ठाउँमा भने हामी इमान्दार भएर वुथ क्याप्चर नगरेका कारणले धेरै जिल्लामा हार भएको भन्ने पार्टिहरुको अघिल्लो चुनाववाट मिलेको शिक्षा हो । अघिल्ला चुनावमा एउटा दुइटा ठाउँमा मात्र वुथ क्याप्चर गर्न नसकेर हारेका नेताहरुलाइ पनि अघिल्लो चुनावले राम्रो सवक सिकाएको छ र अव त्यो गल्ति दोहोरिन नदिन उनीहरु पनि राम्रै गरि जुटेका देखिन्छन् ।

अघिल्लो चुनावमा आफ्ना कार्यकर्ताहरु संख्यात्मक रुपमा राम्रै गरि उपस्थित भए पनि चुनावको दिनमा उनले विरोधिहरुलाइ ठीक पार्न नसकेका, विपक्षिहरुले ५/७ ठाउँवाट भोट हाल्दा उनका कार्यकर्ताले खाली २/३ ठाउँमा मात्र मत हाल्न सकेका अनुभवले राम्रै पाठ सिकाएको छ । अवको चुनावमा पहिलेका जस्ता लुरे र पाइन नभएका कार्यकर्तामा भन्दा निडर डनहरुलाइ दिनु पर्ने कुरा उनीहरुले राम्ररी वुझी सकेका छन् । आफ्नो भोटको संरक्षण गर्न नसक्ने कार्यकर्ताको अवका चुनावमा खासै काम छैन र यो नेता तथा पार्टिहरुले राम्ररी वुझेका छन् ।
अवको सांसदको उम्मेद्वार हुनकालागि पार्टिले टिकट दिन पनि अव पहिलेका जस्ता आधार भन्दा अरु फरक आधारहरुको खोजी गर्नु पर्ने हुन्छ । अवको चुनाव जित्नका लागि हुलदंगा मचाउन सक्ने, हुल हुज्ज्त गरेर सराकारी ठेक्कापट्टा सजिलै पार्न सक्ने र पार्टिलाइ मनग्गे चन्दा वुझाउन सक्ने, वचे खुचेका नियम कानुनलाइ पनि परक परक वटारेर फाल्न सक्ने, ठोक केटाहो परेको म वेहुरुला भनेर आफ्ना कार्यकर्ताहरुलाइ ढाडस दिन सक्ने, व्यापारी र उद्योगपतिलाइ अपहरण गरेर जति पनि पैसा भनेको वेलामा निकाल्न सक्ने, टिकट नदिए पार्टिका नेतालाई डनहरुले घेराएर आफ्नो पक्षमा निर्णय गर्न सक्ने जस्ता गुँणहरु हुनु अत्यावस्यक छ । जस्तालाइ तस्तै नगरि कसरी हुन्छ । अरु पार्टिहरुको तयारी जस्तो छ त्यो भन्दा एक कदम अगाडि त वढ्नै पर्छ नी चुनावमा जित्ने पार्टिका लागि । अर्को कुरा दुइ तिहाइ वहुमत नल्याइकन आफुखुसी केहि नै गर्न नपाइने रहेछ भनेर पार्टिहरुले भित्रैवाट वुझेका छन् । अव त्यो दुइतिहाइ जनताको मतमा मात्र भर परेर आउनेवाला छैन । त्यसैले अव जसरी पनि चुनाव जित्नु पर्ने वाध्यता वनेको छ । नेताहरुले भन्ने गरेको “दुइतिहाइ वहुमत हामी जसरी पनि ल्याउँछौ” भन्ने कुरालाइ यसै गरि नै वुझ्नु जरुरी छ ।
एक्काइसौं सताव्धिका पार्टि–कार्यकर्ता पनि अव पुरातन सैलीका समाजवाद, साम्यवादका गिता गाउने भन्दा फरक हुनु जरुरी छ र फरक पनि भएका छन् । अवका पार्टि कार्यकर्ताहरु हाताहाती विकासमा भरपर्ने खालका छन् । पार्टिका काम सवै ठेक्कामा हुन्छन् । मानौं पार्टिलाइ एउटा जिल्ला वाट ५० लाख चन्दा उठाउने जिम्मा छ भने अवका कार्यकर्ताले पहिलेको जस्तो देउसी भैलो खेल्ने झण्झट गर्दैनन्, नत रसिद लिएर पैसा उठाउन पर्ने जरुरत पर्छ । उनीहरुलाइ थाहा छ पैसा को सित छ र कसरी माग गर्नु पर्छ भनेर । उनले औपचारिकताका लागि एउटा चिठ्ठी लेख्छन् पैशावालहरुलाइ आफु खुशी चन्दा दिनुहोला भनेर तर फोन वाटै भन्छन् वाँकी कुरा । भने जति पैसा नदिए के हुन्छ भनेर सम्झाउँछन् । अव ५० लाखका ठाउँमा एकै करोड उठाउँछन् र ५० लाख पार्टिलाइ दिन्छन् र वाँकि के गर्छन् उनीहरु नै जानुन् । यी खाले कार्यकर्ता भए पछि पार्टि चलाउन धेरै सजिलो हुन्छ र अनावस्यक धेरै मान्छेको समर्थन वटुलेर हिंड्ने झण्झट पनि भएन । कार्यकर्ताहरुको उन्नत गुणस्तरले गर्दा थोरैले पनि धेरैको भन्दा छिटो र छरीतो गरि काम गर्न सक्छन् ।
यी चुनावहरुवाट प्रहरी प्रशाषनले पनि राम्रै सिक्दै आएको छ । हुल दंगा भएको देखे पनि नदेखे जस्तै गर्ने, लिखित उजुरी परेको छैन भनेर पन्छिने, दुनियाँको आँखामा छारो हाल्नकालागि एक दुइ जना निर्दोष मान्छेलाइ नै भए पनि पक्डिएर हामीले केहि गर्दैछौं भनेर देखाउने । राजनैतिक पार्टिका खोल नओडेका अपराधि पाए त प्रहरिले पनि केहि त गर्थे होलान तर सवै अपराधिहरु शाक्तिशालि पार्टिका अव्वल कार्यकर्ता भए पछि तिनलाइ चलाउनु भनेको अरिङगालको गोलामा हात हाले जस्तै हो । उनीहरुले एकै छिनमा प्रहरि अधिकृतको कालीकोटमा सरुवा गराउन सक्छन् । अनि प्रहरि पनि जोगिनै पर्यो र अहिले प्रहरिले त्यही गरिरहेको छ ।
आम जनतामा पनि आफुले राम्ररी मत हाल्न पाइएला र आफ्ना मतको गणना भएर नेता चुनिन्छन् भन्ने छैन । चुनाव गराउने ठाउँ भनेको हुल दंगा हुने ठाउँ हो र त्यहाँ सिति मिति जानु हुँदैन र गइ हाले पनि सवैरै आफ्नो मत हालेर फर्किहाल्नु पर्छ भन्ने छ ।
अव ढिलो चाँडो चुनाव त होला नै । पहिलाका जमानामा चुनावमा लड्ने उम्मेदवार नपाइका कथाहरु सुन्दा हामीलाइ यी दन्त्य कथा जस्ता लाग्छन् । तर यहि कुरा फेरि हुन गै रहेको छ तर अलि अर्कै रुपमा । विगतका हरेक चुनावले हामीलाइ सिकाउँदै आएका छन् र त्यो सिकाइको निष्कर्ष भनेको अवका चुनावहरु सजिला वन्दै जानेछन् र अवका चुनावहरुमा प्रायः ठाउँमा उम्मेदवारको कमिले गर्दा निर्विरोध निर्वाचन हुने सभ्भावना वढेर गएको छ । यसका धेरै कारण छन् । पहिलो कुरा त दलवल र डन खालका कार्यकर्ता नहुने पार्टिले जनताका मतले मात्र चुनाव जित्न खोज्नु भनेको केटाकेटि पना हा र जोक पनि हो । दोश्रो, दलवल र डन नहुनेले चुनावमा दरखास्त हाल्नै सक्दैन र हाली हाले पनि पनि चुनावका दिनको विहान सम्म जिउँदो रहन गाह्रो छ । तेश्रो चुनावको परिणाम चुनाव हुनु भन्दा अगाडि नै थाहा हुने भए पछि उम्मेद्वारी दिइ रहनुको कुनै तुक हुँदैन । त्यसैले धेरै ठाउँमा एकजनाको भन्दा वढि उम्मेद्वारी पर्नेवाला छैन । चौथो कुरा यो तहको प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्दा भन्दा मिलेमतोवाट फाइदा हुन्छ । त्यसैले अवका चुनावहरु युध्द सरदारहरुको मिले मतोवाट हुनेछन् ।
(भन्न खोजेको कुरा के हो भने जुनसुकै पार्टिको खोल ओडेपनि अपराधिलाइ जेलहाल्नु पर्छ । अपराधिलाइ कुनै पनि हालतमा राजनैतिक संरक्षण दिइनु हुँदैन । जुन पार्टिहरुले अपराधिलाइ संरक्षण दिन्छन् तिनलाइ नङ्याउनु पर्छ । हुल दङ्गा गर्नेहरुलाइ चुनाव लड्नकालागि, सरकारी जागिरका लागि, नेपालको पासपोर्ट पाउनलाइ अयोग्य वनाउने नियम वनाउनु पर्छ । इमान्दार छवी भएका मान्छेहरु सवै पार्टिवाट वाहिर वस्ने र डनहरुले पार्टि चलाउने स्थितिले दिर्घकालमा कसैलाइ भलो गर्दैन । डन प्रवृत्तिलाइ पार्टिहरुले नरोक्ने हो भने हरेक चुनाव एक पछि अर्को गरेर झन झन ठुला रण संग्राममा परिणत हुन्छन् र चुनाव भनेको जोक मात्रै हुन्छ । राजैनिक पार्टिहरुले खालि एक चुनाव मात्र जित्ने हिसावले हेर्नु ठुलो भुल हुनेछ । अपराध गरेको सजाय मिल्ने हो भने अहिलेका कतिपय नेताहरु जेलमा हुन्थे र इमान्दार खाले नेताहरुले नेतृत्व पाउँथे । तर यो प्रवृत्तिलाइ नरोकिएको कारणले गर्दा नै राजनिति दिन दिनै अपराधिहरुको हातमा जाँदैछ । )

35 thoughts on “चुनावका लागि तयारी”

  1. Sonam Sherpa says:
    March 1, 2013 at 2:34 pm

    अब जनबाद होईन धन बाद र दान बाद एको छ यसको सुरुवात नेपालि कांग्रेस ली गरेका थिए जहा बुथ क्याप्चर गरेर त्यहि कुरो एमाले र एमाओबादिले पनि सिके यसर्थ डनबादिहरुलाई ठेगान लगाउनु पर्दछ
    होईन भने कांग्रेस एमाले र माओबादिले ड्न लाइ अघि सार्छन कुन्दीन यिनीहरुको ठेक्का कब्जा गरे झैँ राजनीति पनि कब्जा गर्ने छन् राजनीति दलका नेता बनौदहरु बेरोजगार हुनेछन .

    Reply
  2. T Dhakal says:
    February 28, 2013 at 11:38 pm

    भनेपछि, नया नेपाल कतातिर जादैछ भन्ने कुरा प्रष्ट भयो/ नेपाल र नेपाली प्रति माया/ममता भएकाहरु एकजुट भएर भ्रष्ट नेता र पार्टी विरुद्ध लाग्नुपर्ने बेला आयो है………………….

    Reply
  3. madan bajracharya says:
    February 28, 2013 at 11:10 pm

    संबिधान सभाको पहिलो चुनाउ हुँदा मतदाताहरु 1करोड ६९ लाख थियो/ तर सर्बोच्च अदालतको नागरिकता र मतदान सम्बन्धित फैसला पछि संबिधान सभाको पहिलो चुनावको लगभग ४ बर्ष पछि, निर्वाचन आयोगले नेपालको जन्मसिद्ध नागरिकता भयको नेपालीहरुको नाम संकलन गरेर तयार पारेको मतदाता लिस्टमा मात्र १ करोड १० लाखले मात्रै मतदाता लिस्टमा नाम लेखाउन सके बात बिगतको मतदाता लिस्टमा भयको भन्दा ६९ लाख कम हुन् गयको देखियो/ यो कुरामा मधेशबादी नेताहरुले बिरोध गर्दै आयकोछ/

    भारतको बिहारीहरूको अत्याधिक रुपमा बसाई सर्दै आयको तराईमै मात्र नेपालको नागरिकता र मतदाता लिस्ट सम्भंदित बिबाद चर्कंदै आयकोछ/ २०४८को संबिधान अनुशार नेपालको नागरिक बन्न र मतदान गर्न नपाउने आप्रवासी बिहारिहरुलाई २०४८को संविधानको खारेज गर्ने भारतको निर्देशन बोकेर नेपालमा सहमतिको शासन गर्ने नेताहरुले तराईमा ४२ लाख नागरिकता बाँडे/ तेस्मा ३० लाख बिहारी बयस्क पुरुष बा महिला आप्रवासीले समेत नेपालको जन्मसिद्ध नागरिकता पायो भनेर अरुले होईन मधेशबादी नेता उमेश यादवले समेत सकारेकोछ/

    ३०लाख बयस्क बिहारिहरुले नागरिकता पाय पछि तिनीहरुको ३०सै लाख लोग्ने बा स्वास्नी बिहारिहरुले पनि नागरिकता पायो/ यो हिसावले पनि संबिधान सभाको पहिलो चुनाव पछि नेपालको तराईमा अब ६० लाख बिहारिहरु आप्रवासीहरुले नेपालको नागरिकता पाईसकेको देखिन्छ/ अब ती ६० लाख नेपालको नागरिकता पायका बिहारिहरुको विदेश अर्थात भारतमा जन्मेका सन्तानहरुले पनि नेपालको नागरिकता पाउने कुरामा ई नेताहरुले सहमति गरिने सकेको छ/

    अब यक परिवारको २ सन्तानले नागरिकता पायको खण्डमा तराईमा नेपालको नागरिकता पाउने बिहारीको संख्यामा अर्को ६० लाख थपिने भयर मात्र नेपालको नागरिकता पाउने बिहारिहरुकै संख्या पनि तराईमा १ करोड २० लाख पुग्ने भयो!!! (भयो के भैनै सक्यो) / यस्तो अबस्थामा अब फेरी अर्को ६९ लाख नेपालको नागरिकता नभयको बिहारी आप्रवासीहरुलाई मात्र मतदाता लिस्टमा नाम भयको आधारमा फेरी पनि नागरिकता दिनु पर्ने अन्यथा भय मधेशबादी हरुले अब हुने संबिधान सभाको चुनाउ पनि हुन् नदिने भन्दै आयकोमा नेताहरु अब सहमति हुन् हुन् लागेको भन्दैछन/

    यदि ई नेताहरुले फेरी पनि संबिधान र प्रकृतिको नियम समेत तोडेर नेपालमा नजन्मेका ई ६९ लाख बयस्क बिहारिहरुलाई नेपालको जन्मसिद्ध नागरिकता दियामा ती ६९ लाख बिहारिहरुको अर्को ६९ लाख लोग्ने बा स्वास्नी र थप ६९ लाख उनीहरुको भारतमा जन्मेको सन्तानले समेत नेपालको नागरिकता पाउने त् हुन्छ नै (दिने सहमति गरि सकेको छ)/ जसको गणितकिय असरले तराईको जनसंख्यामा बिहारी आप्रवासीको चाप ६९क्ष३गुणा ३ अर्थात २ करोड ७ लाखले बढ्ने हुन्छ/ पहिलो संबिधान सभाको चुनाव गरौँ नेपालको जन्मसिद्ध नागरिक बनायको ३० लाख बिहारीहरुको ३० लाख लोग्ने बा स्वास्नी र उनीहरुको भारतमा जन्मेका ६० लाख (यक परिवारको २ सन्तानको हिसावले मात्रै!!) सन्तानहरुलाई नेपालको जन्मसिद्ध नागरिक बनाउने ई ब्रम्हा भन्दा बडा श्र्स्तिकर्ता नेताहरुले अब गरिने संबिधान सभामा अर्को २ करोड ७ लाख बिहारी आप्रवासीहरुलाई नेपालको जन्म सिद्ध नागरिक बनाउने देखियो/

    यो हिसावलाई जोड्ने हो भने नेपालको जन्मसिद्ध नागरिकता पायको नेपाललाई आफ्नो देस हो समेत नभन्ने नेपालीलाई तराई बात बिस्थापित गर्न चाहने बिहारीहरुको संख्या ३ करोड २७ लाख हुने भयो; जुन नेपालको कुल जनसंख्या भन्दा बढिने हुन्छ!!!!/ यस्ता को मत बात चुनिने नेता कस्तो हुन्छ र यस्ताकै मत बात बनिने संबिधान मात्रै होईन देसको सार्वभौम सट्टा पनि कस्तो हुन्छ भनेर अनुमान लगाउनु पनि भयावह नै छ/

    माथि लेखकले नेपालको चुनाउ गुण्डा बात प्रभावित हुने भनेर लेख्नु भयो/ गुण्डा बात प्रभावित चुनाउको नतिजा बात मात्र अयोग्य नेता चुनिन सक्छ तर बिहारिहरुको प्रभाव वाट चुनिने नेता र तिनीहरुको सहमतिमा बनिने संविधानले के हुन्छ यो अनुमान गर्न गाह्रो छैन/

    Reply
  4. simit gauchan says:
    February 28, 2013 at 11:16 am

    सहमति अनुसार यसो गरे भै हाल्छ नि !!
    १- राष्टपति – प्रचण्ड
    २- उप राष्ट्रपति- के पी ओली
    ३- प्रधान मन्त्रि – सुशील कोइराला
    ४ ए -उप प्रधान मन्त्रि – महन्थ ठाकुर + बिज्ञान
    बि – उपेन्द्र यादव +कृषि
    सी- अमिक शेरचन + स्वास्थ्य
    डी- कमल थापा +पर्यटन
    ई – नारायण मान बिजुक्षे +शान्ति
    ५- सभामुख – देव गुरुङ
    ६- उप सभामुख -बिध्या भण्डारी
    ७- गृह मन्त्रि – अर्जुन नर सिग्ह के सी
    ८-अर्थ- राम शरण महत
    ९-रक्षा – बाम देव गौतम
    १०- विदेश – कृष्ण महरा
    ११-संचार -देवेन्द्र पौडेल
    १२- जलश्रोत -भिम रावल
    १३- यातायात – नेत्र ब्रिक्रम
    १४- महिला – पम्फा भुसाल
    १५-शिक्षा -हृदयश त्रिपाठी
    १६- स्थानीय – दिपक बोहरा
    १७- सामान्य प्रशासन -राधा ज्ञवाली
    अनि साना पाच दल लाइ सहायक मन्त्रि –गृह , अर्थ , विदेश , रक्षा , जलश्रोत
    चित्त बुझे साथीहरु तालि बजाउ है !!!
    सिमित गौचन ___ सिड्नी

    Reply
  5. योगेश आदी says:
    February 28, 2013 at 7:14 am

    चुनाबको तयारी नेताहरुले डनहरूसंग साँठगांठ बढाएर गर्न थालिसकेको छ !!

    Reply
  6. sanu maya kc says:
    February 28, 2013 at 12:33 am

    राम राज्यमा भरतहरुको खडेरी

    Reply
  7. madan bajracharya says:
    February 27, 2013 at 9:43 pm

    दिल्ली सम्झौता पछि सिंहदरवार हलमा जवार्जस्तिका साथ् चलाउँदै आयको लोकतन्त्र नामको धराहिक तेली चलचित्र कलिउड बलिउद्ले बनायको होईन “दिल्लिउद”ले बनायकोहो/ यो धाराबाहिक तेली चलचित्रको पटकथा लेखक देखि निर्देशक सबै दिल्लिउद कै हुन् भने यो चलचित्रमा रुने हाँस्ने बोल्ने गर्जने धम्क्याउने बोलीहरु मात्रै होईन संकेतमा जनाउने सम्बादहरु समेत दिल्लिउद कै सम्बाद लेखकले लेखेको हो/

    दिल्लिउदको यो तेली चलचित्रको अधिकांस भागहरु नेपालमै शुटिंग गरेको भयता पनि मुख्य मुख्य भागहरु चाहि दिल्लीमै गरियको हो/ तर यो चलचित्र निर्माणको निमित लगानी भने नेपालीकै भयकोछ र यो लगानीमा रकम मात्रै होईन रगतको समेत लगानी गर्न लगायको छ/ यो तेली चलचित्रमा देखाईयको दृश्यहरुलाई प्रभाकारी गराउन बिस्फोट देखि बलात्कार सम्म पनि साँच्चैनै गरे गरायको छ/

    यस्तै तेली चलचित्र दिल्लिउदले श्री लंकामा पनि चलाउन खोजेको थियो तर श्री लंकामा त्यो तेली चलचित्र फ्लप भयो/ बंगलादेशमा पनि यस्तै तेली चलचित्रको शुटिंग मात्रै थालेको बेला बंगलादेसको सेन्सर बोर्डले बंगलादेसमा तेस्तो चलचित्रको शुटिंग समेत देखाउन नपाईने बनायो/ तर कास्मिर सिक्किम भुटानमा जोरजुलुम गरेर गोल्डेन जुब्ली मनाउन सकेको यो तेली चलचित्र अहिले दिल्लिउदले नेपालमा धाराबाहिक रुपमा चलाउन्दैछ/

    नेपालमा देखाउंदै आयको यो धाराबाहिक तेली चलचित्रमा जनयुद्धको हिरोहरुलाईनै हिरो बनायता पनि रोल भने “जिरो” को दियकोछ र यो तेली चलचित्रको भिलेनको अभिनय गर्ने मधेशबादीहरुलाई भने हिरोको रोल दियकोछ/ हिरोलाई जिरो बनायर भिलेंनले “जिरो बनेको मावोबादी हिरो” लाई बलिउडले बनायको “सोले” चलचित्रमा भिलेन गव्वर सिंगले हिरोईंन हेमामालिनीलाई नचायझैँ भिलेन मधेशबादीले नचाउने यो तेली चलचित्रको दृश्यले “जहिले पनि हिरो बलियो भयको जितेको देखाउने चलचित्रहरु बनाउने हलिउडको चलचित्र निर्माताहरु” समेतलाई अवाक्क बनायकोछ/

    दिल्लिउदले निर्माण गरेको यो धाराबाहिक तेली चलचित्रमा राजनीति पनि छ/ यहा चुनाउ हुने दृश्य पनि पटक पटक देखायकोछ र प्रत्यक चुनाउको दृश्यमा मतदान गर्न लाम कसेको मतदाताहरुमा “नेपालमै जन्मेको जन्मसिद्ध नागरिकहरुको लाईन भने जन्मजात बिहारिहरुको लाईन भन्दा छोटो हुँदै गयको” देखाईयकोछ/ यो तेली चलचित्रमा देखाईयको यस्तो दृश्यले “नेपालमा जन्मेर होईन भोट दियर नागरिकता पाउने दिल्लिउद्को प्रयोग” सफल हुँदै गयको देखायकोछ/ कहीं कतै कसैले पनि हेर्न देख्न त् के सुन्न पनि नचाहने नपाउने यस्तो प्रयोग माथि अलि बिबाद भयको दृश्य पनि यो तेली चलचित्रमा देखायको त् छ/ तर बिबाद र बहसको अन्तमा “नेपालमा जन्मनेको भन्दा बिहारमा जन्मेर नेपालमा भोट दिनेकै बढी अधिकार पाउनु पर्छ” भन्नेहरुनै जितेको देखाउंदै आयकोछ/

    अहिले यो तेली चलचित्रको पछिल्लो भागको मध्यान्तर अगाडी नगरी नहुने अर्को संबिधान सभाको चुनाउ हुन् नदिने धम्कि दियर संबिधान सभाको पहिलो चुनाउ मा ३० लाख बिहारिहरुलाई मतदान गर्न लगायर सिंहदरवारमा मधेशबादीहरु चौथो शक्ति बनेको र अब हुने संबिधान सभाको चुनाउको निमित निर्वाचन आयोगले नागरिकताको आधारमा तयार पारेको १ करोड १० लाखको मतदाता लिस्टमा अर्को ६९ लाख बिहरिहरुलाई पनि मतदाता लिस्टमा सामेल गराउन मधेसबादिलाई सफल पार्न दिल्लिउद्ले “यकातिर बाबुरामलाई सत्तामा टिकाउने अर्को तिर बाबुरामलाई सट्टा छोड्ने पर्ने दवाव दिन लगाउने” संसनिखेज ड्रामा कसरि गरे भनेर देखयकोछ/

    मधाय्न्तर पछाडिको दृश्यमा संबिधान अनुशार बनाउनै नसकिने प्रधान न्यायधिसलाई प्रधान मन्त्रि बनाउने प्रस्ताव राखेर कसरि नेपाली भाषा समेत बोल्न नचाहने मधेशबादीलाई प्रधान मन्त्रि बनाउने दिल्लिउदको योजना सफल भयो भनेर देखायकोछ/ अब अर्को भाग सायद संबिधान सभाको दोश्रो भाग पछिनै मात्रै दिल्लिउद्ले प्रसारण गर्छ होला/ त्यो भागमा जे देखाउनेछ त्यो पनि प्रायोजित नै त् हुने हो/

    Reply
  8. basanta malla says:
    February 27, 2013 at 8:10 pm

    नेपालमा पार्टीले गुण्डा पाल्छ र गुन्डाले पार्टी . ढुंगाको भर माटो माटोको भर ढुंगा चुनाब हारेपछि गुण्डा भित्रौना यमाले लागि परेको छ . गछ्चादर नामुद गुण्डाको नाइके माओबादी काग्रेस मदिसे सबै दल उस्तै सबै .. आब नेपालमा बाच्न नदिने भय हामीजस्ता कुनै पार्टीमा नलागेका लाई ………एनिहरुलाई भ्रस्ट प्रसासन अनि लुरे सरकारले नि केहि गर्न सक्दैन …दैबले हरोस

    Reply
  9. sukdev Badal says:
    February 27, 2013 at 7:49 pm

    डोलेश्वरजिको यो पल्टको लेखले चाँही मन खायो है. तपाईंले भन्नु भाको कुरा स्वोरैआना सत्य हो तर नेपालमा कहाँ नियम र कानुन नमिचिकन चुनाब जित्छ र ?ल हेर्नुस तुहिएर गएको एमालेको यूबासंघको चुनाब, एउटा गुन्डाले जित्यो . किन जित्यो त ?
    अब आउने चुनाबमा एमालेको केपी ओली लाई र माधव नेपाललाई चुनाब जितेर प्रधानमन्त्रि पड्काउने रहर लागेको होला. उल्टो पटीबाट लोप्पा गुवाए हुञ्छ बुडानेताहरुलाई. नेपालमा त जसका कपाल लामा , तिग्रा ठुला छन् त्यसैले चुनाबजित्ने परिपाटी छ. हेरम के हुञ्छ .

    Reply
  10. punya hawaii says:
    February 27, 2013 at 7:35 pm

    लेख सोरै आना सत्य छ ।पार्टिहरुको काम पहिले डन तयार अनि डनको माध्यमबाट धन तयार । त्यस पछि बहुमत ल्याउनको लागि डन र धनको बलमा चुनाबको तयार । यो त हाम्रा पार्टिहरुको चुनाबको लागि नियमित प्रकृया नै हो।

    Reply
  11. brijesh says:
    February 27, 2013 at 6:10 pm

    माओबादी मात्रै होइन अब त काँग्रेस र एमाले को पनि तेही चल छ. उनीहरु पनि लुटी नै रहेका छन्.

    Reply
  12. दिवा says:
    February 27, 2013 at 5:51 pm

    अब नेपाल मा हुने कुनै पनि चुनाब मा कसैको पनि बहुमत नआउने कुरा पक्का छ / जात जाति भात भाति भुरे टाकुरे सबैले आफ्नै पार्टी खोलेर बसेका छन् /यी नपुंसक दलहरुले २/४ जना गुण्डा आफ्नो पार्टी मा हुले भन्दैमा बहुमत ल्यौछन भन्नु साँडेको खस्ला र खाम्ला भन्नु बराबर हो / प्रधान न्यायधिशको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने सहमति दलहरुको असफलताको हदै सम्मको प्रमाण हो / जम्मा ३ दल लेत सहमतिमा सरकार बनाउन नसक्ने ले अब हुने चुनाब बाट आउने ५० दल संग मिलेर कसरि सरकार बनाउलान ? यस्तो कठिन परिस्थिति मा मुलुकलाई सहि नेतृत्व दिन असफल कांग्रेस, एमाले तथा प्रचन्ड माओबादी के हैसियत लियर जनता को आगाडी भोट माग्न जालान ??? पद नपाएर पार्टी टुक्राउने बैध्य घरमा श्रीमतीले पकाएको तरकारी पनि आज मलाई यो तरकारी अमान्य भन्ने खालको ले के देस तर लाउला ?अब युबा नेताहरुको भर परु भने पनि राम्रो कोइ छैन / नेपाली कांग्रेश को गगन ले अस्ति कैले हो पोखरा हो कि कता हो नेपाली कांग्रेश ले बाहेक देश लाइ सहि दिशा दिन कसैले सक्दैन भनेर बोल्न भ्याएछन / २०४६ पछि बहुमत सहित हरेक सरकारमा आफ्ना ससुराहरुको (अर्जुननर्सिङ्ग केसी गगनका साख्यै ससुरा हुन् } प्रभुत्तो थियो भन्ने कुरा बुझ पचाएर जनतालाई भेडा बनाएछन / देश लाइ टुंगो लगाउन या त बाबुराम लाइ १० वर्ष दिनु पर्छ या त सधै भरि अभाबै अभाब अनि असान्ती मै जिबन गुजार्न तयार हुनु सिबाय अरु केहि विकल्प छैन /

    Reply
  13. गगने says:
    February 27, 2013 at 5:45 pm

    “तेरो घरमा चोर पसोस र सब सर सामान सखाप पारेर लागुन! त चडेको बस दुर्घटना भयर तेरो हात खुट्टा भाचियर अपान्गो होस्! तेरो बाउ आमा रोगै रोगले छिटै परमधाम लागोस तेरो सन्तानले कहिल्यै शुख नपाओस र मरे पछि स्वोर्ग देख्न नपाइ नरक मा तातो तेलमा डुबोस! रात भरि खोकर कसैलाई सुत्न नदेओस र रगत छादेर मर्नु परोस! तलाई क्यान्सर होस् तेरो खलाकलाई टीबी लागोस, तेरो संतानैलाई एडस होस्, तेरो ससुराली तिर सबैलाई जन्डिस होस्! तेरो जे जति बचेको भयको सबै गुमोस हराओस, ब्यापार गरे घाटा लागोस, खानालागे पोखियोस, पिउनलागे बिस्टा परोस१ तेरो सत्यानास होस्”
    भनेर भन्ने र चाहना राख्ने तपाहिको सत्रु नाश होस् भन्ने नया बर्षको शुभ-कामना चाहन्छु!
    डा साबको लेख ठ्याक्कै यस्तै यस्तै क्या!
    हैन डा साप अलिकति सकारात्मक ढंगले यहि कुरालाई डाक्टरी गर्दा थेसिस लेख्या जसरि लेख्न र प्रस्तुति गर्न सकिन्न भन्या!
    गज्जब छ तपाहिको लेखन शैली! थेसिस कस्तो होला भनेर पो खुल्दुली लाग्या छ भन्या!

    Reply
  14. krishna phuket says:
    February 27, 2013 at 4:18 pm

    अब को चुनाबमा पनि कसै को बहुमत आउदैनअ अनि फेरी तेही पहोरी खेल ,नेपाल मा आर्मी सासन लगाएर आथिक क्रान्ति गर्नु पर्छ/ देश विकाश गर्न लाई /.

    Reply
  15. Ganeshji says:
    February 27, 2013 at 3:45 pm

    Totally Negative Thinking.

    Reply
  16. अनिल मिश्र says:
    February 27, 2013 at 2:47 pm

    जुनसुकै पार्टिको खोलमा भए पनि अपराधिलाइ जेल पठाउनुपर्छ । अपराधिलाइ कुनै पनि हालतमा राजनैतिक संरक्षण दिइनु हुँदैन । अपराधिलाइ संरक्षण दिने पार्टिहरुलाई नङ्याउनुपर्छ । हुलदङ्गा गर्नेहरुलाइ चुनाव लड्नका लागि, सरकारी जागिरका लागि, नेपालको पासपोर्ट पाउन समेत अयोग्य वनाउने नियम हुनुपर्छ । इमान्दार छवी भएका मान्छेहरु सवै पार्टिवाट वाहिर वस्ने र अपराधिहरुले पार्टि चलाउने स्थितिले दिर्घकालमा कसैको भलो गर्दैन ।यो प्रवृत्ति नरोकिने हो भने हरेक चुनाव ठुला रण संग्राममा परिणत हुन्छन् । राजैनिक पार्टिहरुले खालि एक चुनाव मात्र जित्ने हिसावले मात्र काम गर्नु ठुलो भुल हो । अपराध गरेको सजाय मिल्ने हो भने अहिलेका कतिपय नेताहरु जेलमा हुन्थे र इमान्दार खाले नेताहरुले नेतृत्व पाउँथे तर यो प्रवृत्ति नरोकिएको कारणले गर्दा नै आज राजनिति क्रमश: अपराधिहरुका हातमा जाँदैछ ।

    Reply
  17. ms.com says:
    February 27, 2013 at 9:19 am

    यदि दलहरु संग आँट छ भने सबै चुनाबी बुथहरु मा CC camera राखौ, कसले कसले बुथ कब्जा गर्यो जनता लाई देखाऊ / गाउँको हालको जान संख्या भन्दा बादी भोट लियर जित्ने ले अनि थाहा पाउँछ

    Reply
  18. SURENDRA SUBEDI hongkong says:
    February 27, 2013 at 8:38 am

    यो यथार्थ हामी माझ छिपेको होइन यो हामी अभागी नेपाली हरु को नियती नै बनेको छ/कुरो के मा अड्केको छ भने हाम्रो देश मा बिकाश को गति कछुवा को ताल मा भएको ले गरिबी बढेको सबै लाई प्रस्ट भएको कुरो हो र यही गरिबी को कारण नेपाली हरु केहि हुन्छ कि भन्ने आश ले नालायक पार्टी हरु को पिछलग्गु बन्नु बद्यता पनि हो /गुन्डा राज हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ नेपाली राजनीति मा किन कि यो भारत बाट भन्सार न तिरी नेपाल भित्रियको सस्कार हो /नेता नै डन भएको मुलुक मा कार्यकर्ता चेला हुनु मा के अप्पति?

    Reply
  19. sushi says:
    February 27, 2013 at 8:25 am

    यो लेख हेर्दा त अहिले सम्म हेरी आएका हिन्दि सिनेमा हरुमा देखिएको स्थानीय चुनाब जस्तो हुने छाटकाट पो देखिन्छ यहि तालले त लोकतन्त्र त सोक मा परि मृत्यु भई त्यहाँ फेरी भद्रगोल तन्त्र ले फेरी बस पाउने भयो / अनि सदा का लागि यी दलहरु निर्मुल हुने सम्भावना ठुलो छ / अनि त न दल रहे न प्रजातन्त्र/ यो चै ठुलो दुर्भाग्य /

    Reply
  20. nimesh, bkk says:
    February 27, 2013 at 7:33 am

    डन पाल्तुवा पार्टी, धाँधली आदि अनैतिक काम गर्ने गराउने पार्टी अयोग्य ठहर्याउनु पर्छ साथै त्यस्ता पार्टी नै खारेज गर्ने कानून हुनु जरुरि छ . डन प्रवृतिका नेताहरु, दुई जिब्रे नेताहरुलाई सरकारले कारवाही गर्नु पर्छ . राष्ट्र विरोधी काम कारवाही गर्नेलाई आजीवन कारावासको सजाँय हुनु जरुरि छ .

    Reply
  21. samrat~ says:
    February 27, 2013 at 6:03 am

    आज को खबर नेपाल निउज मा खबर पढ्दा यो लेख मा लेखिएको कुरा १००% सहि हो. महेस बस्नेत ज्यान मुद्दा मा मुछिएको मान्छे फेरी YAN को अध्क्च्ये मा बिजयी भब भएको छ चुनाब को अगाडी. यो घोडा को सारथी हरु त सबै लाइ थाहा नै होला अब. ये मा ले को के पी ओली र माकुने. जनता लाइ थाहा हुदा हुदा लाज पचाएर बिहारी सैली को नेता गिरि गर्ने हरु लाइ नेपालि जनता ले नै फेरी नेता बनाउने यिनी हरु बिचरा को के दोस. उल्लु त नेपालि जनता नै हो नि.

    Reply
  22. Suman bhote says:
    February 27, 2013 at 5:44 am

    चुनाब हुननदिन प्रचण्डले राम्रो गोटी फलेको ६…..
    अहिले गगन थापा, माधव नेपाल, बैध्य हरु जानीनजानी गोटी बनिरहेका छन्….
    प्रधान न्यायेधिस त हुनेनै भए अब प्रधानमन्त्री…….
    कसैको तागत छैन एस्लाई रोक्न….
    यो आकसबानी हो……
    बैध्य को गर्जन त एसले सान्त पर्यो भने सानातिना जिनामसिने त यसै चुप्लाग्चन….
    जति बिबाद भए प्रचण्ड लाई नै फाइदा…. यो प्रधान नयाधिश को कुरा टरे झन् राम्रो प्रचण्ड लाई…..
    चुनाब भए…. कांग्रस लाई फाइदा छ….

    Reply
  23. raj says:
    February 27, 2013 at 4:46 am

    मेरो देश नेपालको प्रजातन्त्र कहिले एस्तो होला ? आउने पचास वर्ष मा पनि येदि एस्तो भैदिय देश मा भएका येति क्रान्ति हरु सार्थक हुन्थे जस्तो लाग्छ है मलाई | तर दुर्भाग्यबस तेस तर्फ हामीले अहिले सम्म पहिलो कदम चलेका छम जस्तो लाग्दैन, पुग्ने त कहिले हो कहिले |

    Reply
  24. narayan gautam says:
    February 27, 2013 at 2:18 am

    अत्येंतई मार्मिक लेख .

    Reply
  25. raj kunwar LONDON says:
    February 27, 2013 at 1:57 am

    Y C L भयपछी डन, धन , ंऊण्ड्ळे ,कुण्डले . मुन्द्रे सबै नै तेही हुनछ , किन अरु हुन परो, पत्र मा आफुले सक्ने सहयोग गर्नुहोला भने हुन्छ , अनि फोन मा रु ,,,,,,,,,,,,,,,,,,,,,, न दिय मा पत्रकार डेकेन्द्र थापा जस्तै बनाउछौ भने भै हाल्छ , अनि प्रचण्ड ले भासण गरिदिय भयो महान क्रान्तिकारी योद्धा हरु सलाम ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    Reply
    1. bibek dhakal says:
      February 28, 2013 at 7:36 am

      YCL एउटा कुनै एउटा पार्टी विशेष संगठन नभएर एउटा “परिपाटी ” भैसक्यो जसलाई हरेक पार्टी ले फलो गरिरहेका छन् . यसको ज्वलन्त उदाहरणको रुपमा अस्तिको बुटवल को चुनावमा महेश बस्नेत को विजयलाइ लिन सकिन्छ . अब दलहरु मा बिचार bhandaa पनि शक्ति आवश्यक पर्दछ चुनाब जित्ने भन्ने भैइसकेकोछ् . डोलेस्वर जी ले भन्या जस्तो अब चुनाब फगत एउटा ठेक्का जस्तो हुने सम्भावना छ्। जो ठेकेदार को गुण्डा हरु बढी शक्तिशाली छ्न उसैले “Tendr” पार्ने !
      मलाई यहाँ मैले एउटा सुनेको प्रसंग उल्लेख गर्न मन लाग्यो जस्मा कती को वस्तविक्ता छ् थाहा छैन। तरुन दस्ता राख्ने नराख्ने बिषयमा कङ्रेस्मा ठुलो विवाद भएको थियो रे – शेर बहादुर देउबा , राम्चन्द्र लगायत नेताहरु राख्ने पक्ष मा थिए रे। त्यस्बेला गगन थापाले ” ल ठीक छ राख्ने हो भने सब भन्दा पहिले तपाईंको छोरालाई सदस्य बनाउनु पर्छ! हुन्छ? ” भने रे। अनी राम्चन्द्र र देउबा दुबइ चुप लागे रे ।
      यो प्रसँग जोद्नु को मत्लब के भन्दा यो पार्टीका भत्रि संगठनहरु भनेको नेताहरुले जती सुकै खोके पनि बिचार ले चल्ने संगठन हैनन – हुदो हो त आफुले तेत्रो त्याग गरेर जेल नेल गरेर स्थापना गरेको एउटा बैचारिक संगठनमा आफ्नो छोरा छोरी पनि लागुन भन्ने ति नेताहरुको पनि चाहन हुँदो हो। तर ठीक उल्टो नेताहरुले आफ्नो छोरा छोरीलाई सकेसम्मा यि चिज बाट टाढा राक्छ्न ! किन, किनकी उनिहरुले भने अनुसारको “सुधार गृहमा” राखेर आफ्नो छोरा छोरी बिगारन उनिहरु चाहन्नन, जसरी सार जनताको छोरा छोरी बिगारइरहेका छन !!!!

      Reply
  26. Prakash PM says:
    February 27, 2013 at 12:26 am

    मेरो बिचारमा अब आउने चुनाव नेताहरुको नभई जनताहरुको हुनेछ जस्तो लाग्छ. किन भने यो जमानामा आएर पनि नेपाली जनताहरुले राम्रो मान्छेलाई चून्न सकेन भने र आफ्नो विवेक र बुद्धि पुर्याउन सकेन भने हामि जनताहरु कै दोष हुनेछ |

    Reply
  27. शरद-क्षितिज पारीबाट says:
    February 27, 2013 at 12:20 am

    डा. साहेब हजुरको लेख सहि छ अहिले ९५% राजनीति गर्ने मान्छेमा यहि नियत, यहि चरित्र अनि उद्देश्य प्रमाणित भैसकेको छ तर मलाइ के लाग्छ भने बिगतको संविधान सभाको चुनाव सम्म जति आम नेपाली हामि कतै झुकाव राख्ने थियौं एउटा मिठो परिवर्तनको आशमा अहिले ति सबै तटस्थको अवस्थामा छौं ! अहिले त राजनीतिमा ९५% केहि ठोस उपलब्धिको (व्यक्तिगत ) लागि पछि लाग्नेहरु मात्र छन् ! वास्तवमा म जस्ता थुप्रै आम नेपालीले मैले जस्तै नबुझेको वा ढिलो बुझेको पनि हुन् सक्नुहुन्छ कि यो चुनाव कति बहु प्रतिभाशाली हुँदो रहेछ, यसले त नेपालको संविधान मात्र लेख्ने होइन नेपालमा राजनीति गर्ने केहि छिमेकीका मतियारहरु मार्फत बिदेशीको पनि ठुलै भलो गर्दो रहेछ ! यसरी पटक-पटक चुनाव घोषणा गर्दा, गर्नेको केहि नजाने बरु सत्तामा पुग्ने अवसर पाए वा चुनाव हारे नै पनि सभासद भए थुप्रै लाइन खोलिने शक्ति-सम्पत्ति, सिद्दि सबै बिना मेहनत आर्जन हुने ! प्रचण्ड, सुशील, रामचन्द्र,माकुने,देउवा,झल्ले, जस्तालाई पप्लुको गेम विथ ड्र गरे जति पनि नहुने उता उपराष्ट्रपति,महन्थ ठाकुर, हृदेश त्रिपाठी, कृष्ण प्रसाद सिटौला, केपी ओली, बाबुराम, हरामचन्द्र, भ्रष्ट्र शिरोमणि विजय गद्दार, जस्तालाई भारतको केहि बिशेष धन्यवाद (उपहार, नगद, जिन्सी, सन्तानको उच्च शिक्षाको महंगा स्कुलको छात्रबृदी आदि जे पनि ) पनि प्राप्त हुने यो गजबको मिलाएर डिजाइन गरिएको खेल रहेछ ! सबैलाई थाहै छ २०६२-६३ पछि हाम्रा नेताहरुले दरवारको शक्ति लगेर दिल्ली लाइ बुझाए र आज भारत हामीमाथि यति हावी भयो कि अब त स्वाभिमानी नेपाली भन्दा पनि कसैले सुनेर हांस्ला भनेर सोच्नु पर्छ ! भारतले कुनै पनि हालतमा नेपालीको राजनीतिक स्थिरता चाहन्न, भारत नेपालमा राजदुत र आफ्ना बिशेष दलाल मार्फत सिक्किमीकरण गर्न भारतको एउटा स्टेटको बार्षिक बजेट खर्च गर्न तयार हुन्छ , नेपालमा जति अराजकता फैलाउन सकिन्छ, जति भारतीयलाई नेपालमा स्थापित गर्न सकिन्छ (उद्योगी-ब्यापारी,वित्तीय संस्था,प्राध्यापक आदिको रुपमा पनि ) त्यति नै उसलाई चलखेल गर्न सजिलो हुन्छ ! यसरी पटक-पटक चुनाव गर्दा केहि आफ्ना भत्ता खाने राष्ट्रघाती यी नेताहरु मार्फत नागरिकताको बिषयलाई निकालेर बार्गेनिङ्ग गर्न यो अत्यन्तै अनुकुल तरिका हुँदो रहेछ जसबाट हतार-हतारमा लाखौं भारतीयलाई हाललाई अंगिकृत नागरिकता दिलाउन सकिँदो रहेछ र पछि लौ उनीहरुबाट जन्मेकोले त बम्सजको नागरिकता पाउनु पर्छ भनेर पुन अर्को मौकामा फेरी चौका हानिदो रहेछ जुन यतिबेला चल्दै छ ! भारतलाई यी गद्दार नेताले बुझाएको शक्ति फिर्ता लिएर नुन,मट्टीतेल,चिनीको खाँचो सहेर भए पनि भारतलाई एउटा नराम्रो राजनीतिक-कुटनीतिक झापड नहाने सम्म यी चुनावहरु भै रहन्छन जो हुनुको कुनै अर्थ छैन ! अहिलेको अवस्था हेर्दा राजालाई फाल्ने आन्दोलनमा हिंडेको दिन सम्झेर खिन्न लाग्छ ! आखिर चुनाव भए पनि हार्नेहरुको लागि नियम-कानूनमा संसोधन गरेर भए पनि उनीहरु सत्तामा जाने बाटो खोल्छन नै बिगतमा जस्तै ! त्यसैले यो चुनाव भनेको केवल भारतीयहरुलाई नागरिकता दिलाएर देशलाई फिजीकरण गर्न भारतले भित्रि रुपमा बिभिन्न तरिकाले ठुलो धनराशी खर्चेर हाम्रा मानसिक बेश्या नेतालाई बलात्कार गरेर त्यो अवैध सन्तानको हामीलाई सुसारे बनाउने खेल मात्र हो ! र यो भारतले हाल गरेको डिजाइन पनि होइन यो त सायद माओवादी जंगल पस्दै भारतले डिजाइन गरको ५० बर्षे योजना हो ! हेर्दै जाउँ यी शृंखलाहरु कसरी उजागर हुँदै जान्छन र हामीले छर्लंग देख्न बुझ्न सक्ने छौं तर दुर्भाग्य त्यो सबैले बुझ्ने बेला आउँदा सम्म हामि यति निरिह भैसकेका हुनेछौं कि एकै स्वरमा भनिने छ ‘ आ बैल मुझे मार………

    Reply
  28. Hemanta says:
    February 27, 2013 at 12:12 am

    अब फेरि नेता र गुन्डा हरु को पैसा उठाउने काम सुरु हुने भो अनि देको रकम बेपारी हरु ले जनता को टाउको मा थोपर्ने भए हामी झन् गरिब अनि नेता र गुन्डा झन् धनि हुने भए……नया नेपाल

    Reply
  29. Pankaj says:
    February 26, 2013 at 10:57 pm

    अन्तिम मा हात्ती आयो हात्ती फुस्सा भने जस्तै हुन्छ / एक त चुनाब हुन सक्ने स्थिति छैन अनि यता मधेसबादी ले नागरिकताको रडाको निकालेर चुनाब मा सहभागी नहुने सम्भावना छ र यदि सरकार उनीहरुको मुद्धामा सहमति भए पनि २, ३ महिना मा १० लाख नागरिकता वितरण गर्न हाम्रो देशको प्रसासन सछम छैन /

    Reply
  30. कमल थापा(साउदी अरब) says:
    February 26, 2013 at 10:42 pm

    कहाली लाग्दो, अति नै अमिलो-पिरो तर हालको राजनीतिक बजार अनुसारको लेख यही नै हो/ बजारमा जे चलेको छ, वास्तवमा यही नै हो/ जे भए पनि नेताले आफ्नो बजारमा जनताको मत र आवस्यकतालाइ सम्मान गर्नुपर्छ/ गर्नेछन्, आसा गरौँ/

    Reply
  31. Narayan Kunwar says:
    February 26, 2013 at 10:38 pm

    I solute for your Article good on you

    Reply
  32. डिल्लीरमण न्यौपाने says:
    February 26, 2013 at 10:28 pm

    कुरो समसामयिक छ, चित्त बुझ्यो / सरकार (ब्युरोक्रेशी) लुते छ (वा लुते बनाइएको छ), पार्टीहरुमा जनताको आवाज सुन्ने प्रक्रिया छैन (सुन्ने कानमा उनीहरु आफैले ठेडी कोचेका छन) / हामी जनता एक भएर केहि नगरे पार्टीहरुको यो गुण्डातन्त्र चलिरहन्छ / गुण्डागिरीलाइ कम गर्दै लैजान हामीजस्ता कुनै पार्टीको झन्डा नबोक्ने सर्बसाधारणले के गर्न सकिएला छलफल सुरु गरौ / डा’क्साप संग भा’का आइडियाहरु बाड्नुस न लौ ……. अरु साथीहरुले पनि कुरो कोट्याउनुस /

    मेरो एउटा विचार के छ भने हरेक गाउ वा गाबिस तहमा निस्पक्ष्य भोटरहरुको एउटा समूह बनाउने र त्यो समुहले निस्पक्ष्य तरिकाले हरेक उम्मेदवारको पृष्ठभूमि बारे जानकारी जम्मा गरि हरेक उम्मेदवारको राम्रो र नराम्रो पक्ष्य खोतलेर सबैलाइ जानकारी गराउने / यो समूहलाइ दरो बनाउन सकेको खण्डमा उम्मेदवारहरु भोट माग्न गाउ पस्नुभन्दा अघिनै समुहले सबै उम्मेदवारलाइ एकैचोटी एउटा निश्चित स्थान र समयमा बोलाएर तिनका गुणको बखान अनि बदमासीको बदख्वाई गरि जनतालाई निडर भै (सुरक्षित बाताबरणमा) आमनेसामने अन्तरक्रिया गर्न दिन सकियो भने केहि मात्रामा सुधार हुन्थ्यो कि ? यस्तो सभ्य (यो बाहेक अरु असभ्य भन्नखोजेको होइन नि फेरि !) अन्तरक्रियाको सुरुवातले प्रजातान्त्रिक अभ्यासलाइ मात्रै सहयोग गर्दैन, गाउमा बिकाशका योजना बनाउन र तिनको कार्यान्वयन गर्न पनि सघाउ पुरयाउदछ /

    Reply
  33. kishor lama says:
    February 26, 2013 at 9:26 pm

    एकदम सहि लेख लेख्नु भो , धन्यवाद !

    Reply
    1. deepak says:
      February 27, 2013 at 7:08 am

      सहि कुरालाई सहि भन्नु भयो / अब यस्तो नेता र डनहरुलाई कसरि तह लगाउने अब यस बारेमा सामाजिक संजाल बाट सोजासाजा नागरिकले बृहत छलफल गर्न जरुरि छ/ कुनै न कुनै उपाय त होला नि/ सबै जनाले यस्तो कुसंस्कारको कसरि अन्त गर्न सकिन्छ आ आफ्नो विचार पनि राख्दा एक दिन त यस्तो प्रबिर्ती
      को रोकथाम पनि होला कि /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme