भर्खरै माओवादी जनयुद्ध सुरु भएको थियो। हाम्रा गाउँबाट पनि केही थान मानिसहरु पूर्णकालीन माओवादी बनेर जनयुद्ध लडन हिँडेका थिए। एकाएक हाम्रा बा जनयुद्धकालीन सरकारका दुश्मन करार गरिए। बालाई धेरै धम्की, चुनौति आए। रामप्रसाद शर्मा जिल्लाका सिडिओ र गीता उप्रेती डिएसपी थिइन्।आइजीमा अच्युतकृष्ण खरेल थिए। राती हाम्रा बालाई मार्ने योजनामा जनयुद्धका कामरेडहरु बेसीको घरमा आउन लागेछन्।… Continue reading
Author: सूर्य खड्का
जाऊ ज्ञानेन्द्र बचाऊ पारसलाई
जाऊ ज्ञानेन्द्र बचाऊ पारसलाई। पारस आफै फसेका भए पनि उनलाई फसाईएको जे भए पनि उनी तिम्रै पुत्र हुन। घर सल्लाह गर कोमलसंग। कोमलले ९ महिना आफनो गर्भमा हुर्काएकी पारसको यो हालत उनलाई कति धेरै दुखेको होला? सोध कोमललाई एक पटक। आमा त आमा नै हुन्छिन नी सन्तान जस्तै गोव्वर भए पनि। हिमानीलाई पनि सोध के… Continue reading
बिन लादेनको वंश होइन प्रचण्ड, दिए हुन्छ संयन्त्रको नेतृत्व
१० वर्षे जनयुद्धको आलोकमा प्रचण्डलाई हत्यारा भन्दिए हुन्छ। ९ महिने सत्ताको अनुभवमा उनलाई नालायक शासक भन्दिए फरक पर्दैन। गत पहिलो संविधान सभाको बेतुकको मुत्युमा उनलाई आफनै बच्चाको हत्या गर्ने खलनायक मान्दिए हुन्छ। शान्ति सम्झौताको पृष्ठभूमिमा उनलाई गौतम बुद्धकै एक अवतार मान्दिए हुन्छ। नन्दप्रसाद अधिकारीहरुको मृत्युमा उनलाई हेग लगेर झुण्डाउने ऐलान गरे हुन्छ। देशको भद्रगोल राजनीतिको… Continue reading
दरबार हत्याकान्डको समाचार कसरी आयो र कसरी छापियो ‘स्पेसटाइम’मा ?
नारायणहिटी राजदरबारभित्र जेठ १९ गते शुक्रबार राति हत्याकान्ड भएको थियो। तर भोलिपल्ट दुई वटा ब्रोडसिट दैनिकमा मात्र दरबारभित्रको घटनाबारे समाचार छापिएको थियो- समाचारपत्र र स्पेसटाइम। कान्तिपुर लगायत अरु पत्रिकाहरु चुके। समाचारपत्रमा कसरी यो समाचार छापियो भन्ने बारे प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले रातोपाटीमा आफ्नो अनुभव बताएका छन्। स्पेसटाइमको अनुभव त्यतिबेला त्यहाँ संवाददाताका रुपमा कार्यरत सूर्य खड्काले… Continue reading
तीर्थाटनले बाबुरामलाई नयाँ सीपी बनाउला कि मूलघरमै राख्ला?
नखाउँ भने दिनभरको शिकार खाउँ भने खै के जातिको अनुहार भने जस्तै हुन पुगेको छ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डक्टर बाबुराम भट्टराईलाई आफ्नै पार्टी यतिबेला। पार्टीको हालै सकिएको विराटनगर सम्मेलनमा उनको फरक विचारको सुनुवाई भएन र उनले पार्टीका सबै कमिटीमा नबस्ने घोषणासहित पार्टी नेतृत्वबाट औपचारिक रुपमा पलायन भए। उनको दुई दशक लामो पार्टी जीवन… Continue reading
जनताले राजा फर्काउलान त?
पूर्व राजा ज्ञानेन्द्र शाहले यस पटकको जिल्ला भ्रमणका क्रममा जनताले चाहे आफू फेरि जिम्मेवारी लिन तयार रहेको बताएका छन्। वर्तमान सत्ताप्रतिको आफ्नो बिमति उनले जनताको गुनासासँग जोडेर सार्वजनिक गरेका छन्। उनले चितवनको भाषणमा आफूलाई पनि ठाउ दिनुपर्ने माग घुमाउरो पारामा खुल्ला रुपले नै गरेका छन्। सरसरती सुन्दा उनका कुरामा विमति राख्ने ठाउ छैन। जनताले उनलाई… Continue reading
सुपर प्राइममिनिष्टर प्रचण्ड?
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई दिएमा प्रचण्ड सुपर प्राइममिनिष्टर बन्ने भन्दै त्यसको नेतृत्व आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनालले पाउनु पर्ने दावी गरेका छन्। पहिलो ठूलो दलका सभापति शुशील कोइराला प्रधानमन्त्री भएकोले दोस्रो ठूलो दल नेकपा एमालेले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व पाउनु पर्ने माकुनेको जिकीर देखिन्छ।… Continue reading
एमाओवादीहरु अब हात्ती र हात्तीछाप चप्पल उस्तै जस्तै
गत हेटौंडा महाधिवेशनबाट उत्पादनमुखी कार्यनीति पास गरयो एकीकृत माओवादीले। सुप्रिमो प्रचण्डले पोखरा पुगेर उत्पादन बिग्रेडको घोषणा पनि गरे। त्यसवीचमा देशले संविधानसभा चुनाव व्यहोरयो। प्रचण्डको उत्पादन कार्यनीति कता बरालियो कता स्वयम् माओवादी यसको हेक्का छैन। सवसे ठूलो हुन जनताकहाँ जाँदा राप्रपा नेपाल भन्दा अलिक ठूलो मात्र बनाइदिए जनताले। आ आफ्नै वरिपरी घुम्दो राष्टिय राजनीतिबाट एक्कासी कर्नरमा… Continue reading
कामरेड वामदेवको जय नेपाल
जय सम्भो हरहर महादेव भन्दै हजारौँ साधुसन्त महन्तहरु वर्ष ०७० को महाशिवरात्री मेला भर्न पाशुपतक्षेत्रमा गोलबन्द भइरहेका बेला राजधानीका गुन्डा नाइकेहरुलाई जेल हाल्ने र सडकपेटीका फुटपाथे व्यापारीहरुलाई तह लगाउने उर्दी आइसकेको छ। सँधै आफ्ना कामरेडहरुलाई लालसलाम गर्ने वामनेता गृहमन्त्रीको कुर्सीमा बसेर जय नेपालको अभिवादन गर्न मात्र के थालेका थिए, राजधानीमा नयाँ सरकारको भन्दा गृहमन्त्रीको कोठे… Continue reading
ज्ञानेन्द्रको गणतन्त्र भ्रमण
जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभा २०६४ जसै बिना उपलब्धी स्वतः विघटन भई समाप्त भयो, त्यसले स्थापित गर्न खोजेका परिवर्तनहरुमाथि पनि प्रश्न चिन्ह लागेको छ। जनआन्दोलनलाई संस्थागत गर्ने मुलुकको अन्तरिम संविधान २०६३ अद्यापि मृत भैसकेको त छैन, तर यो आफैंमा बेकम्मा बनाइदैछ, दिनदिनै त्यसकै संस्थापक रुाजनीतिक दलहरुबाट। जनताको सार्वभौमअधिकार प्रयोग गर्ने संविधानसभाले देशलाई… Continue reading
लोकमान्य गणतन्त्र–जिन्दावाद?!
जानेर, बुझेर होस् वा स्वतस्फूर्त वा लहैलहैमा लागेर, वा कर्फ्यूभित्रको पनि कडा र नरम कर्फ्यू फर्माउने तत्कालिन गृहमन्त्री कमल थापाको उर्दी पालनाका क्रममा निसास्सिएर उकुसमुकुस भएका जनताको अपार समूह सडकमा थियो। अनि तत्कालिन गृहमन्त्री थापाकाजीसँगै थिए लोकमानसिंह कार्की मुख्य सचिवका रुपमा। २ दर्जनबढी निहत्था जनताको रगतसँग साटिएर जनआन्दोलन २०६२/०६३ को जगमा २०६५ जेठमा ६०१ को… Continue reading
माकुनेको प्रचण्ड शल्यक्रिया
भनिन्छ अग्लो रुखलाई ज्यादै नै बतास लाग्छ। शारीरिक रुपमा औषत नेपाली उचाइका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक वा राजनीतिक रुपमा देशमा कांग्रेस र एकीकृत माओवादीमात्रै प्रभावशाली रहेको र त्यस परिप्रेक्ष्यमा एमाले भन्ने पार्टीको अस्तित्व गौण रहेको सन्दर्भलाई उत्तेजनात्मक भाषण शैलीमा उजिल्ाएपछि प्रचण्ड गर्जन उपर निकै बतास लागेको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको… Continue reading
बाई बाई अन्तरिम
प्रकृतिले एकातिर पठाइदिएको छ सुन्दर वसन्त ऋतु तर मध्य पहाड र तराईतिरको खडेरीले लिन छाडेको छैन निर्दोषको ज्यूधन खडेरी लम्बिए अनिकालको खतरा ज्यूँका त्यूँ नै छ। भीषण आगलागीको लहर र सुख्खापनको धिराम नलागने सधै चिसिइरहने सर्वोच्च शिखर सगरमाथाको देशमा झै सुनिनेछैन प्रदेशका फूदन्तिहरु अजवको गजव भएको छ देश नेपाल। बितेका आठ वर्ष खासगरी २०६२/०६३ को… Continue reading
उम्दा प्रचण्ड : घुम्दा कांग्रेस, एमाले
सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी… Continue reading
हलाल क्रान्ति
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू, नमस्कार। जन्मजातै कम्यूनिष्ट परिवारको कोखमा जन्मेको मानिस हुँ म। र, पनि तपाईलाई लालसलाम गर्न आउँदैन, कम्तीमा तपाईलाई प्रधानमन्त्रीको कुर्सीमा देखुन्जेल। सवैप्रथमत : मेरो पनि अतिथि बनिदिनुभएको थियो काँचको पर्दामा। त्यस अर्थमा मैले यो ब्लग लेखुन्जेल तपाइँसँग माफी चाहन्छु, मैले तपाईलाई व्यक्तिगत हैसियतमा दुखाएको हदसम्म। म जान्दछु तपाईसँग नयाँ नेपालको… Continue reading
अभागी पारस
थाइल्याण्डको बैंककस्थित समितभेज अस्पतालमा एकसाता बढीदेखि मृत्युसँग अन्तिम पौठेजोरी खेलिरहेका पूर्वयुवराज पारसले पुर्नजिवन पाउलान् नपाउलान् भन्ने तथ्य उनकै पिताका शब्दसापटी लिएर भन्नुपर्दा भगवान र डाक्टरको हातमा छ। कथं उनी बाँच्न सफल भएभने त्यो एउटा मीराकल नै हुनेछ। उनका लाखौं शुभेच्छुकहरुको कामना जस्तै पारसले पूर्ववत जीवन पाउन सकुन्, चिकित्सकहरुलाई चमत्कारिक सफल उपचारको श्रेय मिलोस्, नेपालको एउटा… Continue reading