Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कर्णेल लामासँग बेलायती नागरिकता?

Posted on January 6, 2013January 7, 2013 by Salokya

नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेपछि नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्धमा असर पर्ने स्थिति आइसक्यो। सरकारले बेलायती राजदूतलाई बोलाएर प्रोटेस्ट नोट बुझाइसक्यो। लन्डनको नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा विरोध पत्र बुझाइसक्यो। एमालेबाहेक अरु प्रमुख दलहरुले लामाको गिरफ्तारीको विरोधमा वक्तव्य जारी गरिसके। आफ्नो देशको नागरिक र बहालवाला सैनिक अधिकृत भएकोले नेपालले कर्णेल लामाको बचाउ गर्नुपरेको हो। तर उनी भने नेपाली नागरिक नै नरहिसकेको खुलासा भएको छ। बेलायतमा यो केसमा कानुनी प्रक्रिया अघि बढाउने संस्था हिकम्यान एन्ड रोजले गिरफ्तार भएकै दिन जारी गरेको प्रेस विज्ञप्तिमा उनले बेलायती नागरिकता लिइसकेको उल्लेख छ। नेपालको कानुनमा दोहोरो नागरिकताको व्यवस्था छैन। हेर्नुस् विज्ञप्ति-



त्यो विज्ञप्तिमा लेखिएको कुरा साँचो हो भने एउटा विदेशी नागरिकलाई नेपालको सेनाको उपल्लो ओहोदामा राख्न मिल्छ ? अब यो प्रश्न पनि उठ्ने भएको छ।

लामालाई पक्राउ गर्दा नेपाल सरकारलाई यसबारे कुनै जानकारी नदिनुको पछाडि यो पनि कारण हो कि ? हाम्रै नागरिक हो, किन नेपाललाई जानकारी दिइराख्‍नुपर्‍यो भन्ने पनि भएको हुनसक्ला कि।

लामाका छोराछोरी र श्रीमति लक्ष्मी लामा बेलायतमै बस्ने गरेको र उनीहरुको त्यहीँ घर भएको कुरा यसअघि नै मिडियामा आइसकेको हो। उनकी श्रीमति स्टाफ नर्सको काम गर्छिन्। कर्णेल लामाले नै बेलायतको नागरिकता लिइसकेको कुरा भने यसअघि कहीँ पनि सार्वजनिक भएको थिएन।

नेपाली नागरिकता ऐन २०६३ को दफा १० (१) मा नेपाली नागरिकता कायम नरहने शीर्षकमा भनिएको छ-’नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ ऐन अनुसार आफूखुशी विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेको जानकारी तोकिएको निकायमा दिनुपर्छ। नेपाली नागरिक नरहे नेपाली सेनामा काम गर्न पाइँदैन। उनी त सेनाका कर्णेल!

विज्ञप्तिमा आरोपी अहिले बेलायतमा बस्दै गरेको उल्लेख भए पनि खासमा उनी दक्षिणी सुडानमा युएन मिसनमा खटिएको र विदामा परिवार भेट्न मात्रै बेलायत गएको चाहिँ नेपाली मिडियामा कुरा आएको थियो। खास कुरा के रहेछ त ? प्रेस रिलिजमा गरिएको दावी बारे संस्थालाई आधिकारिक धारणा स्पष्ट पार्न माइसंसारले इमेल पठाइसकेको छ। यसको जवाफ आउने बित्तिकै हामी तपाईँहरुलाई यसबारे बताउनेछौँ।

अपडेटः यसैबीच पत्रकार जितेन्द्र राउतले यस्तो ट्विट गरेका छन्-

@salokya @mysansar कर्णेलको ब्रिटिश नागरिकता बारेको दावी वकिल पक्षले गल्तीबश प्रेस रिलिजमा पर्न गएको भनेर अदालतमा स्पष्ट पारी सक्यो रे है।

— jitendraraut (@jitendraraut) January 6, 2013

अपडेट २ : बेलायती ल फर्मले झुटो विज्ञप्ति पठाएर भ्रममा पार्‍यो, कर्णेल लामाको बेलायती नागरिकता नभएको पुष्टि

Press Releases

03 January 2013 – Victim welcomes arrest of suspected torturer

On 3 January 2013, police from a specialist unit within the Metropolitan Police Service arrested a man in East Sussex who is suspected of torturing a detainee in Nepal in 2005. The suspect currently resides in the UK, having been granted British citizenship. The victim of the alleged offence is a client of Hickman & Rose, London and Advocacy Forum, Nepal.

Although torture is not a criminal offence in Nepal, the victim hopes that the British legal system will deliver justice in accordance with international treaties which criminalise torture wherever it occurs in the world.

If a prosecution does take place, as our client hopes, then out of respect for the right of a defendant to receive a fair trial our client will make no further comment.

When he learned of the arrest today, the victim said:

“I am delighted and relieved to hear that finally the officer who was involved in torturing me has been arrested. I trust that the British system will deliver justice; something I was not able to get in my own country.”

Hickman & Rose are experts in international criminal jurisdiction and has advised many victims of torture and war crimes in countries across the globe. Kate Maynard stated today:

“This firm has worked very hard on a number of these cases and it is a source of great satisfaction to know that the UK takes seriously its international obligation to investigate and where appropriate to prosecute alleged crimes of this nature”.

For more information please contact:
Mandira Sharma phone: + 977 98510 48475 (Advocacy Forum)
Kate Maynard phone: 00 44 (0)7812 974613 [email protected]
Daniel Machover phone: 00 44 (0)777 334 1096 [email protected]

Notes to editors:
1. The UK, like other states, is permitted, and, in some cases (e.g. war crimes [grave breaches of the Geneva Conventions] and torture), required to exercise criminal jurisdiction over any suspect, regardless of their nationality or location of the offence, who is found in its territory, unless it extradites the suspect or surrenders that person to an international criminal court. Universal jurisdiction is the term that describes this form of jurisdiction over the most heinous international crimes, such as war crimes, torture, crimes against humanity and genocide.

In the UK, Parliament has given our courts jurisdiction to prosecute all suspected war criminals and torturers, including where neither the victim nor the suspect has any connection with Britain. This complies with treaty obligations (i.e. in the four 1949 Geneva Conventions and Protocol I to those Conventions – which protect civilians and those outside combat; and the 1984 UN Convention against Torture and Other Cruel, Inhuman or Degrading Treatment or Punishment – UNCAT), which effectively seek to ensure that there is no safe haven for those suspected of the most serious human rights abuses.

2. If the suspect is prosecuted for a torture offence then this will only be the second such case in the UK since the coming into force of section 134 of the Criminal Justice Act 1988 (on 29 September 1988). The first case resulted in a conviction in July 2005 of Farayadi Sawar Zardad for conspiracy to commit torture and take hostages in Afghanistan between 1991 and 1996 – see: http://www.cps.gov.uk/news/press_releases/135_05/

3. Hickman & Rose is a niche city firm with criminal defence and civil litigation departments. The civil team is renowned for its work in seeking public and private law remedies in the UK and other jurisdictions on behalf of victims of crime and other victims of the abuse of power by state agents within the criminal justice system. Chambers UK Guide to the Legal Profession describes the civil department as ‘a fantastic team – one of the best’ (2010 edition). The combined resources and effective co-working of the civil and criminal defence teams position the firm uniquely to fight for justice on behalf of their clients in all arenas.

4.Advocacy Forum (AF) is a leading non-profit, non-governmental organization working to promote the rule of law and uphold international human rights standards in Nepal. Since its establishment in 2001, AF has been at the forefront of human rights advocacy and actively confronting the deeply entrenched culture of impunity in Nepal.

AF’s contribution in the human rights advocacy in Nepal has been recognized by Human Rights Watch (HRW) in terms of “One of Asia’s most respected and effective human Rights Organization”. AF is a recipient of a number of awards including “Women In Leadership Award” (conferred by Swiss Agency for Development and Cooperation) सम्बन्धित संस्था कै साइटमा हेर्न क्लिक गर्नुस्

67 thoughts on “कर्णेल लामासँग बेलायती नागरिकता?”

  1. Kim Aryal says:
    January 7, 2013 at 3:44 pm

    पहिले त नेपालीहरु ब्रिटिश सेनामा भर्ति हुन जान्थे अब त ब्रिटिशहरु नेपाली सेनामा भर्तिहुन आउने होलान हगी ।

    Reply
    1. Roshan says:
      January 12, 2013 at 4:59 am

      लाज पचेका नकचराहरु देशको एउटा बहालवाला उच्च अधिकृत तामांगको छोरा तेश्रो मुलुकले सम्बन्धित देश संग कुनै सोध पुछ नगरी दसी प्रमाण बिना भ्रष्ट एनजीओको सुराकीको भरमा अन्तराष्ट्रिय जगत मै नेपाल र नेपाली कै बद्नाम गरिंदा आफ्नो अनुहारमा आफैले थुक्दै तालि बजाउने गद्दार कुकुर दलालहरु पनि देखियो/यदि तामांगले गलत काम गरि नेपाल बात भागेको र नेपाल सरकारले सुपुर्दुगिको लागि बेलायत सरकार संग अनुरोध गरेको भए अर्कै कुरा हो/नत्र यो सरासर नेपाल र नेपालीको इज्जत मात आंच पुर्याएको ठहरिने छ/र अन्तराष्ट्रिय अदालतमा बेलायत सरकार नाममा मुद्दा दायर गरिनु पर्छ/

      Reply
  2. prem says:
    January 7, 2013 at 3:40 pm

    I think this case has caused earthquakes in the minds of Maoists ( specially dictators – they are not leaders as they were never elected ) . I am trying to design a web where you can see the lists of corrupt and brutual leaders . We should start to isolate and stigmitize in the west as well as in our country.

    Reply
  3. Om Nath Koirala says:
    January 7, 2013 at 1:44 pm

    हैन यो के चाला हो यो देशको सरकार र राजनीतिक पाटिहरुको ? पीडितले न्यायको लागि गुहार गर्दा कानमा तेल हालेर बस्ने न्याय नदिने अनि अरु देशले सजाय गर्न खोज्दा होहल्ला मचाउने ? कि भन्न सक्नु पर्यो नि हामी कारबाही गर्छु भने र | आफु पनि कारबाही नगर्ने अरुलाई गर्न पनि नदिने अनि पीडितले न्याय कहिलेनै नपाउने ? अपराध गर्नेचै सधै पुरस्कृत हुने ? वाह !! देशका नेता भनौदा हो !!! लाज शरम केहि पनि छैन तिमीहरु को ?

    Reply
  4. Mantra says:
    January 7, 2013 at 12:23 pm

    बेलायतको कानुन अनुसार ठिक छ कि छैन भन्ने हो….सायद बेलायतमा त्यस्तो कानुन होला….माथिको बिज्ञप्ति हेर्दा एड्वोकेसी फोरम नेपाल भन्ने एन जी ओ मार्फत पीडितले अन्तरास्ट्रिय मानबअधिकार संगठनहरु संग सहयोग मागेका रहेछन होला….नेपालमा साधारण नागरिकले न्याय पाउने सम्भावना छैन अनि के गर्नु त?…अपराधी मूलाको गिराप्तारिमा के दुख मान्नु?

    डेकेन्द्र थापा लाइ पनि दुइ दिन सम्म सिस्नो र लाठीले कुटेर प्याक प्याक परेपछि प्राण नगई खाल्डोमा पुरेका रे….तिनीहरु ले कहिले सजाय पाउने हुन्? लम्जुङ्गका मुक्तिनाथ अधिकारी (शिक्षक), काभ्रेकी मैना सुनुवार, चितवनमा बसमा जिउदै जलाइएका हरुले नेपालमा न्याय पाएनन भने सहेर बस्ने कि अन्तरास्ट्रिय समुदाय संग सहयोग माग्ने? नेपाली भएकै कारणले कर्नेल लामाको किन समर्थन गर्नु र…

    पिडा अरुलाई थाहा हुदैन…पिडितलाई मात्र थाहा हुन्छ…सायद लामाद्वारा पिडित व्यक्ति र उनका परिवार पक्कै खुशी होलान अहिले…नेपालको सरकारले नै त्यस्तालाई दण्ड दिएको भए अहिले यस्तो अवस्था आउने नै थिएन नि…

    अर्को कुरा कर्नेल लामा अहिले कानुनी रुपमा नेपाली भएपनि उ बेलायति हुने तरखरमा रहेछ नै त्यसैले उसलाई नेपालीको के माया र…..मेरो बिचार मा बेलायतले ठिकै गरो…एउटा देशमा अपराध गरेर/भ्रस्टाचार गरेर अर्को देशमा गएर लुक्ने प्रवृति को अन्त्य होस्……

    Reply
  5. HB Tamang says:
    January 7, 2013 at 8:07 am

    कुरा एकदम जटिल छन् , नेपालका प्रसाशन कर्मचारी नै खराब छन् पैशा मा बिस्देश वा स्वदेश होस् नेपालीहरु को धेरै जसोको दुइटा नागरिता छन्,तेस पछि जेपनि हुने भो…..उदहारण भ्यक्ति को घरेदी वा जग्गा लाल पुर्जा भएको,अरुको नाममा बनाई
    माल्पुत ओफ्फिस मजाले रजिनाम पास हुनछा…साकारले कडा कदम चलेन भने हरेक हुन सक्छ….PM मात्र तक्छा नेताहरुले देश र जनता प्रति vision छैन.

    Reply
  6. SURENDRA SUBEDI hongkong says:
    January 7, 2013 at 7:57 am

    यदी कर्नेल लामा बेलायती नागरिक हुन् भन्ने प्रमाणित भएको खण्ड मा नेपाल सरकार का तुइरे परराष्ट्र मन्त्रि नारायण काजी श्रेष्ठ ले डाडु मा पानी तताएर मरे हुन्छ /हिजो केहि न बुजी तुइरे भाषा मा बेलायती राजदुत लाई ”प्रोटेस्ट लेटर” थमाए आज हेर बुद्दि???

    Reply
  7. dil says:
    January 7, 2013 at 7:02 am

    मलाई कर्नेल लामा सग ब्रिटिश नागरिकता छ जस्तो लाग्दैन. किन कि ब्रिटिश नागरिक हुन लै मिनिमुम uk को ग्रीन कार्ड भएर टोटल पाच वर्ष country मा बस्नु पर्छ. र country मा लास्ट ५ वर्ष मा ४५० दिन भन्दा बादी बाहिर नबसेको हुन पर्ने नियेम छ.अब कर्नेल ले कहिले तेत्रो दिन uk बस्न पाए होला जब कि उस को जागिर फुल time नेपाल मा छ कसरि तेती वर्ष छुट्टी पाए होला आर्मी को जोब बाट . यो सब हावा गफ ho.

    Reply
  8. raazan says:
    January 7, 2013 at 6:03 am

    हरेक देशमा आ आफ्नो कानुन हुन्छ । सन २००२ मा जापान कोरियामा भएको विश्वकप फूटबलमा अर्जेन्टिनाको खेल हेर्नको लागि फूटबलका नायक म्यरोडोनाले जापानमा भिसा अप्लाई गर्दा खेरी सन १९९४ मा अमेरिकामा भएको विश्वकपमा उनी दुर्व्यसनी हुन भन्ने प्रमानित भएर तेस्को आधारमा जापानले सन २००२ को भिसा दिन अस्विकार गर्‍यो तेस्तै तत्कालिन समयमा नेपाल सरकारले रेड कर्नर् नोटिस् जारी गर्दा मोहन बैध्य किरण भारतमा पक्राउ परे। के मोहन बैध्य किरण नेपाली हैनन ? के भारतले उन्लाई नेपालमा पक्रेको थियो? कता थियो राष्ट्रिय स्वाभिमान अनी स्वधिन्ता ? किनकी यि त कानुनी कुरा हुन। चाहे म्यरोडोना प्रतिको जापानको निर्णय होस् या तत्कालिन समयमा मोहन बैध्य प्रतिको भारतको पक्राउ , त्यो कानुन सम्मत भएकोले तेस्लाई स्विकार गर्नै पर्ने हुन्छ। यस्तै बेलायतमा पनि सन १९८८ मा लागु भएको एउटा ऐन छ ” criminal justice act ” एही ऐन को धारा १३४ अनुसार यातना दिएको अभियोग्मा छान्बिन गर्न उनलाई नियन्त्रन्मा लियिएको हो । द्वन्दकाल मा अपराध गर्ने जोसुकैलाई पनि बेलायत आएको बेला पक्रने सम्भावना हुन्छ , तेस्तै कुमार लामालाई पनि पीडितले उजुरी दिएको आधारमा छान्बिन गर्न लियिएको हो। के पीडितले न्याय पाउनको लागी उजुरी दिन्छ र निज्लाई छन्बिन्को लागि त्यो भाई फुटे गवार लुटे हो? के बलात्कार भएको सिता राइले न्यायको लागि पिडकलाई पक्रनको लागि उजुरी गर्छिन र पिडाक्लाई पक्रेर हिरासत्मा राखिन्छ भने के तेस्लाई भाई फुटे गवार फुटे भन्ने? के पिडित हरु न्यायको लागि जिल्ला अदालत , पुनराबेदन ,सर्बोच्च् हुँदै अन्तरराष्ट्रिय अदालत सम्म पुग्न सक्दैनन र ? निज लामा बेलायत आएका थिए र बेलायत मा यो नियम पनि भएको अवस्थामा पीडितले न्यायको लागि सम्बन्धित देशको कानुन अनुसार गुहार माग्न मिल्दैन र? के बेलायत सरकारले पीडित ले उजुरी दिएको आधारमा नेपाल मा गएर पक्रेको हो र ? बेलायत सरकार ले आफ्नो कानुन अनुसार आफ्नै देश मा पक्रिन्छ भने कसरी यो राष्ट्रिय स्वाभिमान बिरुध्ध्को कुरा भयो? के चार्ल्स शोभराज जस्ता अन्तरराष्ट्रिय अपराधीलाई नेपाल सरकार ले पक्रेर नेपालकै कानुन अनुसार कार्वाही गरेको छैन र ?
    फेरी उनी नेपाल सरकारको बहाल्वाला सैनिक भएर औपचारिक भ्रमण्मा बेलायत आएका पनि हैनन, आफ्नै परिवारलाई भेट्न आएका हुन। अर्को कुरो उनिसँग बेलाएती राहदानी भएको कुरा बेलाएती मिडियाद्वारा खुलाशा भैइसकेको छ जुन नेपाल कानुन अनुसार द्वेध नागरिकता गैर्कानुनी हो, एक अपराध हो । एदी भोलिका दिनमा प्रचन्डहरु बेलायतै आउँदा पनि तत्कालिन द्वन्द पीडितहरुले उजुरी दिये र त्यो पुस्टी भयो भने सजाएको भागीदार हुनै पर्छ।

    Reply
  9. यश घिमिरे says:
    January 7, 2013 at 5:58 am

    हैन , कसरि यत्रो यत्रो गल्ति हुन्छ हाउ | यो कुराले सेना र सरकार कति धेरै असजिलोमा पर्न सक्छ भन्ने ख्याल नै नगरेका त मुलाका सागहरुले ? लामा बेलायति नागरिक हो भनेर हचुवा प्रेस बिज्ञप्ति निकालेका हुन् कि कुटनीतिक रुपबाटै बद्नाम हुने भएपछी सेना या नेपाल सरकारको चर्को दबाबले गल्ति भएछ भनेर भन्नु पर्या हो ? | डलरमोही मन्दिरा शर्मा जस्ती बौद्दिक नेपालीहरु गाँसिएको ठाउमा कुरै बुझ्न गारो हुने |

    Reply
  10. Surya says:
    January 7, 2013 at 4:55 am

    मैले नबुझेको कुरा – कुनै देशको नागरिकता लिने बित्तिकै त्यो देशले उसको पुरानो नागरिकता भएको देशलाई जानकारी गराउँदैन? यदि गराउँछ भने त्यसमा नेपाल सरकारको लापरवाही भएको ठहरिन्छ. यदि नागरिकता लिएको देशले जानकारी गराउँदैन भने त्यसमा नेपाल सरकारलाई दोष दिन मिल्दैन. त्यसमा नगरिकनै दोषी हुन्छ वा यसको अन्तराष्ट्रिय सिस्टम नै ठिक छैन भन्ने बुझिन्छ.

    Reply
  11. Lokendra Khapung says:
    January 7, 2013 at 4:41 am

    ब्लगको शीर्षकमात्रै पढेर कमेण्ट ठोक्दिने र पछि आफैं उल्लु बन्ने हैन, ब्लगमा गरिएको अपडेट पनि पढ्ने गरौं ।

    माथि अपडेटमा भनिएको छ, “कर्णेलको ब्रिटिश नागरिकता बारेको दावी वकिल पक्षले गल्तीबश प्रेस रिलिजमा पर्न गएको भनेर अदालतमा स्पष्ट पारी सक्यो रे है।”

    Reply
    1. Surya says:
      January 7, 2013 at 8:30 am

      अझै “रे” मात्रै छ. पक्का भएको देखिन्न.

      Reply
  12. रमण says:
    January 7, 2013 at 2:37 am

    कुरा अलि विचार गर्नपर्छ|
    अहिले आएर हिक्मान फर्म प्रति पनि शंका गर्न पर्ने देखिदैछ|
    जर्मन नागरिकता लिएकाले नेपालको उपप्रधान मन्त्रि र सम्बेनशील पद परराष्ट्र मन्त्रि खाएको पचेको छैन होला| एमालेले अस्ति मात्र अर्को देशको नागरिकता भएकोलाई अर्थ मन्त्रिमा नियुक्ति गरेर हङ्गामा मचिएको पनि बिर्सेको छैन होला| कतिपय मन्त्रालयका सह सचिवहरुले समेत डीभी आवेदन दिएर अनि परेर अमेरिका गएको पनि थाहै होला|
    नेपाली नागरिक मज्जासंगले विदेश बेलायत र भारतको सेनामा भर्ना भएर काम गर्न सक्छन भने नेपाली सेनामा भएकोले भारतीय र बेलायति नागरिक लिनु कसरि भयो भनेर प्रश्न गरे पनि जिल्ल र तीन छक परेर बस्न पर्दैन होला|
    अब मुख्य कुरो त्यो हिक्मान भन्ने फर्मले लामाको बिदेशी नागरिकता छ भनेर फेरी गल्ति भएछ भन्नु भनेको उनीहरुको चार्ज प्रति विश्वसनीयता घट्नु मात्र होइन, यो सबै हावादारी हो भनेर शंका गरे हुन्छ|
    हँन वास्तवमा भएको के हो सबै खुलासा गर्नपर्यो|

    Reply
  13. S.Shrestha says:
    January 7, 2013 at 12:46 am

    I know 100% that Colonel Kumar Lama is not British Citizen. It’s not right to blame him without any proof

    Reply
  14. Bishwaraj says:
    January 6, 2013 at 10:29 pm

    येस्तै हो- समजदारी भनेको- नेपाली नागरीक (गोर्खाज ) ले बेलायती सेनामा जागीर खाए जस्तै बेलायती नागरीक लामाले पनी जागीर खाएका होलान नी- नेपाल सरकारले गौरब मान्नु पर्छ- एउटा बेलायती नगरीकलाइ जागीर खुवाएको मा- जर्मनी नागरीक त नेपालमा नेत्री मंत्री सुजाता जीउदै छन्- भने लामाले बेलायती नागरीकता पाएर नेपाल आर्मीमा जागीर खानु कुन ठुलो कुरो हो र- लु जा-

    Reply
    1. neerose says:
      January 7, 2013 at 4:41 am

      हाहाहा!
      भनेपछि यो एन आर एन हरुले के को दोहोरो नागरिकता भनेर बा मच्चाइराको होला है!
      नेपाल त आफै दोहोरो नागरिकता वाला देश भै सकेछ कसैले थाहै नपाइ!
      हुन त यो अन्तरास्ट्रिय करण हाबी भै रहेको युग समयमा यो दोहोरो नागरिकता को बारेमा रोकछेक गर्न,
      “Whose Father Has What Vitamin”
      होइन त ?

      Reply
  15. puru says:
    January 6, 2013 at 9:52 pm

    यदि यो सत्य हो भने र उ बेलायती नागरिक हो भने , हाम्रो सरकार लाइ जस्तो लाजमर्नु कसलाई होला र ? प्रिथिबिनै हास्यो है लाजले हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि ……..

    Reply
  16. काउचा मगर says:
    January 6, 2013 at 9:40 pm

    यश जी, तपाई र तपाइको प्रतिक्रिया एकदम सहि हो ….तर त्यो भूपू नेपाली नागरिक भनौदो लामा त सई,असई मात्र नभइ कर्णेल भैसक्दा पनि नेपाल सरकारको प्रसासन र नेपाली “शान्ति सुरक्श्णम” लाई त सिपाही पो बनाई सकेछ नि……एकदम लाजमर्दो बनायो नेपाल र नेपाली लाई

    Reply
  17. काउचा मगर says:
    January 6, 2013 at 9:30 pm

    अपराध जस्तो सुकै होस् , अपराध गर्ने अपराधी नै हुन्छ…चाहे त्यो सेनाको कर्णेल होस् या सामान्य स्टुडेन्ट भिसामा गएर काम गर्दै गरेको आम नागरिक नै किन नहोस….त्यसले सजाय पाउने पर्छ…त्यो कर्णेल भनाउदो बेलायती नागरिक पो भएछ ? अब त्यसलाई दोहोरो मुद्दा लगाउदा पनि हुने रहेछ ….नेपाल सरकार पनि कस्तो उल्लुराम रहेछ, भूपू नेपाली भनेर वेलायतले भूपू मुद्दालाई ताजा कारवाही गर्न लागे जस्तो देखिदै छ त हाउ…. यदि बेलायतले मानव अधिकारको हनन गर्ने व्यक्तिलाई सच्चा कारवाही नै गर्ने हो भने….त्यो कर्णेल भन्दा धेरै अपराध गरेका पचंडे लगायत कयौ माओवादीका नेता भनौदा हरु, अनि राज्यलाइ तहसनहस हुने गरि अनिर्णयको बन्दी बनाउने कयौ नेताहरुलाई पनि यसरी नै पक्राउ गर्दै मुद्दा तेर्साएर कालकोठरीमा थुन्न सके अरु अपराध घट्ने थियो कि ???????????

    Reply
  18. श्रेया नेपाली says:
    January 6, 2013 at 8:36 pm

    मैले यो गिरफ्तारीको बिरोध गरेर पहिला २-४ वटा कमेन्ट लेखेको थिए. अब भने मेरो बिरोध छैन, उसले आफ्नो कानून अनुसार आफ्नो देशको नागरिकलाई १० वर्ष जेल हालोस कि आजिबन. नागरिकता लिएको हुन सक्तछ सायद, किनकि अलि अगाडी सम्म बेलायेतमा ५ वर्ष काम गरेको मान्छेले पौथ्यो जस्तो लाग्छ नागरिकता, श्रीमतीले लिएको हुन सक्छ, अनि नाताको आधारमा श्रीमानले लिएको होला (अनुमान). यता नेपालको कर्नेलको जागिर छोडेर उता housekeeping (brain waste is common for highly educated high ranked Nepalese in abroad ) के गर्नु भनेर नेपाली नागरिकता नि लि राखेको होला.

    Reply
  19. DRKhatri says:
    January 6, 2013 at 8:33 pm

    Anything is Possible in Our Country…!! One Day Might Come that PM and President or other parliamentary Member is also having Foreign Citizenship..
    Jay Hos Nepal Ko.!!

    Reply
  20. roshan says:
    January 6, 2013 at 8:29 pm

    धेरै भन्दा धेरै नेपाली जुन सुकै बेवासाय मा आफ्नो कर्तब्य र दाइत्वो बिर्सियर पैसा मात्र कमाउ धन्दा मा लागेका छन् र नियम र कानुन को कुनै मतलब कसैलाई छैन. यो त एउटा उदहारण मात्र हो यस्ता घटनाहरु धेरै घटिरहेका छन् र घतिरहेने छन् जब सम्म हामी नेपाल को नागरिक होउ र सबै भन्दा ठुलो कुरा देश को इज्जत हो भन्ने कुरा हामी बुज्न सक्दैनौ.

    Reply
  21. Mohan Sitaula says:
    January 6, 2013 at 7:56 pm

    यो कुरा कुरा साचो होइन किन कि बेलायत मा दोहोरो नागरिकताको ब्यावस्था छैन . नेपाल को नागरिकता त्याग्नु पर्छ अनि मात्र बेलायति हुन्छ . यदि लामा बेलायति हुन् भने पनि बेलायत को नै गल्ति हो किन बेलायत ले नेपाली नागरिकता नत्यागी बेलायति नागरिकता दियो? अनि के आधारमा दियो ? सेवारत सैनिक लामो समय बेलायत बस्न सम्भव नै भएन.

    Reply
    1. Yam Chand says:
      January 6, 2013 at 9:27 pm

      मोहनजी,

      बेलायत मात्र होइन, पश्चिमका कुनै देशमा पनि दोहोरो नागरिकता को चलन छ, यो नेपालको कानोंमा मात्र विदेशको नागरिकता लिएमा नेपालि नागरिकता खारेज हुने व्यवस्था कानूनमा चाहिं थियो तर कार्यान्वन भएको चाहिं पाईएको छैन. नेपालीहरु संग अरु समस्याहरु यति धेरै छन् कि यस्ता जाबा कुराहरु हेर्ने फुर्सत नै छैन. कर्नेल लामा लै पुर्व सेनापति छत्रमान गुरुङ को वेतो मा त्यता पठाइएको हो रे भन्ने हाम्रो सैनिक सुत्र ले बताएको छ.

      Reply
      1. Mohan Sitaula says:
        January 7, 2013 at 1:59 am

        दोहोरो नागरिक ता सबै पश्चिमा देशमा छैन . बेलायतमा पनि छैन .

        Reply
        1. Yam Chand says:
          January 8, 2013 at 1:53 am

          मोहन सिटौलाजी,

          तपाइँ को भनाइ सत्य होइन. यो हेर्नुस, UK Border Agency को भनाइ:

          When becoming a British citizen

          You do not need to give up your present citizenship or nationality to become a British citizen.

          या गूगल गर्नुस.

          Reply
    2. rup says:
      January 7, 2013 at 12:19 am

      मोहन जी
      के हावा कुरा गरेको? बेलायत मा द्वैध नागरिकता को ब्यबस्था छ. अर्थात् बेलायत को नागरिकता लिन अर्को देश को नागरिकता त्याग्न पर्देन. एसको ठुलो प्रमाण म आफै हु. मैले दुइ बर्ष अगाडी बेलायती नागरिकता लिए र गत नोवेम्बेर मा नेपाली पस्स्पोर्ट मा नै नेपाल भ्रमण गरे.

      Reply
      1. Som says:
        January 7, 2013 at 9:06 am

        ल तपाइको कुरा माने तर बेलायेती नागरिकले नेपालको सरकारी अफिसरको पद पनि धारण गर्न पाउँछ ?

        Reply
      2. Mohan Sitaula says:
        January 7, 2013 at 9:22 pm

        तपाईको कुरा झुट हो . नेपाली पासपोर्ट बोकेर तपाई कसरि नेपाली भ्रमण गर्नु भयो ? जानत जानु भयो होला तर फर्कंदा के देखाएर फर्किनु भयो ? बेलायती नागरिकता या पस्स्पोर्ट ? नेपाल को कानुन ले दोहोरो नागरिकता दिदैंन . नेपाली पासपोर्ट बोकेर बिदेशी को नागरिक हु भन्न मिल्दैन नेपाली कानुन अनुशर . तपाई जेल पर्नु हुन्छ .

        Reply
  22. Binod Simkhada says:
    January 6, 2013 at 7:18 pm

    लहरो तान्दा पहरो हल्लिनी भो ! यसरी दोहोरो नागरिकता लिएर बसेका धेरै नेपाली छन् | यसरी नेपालको कानुनलाई बेवास्था गर्नेलाई नेपाल सरकारले जेल हाल्नु पर्छ | अधिकांस पुर्व ब्रिटिश गुर्खा आर्मी यो लिस्टमा पर्छन | अनी यो NRN को हल्ला गर्ने साब संग दोहोरो नागरिकता छ | देश को कानुन नमान्नेले देश को विकाश गर्छु भनेर हल्ला गर्नु कति को सहि होला |

    Reply
    1. Smasher ji says:
      January 7, 2013 at 6:16 am

      Binod ji, most of the Ex-British Army and their families live in UK because they have ILR, which allows them to reside in UK but does not make them citizen. And your comment looks like you are trying to target that particular group only.

      Reply
      1. Binod Simkhada says:
        January 7, 2013 at 7:17 pm

        Smasher Ji. After you get ILR and reside in the UK for a year, one would be eligible to apply for naturalisation / British passport. I am asking how many of them have forfeited Nepali citizenship as per the rule of FDR Nepal.

        I am not targeting one particular community, as I have included NRN as well in the list. The defination of NRN in the statutory law of Nepal (206..) anyone who leglaly lives outside South Aisa for more than two years for any purpose other than studies. So, I am definately not targeting one particular community. So please be careful before you blame someone. I found it very offensive.

        Reply
        1. Smasher ji says:
          January 11, 2013 at 1:10 pm

          बिनोद जी, I agree you have mentioned NRN but you have also specifically mentioned Ex-British Gurkhas and that sounded like you have a grudge against that particular group. I’m sorry if I’ve misunderstood you, but your first comment targeted British Gurkhas in particular.

          Reply
  23. मन says:
    January 6, 2013 at 7:17 pm

    मित्रहरु,
    यंहा थुप्रै अमिल्दोहरु देखिदैछन्|
    लौ मानौ कर्नेलले ब्रिटिश नागरिकता पाएका थिए| यो सोझै किस्तीमा सजाएर एकै रातमा ब्रिटिश सरकारले दिने कुरो होइन| युके को निम्ति लड्ने गोर्खा सैनिकहरु अनि लडेर ज्यान दिने गोर्खा सैनिकहरुका परिवारले समेत यु के को नागरिकता वा यु के मा बस्न चाहन खोज्दा नेपाल संग कुनै त्यस्तो दिनलायकको सम्बन्ध नभएको भनेर भने| अभिनेत्री जॉअना लुम्लेले त्यो भनाईलाई कानुनी चुनौती दिंदै सफलतापुर्बक संघर्ष गर्न पर्यो|

    एउटा नाथे अरुले स्पन्सर गरेको छोटो भिजिटमा जाँदा त् ब्रिटिश राजदुतावासले नालीबेली तीन पुस्ते बैंक खाता कोट्याएर हेरी केरकार गरेर मात्र दिन्छन| विदेशको सेनामा अधिकृत भएको व्यक्तिलाई कसरी नागरिकता दिएको हो वा जन्मजातै ब्रिटिश नागरिक हुन् त्यो खुला गर्नु पर्यो|
    नेपाली सेनामा अधिकृत भएको ब्रिटिश सरकारलाई थाहा थिएन भन्न चाइने मिलेन|
    उसो भए के अफगानिस्तान वा पाकिस्तानका बहालवाला सैनिकलाई पनि विवाहको नाताले ब्रिटिश नागरिकता दिने?
    कुमार लामाले बहालवाला सैनिक अधिकृत हुँदा कसरी ब्रिटिश नागरिकता लिए वा पैले देखिनै थियो त्यो पनि बुझिनसक्नु छ| उनलाई त्यसो भए डबल कारवाही हुन्पर्यो|
    मन्दिराजी र उँहाका एनजीओलाई सम्भवत यो पहिले नै ज्ञान भएको हुनसक्छ, जब कि हाम्रो सरकारलाई किन थाहा भएन वा थाहा भएर पनि मौन रहे?
    साँचै नै लहरो तान्दा पहरो गर्जिने भो| जबसम्म सबै तथ्यहरु पकडा परिएका व्यक्तिका वकिलको तर्फबाट पनि आउँदैन तब सम्म भन्न गाह्रो हुने भयो|
    तर हाम्रो नेपालको मिलोसेभिट्जहरुले पनि विदेश भ्रमण गर्न अघि सोच्नपर्यो| भ्रष्टचारीहरुलाई पनि बिदेशमै पक्रन कानुन बनाए कसो होला?
    अब पालो चै ज्ञानेन्द्र, प्यारजंग, रुक्मागत र उबेला को को प्रहरी हाकिम थिए उनीहरुको पनि आउने भयो|

    Reply
  24. मदन मणि says:
    January 6, 2013 at 7:09 pm

    कुरा कडा निस्क्यो है। विदेशीलाई नेपाली सेनामा जागिर ख्वाइरहेको छ कसले- तुरुन्त कारवाही होस्।

    Reply
    1. Ramkumar says:
      January 6, 2013 at 9:43 pm

      सन् २०१२को मिस नेपाल हुने केटीको पनि ब्रिटिश नागरिकता छ, किन उसलाई नेपाली को भाग खोस्न दियियो ? किन बिदेशी भैसकेकी केटी ले मिस नेपालमा सहभागी हुन पाई, यसको पनि उत्तर दिन सक्नु पर्यो |

      Reply
  25. prakash thapa says:
    January 6, 2013 at 6:42 pm

    ओहो येदि यो कुरा साँचो हो भनेत नेपाली सेना मा ठुलो भुइञ्चलो जानेछ | अनि पक्कै पनि बेलायेत मा घर बनाउदा त भ्रस्टाचार पनि गर्नु पर्यो होला नि सम्पति छानबिन पनि हुन्छः होला तर जे भयो साह्रै राम्रो भने हाम्रो असफताला कारण हरु पर्दाफास हुन्छन नि

    Reply
    1. mahesh says:
      January 7, 2013 at 12:22 am

      अल्बर्टो फुजिमोरी १० बर्ष पेरु मा रास्ट्रपति भयो, जापान मा भागेर गए पछि पेरु ले सुपुर्दगी माग गर्यो, उ संग त जापानिज नागरिकता रहेछ त्यो पनि १५ बर्ष पहिले को, अनि जापान ले भनिदियो कि आफ्नो नागरिक लाइ बिदेशी भुमि मा सुपुर्दगी गर्देन. अर्थात् जापानिज नागरिक १० बर्ष सम्म पेरु को रास्ट्रपति(निरकुश) भएर हाली मुहाली गरेको रहेछ. शायद लामा को केश पनि तेस्त हो कि?

      Reply
  26. yash says:
    January 6, 2013 at 6:41 pm

    अझै साथीहरु हिक्म्यान एण्ड रोजको प्रेश बिज्ञप्तिमा विश्वास नलागेर ‘यदि लामाले बेलायतमा नागरिकता लिएका हुन् भने ….” भनेर लेख्दैछन बा ! भुत्राको ‘यदि’ हो ? ऋषि धमलाको प्रेस बिज्ञप्ति हो र शंका जाहेर गर्नु ? | बेलायती कानुन अन्तर्गत दर्ता गरेको कम्पनीले बेलायतमा रहेर झुटो प्रेस बिज्ञप्ति निकाल्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने त्यहाका सोलिसिटरले बुझेका छन् | अब नेपालको चेपागाडा बाबुराम सरकारलाइ पर्नु अफ्टेरो पर्यो | नपरोस पनि किन ?, हत्त न पत्त क्रान्तिकारिता देखाउदै प्रोटेस्ट नोट बुझाउनु परेको थियो | फेरी यो देशमा त जे गरे नि हुदो रैछ बा ! सेनाको अधिकृत भैसक्दा पनि उ बिदेसी नागरिक भैसकेको व्यक्ति हो भन्ने न त सेनाले थाह पाउछ , न सरकारले | क्या लाज मर्नु |

    Reply
    1. Lokendra Khapung says:
      January 6, 2013 at 7:19 pm

      दास मानसिकता भएका केही नेपालीहरुले बेलायतीहरुले जे भने पनि पत्याई हाल्नु र आफ्नो देशको सरकारलाई चेपागाडा सम्झिनु कुनै अनौठो होइन । त्यहि बेलायती बिबिसी वर्ल्ड सर्भिसले सन् २००१ मा “नेपाललाई भारतमा गाभे कसो होला” भनेर वेबपेजमा छलफलका लागि प्रश्न पोष्ट गरेको थियो । नेपालीहरूले ब्यापक बिरोध गरेपछि हटाएको थियो । बेलायतीहरु उनीहरुका गुलाम भारतीयहरुप्रती सधैं नरम हुन्छन् भने नेपाल र नेपालीलाई जे भने पनि हुन्छ भन्ठान्छन् । कतिपय बेलायती त यस्ता पनि छन्, जो नेपाल र तिब्बतवीच फरक नै छुट्याउन्नन् ।

      हिक्म्यान एंड रोज भन्ने बेलायती ल-फर्मले कर्णेल कुमरा लामा बेलायती नागरिक भनेर गरेको दाबी सोह्रैआना गलत छ भन्ने होइन, उसको दावी सही हो वा होइन भन्ने संबन्धित निकायबाट प्रमाणित हुनुपर्छ भन्ने हो ।

      हो कर्णेल लामाले बेलायती नागरिकता लिएको भए नेपाली सेना र नेपाल सरकारले समेत उनलाई कानूनी कार्बाही गर्नुपर्छ । सेना जस्तो महत्वपूर्ण सेवामा खटेका कसैले विदेशी नागरिकता सुटुक्क लिनु राष्ट्रघाती काम हो।

      Reply
      1. Aakar Bhushan Nepali says:
        January 6, 2013 at 8:54 pm

        नेपाललाई भारतमा गाभ्ने कुटनीतिक (जाली) अभियान संचालन गर्नु भन्दा त बरु नेपाल र तिब्बत बीच फरक छुट्टयाउन नसक्नु नै पो कम हानिकारक लाग्यो होउ बन्धुहरु हो मलाई त |

        Reply
      2. yash says:
        January 6, 2013 at 9:47 pm

        बेलायति कानुन अन्तर्गत दर्ता भएर ,कुनै फर्मले कुनै गलत बिज्ञप्ति जारि गर्नु भनेको उक्त फर्मको लागी बिपत्ति निम्त्याउनु हो | त्यही भएर पत्याइएको हो | यो नेपाल होइन महासय | बाबुराम सरकार कत्ति छिट्टो हतारमा निर्णय गरेर फुर्सदमा पछुताउछ भन्ने उदाहरण त ‘१ करोड र हिराको हार बसमा भेटेर फिर्ता गरिदिएको हौवा फिजाउने काम न काजकि झल्ली अनुजालाइ सरकारी तवरबाटै धन्यबाद ज्ञापन गरिएको बिर्सनु भएको छैन होला नि ?| अनि यस्तो बाबुराम सरकारलाइ चेपागाडा नलाग्नु केहि ऋषि धमलाका पिछलग्गुहरु लाइ स्वाभाविक हो |

        Reply
        1. Hari Gajurel says:
          January 6, 2013 at 10:35 pm

          तोइत् यो यश कति हावा भएको हौ
          जे कुरामा नि बाबुरामलाई जोडिदिने ? त्यो अनुजा बानियाँको केस २०६८ वैशाखको हो जबकि बाबुराम प्रधानमन्त्री भदौमा बल्ल भएका हुन् । त्यतिखेर त झलनाथ प्रधानमन्त्री थिए । तेइ पनि तेति बेला सरकारी तवरबाट हैन राष्ट्रपति रामवरण यादवले चैँ धन्यवाद देका हुन् । थाहा नभएका कुरामा किन बढी जान्ने हुने हो नेपालीहरु ?
          यो पढे अलि पत्याउँछौ कि

          http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=241046
          अनि हजुर, विज्ञप्ति गलत साबित भइसक्यो । वकीलले बेलायती अदालतमा नागरिकतासम्बन्धी दावी गल्तीवश प्रेस रिलिजमा परेको भनी स्वीकारिसक्यो । खै के विपत्ति आयो त ? बढी जान्ने नहोऊ के। नराम्ररी चिप्लियौ हजुर

          Reply
          1. Rijan Thapa says:
            January 7, 2013 at 8:33 am

            एकदम ठिक भन्नुभयो हरि जी,
            यो यश भन्ने जस्तै मान्छे ले गर्दा हो देश बिग्रिने || धेरै जान्ने बन्नु भन्दा पहिला राम्ररी घटना लै बिस्लेशन गर्नु पर्यो नि || बाबुराम लै कसरि गाली गरम भन्ने नै छ त दिमाग मा अनि का बाट सहि कुरा आउछ र दिमाग मा || होइन यार के भाको हामी नेपाली हरु लाइ अलि राम्रो कुरा सोच्न नै आउन्न || के बिधि भ्रस्ट भाको हामी नेपाली को मति || देश येसरी बिग्रिसक्यो अझै पनि बाबुराम कालुराम भन्दै नचाहिने कुरा गर्दै बस्छन यार || के हो यार अलि निस्पक्ष्य भएर सोच्न सक्दैनन् क्या नेपाली हरु ले || होइन यो भन्दा राम्रो त आफ्नो घरपरिवार मा बसेर मिठो कुरा गरे कति फाइदा हुन्थ्यो होला ||
            पशुपतिनाथ हामी सब नेपाली लाइ बिना पार्टी का असल जनता बनैद्येउ ||

            Reply
        2. mahesh says:
          January 7, 2013 at 12:25 am

          यो यश भन्ने मानिस कति को हावा रहेछ भन्ने कुरा त अनुजा प्रकरण कहिले भएको हो र बाबुराम प्रम कहिले भएको हो भन्ने मिति हेरे नै थाहा हुन्छ नि.

          Reply
  27. पुष्प says:
    January 6, 2013 at 6:40 pm

    बेलायती नागरिकता लिइसकेको भए ‘बालै’ भएन ! हामीलाई केको टनकटनक ! बरु विदेशी नागरिकले कसरी नेपाली जागीर खाइरहे छानबिन गरी कारबाही गर्नुपर्छ ।

    Reply
    1. मणि says:
      January 6, 2013 at 8:18 pm

      बंगाली ज्वाई को जर्मन सासु को बारे के धारणा छ महोदय? यिनी त एउटा सरकारी कर्मचारी मात्र, मिस जोस्ट त उपप्रधानमन्त्री? लौ गरौ कारबाही, तयार छन् अर्का पुष्प उर्फ प्रचण्ड?

      Reply
      1. mahesh says:
        January 7, 2013 at 12:26 am

        मणि जी
        तिनलाई उप प्रम बनाउने को होला? त्यो पनि निर्बाचित सरकार लाइ राजिनामा दिन बाध्य बनाएर!

        Reply
    2. Luna says:
      January 7, 2013 at 2:35 am

      पुष्प जी र मणि जी
      तपाईहरु दुबैको प्रतिक्रिया असाध्यै घत लाग्यो .
      ठुलालाई चैन सानालाई ऐन त्यसै किन भन्थे र हाम्रो नेपालाँ ———-

      Reply
      1. Rijan Thapa says:
        January 7, 2013 at 8:35 am

        यसै गरि निस्पक्ष्य रुप मा बिस्लेशन गर्न पर्यो लुना मुना जी || 😉

        Reply
  28. अनोज शाक्य says:
    January 6, 2013 at 6:28 pm

    वास्तविक कुरा नबुझी सरकारी तहबाट यसरी बिरोधगर्न नहुने थियो त्यो नेपाल सरकारको कमजोरी हो । बेलायतको भतुवा नेपालको कर्णेल ?त्यस्तै भतुवाहरु धेरै छन । भुपु भकभके प्रधानमन्त्रीसँगपनी अमेरिकाको ग्रीनकार्ड छ भन्ने कुरा सुनेको छु । नेपालका धेरै नेताहरुले बिदेशी नागरिकता होला । वास्तवमा बाबुराममात्र एक सच्चा नेपाली नेता हो ।

    Reply
    1. kedar says:
      January 6, 2013 at 8:11 pm

      बाबुरामको पनि भारतीय राशन कार्ड छ कि ? खोजी गर्नु परो नी, कि कसो ?

      Reply
      1. Rijan Thapa says:
        January 7, 2013 at 8:37 am

        लौ यो केदार लाइ त एकदम पारो ताते जस्तो छ शेरे लाइ गाली गर्दा || यो केदार, महेश, शिशिर, हर्के, जस्ता पार्टी का तत्तु हरु ले हो देश लाइ खाडल मा हाल्न महत्वोपुर्ण भूमिका खेलेका

        Reply
      2. yam pun says:
        January 7, 2013 at 4:53 pm

        करिब करिब सबै भाते नेपाली नेताहरुसंग भारतीय रासन कार्ड मात्र होइन, तिनिहरुसंग भारतीय भाषण कार्ड पनि छ किनकि दिल्लीमा भारतीय नेताले बोलेको भाषण जस्ताको तस्तै नेपालीमा अनुवाद गरि सिंहदरबारमा लाज पचाई पचाई बोल्ने गरेको हामी सबै नेपालीहरुले देखेकै त हो नि!

        Reply
    2. मणि says:
      January 6, 2013 at 8:21 pm

      हो एकदम सहि भन्नु भो अनोज जी, बाबुराम एक सच्चा भारतीय मनका नेपाली नेता हुन्! नभए २०५२ मा तेत्रो डिमाण्ड गरेका यिनले एउटा पनि भारत सम्बन्धि कुरा खै गरेका?

      Reply
  29. bibek dhakal says:
    January 6, 2013 at 6:24 pm

    अब त यो केस स्टार प्लस मा आउने हिन्दि सिरियल भन्दा बढी नाटकीय हुन थाल्यो ! हेरम अब लास्टमा के हुनी हो!!

    Reply
  30. Lokendra Khapung says:
    January 6, 2013 at 5:55 pm

    हिक्म्यान एंड रोज भन्ने बेलायती ल-फर्मले “The suspect currently resides in the UK, having been granted British citizenship” भनेर लेख्यो भन्दैमा कर्णेल कुमार लामाले बेलायती नागरिकता लिएको भनेर ठोकुवा गरिहाल्न मिल्दैन । सम्बन्धित निकायहरुमा बुझ्नु जरुरि छ । नेपाल सरकारले बेलायत सरकारलाई औपचारिकरुपमा सोधेर कर्णेल लामाले बेलायती नागरिकता लिए-नलिएको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । अथवा बेलायतमा बसेका साथीहरुले अनौपचारिक रुपमा सो तथ्य पत्ता लगाउन सक्नु हुन्छ ।

    हिक्म्यान एंड रोज भन्ने ल-फर्मले आफ्नो मुद्धा दह्रो बनाउनका लागि कर्णेल लामालाई बेलायती नागरिक भनेको पनि हुन सक्छ । कमसेकम मलाइ चाहिं कानुनब्यावसायिहरुसंग कमै विश्वास लाग्छ । उनीहरु आफ्नो मुद्दा दह्रो बनाउन जस्तोसुकै तर्क र कुतर्क गर्छन्, अथवा जस्तोसुकै हथकण्डा अपनाउँछन् ।

    Reply
    1. vijay says:
      January 7, 2013 at 3:39 am

      तर्क कुतर्क गर्लान वकिल ले, मान्छु ! तर अदालत मा प्रमाण पेश चै कसरि गर्ने नि महोदय ? बेलायत का वकिल ले नि नक्कली रेसिडेण्ट पर्मिट पेश गर्लान भनेर मलाई चाही विश्वास लाग्दैन है !!

      Reply
  31. Kabi Nepali says:
    January 6, 2013 at 5:44 pm

    यदी लामाले बेलायति नागरिकता लिएका हुन् भने नेपालि सेनाको जागिर कसरी खाइ रहेका छन्? यस बारेमा अब खोजीनिती हुनुपर्यो. यदि यो कुरा साच्चो हो भने नेपाल सरकारले पनि उनीमाथि मुद्दा चलाएर कारबाही गर्नु पर्छ. पहिलो मुद्दा त् उनीमाथि मानाबधिकार हनन गरेको नै हुने भयो. दोस्रो नेपाली नागरीकता नत्यागी बिदेशी नागरीकता लेयिको र तेस्रो नेपाली सेना मा नेपालको नागरिक नभई कन सेवा गरेको. नेपालि सेनाले पनि खोजीनीती गर्नुपर्यो कि यदि अरु पनि कोइ बिदेशी नागरिकता लिएका मानिसहरु ता नेपाली सेनामा जागिर गरिरहेका छैनन्?

    Reply
  32. गगने says:
    January 6, 2013 at 5:42 pm

    अझै कति के के कुरा खोलिन बाकिछ गाठे!
    लहरो तान्दा पहरो फोरियो भनेको यसैले हो!
    अब यदि यसो हो भने ति तमाम मान्छेहरु जो कुमार कर्णेल लाइ पक्रेकोमा बेलायत बिरुद्द रोष राख्दै रास्ट्रियताको राग अलाप्दै स्वोधिनता अनि हस्तक्षेप केके भन्दै नरसिंगा फुक्ने लगायत हाम्रो देशको राजनैतिक पार्टी लगायत सरकार आदिलाई उल्टो लोप्वा ख्वाउनु पर्ने भयन त, ईईईईई स्स्स्ल्ल्ल्ल्ल्लाआआ भनेर?
    दोहोरो नागरिकता भनेर मच्चिने एन आर एन हरुलाई त गज्जब पो भो त बाबै!
    भन्न पाइने भो ल अब यसैबाट दोहोरो नागरिकतालाई मान्यता दिउ भनेर!

    Reply
    1. Rijan Thapa says:
      January 7, 2013 at 8:53 am

      ल लोप्पा त अब गगने को मुख को छाला जाने गरि नै फर्किने भयो आफैलाई || नागरिकता को कुरा त झुटो पो ठहरियो त || ल तैयार होउ फर्केको लोप्पा खान को लागि ||| क्या छौ हामी नेपाली जनता धन्य हो ||

      Reply
      1. गगने says:
        January 11, 2013 at 5:22 am

        मित्र राम्रो संग पढ्नुस अनि दिमाग लगाउनुस हावामा बेतुकको मुख फर्काउने होइन गगनेलाई ओ के.
        माथि मैले भनेको छु “यदि यसो हो भने” भनेर त्यो भनेको के हो बुझ्नुहुन्छ?
        यी भुराहरुले समय नाश गरिदियर हैरान गर्ने भयो भन्या!

        Reply
  33. xyz says:
    January 6, 2013 at 5:34 pm

    Mr. Narayan Kazi, now it is your turn to be Pazi. For Baburam we can just say ram ram now.
    What a shame on Nepali Army – where is the sovereignty of Nepali nation?
    Mero desh bechera khane haru, hosiyaar. He might have taken British Citizenship to evade possible actions in Nepal, we need through checking on other suspects, this includes Maoists leaders as well. Why are Maoists leaders tempted going abroad?

    Reply
    1. Rijan Thapa says:
      January 7, 2013 at 8:54 am

      नारायण काजी पाजी होइन पाजी त तिमि हामी जस्तो सबै नेपाली जनता हौँ ||

      Reply
  34. Ujjwal says:
    January 6, 2013 at 5:30 pm

    If so, then he should also be prosecuted in Nepal for not suspending his Nepali citizenship.

    Reply
    1. jeevan verma says:
      January 6, 2013 at 7:54 pm

      and being in senior post in a sensitive organisation without telling the truth

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme