Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पडकास्टमा सुन्‍नुस् : निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?

Posted on March 30, 2021 by Salokya

निर्मला पन्तको हत्यारा अब केही दिनभित्रै पत्ता लगाइने समाचारहरु केही दिनदेखि विभिन्न मिडियामा पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो?

यो ब्लग महेन्द्र बमको आवाजमा पडकास्टमा सुन्नुस्-

यो पडकास्ट तलका विभिन्न ठाउँमा पनि सुन्न सक्नुहुन्छ :

गुगल पडकास्ट

रेडियो पब्लिक

ब्रेकर

1 thought on “पडकास्टमा सुन्‍नुस् : निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?”

  1. सोमबहादुर says:
    March 31, 2021 at 2:40 am

    के को स्टन्ट हुन्थ्यो र? महिना र हप्ता पनि होइन| दिनमै भने पछि रातमा होइन भन्या त होइन होला|
    अब निर्मलाको असली हत्यारा पनि पकडा पर्ने भए| ढिलै भए पनि परिवारले न्याय पाउने भए| त्यही पनि केही दिनमै|सुनकाण्डको असली अपराधीहरु पनि पकडा पर्नेछन| केहीदिन वा घण्टामा होला|ललितानिवास काण्डमा सलग्नहरुलाई छानीछानी खोजीखोजी कार्वाही गरिन्छ होला| मेलम्चीको पानी पनि आयो|धरहरा पनि आधाउधी बनिए| रानीपोखरी र दरवार हाईस्कुल पुननिर्माण गरिए| भ्युटावर पनि निर्माणाधीन छ| रेल आएर घुम्टोमा छे| पिटिक्क थिचेर घरघरमा ग्यास बालेर खाना पकाउने र लागे जत्ती बील तिर्ने हो, त्यसको पनि व्यवस्था हुँदैछ| आगामी चुनावमा ओली एमालेलाई दुई तिहाईको वहुमत दिए त्यो पनि आईहाल्छ| दिनहु पाँचवटा उढानमा खाडीधाडीतिर रोजगारमा जाने अवसर पाईरहेका छन| बोर्डर पारी जाने पनि उत्तिकै छन| भ्युटावरबाट टाडाको मनोरम द्रिश्य हेर्ने हो, मुनिको र छेवछाउको होइन| वाह रे वाह, क्या प्रगति, क्या बिकास र सम्रिद्धी|एसबेलासम्म यी सबै रोकीराख्ने र वाधा दिनेहरु त इतरका एमाले र माओवादीहरु रहेछन| अब आनन्द छ|
    देश मज्जाले बिकास हुन्छ| अरु प्रकरणहरुको छानवीनको पनि खुलासा हुनेछ| यो हो नी त भ्रष्टचारको मुखै हेर्दिन भन्या|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme