नोट : खासमा यो ब्लग राख्न मन थिएन मलाई। तर धेरै पहिलेदेखि लेख्दै आएका साथी सूर्य खड्काको मेहनतलाई त्यसै फाल्ने आँट पनि गरिहाल्न सकिएन। उनको धेरै विचार आफूलाई मन नपरी नपरी पनि राखेको छु। यस पटक पनि आफ्नो प्रशंसाको यो ब्लग राख्न मन नलागी पनि राख्नु पर्ने बाध्यताका कारण राखेँ। माफ गर्नुहोला- सालोक्य
-सूर्य खड्का-
१. बनिबनाउ बाटो त अक्सर सबै हिँड्छन। तर आफैं नयाँ बाटो पहिल्याएर, नयाँ बाटो मात्र होइन, मूल रोड नै खनेर हिँड्ने विरलै हुन्छन्। नेपाली पत्रकारितामा आफ्नै मौलिक बाटो होइन, राजमार्ग नै बनाएर हिँड्यो त्यो एउटा रहर। त्यही रहर अहिले १६ वर्षे ठिटो बनेको छ। यो हो उसको मौलिकता, रचनात्मकता र फरक विशेषता।
२.निरन्तरता उसको सबैभन्दा ठूलो शक्ति हो। एक्लै, तर निरन्तर, निरन्तर। अति नै संवेदनशील विषय सन्दर्भमा पलपलका अपडेट, दिन दिनका फलो अप र विस्तृतमा तटस्थ विश्लेषण। यस्तै, यस्तै अभ्यासले उसका १६ वर्ष १६ घण्टा बराबर झैं भए होलान्। तर नेपाली पत्रकारितामा त्यो एउटा धार बन्यो। अब कसैले पनि इन्कार गर्न सक्दैन कि, ब्लगिङ पनि नेपाली पत्रकारिताको मूल धार होइन भनेर। बस, ब्लगिङलाई मूलधारको पत्रकारिता सिद्ध गर्नमा बित्या छ उसको १६ वर्ष। यो आफैंमा पत्रकारिताका गुरु, विद्यार्थी, पाठक र दर्शक, श्रोताका लागि एउटा अनुपम उपलव्धि हो।
३.तटस्थता उसको अकाट्य पहिचान हो। नेपाल पत्रकार महासंघको २६ औं महाधिवशेन हुँदै गर्दा लगभग शतप्रतिशत, केहीलाई अपवाद मान्दा, पत्रकारहरु पार्टीको व्यानरमुनि आवद्ध भएर पार्टीको मिनी चुनावको झल्को दिएर चैत २६, २०७७ को दिनाँकमा चुनावी खालमा जुवा हान्दैछन्। तर, खोल ओढिरहेका छन्, कथित व्यवसायिकता, निष्पक्षता र व्यवासायिक हकहितका। यी सबैलाई माथ खुवाउने दाबी होइन, प्रमाण हुन, उसका १६ वर्षे यात्राका हर पाताका शव्द र शव्दघरहरुका अटुट श्रृङ्खला । त्यसै मानेमा उसका १६ वर्षलाई हेरे हुन्छ तटस्थ पत्रकारिताको नमूनाका लागि।
४.पूँजी प्रशस्त हुनेले मात्र डिजिटल पत्रकारिता गर्न सक्छ भन्ने कसैलाई भ्रम छ भने त्यो गलत हो भनेर उसका १६ वर्षका समाचार, विश्लेषण र टिप्पणीहरु हेरे पुगिहाल्छ। जुनबेला नेपालमा नेट भनेको कुन चरीको नाम हो भन्ने अवस्था थियो,त्यो बेला नेटमा आधारित समाचार खेती गर्ने उसको प्रयास आफैंमा घनघस्याको उकालो भन्दा कम थिएन होला। तर उसले त्यतिबेलाको मर्कन्टाइल वा अनलाइनखबरका संस्थागत प्रयासका अलावा आफ्नै बलबुतामा आफूलाई अरुभन्दा अलग धारमा हिँडाइरह्यो। धेरैले नपत्याउने काम उसले गरिरह्यो। यसैले उसका १६ वर्ष हर्ष, उत्साह र उमंगका वर्ष साबित भएकै हुनुपर्छ।
५. नेपालमा डिजिटल पत्रकारिताको इतिहास त लेखिनै बाँकी छ। त्यो अब लेखिने इतिहासको ऊ पनि एउटा मुख्य जग हो। त्यो जगमा अब बन्ने इतिहासका भवनहरु कटेरा मात्रै होइन, विराट महल नै हुने नै छन्। त्यो डिजिटल पत्रकारिताको नेपाली जग खन्ने उसको सतत् प्रयास स्तुत्य नै रहने छ। रहन्छ नै।
६. स्पेसटाइम र च्यानल नेपालबाट बाहिरिँदै गर्दा कतिले खोलेथे ब्लग ? कहाँ छन् ती सबै ब्लगरहरु ? ऊ आएपछि कति त्यस्तै कपीक्याटहरु आए ? कति टिके, कति बिके ? तर उसको यात्रा टिक्न वा बिक्नका लागि नभइकन पनि दीगो रुपमा अविरल छ, तामाकोशी जस्तै। यसै मानेमा त उसले १६ वर्षे खुसी र सफलता चुम्ने असली हकदार बन्न सक्यो।
७.अन्य अर्थ नलगाई दिनुहोला, मलाई त सकारात्मक कोणबाट इर्ष्या र डाह लाग्छ उसको कर्मको। मेरी जीवनसाथीले अक्सर भन्छिन्, यी पत्रकार सप्पै हात्ती हिँड्ने बाटो हिँड्छन, त्यो माइसंसारको चाहिँ कमिलाको पनि दुलो खोज्दै हिँड्छ। हो त, समाचार सही वा गलत भनेर कन्फर्म हुन उसले धेरै अपरिचित पाठकहरुलाई एउटा बानी बनाएको छ। तथ्यमा आधारित सत्य समाचार कर्मका लागि उ एउटा मानक भैसकेकै छ बितेका १६ वर्षे उकाली ओरालीहरुका दर्मियानमा। यसैले ऊ अब पक्का लडका भएको छ।
८.तथ्यमा आधारित सत्यका साथमा ब्रह्मले देखेको अरुलाई देखाउन सक्ने, लेख्ने औकात, इमान, अडान र साहस कमैमा हुन्छ। त्यो उसैमा मात्र छ। उसमा न महत्त्वाकांक्षा, न लोभ, न लेना न देना। जे छ, त्यसैमा हुन्छ उसको प्रस्तुति, जस्ताको त्यस्तै। र, त ऊ भिन्न छ, कुराले होइन, कामैले।
९.असल अभ्यास, एक्लो यात्रा, बढ्दो उमेर, चढ्दो बैंस र फेरिँदो समय र जुगले अवश्यै उसलाई केही अरुको होस्टेमा हैंसे चाहिएकै छ। तर त्यो उसैले भने जस्तै स्वेच्छिक। बस, दिल खोलेर मनकारीहरु उसको भावी यात्राका सहयोगी जनमनहरु उसको साथमा लागिदिनुस, तपाईँहरु कसैको पनि सहयोग खेर जाँदैन। यो शतप्रतिशत ग्यारेन्टी छ।
१०. उसले आफूमा निहीत यो अभियानलाई तपाईँहरुकै साथ सहयोगले संस्थागत वा अरु भिन्न स्वरुपमा लान सक्यो भने, यसलाई सालोक्यको निजी पौरखका अलवा अरु शक्तिशाली सालोक्य शैली बनाउन सक्यो मात्र भने पनि बाटो बिराउँदै गएको नेपाली पत्रकारिताको मूलधार समेतलाई वाचडग हुन उसलाई बल मिल्छ। ऊ उसको गतिमा त बढ्छ नै, अरुको साथ भए गति तेज हुने नै छ।
११.नेपाली पत्रकारिताभित्रको दलकारिता, दलालकारिता, शक्तिकेन्द्रकारिता वा डलरपत्रकारिता आदि इत्यादि सबै प्रवृत्तिहरुको असली वाचडग अब ऊ नै हो। उसले आफ्ना अरु उत्तारिधकारीहरु, सन्ततिहरु जन्माउन सक्नुपर्ने भाछ। त्यसैले पनि ऊसँग अरुले हातेमालो गर्नु अन्ततः नेपाली पत्रकारिताको शुद्धिकरणमा योगदान नै हुनेछ।
१२.थाहा छैन, उसले यो आफैमाथिको कटाक्ष स्वीकार गर्छ वा गर्दैन, किनकि ऊ न प्रशंसाको भोको छ, न त उसको आलोचना गर्नैपर्ने कमजोरी छ । तरै पनि उसको सम्झौताहीन निष्पक्ष कलमयात्राको निरन्तर सफलताका लागि उसलाई शुभकामना भन्नै पर्छ।
हो, त्यो सबैको प्रिय माइसंसार अब सालोक्यको रहर, सोख, दुःख वा झमेला वा चुनौति, उपलव्धि आदिमा सीमित रहेन। देश विदेशका लाखौं मन मष्तिष्कहरुको सही खबरको मुहान भैसक्यो। स्वाद र शैली बनिसक्यो। साझा सम्पति भैसक्यो। ऊ दीर्घायु बन्न सकोस्। उ अरु रंगीबिरंगी अनलाइन होइन, शुद्ध माइसंसार नै भैरहनुपर्छ । फेरि पनि माइसंसारलाई माइसंसार नै भैरहोस् भन्ने मुरीमुरी शुभकामना।
I totally agree with Suryaji. I am following it since 2006. Madhuji is 100% right. My Sansar was the most reliable source of information during the second people’s movement. Fact based analytical piece of writing is the Salokyaji’s identity. He has set the standard of fact based news.
Good Luck My Sansar and Salokyaji.
रुस महासंघबाट शुरु गरिएको पहिलो नेपाली साहित्यिक पोर्टल freenepal.com (जो १० पटकभन्दा बढी ह्याक भएको थियो) को विकास हुँदैगर्दा नेपालमा “माइसंसार” एक प्रभावशाली ब्लगको रुपमा अघि बढिरहेको थियो, लाग्थ्यो – अन्य अनलाइन मेडियाहरु पनि त्यसैको पछिपछि कुदिरहेका छन्। सूर्यजीको बुँदा-लहरमा एउटा प्रमुख बुँदा (१३) छुटेजस्तो लाग्यो: जनआन्दोलनताका (विशेष गरि राजतन्त्र अन्त्य हुँदाको समयमा) विश्वभरिको नेपालीकोलागि “माइसंसार” नै भरपर्दो केन्द्रिय समाचार- मेडिया थियो जुनबेला सालोक्यजीले समाचार अपडेटकोलागि ज्यानको परबाह समेत गरेनन् !प्रस्तुत लेखमा एकजना ब्लगरको साहसी इतिहासको मूल पाटो नै छुटेकोछ।
एउटा मात्र खट्केको कुरा के हो भने – पछिल्लो समयमा ब्लग नियमित हुनसकेको देखिंदैन, केहि समस्या होलान्, सफलता र नियमितताको हार्दिक मंगलमय शुभकामना !
I totally agreed.
नढाँटेर भन्नुपर्दा नेपालमा अहिले विश्वाश गर्न सकिने समाचार माध्यमहरूमा मेरो संसार ब्लग पहिलो नम्बरमा आउँछ।
I have been following Mysansar since the beginning; this is the only site I trust. Thank you.