Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीर्थाटनले बाबुरामलाई नयाँ सीपी बनाउला कि मूलघरमै राख्ला?

Posted on May 9, 2014May 9, 2014 by सूर्य खड्का

नखाउँ भने दिनभरको शिकार खाउँ भने खै के जातिको अनुहार भने जस्तै हुन पुगेको छ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डक्टर बाबुराम भट्टराईलाई आफ्नै पार्टी यतिबेला।

पार्टीको हालै सकिएको विराटनगर सम्मेलनमा उनको फरक विचारको सुनुवाई भएन र उनले पार्टीका सबै कमिटीमा नबस्ने घोषणासहित पार्टी नेतृत्वबाट औपचारिक रुपमा पलायन भए।

उनको दुई दशक लामो पार्टी जीवन यतिबेला न यता न उताको दोसाँधमा बरालिए झैँ भएको छ अहिले।

सम्मेलनमा आफनो विचार पराजित भएपछि र आफूसहित आफनो समूह नेतृत्वबाट पलायन भएपछि उनी सपरिवार तीर्थाटन लागेका छन्। उनको यो विरत्तिलाई तीर्थाटनले कति साम्य पार्ला?

पक्कै हो , अन्ततः एकीकृत नेकपा माओवादी सग्लो रुपमा विराटनगर पुगेपनि ६ दिन विराटनगरको उखरमाउलो गर्मीमा रहेर काठमाडौँ फर्कदा भने सग्लै रहन सकेन। यो पार्टी फुटेको औपचारिक घोषणा त भएको छैन नै तर यो पार्टी अझै एकीकृत छ भन्नु पनि अब रमाइलो राजनीतिक जोक मात्र हुनेछ।

वरिष्ठ नेता डक्टर बाबुराम भटटराईले सम्मेलनको बन्दसत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया बहिस्कार गरी आफू कुनै पनि कमिटी र पदमा नबस्ने घोषणा गरेपछि उनका सबै समर्थकले पनि नयाँ नेतृत्व बहिस्कार नै गरेका छन्। र, अध्यक्ष प्रचण्डपक्षीय मात्र नयाँ केन्द्रीय समितिमा पुगेका छन्।

यसको प्रस्ट संकेत के हो भने अब एमाओवादी नेता भट्टराई र उनको पक्षबिनाको मात्र भएको छ। यस अर्थमा अब यो पार्टी सग्लो रहन सकेन। प्रथम राष्ट्रिय सम्मेलन पार्टीमा नयां एकता हैन पलायनको सन्देश दिँदै सकियो। अब अध्यक्ष प्रचण्डलाई बलियो हुन त मद्दत मिलेको छ तर उनले जीवनकालभर साथ पाउँदै आएका नेता भट्टराईको सक्रिय साथ छोडनु परेको छ। यसले वृहत कम्युनिष्ट केन्द्र बनाउने प्रचण्ड प्रस्तावलाई पनि नराम्ररी गिज्याउँदै नेता भटटराईको नयाँ शक्ति बनाउने मुद्दालाई निर्जीव प्रायः तुल्याइदिएको छ।
उनले पार्टीभित्रको संघर्ष नै हारेको सन्देश सम्मेलनबाट प्रवाहित हुँदा अब उनले नयाँ पार्टी बनाउन वा नयाँ शक्ति खोज्न पनि नसक्ने पुष्टि भएको छ।

अब नेता भट्टराईले नयाँ पार्टी बनाए त्यो कालान्तरमा झापा आन्दोलनका नायक सीपी मैनालीले एमालेपछि बनाएको नेकपा माले भन्दा उच्च र भिन्न हुन सक्ने छैन।

बाबुरामले आफुलाई २०७१ सालको नयाँ सीपी मैनाली बनाउने हुन् कि फेरि केही समय पर्खेर पुनः मूल घर फर्की बस्लान् अनि फेरि नेतृत्वमा फर्कँदै आफनो क्रान्तिकारी छवि निरन्तर गर्लान् ? त्यो हेर्न त पर्खन नै पर्छ।

असफल प्रधानमन्त्री भएर देश र जनताबाट परीक्षित भैसकेका उनले जस्तो नामको शक्ति वा पार्टी बनाए पनि त्यो जनअनुमोदित हुने विशाल क्रान्तिकारी पार्टी वा शक्ति हुन सक्ने छैन। यस अर्थमा उनको लामो क्रन्ती जीवनको पलायनस्थल बन्यो यो विराटनगर सम्मेलन। अध्यक्ष प्रचण्ड सबैलाई समेटेर पार्टी बलियो बनाउन चुकिरहदा नेता भटटराई पार्टी भित्रैका आफना समर्थकको बचाउ र संरक्षण गर्न र आफनो राजनीतिक गोरेटो प्रस्ट पार्न चिप्लिएका छन्।

यसले अध्यक्ष प्रचण्ड र नेता भटटराई दुबैलाई हार र क्षतिको मोडका यात्री बनाएको छ। र विराटनगर सम्मेलनलाई पार्टी रुपान्तरणको पार्टी कुम्भमेला बनाउने उत्कट चाहनाले त्यहां पुगेका सबै प्रतिनिधि नेता कार्यकर्तालाई फाटेको र कुडीएको मन लिएर घर फर्कन बाध्य पारेको छ। नयां उर्जा हैन नयां निरासा र पलायनको सन्देश लिएर फर्केका आम कार्यकर्तालाई नयां स्पीडमा डोरयाउन प्रचण्डले अब निकै पापड बेल्नु पर्ला भने भटटराईले पनि आफुपक्षलाई जोगाउन फेरी कोठे ,चोठे भेला मै जुटनु पर्ला। तर त्यसबाट पनि मिल्ला के? धेरै प्रश्नहरु अनुत्तरित नै छन्।

31 thoughts on “तीर्थाटनले बाबुरामलाई नयाँ सीपी बनाउला कि मूलघरमै राख्ला?”

  1. शशङ लामा says:
    May 15, 2014 at 11:19 pm

    जिउँदो पार्टिमा बिचारहरु चालिन्छ, निफनिन्छ र फितिन्छ| हैकमी पार्टिहरुमा ‘हस हजुर’ भन्दै हुकुम तामेली हुन्छ ! बाबुराम बाहिरिन्छ भनेर खुशी हुन अलि चांडो भयो कि ?

    Reply
    1. Nik says:
      May 16, 2014 at 8:45 am

      शशांकजी, अब त धेरै नै भयो नि हैन र?

      Reply
  2. cRIS says:
    May 15, 2014 at 11:23 am

    डा. बाबुराम भट्टराई एक गर्ने खालका नेता हुन्! अरु प्राय मुख मात्र बजाउने|

    डा भट्टराईका कार्यहरु सुनियोजित भन्दा पनि “किताबी” text-book style को हत्तनपत्त खालका भईआएका छन्, यो मेरो निचोड हो| academic text book style ले implementation लाई जोड त दिन्छ र सामाजिक यथास्थितिको तालमेल नहुँदा, सबै खेर जाने गर्दछ या निरन्तर हुन पाउदैन| यही कतै उनको कमजोरी देख्छु म| सायद उनको दीमाग ३००% को रफ्तारले दौडिने भएर पनि हुनसक्छ| यो अबस्थालाई प्रचण्डको घस्राईले balance गर्या थियो भन्ने लाग्छ| र साथै बैद्यको दूरदृष्टिको खाँचो यी माओबादीलाई नभएको होइन| एकदम छ, झन् अहिलेको अबस्थामा| त्यस्तै बादल र मात्रिका यादबजस्ताको हाँकीपनको पनि आवस्यकता छ| प्रचण्डले मेलमिलाप र अरु नाममा यी सबै खुर्काउदै आउँदा पार्टी यहाँ आइपुग्यो| दोष त उनैलाई जान्छ| तर यी सबै कुराहरुलाई reverse गर्न-गराउन नसकिने चाहि होइन!

    (तर गर्ने गोरुलाई नजोताई छाडा छोड्नु पनि राम्रो हैन| राम्ररी दाएर, छेउकुनो जोताउन सके अतिउत्तम हुन्छ| सयम उनैले म जोत्न तयार छु भन्न्दैछन भने किन अड्केलो थाप्ने??)

    यदी यति पनि गर्न सक्दैनन् भने, ति १६००० का मृत आत्माले यिनीहरु सबैलाई सराप्नेछन, र बाँकी रहेका आत्माहरुले यिनिहरुमाथी जाईनलाग्लान भन्ने पनि नसकिने अबस्था आईपुग्न सक्छ| जनताले एक म्यान्डेट दिएर, आफ्नो ज्यान नै बलिमा चढाएर पठाएका थिए, के यसरी आफु-आफै जुङ्गाको लडाई लडेर हुन्छ?? कि कस्ल्को आँखामा छारो हाल्न खोज्दैछन? पाखा लगाउनु पर्नेहरु लगाईसकियो त्यसैले अब बिसर्जन गर्ने चाँजोपाँजो मिलाउदैछ्न कि?? प्रश्न धेरै छन तर गम्भीर प्रकृतिका छन| सबैले बुझ्नु पर्ने कुराहरु!

    Reply
  3. ram koirala says:
    May 11, 2014 at 4:52 am

    मलाई त यिनीहरुको छुट्टिने प्रक्रिया हाम्रो अहिलेको परिस्तिथिको लागि ज्यादैनै राम्रो हो जस्तो लiग्छ. एउटाले अर्काको राम्रो नराम्रो निगरानी गर्लान त्यसको प्रतिफल सकारत्मक्नै होला कसो माओबादी फुट्नु जरुरि थियो फुट्ने सम्भावना बढ्यो अस्तु

    Reply
  4. Shankar says:
    May 10, 2014 at 9:56 pm

    सुन आफै चम्कदैन सुनार चाहिन्छ बा कसी लगाउनु पर्छ , बाबुराम लग बाग कम्तिमा ६० ( अरु देश मा त् लग बाग रिटायर को उमेर हो ) बर्स को भयो यो उमेर मा यो उचाइ प्रचण्डपुछार भएरै पाएको हो |निश्चय पनि प्रचण्ड को कुटिल दिमाग ले बाबुराम को उचाइ पनि गु को मुला जस्तै ह्वात्त्त बढेको हो |
    जब पुछार ले हाती चलाएको ठान्छ तब दुर्गति देखिन्छ , तिर्थ गर्न जानु त् भाग्यमानि रे छ भंठान्नुस| दुलो पस्नु परे के हुन्छ ? नत्र पी यच डी ले नेपाल मा २०४५ साल मै जुत्तामा पालिस लगाएको हो |
    बाबुराम बिरोधि हरु को एस्तो प्रतिक्रिया हुन् सक्छ |
    तेस्तै बाबुराम समर्थक ले उनलाई सुर्य , चन्द्र अझ त्यो भन्दा माथि को ध्रुब तारा भन्न सक्छ |
    यथार्थ के हो ?

    निश्चय पनि समकालीन राजनीतिग्य मध्ये बाबुराम अलि भिजन भएको सिक्षित राजनीतिग्य हो | तेत्ति पनि धुरन्धर हैन जति समर्थक ले कुरा गर्छन , तेत्ति पनि खराब हैन जति बिरोधि ले आरोप लगाउछन |
    राजनीति मा माथि उठ्न जुन बाटो अपनाए त्यी बिबादास्पद रह्यो र कालान्तर मा एसले झन् ठुलो विपद निम्त्याउने छ | किताब र इतिहास ले मावो , लेनिन ,स्टालिन कसरि बने त् भन्छ तर तिनले के भोगे , तिनका भित्रि अनुभब भन्दैन |
    तेसैले तेस्ता बाटा हरु कुराकानी र चर्चा को लागि राम्रो लाग्छन , हिडी हाल्न ब्यबहारिक र निश्चित गंत्यब्य गामी न हुनसक्छ | सानो झुट बोल्दा युधिस्तिर को कारण गुरु द्रोण मारिए | युधिस्तिर ले स्वर्ग जान नरक को बाटो समाउनु पर्यो |
    येस्ता कुरा पुरातन लाग्छन तर फेरी गाठो कुरा यहि हुन्छ , एसले के सन्देस दियो त् ?
    जस्तो सुकै बिसम परिस्थिति मा पनि धर्म को बाटो न छोड | फेरी कसैको हत्या हुन्छ त् त्यो बाटो न समाउ |
    जन मुक्ति को नाउमा त्यो बाटो समाए ?

    के साचै जनता मुक्त भए ?
    गणतन्त्र पार्टीको नेतालाई आयो कि जनता लाइ ?
    कसले चै को बाट मुक्ति पायो ?
    ज्ञानेन्द्र ले राजदरबार को भत्ता छोडेर नागार्जुन दर्बार को भत्ता खादा , देश को बजेट मा नेताहरुले मन मानि गर्न पाउदा , देश को प्रमुख बागडोर राजदरबार बाट भारतीय दुताबास सर्दा गणतन्त्र को अभिस्ट पुरा भयो ?
    गरिब ,पिछडिएका , जनजाति , मधिसे , महिला अब चै उन्मुक्त भए ?
    नेताहरुले पखाला लाग्दा ब्यांकक जाने , देश को बजेट मा प्लेन चार्टर , हलिकोप्तर चार्टर गरेर यात्रा गर्ने यहि हो नया नेपाल को नक्सा ?
    नेपाल को भागोलिक परिबेस र इन्डिया को अघोसित जेल भित्र नेपाल रहेको ले येउतै बाबुराम , येउतै ग्यानेद्र , येउतै प्रचण्ड , येउतै माकुने ले केहि हुन्न ?
    सबै मिलेर जानु को बिकल्प छैन |
    एक्लै प्रचण्ड , ज्ञानेन्द्र लाइ इन्डिया ले कसरि फुट बल हान्यो ?
    बाबुराम कुन परिबेस मा नेपाल को पियम भएका थे?
    इन्डिया को के सर्त थ्यो ? केहि बाहिर आए , केहि यस डी मुनि ले लेखे , केहि रहस्य मय छ |

    Reply
    1. neerose says:
      May 11, 2014 at 3:29 pm

      हामीले समकालिन राजनीतिक परिप्रेक्षमा सबैभन्दा गत्तिलो ब्यक्तित्वो छान्न सक्नुपर्छ यदि निस्वार्थ देशको लागि सोच्ने हो भने!
      पार्टिको लागि सोच्ने र पार्टि अनि कुनै सिद्दान्त संग आबद्द भयका र कुनै नेताको पिछालाग्गु अनि व्यक्तिगत स्वार्थ अगाडि राख्ने हरु बात यो हुने सम्भावना रहदैन!
      अहिलेको राजनैतिक परिप्रेक्षमा डा भट्टराइ सर्वथा योग्य ब्यक्तित्वो हो जुनसुकै द्रिस्ट्रिकोणबाट हेर्नुस छाय त्यो अध्यायन होस्, संघर्ष होस्, त्याग होस् योगदान होस्, बिचार शिद्दांत लगन होस् या योजना र एजेण्डा होस्!
      उहासंग जत्तिको स्पस्ट भिजन अनि एजेण्डा र योजना अरु कुनैपनि नेता भनाउदा हरु संग छैन!
      हाललाई मैले देखे बुझेसम्म डा भट्टराइको एउटै धेय भनेको देशको आर्थिक सम्ब्रिद्दिको लागि आर्थिक क्रान्ति हो! आर्थिक क्रान्ति युद्दगरेर हुदैन यो त योजनाबद्दा तबरले आर्थिक नीति लागु गरि आर्थिक स्रोत र साधनको परिचालन गर्नुपर्दछ!
      आर्थिक सम्ब्रिद्दि संगसंगै समाज बिकाश उदाउदछ र यस्ता छिटफुट भागबण्डा खिचलो हरु आफै हराउदै जाने छ!
      युद्द खासगरी देशमा राजत्रन्त्रको अन्त्य र शामंतबादको सुन्यकरनको लागि भयको थियो त्यो सम्पन्न भयको छ अबको पालो आर्थिक सम्ब्रिद्दिकोलागी आर्थिक क्रान्तिको छ र तेस्को पुर्ण योजना डा भट्टराइ बाहेक अरु कसैसंग देखियको छैन! अरु त सिर्फ डा भट्टराइलाइ रोक्ने वा बिरोध गर्ने अबरोध गर्ने मात्र हुन्!
      मलाइ लाग्छ यसको लागि डा भट्टराइ पार्टी फुटाउनु परे पनि वा पार्टी छाड्नु परेपनि तेसो गर्न हिच्किचाउनुहुने छैन किनकि उहा स्पस्ट र आफ्नो अध्ययनको निस्कर्षमा अडान भयको व्यक्ति हो!
      मालाई चाहि यसमा बिश्वाह्श छ है!

      Reply
      1. Shankar says:
        May 11, 2014 at 6:49 pm

        अब तपाइँ जे भन्नुस | बाबुराम निसचय पनि अरु राजनीतिग्य भन्दा डिग्री धेरै लिएका व्यक्ति हुन् र केहि बिद्द्वान पनि हुन् तर तपाइहरुले जुन अपेक्ष्या गर्नु भएको छ तेत्ति चै हैनन् |
        कारण
        १) जिबन भर प्रचण्ड लाइ नै नेता मानेर ( उनैको मुखबाट धेरै पटक ) हिडेको मान्छे , प्रचण्ड को तिकडम बात नै उनको पनि उचाइ बढेको मा दुइमत छैन | नेपालि ,इन्डियन राजनीति मा डिग्री ले मात्र केहि हुन्न अरु धेरै चाहिन्छ जुन बाबु राम मा छैन जति बैद्य र प्रचण्ड सग छ | कुरा मुख ले भनेर मात्र हुन्न मुल्यांकन नतिजा हेरेर गर्ने कुरा हो , बैद्य को आफ्नो पार्टी छ , प्रचण्ड को आफ्नो छ गलत नै भएपनि सिद्दान्त बोकेर हिडेको छ |

        २) बाबुराम आफै चल्छन कि साचो हिसिला सग छ यो पनि महत्त्वपूर्ण प्रश्न हो , बाबुराम मुस्तांग स्टार्ट गरिरहदा घर पछाडी धेरै ले प्राडो ( भैसीको छोरा हैन ) कराएको धेरै ले सुने , आफु राजनीतिक सुद्दिकरण गरिरहदा, दलित को घर धाउदा हिसिलाको नातेदार ले मन्त्रालय भरिएको खबर आयो |
        कता कता पारस ले दान्ग्दुंग गरिरहदा हिमानी ले गाउमा कम्बल बाढे जस्तो |

        Reply
        1. गगने says:
          May 12, 2014 at 4:11 pm

          मित्रको द्रिस्ट्रिकोण अलिक गलत पाटो बाट भैरहेको छ! द्रिस्ट्रि र सोंच नै गलत त होइन तर कुनै कुराहरुलाई द्रिस्ट्रिगत गर्ने पाटो र कोण फरक छ भन्ने बुझ्दछु म त् तपाइको कुरा पढ्दा!
          कुनैपनि कुराहरुलाई अध्यायन र मनन गर्दा सबैभन्दा पहिले कुन कोणले र कतापट्टिको पाटोबाट तेसलाई द्रिस्टिगत गरिएको छ भन्नेकुरा सर्वथा महत्वोपुर्ण हुन्छ! किनकि हरेक कुराको दुइ पक्ष पाटो हुन्छ कम्तिमा दुइ कोणले हेर्न सकिन्छ! बिरोधि र नकारात्मक सोचका व्यक्तिहरुले पहिले नकारात्मक वा अध्यारो पक्ष देख्दछ वा इंगित गर्दछ!
          यहा तपाइँ लगायत साथीहरुलाई दुइ चार कुरा मेरो बिचारको भन्न चाहन्छु,
          बाबुरामले प्रचण्डलाई उचाइ बढ़ायको हो कि प्रचण्डले बाबुरामको हो?
          – अलिकति मात्र घोरिनु भयो भने यसको उत्तर तपाइले सहजै आफै पाउनुहुने छ!
          अरुले दिएको उत्तर र जवाफ भन्दा आफैले खोजेको उत्तर र आफैलाई दिएको जवाफ निकै गहन र ठुलो हुन्छ तेसैले आफै खोज्नुहोला बरु मा केहि हिंस र टिप्स दिन्छु!
          डा बाबुराम प्रचण्ड भन्दा पहिले यो देश र समाजमा द्रिस्ट्रिगत गरेको र आम जनता र नेताले बिशेष रुचि दिएर हेरेको मान्छे हो! प्रचण्ड जनयुद्द पछि मात्र देखिएको ब्यक्तिहो तर बाबुराम त्यो भन्दा निकै अगाडि धेरैको आखा र मन मस्तिष्कमा छायाको ब्यक्तिहो!
          यदि प्रचण्डले डा भट्टराइ लाइ उंचा बनायको हुन्थ्यो भने डा भट्टराइ बाबुराम नभयर लाल्ध्वोज भनेर यो समाज र बिश्वो राजनीतिमा देखिने र चिनिने थियो होला तेसैगरी प्रचण्ड आफैले आफुलाई स्थापित गरेको वा चिनायाको उंचा बनायको भय पुष्पकमल भयर उदाउदथियो होला नाकी प्रचण्ड!
          हुनत संगै भयपछि एक अर्काको प्रभाब एक अर्कोमाथि निश्चयनै पर्दछ यहा कुरा कसको उज्यालो कसमाथि बढी पर्यो कसले कसलाई चम्कन प्रकाश र शक्ति प्रदान गर्यो भन्नेकुराको हो!
          अर्को कुरा,
          ‘जिबन भर प्रचण्ड लाइ नै नेता मानेर ( उनैको मुखबाट धेरै पटक ) हिडेको मान्छे ,’
          कुनैपनि विद्वान कुनै मुर्खको पछिलागेर हिड्न हिच्किचाउदैन परिस्थिति र आबस्यकताको माग बुझेर तर कुनै मुर्ख कहिल्यै विद्वानको पछि लाग्दैन किनकि जव विद्वानको पछि लाग्दछ त्यो मुर्ख रहदैन मुर्ख्याइको अन्त्य हुन्छ यहा आबस्यकता र परिस्थितिजन्य कारणले डा भट्टराइ प्रचण्डको पछिलाग्नु कुनै ठुलो कुरा होइन बरु त्यो नितान्त आबस्यक थियो किनकि युद्द कालिन समय र विषम परिस्थितिमा विद्वताको भन्दा मुर्ख्याइको ठुलो आबस्यकता हुन्छ! मुर्ख्याइको अर्को पाटो बहादुरी पनि हो!
          यातिकुरा खोतलेर चिन्तन गर्नुस तपाइको प्रश्नहरुको धेरै जवाफ आफै पाउनुहुने छ!
          अब कुरो रह्यो तपाइको बुँदा नम्बर २ को!
          १: हिसिला यामी आफै डा भट्टराइ जत्तिकै नभयपनि आफैमा एउटा नेत्रिहुन श्रीमती सिता दाहाल जस्ती फर्स्ट लेडी होइनन एमाओबादिमा उनको आफ्नै स्थान छ, श्रीमान श्रीमती भयको कारण एक अर्कामा सकारात्मक र नकारात्मक असर पर्ने त हुन्छनै तर डा भट्टराइ लाइ खेदो खन्न हिसिलाको उपयोग ज्यादा नकारात्मक तरिकाले प्रयोग गर्ने गरेको छ त्यो कल्ले र किन गरेको छ भनेर आफै सोच्नुस! उनि आफैनै नेत्री भयको ले अलिकति केहि पोजिसनको प्रयोग त हुन्छनै तर तेत्तिपानी होइन जत्ति तपाइँ सोच्नुहुन्छ तेसैले अरुको हौवामा लाग्नु भन्दा पहिले आफुले पनि सोच्ने बिचारगरने गरौ साथि!
          २: मुस्ताङ्ग देश र समाज अनि जनतालाई देशको ऊत्पादन सम्बधि सकारात्मक चेतना जगाउने असफल प्रयोग हो! जुन समय काल को विषम परिस्थिति र हाम्रो नकारात्मक सामाजिक चेतना खेदो खन्ने प्रबित्ति साथै देशको भौगोलिक अनि राजनीतिको बिशेष परिस्थितिको कारण एक्लो बृहस्पति झुठो भन्ने उखानलाई चरितार्थ गर्दै असफल भयो तर उनको प्रयाश आफैमा एउटा उदाहरणिय थियो यसको मा सह्राहना गर्छु!
          ३: देशको नागरिक र पिछडिएको समाजको बस्तुस्थिति र अबस्था बुझ्न उनीहरुको आहतमा राहत थप्याउन उनीहरूकहा सामिप्यता कायम गर्न उंच निचको जातिय विभेद निर्मुल गर्ने ध्ययाका साथ् गरिब पिछाडिएका हेपिएका निम्न बर्गका सामाजिक प्राणिहरुकहा जानु लाइ तपाइँ जस्तो व्यक्तिहरुले सकारात्मक तरिकाले हेर्नुपर्ने थियो! तेसलाई मन्त्रालयको जागिर र भर्ना आदिसंग जोड्नु नितान्त खेदजनक छ!
          तेसैले भन्छु तपाइको चाहना गलत नहोला तर हेर्ने द्रिस्टिकोण गलत छ कि त!
          नकारात्मक पाटोबाट पनि हेर्नु पर्छ तर सकारात्मक पाटो केलायापछी तेता हेर्नु थिको होला!
          डा भट्टराइले हामीले अपेक्ष्या गरे भन्दा बढी गर्नसक्ने हैसियत राख्नुहुन्छ तर यहा समय कालको विषम परिस्थितिमा एक्लो बृहस्पति झुठो साबित भयको छ र हामि संग साथ् र सहयोग दिने भन्दा लौ त गर हेरौ, तै गर्न त्, खुब गरिस, केकेना गरौला भन्याथ्यो, इस गर्छस भन्ने जस्तो मानाशिकता भयका मान्छे जो छौ हामि समाज र देशमा!
          सबैभन्दा मुख्यकुरा हामि सबैले देशको लागि आफ्नो द्रिस्ट्रि र बिचारले उपयुक्त देखेको ब्यक्तित्वो चुनेर उसलाई समर्थन र नेत्रित्वो दिनु पर्दछ तेसैले अर्को यस्तो उस्तो भन्ने मात्र होइन तपाइको मन खाने र तपाइले देखेको अनि गर्न सक्ने ठानेको र गर्छ भनेर मानेको नेताकुन हो त हामि पनि चिनु त सायद हामीले नदेखेको अर्को छ कि डा भट्टराइको बिकल्पमा रोज्न!
          धन्यबाद!

          Reply
          1. Shankar says:
            May 12, 2014 at 8:21 pm

            गगने जी
            तपाइको बाबुराम को प्रभाब ले पुरै भिज्नु भएको छ | यदि गुन तिर्ने हिसाब किताब हैन , बा पूर्वाग्रह छैन भने त् मैले पनि बाबुराम लाइ अरु समकालीन नेता भन्दा अलि पढेका र भिजन भए रुप मा लिएको नै हो | तर तपाइले तारिफ गरे जत्ति त् पक्कै बाबुराम हैनन् | अति बिस्वास कसैमा न गर्नु होला ( माता ,पिता र इस्ट देब बाहेक ) |
            कुरै गर्ने हो भने मैले पहिले भने , किताबी ग्यान र राजनीतिक दाउपेच भिन्न कुरा हुन् | दाउपेच नै पनि कृष्ण को कि सकुनिको त्याहा पनि भिन्नाता छ |
            बाबुराम सफल येकेदेमिसियन हुन् येस्मा दुइमत छैन |
            अब जब राजनीतिको कुरा आउछ तपाइले बाबुराम ले प्रचण्ड को घोडा चढेको मात्र हो भन्ने देख्नु भएको रहेछ अब कसले कसको घोडा चढेको भन्ने त् लागाम कसको हात मा छ ??तेस्ले पुस्टि गर्ने कुरा हो |
            फेरी तपाइले प्रचण्ड मुर्ख भन्ने ठान्नु पनि गलत हो | पी यच दि न गरेको होला तर सायद डिप्लोमा जति त् पक्कै पढेको होला , फेरी गाउको टिचर थ्यो कि भन्ने सुनेको थिए | नेपाल को राजनीति बुझ्नु पनि आफै मा पियाच दि हो,तेस अनुसार कार्यक्रम लेउनु थेसिस प्रिजेन्ट गर्नु हो | तेसैले प्रचन्डलाई पनि राजनीति मा पी यच दि माने हुन्छ |
            मेरो कुरा गर्नु हुन्छ भने म कसैको प्रभाब मा पनि पर्दिन र परेको छैन |
            काम को मुल्यांकन सकभर निस्पक्ष्य भएर गर्नु पर्छ र देश हामि सबैको हो
            एसको बारेमा सबैले सक्दो सोच्नु पर्छ |
            हाल कुन नेता ठिक भन्ने तपाइको प्रश्न मा नेपाल एकल नेत्त्रित्त्व मा चलन न सक्ने कुरा ज्ञानेन्द्र फेल , प्रचण्ड फेल भए बाट नै बुझ्नु पर्छ |
            गगन थापा आएर हुने , बाबुराम आएर हुने , गोकर्ण बिस्त आएर हुने भन्ने हैन | मावो ,लेनिन , स्टालिन ,हिटलर समय को फल हुन् | त्यो बेलामा त्यो काल मा मात्र जन्मे | सद्दाम ले हिटलर हुन् खोज्दा , गद्दाफी को परिणाम आदि देखि हाल्नु भो |
            नेपाल हो हालको परिबेस ले , भौगोलिक अबस्थाले व्यक्ति हिरो होला र तह लगाउला भन्न अलि मिल्दैन ? बि पी कुन अबस्था मा हिरो भयो ?आज को अबस्था मा हुन्थ्यो ?
            जिन्दगि जिरो जस्तो भएको जी पी मर्ने बेला मा कांग्रेस को हिरो भयो लग बाग केहि समय देश कै हिरो जस्तो भो ( किनभने नेपाल को राजनीति उसकै गनाउने ओछ्यान ओर पर घुम्यो )| आज फेरी ज्युदो भएको भए रक्त संचार हिन हुन्थ्यो कि ? के थाह ?
            मेरो निस्कर्ष आफ्नो राजनीति सफल बनाउन कसैको पछि लाग्नु पर्ने , आडम्बर को सहारा लिनुपर्ने परिस्थिति मा धेरै प्रसंसाको पुल बाधिहाल्नु
            नितान्त न सुहाउने कुरा हो |
            नेपालको राजनीतिमा अब सबै मिलेर जानु को बिकल्प छैन ( व्यक्ति हिरो हुने परिस्तिती नै छैन ), तर मिल्न सक्दैनन् यो यथार्थ हो |

            Reply
            1. Shankar says:
              May 13, 2014 at 2:47 am

              अनि यो मुस्ताङ्ग र दलित को घर जाने कुरा सुन्दा पहिले त् म पनि तापाई जस्तै दंग परेको हो | जब त्यो भन्दा पहिले राहुल गान्धी , र मायाबती हरु , आडवानी हरु ले पनि उस्तै कार्यक्रम गरेर चर्चा मा आएको पढे अनि लाग्यो यो देखासिकी र आडम्बर रहेछ |
              फेरी पनि सिक्षित नेता ,पढ्न मा तीक्ष्ण बुद्दि , बोलीचालीमा सरलता आदि उनका राम्रा पक्ष्य हुन् |गतिला लेख लेख्छन तर तेस्को मतलब उनि नै सबथोक ठान्नु भ्रम हो |
              तर बास्तब मा तपाइँ आफ्नो सोचाइमा बिचलन लेउनुस त् म भन्दिन कार्यकर्ता हो भने तेत्ति सोच त् चाहिन्छ नत्र नेता येक्लिन्छान होइन भने एक छिन पर्खनुस , पर्दा खस्न दिनुस , पुरा नाटक सकिएपछि को सहि बिचार गरम्ला |
              बैज्ञानिक ढंग ले सोच्दा पनि हाम्रो सरदार आयु र तपाइँ आफै मा आएको परिबर्तन नियाल्नुस , लग बाग ४० को उमेर पछि मेन्टल रितार्देसन सुरु हुन्छ त् अब तपाइको कुरा सहि हुन् पशुपति नाथ बिउझेर बाबुराम को तुप्पिमा जादुको छडीले छोए पछि सायद सम्भब छ |
              नत्र लग्बग साठी नागिसकेपछी(बाबुराम ) , ये बुढी ” मेरो लगौटी कता हरायो ” भन्नेबेलामा अब त्यो सपना देख्न छोड्नुस |बाहुन ले जिन्दगि भर सुकेको चिउरा खाएर , सधै ४० बर्से फुर्ति निकालेर ६५ को उमेरमा दौडन सक्छ ??दिमाग उत्तिकै चल्छ ?
              आजकाल को आंकडा अनुसार साल मा ५ लाख नेपालि बिदेसिने रहेछ
              बिदेसी ठुला ठुला युनिभर्सिटी मा नाउ कमाएका , पी याच्दी युवा धेरै भैसके , इन्डिया मै आमाद्मी पार्टी कसरि आयो ?
              एउटा आस नया पुस्ता मा राख्न पर्छ | गाउ गाउमा मा कृषि , पशुपालन को लहर बाबुराम प्रचण्ड ले सिकाएर आएको हैन , युवा हरु देश बिदेस घुमेर ,जानेर , देखेर आएको हो | लाइनमा बस्ने संस्कार , अनुसासन पनि अब सायद तिनै युवा ले भित्राउला , नेताहरुले त् सरकारी गाडी तोड्न , अरुको मुख फोर्न मात्र सिकाउने हुन् |

              Reply
              1. गगने says:
                May 13, 2014 at 4:17 pm

                Shankar जी,
                – विभिन्न कारणले निरन्तरता नपाइ असफल भयपनी डा बाबुराम भट्टराइ को सोंच प्रयास र कार्यको म सह्राहना र प्रशंसा गर्दछु तर तपाइँ तेस्लाई ढोंग ठान्नु हुन्छ!
                – हामि जत्तिको केहि जानेका बुझेका पढेका देख्न लेख्न सक्ने नागरिक हरुले देशको राजनैतिक आर्थिक र सामाजिक विषम परिस्थितिको गहन अबलोकन गर्दै समकालीन राजनीति र नेताहरुमा उचित र उपयुक्त अनि सक्षम व्यक्तिहरु नियालेर उनीहरुलाई साथ् र सहयोग दिनुपर्ने आजको यो अबस्थामा मेरो द्रिस्ट्रि र गच्छेले बुझेर मैले देखेको अर्बोत्तम ब्यक्त्वो डा भट्टराइ लाइ म समर्थन र साथ् दिदैछु तर तपाइँ पर्खेर हेर भन्ने पक्षमा हुनुहुन्छ!
                यहिनै तपाइँ र मेरो बिचको भिन्नता हो!
                डा बाबुराम भट्टराइ को सह्राहना गरिएको मेरो कुराहरुले तपाइँ मलाइ डा भट्टराइको कार्यकर्ता वा पार्टीको कार्यकर्ता हो भन्ने सम्म पुग्नुभयो यहिनेर तपाइको सोचाइ र द्रिस्ट्रिमा कमजोरी छ भनेर भन्छु मा चाहि किनकि,
                प्रचण्ड, बैद्य, शुशिल, देउबा, माकुने, झलनाथ, ओली आदि सबैको समर्थक र सहयोगी हरु पार्टिका प्रत्यक्ष र परोक्ष कार्यकर्ता निकै ज्यादा छन् तर डा भट्टराइ मात्र यो देशको यस्तो नेता हुनुहुन्छ जसको समर्थक र सहयोगी पार्टिको प्रत्यक्ष वा परोक्ष कार्यकर्ता भन्दा बढ्ता आम जनसमुदायका नागरिक र बौद्दिक व्यक्तिहरु अनि कुनै पार्टीमा नलागेका र देशको सम्ब्रिद्दि र बिकाश सोच्ने अनि चाहने मान्छेहरु छन्! तपाइँ मान्नुस नमान्नुस यो सत्य हो!
                जहा सम्म मेरो कुरा छ! मा कुनै पनि पार्टीको न त कार्यकर्ता हु न समर्थक, न डा भट्टराइ संग मेरो कुनै किसिमको प्रत्यक्ष वा परोक्ष सम्पर्क र सम्बन्ध नै छ! भेट्नु त परे को कुरा मैले अहिले सम्म डा भट्टराइलाइ प्रत्यक्ष देखेको पनि छैन तर म उहाको बिचार, कार्य, प्रयास, लगनसिलता, त्याग अध्यायन निस्ठा आदिको प्रभावमा छु र मेरो दृस्टी गच्छेले यो देशमा यो हैसियत र क्षमताको अर्को कुनै ब्यक्तित्वो उहासम्मा त के उहाको ओरिपरि छेउ पुग्न सक्ने पनि देखेको छैन तेसैले यो परिप्रेक्षमा म उहालाई मेरो मत दिदै समर्थन र सहयोग गर्दछु र यो डा बाबुराम को लागि नभयर देशको लागि गरेको हुँ यो कुरामा तपाइँ सबैलाई निश्चिन्त जानकारी गराउदछु! भोलि डा बाबुराम भन्दा देश र समाज अनि जनताको आर्थिक सामाजिक बिकाश गर्नसक्ने हैसियतको अर्को कुनै उपयुक्त ब्यक्त्वित्वो भेटायमा मा उसको समर्थन गर्न किन्तु पनि हिच्किचाउने छैन यसमा तपाइँ निश्चिन्त हुनुहोस!
                हाम्रो देशमा थुप्रै नेताहरु छन् यदि तपाइँ आफु नेता बनेर नेत्रित्वोलिने कशामता वा हैसियतमा हुनुहुन्न भने तपाइले कसैलाई आफ्नो नेत्रित्वो दिनुपर्छ देशको लागि तेसैले तपाइको चित्त खाने र तपाइले देखि बिचारी ठम्यायको यसको बिचार ठिक छ यसको शिद्दान्त उचित छ यसको योजना र प्रयासमा देश अघि बढ्दा उचित हुन्छ भनि एउटा रोज्नुहोस र तेसलाई साथ् सहयोग समर्थन दिनुस भन्छु म किनकि कुरी हेरी बस्ने बेला यो होइन!
                हुन त तपाइँ हेरौ न त यसले के ख्यास्दो रैछ भन्दै कुरी हेरी बस्ने खलेमा पर्नुहुदो रैछ तर म तेस्तो मा होइन तत्कालिन र समकालीन परिस्थितिमा एउटा उपयुक्त रोजेर समर्थन गर्ने खाले हु म!
                हामीकहा प्राप्त अरु सबै नेताहरु संग झगडा गर्ने खिचातानी गर्ने क्षमता र कुरा छन् तर डा भट्टराइ संग देशको आर्थिक र सामाजिक बिकाशको लागि योजना छ चिन्तन छ प्रयास छ त्यो तपाइँ देख्न सक्नुहुन्न भने मेरो वा अरु कसैको गल्ति र कमजोरी होइन!
                संकर जी, देशको सनक्रमणकालिन अबस्थाको विषम परिस्थितिमा कुरी हेरी बस्नु भन्दा म तपाइलाइ सल्लाह दिन्छु र आग्रह गर्छु कि तपाइँ जस्तो केहि सोच्नसक्ने केहि बुझ्ने मान्छेले हालको समकालीन नेताहरु मध्यबाट एउटा तपाइले देखेको बुझेको र लागेको उत्क्रिस्ट नेता चुनेर आफ्नो मत जाहेर गर्नुस तेस्को लागि पार्टिको कार्यकर्ता हुने पर्छ भन्ने छैन बरु तेस्तो कुनै ब्यक्तित्वो भेट्नुहुन्छ भने मलाइ पनि जानकारी दिनुस उचित लागे तपाइँ म हामि उसकै साथ् लागौला!
                तेसोगारे कसोहोला!
                (बहश निकै लामो भयो तेसैले यसलाई यहि तुङ्ग्याउदछु संकर जी)

                Reply
                1. Shankar says:
                  May 13, 2014 at 9:10 pm

                  गगने जी
                  ठिक छ लेख्दै जानुहोला भबिस्य मा बिचार सेयर गरम ?
                  अरुको टिका टिप्पणी कति गर्नु , बाबुराम जे छ छ | उसलाई उसको काम ले कोइ ले मन पराउछ ,कोइ ले मन पराउदैन तेस्मा हामीलाई जे लाग्छ तेही लेख्ने हो |
                  उसको बारेमा डिटेल जानकारी( हाल के गर्दैछन ) न भए सम्म
                  स्वस्थ बहस हुन्न|
                  फेरी आजकाल कसले कसको ग्यारेन्टी लिने ?२ खुट्टा र दिमाग भएका को कुनै भर हुन्न | हिजो सम्म सध्ये भनेको मान्छे आज सानो हर्कत लि गिर्छ यहा त् आफु असल बन्ने प्रयास गर्ने हो बस तेत्ति |

                  Reply
  5. गगने says:
    May 9, 2014 at 4:31 pm

    ‘ग्रह हरुले सुर्यको चिन्ता गर्नु जरुरि छैन!’
    तेसैले डा भट्टराइको बारेमा चिन्ता नगर्दा हुन्छ!
    डा भट्टराइ आफ्नै तेजमा स्वोत चम्किने तारा हुन् उहालाई अरुमाझ देखिन र देखा पर्न ‘प्रचण्ड’ र ‘प्रकाश’ नाम धारण गर्नु पर्दैन!
    बाकि कुरोरह्यो प्रचण्ड र प्रकाश देखा परेको पनि डा भट्टराइकै तेजले हो उज्यालोले हो!
    प्रचण्ड ठुलो ग्रह हो अनि थुप्रै सानातिना उपग्रह र ग्रहले घेरेका बिस्तारै यो ग्रह दशा बनेर उपस्थिति हुदैछ देशमा! यो प्रचण्ड नामधारी ग्रहको सबैभन्दा नजिकको र फत्तु उपग्रह र ग्रह प्रकाश हो!
    प्रचण्ड तेतिबेला तारा बन्न सक्ने अबस्था थियो जब यदि यिनले देशमा गणतन्त्र स्थापना भय पछि लगत्तै रास्ट्रपति बन्ने परिस्थिति नबन्दाखेरि राजनीतिबाट सन्यास लियर नेत्रित्वो हस्तान्तरण गर्दिएको भय! गणतन्त्र स्थापना पश्चात देशको आर्थिक र सामाजिक रुपान्तरण र बिकाशको लागि डा भट्टराइ लाइ निर्विकल्प नेत्रित्वो हस्तान्तरण गरि राजनीतिबाट सन्यास लिनुपर्ने थियो! किनकि जनयुद्दको मूल उदेश्य देशमा गणतन्त्र स्थापना गर्नु हो जुन उनको नेत्रित्वोमा एमाओबादिको जनयुद्द र संघर्षले जसरि भयपनी प्राप्ति गरेको थियो! भने दोश्रो मुख्य उदेश्य सामाजिक रुपान्तरण जुन द्रुत गतिमा हुदै गै रहेको छ र अनि आर्थिक सम्ब्रिड्डी र बिकाश हो जसको पुर्ण योजनाबद्दा एजेण्डा डा बाबुराम संग छ तेसैले यो प्राप्तिको लागि डा भट्टराइलाइ छाडिदिनुपर्ने थियो!
    तर यो बडेमाको ग्रहलाई थुप्रै छुचुन्द्रे ग्रह र उपग्रह हरुले घेरेर राख्दा यिनको भुइमत्तापनाले आखै देखेन दिमागनै चलेन! छोरा छोरी स्वास्नी को चिन्ताले सतायो अनि देशमा प्रम हुने शक्ति लिने स्टालिनको पारामा देश चलाउछु भन्ने भ्रमित कुण्ठा जाग्यो मनमा तेस्लाई मलजल गर्ने यिनका वोरिपरिका उपग्रह हरुले गरे! यी उपग्रहहरुले सूर्यलाई वेवास्ता गर्दै यो ग्रहको वोरिपरी जयजयकार गरिरहे र यो जयजयकारमा यो बडेमाको ग्रहले आफुलाई सुर्य भन्दापनि ठुलो र तेजस्वी ठानी भौइमत्ता मच्चिरह्यो!
    समयले युगमा एकजनालाई एक पटक दिने महानताको मौका प्रचण्डले तेतिबेलाई गुमाइसकेको छ अब उसले देशको लागि र जनताको लागि लोभ र मोह छाडेर नेत्रित्वो त्याग गर्नसक्ने हिम्मत गर्नुपर्यो! अझैपनि महानताको काशी लाग्ने छ तर हरेक पल खीदै र खस्किदै गयको कुरालाई स्याहार्दै बसेमा यिनी छिट्टै पाताल धस्सिने छ!
    आफु भन्दा सक्षम बिद्वात्वो र बिश्वाशिलो भरपर्दो सबैले मानेको व्यक्तिलाई नेत्रित्वो सुम्पिनु वा उसलाई साथ् दिनु पर्छ हामि सबैले, तर मेरो गोरुको बाह्रै टक्का भन्ने जुन उखानलाई हरेक पटक हामीले चरितार्थ गर्ने जमर्को र दुस्प्रयाश गर्दछौ त्यो नै हाम्रो देश समाज अनि हाम्रो मानाशिकताको दुर्भाग्यपूर्ण बिडम्बना हो!
    नमरुञ्जेल नेत्रित्वो नछोड्ने अध्यक्ष भैरहने कुरानै कम्युनिस्ट र कम्युनिजम को दुर्भाग्यपूर्ण बेथाहो र त्यो पछिल्लो पटक प्रचण्ड द्वारा एमाओबादिमा लागु गरिएको छ!
    एकातिर एउटा ब्यक्तित्वो छ जसलाई संसारले बिश्वाश गरेको छ जो संग गहन अध्यायन र बिद्वात्वो खादिएको छ जो देश र जनताको आर्थिक सम्ब्रिड्डी र बिकाशको एजेण्डामा धुरन्धुर लगनशील छ कम्युनिज्म मा मार्क्सबादको नया प्रयोग गर्नेकुरा सोच्दछन! जो संग देशको लागि आर्थिक सामाजिक बिकाशको एजेण्डा अनि योजना आदि छ!
    तेही अर्कोतिर तेस्ता ब्यक्तिछन जो संग लुट्ने धुत्ने मुत्ने मार्ने वा मर्ने एकबारको जिन्दगीहो सकेको मोज गर्ने पाराको मपाइत्वोले भरिएको भुइमत्तापना ले भरिएको झुण्ड!
    देश र जनता कतातिर लाग्नु पर्ला त?
    एमाओबादि, प्रचण्ड र ओरिपरिका उपग्रहहरु सच्चिदैनन भने डा भट्टराइले उहाको अध्ययनको निस्कर्ष अनुरुप अर्को पार्टी खोलि नया शक्तिको उदय गर्नुपर्ने हुन्छ!
    तेसैले सूर्यलाई सिपि जीपी केपी लेडेढिपि जस्ता ग्रहहरुसंगा तुलना गरि देश र जनताको समय बर्बाद गर्ने मुर्खता नगर्नुहोला खड्का जी!
    तपाइपनि सुर्य नामधारी ग्रह नै त हो!
    जदौ!

    Reply
    1. लौटन अवधि says:
      May 10, 2014 at 8:54 am

      त्येही सुर्य को प्रताप ले तीर्थाटन गरिराको होलान है गनगने जी ? छ्या छ्या के जाति गर्ने लाइ भन्दा के जाति देख्ने लाइ लाज ! जिन्दगि भर को कम्निस्ट रडाको अहिले आएर तीर्थाटन ? उतै कैलाश मान सरोबर मा खोक्रो ढोंगी अनि कपटी कम्निस्ट खास्टो लाइ सेलाएर आउन भन्नु तपाई को पितामह लाइ !!!

      नेपाल फर्केसी सन्यासी जिबन बिताउदा उत्तम हुनेछ !!

      Reply
      1. गगने says:
        May 10, 2014 at 10:43 pm

        लौटन भैया,
        पहले तुमारी दिमागमे से गोबर साफ करो! अनि बाबुरामलाई ढोंगी बोल्नुहोला!
        बाबुरामलाई ढोंगी भन्ने हैसियत बटुल्ने गरि सो स्थानमा पुगी सकेको हो र लौटन भाई?
        पहिला दिमागमा त्यो कस कसले कम्युनिज्म यस्तो उस्तो अनि धर्म यो उ भन्नेकुरा कसरि कति ठुसाइदियको छ तेस्ले तपाइको दिमागलाई विकृतिजन्य उर्जा दियको छ तेसैले यस्ता दरिद्र र छुद्र बान्ता गर्दै भुक्दै हुनुहुन्छ?
        पहिले तिर्थ भनेको के हो?
        धर्म भनेको के हो?
        कम्युनिज्म भनेको केहो भन्ने कुरामा बेस्सरी घोत्लिउ साथि! कुन भडुवाको स्वार्थि व्याख्यामा रुमल्लिएय बाबुराममाथि छुद्र बोलि बर्षा गर्नुभयको छ! डा भट्टराइ को बारेमा कुनै पनि कुरा वोकालना हतार नगरिकन पहिले एघार पटक सोच्नुहोला!
        के कम्युनिज्म फलो गरियो भनेर गर्नेहरुले आफ्नो परिवार प्रति उत्तरदायित्यो राख्न नहुने? कम्युनिस्ट भयो भनेर कतै घुम्न भ्रमण गर्न जान नहुने? कम्युनिजम फलो गरियो भनेर धर्म मान्ने नहुने?
        कम्युनिज्म ले धर्मको होइन धर्म भित्रको कुरीति र असामाजिक अबस्था र बिकृतिको बिरोध गर्दछ तर कसैलाई पनि कुनै धर्म मान्न व्यक्तिगत स्वोतान्त्रता तेहा रहन्छ सांगठानिक र दबाब मा कसैलाई कुनै धर्ममा घसिट्ने कुराको मात्र बिरोध हुन्छ!
        जहासम्म धर्महरु स्वोतन्त्र भयर बिध्यामान हुन्छ तेहा कमुनिज्म र धर्मको कुनै पालोपैचो हुदैन!
        कम्युनिज्म एउटा सामाजिक राज्य ब्याबस्था हो!
        धर्म व्यक्तिको स्वोतन्त्र अन्तरात्माको मान्यता हो!
        तिर्थ एउटा भ्रमण वा यात्रा हो परापुर्ब कालमा यसलाई धर्मसंग जोडियको थियो किनकि तत्समयमा सामाजिक र संगठित तरिकाले कुनैठाउको भ्रमण वा यात्रा गरिनु आबस्यक थियो तेसैले उक्त भ्रमण र यात्रा जन्य कार्यलाई धार्मिक सम्बन्धन गरि तिर्थ नामाकरण गर्दा प्रभावशाली हुने कारण ले यसो गरियो तर कालान्तरमा तीर्थलाई धर्मको पर्यायाबाचिको रुपमा अनुसरण गरियो!
        समयले फेरी यी सब कुराको परिभाषामा रुपान्तरण गर्दै छ!
        डोकोले बिरालो छोपेर बाउको श्राद्द गर्नु अघि बाउले किन तेसो गर्यो होला भन्ने कुरामा घोत्लिउ लौटन जी!
        अनि,
        एउटा विद्वान पढे लेखेका आफु भन्दा अलिक जानेका बुझेका सबैले विद्वान मानेका मान्छेहरुका कुराहरु माथि अलिक गहन गरि बुझेर बोलौ!
        अनि तपाइको पितामह बेङ्कक मा उपचार गरि फर्किदैछ बरु उसलाई केके छाडेर आइजे भन्नु पर्ने हो भन्नुस तिनैले दीक्षित गरायका त हुन् तपाइँ जस्ताको दिमाग डा भट्टराइ माथि भुक्ने!

        Reply
    2. madan bajracharya says:
      May 10, 2014 at 9:01 am

      गगनेज्यु
      मावोबादी बाबुराम बलियो भय पछि मावोबादी पार्टी कम्जोर भयो र पार्टी समेत टुक्रियो/ बाबुराम प्रधान मन्त्रि बनेर चुनाव गराउँदा जनताले पत्यायन/ बाबुराम प्रधान मन्त्रि बने यता मावोबादी पार्टी रास्त्रवादमा चुक्यो; यो भनाइ त् मावोबादि पार्टी भित्र नै उठेको कुरा हो/ तपाइंले बाबुरामज्यु ‘सुर्य” हो त् भन्नु भयो/ तर बाबुराम रुपी “सुर्य” पार्टी भित्र चम्के पछि पार्टी भित्र घनघोर अँध्यारो किन भयो र पार्टी भित्र भुकम्प पहिरो आदि किन आयो त्यो चाहि भन्नु भयन/

      Reply
  6. bhakta says:
    May 9, 2014 at 2:59 pm

    जब जब जुन कुनै पार्टी फ़ुट्छ तब तब बिपक्षि को हड्डी मजाले हास्छ -यो नौलो कुरो हैन / त्यसोत माधब नेपाल ले भनिसके- अब एमाले लाइ फायदा हुञ्छ भनेर .. तर यो पनि त् हुन् सक्ला !
    -बैद्ध्य प्रचण्ड पुनर्मिलन
    -बैद्ध्य फर्काउने नाटक
    -भारतीय बिस्तारबाद लाइ चेतावानी

    Reply
  7. ramesh says:
    May 9, 2014 at 12:45 pm

    ठुलो अजंग को व्होएल वा हाती मर्यो, dispose गर्न सकिएन, स साना टुक्रा पार्यो गाड्यो र dispose गर्यो. माओबादी पनि मरेको हात्ती हो, बैध्य,हटे, बाबुराम हट्छां अनि सिद्दिन्छ. बास्तव मा कम्युनिस्ट को पछि लागेर हिड्नु भनेको आफ्नो जिन्दगि भताभुंग गर्नु भन्दा अरु केहि होइन, म एक काल खण्ड को माओबादी को समर्थक भएको लाइ त एस्तो पछुतो भएको छ भने माओबादी नै बनेर सहादत भएका परिवार, घाइते, जेल नेल यातना पाएका, पढ्ने उमेर मा बन्दुक बोकेर भविश्य बिगारेका हरु लाइ कस्तो भएको होला? बास्तव मा जनयुद्द जनता को मुक्ति को लागि होइन बाबुराम प्रचण्ड हरु ले पोलिटिकल क्यारिअर बनाउन गरेका रहेछन.बाबुराम प्रचण्ड क्यारिअरिस्त कम्युनिस्ट हुन् भनेर मोहन बिक्रम ले त तेती खेर नै बनेका थिए, भ्रस्टचार मा प्रचण्ड लाइ माथ गर्ने कोहि छैन नेपाल मा भने , सस्तो लोकप्रियता को लागि नाटक गर्न बाबुराम लाइ कसै ले भेटदें.” बाख्री को पुच्छर काटे बोका लाइ सजिलो” भने झैँ एमाले कांग्रेस लाइ सजिलो भयो अब.

    Reply
  8. kusum says:
    May 9, 2014 at 11:25 am

    नबुझेको कुरा नबोल्नु नि के केन जान्ने वयेरा क लेखेकोहोला ? द बाबुराम क बारेमा तेती हल्का टिप्पणी ? आफु केहि हु वन्ने नै नसोच्ने मान्छे हरुकलागी सबै बिदेसिले गरेको देख्छन तपाई जन्मेको पनि तपाइको ज आमा को कारणले हैन इंडिया कै कारणले होला हगि ? अनि नेपालमा बनेका सबै पार्टी उसैले बनैदियेका होलान तपैन्ले लेखेको यो टिप्पणी पनि इन्दिअले नै लेखिदियेकोहोला तापनि को स्वास्नी पनि इन्दिअले नै खोजिदियेकोहोला हगि अनि तपैन्को सास पनि इन्दिअले नै फेरिदिन्छा होला अगि अनि तेसो वाए तपाईं आत्महत्य गर्नोस न तपाईं मर्नुहुन्ना इंडिया मर्छ कि कसो हो ?

    Reply
  9. mahesh sharma says:
    May 9, 2014 at 9:39 am

    प्रचण्ड जस्ता गद्दार को पछि लागेर कतिन्ज्जेल बस्नु भन्दा पाखा लाग्नु नै बेश .

    Reply
  10. Resham Thapa says:
    May 9, 2014 at 9:25 am

    लेखक ज्यू ! उपाध्यक्ष तथा केन्द्रीय सदस्य पद छाड्नु भनेको नयाँ पार्टी खोल्नु हो ? लेख साच्चैको ब्लगको लेख बनेकोमा बधाइ !!

    Reply
  11. लौटन अवधि says:
    May 9, 2014 at 9:11 am

    जिन्दगि भर कम्निस्ट को राजनीति गरेर लास्ट मा तिर्थ धाउनु नै छ भने धिक्कार छ कम्निस्ट बन्नु मा ! कम्निस्ट को दर्सन फलाक्दै हिड्नु मा !

    Reply
  12. shree says:
    May 9, 2014 at 8:27 am

    अब माओबादी बिस्तारै बिघटन तिर जादैछ. यीनीहरुले अब हुने स्थानीय चुनाबमा देख्छ. त्यसपछि पार्टी बिस्तारै सी. पी. मैनाली को जस्तै हुन्छ र अर्को संसदीय चुनाब भयो भने यिनीहरुले ५ सिट पनि जित्दैन यो त ठोकेरै भन्न सकिन्छ अहिले नै. त्यसपछि यो पार्टी एमालेमा बिलय हुने होला वा सी. पी. मैनाली को जस्तै अबस्थामा रहने होला.
    जनताले धेरै नै आश गरेका थिए माओबादिहरु बाट तर जनताको लागि सिन्को नि भाच्न सकेन. प्रचण्डले नचाहिने इस्यू मा फसेर राजिनामा दिने गलत गरे अनि बाबुरामले पनि प्रधानमन्त्री बन्न कुर्सीकै लागि हतारमा नराम्रो खेल खेले त्यसैले त हारे नराम्रोसंग. आफै प्रधानमन्त्री हुदा पनि आफैले शेर बहादुर सामु राखेको ४० बुदा माग मध्ये कतिवटा पूरा गरे जनालाई कन्ठै छ अहिले. भारतले यिनीहरुलाई नराम्रो संग प्रयोग गरे र यिनीहरुले त धेरै पछि मात्र चाल पाए.
    अब बाबुराम र प्रचण्डको कुरा जनताले पत्याउनेवाला छैन जबसम्म कुर्सि लाई केन्द्रमा राखेर राजनीति गर्छन. बाबुरामले अहिले पार्टी फुटाउनु भनेको बामदेवले एमाले फुटाएको जस्तै हुनेछ. १२ बर्ष आफ्नो ज्यान दिएर लागेका कार्यकर्ता र उनीहरुको परिवारलाई कस्तो लागेको होला पार्टीको यो अवस्था देख्दा. धेरै समय भयो प्रचण्ड संग निहु खोजेको बाबुरामले, शायद यहि अवस्था ल्याउनको लागि होला. बाबुराम कुशल संगठक त हुदै होइन.
    त्यसकारण प्रचण्ड र बाबुराम मिलेर जनतालाई राजनीतिको केन्द्रमा राखेर अगाडी बढ्ने हो भने अझै पनि केहि बिग्रेको छैन. एउटा राजनीतिक पार्टीको लागि एउटा चुनाब हार्दैमा यसरि भताभुङ्ग र लथालिङ्ग हुनु राम्रो संकेत पक्कै होइन. सकिन्छ भने अझ छाती चौडा गरेर बैद्य माओबादि र एमाले संग एकता गर्न सक्नु पर्छ ता कि नेपालमा दूई वटा मात्र ठुला पार्टी होस् नेपाली कांग्रेस र कम्युनिस्ट, एउटाले सरकार चलाउने अनि अर्कोले खबरदारी गर्ने अन्त देसमा जस्तो. त्यसैमा हामी नेपाली को पनि भलो हुनेछ.

    Reply
  13. mani says:
    May 9, 2014 at 8:20 am

    बाबुराम भट्टराई को कृत्रिम छबि भारतले निर्माण गरिदिएको हो मिडियाको माध्यमबाट !बाबुराम कुनै नेतृत्व क्षमता र राजनैतिक दुरदर्शिता नभएको, खोक्रो सिद्धान्तको कुरा गर्ने धुर्त भारतीय दलाल हो भन्ने कुरा प्रस्ट भैसकेको छ! उसप्रतिको सम्पूर्ण जनताको विश्वास प्रधानमन्त्री काल पछि पुरै भत्किएको छ! देश र जनतालाई यतिसम्म धोका दिदा अझै पनि जनताले पत्यौछन भन्ने भ्रम पाल्नु भन्दा ठुलो मुर्खता के हुन सक्छ! दुर्गम गाउँ बस्तीका अशिक्षित र गरिब जनताको भाबना संग खेलवाड गरि, उनीहरुलाई झुठो सपना देखाई मर्न र मार्न उक्साउने यी नब सामंतिहरुलाई नेपाली जनताले राम्ररी चिनिसकेका छन्! निकै चर्का क्रान्तिका र स्वतन्त्रताका कुरा गरेर नथाक्ने नेपालका कम्मुनिस्ट नै सबैभन्दा ठुला तानासाह र सामन्ती रहेछन भन्ने कुरा यिनकै पिछलग्गु लाई समेत महसुस भएको छ!

    Reply
  14. xyz says:
    May 9, 2014 at 7:06 am

    Muma Ram Khanal has this to predict:
    As long as present CA remains intact, Maoists factions will remain in limbo as of today – there is no possibility of either of their unification or further split in the Prachanda-Baburam camp.

    Last time he predicted that the Maoists camp will split into two under two conditions – 1. When CA succeeds in drafting constitution and 2. when CA fails to draft constitution. We had Nr 2 situation and, as he predicted, Maoists camp divided into two factions.

    Let us see what happens this time. But we may have to wait four years, can we afford that long?

    Reply
  15. Shankar says:
    May 9, 2014 at 3:24 am

    हात मा पी यच डी डिग्री भएर के गर्नु ? निधार मा हत्या को कलंक छ , अब यो हेर्नु छ
    बिधि ले कुन मोड मा उसलाई लग्छ |
    माउबादी नेता कम्जोर भए , अरु को सुरक्ष्या न पाए आफै असुरक्षित हुन् पुग्छन | यो उनैको हिजो को हर्कत ले जन्माएको नतिजा हो |

    Reply
  16. Suraj Shrestha Maskey says:
    May 9, 2014 at 2:50 am

    पाप धुरीबाट कराउछ !!!

    मेरो बिचारमा द्वन्द कालमा सरकारी र माओबादीका बीच गोलि हाना हान भैं दिव्व्न्गत भएका बाहेक निर्दोष बाबु आम, दाजु भाई, दिदि बहिनि, छोरा छोरी वा निकटका आफन्तहरुको माओबादीद्वारा हत्या भयो उनिहरुको सराप अवश्य लाग्छ।

    केहि बर्षमा दुइ बाट तिन टुक्रा हुदैछ, अझ धेरै अवनति हुन बाँकि नै छ।

    हेर्दै जाउँ, नेपालको ७२ बर्षको गोर्खाली शाहबंश को शासन १०४ बर्षको राणा शासन, १० बर्षको सक्रमंकालिन प्रजातन्त्र, ३० बर्षको पंचायत, सम्वेधानिक राजतन्त्रको १५ बर्ष र अहिले ८ बर्षे लोकतन्त्र र गणतन्त्र पछि हामी कहाँ पुग्नेहो?

    चाल ़माल हेदां त् हिन्दुस्तानबाट आएकाहरुले नेपाललाई उतै बिलय गनें शंका नेपालीहरुले गनुं पनें बेला जस्तो छ

    सुरज श्रेष्ठ मास्के

    Reply
    1. महेश लामिछाने says:
      May 10, 2014 at 1:45 pm

      अनि बिलय भएर चै के भो त ? बकाइदा रासन कार्ड बनाउँला । हामी इन्डियनहरु संसार भर छौ भनौला । उता पनि कांग्रेस कम्युनिष्ट माओवादी सबै छन्, तिनकै पुच्छर बनौला । अहिले नेपाली भएर चै के नै खुत्याएका छौँ र ? यो राष्ट्रवाद भन्ने लाटालाई पापा मात्रै हो । आफु र परिवार भन्दा कहिलै माथि उठ्न नसक्ने हाम्रो ज्यान र परिवार त जहाँ गएपनि उही त हो नि ।

      Reply
  17. kedar says:
    May 9, 2014 at 2:16 am

    देशको प्रमुख कार्यकारी हुने महत्वाकांक्षा बोकेर गरेको जनयुद्धले प्रधानमुन्त्री भै हालियो, बाँकीको राजनितीले कि त राष्ट्रपती भइन्छ, नभए सिपि भएपनी घाटा त छैन तर सिपी जस्तै अध्यक्ष चैं हुने नै हो भन्ने हिसाब गरेर बाटो लागे जस्तो छ भट्टराइ जी | तर प्रचण्ड जी को जोड घटाउ पो कसरि गर्ने हो को नि ?

    Reply
  18. bikas gurung says:
    May 9, 2014 at 1:45 am

    डाक्टर बाबुराम ले अब आफ्नो विचारका साथ छुटै पार्टी स्तपना गर्नु जरुरि छ कि जसरि बिष बाट अमृत छुटिएको जस्तै …
    बाबुरामलाई यो ज्ञान नहुनु सक्ला कि नेपाली जनता हरु ले रमेश खरेल जस्तो गगन थापा जस्तो र बाबुराम भटराई जस्तो मिलि कुनै पुलिश वा नेता नभई या कुनै कमिनिस्ट कांग्रेस पार्टी नभई
    नया विचार भएको पार्टीको खोजीमा छ भनेर
    मेरो लागि बाबुराम यो देश को सच्चा नेता हो उ हरे पनि उसको विचार हार्ने छैन फेरी उसको विचार त्यो पार्टीमा पो हार्यो सिंगो देशमा त उसको सबै विचार जितेकै छ तेसैले ..
    म विकास गुरुङ बाबुराम विचार को पहिलो कार्यकर्ता अहिलेदेखि भएको घोसना गर्दछु
    जय हाम्रो नेपाल

    Reply
  19. Manoj Thapa says:
    May 9, 2014 at 1:23 am

    Baburam is and will be the most selfish, opportunist and power hungry person in the history of Politics. He is very successful in creating false stunts and illusions in most deceitful way to be in limelight which most of the ordinary people don’t understand. But everything is coming out gradually and he is getting naked by himself every day. He has noting to do with the betterment of Nepali people, which he could have done a lot when he was the prime minister of Nepal. He did everything whatever his godfather India told to do to become the Prime minister. A person with a little morality, ideology and goal would never do that whatever he did to grab the power. Now is he helpless because his godfather India has already thrown him out because he is of no use. So he is planning if he can get something from his godfather India by throwing China card. Nothing is going to work out I guess. He is just useless from every where now. Nothing better than the garbage.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme