२०६५ जेठ १५ को संविधान सभाले देशलाई दलीय तानाशाहीको जालसाजीसहित गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह हाँसी हाँसी गद्दी त्यागेर नागार्जुन गएपछि अधिकांश पूर्व राजावादीहरु तत्कालीन माओवादीमा धेरै नवक्रान्तिकारी बनेर लहसिए, जसरी २०४६ सालको परिवर्तनपछि अधिकांस पूर्वपन्चहरुको नयाँ दरवार नेपाली कांग्रेस बनेको थियो। जस्ले जे अर्थ लाए पनि हालसम्म नेपाली कांग्रेस वडादेखि बलियो हुनुमा मुख्य कारक… Continue reading
Author: सूर्य खड्का
पत्रकारलाई लाइसेन्स
चाहिँदैन मलाई खुकुरी खुडा, बन्दुक तरवार कलमले नै भत्काईदिन्छु अन्यायी संसार गोलघर सन्देशमा पंचायती निरंकुशताका बेला जेलमा बसेर मोदनाथ प्रश्रितले लेखेका यी शब्द सापटी लिएर भन्नुपर्दा पत्रकारका लागि कलमभन्दा ठूलो कुनै हतियार छैन, लाइसेन्स छैन। तर पनि राज्यमा सबै निकाय झै पत्रकारिता र पत्रकारलाई पनि निश्चित दायरामा राख्न सकारात्मक नियतले लाइसेन्स प्रक्रियाबाट व्यवस्थित गर्ने कुरामा… Continue reading
तिलाठीवासीले दशगजामा भारतीयको बाँध भत्काएर गरेको प्रतिरक्षा : देशभक्त मधेशी स्वाभिमानको उदाहरण
सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि उनीहरुले… Continue reading
गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!
सम्माननीय प्रधानमन्त्री ज्यू, यी शव्दहरु सम्पूर्ण रुपले समर्पित छन्, तपाईको महादानको प्रशंसा र आरती उतार्नमा। कुनै पनि मानेमा गलत अर्थ नलगाइयोस्। अन्यथा पर्न गएमा संयोग मात्रै हुनेछन्। असार मसान्तको शुक्रवारमा तपाईको मन्त्रिपरिषदले गरेका महान् कामहरु मध्ये सबसे महादानको काम हो आदित्य बाबु अर्थात् तथाकथित गुगल ब्वाईलाई १ करोड रुपैयाँ दिने निर्णय। वाह, सलाम छ कार्यकारी… Continue reading
ओलीको सरकार ढाल्न त्यति सजिलो छैन जति माओवादीले सम्झेको छ, तर त्यति असम्भव छैन, जति एमालेको दम्भ छ
दोस्रो संविधानसभाको मत परिणाम सार्वजनिक हुँदै गर्दा प्रचण्ड यो स्तरको सत्ता निर्णायक खेलाडी बन्लान् भन्ने अनुमानै थिएन। अझ माओवादीले निर्वाचन परिणाम नै अस्वीकार गर्न थालेपछि त उसलाई खिसीट्युरी गर्नेहरुको लर्को नै थियो। तर कुनै पनि दललाई स्पष्ट बहुमत नदिने जनादेशले माओवादीलाई दिएको तेस्रो स्थानको ८० सिट नै उसका लागि सत्ताखेलाडी बन्ने निर्णायक शक्ति बन्यो। फलतः… Continue reading
लोकमानलाई संसदको कठघरामा उभ्याउने तागत छ त ?
समकालीन नेपाली समाजका एक निरन्तर विवादका शीर्ष पात्रको खोजी हुँदा त्यसको एक पर्याय पात्रका रुपमा आउने नाम हो लोकमान सिंह कार्की। बुढापाकाले त भन्थे काम्रोमा सातु नमुछ्नु, मुछेपछि खान नघिनाउनु। तर लोकमानलाई अख्तियार नायक बनाउनेहरु नै अहिले उनको खोइरो खन्न उत्रेपछि दलहरुको अहिले लोकमान सिंह कार्की त्यही उखानका पर्याय हुन्। किनभने लोकमानको जुन पदीय हैसियत… Continue reading
अफगानिस्तानमा मारिने १२ नेपालीका असली हत्यारालाई चिनौँ, सिकौँ सबक
सबक सिक्ने र सावधानी अपनाउने कुनै पनि राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र वा सरकार नेपाल देशमा हुन्थ्यो भने काबुल नरसंहार हुने नै थिएन नेपालीका हकमा। नेपालले १२ बर्ष अघि नै इराकमा भएको १२ नेपालीको कत्लेआमबाट सबक सिक्न सक्थ्यो, पूर्वसावधानी र सर्तकताको बाटो र उपाय खोज्न सक्थ्यो। तर छेपारोले चिसो रातमा भोलि त पक्का सिरक बनाउछु भनेर… Continue reading
अर्थात् …………उधारो नयाँ शक्ति ?
भूकम्पपछिको पुर्ननिर्माणको नेतृत्व लिन झोली थापेरै याचना गरेका थिए, डा. बाबुराम भट्टराईले। तर झिंगे मन मुटु भाका तत्कालिन सत्ताधारी कांग्रेस एमालेहरुले उनलाई त्यो अवसर, चुनौति र गौरवको भारी बोक्न दिएनन्। फलतः जीवनभरका कट्टर मार्स्े तथा माओवादी विचारका व्याख्याता बाबुराम घुमीफिरी राजनीतिक खेतिमै फर्किए। कहिल्यै दलीय राजनीति नगरेका पूर्व राजा ज्ञानेन्द्र वा उनका गैरराजनीतिक पुत्र पारस… Continue reading
विपी र मदनकै कडी हुने हो भने किन चाहियो नयाँ शक्ति ?
उसो त देशमा प्रजातन्त्र स्थापनार्थ तत्कालीन राणाशाहीविरुद्ध ज्यानको आहुति दिने चार महान सपुतहरु मध्ये शहीद दशरथ चन्दको नाममा रहेको देशकै एकमात्रै ठूलो र सुविधा सम्पन्न मानिनु पर्ने दशरथ रंगशालामा सामान्यतः खेलकै कुरा जोडिनुपर्ने हो। तर, यो जेठान्तमा यो ऐतिहासिक रंगशालामा हुन लागेको राजनीतिक रुपान्तरणको एउटा कुम्भ मेला आफैमा रोचक, घोचक र दर्शनीय छ। जीवनभर कम्युनिष्ट… Continue reading
हाम्रा कम्युनिस्ट पार्टीहरु : नारा मात्रै सक्कली, कामकुरो सबै नक्कली
वीपी कोइरालाका शब्दमा कुनै पनि मान्छे युवा अवस्थामा कम्युनिष्ट बनेन भने नि त्यसले गरी खान्न रे। अनि जीवनको वयस्क कालखण्डसमम पनि उ कम्युनिष्टबाट प्रजातन्त्रिक बनेन भने पनि उसले गरिखान्न रे। सुरुमा आफै कम्युनिष्ट रहेका विपीले भाइ गिरीजालाई पनि कम्युनिष्टबाट कांग्रेस हुन सम्झाई बुझाई गर्दा यो प्रसंग भनेका थिए रे खांटी कांग्रेसी पत्रकार बिन्दुकान्त घिमिरेका अनुसार।… Continue reading
सिल्ली कुरा गर्ने मिडिया मालिकको खिल्ली उडाऔँ
मलाई लाग्दैन श्रमजीवी पत्रकारलाई न्युनतम पारिश्रमिकको यो निर्णय कार्यान्वयन हुंदा कुनै पनि संचारगृह बन्द हुनेछन्। कथंकदाचित त्यस्तो भैहालेछ भने सम्झनोस् त्यहाँ कार्यरत पत्रकारका दिन फिरे। किनकि अब सक्नेहरुले मात्रै चलाउनुपर्छ मिडिया। नसक्नेहरु विकल्पमा जाउन्, राज्यले उनीहरुलाई मिडिया बाहेकको रोजगारी वा उद्योग संचालनको सवैधानिक ग्यारेन्टी गरेकै छ। सरकारलाई साँचो बुझाउने जस्ता सिल्ली कुरा गर्ने मालिकसाबहरुको डटेरै… Continue reading
राजाको नाममा राजसंस्थाको नाम जपेर संस्था नै बद्नाम गर्ने पाखण्ड रोक, नत्र प्रतिकारमा उत्रन बाध्य हुनेछन् जनता
श्री पशुपति खड्का सभापति, शाही युवा शक्ति। तिमीसँग प्रत्यक्ष चिनजान नभाको भे नी तिम्रो नामको ३० बैशाखमा उपत्यका बन्दको एउटा सन्देश यत्रतत्र सर्वत्र सार्वजनिक गरिएको पाएसी यो पत्र लेख्दैछु। कालोबजारी महंगी, भ्रष्टाचार र असुरक्षाका बिरोधको मनछुने नारामुनि तिमीहरुले उपत्यका बन्द गर्न लागेछौं। मूल नारा त अब जनता जागौं, राजतन्त्र ल्याऔं र राष्ट्रियता बचाऔं भन्ने रहेछ।… Continue reading
पत्रकार महासंघ न्यूनतम पारिश्रमिकको मामिलामा किन चुप? सुहाउने कुरा हो यो?
उसो त यो कुनै पनि पत्रकारले सम्झाइरहनु पर्ने वा नेपाल पत्रकार महासंघले कानमा तेल हाले झैं गर्नुपर्ने मुद्धा अवश्यै हैन श्रमजीवी पत्रकारहरुको नयाँ तलबमान लागू गर्ने सवाल । तर भैरहेको छ त्यस्तै जस्तो नहुनु पर्ने थियो । यस बिषयमा संचारमन्त्री शेरधन राईले सुरुका दिनमा लागू गर्ने भनी दिने गरेका चर्को प्रतिवद्धता मलिन हुँदै जाँदा वा… Continue reading
श्रमजीवी पत्रकारको नयाँ तलबमान लागू गर्दा मिडिया संचालकहरु काशी जालान् र ?
नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औ बार्षिकोत्सवको पर्सिपल्ट बिहीबार सूचना तथा संचार मन्त्री शेरधन राईले सिंहदरबारमा आमन्त्रण गरेका संचार उद्यमी, संचालकहरुले श्रमजीवी पत्रकारका लागि प्रस्तावित नयाँ तलबमान लागू गर्न नसकिने तर्क गरेको समाचार सार्वजनिक भएको छ। मन्त्रीका संचार सल्लाहकार मात्रिका पौडेलले सो सम्बन्धी सूचनामा भनेका छन सबैको जीत हुने गरी नयाँ तलबमान लागू गर्ने प्रयास… Continue reading
ह्यारी र हिमानी
नेपाली कुकुरको बेलायती भुकाई भन्दै ठुटेमुटे अंग्रेजी हाक्नेहरुप्रति कुरा काट्ने नेपाली प्रचलन अझैं मरेको छैन। प्रजातन्त्रको परिभाषा खोज्दा जो कोही नेपाली बेलायती डिक्सनरी नै पल्टाउँछन्। राजसंस्थाको मोडेल खोज्नु पर्दा सबैको दिलदिमागमा आउने देश उही बेलायत हो। पछिल्ला वर्षको आंकडांलाई अपवाद मान्ने हो भने नेपालीको वैदेशिक यात्राको गन्तव्य पनि बेलायत नै हो। नेपालका राणा प्रधानमन्त्री श्री… Continue reading
प्रतिगामी शशांक कि कांग्रेस ?
नेपाली कांग्रेसले नेतृत्व नगरेको भए र तत्कालिन संयुक्त वाममोर्चाले साथ नदिएको भए २०४६ सालको संयुक्त जनआन्दोलनको सफलता संभव थिएन । र, त्यतिबेला पहिलो पटक चिकित्सकहरु पञ्चायत मूर्दाबाद भन्दै सडकमा नओर्लेको भए पनि आन्दोलन त्यति चाडै निर्णायक नबन्न सक्थ्यो शायद । र त्यसैसंग जोडिएको तथ्य के हो भने त्यहां शिक्षण अस्पतालमा डा. शशांक कोईराला नभएको भए… Continue reading
कांग्रेस अब कता? यस्ता छन् पाँच चुनौति
नखाउँ भने दिनभरको शिकार, खाउँ भने खै कसको अनुहार भने जस्तै भएको छ कांग्रेसका लागि आसन्न १३ औं महाधिवेशन। आफ्ना सभापति तथा पूर्वप्रधानमन्त्रीको देहान्तपछि संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस यतिबेला जुठो बारिरहेको छ। १३ औं दिनको पुण्य तिथिको काम नै सकिएको छैन। तैपनि बरखी बारिरहेको कांग्रेस स्व. सुशीलको अस्तु सेलाउन नपाउँदै पुनः महाधिवेशनको ज्वरोमा… Continue reading
बाबुरामको नयाँ शक्ति किन नयाँ शहरिया आतंक? १० कारण
शहरमा दुई आतंक छ यतिबेला। शहरमा एउटा ओली सत्ताको आशाखेती आतंक छ, तराई मधेशमा मधेशी मोर्चाको आन्दोलन आतंक छ। नाकाबन्दी मधेश आन्दोलनको पराकाष्ठ पीडा हो र त्यस्को कीर्तिमानी योगदान कालोबजारी अनी महंगी हो। पृष्ठभुमिमा आतंक मच्चाउनेहरु तराई मधेशदेखि शहरसम्म छन। सीके राउतहरुको आतंक भुसको आगो जस्तो हुर्दैछ भने शहरमा अर्को आतंक डा. बाबुराम भट्टराईको जो… Continue reading
जनता नभाको देश हो त यो ?
जनवरी १ २०१६ मा नेपाली टोपी दिवस मनाउनेहरुहरुले काठमाडौँ खाल्डोको माईतीघर मण्डलमा टोपीको फोटो सेसन गर्दा महन्थ ठाकुर वा उपेन्द्र यादव जस्ता उदार मधेशवादी नेतालाई प्रमुख अतिथि त के सहभागीसम्म गराउन सकेनन्। बरु धोतीलाई देखाईदिने मानसिकतामा टोपीवालाहरुको प्रदर्शनी देखियो। ठीक त्यस्लाई प्रत्युत्तर दिने गरी तराई मधेशका जिल्लाहरुमा पनि धोती जुलुसको आयोजना गरियो जहाँ टोपीवालाहरुको शून्य… Continue reading
कालो ओली सत्ता
२०७२ साउन ३२ मा कुनै शिशुको जन्म दिन हुन्थ्यो भने त्यो शिसुको भात खुवाई गर्ने बेला हो यो। बर्खाको उत्तरार्ध्दमा सुरु भएको तराई मधेश आन्दोलनको पारख र पौरखीहरुको दावा र परिभाषालाई केहीबेर नजरअन्दाज गर्ने हो भने नेपाल संकटको आधा वर्ष बित्नै लाग्दा नेपालीको दैनिकी हो अभाव, कष्ट, कालोबजारी र चरम संकट। खासमा देश कालो कालो… Continue reading