Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ कारण जसले डा. केसीको यो पटकको अनशन पहिलेभन्दा फरक र कमजोर देखियो

Posted on January 21, 2019 by सूर्य खड्का

सत्याग्रहप्रति दैनिक उदासिनः नयाँ पत्रिकाले दियो महत्त्व। यो शीर्षकको बाह्रखरी अनलाइनको माघ ६ गतेको समीक्षात्मक टिप्पणी यस पटकको अनसन प्रकरणको पछिल्लो ताजा अवस्था र यसको सम्भावित गन्तव्य चियाउने प्रष्ट ऐना हो । किन भने नागरिक भद्र अवज्ञा आन्दोलनका एक्ला मसिहा साबित हुँदै आएका डा. गोविन्द केसी आफ्नो १६ औँ पटकको जारी अनसनमा रहँदै गर्दा निकै कमजोर देखिएका छन् । यसका केही मूलभूत कारणहरू पनि छन् ।

१. डा. केसीले आफूलाई मात्रै अनसनको पर्याय ठान्दथे । र, एकदसम्म थिए पनि । तर यस पट्क एक जना युवा विजय थापा डा. केसीलाई टक्कर दिन मैदानमा ओर्लिए । यसले डा. केसी र विजय थापालाई एक नदीका दुई किनारा झैँ बनाई दियो । डा. केसीका पक्षमा मात्रै उर्लने मास विजय थापाका पक्षमा पनि बाँडियो, बाँड्दै छ । फलतः डा. केसी अनशन बस्ने बित्तिकै उनको पछि लाग्ने समूह कमजोर र विभाजित हुँदै गयो ।

२. राजनीतिक दलको समर्थन डा. केसीका पक्षमा कमजोर हुँदै गयो । डा. केसीको आधिकारिक दलको रूपमा उदाएको साझा विवेकशील दलमा छापामार शैलीमा आएको अप्रत्याशित विभाजनका कारण यस पट्क न त रबिन्द्र मिश्रको साझा पार्टी, न त उज्ज्वल थापाको विवेकशील नेपाली दल, कुनै पनि डा. केसी अनशनमा उत्रनासाथ माइतीघर मण्डलामा ट्राफिक जाम गर्न पर्याप्त हुने सडक संघर्षमा यस पट्क उत्रन सकेनन् । यसको सिधा असर अनशनरत डा. केसीको पक्षमा राजनीतिक माहौल सृजन ागर्ने शक्ति आफै कमजोर बन्यो ।

३. मान्छे स्वयंममा डा. केसी एक जना सादगी जीवन शैलीका भए पनि उन आस्थाका हिसाबले प्रजातान्त्रिक छविका अब्बल डाक्टर हुन । उनी मतदाताको हिसाबले काँग्रेसी भोटर हुन । तर सिङ्गो काँग्रेसले मुख्य विपक्षी दलको हैसियतले यस पट्क डा. केसीको पक्षमा कुनै राजनीतिक लविंग काँग्रेसले गरिरहेको छैन । सर्प पनि मार्ने तर लाठी पनि जोगाउने राजनीतिक चलाखीका साथ अनशनको राजनीतिक रोटी सेक्ने तर यसैलाई सरकारसँग वारपारको मुडमा मुठभेडमा नजाने रणनीतिमा मुख्य विपक्षी दल काँग्रेस देखिँदै छ । सडकमा होस की सदनमा डा. केसीको पक्षमा खुल्लम खुल्ला वकालत गर्ने एक जना माननीय गगन थापा मात्रै देखिएका छन् । गगन थापाको भावनात्मक उत्तेजनापूर्ण तर्कलाई सत्तारुढ दलका युवा नेता योगेश भट्टराईले ठाउँका ठाउँ आइरन कट् आइरन प्रतिकार गरिदिएपछि पनि डा. केसीको आन्दोलनका प्रायोजक, आयोजक र समर्थकहरू दुविधा र अन्योलमा पर्दै गए ।

४. आस्थाका हिसाबले नखुलिसकेका र उमेरका हिसाबले लाउँ लाउँ खाउँ खाउँ उमेरका विजय थापा डा. केसीको अनसनको प्रतिकार अनसनमा उत्रँदा साहसी मात्रै बनेनन्, आफ्ना साथमा युवा, विद्यार्थी र समर्थकहरूको समूहका साथ पनि छ भन्ने सडक सन्देश दिन यस पटक सक्षम देखिँदै गए । अनशन विरुद्ध अनसन, अनसनकारी विरुद्ध अनसनकारी र प्रदर्शन विरुद्ध प्रदर्शनकारीको काउन्टर माहौल बन्दै जाँदा नागरिक समाज, मिडिया तथा सामाजिक सञ्जालमा पनि डा. केसीको समर्थनको एकाधिकारमा ब्रेक लाग्यो । जता, जति चर्चा चुलिन्छ उत्तिकै चर्चामा आए विजय । ठुला मिडियाले विजय थापालाई नचाहेरै पनि महत्त्व दिनु पर्ने अवस्थाले पनि डा. केसीको अवज्ञा आन्दोलनलाई झन् कमजोर पार्दै लग्यो । जसरी माओवादी जनयुद्धमा माओवादीका जनसरकारको वैधानिकता नभए पनि स्थानीय तहमा रज गज चल्थ्यो, त्यसै गरी विजय थापाको अनसन डा. केसीलाई नरुचाउने तप्का सबैका लागि नयाँ संजिवनी बुटी झैँ बन्यो ।

५. अतिले खती गर्छ भन्ने भनाई पनि यस पटक डा. केसीको अनशनमा देखिँदै छ । राजनीतिक रूपमा मतदानद्धारा स्थापित संसद् र सरकारको क्षेत्राधिकारमा आफू अनुकूल अंकुश लगाउन खोज्ने डा. केसीको जिद्दीप्रति सरकार वा संसद् पहिले जस्तो रमिते मात्रै बनेनन् । सांसदले चिकित्सा शिक्षा सुधार विधेयकलाई आफ्नो स्वामित्वमा लिएपछि स्वाभाविक रूपमा डा. केसी ठुलो की जननिर्वाचित संसद् ठुलो भन्ने बहस सुरु भयो । जननिर्वाचित संसद्को क्षेत्राधिकार भन्दा ठुलो सरकार वा कोही अनशन नहुने भनी कार्यकारी प्रधानमन्त्री केप ीओलीले संसदमा नै भनिसकेकाले पनि संसद् भन्दा डा. केसीको माग ठुलो होइन भन्नेमा नागरिक तप्का विश्वस्त हुँदै गयो । त्यसको असर डा. केसीको जारी अनशनमा प्रस्टै नकारात्मक देखियो ।

६. नागरिक आन्दोलनको पक्षपाति भन्दै ठुला मिडियाले, तिनका सम्पादकहरूले डा. केसीका पक्षमा उछाल्ने गरेको प्रपोगाण्डामा यस पट्क ठुला मिडियाहरू नै अल्मल्लिएका छन् । ठुला मिडियाका सम्पादकहरू बिचमा नै मतैक्यता देखिएको छ । यसले गोयवल्श शैलीको अनसनमुखी ठुला मिडियाको प्रचार खेती पनि आफै धुमिल र शिथिल हुँदै गयो र अनशन कमजोर भयो ।

७. भूगोल, मौसम र परिस्थितिका हिसाबले डा. केसीले प्रतिकुल बेलामा अनसन सुरु गरे । चिसो मौसममा उनले रोजेको इलामको अनसन स्थल उनका लागि प्रकृतिले नै साथ नदिएको सिजन साबित भयो । फलतः डा. केसी अन्य अनसन भन्दा यस पटकको अनशनमा चाँडो गलित भए, चिसोको असरले । उनको शारीरिक अवस्था पहिलेभन्दा छिटो कमजोर भएकै कारण उनको ज्यान बचाउन नाईटभिजनद्धारा उनलाई मध्यरातमा इलाम, भद्रपुर हुँदै राजधानीमा ल्याउनै पर्‍यो । उनले लिन्न भन्दाभन्दै उनलाई मेडिकल निगरानीमा छिट्टै राख्नु पर्‍यो ।

८. सरकारले ल्याएको विधेयकमा अधिकांश डा. केसीका माग नै समेटिएको कुरा योगेश भट्टराईहरूले मात्रै होइन, स्वयं डा. केसीका समर्थक मिडिया, सांसद, नागरिक तप्काले समेत स्वीकार गर्नु परेपछि एजेण्डाका हिसाबले डा. केसीको अघिल्ला आन्दोलनको जस्तो क्रान्तिकारी ऊर्जा यसपटकको अनसनले पाउनै सकेन । फलतः स्थिर सरकारका सामु उनका शतप्रतिशत माग पुरा हुनुपर्छ भन्ने जनआवाज मत्थर हुँदै गयो, उग्र क्रान्तिकारी तरङ्ग अजमाउन सकेन ।

९. डा. केसीका शतप्रतिशत माग सरकारले पुरा गराउन नसक्ने र अनसन नै अन्तिम सत्य होइन भन्ने प्रधानमन्त्रीको संसद् सम्बोधनले पनि अनसनकारीदेखि समर्थक , प्रचारक सबैलाई हच्काई दियो । फलतः सरकार गलत छैन है भन्ने मान्यता बलियो हुँदै जाँदा डा. केसीको भोक हडताल एक्लिँदै गयो ।

१०. डा. केसीलाई नैतिक रूपमा पनि सङ्कटहरू थपिए । उनले सरकारी जागिर त्यागेको प्रमाण बिनै अनसनमा बसे । सरकारकै तलब भत्ता खाएर सरकार विरुद्ध अनशनमा उत्रँदा उनका समर्थकहरूको नैतिक ऊर्जामा ह्रास आयो ।

११. अनशन स्थल अस्पताल होइन भनेर भन्ने जनमत बढ्दै जानु र डा. केसी इलामबाट टिचिंग अस्पताल रवाना गरिनुले पनि उनको अनसनको नैतिक ऊर्जालाई कमजोर बनाउँदै लग्यो ।

१२. गएको चुनावमा उनले मन नपराउने वामपन्थी शक्ति लगभग दुई तिहाई बहुमतमा जनताको मतद्धारा वैधानिक सत्तामा पुग्नु नै यस पटक डा. केसीका लागि अफापसिद्ध भयो । किन की जनमतको कदर नगर्न डा. केसी नै ईश्वर होईन्न है भन्ने तर्कमा जनता बाँडिए ।

यी र यस्तै यस्तै कारणहरूले डा. केसीको यो पटकको अनसन अघिल्ला अनशन जस्तो दमदार र शक्तिशाली देखिएको छैन भने उनको जिद्दीका कारण छिटो नै टुंगिने सङ्केत र सम्भावनाहरू पनि कमजोर देखिएका छन् ।

उसो भए अब प्रश्न जटिल छ, संसद् ठुलो की, डा. केसीको आन्दोलन ? त्यही संसद् जो संविधान सभाको हैसियतमा हुँदा देशलाई गणतन्त्र घोषित गर्न काबिल भयो, २०६५ जेठ १५ मा । त्यही संसद् वा संविधान सभा देशलाई आम जनताको राय विपरीत देशलाई चोरबाटोबाट कथित धर्म निरपेक्ष घोषित गर्न सक्षम भयो । त्यही संसद् देशलाई गणतन्त्र , धर्म निरपेक्ष, सङ्घीय बनाउन काबिल हुने डा. केसीले नरुचाएको चिकित्सा विधेयक पास गर्न काबिल नहुने हो त ? त्यो पनि नेकपाको प्रचण्ड र सुरक्षित बहुमत भाका बेलामा ?

देश संसदीय सर्वोच्चतामा छ भनेर हुँकार दिने संसदीय प्रजातन्त्रका हिमायतीहरुले संसद्को अग्नि परीक्षा यसै पटकको अनशनका दौरानमा दिने हुन की होईन्न त ? यसो विचार गर्दा त, सबै सहमति र सम्झौताहरूलाई तिलान्जली दिएर संसद् घोषणा मार्फत आफूलाई गद्धीच्यूत गर्दा पनि चुपचाप नारायणहिटी राजदरबार नेपाल सरकारका जिम्मामा लगाएर नागार्जुन रवाना हुने तत्कालीन महाराज ज्ञानेन्द्र शाह मात्रै हुन की क्या हो त असली संसदीय सर्वोच्चताका हिमायती ? जनजनका मनका प्रश्न हुन है यी पनि माननीय ज्युहरू ।

अनशनले डा. केसीको जीवन चोला नसकियोस । उनलाई सरकारले गङ्गामाया दम्पत्तिको हबिगतमा पुरयाउन पनि नपाओस्, नसकोस । किन भने उनको ज्यान बचाउन नारायणकाजी श्रेष्ठहरूको नारदको भूमिकाले उनको ज्यानै तलमाथि नहोला की भन्ने आशाको किरण देखाउँछ । तर सांसदले आफ्नो सर्वोच्चता साबित गर्न नसक्ने वा सक्न खोज्ने र डा. केसी पनि आफ्नो जिद्दीमा टसको मस नहुने हो भने त यो विनाश काले विपरीत बुद्धि नहोला भन्न सकिन्न । निर्णायकहरूलाई बेलैमा सद्बुद्धि पलाओस् ।

सरकार ठिक की डा. केसी ठिक ? को कति क्यारेटका असली र नक्कली भन्ने वा कुन मुद्दा सही कुन मुद्दा गलत भन्नेतिरबाट बहस अब धेरै अघि बढिसक्यो । त्यसमा अब सरोकारवाला नै बोलुन् । तर एउटा अनसन संसदीय सर्वोच्चताको मापक हुँदै गरेको यो रमिता देखाउनेहरू भन्दा हेर्नेहरूका लागि पनि क म रोचक र घोचक भने छैन नै । कामना गरौँ यो रमिताको सुखान्त छिटै होस ।

5 thoughts on “१२ कारण जसले डा. केसीको यो पटकको अनशन पहिलेभन्दा फरक र कमजोर देखियो”

  1. Gyan says:
    January 22, 2019 at 11:33 pm

    Hait aajkal Dr kc ko nam aako shir dekhi pau samma ris uthchha. Ansan le nai jitchhu bhanne ghamanda bhayeko manchhe ho.

    Reply
  2. Shankar says:
    January 22, 2019 at 9:18 pm

    मदन जी
    नेपाल मा ठुलो नेता कुन हो ?
    बि पी – जसले नेपाल लाइ संयुक्त रास्ट्र संघ को सदस्या हुदा बिरोध गर्दै नेहरूलाई चुक्ली लगायो ?
    जी पी – जसले नेपाल लाइ लाउडा, धमिजा काण्ड लगायत धेरै बिकृति दियो | नेपाल धोस्त पार्न , कर्मचारी तन्त्र मा राजनीति करण, आफ्नो अयोग्य छोरीलाई उप प्र बनाउने देखि , के पी , गणेशमान लाइ अवकाश लिन बाध्य पार्यो , जाल झेल बाट आफु ओछ्यान मा थला परुन्जेल नेपालि राजनीतिलाई पनि थला पार्यो |

    प्रचण्ड , बाबुराम – अहिले वाइड बादी काण्ड मा प्रचण्ड को नाउ मुछिएको , बाबुराम कोपपुलिस्ट राजनीतिक क्रियाकलाप | शान्ति सम्झौता मा , हतियार ब्यबस्थापन , सेना समायोजन मा प्रचण्ड ले अकुत कमाएको आरोप स्वयम् बाबुराम बाटै आएको ( स्रोत : यौ ट्युब भिडिवो हरु ) र शक्तिखोर भिडिवो हरु
    ओली : अहिले वाइड बादी काण्ड मा उनको समेत नाउ आयो |
    माकुने : ओलीलाई अरुको स्वास्नी सग ब्यबीचार गरेको सार्बजनिक आरोप लाएको ( स्रोत : माकुनेको अन्तर्वार्ता )
    त् ठुलो नेता कसलाई मान्ने ?

    Reply
  3. Ram Shrestha says:
    January 22, 2019 at 6:14 pm

    Suryajee ko lekhai euta andhabhakta karyakarta ko jasto bhayo| Tetro maan dinu bhayeko Bijaya Thapa ta aparadhi niskiye| Banki bunda ta kamjor bhaidiye|

    Reply
  4. madan bajracharya says:
    January 21, 2019 at 2:32 am

    मेडिकल कलेज चलाउन सक्ने ले खोल्न खोजे तेस्लाई गलत मान्न सकिंदैन/ नेपालमा अरु बिषयमा डिग्री दिलाउने निजि…खोलिंदै आयको छ र तेस्तो कुन जिल्लामा कति वटा मात्रै खोल्न पाउने भनेर केहि अवाज उठेको पनि छैन कसैले यस्तो कुरामा सुधार ल्याउनु पर्छ भनेर अनसन बसेको पनि छैन/ त् किन मेडिकल कलेज को बारेमा पनि डाक्टर केसी ज्युलाई बारम्बार अनसन बस्नु पर्यो किन डाक्टर केसीको मागमा समर्थन गर्नेमा डाक्टरहरुको समर्थन रह्यो र किन सरकारले पनि डाक्टरको माग मान्ने सम्झौता गर्नु पर्यो भन्ने प्रश्न को उतर “मेडिकल कलेजको खोल्ने चलाउने औकात नै नभयको, खोलि हाले पनि स्तरीय शिछ्या दिने नसक्ने र मात्र डाक्टर बनाउने प्रलोभन दियर करोडौ रकम कमाउनेले धमाधम मेडिकल कलेज भनेर जिवनमा खेल वाद गर्ने गरेकैले हो/

    डाक्टर केसीको माग नाजायज हो भनेर कारण देखायर कसैले भन्न सकेको छैन/ फेरी मेडिकल कलेज संचालन गर्ने कानुनि प्रकृय नमान्ने र मान्ने औकात नभयकाको, सरकारले तोकेको भन्दा बढी शुल्क लिने, मेडिकल कलेज खोल्ने चलाउने पूर्वाधार नै नभयको, शुल्क लियर भर्ना भयकालाई नियमित तरिकाले पढाउन नसक्ने मेडिकल कलेज कुनैलाई सरकारले कार्यवाही गर्ने पर्ने थियो/ सरकारले तेस्तालाई कार्यवाही नगरेको भनेर नागरिकले गरेको छैन/ कारण के होला?

    नेपालमा अब सबैले बुझेकै कुरा हो, सय पचास बा केहि लाखको घोटाला गरेमा प्रहरी देखि अख्तियार समेत सक्रिय हुन्छ/ तर करोडौं करोडको घोटाला गरेमा बा ठुलै रकमको घोटाला गर्नेलाई कानुनले घांटी समय नेता र दललाई स्वाश लिन गाह्रो हुने कुरा दवाइञ्छ; फाइल पनछाइञ्छ र तेसो गर्न गराउन गलत कार्य गर्ने र अख्तियारको दुरुपयोग गरेकालाई समाउने निकायमा आफ्नालाई प्रमुख बनायर अपाङ्गै बनाउँछ/ डाक्टर केसी पनि कुनै तेस्तै संस्था भयको भय डाक्टर केसीको मस्तिस्क चलाउने हाकिम कसैको आफ्नालाई बनायर डाक्टर केसीको मुख थुनी सक्ने थियो/ तर डाक्टर केसी व्यक्ति पर्यो नेताको केटा होईन हाम्रो नेपाल भन्ने नेपालि नागरिक पर्यो/ हुनत नागरिक देसको सार्वभौम सत्ताकै मालिक हुन् भनिन्छ/ नेताहरु देखि सरकारको ठुलो भन्दा ठुलो पदमा बस्ने पनि नागरिकको नोकर हुने पनि भनिन्छ/ तर ती सबै कुरा कागजको ठेली मा मात्रै लेखियको कुरा हुन्/ बास्तवमा त् अहिले उहिले श्री ३को सरकार चलेको बेलामा भन्दा नागरिकहरु अधिकार बिहिन भयो/ तेसैले डाक्टर केसी अनसन बस्नु पर्यो/

    सबैलाई थाह छ ठुला दलहरु र नेताहरु किन डाक्टर केसीको माग मान्न तयार नभयको भनेर/ डाक्टर केसीको माग जायजै भय पनि मानेमा नेपालमा मेदिकल कलेजको भनेर रकम कमाउनेको धन्दा मात्रै बन्द हुँदैन ठुला दल र ठुला नेताको नामा खोल्न लागेको मेडिकल कलेज पनि….. हुन्ले सक्छ/ तेसैले हो डाक्टर केसीको माग मानेमा मेडिकल कलेज चलाउने कुरा ब्यब्स्थ्तित हुने भय पनि “नमानेको”/

    अचम्म लाग्छ किन ठुला दलहरु दलको र उनीहरुको जुन नेताको नाममा मेडिकल खोल्ने भनेको हो तेस्मा उनीहरुको सुको लगानी नभय पनि “उसको नाममा मेडिकल खोल्न मरि हट्य गरेको; के उनीहरुले उनीहरुको नेताको नाममा खोल्ने मेडिकल कलेजमा सुन्य शुल्कमा नागरिकलाई डाक्टर बनाउने उपचार गर्ने हो? नभय किन दल र तेस्को नेतालाई आफ्नो नाममा रकम कमाउने मेडिकल कलेज खोल्नु पर्यो; खोल्ने हो भने सरकारी स्वामित्व हुने नेपाल र नेपालीले गौरव गर्ने रास्ट्रिय विभूतिको नाममा खोलुन नि मेडिकल कलेज/ अनि कुनै डाक्टर केसीले अनसन बस्दैन/

    Reply
  5. Gyan says:
    January 21, 2019 at 1:45 am

    Sahi bisleshan

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme