Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जनताले राजा फर्काउलान त?

Posted on April 30, 2014 by सूर्य खड्का

पूर्व राजा ज्ञानेन्द्र शाहले यस पटकको जिल्ला भ्रमणका क्रममा जनताले चाहे आफू फेरि जिम्मेवारी लिन तयार रहेको बताएका छन्। वर्तमान सत्ताप्रतिको आफ्नो बिमति उनले जनताको गुनासासँग जोडेर सार्वजनिक गरेका छन्। उनले चितवनको भाषणमा आफूलाई पनि ठाउ दिनुपर्ने माग घुमाउरो पारामा खुल्ला रुपले नै गरेका छन्। सरसरती सुन्दा उनका कुरामा विमति राख्ने ठाउ छैन। जनताले उनलाई भनेका वा उनले सार्वजनिक गरेका कुरा जायज नै लाग्छन। तर ती उनले उठाएका कुरा सुनिदिने कस्ले? बडो पेचिलो सवाल यही नै हो। एक खाले मानिसहरु फेरि राजसंस्था फर्कियोस भन्ने चाहना त राख्छन नै। पूर्व राजा समेतको त्यो चाहना देखियो। त्यसका निश्चित आधारहरु पनि छन्।

देश गणतन्त्रमा गएपछि उकालो लाग्न सकेको छैन। नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी जस्ता प्रखर गणतन्त्रवादी दलहरुले जनतालाई चित्त बुझाउने गरी शासन व्यवस्था संचालन गर्न नसकेको तितो यथार्थ नै हो। खासमा गणतन्त्र ठूला दलको लागि सत्तामा जाने आउने वा मागि खाने भाडो झै मात्र भएको त सत्य हो। जनताले आफनो दैनिक जीवनमा महशुस गर्नेगरी सत्ता संचालक दलहरुले जनताका लागि माखो पनि मार्न नसकेकै हुन। तर पनि यति कारण वा धरातलिय यथार्थ कै भरमा फेरि पूर्व राजा वा राजसंस्था सत्तामा फर्कने संभावना भने रहदैन, देखिदैन। राजसंस्थाको पुनरागमन वा पुर्नस्थापनाका लागि कस्ले पहलकदमी लिईदिने? मूल प्रश्न यही छ , यही नै हो।

कमल थापाको राप्रपा नेपाल सिवाय अरु कोही छैन्न संसदमा राजसंस्था पक्षधर राजनीतिक दल। कमल थापाको बोली संसदमा सुनुवाई हुने कुनै संभावना नै छैन। फेरि कस्तो खालको राजसंस्था फर्काउने र कसरी भन्ने प्रस्ट रोडम्याप त तिनै कमल थापासंग पनि देखिएको छैन हालसम्म। सोलोडोलो रुपमा उनले आफूलाई राजावादी देखाएर चुनाउ जित्ने हतियार बनाए। उनले राजाको नाउमा नै यति धेरै मत र सिट पाएर संसदमा चौथो ठूलो दल सम्म बन्न सके। तर यस भन्दा ज्यादा अब उनले पनि केही गर्न सक्ने छैन्न। उनले संसदमा राजावादी कुरा जरुर उठाउछन् तर सुन्छ कसले र? उनी नयां संविधानमा राजाको मुद्दा समावेस गराउन सक्ने सिट संख्या सहित वलियो हालतमा पनि छैन्न। त्यसैले उनले जे चाहे पनि केही हुनेवाला छैन। यो कुरा राजावादीहरुलाई तितो नै लाग्ला तर के गर्ने सत्य त यही नै हो। यसकारण पूर्व राजा ज्ञानेन्द्र वा कलल थापाहरु वा राजावादीहरु जसले जे सुकै सपना देखे पनि त्यो सुन्दर कल्पना शिवाय केही हुनेवाला छैन कम्तिमा केही वर्षसम्म।

नेपालमा फेरि राजसंस्था ल्याउनका लागि कस्ले, कसरी ,कस्तो खालको प्रयाश थाल्ने? यो प्रश्नको प्रस्ट उत्तर नआएसम्म यो संस्था को पुर्नस्थापनाको संभावनालाई सकार्न सकिदैन। पूर्वराजा स्वयंले त गत सालको पश्चिम भ्रमणमा सिधा र प्रस्ट रुपमा भन्दिए कि राजा आउ देश बचाउ हैन अब त जनता आउ देश वचाउ भन्नुपर्छ। कठोर तर सही कुरा ज्ञानेन्द्रकै हो। अव जनताले आफनै स्तरबाट ठूलो क्रान्ती नगरेसम्म राजा फर्काउने मेलो संभव छैन नै। उसो भए अब प्रश्न उठछ के त्यो खालको जनक्रान्ति उठान संभव छ त तत्काल नेपालमा? अहं यो त खै र? कमल थापाको मात्र प्रयाशले केवल यो राजनीतिक एजेण्डाका रुपमा राजाको कुरा उठीरहने मात्र हो उही साम्यवादीहरुले नेपाललाई साम्यवादमा पुरयाउछु भने जस्तै। एउटा राजनिती चल्ने चलाउने मेलो या खेतीको कुरा मात्र हो। हैन र?

एकथरी मानिसहरु दलहरुको विकल्पको कुरा गर्छन। तर देश अब प्रजातन्त्रबाट पछाडी फर्कन असंभव छ। दलको विकल्प जति नै खतम भएपनि अब दल नै हुन राजा हुन हिजो पनि सकेन्न र अब भालि पनि हुन सक्नेवाला छैन्न। दलहरुले अब राजा सहितको प्रजात्रन्त्रमा रुचि राखेन्न। त्यसमा दलहरु मात्र हैन स्वयं राजा ज्ञानेन्द्र नै नराम्ररी हिजै नै चुकीसकेका छन्। त्यसैले अब राजाका लागि न त नयां संविधानमा स्पेस सुरक्षीत हुनेवाला छ न त राजाको पक्षमा विशाल जनक्रान्ती नै उठनेवाला छ तत्कालै । नेपाली कांग्रस भित्रको एउटा ठूलो खेमा राजावादी नै छ हालसम्म पनि। एमालेमा पनि राजा भए ठीकै भन्ने धेरै नेताहरु छन्। ससाना पाटर्ाीमा पनि राजावादी त छन्। तर तिनले पार्टीस्तरबाटै राजाका पक्षमा वकालत गर्न सक्ने औकात राख्दैन्न। अनि त्यस्ता राजाबादीहरुसंग नत राजा ज्ञानेन्द्रको दोस्ती छ न त उनले तिनलाई परिचालित गर्न कुनै पहल नै गरेका छन्। ज्ञानेन्द्रले ठूलो मेहनेत गरेर राजावादी बनाउन सक्नुपर्छ काग्रैस, एमाले र केहीहदसम्म माओवादी समेतलाई। तर यसतर्फ त ज्ञानेन्द्रले रुचि नै देखाका छैन्न। त्यसैले ज्ञानेन्द्रले नै भने झै अब जनताले नै केही गरे भने कुन्नी नत्र खै के होला र?

अर्का एकाथरी मानिस यस्ता पनि छन् जो भारतमा मोदीले जितेपछि नेपालमा राजा आउने कुरामा विश्वास राख्छन। त्यो कुरामा झन दम नै छैन। कारण नेपालीहरु अब यति धेरै भारतविरोधी भै सके की भारतीय पहलमा राजा फर्काउने वा फकिर्ने कुराले त झन ब्याकफायर पो हुन जानेछ। मोदीले भारतसत्तामा हालीमुहाली जमाएमा नेपालमा हिन्दू राष्ट्र र राजाको मुद्दाले केही बढी नै चर्चा भने पाउला। एकखाले राजनीतिक खेती चाही जरुर फस्टाउनेछ नेपालमा यदि भारतमा मोदीराज चल्यो भने। तथापी कमल थापापन्थीहरु वा राजावादीहरुले निराश नै हुनु नपर्ला किन भने राजनीति सधै संभावनाको खेल न हो। संभावनाहरु अनेक हुन सक्लान नै। तर कोठामा बसेर कामना मात्र गरेेर त केही नहोला।

दलहरु, जनता वा सेना मध्ये एक शक्तिले राजाको लागि रिस्क उठाउने हो भने त राजालाई स्पेस बन्छ नै। तर सेनाले अब बेकारमा राजाको सति नजाने छवि नै देखाईसक्यो। त्यसैले सैनिक पहलमा राजा फर्कने अब संभावना बाकी रहेन। दलहरुले के गर्लान? तत्काल त केही नगर्लान। एमाओवादीले जितेर कांग्रेस एमालेलाई ठीक पार्न सकेको भए त कांग्रेसीहरु बरु राजा नै ठीक भन्नेतिर लाग्दा हुन र एमाले पनि कांग्रेसी लोलोमा पोतो मिलाउन वाध्य हुदो हो। तर कम्तिमा ५ बर्षलाई अब माओवादी हाउगुजी पनि रहेन बाकी। तसर्थ दलबाट राजा वा राजावादीले आशा गर्नु बेकार नै हुन जाला।

जनता स्वयं त कहिले उठलान र क्रान्ती नै गर्ने तहमा? पूरै संभावना नै छैन भन्ने त हैन तर तत्कालका लागी त राजाको फर्कने चाहना, राजावादीको फर्काउने रुचि वा एक खाले जनताको राजा ल्याउ भन्ने मनसुवा भोको स्यालले टिपेर खान नसकेपछि अंगुर तितो भनेको कहानी झै नै होला हो। हैन कि? प्रसंग मिलेर फेरि भेट भएमा म पूर्वराजालाई जरुर सोध्ने छु कि मौसुफ स्यंले चाही फर्कन के गर्ने त? उतर जे मिल्ला सोही व्यहोरा आउदा दिनमा पाठक महोदयमा रिपोटिंग गरुला। हाललाई पर्खौ र हेर्दै जाऔ कि?

51 thoughts on “जनताले राजा फर्काउलान त?”

  1. achut says:
    May 5, 2014 at 3:22 pm

    प्रजातन्त्र को चरम उपयोग गरेर(वाक स्वतन्त्रता) निरंकुशता को वकालत????भो सतीदेवी को लास बोकेर हिडेका महादेव नबन्नुहोस..’ज्ञानेश्वर महादेव उत्पत्ति भएर “सत्ता प्राप्त गरेस” भन्छन भनेको होला फ़ुस्स्स्स्स्स्स्स……..गनायो//

    Reply
  2. Shankar says:
    May 4, 2014 at 11:27 pm

    राजा फर्कने हो भने सायद पार्टी खोलेर आउनु बेहतर हुन्छ , रा प्रा पा बा आरु कुनै मा समाहित हुनु भन्दा राजा सब का साझा भन्ने पहिचान मै अगि बढ्नु उत्तम हुनेछ |
    लोक प्रियता को ग्राफ बढेको पक्कै हो , सायद ज्ञानेन्द्र ले अन्त मा यो प्रयोग पनि गरि हेर्छन |
    उनका प्रयोग हरु
    १) महिन्द्रा पथ
    २) लाउडा , धमिजा काण्ड र अरु घुस खोर लाइ सिधै समातेर जेल चलान
    ब्यापारी हो , रिस्क त् लिन्छ लिन्छ | नेताहरुले दर्बार हत्या को आरोप लगाएर खेद्ने प्रयास गरेकै हुन् र सायद फेरी गर्छन |
    यदि हत्या गराएको भए , येस्ता जाली फताह नेता सग सिगौरी खेलेर नेपाल मै बस्ने आँट कसरि गर्छ ? किनकि सत्ता हिजो उसले टाउको को मूल्य तोक्ने को हात मै थ्यो ( प्रचण्ड , बाबुराम )|
    प्रचण्ड हरुलाई दयाले पसिना आएको त् पक्कै हैन होला ?

    Reply
  3. Krishna Lamsal says:
    May 2, 2014 at 11:44 pm

    यो एक्काइसऔ सताब्दी को रटान लगाउन चाहि नेपालि उपबुज्रुक हरु ले कहिलेइ नछोड्ने भए. तरुनी पोइल जान परे पनि एक्काइस औ सताब्दी, मर्द ले अर्की ल्याउनु परे पनि एक्काइस औ सताब्दी. तर हामि लाइ एक्काइस औ सताब्दी मा पनि राजतन्त्र को के काम भन्दै अनेक थरि रंगी बिरंगी नोट को बिटो थमाउने पश्चिमा रात्र हरु मद्ध्ये तल का सबै देश मा राजतन्त्र छ: बेलायत, स्विडेन, नर्वे, नेदरल्यान्ड्स, स्पेन, डेनमार्क, बेल्जिअम र अरु केहि भुरा टाकुरा देश. त्यस बाहेक, क्यानाडा र अस्ट्रेलिया ले पनि आफुलाई राज तन्त्रत्मक देश नै भन्छन. एसिया का जापान र थाईल्याण्ड पनि राजतन्त्रात्मक मुलुकै हुन्.
    अझ रमाइलो कुरो त, हाम्लाई एक्काइस औ सताब्दी को रट लगाउन सिकाउने अमेरिका ले एक्काइस सौ सताब्दी को तेस्रो वर्ष मा बिना कारण (झुटो कारण) इराक आक्रमण गरेर लाखौ को नरसंहार गर्यो. अझ केहि दिन पहिले मात्रै, भ्याटिकन सिटि ले आफ्ना दुइ स्वर्गीय पोप लाइ सन्त बनाइदियो (जसको अर्थ हो, दैबी सक्ति भएका). खै गोरा छाला भएका को एक्काइस औ सताब्दी “आधुनिक सोच”.
    अन्त्य मा, नेपाल मा राजा चाहिन्छ भन्ने हरुको भनाइ पनि राजा आए देश मा बिकास को फोहरा फुट्छ भन्ने कदापि होइन. केवल देश को अखण्डता र राष्ट्रिय एकता हो लागि राजा अपिरहार्य छ भन्ने हो. हामि हातले हिड्न सकिएन भनेर हात काट्न, वा खुट्टा ले मुख धुन वा भात खान सकिएन भनेर खुटा काट्ने काम गरे झैँ भयो, हाम्रो राजा हटाउने निर्णय. हामि ले बुझ्नु पर्ने कुरो के हो भने, राजा, दल हरु, जनता वा समाज का बृहत्तर तप्का क सबै को आ आफ्नो ठाउ मा उत्तिकै महत्व छ, र कसै को पनि मान मर्दन गर्ने काम कसैले गर्नु हुदैन.

    Reply
    1. गगने says:
      May 4, 2014 at 2:59 pm

      – समय एक्काइसौ शताब्दीमा बहिरहेको छ त पन्ध्रौ शताब्दीको रटान किन लगाउने त?
      – बेलायत,स्विडेन नर्वे आदि देशमा राजतन्त्र उहिल्यै समयानुकुल परिवर्तन भयर जनचाहनानुसार चलेको ले त्यो सांस्कृतिक वा संस्कारजन्य अबस्थामा उपस्थिति रहेको छ! तिनीहरु देखिने राजा र राजतन्त्रको अवस्थिति मात्र हुन्! तर हाम्रो नेपालमा पछिल्लो दशकमा मात्रपानी देखिने राजा र राजतन्त्रले भयन भनेर सुनिने र बोल्ने (मतलब ज्युदो अनि तगडा राजतन्त्रको) राजा बनेर रहने स्वोचाहनाको राजाबन्ना हर प्रयत्नमा रह्यो मतलब पन्ध्रौ शताब्दीको राजतन्त्र ल्याई राजाबन्ने प्रयत्नमा उध्धत्ता रह्यो केहि धतुरोधारिहरु !
      – अमेरिकाको इराक आक्रमण संग राजतन्त्रको कुनै साइनो सम्बन्ध छैन भन्ने लाग्छ मलाइ त्!
      – पोपलाई शान्त बनाइदिनु उनीहरुको धार्मिक र विश्वाशको कुराहोला, तेसैपानी पोप भनेको शान्त नै हो तेसलाई मरेपछि शान्त बनायछन बजियाहरुले!
      – देशको अखंड़तामा राजा हुनु नहुनुले कुनै फरक पार्दैन जहासम्म रास्ट्रिय एकताको कुरा छ त्यो राजा रहेमा रास्ट्रिय एकतामा बाधिने छौ भन्नेकुरा आफुमा बिश्वास नहुनेले गर्ने कुराहुन जसले आफुलाई बिश्वाश गर्दैन तेस्ले अरुलाई बिश्वाश गर्ने कुरा सोच्नपनि मिल्दैन अनि हामि आफूमै बिश्वाश नहुदा हामीलाई बाध्ने मालिकको खोजि गर्नु मानाशिकता को कमजोरी वा पागलापना हो!
      – हामीले हिड्न सकेन भनेर हात र खुट्टाले खान सकेन भनेर खुट्टा काटेका हैनौ त्यो तपाइको नितान्त गलत सोचाइ हो (तेस्लाई सुधार्नुस) हामीले क्यान्सर लागेको हात वा खुट्टा जसको उपचार हुन सकेन तेसैए शरीर वा अरु अंग बचाउन त्यो काटेर फ्याकेको हो! अरुदेशामा त्यो क्यान्सरको उपचार भयकोले क्यान्सरजन्य त्यो अंग याध्धापी छ तर हाम्रो यहा क्यान्सरको उपचार गर्ने हर प्रयास असफल भै क्यान्सर फैलिदै गयाकोले सो अंग काटेर फ्याकेको हो! खुटा खानको लागि र हात हिड्नको लागि होइन भन्ने हाम्लाई थाहा छ तर महासयालाई थाहा भय नभयको बारे यहाको कुराले संका भयो!
      – राजाको राजतन्त्रात्मक काबिला तन्त्र ब्याबस्थाकालामा महत्वो थियो तर अहिले आज छैन! तेसैले फ्याकिसकेको राजतन्त्रलाई आबस्यक ठानिकन पुन ल्याउनु भनेको मानशिक पागलापना हो, अनि केहि बर्ष पछि फेरी फ्याक्न अर्को संघर्र्ष र लडाइ झगडा गर्ने?
      अब हामीले मालिक र राजतन्त्र बिनाको स्वॉतन्त्र समाज देश र जीवनको अभ्यास गर्नुपर्छ राजनैतिक खिचातानी राजतन्त्र भयपनी नभयपनि हुनेनै छ जबसम्म हामीले सहि नेता र बिचार को पहिचान गरि चुन्ने छैनौ!
      तेसैले काटेर फ्याकिसकेको क्यान्सर जन्य अंग लाइ फेरी ल्यायर जोड्ने जस्तो अनर्थक र वाहियात कुराको बारेमा बहस र बिबाद गर्न छाडि जनता समाज र देशलाई आर्थिक सम्ब्रिड्डी र बिकाश तर्फा अगाडि लाने सोच बिचार र क्षमता भयको नेत्र्तित्वो पहिचान गरि चुन्न तिर लागौ!

      Reply
    2. Hikmat B K says:
      May 5, 2014 at 9:25 am

      नेपालमा राजा भनेको सबै जनताको होइन. यो केवल केहि सामन्त, छेत्री समुदाय , पहिले देखि राजा र दरबारको जुठो पुरो खायर हुर्केको वर्ग को लागि मात्रेइ हो. monarchy never be a symbol of national unity.

      Reply
  4. Chetan Nepali says:
    May 2, 2014 at 7:04 pm

    सुर्य खड्का जी !

    जनता हिजो भन्दा आज र आज भन्दा भोलि बढी शिक्षित र चनाखो हुँदै छ ! त्यसैले शिक्षित र सचेत जनताले पक्कै पनि राजतन्त्रको लागि क्रान्ति गर्दैन भन्ने कुरा कसरि बिर्सेको तपाइले ! अर्को ५-१० बर्षमा त झन् यो संख्या अधिकतम रुपमा बद्नेवाला छ ! त्यसैले तपाइको मनको लड्डु घिउ संग खानुहोस !

    पुर्वराजाले केहि गर्न चाहन्छ वा दम छ भने अहिलेको सिस्टम भित्रै बाट आफुलाई स्थापित गर्नु पर्छ ! मलाई लाग्छ त्यो रिस्क लिने न राजामा दम नै छ वा चाहना नै छ ! त्यसैले तपैजस्ता आशावादिहरु आफ्नो सोचमा परिवर्तन गरेर सम्भावित क्रान्ति (जसले भ्रस्टाचार, अनियमितता, नातावाद, व्यक्तिवाद, पार्टीवाद जस्ता नराम्रो चिजहरुको बिरुद्ध सशक्त आवाज उठाएर देशम समान हाक़, अधिकार र कानूनको व्यवस्था स्थापित गर्छ) को बारेमा कलम चलौनुहोस भन्ने मेरो दुइ पैसाको सुझाव !!!

    Reply
  5. krishna says:
    May 2, 2014 at 6:32 pm

    राजा चाहिने भन्नेहरु कुनैं न कतै बाट सामन्त शोषक मिचाहा फटाहा प्रबिती बात उत्प्रेरित र ब्लड़मा कहिँ कतै सो मिसिएको हुनु पर्दछ नत्र .. एकाइसौ सताब्दिमा आएर राजा खोज्नु जार लाइ घरमा बास दिनु जस्तै हो !

    Reply
  6. Eakraj says:
    May 2, 2014 at 9:30 am

    “…जनतालाई धेरै चाहिएकै छैन । गाविसमा सेवाग्राहीहरूले सम्मानसाथ सेवा प्राप्त गरुन् । सीडीओ सापबाट प्रभावकारी सेवाको ग्यारेन्टी होस् । कर्मचारीहरू हाँसेर बोलुन् । चामल, चिनी, साबुन र मसला सस्तै मिलोस् । सहरमा सफा होटल र ताजा खानेकुरा पाइयोस् । चाडवाड मनाउन खाँचो नहोस् । हिँड्नका लागि सुलभ गाडीहरू मिलुन् । अभर पर्दा प्रहरीहरू तुरुन्तै आउन् । बिजुलीको लाइन नजाओस् । ऋण पाइयोस्, ब्याज सस्तो होस् । तेलको भाउ नबडोस् । उपचार गर्न अस्पताल होस् । छोराछोरीहरू स्कुल जाउन् । गरिखान पाइयोस् । राजनीतिमा इच्छाशक्ति भए यस्ता साना कामहरू सजिलै पुरा हुन्छन् । जसलाई कुनै पनि वादले रोक्दैन । जनताका सरल अपेक्षाहरू छन् कि नेताहरू बैठकमा मात्र नअल्मलिए हुन्थ्यो । मिलेर देश बनाए हुन्थ्यो । संविधान एक वर्षमा लेखिदिए हुन्थ्यो । भोट माग्दा गरेका वाचाहरू पुरा गरे हुन्थ्यो । मित्रराष्ट्रहरूलाई विस्तारवादी, हैकमवादी, साम्राज्यवादी नभनी आफ्नो राष्ट्रियताको थैली बलियो बनाए कति राम्रो हुन्थ्यो । राष्ट्रियता जनता उत्तेजित गर्ने विषय नबनोस् । हाम्रा नेताहरू सबैतिर सम्मान र आदर्शमा नायक बनिदिउन् । जनता यस्तै साना-साना खुसीहरू चाहन्छन् । के लोकतन्त्रले यति थोरै खुसी पनि दिन सक्दैन र ?
    राजनीतिमा सिद्धान्तहरू महत्त्वपूर्ण हुन्छन् । कसैले सिद्धान्तहरू महत्त्वपूर्ण छैनन् भन्छ भने त्यो आफैंमा सिद्धान्त नै हो । सिद्धान्त राजनीतिको आँखा हो । सिद्धान्त विश्वास हो । तर यो हरेक दिन पढिरहने गुरुमन्त्र होइन । बरु व्यवहारबाट पुष्टि गर्ने विज्ञान हो । दुर्भाग्य, हामी सिद्धान्त समातेर बस्छौं, सिद्धान्त पढ्छौं, सिद्धान्तमा लडाइँ गर्छौं, तर काम गर्दैनौं । काम नगरी सिद्धान्तको सान्दर्भिकता कसरी पुष्टि हुन्छ ? गन्तव्यमा पुग्नलाई पनि त हिँड्नैपर्छ । बुद्धले ‘दुःख’बाट मुक्तिको ज्ञान दिए । गान्धीले ‘अहिंसा’को उद्घोष गरे । माक्र्सको द्वन्द्ववाद सर्वहारा आदर्श बन्यो । जोहन लाकले ‘स्वतन्त्रता’ भने । ज्याँपाल सार्त्रदेखि फ्रायडसम्मका सिद्धान्तहरूको आ-आफ्नै सन्दर्भ र महत्त्व छ । सबैले जीवनको सुन्दरता र सार्थकताको आ-आफ्नै ढाँचामा व्याख्या गरे । यी ठूला कुरा हुन् । तर यिनीहरूको सान्दर्भिकता जीवनका साना-साना खुसीहरूसँग जोडिन्छ । किनभने हामीलाई सिद्धान्त हैन, खुसीहरू चाहिएको छ । सानै सही, गर्मीमा उकालो चढ्नेहरूलाई शीतल छहारी र चिसो पानी पहिलो खुसी हो । बाँकी ठूला कुरा गन्तव्यमा पुगेपछि गर्न सकिन्छ । खोइ हाम्रो राजनीतिले यो सत्यलाई बुझेको ?…”

    Reply
  7. chamling says:
    May 2, 2014 at 8:09 am

    गगने जी ले ज्ञानेन्द्र लाइ पशुपति नाथ को पुजारी बनाउने भन्नु भए छ इन्डियाको भट्टले कहाँ ज्ञानेन्द्रलाई ठाउं दिन्छन र/

    Reply
  8. Surya says:
    May 2, 2014 at 4:55 am

    राजतन्त्र नेपालको लागि राजनीतिक र आर्थिक बिकासको विषय भन्दापनि नेपाल र नेपालीको सोचाई, आस्था, धर्म, इतिहास, राष्ट्रियता र अस्तित्व संग प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रूपमा जोडिएको बिषय हो. त्यसैले हरेक पल्ट पूर्ब राजाले एक वाक्य मात्र बोल्दापनि नेपाली राजनीतिमा तरङ्ग पैदा हुन्छ र नेताहरुले त्यसको प्रतिक्रिया दिन थालिहाल्छन. पूर्ब राजामा अरु नेताहरुमा जस्तो बेतोडले क्रान्तिकारी सैलिको भाषणबाजी गर्ने खुबी छैन तर उनको सानो प्रतिक्रियाले निकै प्रभाब पारेको देखिन्छ. राजतन्त्रको स्थान र यसप्रति देखाईने इज्जत राजनीतिक दलहरु र राष्ट्रपतिको भन्दा अलि माथि नै देखिन्छ.

    राजतन्त्रबाट आशा गर्ने भनेको देशको अस्तित्व र राष्ट्रियताको बचाऊ हो र सबै नेपालीलाई एक सुत्रमा गाभ्ने हो. राजनीतिक दलहरुको जिम्मेवारी भनेको बिकाशका नयाँ योजनाहरु ल्याउने हो. यो जिम्मेवारीबोध सबैबाट भयो भने यी दुवै शक्ति संगै बस्न सक्छन. हैन भने राजतन्त्रले फेरी “केहि” राजनीतिक दललाई बिस्थापित गर्न सक्छ. राजतन्त्र हटाउने सिर्फ माओबादीको अजेण्डा थियो. अरु राजनीतिक दलहरु समयको माग अनुसार फेरी राजतन्त्रको पुनर्स्थापनाको बारे मौन बस्दिन सक्छन.

    राजतन्त्रलाई फर्काउन जनता आफै सडकमा आउँछन् या आउँदैनन्, त्यो त समयले नै देखाउँला तर यदि राजतन्त्रको बारेमा जनमत संग्रह गरियो भने राजतन्त्रको पक्ष्यमा धेरैले भोट दिन्छन भन्ने हाम्लाई लाइराछ.

    Reply
  9. गगने says:
    May 2, 2014 at 2:03 am

    मेरो बिचारमा त् ज्ञानेन्द्रलाई पशुपतिको पुजारी बनाउदा उचित होला! तेस्मा सबैले समर्थन गर्ने छन्, बिरोध कसैको हुनेछैन! जसजसलाई दिनहु चरण स्पर्श गरि पाउढोग गरेर मात्र भुजा हसुर्ने, मालिकको खुसामद नगरी आफ्नो बच्चालाई दुध र अन्न नाख्वाउने रोग लागेको छ तिनीहरुलाई पनि हुने! हिन्दु धर्म र राजतन्त्र अनि ज्ञानेन्द्रलाई राजा बनाउने सपना देख्ने र चाहना राख्नेलाई पनि हुने! पशुपतिमा पुजारी फेरौ हाम्रो नेपालि नै राखौ भन्ने लाइ पनि हुने!
    तेसैपानी ज्ञानेन्द्र देशभरि मन्दिर मन्दिर चाहर्दै पुजा आजा गर्दै हिदित रहेका छन् तेसैले यो पशुपति उसैको नाममा गरिदिएर जिन्दगि भर पुजारी (अझै राजा पुजारी, पुजारी र भक्तजन हरुको राजा) बनाइदीकन त्यो क्रम सन्तान र बन्शाजमा पनि सार्नामिलने प्राबधान का साथ् सबैलाई मिल्ने र उचित अनि सहमति हुनसक्ने यो उपाय र तरिका अपनायामा नेपालमा हुदोनखादो संग बेलानकुबेला राजा र राजतन्त्रको मरिसकेको सिनो खोतलेर गरिने बहश र बिबादको अन्त गर्न उपयुक्त हुन्छ कि त्!
    भन्ने हाम्लाई लाइराछ!
    जदौ!

    Reply
    1. madan bajracharya says:
      May 3, 2014 at 9:33 pm

      गगनेज्यु/
      ज्ञानेन्द्रले नेपालले पुजा गर्ने देवी देवता चाहेरे, “नेपालीको सबै सुत्तुक्क नदिय पेलेरै थुत्ने पारिकाको ढोका ढोका त् चहारेको छैन/ त् किन नकारात्मक टिप्पणी? संविधानको कदर गर्दै सदनको बहुमतको निर्णय मानेर गद्दी छाडे/ अहिलेकालाइ यो मुद्दामा ज्ञानेन्द्र सिट तुलना गरेर हेर्नुस/ अढाई दसक सम्म नेपालमा राज गरेका बिरेन्द्र र ज्ञानेन्द्रको सम्पति नागरिकको अगाडी छन् र ई नेताहरुको खोज्दा पनि बिरेन्द्र र ज्ञानेन्द्रले बाहिरका बैंकमा कुनै रकम राखेको समेत फेला पार्न सकेन/ के बिरिंद्र र ज्ञानेन्द्र सिट अहिले नवाब साहेव बनेका हिजो मागी नदिय लुटेरै खानु पर्ने स्थितिका नेताहरु तुलना गर्न सक्नु हुन्छ? नेपालका नागरिकहरुको माग र चाहनाको सम्मान गर्ने नेपालको संबैधानिक राजतन्त्र र अहिले संबिधान र कानुन नै नमान्ने; आफ्नै कुरा मनाउन नागरिकलाई बाध्य गर्नेको यो लोकतन्त्र नाम दियको मनपरीतन्त्र दाज्न पनि सक्नु हुन्छ?

      Reply
    2. मनीष says:
      May 7, 2014 at 12:32 pm

      जसले जे भने पनि तपाइंको कुरा तर्क संगत चाहीं छ है

      Reply
  10. Deepak Aryan says:
    May 2, 2014 at 1:12 am

    I have been wondering why would any one in the world want to be ruled by a tyrant? I understand the frustration based on attitudes of political parties and their failure. But Gyanendra as a king again and that crack head Parash as a crown prince? Are you kidding me? It took bloodshed of thousands to win this revolution and you people want to do it over again? These power thirsty tyrants know how to use people to get to the power and after they get to the power, they don’t give a damn about people any more. Just see the example of Syria. Death toll has reached more than one hundred thousand and still Assad regime doesn’t care about the majority.
    I am rooted to Nepal but not a Nepali citizen but still care about that country and its people. I would see anyone but Shah regime rule Nepal. I understand political parties are not doing well but still you have the power to point that out but in monarchy your voice will be shut down and you wont even comment like this if you are inside the country.

    Reply
  11. dor prasad says:
    May 1, 2014 at 8:01 pm

    नेपाल मा राजतन्त्र किन फर्काउने ?
    (१) राजतन्त्र ले हिजो नेपाल लै बिकसित राष्ट्र बनाएको ले ?
    (२) राजतन्त्र न हुदा नेपाली ले धार्मिक रुप मा पुज्ने एउटा देउता कमि भएको ले ?
    (३) नेपाल मा नेता कमि र राजा मात्र असल नेता भएको ले ?
    (४) नेपाली जनता आफ्नो सत्ता आफै संचालन गर्न आसफल छन् र राजसस्था संग मात्र एस्तो अनुभब छ
    (५) नामको मात्र परिबर्तन लागि ?
    (६) गणतन्त्र बादी लै दण्डित गर्न ?

    Reply
  12. punam shakya says:
    May 1, 2014 at 6:35 pm

    नेपाल त राजा चाहिने देश हो, अहिलेको जस्तो भाँड भैलो त हुदैन थियो होला !

    Reply
    1. dor prasad says:
      May 2, 2014 at 3:40 am

      भाड भैलो न हुने ग्येरेन्ति के ?

      हो नेपाल सान्त सबभन्दा बढी राणा कालमा थियो, तेस्पछि पंचायत कालमा, नेता कम जनता, प्रजा, दास बढी थिय … जनता को एउटा चेतना स्थर थियो …

      अहिले नेता र पार्टी येति बढेकी कुरै नगरुन … अबत जगबहादुर ले पनि यिनलाई तह लौन सक्दैन ग्येनेंद्र के कुरा ? तेसै ले राजतन्त्र र राणा सासन बिगत हो … बरु नेपाल ले नया नेता जनता बाट नै खोज्नु पर्छ ….

      Reply
  13. dharmendra says:
    May 1, 2014 at 5:24 pm

    राजा चाहिएको हो भने मलाई बनौ राजा / देशमा आमुल परिबर्तन ल्याईदिन्छु / मा स्वोच्छ छविको मान्छे हो / सब भन्दा ठुलो कुरा त मा संग जादुको छडी छ

    Reply
  14. Tej says:
    May 1, 2014 at 5:24 pm

    आखिर हुन् त जनता नै जनार्धन, देशमा त्यहि हुन्छ जे नेपाली जनताले चाहन्छ!

    Reply
  15. KKrishna says:
    May 1, 2014 at 11:15 am

    पहिलो कुरा चाही, ज्ञानेन्द्र सरकार लाई लग्गएको दरबार हत्याकाण्ड को आरोप पुस्टि गर्नु पर्यो…येही रह्यो राज्संग्था संग मोह भंग गर्ने चलखेल…येदि हत्यारा भए कारवाही गर्नु नत्र नेपाली जनता ले भुझ्न पर६…कसको स्वार्थ र कसको लोभ ले हो…किन बाबुराम जस्ता लाई बाहिरी सक्ति संग हात मिलाएर देश को भित्र का लाई दुस्मन देखे…तेसैले, जनता ले जनमत संग्रह बाट तुन्गौनु पर्ने बिषय मधे एक हो राजतन्त्र..फेरी चरसानन्द जस्ता रास्ट्रपति भए भने नि?

    Reply
  16. suman p says:
    May 1, 2014 at 9:58 am

    मुक्त कमैया फेरी कमैया बस्न जानु जस्तै हो, ईच्या छ फेरी कमैया बस्न ?

    Reply
  17. RameshUpadhaya says:
    May 1, 2014 at 9:43 am

    नेपालमा राजा फर्काउनै पर्ने स्थिति यदि केहि गरि आएमा सबै भन्दा राम्रो श्रृतीको छोरीलाई राजा बनाउनु हुनेछ । उनी राजा बिरेन्द्रका बंशज पनि हुन्, नारि भएकोले नेपलकै इतिहासमा एउटा ठूलो संमान पनि हुने छ ।उनको हुर्काई पनि दरवारिया दाउपेचबाट टाढा भएकोले, देशको लागि एउटा सुरक्षित राजा हुने छिन ।

    Reply
  18. karan paudel says:
    May 1, 2014 at 8:42 am

    मलाइ राजतन्त्र नै मन पर्छ त्य्सैले ग्यानेन्द्र शाह लाई नै अगादी उचाले राम्रो हुन्छ !

    Reply
  19. Manoj Thapa says:
    May 1, 2014 at 8:01 am

    पोइकॊ रीसले दैलोमा मुत्नु भनेको मुर्खता सिवाय अरु के हुन सक्ला र?

    Reply
  20. bibek dhakal says:
    May 1, 2014 at 7:10 am

    कुनै बाहिरि शक्तिर कुनै एक ठुलो दलको समर्थन ( वा मौन समर्थन) लिएर सेनाले बरु देशलाई गम्भीर परिस्थिति बाट जोगाउन कदम चाल्नुपरेको प्रिटेक्स्टमा Coup द’etat गरे कुरा भिन्नै हो तर अब जनता आफैं फेरी “राजा चाहियो राजा आउ” भन्दै सडकबाट राजा फ़र्काउलान जस्तो लागेन| त्यस्तो भएको खण्डमा त नेपालमा नबसे नि भो: कहिले पंचायत चहिएन भन्ने, फेरी जनमत संग्रहमा पंचायतलाइ जिताउने, अनि फेरी ९ वर्ष पछि तेही पंचायत चाहिएन भन्ने , अनि १५ वर्ष दलहरुको अकर्मण्यताले वाक्क भईयो राजाले केहि ठिक गर्छ कि भन्ने आस राख्ने अनि त्यहि राजाले सत्ता लिएपछि फेरी गणतन्त्र ल्याउन सडकमा आउने…..अनि अब त्यहि हटाएको राजा ल्याउन सडकमा आउने हो भने हामि र सडक नौटंकी देखाउने सर्कसवालाहरुमा केहि फरक हुन्छ?

    Reply
  21. ramesh says:
    May 1, 2014 at 6:52 am

    आयु सकिएका रास्टपति को निरन्तरता किन? एहि को कारण जनताले राजा फर्काउलान जस्तो छ !

    Reply
  22. Regmi says:
    May 1, 2014 at 6:42 am

    लेख समय सान्दर्विक छ. लेखकले जिब्रो चपायर राजा फिर्तीको समर्थन गरेको जस्तो देखिञ्छ. असम्भव भन्ने केहि पनि छैन. गणतन्त्र आयपछी राज्य संचालन गर्न नभई नहुने “बिश्वास र डर” दुइवटै कुराको अभाब देशमा टड्कारो देखियो. नेताहरुले यकले अर्कोलाई र यउटा दलले अर्को दललाई अविश्वास गर्ने र नटेर्ने (नेताहरुले कुरा गर्दा सहमतिको रटन लगाउन कहिलै नछुटाउने) प्रवृति प्रष्ट देखियो, जस्को कारणले संबिधान आजसम्म बनेन. नेताले भाषणगर्दा भन्ने कुरा र जनताले पायको कष्ट आ-आफ्नो ठाउमा छ. जनता बिबशभयर आसै आसमा दिन बिताई रहेका छन्. नेपाली नेता र जनता मात्रै होइन छिमेकीहरु र दात्रिदेशहरु (संस्थाहरु) पनि अलमलमा परेकाछन. भारतीय राजदुत मुस्तांग र चिनिया राजदुत बिरगंज पुगेर प्रभाव फ़ैलाउदैछन. नेपाललाई उनीहरुको अदृश्य लडाईको मैदान बनाउदै छन्. यस परिस्थिमा सबैलाई मान्यहुने र बिदेशीको अनाबस्यक चलखेल रोक्न अहिले भयका नेता भन्दा फरक तर निशपछ्य र रास्ट्रीयहितलाइ सर्बोपरि ठान्ने व्यक्ति चाहियको प्रष्ट छ.

    Reply
  23. Pratik says:
    May 1, 2014 at 5:14 am

    राज गद्दी होइन धेरै उफ्रियो भने जेल को कालो कोठा को भिजेको गद्दी मा कोचिदिन्चन भाई मारा ज्ञाने लाई नेता हरु ले / मलाई त पाप धुरी बाट कराएको हेर्न क्या मज्जा भई राछ भने / खुच्चिङ्ग, खुब राजा हुन खोजेको थियो त्यो /

    Reply
    1. Raj says:
      May 1, 2014 at 9:44 am

      Height of stupidity………

      Reply
      1. pratik says:
        May 4, 2014 at 1:07 am

        के को stupidity ब्रो? तेत्रो हत्याकाण्ड आँखा को अगाडी हुदा हुदापनि ज्ञाने बिरेन्द्र को सब मर्ने ज्ञानेन्द्र को सब बाच्ने , निरञ्जन लै मार्ने,”तर पारस ले दाइ मलाई नमार्नुस” भन्ने बित्तिकै छोडिदिने दीपेन्द्रले , देवकोटा कि रिपोर्ट मा दिपेन्द्र को रगत मा केहि लागु पधर्थ नभेटिने, दिपेन्द्र ढले पछी पनि गोलि चलि रहेको हुने, आफु राजा हुनी बित्तिकै ज्ञाने ले सत्ता हात पर्न खोज्ने, धिरेन्द्र को बुडी को अचानक प्लेन crash हुने र अरु कोइ नमर्ने उ बाहेक , ज्ञाने ले सम्पत्ति आफ्नो नाम मा गर्ने , तेत्रो हत्याकाण्ड हुदा पनि scotland yard या CIA जस्ता detective agency नबोलाएर नेपालको पन्दुरे नेता हरु को छानबिन आयोग बनाउने (rat rat rat), raja hune bittikai tribhuvan sadan jasto historical chiz bhatkauna lagaune etc यो सब ले के संकेत दिन्छ मित्र ?
        यति हुदा पनि ज्ञानेन्द्र लाइ राजा बनौन चाहने मान्छे stupid हो कि होइनन नि? तेस्तो गुन्डा पारस लाइ भविस्यको राजा मान्नु stupid ki not stupid ni?

        Reply
  24. Biku Singh says:
    May 1, 2014 at 4:07 am

    Nepal neither needs Monarchy nor the Communist that kicked out Monarchy. King Birendra, though remained very popular among Nepalese, despite having ruled Nepal for almost 30 years had infact failed in lifting people out of poverty and giving that boost for our economy. Beside creating five development regions, there are very reforms that he initiated. Gyandendra and his elites now puts the blames on his adviser for the downfall of the Monarchy in Nepal. Despite having many constitutional constraints and challenges Lee Kuan Yew and Dr. Mahathir change the face of Singpaore and Malaysia to the tiger house of Asia. Our Kings despite having clearly given so many power by the constitutions and rule over this country with immense resource could have address petty issues like Water Scarcity in Capital, Load shedding and the hurdles we have to face at every government office easily.
    But all they card about was the palace politics, Royal Royce and the $10 million dollar(85 crore) budget for palace.

    Reply
    1. Chetan Nepali says:
      May 2, 2014 at 1:09 am

      The biggest issue wth the Monarchy was they fail to address the public issues and engaged with only their personal and family issues for entire duration of Shah dynesty. There is no hope from them at all after they have been abandoned. However, if they really want to do something for the country, they can do a lot without even being a formal king. So, don’t hope that brining monrchy back will change the country….

      People need to change, their thinking needs to change, and their action needs a change that will ultimately change the Nepal….

      Reply
  25. Vijay says:
    May 1, 2014 at 2:36 am

    दल हरुले ले आफ्नो पुरानै बानि दोहोर्याए…नयाँ आएका पनि उही ड्याङ्गकै भएर निस्के, तर यसको अर्थ यो होइन कि ज्ञानेन्द्र अचानक गाइको दुधले धोए जसरि पवित्र भएर निस्के ! उनको कर्तुत भुल्न मिल्दैन ! जन आन्दोलन २०६२-६३ मा निहत्था २१ आन्दोलनकारी माथि गोलि चलाउन आदेश दिने को ? सरकार उपदस्थ गराउदै इन्टरनेट र फोन काट्न लगाएर देशलाइ ढुंगे युग तिर धकेल्ने को? नेताहरु लाइ नजरबन्द गर्नु र बहुदलिय प्रशाशन लाइ निर्दलीय बनाउनु मात्र कुशल प्रशाशकको परिचायक होइन ! देशलाइ उत्पादन र औधोगीकरण लाइ प्रोत्साहन गर्ने शक्ति चाहिएको छ न कि जाल झेल को राजनीति ! ज्ञानेन्द्र कुनै अवस्था मा शक्ति मा आइहाले भने पनि भारतकै भक्त भएर निस्कने हुन्, जसको ज्वलन्त उदाहरण ज्ञानेन्द्रको जनआन्दोलन २०६२-६३ प्रतिको घुडाटेकाइ हो !
    (आन्दोलनकारी को आन्दोलन ले जितेको भनेको? गलत ! भारतले करन सिंह लाइ दुत पठाएर राष्ट्रपति को ललिपप देखाएर फकाएको हो जसमा पछि ज्ञानेन्द्र ले नराम्रो संग धोका खाए !)

    Reply
  26. kedar says:
    May 1, 2014 at 2:18 am

    सुर्य जी ले घुमाउदो पाराले कतै ज्ञानेन्द्रलाइ ५ बर्ष किन पर्खिञ्छौ एमाले कांग्रेसलाई ? तिमि आफैं पनी केहि त गर, कोसिस त गर, दायाँ बायाँका, पार्टी भित्रका उकासिन सक्ने र उकासिन खोज्नेलाई समर्थनमा उकास, कती सोझो भाका अलिक लप्पन छप्पन त गर, अनि फेरी राजा भएर फर्केउ भनेर सुझाब दिन खोजेको त होइन |

    Reply
  27. Sudip Adhikari says:
    May 1, 2014 at 1:29 am

    देश को समस्या समाधान गर्न तिर लाग्नु पर्छ!समाधान गरियको समस्या फेरी थप्न तिर हैन !राजा ठुलो समस्या हो! अनि अर्को कुरा यो कमेन्ट मा लामो लामो खण्ड काब्य लेख्ने साथी हरु लाइ !! कुरा प्रस्ट अनि छोटो हुनु पर्छ ! यार को संग समय छ हजुर हरु को खण्ड काब्य पढ्न को लागि ! हजुर ले जति राम्रो र तार्किक लेखेको छु भन्ने सोचे पनि यति लामो हानेको देखे पछि कसैले पढ़दैना के! यो कुरा सत्य हो तर अलि तितो छ नरिसाउनुस ! बरु सुधार्नुस

    Reply
  28. bijay kerung says:
    May 1, 2014 at 1:18 am

    १०० जनाले मन नापरौनोस मेरो भन्नु kehi छैन तर Nepal मा राजतन्त्र फर्किने वाला छैन

    Reply
  29. nirmal says:
    May 1, 2014 at 1:15 am

    राजा त चाहिने जस्तो नै छ तर ज्ञाने र उसको सन्तान चाही हैन है

    Reply
  30. suzee says:
    May 1, 2014 at 12:48 am

    SORRY SURYA जी,
    यो लेख पढ्ने मन जागेन है, अरु कुनै समय सामयिक लेख लेखेर समय उपयोग गरे , पढ्ने पनि जागर चल्थ्यो ….
    #रैथाने ##को कुरो मा मा सतप्रतिसत सहमत गर्छु ,
    कुनै कुनै मा लेख भन्दा पहिले कमेन्ट हेरिन्छ आफु त अनि लेख !!!!!!!!!!!!!!!!!!
    जय होसः!!

    Reply
  31. eklavya says:
    April 30, 2014 at 11:25 pm

    समाजको सेवा गर्नु भनेको समाजको उत्थान हुनु हो र त्यो हुनु भनेको समाजको बिकास हुनु हो र समाजको बिकास भनेको गाउँको सहरको अनि बिस्तारै देशको बिकास …के यसकोलागी हामीलाई सुरुदेखिने कुर्सिको आवश्यक पर्छ के बिना कुर्सिको हामीले समाजमा टेवा पुर्याउने काम गर्न सक्दैनौ …शायद यी पुर्व राजाले सक्दैनन् होला ति नेताहरुले सक्दैनन् होला ..तिनीहरु हिजो कुर्सीमा छदा के गरेथे ?आज भएर के गररेको छ र भोलि पनि कुर्सि पाएर के न गर्न सक्ला ? केवल भाषण दिने जनतालाई मुर्ख बनाउने अनि ठाउमा पुगेपछि लौरो बिर्सिने परम्परा नै छ ..चाहे राजा आवोस या बखम्फ़ुसे नेता जुन गोरु आयेनी कानै चिरेको हुन्छ ….

    Reply
  32. रैथाने says:
    April 30, 2014 at 11:24 pm

    टाइम आउट, एक्पायर कुराहरूलाई ल्यायर तात्तोत छारो बहस गर्न खोजेर देशको समय बर्बाद गर्न खोज्नु भनेको हरामजादा पना हो! यो राजतन्त्र राजा आदि कुरा गरि किन देशको समय खल्बल्याउन जमर्को गर्छौ भाई! यदि ग्यानेद्र देश् सेवा गर्ने जनता र देशको लागि केही गर्छु भन्ने चाहना छा भने एउटा दल् खोलेर राजनैतिक मैदानमा आयहुन्छ बरु एजेन्डा आदि हेरि हामीपनी साथ् दिउला हो! तर गद्दिमा बसेर मेरा प्यारा प्रजा भन्दै दैनिक र मासिक अनि वार्षिक भत्ता र साना सौकातमा र्याल चुहाउदै आफ्नो र आफ्नो सन्तान्को भबिस्य सुरक्षित र सम्रक्षित गर्ने सपनाका कुरा उस्ले पनि छाडे हुन्छ् र उस्ले भन्दा सूर्य खड्का आदिले बिर्सिय हुन्छ्! बोकाबोसो कोर्ता हाई!

    Reply
    1. BT Malla says:
      May 3, 2014 at 12:17 pm

      रैथाने जी ले उठाउनु भएको कुरा त ठिकै हो तर राज संस्थाले दुइ सय चालिस वर्षा सम्म गरे को अन्नाया, अत्याचार र बेथिथी भन्दा धेरै गुना हाल क़ा लोकतन्त्र र गणतन्त्रबादीहरुले गरि सके? के येस्तै गर्न कालागि राज तन्त्र लाई पाखा लगाइएको को हो त? येदि हैना भने जनता ले सुख, शान्ति र सुरक्षा को अनुभूति कहिले गर्ने ? तर साथीहरु, सुर्य खड्का जी ले भने जस्तो त हैना , चिन्ता नगरौं, ढिलो चांडो नेपाल मा सम्शसोधीत राजतन्त्रक को पुनाबहाली हुन्छा , यो कुरा सबैले नोट बुकमा लेखेर राखे हुन्छा. राज संस्था जिन्दाबाद!!!

      Reply
  33. Sam Sharma says:
    April 30, 2014 at 11:06 pm

    राजा तत्काल आउने (आएपनि राष्ट्रपति बनेर) सम्भावना झिनो छ / तर राजाले आफु गद्दी नछोड्दै र भारतमा शान्ति सम्झौता नगर्दै राष्ट्रपतिको लागि बार्गेन गरेको भए केहि सम्भावना थियो (त्यो पनि उनको निरङ्कुश सत्ता लागु गर्नु अगाडी) / यो घडीमा आम जनताहरु कुनै दल संग पनि सन्तुष्ट छैनन् र तत्काल राजा आउने सम्भावना पनि देख्दैनन / तर तेस्रो विकल्प भने सम्भावना छ / यो विकल्प जनतालाई राहत दिने र आर्थिक क्रान्ति तर्फ उन्मुख हुने हुनु पर्छ / सबभन्दा महत्वपूर्ण कुरा त यो विकल्प आयो भने पनि यो सफल हुनको लागि यसमा लाग्ने नेता, कार्यकर्ता र समर्थन गर्ने आम जनताले अनुशासन, सभ्यता, आफ्नो कर्त्यब्य-परायणाता र अर्काको अधिकारलाइ आदर गर्ने हिम्मत जनाउनु अनिवार्य छ र सरकारले भ्रष्टाचार न्यूनीकरण र विधिको शासन लागु गर्न सक्नुपर्नेछ / मैले देखे अनुसार हाल नेतालेनै कानुन मिचेको अवस्था छ र यस्ता मिचाईहरु देख्नासाथ मिडियाहरुले प्रचारमा ल्याएर यस्ता नेताको कु-चरित्र जनता (मतदाता) हरुको बीचमा उदाङ्गो पर्नुपर्छ / यसकारण सुन्दर, शान्त, र सम्ब्रिद्द नेपालको कल्पना गर्ने हो भने अनुशाशित भएर केहि वर्षा कडा परिश्रम गर्नुपर्ने हुन्छ / अन्त्यमा, केशब दाहाल द्वारा कान्तिपुरमा प्रकाशित लेखको अंश मलाइ मन परेकोले तल कपि पेस्ट गरेको छु /

    “…जनतालाई धेरै चाहिएकै छैन । गाविसमा सेवाग्राहीहरूले सम्मानसाथ सेवा प्राप्त गरुन् । सीडीओ सापबाट प्रभावकारी सेवाको ग्यारेन्टी होस् । कर्मचारीहरू हाँसेर बोलुन् । चामल, चिनी, साबुन र मसला सस्तै मिलोस् । सहरमा सफा होटल र ताजा खानेकुरा पाइयोस् । चाडवाड मनाउन खाँचो नहोस् । हिँड्नका लागि सुलभ गाडीहरू मिलुन् । अभर पर्दा प्रहरीहरू तुरुन्तै आउन् । बिजुलीको लाइन नजाओस् । ऋण पाइयोस्, ब्याज सस्तो होस् । तेलको भाउ नबडोस् । उपचार गर्न अस्पताल होस् । छोराछोरीहरू स्कुल जाउन् । गरिखान पाइयोस् । राजनीतिमा इच्छाशक्ति भए यस्ता साना कामहरू सजिलै पुरा हुन्छन् । जसलाई कुनै पनि वादले रोक्दैन । जनताका सरल अपेक्षाहरू छन् कि नेताहरू बैठकमा मात्र नअल्मलिए हुन्थ्यो । मिलेर देश बनाए हुन्थ्यो । संविधान एक वर्षमा लेखिदिए हुन्थ्यो । भोट माग्दा गरेका वाचाहरू पुरा गरे हुन्थ्यो । मित्रराष्ट्रहरूलाई विस्तारवादी, हैकमवादी, साम्राज्यवादी नभनी आफ्नो राष्ट्रियताको थैली बलियो बनाए कति राम्रो हुन्थ्यो । राष्ट्रियता जनता उत्तेजित गर्ने विषय नबनोस् । हाम्रा नेताहरू सबैतिर सम्मान र आदर्शमा नायक बनिदिउन् । जनता यस्तै साना-साना खुसीहरू चाहन्छन् । के लोकतन्त्रले यति थोरै खुसी पनि दिन सक्दैन र ?
    राजनीतिमा सिद्धान्तहरू महत्त्वपूर्ण हुन्छन् । कसैले सिद्धान्तहरू महत्त्वपूर्ण छैनन् भन्छ भने त्यो आफैंमा सिद्धान्त नै हो । सिद्धान्त राजनीतिको आँखा हो । सिद्धान्त विश्वास हो । तर यो हरेक दिन पढिरहने गुरुमन्त्र होइन । बरु व्यवहारबाट पुष्टि गर्ने विज्ञान हो । दुर्भाग्य, हामी सिद्धान्त समातेर बस्छौं, सिद्धान्त पढ्छौं, सिद्धान्तमा लडाइँ गर्छौं, तर काम गर्दैनौं । काम नगरी सिद्धान्तको सान्दर्भिकता कसरी पुष्टि हुन्छ ? गन्तव्यमा पुग्नलाई पनि त हिँड्नैपर्छ । बुद्धले ‘दुःख’बाट मुक्तिको ज्ञान दिए । गान्धीले ‘अहिंसा’को उद्घोष गरे । माक्र्सको द्वन्द्ववाद सर्वहारा आदर्श बन्यो । जोहन लाकले ‘स्वतन्त्रता’ भने । ज्याँपाल सार्त्रदेखि फ्रायडसम्मका सिद्धान्तहरूको आ-आफ्नै सन्दर्भ र महत्त्व छ । सबैले जीवनको सुन्दरता र सार्थकताको आ-आफ्नै ढाँचामा व्याख्या गरे । यी ठूला कुरा हुन् । तर यिनीहरूको सान्दर्भिकता जीवनका साना-साना खुसीहरूसँग जोडिन्छ । किनभने हामीलाई सिद्धान्त हैन, खुसीहरू चाहिएको छ । सानै सही, गर्मीमा उकालो चढ्नेहरूलाई शीतल छहारी र चिसो पानी पहिलो खुसी हो । बाँकी ठूला कुरा गन्तव्यमा पुगेपछि गर्न सकिन्छ । खोइ हाम्रो राजनीतिले यो सत्यलाई बुझेको ?…”
    (Link: http://www.ekantipur.com/np/2071/1/17/full-story/388419.html )

    Reply
    1. Prakash_Edm_Canada says:
      May 2, 2014 at 12:53 am

      सिद्धान्त राजनीतिको आँखा हो । सिद्धान्त विश्वास हो । तर यो हरेक दिन पढिरहने गुरुमन्त्र होइन । बरु व्यवहारबाट पुष्टि गर्ने विज्ञान हो । दुर्भाग्य, हामी सिद्धान्त समातेर बस्छौं, सिद्धान्त पढ्छौं, सिद्धान्तमा लडाइँ गर्छौं, तर काम गर्दैनौं । काम नगरी सिद्धान्तको सान्दर्भिकता कसरी पुष्टि हुन्छ ?
      WELL SAID

      Reply
  34. शशङ् लामा says:
    April 30, 2014 at 10:48 pm

    राजा फर्किनु भनेको, नेपाली जनताको लागि, दुलोबाट निस्केर खाल्डोमा खस्नु हो !!!

    Reply
  35. Shankar says:
    April 30, 2014 at 10:18 pm

    सरसर्ती हेर्दा र कुरा गर्दा जनता आफै मालिक भएको ठाउमा किन फेरी आफै दास बन्न जाने भन्ने कुरा गैर राजाबादिको हुन्छ | सुर्य बहादुर जस्तो धुर्त र माकुने जस्तो राजालाई दाम चढाउने ले पनि तेही कुरा गर्छन |
    अलि बिस्तृत राजनीति कुरा गर्ने ले भारत ले आफ्नो हाली मुहाली गर्न पाएको ठाउमा राजा किन फ़र्काउछ भन्ने पनि प्रश्न गर्छन |
    तेस्तै उचित परिस्थिति र समय आएपछि राजा फर्कने आश ज्ञानेन्द्र र राजाबादी ले गरेका छन् |
    अब एसको बिस्लेसन यसरि गरौ |
    अब यथास्थितिमा जनताले खोपामा देउता राखेजस्तो हिसाब ले चै सजिलै राजालाई लेउदैनन | जसरि पृथ्बी नारायण ले , महेन्द्र ले परिस्थितिलाई अनुकुल बनाएर आफुलाई प्रोव गरे ज्ञानेन्द्र ले पनि साबित गर्नु पर्छ | हिजो कमल थापाले बिसम परिस्थिमा समेत एउटा सिद्दान्त लिएर अगि बढदै जादा आज २५ सिट ल्यायो |
    तेस्तै ज्ञानेन्द्र ले खोपा बाट बेला बेला प्वाक पुक्क बोल्दै आफ्नो अस्त्तित्त्व को आभास दि रहेको देखिन्छ र स्पस्ट छ उचित मौका को ताक मा छन् | तेसैले ज्ञानेन्द्र उल्लेख गरिए जस्तो मुर्ख र सोझो पक्कै हैन |
    राजा बाट पदच्युत भएर पनि अझै नेपाल मा हुनु , सरकारी सुबिधा र भबन लिनु , र सरकार ले दिनु पनि , संबैधानिक राजतन्त्र भन्ने कांग्रेस जस्तै जानेबेलामा बाबुराम( दुवै गोर्खा बाट आएको )ले सांस्कृतिक राजा को कुरा लेउनु , राजतन्त्र जानेबेलामा कर्ण सिंह आएर केहि गोप्य बार्तालाप लगत्तै सासन छोड्नु , अझै संबिधान न बन्नु , सरकार अलोकप्रिय हुदै जानु , महागी अनियन्त्रित हुदै जानु र शान्ति सुरक्ष्या को स्थिति झन् गम्भीर हुदै जानु , सुर्य बहादुर ले समेत एक अन्तर्वार्ता मा यी राजा बिरेन्द्र भन्दा धेरै बाठा भनेर बोल्नु, मावोबादी क्रमश असान्धर्भिक हुदै जानु ले धेरै प्रश्न लेउछ |
    राजनीति मा दुश्मन को दुश्मन मेरो दोस्त भन्ने उखान नै छ , एक ताका बैद्द्य ज्ञानेन्द्र निकट रहेको हवाला पनि न आएको हैन |
    अब भारत के चाहन्छ ?
    खान हातैले पर्दैन , चम्चाले पनि सकिन्छ |भुटान को उदाहरण पनि छ |
    ज्ञानेन्द्र ले चाइना कार्ड प्रयोग गर्दा त्रुफ को एक्का ठानेर हानेको परेछ गुलाम |

    Reply
  36. nandakutti says:
    April 30, 2014 at 9:59 pm

    तितो यथार्थ सुनाउनु भयो सुर्य जी ले, जनताले जसरि हिजो दल हरु लाइ सुन पानि छर्के, अधिकांस जनता तेसरी नै कुनै न नुकै रुप मा राजालाइ पनि केहि स्पेस दिने चाहना राखछन् , तर राजा लिएर आउन हताश (desparete ) चाही छैनन्, अब जनता को चाहना लाइ बुजेर सम्बोदन गर्ने, या कम से कम यो मुद्दा लाइ सदा को लागि निक्योल होस भन्ने हेतु ले जनमत संग्रह मा जाने विकल्प दलहरु संग छ, तर जनता ले हताश्पन (desparation)(सडक मा आउने, बितण्ड मचचाउने) नदेखाए सम्म शक्ति केन्द्र ले कुनै पनि मुद्दा लाइ गम्भीरता पुर्वक नलिने हामी कहाँ चलन छ,,एसले राजाबादी र हिन्दुवादी हरु लाइ झन् उपेक्छित् बनाउने र देश मा अतिबाद झन् झाँगिने खतरा रहन्छ, र एउटा शक्ति(अहिले सानो भए पनि) लाइ बाहिर राख्दा, बिदेसी हाम्रा मित्रहरु लाइ भबिस्य मा खेल्ने ठाउँ पनि रहन्छ….

    Reply
  37. Lohani Indra says:
    April 30, 2014 at 9:38 pm

    राजा नफ़र्काएर यी विखण्डनकारी भ्रस्टहरुलाई रजाईं गर्न दिईरहने हो भने त अब पचास वर्षमा देशका केहि भागले क्राइमियाको स्वरूप धारण गर्नेछन, केहि भागमा नाकचुच्चे र नाकथेप्चेको द्वन्द चर्किनेछ, ६०% नाकचुच्चेले नाकथेप्चेहरुको दुवाई गर्नेछन र केहि भागमा मुल्लाहरुको दमदमी बढ्नेछ.! नेपालमा फेरी अर्को मुजाहिद्दिन जन्मनेछन ! शान्ति र स्थायित्व त सोचमा मात्रै सिमित रहनेछन! महंगी लोडसेडिंग, भ्रस्टाचार, अपराध, दण्डहीनता ले देशलाई कलियुगको नरकमा परिणत गर्नेछन ! त्यसैले एकता, धार्मिक सहिष्णूता र दिर्घकालिन स्थायित्वको लागि राजा, राजतन्त्र फर्किनु नितान्त आवश्यक छ !

    Reply
    1. Hikmat B K says:
      May 5, 2014 at 9:31 am

      राणा सासन फर्काउने कुरा गर्नुस न मित्र हरु . किन चाहियो राजा .

      Reply
      1. मनीष says:
        May 7, 2014 at 12:41 pm

        हो त नि राणा शासन नै मागे भैगोनि राजतन्त्र भन्दा, पछाडिनै फर्किने हो भने

        Reply
  38. सरल says:
    April 30, 2014 at 8:13 pm

    बिषय उठान त राम्रो हो तर नया केहि पाइएन यो लेखमा| सबै कुरा समेट्न खोज्दा लेखले केहि पनि समेट्न सकेनछ| विश्लेषण खल्लो र विवरण पुरानै| लेखकले एउटा पाटोमा मात्रै ध्यान दिएर त्यसको गहिराइ सम्म पुग्न खोजेको भए यो लेख यति सतही बन्न जान्थेन होला|

    Reply
  39. xyz says:
    April 30, 2014 at 8:06 pm

    I appreciate this analysis but if you read carefully, in between the lines, even though the author has rejected the possibility of monarchy come back in Nepal, he has carefully carved a safety valve for himself by admitting to deny total impossibility. I will say, return of monarchy is totally impossible in Nepal. Just take a look at the track record: Did Ranas made a come back? Did panchas made a come back? No, never. The present hullabaloo on the return of monarchy is nothing more than the spillover of the debate on secularism and Hinduism. Any one visiting Narayanhiti Durbar Museum can

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme