-राजु अधिकारी- आफ्नो मृत्यु पछि श्रद्धाञ्जली दिन उर्लेको जनसागर देखेर गिरिजा प्रसादलाई निकै सन्तोष भयो। आफुले देश र जनताको लागि गरेको त्याग र नेतृत्वमाथि उनलाई गर्व महशुश भयो। उनी शान्त मुद्रामामा यमराजका दुतहरु संग परलोकतिर लागे। उनलाई बिश्वास थियो उनको बास स्वर्गमा हुनेछ। परलोक पुगेर उनलाई एउटा बैठक कोठामा राखियो। त्यो बैठकको दायाँ र बायाँतिर… Continue reading
Category: शनिबार साहित्य
कथा : बेहुली खोज्दा
-वाहिद अलि- उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका । न रंग थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउन का निम्ति जस्तो । पानि दिने बहानामा उ आफुलाई… Continue reading
कथा : सम्बन्ध विच्छेद
-राजु अधिकारी – मैले उनलाई पहिलो पटक सन् २००७ मा मेरो एकजना साथी संग भेटेको थिएँ। त्यो बेला उनी त्यति सुन्दर थिइनन्। तैपनि मैले कताकता उनलाई मन पराइसकेको थिएँ। त्यसपछिका केहि दिनहरुमा मैले उनलाई अन्य साथीहरु संग पनि भेटें, उनी दिनप्रतिदिन अँझ सुन्दर भैरहेकी थिइन्। म उनीप्रति अझै आकर्षित हुँदै गएँ। पत्ता लगाउदै जाँदा उनका… Continue reading
लघुकथा: घोषणा पत्र
– हरिहर शर्मा – स्वागत छ आजको यो झन् नयाँ बाजा पार्टीको कालातपुर गाउँपालिकाको केन्द्रीय बैठकमा। वैशाखमा हुने भनिएको चुनावको लागि हामी नयाँ घोषणा पत्र लिएर आएका छौं। हाम्रो मुख्य एजेन्डा भनेको एउटा अध्ययन केन्द्र खोल्ने हो जहाँ संसार भरबाट विद्वानहरु आएर विचार विमर्श, अनुसन्धान गर्ने छन्, नयाँ नयाँ खोज हुनेछ, नयाँ प्रविधि विकास गर्ने… Continue reading
लघुकथा : आकर्षण
– शुषमा मानन्धर – म पुग्दा केक काटिन तयार हुँदै थियो। ऊ पनि त्यहीँ छेउमै थियो। हतारहतार अगाडि उभिने भएकी झण्डै उसको खुट्टा कुल्चन पुगेकी थिएँ। “सरी” ऊतिर हेर्दै क्षमा मागेँ। ऊ बोलेन। लजाउँदै मतिर आफ्ना भारी परेली उठायो। ती काला आँखाका दृष्टि अरुकाभन्दा नितान्त फरक थिए। ऊ त्यतिविघ्न आकर्षक थिएन, न त उसमा त्यस्तो… Continue reading
कथा : फेसबुके प्रेम
-केडी रेम्नीसीङ- कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले एक स्माइली र ‘वाउ’सँगै पठाएँ । केही वेर रिप्लाई आएन । कलेजको साथीसँग कुराकानी सुरु… Continue reading
कथा : गाईको मासु
विवेक ढकाल – घाँटीमा बीफ स्टेक अड्किएर टेक्सासमा एक नेपाली युवकको मृत्यु मुख्य पृष्ठमै नभए पनि प्रायजसो सबै प्रमुख दैनिक र अनलाइन न्युज पोर्टलहरुमा यो खबर विभिन्न शीर्षकमा छापियो। केही अमेरिकी साइटहरुले पनि यो घटनालाई आफ्नो वेबपेजमा ठाउँ दिए। ती अम्रिकन पेजहरुमा प्रतिक्रिया भने लगभग शून्य थियो – बाहेक एक जसमा एक उत्तर भारतीय मूलको… Continue reading
कथा : बैँककमा भेटिएकी सुकन्या
-शर्मिला खड्का दाहाल- कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फ निलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य… Continue reading
कथा : अभिशप्त रात
-सातोमी तोन- उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको… Continue reading
कथा : फेसबुकको लभ
-प्रकाश गिरी- सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिएँ, एउटा फ्रेन्ड रिक्वेष्ट आयो – ‘स्वेता सिम्खडा’। मैले रिक्वेष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाएँ – “ओई! के छ खबर? सञ्चै छ्यौँ?” “अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?” “मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होइनौ? म… Continue reading
विज्ञान कथा : माया नं ६५३
– शंकर लामिछाने – माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम… Continue reading
कथा : परदेशी साथी
– कमला बुढाथोकी सरुप – हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको… Continue reading
कथा : माघुरामको माघी
– कृष्णराज सर्वहारी – नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन बूढी देखिन्छे । बाह्रैमास चिन्ताको बाक्लो कुहिरोले डम्म ढाकेकाले उनीहरू समयभन्दा पहिले बूढ्यौलीमा… Continue reading
कथा : हाउस वार्मिंग पार्टी
– गोविन्द गिरी प्रेरणा – परिवेश थापा हातमा रहेको कपको सेलाइसकेको कफीको चुस्की लिंदै विगतमा हराउन थाल्यो । मान्छेलाई समयले कहाँवाट कहाँ पुर्याउँदो रहेछ । कहाँ कहाँ भोजपुरको याकु गाउँमा जन्मेर, त्यहीं स्कूले शिक्षा सकेपछि उनका वा आमा विराटनगर वसाईं सरेका थिए । विराटनगरवाट विएसम्मको शिक्षा ग्रहण गरेपछि फराकिलो शहर र अग्लो उद्देश्य लिएर उ… Continue reading
लघुकथा : रहर कहर
– भरतकुमार भट्टराई – लहैलहैमा पूर्णकुमारले पनि फेसबुकमा नाम दर्ता गर्यो। यताउता चहार्न थाल्यो। साथी बढाउन थाल्यो। उसलाई एउटा नयाँ संसारमा प्रवेश गरेको स्फूर्ति प्राप्त भो। यस क्रममा उसले थुप्रै साथी आफैँले अनुरोध पठाएर बनाउन सफलता पायो। एकदिन उसलाई पनि कसैले साथी बनाउने अनुरोध पठायो। उसको नाम रहेछ – सुहाना। उसले खुसी हुँदै सुहानालाई साथी… Continue reading
कथाः भाउजु
-अनिता तुलाधर- दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको थुप्रो लिएर हतार–हतार लुगा धोइरहेकी भाउजूका हातहरू मिसिनजस्तै छरितो देखिन्थ्यो। लुगाको मैलो गयो गएन, त्यो… Continue reading
कथा : विम्व–प्रतिविम्व
-कञ्चन शर्मा- २०१६ जनवरी ४ दिउँसोको १२ बजेको हुँदो हो, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिड कुनै माछाबजारको कोलाहालभन्दा कम थिएन। यसो हेरेको ट्रली कतै देख्दिनँ, धेरै भारी भएको व्याग त थिएन, तैपनि लामो लाइन भयो भने यही व्याग पनि गाह्रो हुन्छ बोकिरहन र मसँग समय पनि धेरै थिएन। एक भद्र देखिने महाशयले मेरै नजिकै आएर आफ्नो… Continue reading
कथा : विचलन
-आनन्द राई- ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो। अँ, के गर्दैछस् सुमनकी आमा ? ठाडै निदाइस् कि क्या हो ? तिमेरु बीसे-बाइसे तरुनीहरुलाई त… Continue reading
कथा : टाटेको तिहार
-मनोज बाबु पनेरु- उसले आँखा चिम्लिएर गन्धको भेउ पाउने कोसिस गर्यो, तर के हो छुट्याउनै सकेन। अब, ऊ यो के को गन्ध हो छाडेर, के को गन्ध होइन, निधार खुम्च्याएर सोच्न थाल्यो। भर्खर धान काटेर उठाइ छाडिएको खेतको गन्ध थिएन त्यो। जहाँ ऊ अहिले अल्छी मानेर पल्टिएको छ। धानका बोटका ठुटा (पाँजा) जमिनमाथि मुस्किलले दुई… Continue reading
कथाः सिद्धान्तवादी
अनमोलमणि अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन। नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो। उमेरले ४५ छिचोलिसकेको थियो। शारीरिक तन्दुरुस्तीका लागि उनी प्रत्येक विहान चिसो हावामा हिंड्थे। बाटोमा कोही न कोही… Continue reading