-कुसुम-
प्रिय लोलिता,
तिम्रा सुन्दर मन, विचार र नामहरुलाई एक मुस्ठ सलाम !! तिमी हरु हुनु र हामी हरु हुनुको भिन्नता केलाउदै छु म. सुन्छु, अखबारमा पडछु अनि हामीहरुको अन्तर को जोड -घटाऊ गर्छु आकाश जमिनको भिन्नताले निख्रो र खोक्रो बन्छु. आज सायद तिमीले नभोगेका या नदेखेका सामान्य तर मेरा लागि भयानक तितो अथार्थ भन्नेछु. आज तिमीहरु नारी दिबस को ब्यानर बोकेर चर्का-चर्का नारा लगाउदै समानता र अधिकार प्राप्त गरेको खुसियाली मनाउदै छौ होला. प्रत्येक दिन नारी दिवस हुनुको मज्जा कस्तो होला ? म कल्पना सम्म गर्न सक्दिन. हाम्रो यहाँ नि झन्डा र केही हुल ले सडक र गल्लीहरु थर्कमान हुदै छन् तर मात्र आज को लागि मात्र ……
प्यारी लोलिता, नारी हुनुको पिडा बोध र अपमान को ज्वालामुखी हामीहरुमा कति खुम्चिएर बसे होलान? हामीहरुले भोग्ने मानसिक पीडाको ओखाती कहाँ छ होला ? तिमीलाई थाह छ हामीहरु ले यो धर्तीमा जन्मनुको लागि मात्र कति संघर्ष गर्नु पर्छ? आमाको गर्भ मा राम्रो संग मानब आकृति नबन्दै गर्भपात हुन्छौ हामी, कथम्कदाचित जन्मे मात्र पनि त छोरि होस् तैले यो गर्नु यो नगर्नु भनेर अबोध हुदा नै लामो फेहरिस्त तयार हुन्छ. मेरा दाई- भाई गए जस्तो सजिलो स्कुल जानु पनि कहाँ मिल्छ र ? कैदी जस्तो नियम बोकेर स्कुल जानु पर्छ. बालापन मा पुतली संगै उड्ने, रंग हरु संग खेल्ने, बगिचा मा गीत गाउन मनाही हुन्छ. हामीले झुक्केर हासेमा या चर्को बोलेमा यो घर समाजले कि उत्ताउली कि संज्ञा दिन्छ या नाखर्मौली को बिल्ला बोक्नु पर्छ. अरु कुरा सुन्छौ लोलिता? ए साची तिम्रो देश -सहर मा कत्तिको जिस्क्याउछन् ?? हाम्रो यहाँ, मेलापात्त जादा होस् या किनमेल गर्न, बाटोमा हिड्न सम्म मुस्किल हुन्छ. जिब्रो पडकाउदै ,सुसेली हाल्दै, चर्को आवाजमा नाम बोलाउदै या नाना थरिका उपमा दिदै हामीहरुलाई मानसिक यातना दिइन्छ. यी सडक हरुमा ,गल्लि र चोक हरुमा, पानीपधेरा या मेलापात मा यस्ता ब्वासा हरुको लामो जत्छा खडा हुन्छ त्यो नि प्रतेक दिन ….तेती बेला अपमानको पिडा बोध म भन्नसकदिन.
सायद तिम्रो सहरमा भएको भए सेक्सुवेल हर्यस्मेंट या एबउज को मुद्दा पर्थ्यो होला ति ब्वासाहरुको बिरुद्दमा …मलाई त फिल्म हल, कलेज बसको यात्रा, पर्ब या जात्राहरुमा यति डर लाग्छ म बर्णन गर्न सक्दिन जता हेर्यो तेतै भोका राक्ष्सहरुको भिड देख्छु. अनुमति बिना नै चिमोट्ने, आखा झम्कौने, ठाउँ -कुठाउँ मा छुने, कति राम्री भा कि ? हेर लजाकी? अब बिहे गर्ने बेला भई? भन्ने जस्ता सम्बादले मेरा कानहरु पाकी सकेका छन्. मेरा रिसको पाराले १८० डिग्री पार गरेर भन्न मन लाग्छ हो -हो म ठुली भए, राम्री भए मेरो के दोष ?? चाहिदैन मलाई गिद्दे नजर का कमेन्ट हरु..नहेर फुट्न नसकेका आखा हरुले..नछोऊ भाचिएका हातहरुले….हेरत लोलिता कति छन् नालायक हरु …हाम्रा दुर्भाग्यहरुको ठेली मा बलात्कार को अर्को रुप छ. आफ्नै मामा, काका, दाई- भाई, साथी मात्र होइन बाऊ बाट सम्म बलात्कार हुने रिता,गीता,सुन्तली ,बाटुली हरुको नेम लिस्ट लामै छ …यो घटनामा हाम्रो दोष केहि हुदैन तर दोषी हामीहरु लाई बनाऊछन..ति अपराधीहरु निस्कलंक भएर घुम्छन गाउ सहर भरि …यति बेला को पिडा बोध हामीहरुले कसरी ग्रहण गरेउ होला कल्पना भन्दा परको कुरा…अज अर्को कुरा बिहेमा दाइजो को मोल मलाई मा हामी हरुलाई बेचिन्छ भने सम्म सम्पति नमिले कि डढेर, या झुण्डयाएर कि बिष मिसाएर हामीहरुलाई मरिन्छ अनि आत्महत्या को बिल्ला झुन्ड्याएइन्छ. तिमी सोच्दै हौली ओहो !! अब के हुन्छ भनेर तेस पछि केश सामसुम पारेर हाम्रा पति भनौदा हरु अर्को बिहेको लागि निस्कनछन. यहाँ कानुन छैन लोलिता जिउदै मरेका लाश हरुको थुप्रो छ, सडेर कुहेको समाजको रास छ हामी मरेका हरुले के नियम बनाऊछौ र ?? बरु यहि समाजले धारे हात हामीहरु लाई नै लाऊने छ अनि भन्ने छ, गइ मरेर उत्ताउली, बेस्या, छोरा पाउन नसक्नि बाजी…हाम्रो हर्के,बले, रामे आदिहरु ले गर्नेछन अर्को बिहे …न हामीहरु जिउदो हुदा जस पाऊछौ न मर्दा हेर हाम्रो जन्म -मरण ??? लोलिता ,सोच्दै हौली नमरेका हरुको के हाल छ भनेर हामी जन्मदै आधि आत्मा र मन मरेर जन्मेका हरुको कस्तो होला जिबन ?? तिम्रो कल्पना भन्दा टाढाको कुरा हो, हाम्रा अर्ध मुर्छित चेतनाले जनाम भर पति या पुरुष हरुको सेवामा जुट्नु पर्छ. घरका पुरुष हरुले के खाए? के लाए ? कति बेला गोडा मोल्ने या बिस्तारा बन्ने तेही हो जिन्दगि र इ जिन्दगीहरु हाम्रा रोजाई र खुसि का होइनन.. उहा हरुको खुसि हो ..मेरो त चुइक्क आवाज हरु हुन्नन्..कथाम कदाचित हाम्रा पोइ हरुले कुरा सुने भने यो समाजका बस्तीहरु मा या जोइतिङ्ग्रे या नामर्दको उपमा पाउछ अनि उ यी उपमा हरुको राग मा जलेर खरानी बन्छ अनि भन को चाहन्छ नामर्द बन्न?? उ पनि यहि समाज को पात्र हो लड्न सकदैन आफु बिरुद्ध मा…
लोलिता, पत्र लामो भयो तै पनि तिमीलाई नारी दिवस को शुभकामना !! हाम्रा लागि यी दिवस हरु एकदेस का कथा हरु हुन्. गाली, पिटाई, नाना थरिका लान्छना हाम्रा नियतिहरु हुन्. तै पनि सलाम छ ति नारीहरुलाई जो पिल्सिएको जीवन बिरुद्द उठेर आए अनि आफ्नो जिबन लाई आफ्नै ढंगमा बाचिरहेका छन, सम्मान छ ति दिदि बहिनि हरुलाई जो बेचिएर,हेपिएर बलात्कार को सिखार भएर पनि आत्मा सम्मान का साथ् बचिरहे का छन्. धन्यवाद छ ति छहारी रुपी हातहरुलाई जसले आमा, दिदि बहिनि , छोरि -बुहारी अनि श्रीमती का लागि समाजको बेवास्था गर्दै सक्ति र सम्मान दिने ”पुरुषहरुलाई ” … लोलिता यति धेरै थाकेको मन र तर्सेको दिमागले कसरी नारी दिवस मनाउना सकछउर हामी ???? हामीलाई अधिकार र सम्मान को जहिले प्रत्याभुती हुने छ अनि बल्ल अर्को पत्र लेखौला…धन्यबाद
उही तिमीलाई माया गर्ने ‘ ‘नेपाली चेलीहरु” ..
निक्कै मार्मिक र यथार्तपरक पत्र !!!
पुरुष पिडित् महिलाहरुको समस्यालाई छोटो पत्रमा उजगार गर्न सफल हुनु भएकोमा लेखकलाई धन्यवाद! भूगोलको हरेक कुनामा कुनै न कुनै रुपमा महिलाहरु पुरुषबाट पिडित भएको कुरा सबैलाई अवगत नै होला! म पनि एउटा पुरुष हुँ तर यथार्त लाइ अस्विकार गरि महिलाहरुको पिडामा खुर्सानीको धुलो छर्कन चाहान्न!
आगामी दिनहरुमा सासुबाट बुहारीले पाउने पीडाको बारेमा पनि लेख्ने प्रयास गर्नु होला!
बकबास …. आफु आगाडी आउने हिम्मत नगर्ने अनि लोग्ने मान्छे हरु लाइ मात्र दोष लगाउने….
आह कति राम्रो ! बर्णन गरि सधै छैन |