Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

विज्ञान कथा : सिको

Posted on July 21, 2018July 21, 2018 by mysansar

-कुमार सिंखडा- “ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला… Continue reading

कथा : त्यो बहुमूल्य पोस्टकार्ड

Posted on June 2, 2018June 2, 2018 by mysansar

– मनोज बाबु पनेरु – बाको पुरानो डायरीबाट विनयको डायरीमा थपक्क सरेको थिए, त्यो कविता । आफैले सिर्जना गरेका केही मौलिक हरफहरू जोड जाँड गरेर विनयले एउटा कविता तयार गरेको थियो । यो विनयको पहिलो प्रयास थिएन । पटक पटकको प्रयासले खारिएको विनय अनुभवी थियो । कविता सारेसँगै गायब हुन्थ्यो, त्यो कविता लेखिएको बाको डायरीको… Continue reading

कथा : मुलाको अचार

Posted on April 28, 2018April 28, 2018 by mysansar

– लेखनाथ काफ्ले/ताइवान – मेरी आमा अरूहरू जस्तै सामान्य मान्छे हुन्। गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगी बिताएकी। उनको संसार सानो छ। उनका आफन्त, उनका सन्तान हामीहरू र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरू नै उनको ब्रह्माण्ड हो। उनको सामाजिक संसार उनलाई कसैले सम्झेर बोलाएका स्वस्थानी कथाका सांगेहरु, ग्रहदशा कटाउने पूजाहरू, बिहे, व्रतबन्ध र यी… Continue reading

कथा : क्रान्तिका सूत्रधार

Posted on April 21, 2018April 21, 2018 by राजु अधिकारी

-राजु अधिकारी- देशमा लोकतन्त्र दिवस धूमधामसँग मनाइँदै थियो। लोकतन्त्रको त्यो उत्सवमा सबैमा उल्लास थियो। तर उ भने निराश थियो। पत्रकारिता पेसामा लागेको पाँच वर्ष हुँदा पनि उसले त्यो पेसामा आफूलाई अझै राम्ररी उभ्याउन सकेको थिएन। बाहिरबाट देख्दा नाम, काम र दाम सबै देखिने त्यो पेसा भित्रबाट त्यति आकर्षक थिएन। त्यहाँ पनि सङ्घर्ष थियो, खुट्टा तानातान… Continue reading

बाल मनोवैज्ञानिक कथा : बिहेको त्रास

Posted on March 10, 2018March 11, 2018 by mysansar

-भगवान घिमिरे- अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन पर्‍यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म… Continue reading

लघुकथा : भगवान र अमेरिकाको स्याटेलाइट

Posted on February 24, 2018February 24, 2018 by mysansar

-दिनेश- गर्मीमा पार्क घुमिसकेपछि ‘ऊ’ र ‘उनी’ पार्कको बेन्चमा बस्छन्। ‘उनी’ ‘उ’सको हात समाउँछिन्। “माथिबाट भगवानले हेरिरहेका छन्,” ‘ऊ’ आत्तिदै भन्छ। “भगवानले होइन होला अमेरिकाको स्याटेलाइटले हेरिरहेको होला,” ‘उनी’ भन्छिन्। “त्यसो भए घरभित्र त स्याटलाइटले पनि देख्दैन नि।” ‘उनी’ मुसुक्क हाँस्छिन् र दुबै उठेर हिँड्छन्।

कथा : न्याय हराएको सूचना

Posted on February 10, 2018 by mysansar

-राजु अधिकारी- आफ्नो दाइले विदेशबाट ल्याइदिएको स्मार्ट फोनमा फेसबुक चलाउन उसलाई निकै रमाइलो लाग्थ्यो। केहि हप्तामै उ फेसबुकको ‘सुपर युजर’ भैसकेको थियो। एक दिन एकजना उसको साथिले फेसबुकमा ‘शेयर’ गरेको पोस्ट देखेर उ मख्ख प-यो। कुनै निराश बुद्धिजिबीले देशको न्याय पालिकाको स्थितिलाई व्यङ्ग गर्ने उदेश्यले लेखेको उक्त पोस्टले उसको मन त्यतातिर तान्यो। उक्त पोस्टमा लेखिएको… Continue reading

कथा : त्यो अफिस

Posted on September 16, 2017September 16, 2017 by mysansar

कमलकुमार- त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत… Continue reading

कथा : यमराजको आमरण अनसन

Posted on September 9, 2017September 9, 2017 by mysansar

-मनोज बोहरा- अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ। आकासै गर्जिने, पृथ्वी नै थर्किने गरी अर्को आवाज आयो “ड्याङ्ग”। फेरि टियर ग्याँस हाने ज्यानमाराहरुले। अकस्मात्… Continue reading

कथा : रक्तक्रान्ति

Posted on September 2, 2017September 2, 2017 by mysansar

-राजु अधिकारी- उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का उत्साहजनक कथाहरु सुनाउँथे, उसलाई तुरुन्तै युद्धभूमिमा गएर दुश्मन हरुको सफाया गरौं जस्तो लाग्थ्यो। जनयुद्ध चरमोत्कर्षमा… Continue reading

कथा : हत्तार

Posted on August 19, 2017August 20, 2017 by mysansar

– किशोर सुब्बा (लिम्बु) – – हेलो .. – सर ! कहाँ आइपुग्नु भयो । कार्यक्रम शुरु हुन लाग्यो । – हँ ! कति बज्यो ? – सर.. साढे दस भैसक्यो । चाँडो आउनुस है ! शुरु हुन लाग्यो । बद्री छाँगाबाट खसे झै भयो । भित्ताको घडी ८ बजेमा आएर निदाएछ । हत्तार हत्तार… Continue reading

मिसन : अधुरो

Posted on August 12, 2017 by mysansar

—जयराज भट्टराई— अधुरो शब्द देख्नासाथ लागेको थियो– वाह रे वाह । क्या सजिलो थिम । एउटा अधुरो कथा गुटुङटुङ लेखिन्छ । लेख्नुपर्ने समयसीमा छ पन्ध्र दिन । पन्ध्र पन्ध्र दिन, सजिलो थिमका लागि टु मच भयो । तर सोचेजस्तो बिल्कुल भइदिएन । दिमागमा बाह्र दिनसम्म अधुरोको घण्टी बजिरह्यो । तेह« दिनमा घरको बरन्डामा बसेर बाटोपारिको… Continue reading

कथा : स्वास्नीको बिहे

Posted on August 5, 2017 by mysansar

-कुमार काफ्ले- राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै… Continue reading

कथा : पूर्व प्रेमिका

Posted on July 29, 2017July 29, 2017 by राजु अधिकारी

प्रिय पत्नी कुसुम, प्रविधिको यो युगमा मेरो चिठ्ठी देख्दा तिमीलाई आश्चर्य लाग्ला तर फोनबाट यी सबै कुराहरु तिमीसंग बताउन मलाइ अलि अप्ठ्यारो लागेकोले मैले यो चिठ्ठीको सहारा लिएर तिमीलाई आफ्नो मनको कुरा स्पष्ट पार्न खोजेको छु। आशा छ तिमीले यो चिठ्ठी शान्त मनले पुरै पढेर मात्रै आफ्नो प्रतिक्रिया दिने छ्यौ। तिमीहरु नेपाल फर्केको पनि लगभग… Continue reading

लघुकथा: बिहे गर्ली र !

Posted on July 22, 2017July 22, 2017 by mysansar

– बासु पौडेल – एसएलसी फेल भएको पीडा थियो। घरको किचकिच खानु भन्दा साना हजुरबाले एसएलसीमा प्रथम श्रेणी ल्याउनु है नाति केटा भनेर दिनुभएको कालो चस्मा ढल्काएर शारदानगरको हलमा फिल्म हेर्न गएँ। फिल्म हेर्दाहेर्दै एक्सन हिरो बन्ने सपना देखिरहेको थिएँ, पछाडिबाट अपरिचित केटीले हेल्लो हेल्लो ……… भनेर बोलाएको आवाजले झसङ्ग भएँ र यताउति हेर्दा त… Continue reading

कथा : अतीत

Posted on July 15, 2017 by mysansar

-शारदा पौडेल- अाज मेरी साथी अाउने दिन । उसलाई एयरपोर्टमा नै लिन जाने विचार छ । मलाई उहीँ देख्दा त निकै खुशी हुन्छे होली । ऊ कस्ती पो भएकी होली ? यत्रा चार चार वर्षसम्म परदेशी भूमिमा बसेर अाउँदा त पक्कै केही न केही परिवर्तन भएकी होली । म उसलाई देख्न निकै अातुर थिएँ ।… Continue reading

कथा : आमालाई चिठी

Posted on July 8, 2017July 8, 2017 by mysansar

-झलक पौडेल- प्यारी आमा आज मैले “दम अनि दन्त रोगको सम्बन्ध” बारे लेखेको स्वास्थ्यमूलक लेख मेरो फोटोसहित प्रकाशित भयो नि। मलाई त्यो देख्दा खुशी लाग्यो। तर कता-कता दुःख पनि। किनकी केही सफलता प्राप्त गर्दा फोन गरेर सबभन्दा पहिला सुनाउने अनि त्यो मेरो खुशी देखेर मुस्कुराउदै चम्किला आँखा सहित मलाई स्याब्बासी दिदै म भन्दा खुशी हुने… Continue reading

कथा : अन्तरज्वाला

Posted on July 1, 2017 by mysansar

-माया ठकुरी- माघ महिनाको पारिलो घामपटि ढाड फर्काएर सोफामा बसेर पत्रिका पढ्दै सीडिमा गीत सुनीरहेकी छन् सुर्दशना । उनको अढाइ तल्ले घरमा भएका सबै कोठाहरुमध्ये यही बैठक कोठा नै उनको प्रिय बनेको छ । ठूला ठूला झ्याल भएको बैठक कोठामा व्यवस्थित ढंगले सजाएर राखिएको गमलाका फूल, आतेसखानामाथि राखिएका तस्विीरहरु, तैलचित्र र दराजभरिका पुस्तक आदिले गर्दा… Continue reading

कथा : भित्र–बाहिर

Posted on June 24, 2017June 24, 2017 by mysansar

-मनोज बाबु पनेरु- सुबोध राई छुट्टिमा घर आएको थियो । बेलुकाको खाना खाएर गाउँतिर गफिन निस्कियो । गाउँमा उसका दामली साथी को नै पो बाँकी थिए र ! संजोगले एकै समय छुट्टी परेछ भने न हो, भेट हुने भनेको । कि दशैं तिहार छुट्टि पारेर आउनपर्यो । सबै जसो, ऊ जस्तै बाहिर छन् । आफ्नो… Continue reading

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरु यस्ता छन्

Posted on June 24, 2017June 24, 2017 by mysansar

नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछाको आँधीको यात्रा शीर्षकको कविता पहिलो भयो। शुक्रबार भएको कार्यक्रममा सहभागी ३२ कविहरुमध्ये भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो र दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तेस्रो भयो। कस्ता… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme