Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाओवादीहरु अब हात्ती र हात्तीछाप चप्पल उस्तै जस्तै

Posted on March 13, 2014March 13, 2014 by सूर्य खड्का

गत हेटौंडा महाधिवेशनबाट उत्पादनमुखी कार्यनीति पास गरयो एकीकृत माओवादीले। सुप्रिमो प्रचण्डले पोखरा पुगेर उत्पादन बिग्रेडको घोषणा पनि गरे। त्यसवीचमा देशले संविधानसभा चुनाव व्यहोरयो। प्रचण्डको उत्पादन कार्यनीति कता बरालियो कता स्वयम् माओवादी यसको हेक्का छैन। सवसे ठूलो हुन जनताकहाँ जाँदा राप्रपा नेपाल भन्दा अलिक ठूलो मात्र बनाइदिए जनताले।

आ आफ्नै वरिपरी घुम्दो राष्टिय राजनीतिबाट एक्कासी कर्नरमा पुगेपछि यो पेरिसडाँडाका कमरेडहरुलाई हेक्का हुन थाल्याजस्तो छ नेता कार्यकर्ता, गुटउपगुट मोटाउँदै र सिंगो पार्टी दुव्लाउँदै गएको कटु सत्य। देशै बदल्ने बाचा गरेर ५२ सालमा जंगल पसेका माओवादी जनले २०६२, ६३ सम्म आउँदा देश बदल्ने हैन, आफैं बदलिने व्यवहारिक निष्कर्ष निकाले।

२०६४ को विस्तृत शान्ति संझौताको जगमा तिनले आफैं बदलिदै गर्दा बन्दुक छोडे, लडाकु छोडे। लड्ने भिडने कुटने काट्ने मर्ने मार्ने रणनीति नै छाडे। पुरानो छोड्दै जाँदा तिनलाई बस्ने बास चाहियो, त्यो पनि सहरमै। त्यसैले सुगमतिरै तिनले महल मिलाए। सडकमा पैदल यात्रा संभव भएन अनि सके चार पाड.ग्रेको नभए आधुनिक दुइ पाङ्ग्रे जोडे। प्रतिस्पर्धी दल काँग्रेस र एमाले बराबर बन्न तिनले अर्थको जोहो गर्नै परयो। सुविधायुक्त मोवाइल चाहियो नै। खल्ती भरेर आफ्नालाई बलियो बनाउन सिके। अब अहिले नयाँ ढंगको पार्टी बनाउनु पर्‍या छ मात्र हैन वितेको छ एमाओवादीलाई।

डा. बाबुरामले भनि नै सकेकी बैद्यतिर कि एमालेतिर विलय भएहुन्छ एमाओवादी यदि सच्चिने भए। क्रान्तिकारी रमाउनेहरुको बाक्लो डफ्फा नेकपा माओवादीमै छ। मुद्धा मिले पनि त्यता एकता गर्न सम्भव छैन तत्काल। एमालेतिरै लेपसिन त्यहाँ नै छन् हेभिवेट। को कहाँ अटाउने पद नै पुग्दैन। बल्खुले थाम्ने क्षमता छैन। अव शहरीया सौखिन र बसिसक्या छ दिनहुँको बदलिएको जीवनशैलीमा। सुप्रिमो प्रचण्डले भृकुटीमण्डप भेलामा कसम खाएर छोड्छु भन्या लाजिम्पाटको बड.ला छोड्न त यो कष्ट। अरु कमरेडहरुले जायजेथा छोड्नु भन्नलाई सन्तान दरसन्तानले दुख पाउने डर। सवलाई बानी नै भइसक्यो बदलिएको सौखिन जीवन। अनि फेरिएको जीवनबाट अव नयाँ फरक पार्टी बन्ने, बनाउने चाहिं कसरी त? सवारी छोडदिउँ सकिन्न। बास छोड्ने कुरै भएन। संचार सुविधा त्यो पनि अत्याधुनिक नभए डोकोमा रेडियो बोक्ने दिन गइहाले।

हो, खासमा बदलिदै जाँदा एमाओवादीहरु अव हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हुन भन्या जस्तै भैसक्या छन्। सिद्धान्त माओ भएपनि तिनको व्यवहार संस्कृतिमा त्यसको झल्को छैन। भाषणमा चर्को क्रान्तिकारीता भएपनि काम व्यबहारमा ति कांग्रेस एमालेका नयाँ संस्करण जस्ता देखिन थालिसके। तैपनि सांगठनिक सम्मेलन मार्फत हराउँदै गएको क्रान्तिकारी छवि र सुविधामुखी जीवन संस्कृति विरुद्ध खरो कम्युनिष्ट देखिने तिनको चर्को दावा छ। जनताले पहिलोबाट तेस्रो बनाइदिएपछि फेरि पहिलो हुन वितेका गल्ती कमजोरीबाट सिक्ने, सच्चिने तिनको मनसुवा मनासिव हो। तर के काम व्यबहारबाटै यसको पुष्टि गर्ने हिम्मत छ त माओवादी कमरेडहरुसँग? त्यो साहसको अग्नी परीक्षा नै बनाउने हो आगामी सांगठनिक सम्मेलनलाई भने माओवादीले नीति ल्याउने कार्यान्वयन नगर्ने प्रबृत्तिमा त पूर्णविराम लाउनै पर्छ कम्तीमा फाटेका जुत्ता चप्पल, च्यातिएका मैला पोशाक वा निम्सरो ल्वाइ खवाइमै सीमीत हुनुपर्छ उनीहरु भन्ने कदापी हैन। देश अनुसारको भेष, परिबेश अनुसारको केश गर्न त अनिवार्य नै छ। तर के त्यसमा उत्ताउलो, भड्किलोको सट्टा साधारणसम्म गर्दिए त माओवादी जननै आमभन्दा पृथक देखिने हुन् नी हैन र?

प्रथमत : व्यक्तिगत चिन्तन, व्यवहार र शैलीमा सुधारिनु पर▒े कमरेडहरुले। आवश्यकता सवै पूरा गर्नु परो तर सुखसुविधामै डुबुल्की मार्नु भएन। २०६५ देखि २०६९ सम्म पार्टी सत्तामा, कार्यकर्ता सिंहदरबारमा सीमीत हुदा जनतासम्म लगभग टुटेको सम्वन्ध नविकृत र परिस्कृत गर्दै गर्दा जनव्यवहारमा नम्रता, मिठास सेवा भावले ओतप्रोत बन्नसक्नु परो आमनेता कार्यकर्ता। काँग्रेस एमाले चुनावमा जितेका हैन, माओवादी खुम्चिदा उनीहरु अग्ला देखिएका हुन्। मुद्धा, विचार र दृष्टिकोणका हिसावले प्रखर जनमुखी हुन चुकेका कामरेडहरुले सत्तास्वादमा कांग्रेस एमाले भुलिदै गर्दा जनजनसँग तिनको भ्रष्ट र कमाउ खाने संस्कृतिको भण्डाफोर गर्न सक्नु परो। प्रतिपक्षी भूमिका जनतासँगको एकाकार सम्वन्धका लागि बरदान जस्तौ हो। नारायणहिटीबाट ज्ञानेन्द्रले हाँसीहाँसी बिदाइ लिएदिएपछि दिल्लीलाई नयाँ दरवार ठान्दै जसो दिल्लीको आदेश उसै गर्ने पार्टी नेतृत्वले काखमा राखेर छुरी रोपिसकेको दिल्ली दोस्तीको सीमांकनको आवश्यकता बोध गरेकै हुनुपर्छ। अहिले पनि देशमा बामपन्थी बाहुल्य जनमत छ।

बन्दुक पनि नबोक्ने,कांग्रेस भन्दा पनि भिन्न भिन्न र प्रखर विकासबादी पार्टी जनताको रोजाइ, खोजाइ जरुर हो। यस पृष्ठभूमीमा काम, व्यवहार, शैली, एजेण्डाका हिसाबले मौलिक रुपमा प्रस्तुत हुन सके फेरि पनि पालो माओवादी कामरेडहरुकै आउला।

उत्तरी छिमेकी चीनले सगरमाथाको देशबाट नयाँ माओको उदय होस भन्ने सद्भाव र सहयोग राखेकै छ। दक्षिणी छिमेकी हिन्दूस्तानको पहिलो रोजाइमा नपरे पनि हार्न नसक्ने पडोसीमा एमाओवादी दरिएकै छ। युरोपेली, पश्चिमा र अमेरिकीहरुको आच्छा दोस्तमा नपरे पनि तिनले बाइकट गर्ने अवस्था छैन पार्टीलाई यी र यस्तै कारणकावीचबाट साँच्चै बन्ने हो नयाँ,फरक र मजबुत एमाओवादी भने राम्रो काममा विलम्व किन त? जवाफ कुरामा हैन काम, व्यबहार र संस्कारमै देख्न पाइएला त?

19 thoughts on “एमाओवादीहरु अब हात्ती र हात्तीछाप चप्पल उस्तै जस्तै”

  1. Bishnu Prasad says:
    March 14, 2014 at 6:09 pm

    नेपालि जनतालाई राजनिति का बकम्फुसे कुरा भन्दा भातनिति, रोजगारनिति,का कुरा र
    रोजगार बाद,बिकास बाद आबस्यकता छ न कि माओ, खाओ, या अरुकुनै बाद

    Reply
  2. Yubraj says:
    March 14, 2014 at 1:05 pm

    गरिब सोझा सिधा नेपालीको दिमाग भुट्नु !
    अल्पबिकशित देशका मेहनती जनता लुट्नु !!

    लुटेको धन लगानी गरि सर्वहारा गफ चुट्नु !
    धन , मन , जन , रहन सहन नमिलेर फुट्नु !!

    विदेशी प्रभुका पाउमा लम्पसार परि झुक्नु !
    आफ्ना अन्धभक्तमात्रै जनता भनि भुक्नु!!

    बन , रन , गण , हरायो थान भनि जुट्नु !
    अब नया नेपाल बनाउने थोत्रा गफ नछाट्नु !!

    Reply
  3. achut says:
    March 14, 2014 at 10:03 am

    माओबादी ले अब स्पस्ट भाषा मा नेपाल मा उनीहरुको आबस्यकता किन ?भन्ने कुरा को जवाफ सहित जनता मा जाने हिम्मत राखे मात्र हो नत्र एमाले,कांग्रेस वा कमल थापा नै काफी हुन सक्छ/अहिलेसम्म १० बर्षे युद्ध को औचित्य त पुस्ठी गर्न सकेका छैनन्….ठुलो पार्टी नि भा’कै हो, प्रचण्ड प्र.म. नि भा’कै हो, विद्धान बाबु नि प्र.म.भा’कै हो, ‘वाई-स्याल’ ले देश नि खा’कै हो,लडाकु भर्ति नि भा’कै हो पैसो नि खा’कै हो,अब हाम्ले के चै टक्र्याउने होर? कि ‘….ड’ मार्ने विचार छ र?

    Reply
    1. bibek dhakal says:
      March 15, 2014 at 8:48 am

      ” नत्र एमाले,कांग्रेस वा कमल थापा नै काफी हुन सक्छ..” पछाडी ” …देश रित्याउन! ” भन्ने वाक्यांश छुटेछ !

      Reply
  4. शशङ् लामा, न्युयोर्क says:
    March 14, 2014 at 4:08 am

    अत्यन्तै सकारात्मक सोच भएको लेख ! पत्रकार र लेखकहरुले सुर्य खडकाले झैँ सन्देशमुलक लेख लेख्ने हो भने त्यसले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा समाजलाई फाइदा पुर्याउन्छ ! तर नेपाले लेखकहरु मुडी भएर पो मार्यो| अहिले यस्तो लेख लेख्ने सुर्य खडका, अर्कोचोटी सहस्र गाली लिएर देखा पर्छन | बित्थामा सर्काएं जस्तो लाग्छ !

    Reply
  5. ठुले says:
    March 14, 2014 at 3:57 am

    सवसे ठूलो कि सब भन्दा ठुलो ? ठुलो दाइको संगतमा पर्या जस्तो छ है गाँठे

    Reply
  6. raju says:
    March 14, 2014 at 3:54 am

    गर्न– द्रब्य मोह छोड्न सक्नु पर्यो त्यो त—–खै के खै के ? कसैको आफै उस्तो, कसैको बुढी उस्तो! कसैको छोरो मान्दैन त, कसैको नातिले दिएन, खै के खै के, बाघ लाग्यो घिचाउन, बुढा लाग्यो चिच्यौन, फेरी पनि दिउसो हराएको गाइ अबेर घर फर्कन्छ भने ऊसलाइ हराएको ठान्नु हुदैन मेरो भन्नु येतिनै हो!

    Reply
  7. kedar says:
    March 13, 2014 at 10:39 pm

    एमालेलाई तेस्रो लिङ्गी भनेर नथाक्ने एमाओबादिले आफ्नो लिङ्ग झरिसकेकै था पाको रैनछ | तेश्रो लिंगी नै भए पनी जनताले पत्याउने रछन, बिना लिंगीको भएर पो मार खाको रछ त एमाओबादिले |

    Reply
  8. Basanta Thapa,Maryland,USA says:
    March 13, 2014 at 10:04 pm

    समय मै सुध्रनु धेरै राम्रो तर यो अनुभब सुनाउ कि १५ / २० बर्ष पहिले घर मा एक थरि तरकारीमा धेरै पानि हाली त्यहि तरकारी संग भात या रोटि धिरो (ठेट नाम कि बोर्ड ले लेखेंन ) खाइन्थ्वो \ मासु र फलफुल खान दशैँ ,तिहार या कोहि घर मा बिरामी हुनु पर्थ्वो \आजकल दिनहु मासु र फलफुल खाने स्थिति छ \ अब त्यो पुरानो स्थिति मा जान सकिन्न \ यो कुनै लुटपाट ,धम्क्की ,चोरि ,भ्रस्टाचार बाट बनेको स्थिति होइन रहर ले हालेको डिभी ले बनायो \ मेरो भन्नुको अर्थ सोझो,मिहिनेत र राज्यले कुनै नागरिकले यस्तो स्थितिको निर्माण गर्छ भने धेरै राम्रो यो हुनु पनि पर्छ \तर कुनै पेशा अपनाएर छोटो समयमा महल बनाउनु ,बैक खाता भर्नु एश आराम को जिबन बनाउनु भनेको पेशा प्रति गद्दारी गर्नु हो झन् राजनीति त आफु होइन देश बनाउने पेशा हो \ नेपाल मा राजनीति यस्तो पेशा बनेको छ जो छोटो समयमा हिजोको सम्पूर्ण गरिबी हटाउन सफल पेशा बनेको छ \ यसमा यो उ भन्नु गलत होला \

    Reply
  9. Ram Adhikari says:
    March 13, 2014 at 9:57 pm

    अब यहाँ सम्म आइ पुग्दा पनि पार्टी नेतृत्व सुप्रिम प्रचण्ड लाई नै छोडे भने ए माओबादी तेस्रो होइन १०० को लिस्ट मा कता छ भनेर खोज्नु पर्ने नहोला भन्न सकिदैन. अस्ति सम्म त्यहि माओबादी (बैध) लाई नाना थरि गाली गर्ने एमओबादी आज कोहि पनि मिल्न न आए पछि त्यसैलाई साथी बनाएर स्थानीय चुनाब बिथोल्ने तयारीमा छ. स्थानीय चुनाब मा भाग लिउ भने कति नम्बर मा पुगिने हो भन्ने डर ले त्रास भएका बेला के गरुन त बिचरा हरुले.

    Reply
  10. सुगतश्री शरण says:
    March 13, 2014 at 9:47 pm

    नपाउनेले केरा पायो – बोक्रै सुद्धा खायो ।
    यै कारणले फुटे कर्म , ए-वादी हो माओ ।।
    समयले बोलाइरा’छ – बिउँझ, चनाखो भै ।
    छोड अब पछि लाग्न , विदेशीको लहै ।।

    Reply
  11. Shankar says:
    March 13, 2014 at 9:32 pm

    देश को राजनीतिमा पार्टी बन्नु ,फुट्नु , कम मत ल्याउनु बढी मत ल्याउनु सामान्य प्रक्रिया हो | खासै भन्ने हो भने आजको नेपाल मा जुन पार्टी सत्ता मा भएपनि गर्ने उही हो |केहि फरक हैन | हामीले गर्नु पर्ने चिन्तन तल उल्लेख गरेको छु |
    अब को युग मा जाली फटाह , हाइ स्कुल ड्रप भनेर चिनिएका हरुको पार्टी , बिखन्डन को सिद्दान्त बोकेका पार्टी हरु रास्ट्रिय पार्टी हुन् सक्दैन | सिद्द्दांत ( कांग्रेस ,कम्निस्ट , रा जाबादी , राप्रपा )फरक भएपनि
    राजनीतिक चेतना स्तर माथि पुगिसकेकोले साझा एजेन्डा जस्तो कि बिकाश , रास्ट्रिय एकता , भ्रास्ताचार बिरोधि अभियान , भारतीय कुटिल नीति खिलाफ धेरै नेपालि येउतै मंच मा आउने सम्भाबना छ |
    इन्डिया मा सामान्य इन्जिनियर केजरिवाल को आम आदमी पार्टी भ्रास्ताचार को बिरोध गर्दा जसरि अगाडी आयो सायद नेपाल मा पनि केहि काल पछि तेस्तै हुनेवाला छ |
    गाउका धेरै युवा अरब , अम्रिका , क्यानाडा , बेलायत ,अस्ट्रेलिया र अन्य मुलुक गएका , धेरैकुरा सिके ,जानेका को प्रभाब सकारात्मक नै पर्ने देखिन्छ |
    तर नेपालको सन्दर्भ बिसिस्ट छ , यहा नेपालि हरुलाई इन्डिया ले बन्दि जस्तो बनाएर राखेको हुनाले र तिन तिर को खुला सिमाना ले गर्दा नेपालि भन्दा पनि भारतीय मुलको सासक नेपालि ले पाउने निश्चित छ | पछिलो उदाहरण नेपालि राजतन्त्र फालेर रामबरण यादब , परमा नन्द झा लाइ नेपालको अनिश्चित कालिन सासक बनाउनु हो |
    कथा , सन्दर्भ , बाद जे भनिएपनि राजनीति बिस्लेसक ले चिन सग प्रतिस्पर्धा राखेको छिमेकी देश भारत ले दक्षिण एसिया मा तिन तिर बाट सिमाना जोडिएको र धेरै कुरा मिल्ने देश नेपाल लाइ कसरि आफ्नो मुट्टी मा राख्ने सोचेको छ तेस प्रति नेपालि चनाखो
    हुनु जरुरि छ | राजनीति मै जिबन बिताएका प्रचण्ड , गिरिजा , माकुने , बाबुराम ले यो कुरा न बुझेको र राज तन्त्र फालिहाल्न चाहेको हैन न भए ज्ञानेन्द्रलाई ठुलो बर्ग सत्रु ठानेको भए नागार्जुन मा सरकारी भत्ता मा ज्ञानेन्द्र कसरि टिक्न सक्थ्यो ?
    जब कि हिजो उनीहरुको टाउको को मुल्य तोकेको थ्यो ?
    हामि आम मान्छे घाम मा बसेर भात पचाउन कोइ एमाले ,कोइ माले ,कोइ कांग्रेस ,कोइ माउबादी बन्या छ लड्या छ | अब क्रमश यो कुरामा जान चेतना अघि बढी सकेको छ |
    हामि इन्डियाले हाम्रै अगि सिक्किम लिएको देखेम , भुटान लाइ कसरि अधिन मा राखेको छ देखेम त् नेपाल लाइ उसले कसरि अधिन गर्ने खतरनाक नीति लिएको छ तेस्मा बिचार किन न गर्ने ?
    खतरनाक किन भने भुटान र सिक्किम मा भुटानी र सिक्किमी कै बाहुल्यता छ तर नेपाल मा नेपालि लाइ विस्तापित गरेर भारतीय सासक राख्ने , जनता लाइ विस्तापित गर्ने ( काठमान्डू मा २००७ सालदेखि बढेको माडे हेरम ) नीति लिएको छ बहुत खतरनाक छ |
    नेपालि लाइ बाहुन छेत्री , जनजाति भनेर लडाएको छ उता मदेसी + जनजाति गरेको छ |
    यो बाद ,साद को कुरा छोडेर रास्ट्रिय चिन्तन गरम |

    Reply
  12. Shankar says:
    March 13, 2014 at 9:17 pm

    अब को युग मा जाली फटाह , हाइ स्कुल ड्रप ,जाली फटाह भनेर चिनिएका हरुको पार्टी , बिखन्डन को सिद्दान्त बोकेका पार्टी हरु रास्ट्रिय पार्टी हुन् सक्दैन | सिद्द्दांत ( कांग्रेस ,कम्निस्ट , रा जाबादी , राप्रपा )फरक भएपनि
    राजनीतिक चेतना स्तर माथि पुगिसकेकोले साझा एजेन्डा जस्तो कि बिकाश , रास्ट्रिय एकता , भ्रास्ताचार बिरोधि अभियान , भारतीय कुटिल नीति खिलाफ धेरै नेपालि येउतै मंच मा आउने सम्भाबना छ |
    इन्डिया मा सामान्य इन्जिनियर केजरिवाल को आम आदमी पार्टी भ्रास्ताचार को बिरोध गर्दा जसरि अगाडी आयो सायद नेपाल मा पनि केहि काल पछि तेस्तै हुनेवाला छ |
    गाउका धेरै युवा अरब , अम्रिका , क्यानाडा , बेलायत ,अस्ट्रेलिया र अन्य मुलुक गएका , धेरैकुरा सिके ,जानेका को प्रभाब सकारात्मक नै पर्ने देखिन्छ |
    तर नेपालको सन्दर्भ बिसिस्ट छ , यहा नेपालि हरुलाई इन्डिया ले बन्दि जस्तो बनाएर राखेको हुनाले र तिन तिर को खुला सिमाना ले गर्दा नेपालि भन्दा पनि भारतीय मुलको सासक नेपालि ले पाउने निश्चित छ | पछिलो उदाहरण नेपालि राजतन्त्र फालेर रामबरण यादब , परमा नन्द झा लाइ नेपालको अनिश्चित कालिन सासक बनाउनु हो |
    कथा , सन्दर्भ , बाद जे भनिएपनि राजनीति बिस्लेसक ले चिन सग प्रतिस्पर्धा राखेको छिमेकी देश भारत ले दक्षिण एसिया मा तिन तिर बाट सिमाना जोडिएको र धेरै कुरा मिल्ने देश नेपाल लाइ कसरि आफ्नो मुट्टी मा राख्ने सोचेको छ तेस प्रति नेपालि चनाखो
    हुनु जरुरि छ | राजनीति मै जिबन बिताएका प्रचण्ड , गिरिजा , माकुने , बाबुराम ले यो कुरा न बुझेको र राज तन्त्र फालिहाल्न चाहेको हैन न भए ज्ञानेन्द्रलाई ठुलो बर्ग सत्रु ठानेको भए नागार्जुन मा सरकारी भत्ता मा ज्ञानेन्द्र कसरि टिक्न सक्थ्यो ?
    जब कि हिजो उनीहरुको टाउको को मुल्य तोकेको थ्यो ?
    हामि आम मान्छे घाम मा बसेर भात पचाउन कोइ एमाले ,कोइ माले ,कोइ कांग्रेस ,कोइ माउबादी बन्या छ लड्या छ | अब क्रमश यो कुरामा जान चेतना अघि बढी सकेको छ |
    हामि इन्डियाले हाम्रै अगि सिक्किम लिएको देखेम , भुटान लाइ कसरि अधिन मा राखेको छ देखेम त् नेपाल लाइ उसले कसरि अधिन गर्ने खतरनाक नीति लिएको छ तेस्मा बिचार किन न गर्ने ?
    खतरनाक किन भने भुटान र सिक्किम मा भुटानी र सिक्किमी कै बाहुल्यता छ तर नेपाल मा नेपालि लाइ विस्तापित गरेर भारतीय सासक राख्ने , जनता लाइ विस्तापित गर्ने ( काठमान्डू मा २००७ सालदेखि बढेको माडे हेरम ) नीति लिएको छ बहुत खतरनाक छ |
    नेपालि लाइ बाहुन छेत्री , जनजाति भनेर लडाएको छ उता मदेसी + जनजाति गरेको छ |
    यो बाद ,साद को कुरा छोडेर रास्ट्रिय चिन्तन गरम |

    Reply
  13. नवीन रायमाझी says:
    March 13, 2014 at 9:17 pm

    तर जनताले बुझ्दैनन् के गर्ने?

    Reply
  14. किशोर says:
    March 13, 2014 at 8:38 pm

    यो लेखक ले के भन्न खोज्या हो? पत्रकार पनि यस्तो छन नेपाल मा। अनि कहाँ बाट सुधार हुन्छ। कसैलाई दोष दिनु भन्दा उसको कमी कमजोरी पहिल्याएर सच्चिने मार्ग प्रसस्त गर्नु राम्रो मानवीय कार्य हो।

    Reply
  15. ramesh says:
    March 13, 2014 at 8:33 pm

    सुर्य जी मरेको बाघ को जुगा उखेल्नु कुनै बहादुरी होइन,

    Reply
  16. neerose says:
    March 13, 2014 at 8:11 pm

    कुनै पनि कुराहरु जन्मेकै वा उत्पादन र निर्माण भयकै अबस्था र अबस्थितिमा रही रहन सक्दैन तेसो गर्न त समय रोक्न सक्नुपर्छ, याध्धपी समय रोक्न सके र रोकियापानी कल्पना गरिएको कुरा तेसो चाहि हुदैनहोला!
    त माओबादि मात्र यो श्रिस्ट्रिको विकल्प कसरि हुन सक्छ?
    तेसमाथि यात्रा र यत्तिबिधि भाइरस हरुबाट पारपायर संकल्प पुरागर्नु भनेको हात्ती बोकेर दगुर्नु जस्तो सजिलो हुदैन सुर्य जी!
    ब्यक्टेरियाको उपचार गर्न सकिन्छ र गरिहाल्योनि माओबादिले तर भाइरसको उपचार त समयले भन्दा अरु कहिले पनि सम्भावना छैन तेसबाट कति बच्न सकिन्छ भन्ने मात्र हो र तेस्ले संक्रमण निम्त्यायर अन्त नगरोस भनेर सचेत सजग भै बच्ने मात्र हो भाइरसको उपचार हुदैन!
    अब भाइरस नै भाइसर असरल्ल भयको बाटोबाट अघि बढ्दा भाइरस्त टासिञ्छनि!
    हिलाम्मे बाटो हिड्दा या हिलो लगाइस जिउमा खुट्टामा भनेर झाँको झार्नु भनेको पागल मानाशिकता होइन र?
    छु मन्तर गर्ने देशलाई बनाउन?
    तर एउटा कुरा सत्य चाहि के हो भने माओबादि पार्टिको अग्रगामी र सहि रुपान्तरण आबस्यक छ नभय डा भट्टराई ले भने जस्तै अर्को शक्ति को उदय पक्का!

    Reply
  17. Gaurab Nepali "Oodaseen" says:
    March 13, 2014 at 8:10 pm

    जब मार्गचित्र नै गलत छ भने थोत्रा दार्शनिक चिन्तनले भोको नेपालीको पेट नभरिने त छदै छ ! राप्रपा नेपाल भन्दा केहि सिटले आगे हुनुबाट भाइको बिहे देखेकै हुन् भने फेरी तेही उस्तै रटान ले त भोलि बाउको बिहे देख्ने नै छन् ! नेका , एमाले , एनेकापा र राप्रपा नेपाल लै १२३४ मा राखेर सुसुप्त रुपमा नेपाली जनताले राजसंस्था पनि राजसंस्था चाहेकै छन् सास्कृतिक रुपमा नै किन नहोस ! नेका एमालेले मात्रै पनि नेपाली को सुसुप्तरुपी चाहनालाई सम्बोधन गर्न सके भने एनेकापा सुद्र्ह्रिउन भन्ने चिन्ता गरिरहनु परोईन कि !

    Reply
    1. रैथाने says:
      March 14, 2014 at 7:06 pm

      कोहीकोही रानो हरायको मौरी भंदापनि मालिक हरायको भेडा को हालतमा पुग्याछ राजतन्त्रको समाप्ति भय बाट तेसैले राजा महाराजा प्रभुकै चरण को सपना देखिरहेको छ!
      तपाइको राजा आउनेवाला छैन मित्र अब देशलाई गणतान्त्रिक पद्दतिमा कसरि अगाडि बढाउने कसलाई कति समयावधि कसरि नेत्रित्वो गर्न दिंदा उचित हुन्छ भन्ने कुरा सोचौ!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme