Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जाऊ ज्ञानेन्द्र बचाऊ पारसलाई

Posted on October 12, 2014October 12, 2014 by सूर्य खड्का

paras1 जाऊ ज्ञानेन्द्र बचाऊ पारसलाई। पारस आफै फसेका भए पनि उनलाई फसाईएको जे भए पनि उनी तिम्रै पुत्र हुन। घर सल्लाह गर कोमलसंग। कोमलले ९ महिना आफनो गर्भमा हुर्काएकी पारसको यो हालत उनलाई कति धेरै दुखेको होला? सोध कोमललाई एक पटक। आमा त आमा नै हुन्छिन नी सन्तान जस्तै गोव्वर भए पनि। हिमानीलाई पनि सोध के पारसलाई यसै हालतमा छाडिदिने हो त? पुर्व महाराज ज्ञानेन्द्र देशले राजसंस्थालाई विदा दिनुमा तिम्रो मात्र गल्ती छ र पारस यो हालतमा हुनुमा पनि पारको मात्र होइन तिम्रो नै निर्णयक हात छ। तिमी यो नसंझ की पारस कुलनासक भो। पारसको असल पिता हुन नसक्नु तिम्रो पनि गल्ती हो। यस्तै हो अब गल्ती मात्र औल्याउने बेला हैन यो। यो विपतको बेला अब तिमी पनि भर्खर मिनी हार्टअटयाकबाट बाचेका छौं। अब बाउछोरा छुटिटएर बस्ने बेला छैन। जाउ अनि पारसलाई अब यो हालतबाट मुक्त गरेर ल्याउ। बाकी अब उप्रान्त वाउ छोरा मिलेर वसेपछि समयले मिलाउदै लैजाला।

पारसबारे मैले नबुझेको कुरो

-सूर्य खडका-

माईसंसारका सालोक्यले लेखेका हरफहरु राजा जाऊ, पारस बचाउ भन्ने पढेपछि फेरि एकपटक व्लग लेख्न मन लाग्यो। शुक्रवार समाचार कक्षमा पारस समातिएको सूचना समाचार सम्पादक माधवजीसंग शेयर गर्दै गर्दा र उहाँले यो समाचार टिभीमा व्रेक गरिरहदा लेख्ने मन थिएन। एउटा चिनजानको मान्छेको नराम्रो समाचारले दुखाउछ मन, नराम्रो लाग्यो वस त्यति हो। केही साथीहरुसंग यसबारेमा कुरा भो तर सबैले पारसलाई मात्र गाली गरे। मलाई पनि पारसको स्तुती गाउनु छैन यो व्लगमा। मनमा लागेका केही प्रश्नहरु माइसंसारका पाठकहरुसंग शेयर गर्ने मात्र यो व्लगको ध्येय हो।

अब पारस शाहलाई पूर्व शाहज्यादा वा पूर्व युवराजको वा अरु कुनै पनि उपमा जरुरी छैन। उनलाई जसले जे भनेर भने पनि हुने भाको छ अब त। उनले अब जीवनको अन्तिम यात्रा तय गर्न मात्र बाकी हो की शायद अब त? यस्तै देखिन्छ अचेलभरी। पछिल्लो उनको गिरफ्तारीलाई आधार मानेर उनलाई गाजा तस्करको रुपमा चित्रण गरिएको छ। कस्तो समाचार? जावो ग्राम गाजा वेचेर नै बिएमडव्लु कार चढेर थाई प्रहरीका सामु हिड्यो होला त उ? उसका बारेमा जोखेर, तौलेर उसलाई बदनाम गर्न पुग्ने बाहेक कुनै सूचना सार्वजनिक गरेन थाई प्रहरी वा थाई पत्रिकाको व्लगले। घटनामा को को थिए? अरुको बारेमा खै त जानकारी? तस्वीरमा त्यो निरीह हालतमा देखिएको पारसको कारमा को को थिए होलान? त्यो हालतमा देखिने मान्छे एकलै कार हुइक्याउदै गाजाको तस्करी गर्न हिड्यो होला त? त्यस्तो हालतमा, ट्राउजर र गन्जी लाएर उ ग्राम गाजा वेच्न थाई सडकमा हिडन न सक्छ न त्यो कर्म गर्नु पर्ने अवस्था नै हो उसका लागि , हो र?

लौ मानौं पारसले नयां व्यापार गाजा तस्करी नै थालेछन रे। के गाजा तस्करको जीवनशैली, व्यापार गर्ने तरिका त्यस्तै हुन्छ त? गाजा वा कुनै पनि तस्करहरुले के कस्तो तरीका र चलाखी अपनाउछन भन्नेमा थाई प्रहरीलाई केही थाहा पत्तो नहोला त? कसरी पारसलाई समातियो एक्लै? के भन्छन उसका साथीभाई वा सहयोगी? को को थिए घटनास्थलमा? त्यसको सबै पृष्ठभुमीको जानकारी कस्ले दिने, कहिले दिने? नदिने भए किन कस्ले किन नदिने त? थाई प्रहरीले केवल पारसलाई मात्र किन सधै पछयाईरहन्छ, के उसको अरु काम छैनरैछ?

ल पारस थाई सडकमा कारमा लुकाई लुकाई गाजा बेचेरै बसेका रैछन रे। त्यसो हो भने लौ भन त अब को को रैछन त उसका पार्टनरहरु? के भरीयाका रुपमा मात्र काम गर्थे त उनले? उसलाई यत्रो काम लाउने मालिकहरु किन गिरफतार भएन्न त? यही घटनालाई आधार विन्दु मानेर थाई प्रहरीले उनको तस्कर समुहलाई ठेगान नलगाउने त? के त्यो एकलो विचरो मात्र हो त मालिकदेखि भरियासम्म? उपभोत्तादेखि व्यापारी र लगानीकर्त्ता सबै? खै? के भन्छन त उसलाई समात्नेहरु? यसको सबै चुरो कुरो थाहा पाउने हक छैन त आम नागरिकलाई?

उनकी छन भनिएकी थाई प्रेमीकाका वारेमा उसका दोस्त र सहयोगी भनिएका सुनिल खडका एण्ड कम्पनीहरु वा उनलाई थाईल्याण्डमा बस्न सघाउनेहरु वा उनका त्यहाका सेवकहरु सबैका बारेमा पनि थाई सरकार वा प्रहरीले दुधको दुध र पानीको पानी पारिदिनु पर्ने हो की हैन त? पारसलाई सरकार भनेृर ढोग गर्नेहरुले नै पारसलाई यस पथमा धकेलेन्न भनेर पत्याउन सकिन्छ त? बोल्नु पर्ने हैन सुनिल खडकाजीहरु? किन चुपचाप छन त? कि कुरो अर्कै पो छ की?
पारस त जीवनबाट हारेर थाकेको र भागेको अवस्था झल्काउछ उनको पछिल्लो तस्वीरले। जे होस त्यो व्यक्ति जो भए पनि नेपाली हो। त्यस्तो मान्छेका बारेमा थाईल्याण्डमा रहेको नेपाली दूतावास वा कुटनीतिक निकायले कुनै पनि जानकारी दिनु पर्ने हो की हैन? नेपाल सरकारले यस घटनाको बारेमा किन मौनता साधेको होला? कतै कुचोलो बर्ढानु पर्ने कसिंगर हावलो उडाईदियो भनेर पो सरकार र उसका विदेशस्थित निकाय मौन बसेका हुन की? पारसको ठाउमा एवीसी जो कोही भए पनि उ नेपाली त हो नी हैन र? अनि किन स्पष्ट जानकारी अझै नदिएको त? के उनको यो हालतको वारेमा कुनै जानकारी नै दिर्नै नपर्ने पत्रु भैसके त पारस? माननीयजीहरुले संसदमा यस बारेमा पनि चाईचुई गरेन्न? अरु नबोले पनि कमल थापाजीहरुले त बोल्नु पर्ने होईन र भन्या? अहिले त झन गणेश थापा पनि माननीय भएको यो वखतमा?

जीवनमा पारसले के राम्रो गरे गरेन्न वा तिनले यति उति नराम्रो गरे भन्ने निवन्धको अब काम छैन। उ यस लोकको सबसे अभागी पात्र हो। उसले जीवनको यो क्षण रोज्दा उ किन यस्तो भो भन्नेमा पनि सबैले तर्क गरे धेरै प्रश्नहरुको उत्तर मिल्ला।

पारसलाई जस्ले जे वात लाए पनि फरक पर्दैन अब। कन्तिपुरेहरुदेखि हुण्डे,मुन्डे, डुण्डे सबै सबैले पारसलाई बदनाम गर्नु जति गरिसकेकै हुन। अब के नै बाकी छ र? त्यसैले जस्ले जे जे लेख्नु छ लेख पारसका विरुद्धमा। तर कम्तिमा घटनाको सत्य, तथ्य भने माग नत्र पारस त त्यसै मरिजाला के भो र तर त्यो वाघ पल्कियो भने अरुका वाखा्र पनि खाला। भन्छन नी वुढापाका वुढी मर्नु भन्दा काल पल्कनु खतरनाक हो भनेर। यतातिर चै सबैले हेक्का किन नराख्ने?

फेरि पनि सालोक्य कै शव्द सापटी लिदै थप्न मन लाग्यो, जाउ ज्ञानेन्द्र वचाऊ पारसलाई। पारस आफै फसेका भए पनि उनलाई फसाईएको जे भए पनि उनी तिम्रै पुत्र हुन। घर सल्लाह गर कोमलसंग। कोमलले ९ महिना आफनो गर्भमा हुर्काएकी पारसको यो हालत उनलाई कति धेरै दुखेको होला? सोध कोमललाई एक पटक। आमा त आमा नै हुन्छिन नी सन्तान जस्तै गोव्वर भए पनि। हिमानीलाई पनि सोध के पारसलाई यसै हालतमा छाडिदिने हो त? पुर्व महाराज ज्ञानेन्द्र देशले राजसंस्थालाई विदा दिनुमा तिम्रो मात्र गल्ती छ र पारस यो हालतमा हुनुमा पनि पारको मात्र होइन तिम्रो नै निर्णयक हात छ। तिमी यो नसंझ की पारस कुलनासक भो। पारसको असल पिता हुन नसक्नु तिम्रो पनि गल्ती हो। यस्तै हो अब गल्ती मात्र औल्याउने बेला हैन यो। यो विपतको बेला अब तिमी पनि भर्खर मिनी हार्टअटयाकबाट बाचेका छौं। अब वाउछोरा छुटिटएर बस्ने वेला छैन। जाउ अनि पारसलाई अब यो हालतबाट मुक्त गरेर ल्याउ। बाकी अब उप्रान्त वाउ छोरा मिलेर वसेपछि समयले मिलाउदै लैजाला। नलैजाला त? कि कसो त

20 thoughts on “जाऊ ज्ञानेन्द्र बचाऊ पारसलाई”

  1. madan bajracharya says:
    October 14, 2014 at 8:14 pm

    आफ्नो पहिलो गल्तिहरुको कारणले नागरिकहरुको सहानुभूति गुमायकों,कहिले पनि युबराज बन्न नसक्ने पारस “नागरिकहरुको निमित प्रिय तर नेताहरु र तिनका दिल्लीका प्रभुहरुको निमित अप्रिय राजा बिरेन्द्रको ग्रायण्ड डिजायन अनतर्गत हत्या भय पछि नेपालको युबराज बने/ बाबु ज्ञानेन्द्रको मुर्खताको कारणले पारसले आफ्नो युबराज पद गुमाउनु पर्यो/ आफ्नो मुर्खाताको कारणले गद्दी गुमाउनु परेको कुरा सहज रुपमा लिन जति मुर्ख ज्ञानेन्द्रले सके तेती सहज रुपमा लिन सकेन पारसले/आफ्नो र आफ्नो परिवारको अहो भाग्यलाइ आफ्नो मुर्खताको जुवामा हराउने बाबु ज्ञानेन्द्रलाई पारसले खुलेर गालि गर्न पनि सकेन र हालातलाइ स्विकार्न पनि सकेन/ यो कुराले पारस पनि आम उद्दण्ड व्यक्तिहरु जत्तिकै पिडा सहन नसक्ने मानशिक कमजोरीको रोगि नै भयको देखिन्छ/ यस्तै व्यक्तिहरु प्रायस दुर्व्यसनी हुन्छ/ पारस पनि दुर्व्यसनी बने/ आफ्नो परिवारको कुनै सदस्य यस्तो हालतमा पुगे परिवारको सदस्य हरु जति चिन्तित हुनु पर्ने थियो तेती चिन्तित ज्ञानेन्द्र भयको देखिंदैन/ ज्ञानेन्द्र पुर्व राजा भयकोले चाहेको भय पारसलाई थाइलैन्द बात सजिलै सिट नेपाल फर्काउन सक्थ्यो/ नेपालको पुर्व राजाको अनुरोधलाई थाइलैन्द को राजाले स्विकार्थ्यो र पारसलाई थाइलैन्द्को भिसा थप्न अस्विकार गरेर नेपाल फर्कन् बाध्य गर्न सक्थ्यो पनि/ तर यति पनि गरेनन त् अब के भन्ने क्रुर बनेको मुर्ख ज्ञानेन्द्रलाई?

    अहिले पारस यौटा साधारण नागरिक मात्रै हो/ उ सिट मात्र आफिले सेवन गर्न पुग्ने केहि ग्राम गाँजा मात्रै भेतियको छ/ पशुपति मा शिव रात्रिको दिन सरकारले गजेडी बाबाहरुलाई उपलब्ध गराउने जत्ति पनि गाँजा पारसले बोकेको देखिंदैन/ तर पारस उद्दण्ड हुँदा पनि गर्न नसकेको कुकार्य गर्दै आयको नेताहरु नेताहरुलाई “बिस्नु भगवान को अवतार मान्ने आफ्नो तथा आफ्नो दलको समर्थन नगर्नेलाई “सिकार” बनायर बिर अस्पतालको बेडमा अनसन बस्दा पनि न्याय होइन मृत्यु दिने कार्यकर्ताहरु अहिले “मानशिक कमजोरीको कारणले दुर्व्यसनी बनेको पारस माथि अझै आक्रोस पोख्दै छन्/ पारस असल थियन/ तर पारस आफुलाई समर्थन नगर्ने नागरिकलाई लुट्ने लखेट्ने मार्ने राजनैतिक कार्यकर्ता जत्तिकै नराम्रो व्यक्ति चाहि होइन/

    नेतालाइ मनपरेको चरीको इन काउन्टर हुँदा सदन नै बन्द गरेको नन्द ;प्रशाद्को छोरा मार्नेलाई कानुनि कार्यवाही गरेमा फेरी हतियार उठाउन बाध्य हुने कार्यमा आँखा चिम्लनेहरु अहिले मानशिक कमजोरीको कारणले बिदेशमा अपराधि बन्न पुगेको यौटा नागरिक प्रति सहानुभूति राख्ने नागरिकहरु प्रति आक्रोसित हुने सिट तुलना गर्ने हो भने तेस्ताहरु भन्दा पारस ……………./ तेसैले रोगि बनेको आज हामि जस्तै साधारण नागरिक पारस प्रति मेरो सहानुभूति छ/ उसको मुर्ख बाउ क्रुर पनि नबनुन यहि मेरो कामना छ/

    Reply
  2. anjan says:
    October 13, 2014 at 3:41 pm

    के ज्ञानेन्द्रले पारसलाई सुधार्न कुनै कसर बाँकि राखे होलान जस्तो लाग्छ तपाई हरुलाई| जति गर्दा पनि नसुध्रिने लाई उसकै हालतमा छोडिदिने बाहेक कुनै अरु कुनै उपाय नै छैन | कुकुर बुद्दि भै सके पछी जतिनै दुध भात खुवाएर राखेपनि फुत्केपछी गु खाई हाल्ने लाई केहि गर्न सकिदैन | अर्ति दिन सजिलो हुन्छ | मर्का त पर्नेलाई मात्र थाहा हुन्छ |

    Reply
  3. pratik says:
    October 13, 2014 at 12:47 pm

    खुच्चिङ्ग हत्यारा ज्ञाने र परसे

    Reply
  4. balakji says:
    October 13, 2014 at 11:59 am

    ज्ञानेन्द्र आफु भने १ पाइलो हिड्न पर्यो भने हेराउने चराउने गर्ने , छोरालाई ग्रह ले यो हालत गरायो भनेर जान्नु पर्दैन ? ज्ञानेन्द्र ले राजसस्था त डुबायो डुबायो परिवार पनि डुबाउने भो /

    Reply
  5. Rishav says:
    October 13, 2014 at 10:48 am

    His wife’s love couldn’t change him; his parents- especially his dad- obviously don’t have the love to change him; he three kids’ love didn’t change him. Even his Thai mistress’s love didn’t change him. So, I’m sure Surya Khadka’s love won’t change him either. Sorry Surya, better luck next time.

    Reply
  6. Bishal Pandey says:
    October 13, 2014 at 7:08 am

    Good article Surya ji,
    After all this can all be just a conspiracy, time will tell us all. So for now, like so many others we shouldn’t be dumb to run behind the crow just by hearing that it took our ear.
    May God bless Paras and his family.
    May God bless Nepal & Nepali people.

    Reply
  7. Regmi says:
    October 13, 2014 at 7:00 am

    हामि साधारण जनता भन्दा बेग्लै जीवन बितायका पारसको, हालको घटना भन्दा केहि अगाडिको, अन्तरबार्ता हेर्दा बाबुको आज्ञा नपायर नेपाल नआयको भन्ने थाहा भयो/ त्यस्तो आज्ञाकारिले बाबुको अन्य के के कुरा चाहि मानेछन थाहा भयन/ धेरै किसिमको अनुभब गरिसकेका पारसले आफ्नो बानि आफैले नसुधारेसम्म बाहिराकाले दिने सल्लाहको कुनै अर्थ हुँदैन/

    Reply
  8. Man Shrestha says:
    October 13, 2014 at 5:18 am

    Paras is I think in severe depression. Otherwise he would not take drugs and make himself as shown on the photo. He needs support and the care of Psychiatrist and psychologists. He should do meditation also like “Vipassana”. Don’t blame others or Paras, if he is sick. Anyone can be a victim of depression in their lifetime.

    Reply
  9. Nigam, NH, USA says:
    October 13, 2014 at 3:39 am

    सुर्यजीको लेखको गरिमा बुझ्ने पाठकको कमि छ! कुरो पारस को मात्र होइन, बाबुको कर्त्यब्यको पनि हो! मानसिक रुप मा असन्तुलित व्यक्ति को उपचार गर्नु पहिलो कर्त्यबहो, बाँकि कारबाही, उपचार, सम्झाउने, आदि तपशिलका कुरो हुँदै जाने छन्!
    सबै-लाई चेतना भया!

    Reply
  10. srijan says:
    October 13, 2014 at 1:24 am

    केही साथीहरुको कमेन्ट पढे, चित्त बुझेन। मैले बुझ्न न सकेको कुरा ,,,मलेशिया तथा अरब राष्ट्र मा नेपालीहरु अवैद अथवा ज्यानमारा आरोप मा फासी सजाय हुँदा त्यस प्रती नेपाल सरकार ले सक्दो पहल प्रयास गरेकै हुन्छ। के ति अरब राष्ट्रले नजानेर अथवा उनीहरुले गलत आरोप मा त्यो नेपालीलाई फसाएको हो र ? पक्कै होइन, त्यो गर्ने फुर्सत छैन होला अरब राष्ट्रका प्रहरीहरुलाई । ति नेपालीहरुले पक्कै पनि केही गरेको हुनु पर्छ अथवा कतै केही link होला यस case matter मा । अनी किन त नेपाल सरकार ले त्यस नेपालीलाई extradiction को काम गर्छ त। हो, यहाँ सालोक्य ज्यु र सुर्य खड्का ज्यु ले भन्न खोजेको कुरा चाँही, पारस जसो भएपनि नेपाली हो, त्यो हिसाबले (तथा माथि को उदाहरण अनुरूप) नेपाल झिकाउ, तर नेपाल लेराएर पुन: राजा मा स्थापना गरौ भनेको होइन।।
    मलाई लाग्दैन कुनै पत्रीका ले त्यसरी अरब, मलेशिया राष्ट्रमा फसेको नेपाली लाई बद्नाम गरेको छ होला, भने पारसलाई किन बद्नाम गर्नु? Narconon तथा अरु धेरै Drugs को लत छुटाउने संस्था हरु छन नेपाल मा। त्यहा पारस जस्ता धेरै कुलत मा फसेको नेपाली हरु छन। गएर हेर्नुस्, त्यहा त्यस्ता Drug Addict लाई माया गरेर इलाज गरिन्छ, त्यस्लाई गाली, बेइजती र सजाय दिएर राखिन्दैन। हो, मानब भएर सोचौ र पारसलाई पनि त्यह कुलत छुटाउन, उस्को रोग को इलाज गराउनु पर्छ भनौ। रिस राग राख्ने बानी छोडौ, अहिले पुर्वराजपरिवार को मान्छे भनेर रिस्-राग राख्नु होला, बिगतमा २-४ निर्दोश नेपाली लाई मारेर तानाशही गरेको परिवार को मान्छे भन्’नु होला. नेपाललाई २०० बर्ष पछाडि धकाल्ने अनी हाम्रो छोरा-नाती लाई अफ्रिकन भोक्मरी को देश को जनता भन्दा तल्लोश्रेणि मा पुगाउने हरु अहिले सरकार चलाऊदै छन। स्मरण रहोस्: १६००० नेपाली लाई मार्ने माओवादी लाई माननिय भनेर सम्बोधन गर्दै हुनुहुन्छ(सांसद)। सोच बद्लौ, नेपाल बद्लौ।
    श्री पशुपतिनाथ ले पारस लाई सु-बुधि प्रधान गरुन र Mr. ज्ञानेन्द्र शाह को परिवार मा हाम्रो परिवारमा भएजस्तै खुशी छाओस।

    Reply
  11. Bam bahadur says:
    October 13, 2014 at 12:36 am

    यो पारसेहरुले जनतालाई भुसुना र खुराक सम्झि कत्ति हत्या र बलात्कार गरे भनेर साध्य छैन , त्यसैको परिणाम भोग्दैछ ! यिनीहरुको दरबारको चारदिवारी भित्र बलात्कार गरि हत्या गरिएका
    हाम्रा अभागी चेलीहरुको चित्कारले भनिरहेकोछ, अझै सजाय पुगेको छैन !

    Reply
  12. suzee says:
    October 12, 2014 at 11:41 pm

    आफ्नै मझेरी मा गंगामाया इलिक इलिक गरेर दिनानुदिन मार्दै छिन्, त्यो पनि आन्याय मा परेर, नन्दप्रसाद को शब् को के हुदैछ ? खै तेतातिर एक सब्द झरेको छैन , सुर्य जी जस्ता
    स्व -घोषित -महा-लेखक बाट ,
    ३५ जना नेपाली को शब् कति महिना dekhi खाडी तिर छ भन्ने सुन्छु
    पशुपति वरपर सुकुम्बशी टोल मा बस्ने का छोराहरु दुर्व्यसनी भएर , कसैले सुधारिदिने ???

    पारस को चिन्ता हामी जस्ता भएभरको जनता ले लिनु पर्ने आवस्यकता मा देख्दिन,
    भू पु नै भने पनि आफ्नै सचिवालय अनि सेना बेना भएका हरु हुन्,
    सोचेर लेख द्वारा kehi परिवर्तन गर्न चाहेको हो भने , हाम्रा गरिब आमा बुबा का दुर्व्यसनी हरु को हकहित को लागि ”राजा ” औ मिलेर देशका भबिस्य का कर्णधार हरु लै बचाऊ भनेर गुहार्नु पर्यो,

    P :S : ब्लग नपढी , कमेन्ट मात्र पढेर मैले पनि कमेन्ट गर्दिए ! लु जा !!!

    Reply
  13. कमल says:
    October 12, 2014 at 11:02 pm

    थाइल्याण्डको जेलमा 3०० बढी नेपाली नागरिकहरु छन्| पारस प्रति टिठ्याउने महानुभवहरुले उनीहरुका बारेमा एक दुइ शब्द खर्च गर्न किन कन्जुसाई? नेपाली राजदुतावास र नेपाल सरकारले उनीहरुलाई बिर्सिसकेका छन्|

    Reply
  14. शशङ् लामा says:
    October 12, 2014 at 7:59 pm

    बाबुआमा र पत्नीले नै वास्ता गर्न छोडिसकेको व्यक्तिप्रति सुर्य खडकाको किन यति बिधि चासो , हाव ! एउटा लबस्तरो व्यक्तिको पछाडी नेपाल सरकार के खाएर कुद्नु ? अर्थोक केहि होइन, पारसलाई घिउ नपचेको हो | अरबमा दिनहुँ मरिरहेका नेपालीहरुलाई त सरकारले हेरेर ल्याउनु सकेको छैन भने ………..

    Reply
  15. rai jag says:
    October 12, 2014 at 7:52 pm

    यी सुर्य “खड्का जी ” का प्रश्न छन् दर्जन …भन्दा बढी ..तर दुर्भाग्य … सबै प्रश्न मा “आलु ” दम छ | एस्तो लग्छ कि यिनी प्रश्न हरु जति धेरै राख्यो लेख उति राम्रो हुन्छा भन्ने सम्झंचन.. | के लेखेको एस्तो वैहात लेख ….
    थाई पुलिस ले पारस लै राम्रो संग चिन्चान्. एस्तो लग्छ कि थाई पुलिस को नियम कानुन उनीहरु लाइ भन्दा तिम्लाई बढी था रैछ …. अनि ज्ञानेन्द्र ज्ञानेन्द्र को परिवार को बारे मा उनलाई भन्दा तिम्लाई बढी था रैछ …

    Reply
  16. गगने says:
    October 12, 2014 at 6:18 pm

    खुर्य थापा जी,
    के रंग न ढंग संग देश, परिवार,समाज र मानबता लाइ तुच्छ घृणित बनाउदै बिग्रेको अपराधिक मानाशिकताको मान्छेको बारेमा समय श्रम खर्चेर सबैको समय नाश गर्न लागि परिराको हो!
    यहा लेख्नु र फलाक्नु भन्दा गयर ज्ञानेन्द्रलाई भेटेर भेटेर वा ज्ञानेन्द्रलाई टेलिफोन गरि वा इमेल लेटर आदि लेखि सल्लाह दिया हुन्छानी बरु! आबस्यक परे सहयोगी गरेहुन्छ! मित्रको अन्नदाता प्रभु हो क्यारे!
    बाउ बाजेले जनताको पसिना र रगतमा लुट मच्चाई देश लुटेर पालि बिग्रेका ढाडे हरुको होइन बरु यहा लेख्नेर बहस गर्न मन छ भने ति खाडि मुलुकमा गयर जीवन धान्न परिवार पाल्न श्रम बेच्ने मारमा परि अमानबिय तरिकाले वा दुखद दुर्घटनामा परि जीवन गुमाएका ति निरिह रास्ट्रपाल्ने रेमिट्यान्स दाताहरुको कुरा लेखौ न साथि!
    दया र माया अनि साथहरु ति र तिनीहरुको परिवारको जीवनको लागि हाम्रो सहयोग बहश र उपाय ति निरिह हरुको लागि खाचो छ!
    तेता सोचौ!
    ओ के!

    Reply
  17. Shankar says:
    October 12, 2014 at 5:13 pm

    पारस ले मानसिक बेदना लाइ दुर गर्ने गलत बाटो रोजेछन | नेपाल मा असुरक्ष्या भएर उता बसेको भनिएको थ्यो , जुन केहि हद सम्म सहि लाग्य्थ्यो | गिरिजाको जुवाई हरु को , प्रचण्ड पुत्रहरुको जगजगी भएको बेला पारस जस्तो स्वाभाब को मान्छे सायद उतै ठिक थियो |
    तर आर्को स्वास्नी किन राख्ने ? गाँजा किन ?
    बुद्द दर्शन , ग्यान तिर लाग्नु पर्ने , न भए उच्ह अध्यान तिर लाग्नु पर्ने अनि त् लगन सिल र बिद्व्वान देखेपछि नेपालि जनता ले नै ये बाबा म राजा बन्दिन भनेपनि तानेर ल्याएर राख्थे |
    अब अरुले बिगारे भन्नु कतिसम्म न्यायोचित ? जैसीको जालो ,कुमाई को घुमाइ नेपालि समाज र राजनीति मा न भएको हैन ( प्रचण्ड जैसी , ओली कुमाई र अरु धेरै चेला चपेटा )
    तेस्ता त्वत्त देश भित्र ,गाउ गाउ मा र देश बाहिर युरोप अमेरिका मा पनि जताततै छन्, तर
    ति सब लाइ चिरेर निस्कन सक्नु पर्ने | किनकि माकुराको जालो ले परेसान त् गर्छ तर कसैलाई बाधेर राख्न चै सक्दैन | तर प्रश्न यो छ कि ,आफुलाई कन्ट्रोल मा राख्न न सक्ने ले देश लाइ कसरि कन्ट्रोल मा राख्न सक्थ्यो ?

    Reply
  18. Bindu says:
    October 12, 2014 at 4:46 pm

    मरिसकेको मान्छेलाई बचाउने आश गर्न सकिदैन
    तर
    बाँचेर पनि मरिरहेको मान्छेलाई बचाउन , सुधार्न के असम्भब नै हो त ?!

    Reply
  19. kedar says:
    October 12, 2014 at 3:44 pm

    एउटा साधारण नेपालीले अर्कोको बारेमा सोच्दा साएद सुर्य खड्का जीले सोचे जस्तै सोच्छन होला | हो पनी तेस्तै | गडबड धेरै देखिन्छन, मात्रै, पारस मात्रै देखिन्छन र देखाइन्छ | तर सुर्य जी हजुरले येसो होला उसो होला, तेसो पनी त हुन सक्छ नि भन्दै गर्दा मलाइ चैं कतै यो दैवको खेल हो कि जस्तो पनी लाग्दैछ | भन्छन नि जीवन हुँदै पापको फल भोग्नु पर्छ भनेर | साएद तेसो पो हो कि ?

    Reply
  20. nisha says:
    October 12, 2014 at 2:34 pm

    नेपाली मा एउटा उखान छ , शीर नभाको खोला र पिर नभाको चोला कसैको हुन्न . पारस को समाचार ले सायद सबैनेपली को मन मा एउटा नमिठो सम्बदेना मिश्रित भाब होला . मैले मेरै फमिली मा पारस भन्दा धेरै बिगेरेका मेरै आफन्त सुध्रेको मेरै आँखाले देखेको छु . अम्मली लै अम्मल को जरुरत पर्छ साधारण कुरा हो अम्मली को अम्मल छुतौना समाज परिवार ले महत्पूर्ण भूमिका निर्बाह गर्नुपरनी मा पारस को केस मा कहिकतै बाट केहि भएको छैन . अम्मली लै घृणा होइन माया गरौ एउटा धुम्रपान प्रयोगकर्ता लै धुम्रपान को लत छोड्न त कति गारो पर्छ उ त लागुपथार्थ सेबन को अम्मली हो माया र अवसर देउ उ पनि राम्रो मान्छे बन्न सक्छ. नुवाकोट संग को युद्द मा प्रिथिवी नारायण शाह क १२ बर्ष का कान्छा भाई दलमर्दन शाह ले युद्द मा देखाएको बिरता को इथिहाश कसैले पढेको छ भने पक्कै पनि सबैलाई लाग्दो होला शाह बंश को नेपाल निर्माण मा ठुलो योगदान छ भनेर . देश निर्माण मा ठुलो योगदान पुराएको एउटा बंश मा एक दुइ खराब हुदै मा बंश लै नै दोष दिनु घृणा गर्नु कम्जोर मानसिकता को उपज हो दुर्बशानी लै घृणा होइन माया गर्न सिकौ . अन्त्य मा ओरालो लागेको मृग लै खेद्ने प्रबृत्ति कसैले नगरौ . समस्या तपाईं हाम्रो परिवार मा पनि हुन्छ . घृणा होईन प्यार गरौ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme