– सूर्य खड्का –
चोला हो एक आम मान्छेको जस्तै उनको पनि । त्यसमाथि दुई दुई पट्क अट्याकमा परिसकेको मुटु लिएर बाँचेका । आम मान्छे भन्दा भिन्न यानेकी अलिक गम्भीर अवस्थाको विशेष मुटु बीच बाँचेका कारण उनको मुटु क्रिटिकल अवस्थाकै थियो । खानपान, व्यायाम, ओखती मुलो र सकारात्मक दैनिकी जस्ता विशेष निगरानी नै उनको मुटु ठिकठाक राख्ने सूत्र थिए । ती सूत्रहरूले अरू बेला काम गरे तर २०७५ माघ १४ गते फेरि उनकै मुटु पर्यो तेस्रो अट्याकमा । जो कमजोर, जसको मुटु कमजोर र क्रिटीकल, उसकै मुटुमा प्रहार । अनि त दिनभर ललितपुरको धार्मिक कार्यक्रममा व्यस्त रहेका उनी अर्थात् पूर्व युवराज पारस वीर विक्रम शाह सोमवार तेस्रो पटकको हार्ट अट्याकमा परेर पुगे अस्पताल ।
अट्याक त्यो पनि हार्ट अट्याक, एक पटकको पनि होइन, दुई पटकको पनि पनि होइन, तेस्रो पटकको । अकस्मातको यो दुखद खबर जसै सञ्चार माध्यममा हावा सरी फैलियो, उसै गरी पूर्व युवराज पारस शाहबारेका चासो, चिन्ताले गर्मायो सोमवारको माघे चिसोको देश । दिनभर ललितपुरमा उनीसँगै हातमा हात र साथमा साथ मिलाएर कार्यक्रममा सरिक भएका आफन्त, सहयोगी, साथीभाइ पनि स्तब्ध भए ।
शायद दिनभरको भगवानको पूजा अर्चना र समर्पणको कृपाले पनि हुनु पर्छ, र, अस्पतालका काविल चिकित्सकहरूको अथक मेहनतको परिणति पनि हुनुपर्छ नर्भिक अस्पतालमा उनको मुटुको शल्यक्रिया अपेक्षित रूपमा सफल भयो, सुधारोन्मुख अवस्थामा उनको स्वास्थ्य फर्किएको छ । यद्यपि उनी अझै सिसियुमा उपचाररत छन् र पूर्ण सन्चो भएर फर्कन केही दिन लाग्ने छ ।
आइतबार मात्रै निजी भ्रमणका क्रममा बाराको सिमरा पुगेका पिता ज्ञानेन्द्र र माता कोमलको मनमा कति वेदना र छटपटी भैरहयो होला एक मात्रै पुत्रको यो दुखद खबरले ? आम मान्छेले कल्पना मात्रै गर्न सक्छन्, अनुभूति गर्न कठिन मामला हो । त्यसैले त गाडीमै साँझ नै राजधानी फिरीन् माता कोमल । आमा भएर बोकी हेर सन्तानका पीडाहरु ……… भन्ने गीत जस्तै थियो तुरुन्तै पतिलाई सिमरामा छाडेर छोरो भेट्न अस्पताल धाउने माता कोमलको सोमबारको हतारो ।
अस्पतालको शय्यामा छोरो क्रिटिकल अवस्थामा रहँदा, देशका पूर्व राजा, रानी राजधानीमा नभएका बेला उनीहरूले राजधानी आउने हतारोमा कुनै सरकारी सहुलियतको आशा त राखेनन् होला, तर राज्यले कुनै मद्दत चाहिन्छ की भनेर सोधी मात्रै दिएको भए केपी ओली नेतृत्वको गणतान्त्रिक सरकार र त्यसका राजकीय अङ्गहरूको न त शान, मान औकात घट्थ्यो, न त राज्य देशका पूर्वराजपरिवारप्रति यति क्रूर र पूर्वाग्रह छ भन्ने सन्देश नै स्थापित हुन्थ्यो । गणतन्त्रका पुजारीहरूको कमिलोको जत्रो छाती रैछ, उनीहरूले पुष्टि गरे । सरकारले थाहै नपाए झैँ गरयो, सरकारी अङ्गहरू तै चुप, मै चुप रहे, यही हो सानो चित्तका गणतान्त्रिक हिमायतीहरुको पूर्व राजपरिवारप्रतिको पूर्वाग्रह र असहयोगीपनाको चरम उदाहरण । तर धन्य छ, ईश्वरका कृपा र चिकित्सकको मेहनतले सबै ठिक ठाक हुँदैछ, बिरामी युवराज पारसदेखि सबै सबैलाई ।
उसो त दोष आफैमा व्यवस्थाको मात्रै हुँदैन रहेछ, व्यवस्थामा हैकम जमाउन अख्तियार पाएका पात्रहरूको भूमिकाले पनि व्यवस्थाको उचाइ र गरिमा चम्काउन मद्दत गर्छ भन्ने उदाहरण यसै गणतन्त्रले बनाएका ललितपुर महानगरका मेयर चिरी बाबु मर्हजनले देखाए । पूर्व युवराज पारस हार्ट अट्याकमा पर्नु अघि पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र गोल्डन टेम्पलमा पूजा अर्चनाका लागि सरिक भैरहदा मेयरका हैसियतमा चिरिबाबु मर्हजनले पूर्व युवराज शाहको स्वागत र सम्मानमा दिएको समय र खेलेको भूमिकाले बिरामी हुनु अघिका पूर्व युवराजको मात्रै सम्मान भएन, उनको स्वागतमा उत्रिएका मेयर महर्जनको पनि पद, व्यक्तित्व र महानगरको शान, मान र स्वाभिमान उँचो भयो । के यस्तै भूमिकामा ओली सरकार मातहतका निकाय र सरकार पूर्व राजपरिवारप्रति मैत्री भाव राख्न सक्दैनन् र ? यो मेयर महर्जनले सिकाएको सबक पनि हो ओली सरकार र तिनका राजकीय अङ्गका हर्ताकर्ताहरुलाई ।
कति दिनमा पूर्व युवराज पारस स्वाभाविक दैनिकीमा फर्कने छन् ? यो प्रश्न अझै अनुत्तरित छ । कर्मनिष्ठ अभियानमा सरिक छन् पूर्वयुवराज शाह पछिल्ला वर्षहरूमा । आफ्नो मौलिक पहिचानको जगेर्ना, सत्कर्म र माटोको मायामा उनका हर दैनिकी केन्द्रित छन् । मुकुट त्यागेर माटोको मायामा समर्पित पूर्व युवराज पारस शाहको कर्मनिष्ठ अभियान अन्र्तगतको अन्तिम तयारीमा पुगेको मोफसल भ्रमण हाललाई स्थगित भएको कर्मनिष्ठ अभियानका एक वरिष्ठ अभियन्ता एवं राष्ट्रिय सरोकार मञ्चका संयोजक सोमविक्रम सिंहले सोमवारै स्पष्ट पारिसकेका छन् । संयोजक सिंहका अनुसार पूर्व युवराज शाह पूर्ण स्वास्थ्य लाभ गरेपछि पुनः कर्मनिष्ठ अभियानमा जुट्ने छन् ।
एक बारको जीवन चोलामा देशभक्त मान्छे भएर बाँच्नै पनि चौतर्फी हण्डर र ठक्कर खाइरहँदा समेत हरेस नखाएका पूर्व युवराज पारसको जिन्दगी आफैमा आकस्मिकताको पर्याय हो । कैयन दुर्घटनाहरूबाट बाँचेका उनी यो तेस्रो हार्ट अट्याकलाई पनि जितेर आफ्नो कर्मनिष्ठ अभियानमा पूर्ववत् फर्कन सकून । मान्छे कहाँ, कसरी जन्म्यो, हुर्कियो भन्ने कुराले केही अर्थ राख्दैन, मान्छेले असल काम गरे उसले आफ्नो भाग्य आफै निर्धारण गर्छ र सबैको माया र सम्मान आर्जन गर्न सक्छ भन्ने जीवन्त उदाहरण हो पूर्व युवराजको सिङ्गो जिन्दगी । हर नकारात्मक परिस्थितिलाई सकारात्मक कर्मले जित्न सकिन्छ भन्ने पढ्न र बुझेन उनको जीवनका कैयन आरोह, अवरोहहरू जीवन्त पाठशाला हुन । आफ्नो भाग्य आफ्नै सत्कर्मले बुनिरहेका यी हँसिला, सहयोगी, मनकारी पूर्व युवराज छिटो निको होउन् । रोगलाई उनले जितुन्, छिट्टै । किन की उनले देशमा सुरु गरेको कर्मनिष्ठ अभियान पार लगाउनु छ । उनले जनजनको मनमा राज गरेर देश बदल्ने यात्रा पुरा गर्न अझै बाँकी छ । यो दुखद घडीमा उनका आम समर्थक, शुभेच्छुक र हितैषीहरुको लाख लाख कामना यही हो । हैन र ?
I find this article utterly in contrary to deeds of his past ergo distasteful and disrespectful to the country and those families affected by some of his heinous acts… I don’t recall ‘a thing’ that made me a proud citizen whilst he was “the crown prince” and a privileged Royal
nor I believe In him doing anything now as an ordinary citizen that others’ will benefit from…..
ओहो यो त कुनै राष्ट्रप्रमुखलाई लेखिने लामो अभिनन्दन पत्र जस्तो पो भयो / क्याबात छ सूर्य खड्काजी , चाप्लुसी गर्नु गर्नुपरेपछि किन सानोतिनो पाराले गर्ने ? यस्तै गरी “grand style” ले पो गर्ने त चाप्लुसी /
अंग्रेजीमा ब्राउन नोजिंग (brown nosing) भन्ने भनाई सुन्नु भएको छ ? ल भन्नुस त ब्राउन नोज याने कि नाकमा हल्का खैरो (अझ भन्ने हो भने पहेलो पहेलो ) रंगको पदार्थ यौटा मान्छेले अर्को मान्छेको कुन अङ्ग सुघ्न खोज्दा नाकमा लतपतिन्छ लौ भन्नुस् त खड्काजी ?
आफ्नो हातमा असिमित राज्यशक्ति हुँदा भटभटे हार्ली डेभिडसन मोटरसाइकल चढेर गुन्डाहरु को जमातको नाइके भएर लागु पदार्थ खाएर होटेल होटेलमा पेस्तोल पड्काएर जनतालाई तर्साउने गर्दैमा यसलाई फुर्सत भएन / दम्भ र दुर्भावको भकारी हो यो / यो रहरले नेपाल फर्केको हैन / सिंगापुरमा डुंगडुंगती गनाएर निकाला भएपछी थाईलेन्ड अनि थाईलेन्ड मा चाहिं लागु पदार्थ रंगेहात पक्रिएर थुनामा सडेर अनि थाईलेन्ड ले देशनिकाला गरेपछि पुच्छर लुकाएर अहिले यहाँ आएको हो यो
अहिले आएर ४९ वर्षको उमेरमा यो सुध्रन्छ भन्ने सपना देख्नुस / एक हैन दुइ हैन तीन हैन , अनेक पल्ट सुध्रने मौका पाएको थियो यसले /
कविशिरोमणि लेखनाथ पौडेलका केही हरफ याद आयो
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
प्रविण गुरुङ को नाम त सम्झिनु भाको छ हैन सूर्य खड्काजी ? अँ त्यही प्रविण गुरुङ के त – जसलाई पारसले जांड खाएर मोटरले किचेर मारेको थियो – र जसका नावालक केटाकेटी लाई टुहुरा र जवान पत्नीलाई विधवा बनाएर छोडेको थियो / हैन यसो कहिले काहीं फुर्सद हुँदा प्रविण गुरुङका परिवार लाई पनि अभिनन्दन पत्र लेख्नुस् न
Surya ji,
Let me highlights some of the achievements of your Paras Shah:
– Probable suspect of royal massacre of 2001.
– Killed Singer Prabin Gurung (Murder)
– Held Sujata koirala’s son in law in chitwan at gun point. (attempt/intend to kill or harm)
– Assaulted policemen on duty, multiple times
– Possession of fire Arms and ammunition (this is illegal as per nepalese law)
– Sold Nepalese rhinos to Austria (endangered wildlife smuggling)
– Sold Nepalese statues/artifacts in black market (black market smuggling)
– Gunshots fired at Everest hotel while being drunk (creating Disorder and chaos)
– Arrested for Drugs smuggling in Thailand by police
…and the list goes on and on…
However I do have sympathy for Paras shah just because i never pray for someone’s death. Other than that, this guy is good for nothing. Therefore, Please think about the people who were affected by the deeds of Paras Shah before writing these kinds of blogs. Otherwise, as you can see here, you are making mockery of yourself.
वाहियात लेख, गजन्न्दी गुन्डागर्दी र बेस्याबृति गर्नेलाई पारस आऊ देश बचाउ भन्ने भेडाहरु हो नया विकल्प खोज्नु पर्छ अब. मण्डले , चैते कांग्रेश, गुरिल्ला, एन जी ओ एमाले बाट नहुने भो देखियो,
मित्र
जन्मैले कुनै उद्दण्ड हुँदैन, परिवार र समाजको संस्कार र परिस्थितिले उद्दण्ड बनाउँछ/ उदण्ड मात्रै होईन योग्यलाई अयोग्य अयोग्यलाई योग्य र राजा युवराज समेत बनाउँछ/ परश र उसको बुबा यसै कुराको उदाहरण हो/ तेसै भयर त् नितान्त आफ्नै स्वार्थको निमित नेपालको राजतन्त्र सिध्याउने “ग्रायण्ड डिजाईन” तेती सजिलै सिट सफल भयको थियो/
मित्र गुण्डा को हो भनि चिन्न उसको गुन्दागिरीको हिसाव पल्टाउने पर्दैन; कसले आफ्नै खायर बसेको बा अरुको भनि खोतले स्पस्ट हुन्छ/ यहा “अरुको खाने” भन्नुको अर्थ सितैमा गरिव नेपालको राज्यको सके सम्म खाने पनि हो/
नेपालमा उहिले र अहिले दुई थरिको गुण्डा भयको देखिन्छ/यक थरिकाले समाजमा अरुको अधिकार मान्दै अर्को थरिकाले राजनीतिमा कानुन र संबिधाननै मान्दैन/ यस्तो गुण्डाहरुमा कसलाई ठुलो गुण्डा मान्ने; राजनीतिमा कानुन र संबिधान नमान्ने नै ठुलो गुण्डा मान्ने हो भने पारस र ज्ञानेन्द्र यो समुहमा पर्दैन/
अन्तमा चाहे जो सुकै होस् निरह अवस्थामा पुगेकोहोस् तेस्तो निरह प्राणि प्रति तुच्छ सब्द प्रयोग गर्नु पनि यक प्रकारको गुण्डागिरिनै हो/
बकम्फुसे लेख , चाप्लुसीको नि हद हुन्छ।
Combined Nobel prize for ‘Chakadi’ goes to both
Writer and blogger
मुटु को रोग लागेका हरुलाई
सन् २००२ तिर मलाई मुटुको अचम्मैको रोग लाग्यो/ कहिले काहीं अचानक धुकधुकी बढ्न थाल्थ्यो र फेरी अचानक केहि छिन रुक्थ्यो/ बिर अस्पतालमा १५ दिन आई सी यु मा बसे/ तेती बेला त्यहा भारतको बरिस्ठ मुटु रोग बिशेसहरु पनि आयको थियो/ तिनीहरु सबैले जान्छे पछि मलाई मुटुको अत्यन्त जटिल र उपचार नहुने खालको रोग लागेको र कुनै पनि बेला …./ भनेको थियो/ तेस्तै अबस्थामा मेरो सरुवा नेपाल गंज भयो/ त्याहा पनि कहिले काहीं तेस्तै हुन्ते थाल्यो/ त्याहाको भेरी अञ्चल अस्पताल मा पनि जन्व्चाय/ त्याहाको डाक्टरले पनि तेस्तै भने/ त्याहाको डाक्टरले जुन बेला मेरो रोगको खासै उपचार नभयको र कुनै पनि बेला अचानक … हुन् सक्ने भन्दै थियो उ संगै बसिरहेको यक जना व्यक्ति जो आयुर्वेदिक डाक्टर थिय उसले भने मेरो रोग कुनै नया रोग नभयको र तेस्को उपचार आयुर्वेद मा सम्भव छ भने/ उसले मलाई अब डाक्टरको भनाई अनुसार निको नहुने र ….हुने अबस्थामा पुगी नै सके त् यक चोटी आयुर्वेदको औषधि प्रयोग गरेर हेर्नुस तर अत्यन्त महँगो छ भने/ मैले हुन्छ भने/ उसले मलाइ ४ दिनको मात्रा दियो/ ४ दिन त्यो औषधि खाय पछि मलाइ यक्दम सन्चो भयको अनुभूति भयो र मुटुको छाल पनि अचानक बढेन/ अनि उसले मलाई ४५ दिन को मात्रा दियो र भन्यो ४५ दिन त्यो औषधि खाय पछि कमसे कम १२ बर्ष त्यो रोगले फेरी दुख दिंदैन भने/ मैले त्यो औषधि ४५ दिन खाय/ त्यो औषधि खाँदै गरेको बेला मेरो मुटु ढुक ढुकी बढ्ने रुकने कहिले पनि भयन/ तेसपछी उसको सल्लाह अनुसार अस्पतालमा गयर मेरो रोग निको हुँदैन भन्ने डाक्टर बात मुटु को सबै प्रकारको टेस्ट गराय/ सबै नर्मल देखियो/ डाक्टर समेत छक्क पर्यो/
मैले त्यो औषधि नेपालमा अझै बन्छ भनेर सोधे/ उसले अब नेपालमा बन्दैन तर भारतको बैद्यनाथले झन्डै उस्तै फर्मुलामा बनाउनत बनाउँछ तर नेपालमा बनेको जत्ति राम्रो छैन तापनि काम त् गर्छ भने/ बैद्यनाथले बनाउने औषधिको नाम जवाहर मोहर (सुनमा बनेको) हो/ बैद्यनाथको त्यो औषधि मुटुको रोग लागेको कारणले हिड्न समेत नसक्ने भयको मेरो मित्र र नातेदारहरुले सेवन गरे/ १५ दिन मात्रै त्यो औषधि खाय पछि नै कोहि हिड्न समेत नसक्ने हरु हिड्न सक्ने समेत भयो र कोहि त् राम्रै सिट निको समेत भयो/ त्यो आयुर्वेदको त्यो औषधि “जवाहर मोहरा (सुन)” को बारेमा सबै विवरण इन्टरनेटमा पनि उपलब्ध छ/ मित्रहरु बिस्वाश गर्नुस त्यो औषधि अत्यन्त होईन अस्चार्जनक रुपमै राम्रो छ/ मैले त्यो औषधि खायको आजले १६ बर्ष भन्दा बढिने भै सक्यो मेरो मुटु अत्यन्त स्वस्थ छ/
वाहियात लेख ! एउता बिग्रेको दृग्गिस्ट व्यक्ति को ज्यान को चिन्ता किन के. पी. ओली सरकार ले लिने. राजा का जुत्ता चाट्ने समय फेरिसक्यो. त्यति नै चिन्ता थियो भने तपाईले नै पारस को सल्यक्रिया गर्या भए भैहाल्थ्यो नि. तपाई चै के गरेर बसिरहनु भाको थियो पारस लै ह्रिदिय घात आउदा. देश को नाम कम बद्नाम गर्या छ यो गुन्डा ले .