Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथा: कर्तव्य

Posted on September 3, 2016 by mysansar

“अंकल खानु न मकै। भर्खर पोलेको कती मिठो छ। एउटा खाने हो अंकल?” एउटा ११ -१२ वर्षे केटो मेरो सामुन्ने मकैको बाटा लिएर उभियो। बाटामा ५-६ वटा पोलेका मकै देखे। संसारमा थरी-थरीका मान्छे भए झैँ मकै पनि थरि-थरिका देखेँ केही साना, केही ठूला, केही डढेका त केही काँचा। एकछिन आफैसँग अल्झिएँ, के-भनुँ के-नभनुँ पो भयो।… Continue reading

कथा : नाटककी परी

Posted on August 6, 2016 by mysansar

साथीले रातको ११ बजे फोन गर्दै भन्यो, “तपाइँ निदाइ सक्नु भएको? भोलि के गर्ने हो? काम छ? नत्र म तपाईंलाई नाटक हेर्न लैजान्छु।” नाटक यो शब्दमा नै कृत्रिम भाव छ जस्तो लाग्छ मलाई। कस्तो नाटक गर्न जानेको ? कस्तो नाटक जस्तो ? कस्तो नौटन्की ? खैर जे होस् मैले साथीसँग नाटक हेर्न जाने प्रतिवद्धता जनाए।… Continue reading

कथा : वर्षा ऋतु

Posted on July 30, 2016 by mysansar

-पारिजात- बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको हात र हंसिया छायाँमा छिट्छिटो सल्बाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले चिसै घाँसमाथि… Continue reading

डा. गोविन्द केसीलाई नन्दप्रसाद भाग २ बन्नबाट रोक, राष्ट्रवादी सरकार ज्यानमारामा न दरियोस्

Posted on July 23, 2016 by Salokya

डा गोविन्द केसीले आमरण अनसन सुरु गरेको आज १४ दिन भएको छ। ज्यानै हत्केलामा राखेका एक जना डा. मर्ने जोखिम बढ्दै जादा हाम्रो सत्ता, सरकार, संसद वा अधिकारकर्मी समाज आदित्यहरुको केपी उद्धारमा रमाइरहेको छ। देशको ओलीसत्ता देखावटी आवरणमा राष्ट्रवादी भे पनि खासमा ज्यानमारा बन्ने संकेत यही हो। प्रमका लागि आदित्य महान र सत्याग्रही डा. किन… Continue reading

लघुकथा : छोड-पत्र

Posted on July 9, 2016 by mysansar

-कात्यायन- एकदिन अड्डामा : – ‘तपाईंहरू बीचको मतान्तर के हो ?’ – ‘केही छैन |’ – ऊ भन्छ | – ‘वहाँ असन्तुलित हुनुहुन्छ |’ – ऊनी भन्छिन् | – ‘के कुरामा ?’ – सम्बन्धित अधिकारी प्रश्न गर्छन् उनीलाई | – ‘सम्पूर्ण रूपले |’ – ‘खराब आचरण छ ?’ – ‘थाहा छैन |’ – ‘हिम्सा आदि… Continue reading

लघुकथा : व्यापार

Posted on June 25, 2016 by mysansar

बैशाखको विरक्तलाग्दो दिन अनि मृततुल्य व्यापार! जमुनादासले २ बोतल कोकाकोला सकिसक्यो। अनि कम्तिमा २५ पल्ट हाई गरिसक्यो होला। ‘अहँ यो पाराले हुँदैन, अब केही विकल्प खोज्नै पर्छ’,उसले मोबाईल टिप्यो र २-४ जनालाई फोन लगायो ,सँधै झैं। अल्छिलाग्दो दिन, फेसबुक पनि कति चलाउनु? मोबाईल छेउमा राख्यो अनि फेरि ग्राहकको बाटो कुर्न थाल्यो। अचानक भाइबरमा एउटा नोटिफिकेशन… Continue reading

लघुकथा : घरबेटीकी छोरी

Posted on June 18, 2016 by mysansar

-करुण पण्डित- हामी दुई दाजुभाइ पोखरामा डेरा गरि बस्थ्याैं । मैले पढाइ सकाएर भर्खर एउटा स्कुलमा शिक्षकको जागिर शुरु गरेकाे थिएं । भाई पि एन मा डिग्री गर्दै थियो । घरमा बाआमाले मलाई अब छिट्टै बिहे गर्नुपर्ने सल्लाह दिनुभएको थियो । जसले गर्दा हामीलाई डेरामा खान पिन र अरु दैनिक व्यवहारमा सहज हुने उहाँहरूको तर्क… Continue reading

लघुकथा : च्याट गर्ल

Posted on June 11, 2016 by mysansar

– हीराकाजी कुमाल – सम्पूर्णको फेसबुकमा सँधै नयाँ नयाँ अनुहारहरुबाट साथीको लागि अनुरोध आउने गर्थ्यो। केटीहरुलाई तारिफ गराएर केटी जतिलाई आफूतिर आकर्षण गर्नु उनको दैनिकी बनिसकेको थियो। जस्तो खोज्यो उस्तै केटीहरु लथपत्र थिए। कुनै पनि केटी आफ्नो लागि उपयुक्त ठान्दैनथे। फेसबुकमा देखिएका स्त्रीहरु उनको लागी चरित्रहीन लाग्थ्यो। सोही क्रममा फेरि पनि एउटीको अनुरोध आयो। पारु,… Continue reading

लघुकथा : न्यानो

Posted on June 4, 2016 by mysansar

– ईशा शाह – घरमा श्रीमती हिजोआज मेरो वास्ता नगर्ने भएकोले म बाहिर बरालिन थालेको थिएँ । बिस्तारै साथिभाई र चिया पसलबाट शुरु भएको मेरो बरालिने काम बिस्तारै बढ्दै गयो । रोकतोक कतैबाट कसैले गरेन । म बिस्तारै अघि बढ्दै गएँ । बिभिन्न मान्छेसँगको सँगतले मलाई एउटा फुक्काफाल मान्छे बनाई दिएको थियो । पारिवारिक जिम्मेवारी… Continue reading

कथा : मोबाइल

Posted on May 21, 2016May 21, 2016 by mysansar

-वाहिद अलि – परेडका लागि उभिएका सिपाही जस्तै अनुशासित भई साथीहरु लामबद्ध बसेका थिए। मेरो पालो आइसकेछ। एकाउन्टेन्टले एउटा लिफाफा दिएर साइन गर्न लगायो। केहि पर पुगेर लिफाफा भित्र चियाए। लिफाफा भित्र पहिलो महिनाको सेलरी थियो। पाँच सय का दुईवटा अनि सय का नोटहरु। मेरो जीवनको पहिलो कमाई मन मा गाठो पर्यो अनि बर्रर आशु… Continue reading

कथा : आरम्भको अवसान

Posted on April 23, 2016 by mysansar

“सानी ए सानी कति सुतेकी हँ। हेर त घाँम कति माथि आइसक्यो, हन के भाँ छ हँ यो केटीलाई आजकल, ओछयान छोड्ने त मननै गर्दिन” सानीकी आमा फत्फताउदै गाई बाख्रालाई कुडो दिन लागिन्। “तिम्रो छोरीलाई चै म नसक्ने भंए, सुतिमात्ररहन्छे, भनेको केहि सुन्दीन, एउटा केटो खोजेर पठाईदिइहाल” बेलुकाको खाना खानलाग्दा आंमाले टोकसेपछि अब के चाहियो,… Continue reading

कथा : वाइफाइ चियर्स

Posted on April 2, 2016April 3, 2016 by mysansar

-अमृत सुबेदी “राउटे”- आज शिवरात्री, तर यहाँ कुनै रौनक नै छैन। मध्य दिन नै भए पनि घाम अत्यन्तै मिठो छ, घरबेटी बा घुँडासम्म आउने गमबुट, ‘धुर्मुसे हाफ प्यान्ट’ र ‘बाबुराम भट्टराई’ टोपी लगाएर सिधा अगाडिको करेसाबारीमा आलु गोड्दै छन्। फ्ल्याटमा बस्ने अरु नेपाली साथीहरुको पनि खासै चहलपहल छैन। शायद हिजो बेलुका “शिवरात्री इभ” राम्ररी नै… Continue reading

कथा : कम्पना

Posted on March 26, 2016March 26, 2016 by mysansar

– डा. लेखनाथ काफ्ले/शिन्चु,ताइवान – केही क्षण अगाडि मात्रै उसकै साामु नतमस्तक भै “हजुरलाई के टक्रयाउँ साब?” भन्ने सेतो लुगा लगाएको अधबैंसे उसैलाई धक्का दिँदै ढोकाबाट बाहिर हुत्तियो। ऊ पनि अरूहरू जस्तै हतार हतार त्यो सानो “कटेज” रेस्टुरेन्टबाट बाहिर निस्केर ठिंग उभियो र हेर्न थाल्यो वरपर। अघि भर्खरै आफूभन्दा अगाडिको टेबुलमा हात समातेर जुगजुग “सँगै… Continue reading

विज्ञान कथा : कहाँ गएर जोगाउँ नेपाललाई?

Posted on February 13, 2016 by Salokya

के भएको थियो म राम्रोसँग सम्झिन पनि सक्दिनँ। अकस्मात् एउटा ठूलो शक्तिले हुत्याए जस्तो लागेको थियो, त्यसपछि अन्धकार, अनि प्रकाश अनि फेरि अन्धकार। आँखा खुल्दा म कुन ठाउँमा छु थाहा पाउन सकिरहेको थिइनँ। अन्धकारै थियो चारैतिर। रोटेपिङ खेल्दा माथिबाट तल र तलबाट माथि जाँदा जस्तो सिरिङ सिरिङ अनुभूति हुन्छ, भर्खरै त्यस्तैबाट गुज्रिए जस्तो लागिरहेको थियो।… Continue reading

कथा : छोरी, ढोका खोल !

Posted on February 6, 2016 by mysansar

-दीपेन्द्र रोकाहा- उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी वितृष्णा तैपनि आशातीत भावले खुलेका आँखाले उसको स्वरुप प्रतिनिधित्व गर्छ। साढे १२ बज्यो आज उसले… Continue reading

कथा: बोक्सीको बाण

Posted on January 16, 2016January 16, 2016 by mysansar

– सुरेश ‘समान’ – सानो छँदा मलाई बोक्सी लाग्यो भनेर भट्टराई बाजेकहाँ फुक्न लगियो। हाम्रो घरमा पालेको गौरी गाईले भर्खरै बाच्छी पाएकीथी। बाच्छीले जन्मेको ४ दिनमै गौरीले सिल्टिमोर खाएकीथी। खै के जाती रोग लागेर हो गोबरमा रगत देखिन्थ्यो गौरीको। मरेपछि अलि परको खोल्सीमा लगेर फालीदिएका थिए गाउँका केटाहरुले। म आमा-बाको आँखा छलेर खोल्सी धाउँथे स्कुलबाट… Continue reading

लघुकथा : मित्रता

Posted on January 9, 2016January 1, 2016 by mysansar

-हरिप्रसाद भण्डारी- हरिया पहाडको तल ठूलो उब्जाउ मैदान थियो । त्यहीँ आसपासमा दुईटा जीव थिए— एउटा सर्प र एउटा भ्यागुतो । सर्पले झुक्याएर खाला भनेर भ्यागुतो सधैं जोगिएर बस्थ्यो । एक दिन दुवैको जम्काभेट भयो । भ्यागुतो भाग्न खोज्दै थियो, सर्पले नम्र बोलीमा मित्र भनेर सम्बोधन ग¥यो र नजिकै बोलायो । ”नडराउ, मैले तिमीलाई केही… Continue reading

कथा : जीवनको एक हरियो पक्ष (२)

Posted on January 2, 2016January 1, 2016 by mysansar

-विवेक ढकाल- जटा टाविग लज्जाल , प्रवाह पवितश्थले गलेवलम्ब्य लम्बिकाम, भुजंग तुंग मालिका’ तबला र गितार संगै ओस्ताद रमणहरि हाम्रोनियम र आफ्नो स्वरको तारतम्य मिलाएर शिवभक्तजन हरुलाई तताइरहेका छन्। स्तोत्र कण्ठ भएकाहरु संग संगै गुनगुनाउदै हात जोड्दै अर्ध तालि पिट्दैछन, कोहि भक्तालु हरु गर्दन झुलाउदैछन, दुइ हक्की महिलाहरु ताण्डवकै झल्को आउनेगरी नाच्न अघि सरिसके भलै… Continue reading

कथा : रङ्ग

Posted on December 19, 2015December 21, 2015 by mysansar

-मनोज बाबु पनेरु- “हन यी पुष्कर होइनन् ?” खरेटो लगाउँदा लगाउँदै टक्क रोकिएर बाटोतिर हेर्दै सोधी गीताले । बाटोसँग जोडिएको घर थियो गीताको । आँगन र बाटोको स्पष्ट साँध थिएन । आँगनमा खरेटो लगाउँदै गीता बाटो सम्मनै पुगेकी थिई । हो नि हौ, भन्दै पुष्कर बाटो छाडेर आँगनतिर मोडियो । “अनि कहिले आयौ ? हिजो… Continue reading

कथा : विदेशिएकी गर्लफ्रेन्ड

Posted on October 17, 2015 by mysansar

– पीताम्बर पाण्डेय – “आफ्नो ख्याल गर्नु, पुग्ने बित्तिकै फोन गर्नु। ट्रान्जिटमा पनि मेसेज गर है, म पनि गर्दै गर्छु” सरुको हात समाउदै कमलले बिछोडको बिलौना गर्दै थियो- “तिमी बिना मेरो हालत के हुने होला सरु?” कमल आफ्नी प्यारी सरुलाई त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै थियो। “म फोन गरी हाल्छु नि काले, स्काइप पनि गरौँला। सरुले… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme