-कञ्चन शर्मा-
२०१६ जनवरी ४
दिउँसोको १२ बजेको हुँदो हो, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिड कुनै माछाबजारको कोलाहालभन्दा कम थिएन। यसो हेरेको ट्रली कतै देख्दिनँ, धेरै भारी भएको व्याग त थिएन, तैपनि लामो लाइन भयो भने यही व्याग पनि गाह्रो हुन्छ बोकिरहन र मसँग समय पनि धेरै थिएन। एक भद्र देखिने महाशयले मेरै नजिकै आएर आफ्नो ट्रली खाली गर्नुभयो, भाग्य भन्नु पर्योए। तर मेरो हात पुग्नु अघि नै एउटी किशोरी त्यस्तै पन्ध्र–सोह्रकी हुँदिहुन् आफूतिर ट्रली तानिन्।
मैले तिमी लेउ भनेँ, उनले “No I’m sorry , you can take itÆ” अंग्रेजी लयमा भनिन्। यति वार्तालापमा मैले उनको मुहार हेर्न सकिरहेको थिइनँ, किनकी उनको कर्ली कपालले आधिजसो मुहारको अग्रभाग लुकाइरहेको थियो। आँखा जुध्यो, भगवान म हेरेको हेरै भए, यो कसरी हुन सक्छ, म जस्तै देखिन्थिन् उनी।
हामीले एउटै ट्रलीमा व्याग राखेर अगाडि बढ्यौँ, मस्तिष्क अझै शून्यमा अल्झिरहेको थियो।
हाम्रो सामान चेक भएर बोर्डिङ पास पाएपछि उनी अन्तैतिर लागिन्, आँखामा दृष्य लगातार त्यही नै आइरहेको थियो। हाम्रो फ्लाइट उड्ने समय भएको अनाउन्स भइरहेको थियो। परीहरु जस्ता एयरहोस्टेजको मुस्कानसहितको स्वागतपश्चात् म आफ्नो सिटतर्फ लागेँ। भाग्यवश मेरो सिट फेरि उनैसँग पर्न गयो।
ओभरहेडेड बिन स्पेसमा आफ्नो सामान राखेपछि मैले नै हाई भनेर फेरि परिचय पनि दिएँ, “ I’m Kanchan Sharma” उनले आँखा ठूलो पार्दै भनिन्, “My name is also Kanchan Sharma, Are you kidding me” र भनिरहँदा उनका हातले हयान्डव्यागबाट अमेरिकन पासपोर्ट निकालिसकेका थिए। देखाई हो नै रहेछ। अब यो सब सपना जस्तो भइरहेको थियो मेरो नाम, मेरै अनुहार कुनै फिलिम हेरेको जस्तो।
“May I see your passport ” अनुहारमा अझै प्रश्न बाँकी थियो। सायद पत्याइनन् होला, पासपोर्ट देखाईदिए, छक्क परी, हाँसी मात्र।
चढेको प्लेन अहिले बादलमा लुकामारी गरिरहेको थियो, कन्चन मस्तसँग वाइनको चुस्की लिँदैथिई। कन्चन घरी मोबाइल चलाउँथिन्, घरी आइप्याडमा ट्याक–ट्याक गरिरहेकी थिइन्। शायद् बालापन अझै कतै बाँकी थियो। कुराकानीमा पनि आधी नेपाली, आधी अँग्रेजी मिसाउँथिइन्। सहज रुपमा हाम्रो कुराकानी हुँदैथियो। “हेरिस्यो त यो मुस्तांग घुम्न जाँदाको फोटो,” धेरै फोटोहरु थिए स्वर्ग झैँ लाग्ने मनाङ, मुस्ताङको। कुन हेर्ने कुन नहेर्ने। हेरे जस्तो गरे अनि अल्छी लागेर आइप्याडको होम बटन दबाएँ। होम स्क्रिनको फोटो देखेर तेस्रो झट्का लाग्यो। प्रश्न गरेँ, “What is your mother’s name ” म तिर हेर्दापनि नहेरी उत्तर दिइन् शीला शर्मा।
***********
१९९८ जुलाई
“आज म तिमीलाई लिन तिम्रो अफिस आउँछु है ? ”
खुसी हुँदै हवस भनिन्।
“अनि हामी हिड्दै आउने है घरसम्म”
त्यो बेला अहिले जस्तो हातहातमा मोबाइल हुँदैनथ्यो। तीन रुपैयां तिरेपछि एक कल गर्न पाइन्थ्यो। तर मलाई यो सजिलो थियो कि मैले घर नजिकैको पसलबाट एक कल गरेपछि त्यही कलब्याक हुन्थ्यो र मज्जाले हाम्रो कुरा हुन्थ्यो किनकी उनी एउटा नामचलेको कम्पनीमा रिसेप्सनिस्टको काम गर्दथिन्।
हाम्रो कसरी लभ परेको थियो त्यो त बिर्से अहिले मैले, तर दिनमा चार पांच चोटि फोनमा कुराकानी हुन्थ्यो । हामी चाबेलको एउटै घरको तलमाथीको फ्ल्याटमा भाडामा बस्थेउ तर घरमा हामी बोलचाल हुदैनथ्यो ।
त्यो दिन म रिगंरोडमा चल्ने रुट नं. एकको बसचडेर माईतीघरमा ओर्ले, अलि चाडोपुगेछु , उनकै अफिसको आगाडिको चियापसलमा चिया पियरबसीरहे । अकस्मात घनघोर बर्षा हुनलाग्यो, एक घन्टा दुई घन्टा लगातार पानी परिरहयो, रोकिएन । रातनै पर्नलागीसकेको थियो उनीलाई उनकै बोसको गाडीमा देखे, आखां जुध्यो । भएको पैसा तिनकप चिया खादैसकिएको थियो अब हिडनुबाहेक अरु उपायनै थिएन हिडे भिज्दै, दिक्कमान्दै, पुतलीसडक, कमलपोखरी, सिफल हुदै चाबेल आइयो । जिउमा नभिजेको लुगाथिएन ।
म घरआउदै गरेको देखिन उनले झ्यालबाट । अनुहार नियाउरो थियो दुबै हातले कानसमातेर म तर्फ हेरिरहेकिथिइन । म उनैको कोठामा गए । म भित्र जाने बित्तिकै मलाई अंगालोमाबाधि, मेरो चिसैकपडाले उनको पनि कपडा भिज्यो, उनि अझै घुक्क–घुक्क गर्दै रोइरहेकीथिइन् । बोसले घरमानै छोडीदीने भनेपछि केहिभन्ननसकेर मलाई छाडेर आउनुपर्यो रे। त्यो साँझ जसरी रातमा रुपान्तर हुदैथियो, त्यसरी नै हाम्रो सम्बन्धलाई त्यो झरीले दुई ज्यान एक बनाएकोथियो । बिहानसम्म त्यही थिय म, बाहिरको आकाश र घर भित्र उनको मुहार दुबै खुलेको थियो ।
त्यो भेटको दोस्रोहप्ता पछि मेरो भारतिय दुतावासबाट प्राप्त छात्रवृति पाएर भारततिर पढन गए, उनी काठमान्डौंमा थिईनन् गांउमा गएकी थिइन बुबाबिरामीहुनु भएकोहुनाले । न फोन थियो न कुनै समाजिक सन्जाल उनीसगंको संबन्ध अगाडी बडाउन सकिएन्, भनु मैले सकिन् ।
बर्षदिन पछि कलेजकोबिदामा आउदा उनको साथीले भनेको सुनेकि, उनी डिभी चिट्ठा परेर अमेरीका गईन रे । कहिलेकाहि त्यो झ्यालमा हेर्थे, मेरा विगतका दिनहररु स्मृतिपटलमा छालहाल्थे द्रविभुत भएर ।
“Excuse me sir, tea or coffee?” झल्यांस्स भए, अगाडी थिइन विमानपरिचारीका, मैले चियालिए । कन्चन आंखा चिम्लेर गित सुन्दैथिइन, मैले बिस्तारै एउटाकानको एयरफोन निकालीदिय । “Coffee please” तेत्तीमात्र भनि । हामि दुबै पिउदैथियौ । “हजुर काहांजान लागिस्या ? म त सिगांपुर जानलागेको मामाघर भ्याकेसनमा, मम्मीपनि आउदै होइसिन्छ न्युयोर्क बाट, अहिले मलाई कुरिराखिस्याहोला सुबर्णभुमी एयरर्पोटमा अनि हामि संगै जाने मामाघर ” एक सासमा प्रश्न र उत्तर सबै सिध्दीयो, एकछिन शान्त बातावरण हुदैथियो फेरी सोधीन “हजुरले किन आन्सर नगरिसेको मलाई ? ” “तिमीले मलाई बोल्न पनि त दिनु पर्यो नि” फिस्स हासी मात्र “म कनफ्रेन्सको लागी जर्मनी जानलागेको मेरो पनि बैंकक बाट प्लेन चेन्जगर्नुपर्छ । ”
“Good evening passenger, this is your captain speaking. Now we…………” स्पिकरबाट सन्देस प्रसारितहुदैथियो, बादलको मुनि कमिलाआकारमा सडकमा गाडिहरु गुडिरहेकाथिय । हामी अब सुबर्णभुमी एयरर्पोटमाआर्को गन्तव्यतीर लाग्दैथीयौ। मेरो र कन्चनको अब चडने प्लेनको गेट संगसंगै थियो, त्यहीहुनाले हाम्रो गफ अझै सकिएकोथिएन । दुबैजना ट्राभलेटरमा हिडिरहेको थियौ, भनुकि गुडिरहेकाथियौ । “हजुरको फेशबुकमा मलाई एड गरिस्यो त, नभए हजुरको आइडी भनिस्यो म एड गर्छु र हजुरको फोटो मम्मीलाई देखाउछु हाम्रो फेश र नाम कस्तो सिमीलर छ भनेर ” एउटा सेल्फीपनी लिन भ्याईहाली । मेरो भन्दा अगाडी कन्चनको गेट रहेछ । मम्मीलाई टाढैबाट देखिक्यार मलाई आफ्नोब्याग छाडेर कुदीहाली । दुबै अकंमालमा बेरिए , कन्चनको मम्मीको र मेरो आंखा परस्पर चार भए । मेरो मनको शंका अब सत्यमा परिणत भयो । चस्माको डिल उचालेर हेरे, उनि मेरी शीलु थिइन । एकैछिनमा चलचित्र जस्तै मस्तिष्कमा धेरै दृष्यहरु घुमिरहे । ट्राभलेटरले हाम्रो दुरी घटाइरहेको थियो
हाम्ररी मावलाकी हजुरआमा, चन्द्रकला ११३ ( एक सय तेह्र बर्षमा ) बर्षका उमेरमा , आज यो मानब चोला , यो धर्ती छोड्नु भयो , बितनु भयो। उहाँका आत्माले शांति पावोस।
Nice story once again , Keep it up . Kanchan जी
सुवेक्षा शर्मा
Dherai ramro katha Kanchan A Sharma