Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: #WhoKilledNirmala

निर्मला प्रकरण : किन कसैसित नमिलेको रहेछ डिएनए? विज्ञ टोलीले बल्ल पत्ता लगायो

Posted on October 30, 2019October 31, 2019 by Salokya

पोहोर साउन महिनामा कसले कञ्चनपुरकी किशोरी निर्मला पन्तको ह त्या र ब ला त्कार गर्नेलाई अझैसम्म कानुनको कठघरामा उभ्याउन सकिएको छैन। सुरुमा प्रहरीको अक्षमता त्यसपछि फैलिएका अनेकन हल्ला र आशंकाहरुलाई मिडिया र पत्रकारहरुले वैधता दिएपछि यो केस गन्जागोल हुनपुग्यो। अनुसन्धानकर्ताहरु पनि गोलचक्करमा घुमेको घुम्यै गरिरहे। निर्मलाको भेजिनल स्वाबमा भेटिएको डिएनएलाई अचुक प्रमाणका रुपमा लिइयो। तर… Continue reading

डिएनए मिल्दैन, दो षी ठहर हुन्छ : हैन के खालको डिएनए चेक गर्छन् यहाँ?

Posted on October 27, 2019February 10, 2020 by Salokya

अहिले फेरि चर्चामा आएको छ-२०६८ सालमा भएको पूजा बोहोरा बलात्कारको केस। सर्वोच्च अदालतमा पुगेको ५ वर्षपछि गएको बिहीबार सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले पुनरावेदन अदालत, महेन्द्रनगरको इजलासले गरेको फैसलालाई उल्टाएर अम्मरराज अवस्थी र सागर भट्टलाई कसुरदार ठहर गरेको हो। सुरु अदालत अर्थात् बैतडी जिल्ला अदालतले ती दुईलाई दोषी ठहर गरे पनि विभिन्न… Continue reading

निर्मला प्रकरणमा नयाँ के हुँदैछ? के दोषी प क्रने वातावरण बन्दैछ? भिडियो

Posted on September 26, 2019September 26, 2019 by Salokya

महेन्द्रनगरको माहौल कस्तो छ अहिले? के निर्मला प्रकरणका दोषी प क्रा उ पर्ने वातावरण बन्दैछ? यो विषयमा ब्लग यहाँ छ लामो सामाग्री पढ्न गाह्रो लाग्नेका लागि यो भिडियो बनाएको छु। हेर्नुस् भिडियो

महेन्द्रनगरको माहौल कस्तो छ अहिले? के निर्मला प्रकरणका दोषी प क्रा उ पर्ने वातावरण बन्दैछ?

Posted on September 25, 2019September 25, 2019 by Salokya

कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ महेन्द्रनगरमा रहेको जिल्ला प्रशासन कार्यालयमा असोज ४ गते सार्वजनिक विदाको दिन भए पनि प्रमुख जिल्ला अधिकारी सुशील वैद्य बिहानैदेखि व्यस्त थिए। नजिकैको क्वार्टरबाट उनी आफ्नो कार्यालयमा एउटा महत्त्वपूर्ण मिटिङ गर्दै थिए। बिहान १० बजेतिर हामी सिडिओ कार्यालयमा प्रवेश गर्दैगर्दा मिटिङ भर्खर सकिएको भान हुन्थ्यो। निस्कँदै गर्नेहरुमा केही परिचित अनुहार पनि थिए-… Continue reading

निर्मला प्रकरण : अहिले के भइरहेको छ?

Posted on September 24, 2019September 24, 2019 by Salokya

समय परिवर्तनशील छ। समयसँगै हरेक कुरा परिवर्तन भइरहेको हुन्छ। महेन्द्रनगरमा चाहिँ के रहेछ त अहिलेको अवस्था? निर्मला प्रकरणमा ३० अङ्कको सिरिजमा ५५ हजार शब्दको स्टोरी लेखिसकेँ र पहिलोपोस्टबाट पनि विदा भइसकेँ। तर पनि अझै यो प्रकरणमा ध्यान गइरहेको छ। त्यसैले अहिलेको अवस्था बुझ्न पुनः महेन्द्रनगर पुगेँ।

निर्मला प्रकरण : एक वर्ष नाघ्यो, अझै भ्रम फैलाउने क्रम जारी

Posted on September 5, 2019February 10, 2020 by Salokya

निर्मला प्रकरण गएको साउन १० गते एक वर्ष पूरा भइसक्यो। यो प्रकरण भ्रम र अफवाह कसरी फैलाइन्छ भन्ने बुझ्नका लागि राम्रो केस स्टडी हुनसक्छ। निश्चित व्यक्ति र सोसल मिडियामा त हल्ला फैलियो नै, मानवअधिकारवादी संस्था र मूलधारका मिडियाले समेत त्यसलाई पुष्टि गर्ने काम गर्‍यो। अझै पनि यो प्रकरणमा झुट फैलाउने क्रम रोकिएको छैन। पहिले एकतर्फी… Continue reading

रवि लामिछानेले तोडमोड गरेको आरोप लागेको भिडियोमा के छ? हेर्नुस् पूरा भिडियो

Posted on August 12, 2019August 13, 2019 by Salokya

यति बेला दुई पत्रकारका समर्थकहरु सामाजिक सञ्जालमा भिडिरहेका छन्- रवि लामिछाने र खेम भण्डारी। गएको मंगलबार रवि लामिछानेले आफ्नो कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को इतिहासमै सबैभन्दा लामो साढे दुई घण्टाको बहस चलाए- निर्मला प्रकरणमा केन्द्रित भई। त्यो कार्यक्रमपछि सामाजिक सञ्जाल तात्तिएको हो। रवि लामिछानेका समर्थकहरु खेम भण्डारीमाथि जाइलागेका छन् भने खेम भण्डारीका समर्थकहरु पनि रवि… Continue reading

निर्मला प्रकरण : अझै पनि खेम भण्डारी झुट बोल्दै जाने, मिडियाले त्यसलाई ठाउँ दिँदै जाने?

Posted on August 11, 2019August 11, 2019 by Salokya

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या तथा बलात्कार भएको एक वर्षपछि फेरि यो प्रकरण चर्चामा आएको छ। गएको मंगलबार साउन २१ गते रवि लामिछानेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा साढे दुई घण्टा लामो बहस भयो यो इस्युलाई ट्विस्ट र टर्न गराउने खेम भण्डारी, घटनाको अनुसन्धान गर्न त्यहाँ गएका तत्कालीन सिआइबी टोलीका प्रमुख अंगुर जिसीबीच। कार्यक्रममा ‘होस्ट’को रुपमा… Continue reading

निर्मला प्रकरणमा डिएनए : यी प्रश्नको जवाफ खोज्न जरुरी ठान्छन् विज्ञ

Posted on August 5, 2019February 10, 2020 by Salokya

डिएनए प्रविधि र निर्मला प्रकरणबारे फरेन्सिक एक्सपर्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजालको विचार डिएनए (डिअक्सिराइबाे न्युक्लिक एसिड) लामाे जटिल अणु हाे। हरेक प्राणी एवं वनस्पतिकाे काेषमा रहने याे अणुमा उक्त जीवकाे सम्पूर्ण वंशाणुगत गुण रहेकाे हुन्छ। तसर्थ जति नजिककाे नाता छ त्यति धेरै डिएनए समान हुन्छ। तर कसैकाे पनि डिएनए… Continue reading

आफै गलत प्रतिवेदन दिने, सुटुक्क सच्याउने अनि ‘कहाँबाट ल्याएर पढ्नुभो थाहा छैन’ भन्ने?

Posted on July 26, 2019August 12, 2019 by Salokya

निर्मला प्रकरण एक वर्ष पूरा हुँदा क-कसले यो अवधिमा के के गल्ती गरे, आत्मसमीक्षा जरुरी छ। एउटा जघन्य अपराधको घटनाको दोषी पत्ता लाग्न अवरोध पुग्ने गरी जे जस्ता परिस्थिति उत्पन्न भए वा गराइए, त्यो बुझेमात्र भविष्यमा हुने यस्तै घटनामा हुनसक्ने क्षतिबाट जोगिन सक्छौँ हामी। आज एभिन्युज खबर टेलिभिजनमा यसै विषयमा बहस भएको थियो। सहभागी थिए… Continue reading

निर्मला प्रकरणमा गल्ती सच्याउन छाडेर अनलाइनखबर फेरि यसरी बहकियो

Posted on July 24, 2019February 10, 2020 by Salokya

निर्मला प्रकरणमा आफूले गरेका गल्ती सच्याउनुको साटो अनलाइनखबर फेरि बहकिन थालेको छ। मंगलबार यसका सम्पादक अरुण बरालसहितको बाइलाइनमा ‘निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य’ शीर्षकको समाचारले देखाउँछ, यो प्रकरणलाई गिजोल्नमा आफ्नो पनि भूमिका रहेको स्वीकार्न अनलाइनखबरको नेतृत्व पटक्कै तयार छैन। अनलाइनखबरले नै बम दिदीबहिनीको घरमा एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट… Continue reading

निर्मला प्रकरणलाई ट्विस्ट एन्ड टर्न गर्ने पात्रलाई अदालतले किन गर्‍यो एक घण्टा थुन्ने ‘तुच्छ सजाय’?

Posted on July 19, 2019August 13, 2019 by Salokya

सुदूर पश्चिमको एउटा खोल्सामा भएको* अपराधको घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा ल्याउने मात्र हैन, त्यसलाई ट्विस्ट एन्ड टर्न गरी रहस्यमय घटनाका रुपमा प्रचार गराई भिआइपी अपराधीको हौवा खडा गर्ने प्रमुख पात्र खेम भण्डारीलाई कन्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ दिएको छ। अदालतको अवहेलना गरेको ठहर गर्दै उनलाई ‘तुच्छ सजाय’का रुपमा एक रुपैयाँ जरिवाना र एक घण्टा… Continue reading

अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’

Posted on June 30, 2019February 10, 2020 by Salokya

८ महिना लगाएर #WhoKilledNirmala सिरिजको ३० औँ भाग लेख्न सकिएपछि पहिलोपोस्टबाट विदा लिएँ। केही समय आरामले बस्छु, मेडिटेसन गर्छु भन्ने सोचेको थिएँ, अनलाइनखबरका सम्पादक अरुण बरालको एउटा ट्विट देखेँ। ट्विटको लिङ्कले फेसबुकमा पुर्‍याउने रहेछ। नम्बर वान अनलाइनका सम्पादकले लेखेका शब्दहरुमा ध्यान गयो। उनको स्टायटसको सुरुको वाक्य छ- ‘निर्मला पन्तका हत्यारा पक्राउ नपर्नुको दोष मिडियामाथि लगाउन… Continue reading

निर्मला प्रकरण : सरकारले हैन ‘नागरिक’ले जागिरबाट बर्खास्त गरिदिए एक इन्स्पेक्टरलाई

Posted on May 25, 2019February 10, 2020 by Salokya

प्रहरीलाई जागिरबाट बर्खास्त कसले गर्छ? जसले जागिर दिन्छ उसले। अर्थात् सईसम्मको नियुक्ति आइजीले दिन्छ। त्यही भएर प्रहरी नियमावली अनुसार गल्ती गरे जागिर खाइदिने काम पनि आइजीले नै गर्न सक्छ। सईभन्दा माथिको नियुक्ति गृह मन्त्रालयले दिने भएकोले बर्खास्त गर्ने काम पनि त्यहीँबाट हुन्छ। तर आज अचम्मै भयो। नागरिकले एक जना इन्सपेक्टरको जागिर खाइदियो। नागरिक भन्नाले फेरि… Continue reading

खै त निर्मलाका हत्यारा पक्रिएको भनेको हैन? पुलिसको प्रोपोगान्डामा मिसयुज भएका मिडिया

Posted on December 14, 2018February 10, 2020 by Salokya

एक हप्ताअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा एक जनालाई काठमाडौँमा पक्राउ गरिएको खबर आयो। त्यसपछिका केही दिनमा मिडियामा यस्तो समाचार आयो कि सर्वसाधारणलाई लाग्यो- अहो, पुलिसले त बल्ल पक्रेछ हत्यारालाई। रावल थरका ती किशोर अझै हिरासतमै छन् अर्कै मुद्दा (सार्वजनिक ऐन) अनुसारको छानबिनका लागि। तर हत्यारा पक्रिसकेका छौँ, यहाँ वहाँ भनेर समाचार… Continue reading

निर्मला प्रकरण किन चर्कियो? प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीका यी १० गल्तीले

Posted on December 4, 2018February 10, 2020 by Salokya

कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कार तथा हत्या प्रकरण किन यति विघ्न चर्कियो? के छ यसमा कारण? महेन्द्रनगरबाट फर्किएपछि पहिलोपोस्टका लागि #WhoKilledNirmala शृङ्खलामा लेखिरहेको छु। यसको आठौँ र नवौँ भागको सारांश। यो काण्ड यति धेरै चर्किनुका अरु विभिन्न कारण छन्। तर प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीका यी गल्ती चाहिँ सबभन्दा बढी देखिएका छन्। १) स्थानीय प्रहरीले सुरुमै… Continue reading

निर्मला प्रकरण : चार बोली सुन्नुस्, के हल्ला, के सत्य आफै छुट्याउनुस्

Posted on December 1, 2018February 10, 2020 by Salokya

बम दिदीबहिनीको चरित्र खराब छ। यो कुरा तपाईँलाई थाहा छ। कसरी? तपाईँले मिडियामा आएका कुरा सुन्नुभो। एकतर्फी कुराहरु सुन्नुभो। अब अलिकति दिमाग फराकिलो पारी दुईतर्फी कुरा सुन्नुस्। चरित्र खराबवाला विचारलाई कायमै राखी अरु धेरै कुरामा हैन, मात्र एउटा कुरामा ध्यान केन्द्रित गर्नुस्। दिदी बबिता बम डान्सबारमा नाच्ने डान्सर रैछिन्। उनी ओपेरा होटलको डान्सबारमा काम गर्छिन्।… Continue reading

निर्मला प्रकरण : ‘रे’ को भरमा हल्ला चलाउने, हल्ला पत्याउने अनि अनुगमन प्रतिवेदन दिने, ‘हरे!’

Posted on November 30, 2018February 10, 2020 by Salokya

गएको हप्ता केही दिन माइसंसार अपडेट भएको थिएन। खासमा म साथी सविन ढकालसित धनगढी हुँदै कञ्चनपुर पुगेको थिएँ-निर्मला बलात्कार तथा हत्या प्रकरणबारे केही नयाँ कुरा थाहा पाइन्छ कि भनेर। नोटकपी, विभिन्न डकुमेन्ट अगाडि राखेर घोत्लिएर पहिलोपोस्टमा यो बारे #WhoKilledNirmala सिरिजमा हरेक दिन लेखिरहेका छौँ। अरु समाचार जस्तो सजिलो छैन। गाह्रो छ लेख्न, दिनभर लाग्छ फाइनल… Continue reading

निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा

Posted on November 26, 2018August 15, 2020 by mysansar

-अमृता लम्साल- सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ। त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्‍यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme