Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलायती ल फर्मले झुटो विज्ञप्ति पठाएर भ्रममा पार्‍यो

Posted on January 7, 2013January 7, 2013 by Salokya

कर्णेल लामाको बेलायती नागरिकता नभएको पुष्टि

युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको बेलायती नागरिकता भएको भन्ने दावी गलत रहेको पुष्टि भएको छ। ३ जनवरीमा उनलाई प्रहरीले पक्रेकै दिन यो मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइरहेको फर्म हिकम्यान एन्ड रोजले उनीसँग बेलायती नागरिकता रहेको दावी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यसको भोलिपल्ट नेपालको एनजिओ एडभोकेसी फोरमको वेबसाइटमा पनि सोही व्यहोराको प्रेस विज्ञप्ति राखिएको थियो। तर दुवै संस्थाले झुटो प्रेस विज्ञप्ति जारी गर्दै प्रेसलाई भ्रमित पारेको पुष्टि भएको छ। यसबारे मैले हिकम्यान एन्ड रोजलाई त्यही विज्ञप्तिमा राखिएको इमेलमा जानकारी मागेको थिएँ। इमेलको जवाफ दिँदै फर्मका सिभिल डिपार्टमेन्टका पार्टनर केट मेनार्डले यसो भनिन्-

इमेलमा उनले प्रतिवादी बेलायती नागरिक भएको भन्ने सन्दर्भ गलत परेको पुष्टि गरेकी छिन्। साथमा उनले कर्णेल लामाकी श्रीमतिसँग भने बेलायती नागरिकता रहेको र कर्णेलसँग बेलायतमै अनिश्चित कालसम्म बसिरहन पाउने अनुमति (ILR भिसा) भएको दावी गरेकी छिन्।

यो इमेलमा जवाफ पठाएसँगै हिकम्यान्ड एन्ड रोजले आफ्नो वेबसाइटमा ३ जनवरीमा राखेको प्रेस विज्ञप्ति पनि सच्याएको छ। सच्याइएको विज्ञप्ति यस्तो छ-

आज यसरी सच्याउनुअघि हिजो ६ जनवरीसम्म अर्थात् तीन दिनसम्म राखिएको झुटो विवरणसहितको विज्ञप्ति यस्तो थियो-

विज्ञप्ति पुरानै मितिमा सुटुक्क संशोधन गरे पनि यस्तो गल्ती भएको थियो है भनेर माफी माग्ने वा सूचना दिने काम वेबसाइटमा गरिएको छैन। माइसंसारले चासो नराखेको भए विज्ञप्ति सच्याउने पनि थियो कि थिएन कुन्नि!

कर्णेल लामासँग नभई कर्णेल लामाकी श्रीमतिसँग बेलायती नागरिकता रहेको दावी अब यो फर्मले गर्न थालेको छ। साथमा उसले कर्णेलसँग बेलायतमै अनिश्चितकालसम्म बस्न पाइने (ILR भिसा)भएको नयाँ दावी पनि गर्न थालेको छ।

नेपाली सेनाले भने २१ दिनको विदा मात्र उनीसँग रहेको बताउँछ। सेनाले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्र संघको दक्षिण सुडानस्थित मिसन (अनमिस)मा सिनियर मिलिटरी लियाजन अफिसरको रुपमा कार्यरत लामा डिसेम्बर २१ देखि जनवरी ६ सम्म २१ दिनको बिदा स्वीकृति लिई औपचारिक कागजातका साथ परिवारका सदस्यलाई भेट्न बेलायत जानुभएको हो।’

यदि बेलायती ल फर्मको नयाँ दावी सत्य हो भने श्रीमति वा परिवार अर्को देशको नागरिक भइसकेको व्यक्ति, आफै पनि विदेशको स्थायी बासिन्दा हुन तयार भइसकेको व्यक्ति अर्को देशको सेनाको उच्च तहमा रहन कतिको नैतिक हो ? योबारे पनि बहस उठाउन जरुरी छ।

अपडेट १

ILR चाहिँ कसरी पाए ?

नेपाली सेनाका बहालवाला कर्णेलले ILR चाहिँ कसरी पाए भन्ने प्रश्न पनि तल प्रताप थापा लगायत केही पाठकहरुले उठाएका छन्। ILR भनेको अरु देशको PR जस्तो भिसा हो। ILR भनेको बेलायतको आधा नागरिक हो भनेर बुझ्दा फरक पर्दैन। पूरै नागरिकले पाउने right of abode (बन्देजबिना बेलायतमा बस्न पाउने अधिकार) नभएको तर पढ्न र रोजगारी गर्न बन्देज नभएको अनि बेलायतमै अनिश्चितकालसम्म बसिरहन पाउने अधिकार हो ILR। यस्तो ILR पाउन लामो समयसम्म बेलायतमै बसेको हुनुपर्छ।

UK border agency को साइटमा राखिएको सूचनामा लेखिएको छ-

No more than 180 whole days absence are allowed in any of the five, two, three or four
consecutive 12 month periods, preceding the date of the application for indefinite leave to
remain (ILR).
The specified continuous period is counted backwards from the date of the ILR application.
For example, if the date of application is 11 November 2012, the consecutive periods would
be as follows:
Year 1 11 November 2012 to 10 November 2011
Year 2 11 November 2011 to 10 November 2010
Year 3 11 November 2010 to 10 November 2009
Year 4 11 November 2009 to 10 November 2008
Year 5 11 November 2008 to 10 November 2007
विस्तृत जानकारीका लागि क्लिक गर्नुस्

१८० दिनभन्दा बढी बेलायतबाहिर बसेको हुन नहुने प्रावधान रहेछ। अब नेपाली सेनाको बहालवाला अधिकृत भएर कर्णेल लामा त्यति धेरै समय बेलायतमा कसरी बसे होला त ? त्यसरी त्यति लामो समय विदा नेपाली सेनाले दियो होला त ? अचम्म छ।

अपडेट २

यसरी पाएका हुनसक्छन् ILR

तल ‘प्रकाश’ले गरेको कमेन्ट अनुसार कर्णेल लामाले यसरी ILR पाएका हुनसक्छन्-

स‌ंसारका देशहरूमा कतिपय कानूनी छिद्रहरू छन् तिनले कतिपय चलाख रणनीतिकार र केवल आफ्नो व्यक्तिगत स्वार्थ पुरागर्न खोज्नेलाई भित्र छिर्ने बाटो दिन्छ। यो लेखकले बेलायतमा करिब दश वर्ष दोभाषेको काम गरिरहेको छ र बृटिश अध्यागमनको पाटो पाटो र छिद्र बारे जानकारी राख्छ।
सेनामै रहँदा केही समय बेलायतमा पढ्न बसेका लामाले नर्स श्रीमतीलाई वर्क पर्मिट लिए वा नक्कली नाममा शरणार्थी बनाएर बेलायतमा स्थायी बसोबासको व्यवस्था मिलाए। त्यसपछि उनले श्रीमतीको आवासीय अधिकारको उपयोग गरेर डिपेन्डेन्ट भिसा लिए र त्यसको दुई वर्षपछि उनले बेलायत नबसे पनि बेलायतमा पहिला भित्र आउनेको मात्र रेकर्ड हुने बाहिर गएको रेकर्ड नराखिने स्थितिको फाइदा उठाउँदै बेलायतभित्र बसेको डिक्ल्येयर गरेर आइएलआरका लागि आवेदन गरे र उनको भिसा आइएलआरमा परिणत भयो। बेलायतमा नबसिकन पनि कतिपय मानिसहरू आइएलआर लिन र बेलायती नागरिकता लिन सफल भएका धेरै उदाहरणहरू मसित छन्। अहिले त्यस्तो स्थिति अलि छैन र बेलायती नागरिकता लिन प्रत्यक्ष अन्तरवार्ता दिनुपर्ने र बेलायत बाहिर बसेर बेलायती नागरिकता लिन नसकिने स्थिति बनाइएको छ। तर पनि अझै त्यसमा छिद्रहरू छन्। उनको पूरा कमेन्ट तल पढ्न सकिन्छ।

42 thoughts on “बेलायती ल फर्मले झुटो विज्ञप्ति पठाएर भ्रममा पार्‍यो”

  1. बसन्त says:
    January 9, 2013 at 6:42 am

    मैले अलिकति नबुझेको कुरो “डिसेम्बर २१ देखि जनवरी ६ सम्म २१ दिनको बिदा” यति बिचमा २१ दिन पुग्छर?

    Reply
  2. Ramesh Kaji says:
    January 9, 2013 at 3:38 am

    Simple छ
    प्राबिधिक कुराहरु court ले clear गर्छ
    अनि बालुरम र पचपन्न को कुरा यस्तो छ है:
    हामि माओबादि तेल्लाई समात्यो भनेर कराको हैन, हामि माओबादि लाई नियम, कानुन, लाज, देश, भन्ने अलिकति पनि हुदैन, हाम्लाई हाम्रो शरीर, हाम्रो Swiss बैंक, इंडिया, Hongkong , Singapore रहेको पैसा डुब्ला भन्ने मात्र डर हो (Switzerland जादा समातिने भैयॊ)
    नसमितिने हो भने अहिले हामि न्यु योर्क आऊत, यहाँ हाम्रो बिरोध्गारने हरु फूलमाला लिएर एरपोर्ट आउछन

    Reply
  3. ram parsad says:
    January 8, 2013 at 10:19 am

    बेलायतले लास्तईहेप्यो है हामी नेपालीहरुलाई, अस्ट्रेलियाको नागरिक जुलियन असाङ्गे जसलाई स्वीडेनमा बलात्कार को आरोप लागेको छ अनि जसको बिरुद्ध इन्टरपोलदेखि समेत गिरफ्तारी को लागि खोजी गरिएको छ तेस्तो ब्यक्तिलाई बेलायतमा रहेको Ecuador Embassyमा बिना कुनै पर्बाह बस्नदिएको छ। अनि एकजना नेपाली आर्मीको कर्नेल जो सुडान स्थित संग्युक्त राष्ट्र संघको शान्ति मिसन मा कार्यरत ब्यक्ति जसलाई बेलायत मा पारिवारिक भेटघाट को लागि आफ्नो श्रीमती छोरा छोरी भेट्न गएको बेला नेपाल मा गरिएको भनिएको युद्ध अपराध को आरोप मा पक्राउ गरि यातना दिएको भनी मुद्धा चलाइएको छ। अब यो बिदेशीहरुले नसक्ने हरु संग त देखे पनि नदेखे जस्तो सुने पनि नसुने जस्तो गरिबस्छ बिदेशी को के कुरा गर्नु।अब आफ्नै देश को नेपाली (मन्दिरा शर्मा ) जस्ता ब्यक्ति जो बिदेशी को पैसा मा मोज गर्न अनि सोझा साझा ब्यक्ति लाइ (प्रचण्ड, बाबुराम , सुशिल ,माधबकुमार भन्दा सोझो ) बलीको बाख्रा बनाई बिदेशी पैसा खान पल्केकोहरु लै म के भन्न चाहन्छु भने यदि तपाईहरुले यातना दिएको आरोप मा एकजना कर्नेल बिरुद्ध मुद्धा चलाउन सक्नुहुन्छ भने नेपाल मा भएको हत्या अपहरण बिरुद्ध मा आवाज उठाउन सक्नुहुन्छ कि हुदैन ? नेपाली क्रान्तिको नाममा गरिएको हत्या हिंसाको नायेके प्रचण्ड बाबुराम जस्ता ब्यक्ति लै कानुन बमोजिम सजाय दिलाउन सक्नु हुन्छ कि हुदैन?

    Reply
    1. xyz says:
      January 8, 2013 at 4:29 pm

      It is not possible for the British Government to enter into the embassy of Ecuador even when the embassy is in London. We must appreciate the works of the British Government though it is belated and of belittle. Look we are already having the impact – the gruesome murders of Dekendra Thapa is already underway, Mr. President is pushed for clearing the bills on Truth and Reconciliation, soon we can expect many more events unfolding in Nepal.

      Reply
  4. अनुराधा पौडेल says:
    January 8, 2013 at 4:41 am

    मेरो बिचारमा जुनसुकै सेनाको ठूलो मानिसलाई आफ्ना परिवारका सदस्य बेलायतमा राख्न मन हुन सक्छ त्यसैले त्यो उनको पारिवारीक मामिला हो । कुरा मुख्य के हो भने उसले त्यसरी बिदेशमा परिवार राख्दा भ्रष्टाचार गर्यो कि गरेन या राष्ट्रघात गर्यो कि गरेन भन्ने कुरा हो । सैनिक कानूनले परिवारका सदस्यलाई बाहिर राख्न रोकेको अबस्थामा भने यो सरासर गलत हुन आउँछ । तरपनि सेनाका बिशिष्ठ श्रेणीका मानिसहरु बाहिरिनु भनेको सेना भित्रको सूचना पनि बाहिरिनु हुन सक्छ कहिलेकाँही । श्रीमती र बच्चाहरुलाई छाडेर उनको मात्र कुरा गरौँ न यदि उनले बेलायती नागरिकता लिएका थिए भने त्यो ठूलो राष्ट्रघाती कुरा हुन्थ्यो ।

    माथि साथिहरुले भन्नुभएको ILR भिषा फ्रान्सको carte de séjour जस्तै लाग्यो । लोग्ने या स्वास्नी एउटाको carte de séjour भएमा स्वास्नी या लोग्नेपनि त्यसैको आधारमा carte de séjour पाउँछन् । यो पाउनलाई यहाँ कुनैपनि कन्डिशन छैन । जसलाई यहाँ Regroupement familiale गरिएको अर्थात परिवारका सबै सदस्य एकेठाउँमा जम्मा हुने अबसर दिइएको (जुन मानवअधिकार भित्र पनि पर्छ) भन्छन् । मेरो बिचारमा बेलायतमा पनि यस्तै सिस्टम छ र यहि सिस्टम अनुसार उनले ILR भिषा पाएका हुन् । carte de séjour को मतलब फ्रान्समा रहन र काम गर्न सक्ने हो तर फ्रान्सेली नागरिक भन्ने होइन । यसको अबधि हेरी हेरिकन एक महिना देखि १० बर्ष सम्मलाई हुन्छ । बेलायतमा बरु कति महिना देखि कति बर्षलाई हुन्छ माथि साथिहरुले लेख्नुभएको छैन । उहाँहरुका अनुसार यो अनिश्चितकालिन हुन्छ भन्नुभएको छ । यस्तो भिषा भएका मानिसले भोट हाल्ने बाहेक अरु सम्पूर्ण अधिकार यहिँकै नागरिक सरह पाउने भएकोले मेरो बिचारमा कर्णेलले पनि यो सुबिधा पाउँछन् । यहाँको नियम अनुसार यो भिषा पाएपछि दुइ बर्षमा फ्रान्समा फर्किएन भने यो अधिकार स्वत गुम्छ ।
    साथिहरु एउटा कुरामा क्लियर हुन पर्यो । अरुको देशमा बस्ने अधिकार पाउनु भनेको नै यहाँको भिषा पाउनु हो । भिषालाई बिभिन्न नामले पुकारिन्छ देश अनुसार । यहाँ बस्ने भिषा पायो या लियो भन्दैमा उ नेपाली नहुने हैन । उसले देशको सेवा गर्न मिल्दैन भन्नु हुँदैन । अनि म नेपाली नेपाली नै हुन्छु त्यसैले तिम्रो सुबिधा लिन्न भन्नपनि त मिल्दैन बिदेशमा बसेपछि । बिदेशको सुबिधा पनि लिने अनि नेपालको पनि लप्प चाट्ने मन हुन्छ भनेर प्याच्च भन्ने चलन छ नेपालमा । तर कानूनले यहाँ बस्न दिएपछि यहाँको सरकारको सिस्टम भित्र छिर्नै पर्छ । बिदेशीएको नेपालीले बिदेशको नागरिकता लिएको खन्डमा उसले सरकारी सिस्टममा रहेर काम गर्न पाउने नपाउने भन्ने छावनिन र बहसको बिषय हो ।

    Reply
    1. balaram says:
      January 8, 2013 at 1:51 pm

      त्यो आइ एल आर ….को के .कुरा गराई भो र ? श्रीमान या श्रीमती मध्ये कुनै एक ले त्येहा को सिटिजन लिएपछि उस को डीपेन डेन्ट मा गएका उनका श्रीमान या श्रीमिति ले पाउछन !
      बेलायेत को कानुन ले आइ एल आर लिएपछि लगातार त्येही नै बस्नु पर्छ भनेको पनि छैन २ वर्ष भन्दा बढी बाहिर नबस्नु मात्रै भनेको छ ! उनि आफै पढ्न को लागि त्येहा १ – २ वर्ष बसिसकेका रहेछन ! आफ्नी श्रीमती भेट्न हरेक दिन या महिना मा या ७२९ दिन भित्र प्रवेश गरे यथाबत रहने कुरा रह्यो !

      “नेपाल मा सुमार्गी ले जागिर नदेको झोक मा एन्सेल को टावर फुटाए जस्तै ब्रिटिस एम्बेसी को भित्तो उधिन्दा कसो नाछाडला र ? : – ) किकसो नेपाल का मित्र हरु ?

      देश मै कानुन बनाएर मुद्धा को छिनोफानो गर्या भे आज यो स्थिति आउने त थिएन ! यु के को कानुन लाइ अब नेपाल का नौटंकी का पतुरिया हरु ले कसरि डिल गर्नेहुन हेर्न बाकि छ ! सरकार को अध्यादेश लाइ बदनियत पूर्ण जबर्जस्ति रोकेर राख्ने रास्ट्रपति ले नै येश को जिम्मेवारी लिनु पर्दछ !धेरै कुरा मा छानिक हिरो गिरि देखाइएको छ रास्ट्रपति द्वारा त्येश ले आगत का वर्ष हरु मा एउटा नराम्रो नजिर स्थापित गर्ने छ ! र त्यो नजिर ले देश लाइ कालान्तर सम्म अस्थिर नै बनाउने छ !सरकार चाहे जसको होस् ….. सरकार ले नै सबै काम गर्नु पर्छ! गर्न पाउनु पर्छ ! येस्ता हिरो गिरि गर्ने त्यो एड्वोकेसी फोरम लाइ कानुनी कारबाही गरि त्येस्ता एन जी ओ हरु लाइ बिघटन नै गर्नु पर्छ ! यहा सवाल देश को छ ! देश को इज्जत को छ ! चाहे लामा दोसी हुन या नहुन !

      Reply
      1. balaram says:
        January 8, 2013 at 2:44 pm

        बुढी सिटिजन हो भने त्येस्त आइ एल आर जहिले पनि पाइन्छ ! एक पटक पाएर ढुस भए पनि फेरी पाइन्छ ! बसर्त बुढी ले आफ्नो लोग्ने को पहिचान कानुनी रुप मा पूर्ण गरेको होस् !

        Reply
  5. शशांक लामा, न्युयोर्क says:
    January 8, 2013 at 4:41 am

    कुरो र कुलोलाई जता लगेपनि हुन्छ – कुमार लामाजी यस अघि पनि श्रीमतीलाई भेटन UK बारम्बार जानु भएको होला, कारण श्रीमतीलाई एकचोटी मात्र भेटेर पुग्दैन| त्यतिबेला उनलाई किन नसमातेको? अहिले आएर समात्नुको पछाडि उनको प्रमोशन हुनेबेलामा उनलाई कसैले छिर्के हाल्न त खोजेको त होइन ? केहि भन्न सकिन्न! नेपालमा काइते काम प्रशस्त हुन्छ र एक किसिमको काइते कल्चर नै पो हुर्केको छ !

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      January 8, 2013 at 9:22 am

      युग्द्ध अपराधी कै कसुरमा समात्नु थियो भने आज सम्म कुर्नु पर्दैनथ्यो, यो कुमार लामाको त्यसपछिको पहिलो विदेश भ्रमण पनि त होइन /

      Reply
    2. jeevan verma says:
      January 9, 2013 at 4:40 am

      अहिले आएर समात्नुको पछाडि उनको प्रमोशन हुनेबेलामा उनलाई कसैले छिर्के हाल्न त खोजेको त होइन ?

      अरु कुरा जे होस्, धेरै साथी हरु बाट हामीलाई के थाहा भो भने कुमार लामा युद्ध अपराधी चाही हुन् | त्यसकारण उनको पक्ष्यमा बोल्नु पर्ने कुनै कारण देख्दिन | तर यो मेरो नितान्त व्यक्ति गर विचार हो किन भने मेरो कुनै राज नितिक संलग्नता पनि छैन र जातीय समर्थ – मेरो जीवन को सिधान्त भन्नु नै सत्यको पक्ष्य मा वकालत गर्नु हो |

      Reply
  6. Ramkumar says:
    January 8, 2013 at 1:58 am

    यो सबै हावा, अफवाह वा सत्य कुरा जे जसले गरे पनि सम्पूर्ण दोष हाम्रो नेपाल सरकारको हो | नारायण काजी, उपेन्द्र यादव, प्रकाश चन्द्र लोहनी, सुजाता कोइराला जो पर-राष्ट्रमंत्री भए पनि वा जे जति गृहमन्त्री भएपनि कति मान्छेले बिदेशी नागरिकता लिएका छन्, त्यसको तथ्यांक सार्वजनिक गर्न किन सकेनन, त्यो अचम्म लाग्दो छ | जसरि उमेशजी ले एउटा इमेल गरेर वा फोन गरेर बेलायती ल फर्मबाट सूचना आदान प्रदान गर्नु भो, त्यो सबै मंत्री र सचिवले गर्न सक्ने कुरो हो | नेपालको राजधानी र भारतको राजधानीमा धेरै बिदेशी दूतावास हरु छन् र राजदूतहरुसित बारम्बार नेपालका मन्त्रीहरुको भेटघाट भै नै रहन्छ | मेरो खास कुरा के हो भने इमेलबाट वा फोनबाट ती बिदेशी नियोगमा निवेदन हालेर उनीहरुको देशले ककसलाई (नेपालीहरुलाई) हालसम्म उनीहरुको देशको नागरिकता र पासपोर्ट दिएको छ त्यसको विवरण (डाटाबेस) मागे त भैगो नि | अनि त्यसरी प्राप्त जानकारीलाई गर्वका साथ गृह वा परराष्ट्र मन्त्रालयका वेब साइटमा राखिदिनु | सूचनाको हक भनेकै त्यै त हो, कि सारा नेपालीलाई थाहा होस् कि को बेलायती, को अम्रिकन, को बेल्जियन, को फ्रेन्च सबै प्रष्ट भै हाल्छ | माइ संसारका धेरै पाठक मित्र हरुले भने जस्तो ५०% भन्दा बढी NRN हरुले बिदेशी नागरिकता वा ग्रीन कार्ड पाई सकेका छन्, तर किन उनीहरु पर्दाको पछाडी बसेर कराई रहेका छन् ? गर्व ले भन्नुस न म अमेरिकन भएँ, म त बेलायती भएँ भनेर | उता दार्जिलिंग, सिक्किम, भुटान, आसाम, डुअर्सतिरका नेपालीहरु छाती ठोकेर हामी भारतीय नेपाली (गोर्खाली) भनि रहेकै छन् त | मेरो अनुरोध के छ भने माइ संसारले पनि यस विषयमा सम्बन्धित मन्त्रालयलाइ घचघचाई बिदेशी नागरिक भएका नेपालीहरुको सूचि प्रकाशित गर्न गराउन पहल गर्नु पर्यो | अनि पो नेपाली विकिलिक्स बन्न सकिन्छ | उमेशजीलाइ मेरो यही New Year मेसेज र अनुरोध छ | मंत्री र सचिवले केही गर्लान जस्तो छैन, किनकि NRN को निम्तो मान्न फेरी फेरी विदेश जान पाउदैनन तेसो गरेमा | उनीहरुलाई सबै थाहा हुनु पर्छ, र कर्नेल लामाको केसमा पनि को बिदेशी को स्वदेशी थाहा हुनु पर्छ तर तैं चुप, मैं चुप |

    Reply
  7. Hillman, Myagdi says:
    January 8, 2013 at 1:35 am

    सर्वप्रथम त कुनै पनी मानवले अर्को मानव प्रति गर्ने सबै प्रकारको हिँसा अपराध हो! कर्नेल लामा नेपालको सेनाको हाकीम र राष्ट्रसेवक भएको हुदा, नेपाल र नेपालको नागरिक प्रती उनी व्यक्तिगत वा सांगठानिक, दुवै रुपमा जिम्मेवार हुन पर्छ! यसर्थ लामा जस्तो अहोदामा बसेको सैनिकले कुनै पनी नागरिक लाई हिरासतमा लीई शारिरिक वा मानसिक यातना दिनु वा हत्या गर्नु जघन्य अपराध हो! मानव अधिकारको हनन हो! यदी लामाले यो अपराध गरका छन् भने बेलायत नेपाल जाहाँ भए पनी उनले सजाय पाउन पर्छ! लामा मात्र नभएर जनयुद्दका समयमा सरकार पक्ष वा विद्रोही पक्षका जस्ल्रे पनी जनयुद्दका नाउँमा गरेको युद्द अपराधको सजाय पाउने पर्छ!

    कर्नेल लामा लाई बेलायतको प्रहरीले किन पक्र्यो भनेर विवाद गर्नु वा बेलायत लाई सरापेर संकीर्ण मानसिकता दर्शाउनु उचित होईन! किन भने प्रथमत, बेलायती प्रहरीले कर्नेल लामा लाई नेपाली भूमिमा न पक्रेर उसको आफ्नै भूमिमा पक्रेको छ! दोस्रो कुरो लामा विरुद्द अपराध गरेको भनि आरोप लगाएर नेपालीले नै मुद्दा दिएको अवस्था छ! यसर्थ बेलायतले आफ्नै भूमिमा मुदा परेको आधारमा उसको आफ्नो कानुन अनुसार कर्णेल लामा लाई पक्रेको छ! यसमा विवाद गर्नु कुनै तुक छैन! यस बाहेक यदी कर्णेल लामा बेलायतको अनिश्चितकालीन प्रवेशाज्ञा (ILR) प्राप्त व्याक्ति हुन् भने त झन् उनि अर्ध बेलायती नागरिक नै भए! यस्तो अवस्थामा उनलाई त नेपाल मै बसे पनी बेलायती कानुन लग्छ!

    स्मरण रहोस मानव अधिकार हनन सम्बन्धी मुद्दामा कर्णेल लामा मात्र होईन, संसारको कुनै पनी मुलुकका नागरिक विरुद्द बेलायतको अदालतमा परेमा र सो व्यक्ती मुद्दा परे पछि बेलायत प्रवेश गरेमा बेलायती प्रहरीले कुनै पनि अवस्थाममा पक्राउ गर्छ!

    यसर्थ नेपालका राजनैतिक पार्टीहरुले लामाको पक्षामा सस्ता भाषण दिई जनतामा भ्रम छर्नु भन्दा नेपालको मानवाधिकार कानुन लाई चुस्त बनाई इमान्दारिताका साथ लागु गर्ने र जति पनी अपराध गरेकाहरुलाई दण्डित गरेमा मात्र विदेशमा नेपालको शाख रहला! होईन भने आज्ञा कर्णेल लामा परे! भोलि कटुवाल पार्लान! पर्सी प्रचण्ड पार्लान! यस्ता धेरै छन् नेपालमा! होस् पुर्याउनु परो!

    रह्यो कुरो कर्णेल लामाको अनिश्चितकालीन प्रवेशाज्ञ (ILR) यदि उनकी श्रीमती बेलायती राहदानी वाहक हुन् (कसरी यो छुट्टै विषय हो) र सरकारी कर्मचारी हुन् भने (स्टाफ नर्स) कागजी प्रक्रिया पुर्याए श्रीमान र नानीहरुले कानुनत अनिश्चितकालीन प्रवेशाज्ञ (ILR) पाउने अधिकार छ! उनि हरु नपाउञ्जेल बेलायतमा बसेको हुनु पर्ने होईन!

    बुझ्नु पर्ने कुरो के भने कर्णेल लामाले अनिश्चितकालीन प्रवेशाज्ञ (ILR) बेलायत बस्दा बेलायती गृहमन्त्रालय बाट लिएको हो भने उनले १ वर्षको अवधिमा ३ महिना गरेर मात्रा बेलायत बाहिर बिताउन पाउछन नेपाली सेनामा कार्यरत रही रहन पाउने कुरो भएन! यदी श्रीमती मार्फत नेपाल स्थित बेलायती राजदुतावास बाट लिएको हो भने दुई दुई वर्षको अवधिभित्र छोटो समयका निमित्त एक पटक बेलायत प्रवेश गरे हुन्छ! यसो भएमा नेपाली सेनामा कार्यरत हुनु कुनै बाधा हुदैन! र यसो गर्नु उनलाई बेलायत र नेपाल दुवै देशको कानुनले बन्देज गर्दैन! किन भने अनिश्चितकालीन प्रवेशाज्ञ (ILR) बेलायती नागरिकता होईन! राजनैतिक अधिकार बाहेकको अनिश्चितकालीन प्रवेशाज्ञ हो!

    Reply
    1. neerose says:
      January 9, 2013 at 6:18 pm

      आधा आधि कुरा त हो तर अझै राम्ररि मिलेन साथै अलिक भ्रमात्मक भयो साथीको कुरा!
      पहिले त यो ILR भनेको अनिश्चितकालिन प्रबेशाज्ञ होइन, अनिश्चितकालिन प्रवेशाज्ञालाइ त ILE भनिन्छ (Indefinite Leave to Entry )
      ILR भनेको अनिश्चितलाइन बसाइको लागि छाडियको हो, अनिश्चितकालि बस्न पाउने भिषा हो! यो पनि एक किसिमको भिषा नै हो तर सेटलमेण्ट तर्फको तर ILE सेटलमेण्ट भिषा होइन ! सो प्राप्तगर्ने व्यक्ति बेलायतमा सिमित कन्डिसनमा (क्राइम आदि बाहेक) आफुलाई मन लागुन्जेल बस्न सक्दछ र कानुनले दियको काम कुरो गर्न पाउदछ! अनि एकाध बर्ष पश्चात उसले बेलायति नागरिकता र पासपोर्ट माग निबेदन गर्न पाउदछ! यो प्राप्तगर्ने व्यक्ति दुइ बर्षमा कम्तिमा एक पटक बेलायत आगमन हुनुपर्दछ! तर
      ILE अनिश्चितकालिन प्रवेशाज्ञा चाहि बेलायत जतिपटक पनि जान आउन पाउने तेस्को लागि फेरी प्रवेशाज्ञा लिनु जरुरि नपर्ने तर बेलायत मा एक पटक जादा एउटा निश्चित समय भन्दा बढी बस्न पाइदैन र बेलायत बाट बाहिरियर फेरी जान सक्दछ र यसमा काम कार्यको सम्बन्धमा पनि निकै बन्देज छ ILR मा जस्तो फुकुवा छैन!
      अधिक जानकारी आबस्यक भय इमिग्रेसन कन्सल्ट्याण्ट कहा सम्पर्क गर्नु होला!
      वा मलाइ सम्पर्क गरे मैले जानेको र थाहा पायको जानकारी दिउला हुन्छ?

      Reply
  8. madan bajracharya says:
    January 8, 2013 at 12:47 am

    झुठो विवरण त्यो पनि ल फर्म बात!!! आरोपित कर्नेलले आफुलाई बिस्वमै मानव अधिकारको हनन गर्ने देसको नागरिक बनायर बेईज्जत गर्यो भनेर मुद्दा राखुन तव नतिजा राम्रै देख्ने छन् बिस्वमा काला जातिलाई कमारा ठान्ने सेता सुँगुरहरुले/

    Reply
  9. श्रेया नेपाली says:
    January 7, 2013 at 11:34 pm

    नेपालमा युद्दकालमा तेती ठुला ठुला मानाबधिकार हननका घटनाहरु घटे, कति निर्दोष मान्छेहरुलाई एकै चिहान बनाए दुवै पछेले. हिरासतमा राखेको देखि श्रम सिविरमा राखेकासम्मलाई मारे. हुन त भोग्ने मान्छेलाई यी लामाले दिएको यातना पनि कम्ता दर्दनाक थिएन होला, तर अरु तेत्रा नरबधको तुलनामा तेती धेरै आंग सिरिङ्ग हुने खालको चै होइन. अनुमान न हो, कतै लाठिले पिटेर पानीमा डुबाएर यातना दिदा स्थानियस्तरमा उपलब्ध साधनको प्रयोग मात्र हुने, तर बेलायेत, अमेरिका लगाएत देशका अत्याधुनिक हतियारहरुको कत्ति पनि उपयोग नभएर आफ्नो अर्थतन्त्रमा नै गडबड आउने हुदा सबक सिकौनको लागि लामालाई पकडेको त होइन? नत्र लामाकै पालामानि गोरुसिंगेमा मारिने निर्दोषहरुको त लामै लिस्ट रहेछ त, बन्दुकले मारेको चै ठिकै हो, तर पिट्न, चिसो पानीमा रातभर डुबौना चै पैदाना है भनेको जस्तो देखिने के अरु तेत्रो तेत्रो अपराध छोडेर अलि सानोलाई आधार मानेर उजुरी गरेको देख्दा.

    Reply
    1. Yam Chand says:
      January 8, 2013 at 1:25 am

      तर मेरो विचारमा त कर्नेल लामा ले आफ्नो कर्तब्य निभाएका हुन्. युद्ध कालमा समातिएका आतंकवादीलाई के जुवाई सरह राखिन्छ कि क्या हो? उता पत्रकारलाई जिउदै गाडेको समाचार आइरहेको छ, के यो युद्ध अपराध होइन? पाकिस्तानमा दिनहुँ जसो द्रोन हमलामा कतिका निर्दोष नागरिक मारिएका छन्, के त्यस्ता काम युद्ध अपराध होइनन? खोइ त कसैले कारवाही गरेको?

      Reply
      1. श्रेया नेपाली says:
        January 8, 2013 at 6:07 pm

        येमजी बन्दीलाई ज्वाई जस्तो मासुभात त सधै खुवैदैना होला, तर माटो पनि त खुवैदैना. म त्यो यातनालाई अपराध मान्छु चाहे त्यो मओबदिलाई गरेको होस् या माओबादीले गरेको होस्? येदि ति २ जना माओबादि रहेनछन भने चै तपाई पनि युद्द अपराध मान्नु हुन्छा? कि माओबादिले भने जस्तै अन्न पिस्दा घुन पनि पिसिंछा भन्ने गफ दिनुहुन्छ?

        Reply
  10. Raman says:
    January 7, 2013 at 10:13 pm

    साथीहरु, एकक्षणलाई लामाले युद्द्ध अपराध गरे गरेनन भन्ने तिर नजाऔ| गरेको भए सजाय पाउनुपर्छ| तर यो मुद्दा जसरी हिक्मान एण्ड रोजले प्रस्तुत गरेको छ त्यसमा शंका गर्न पर्ने ठाउँ थुप्रै छन्|
    प्रथमत हिक्मान एण्ड रोजले त्यस्तो गलत सुचना राखेर मुद्दाको हेराईमा मोड नै फरक हुने गरी भ्रमित पार्ने र सुटुक्क सच्याउने कार्यले सो फर्मको विश्वसनीयतामा ह्रास आएको छ|
    ल फर्मले पछि बाट थपेर क. लामाको श्रीमतीको ब्रिटिश नागरिकता छ भनेर खुलासा गर्नुको सन्दर्भ र उदेश्य के हो?
    अब हिक्मान रोजको यो कुरा पनि पत्याउने कि नपत्याउने?
    श्रीमान अभियुक्त बनाउने ल फर्मले श्रीमती निर्दोष छन् भने उनको बारेमा पनि
    असान्दार्भिक सुचना थप हालेर मुछ्ने चलन बेलायतमा कैले देखि छ त्यो त्यँहा बसोबास गर्नुहुने महानुभवहरुले कृपया थाहा भए अनुसार खुलाइदिनुहोला| अनर्थमा भोलि आएर निर्दोष छोरा छोरी परिवार सबैलाई मुछ्न पनि सक्नेछन| संचार माध्यमले खोजी गरेर सन्दर्भमा लेखेको भए अर्कै कुरो हो तर ल फर्मले पछि बाट माई संसारले औंल्याएपछि आफ्नो त्रुटी सच्याउन यो जानकारी दिनुको उदेश्य बुझ्न सकिन्न| माफ माग्नु छैन अझ उल्टो पुरानै मितिमा सच्याउने? माईसंसारले फलो अप नगरेको भए त्यसै लत्याउने थियो|
    किन यस्तो हेपाहा प्रबित्ती?
    मन्दिरा शर्मा र यंहाको एड्भोकेसी फोरमले यसको जवाफ दिन पर्यो|

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      January 7, 2013 at 11:47 pm

      यो घटनाको सबै भन्दा ‘तोड’ त माओवादीलाई पो पर्या छ त बा…….दुनियाका छोरा जिंउँदै खाल्टोमा पुर्नेहरु यो बेलायती कारवाही लाइ अहिले ‘गोरे र खैरे’ को रंगमा सराप्दै छन् ! के लाज पचाएर बोल्नु नि मिडियामा थुक्क मुला नाथेहरु ?? नाटक पनि सुहाउँदो पो गर्नु त, हत्याराले आफुले हत्या गरेको स्विकार्दा..लौ हाम्रा सोझा कार्यकर्तालाई फसाउन लागे भन्न सक्ने पाखण्डी हरुको के कुरा गर्नु ? यो केशमा आफ्नो तर्फ बाट पूर्ण अध्ययन गरेर आवश्यक आधार प्रमाण सहित मर्यादित ढंगले अगाडी बढ्नु पर्नेमा जनयुद्द कालमा जनताको सम्पत्ति लौरोमा रातो कपडा बानेर कब्जा गर्न गए जस्तो गरि राजदुतलाई घुर्क्याउञ्छन…..पहिलो कुरा त अपराधीलाई आफ्नै देशमा कारवाही गर, आफुले गरेको गल्तिको सजाय भोग…. होइन कति पो कुर्ने हो जनताले अब पनि ? हिंजो अर्काको अगेनाको ढेंडोमा ज्यान पाल्नेहरु आज टाउको दुख्दा बैंकक ? घांटी सोज्याउन जापान ? हिजो हाम्रा दाजु भाइलाई शिवपुरीमा जिंउँदै गाड्ने र ढुंगाले किचेर मार्न लगाउनेलाई बढुवा गर्ने हत्याराहरु आज दिउसै अन्धकार देख्दै छन् ! यिनको प्राण टुप्पीमा पुग्या छ ! भन न मुला काइतेहरु हामीलाई अब विदेशीका दलाल भन…बेलायतिका एजेन्ट नै भन केहि फरक पर्दैन अब त त्यो त समयले देखाउला को हो नेपाली भनेर त , किनकी हिंजो माओवादीका नाममा हाम्रा दाजु-भाइ मार्ने र प्रहरी,सेना वा सुराकीको आरोपमा हाम्रा दाजु-भाइ मार्ने तिमि मुलाहरु एउतै कित्तामा त छौ आज….केवल मुखुण्डो फरक-फरक भिरेर नयाँ तरिकाको बिजनेस न गरेका रहेछौ ! लामाले जति देशको नागरिकता लिने हो लेउन बालै भएन तर जाकोस बेलायतले २० बर्ष कुनै नेपाली सेना वा कुनै भौगोलिकता, रंग र जातमा नभई एउटा अपराध गरेको अपराधि दोषीको रुपमा र ति पिडितको आत्मलाई केहि राहत त मिलोस !

      Reply
  11. पुष्प says:
    January 7, 2013 at 9:10 pm

    थरिथरिका विदा छन् नेपालमा । १८० दिन विदा मिलाउनु कुनै ठूलो कुरो होइन । त्यसैले उक्त ल फर्मको दावी झुठो नहुन सक्छ । विदेशी भइसकेका थुप्रै नेपालीजस्तै यिनका बारेमा यिनका नजिककाले समेत थाहा नपाएको वा नदिइएको हुनसक्छ । त्यसैले यदि यो दावी सही हो भने नेपाल सरकारले तुरुन्त पदमुक्त गरी आफ्नो टाउको दुखाउन बन्द गरे हुन्छ ।

    Reply
    1. कृष्ण says:
      January 8, 2013 at 8:32 am

      अग्नी सापकोटालाई मन्त्री बाट तुरून्त बरखास्त गरी कारबाही चलाउनु पर्छ त्यो युद्द अपराधिलाई कि कसो?

      Reply
      1. पुष्प says:
        January 9, 2013 at 9:04 am

        अग्नी सापकोटालाई कारबाही गर्ने नगर्ने भन्ने जिम्मा सत्यनिरूपण आयोगलाई मात्र छ । जसको गठनको प्रक्रिया कांग्रेसी भैया रामवरणको मा अड्किराखेको छ । यदि तपाईंले भनेसरी कारबाही प्रक्रिया अगाडी बढाउने हो भने यहाँ कारबाही गर्ने मान्छे नै हुनेछैन ।

        Reply
  12. Prashanta says:
    January 7, 2013 at 8:59 pm

    कर्णेल लामाले कसरी कानूनी रूपमा आइ एल आर पाए त बेलायतमा ? यो प्रश्नको उत्तर कतैबाट पनि आएको देखिएन। उमेशजीले त त्यस कुरा पत्तालगाउन अनुसन्धान पनि गर्नु भएन जस्तो लाग्यो।

    स‌सारका देशहरूमा कतिपय कानूनी छिद्रहरू छन् तिनले कतिपय चलाख रणनीतिकार र केवल आफ्नो व्यक्तिगत स्वार्थ पुरागर्न खोज्नेलाई भित्र छिर्नेबाटो दिन्छ। यो लेखकले बेलायतमा करिब दश वर्ष दोभाषेको काम गरिरहेको छ र बृटिश अध्यागमनको पाटो पाटो र छिद्र बारे जानकारी राख्छ।

    सेनामै रहँदा केहि समय बेलायतमा पढ्न बसेका लामाले नर्स श्रीमतीलाइ वर्क पर्मिट लिए वा नक्कली नाममा शरणार्थी बनाएर बेलायतमा स्थायी बसोबासको व्यवस्था मिलाए। त्यसपछि उनले श्रीमतीको आवासिय अधिकारको उपयोग गरेर डिपेन्डेन्ट भिसा लिए र त्यसको दुइवर्षपछि उनले बेलायत नबसे पनि बेलायतमा पहिला भित्र आउनेको मात्र रेकर्ड हुने बाहिर गएको रेकर्ड नराखिने स्थितिको फाइदा उठाउँदै बेलायत भित्र बसेको डिक्ल्येयर गरेर आइ एल आरका लागि आवेदन गरे र उनको भिषा आइ एल आरमा परिणत भयो। बेलायतमा नबसीकन पनि कतिपय मानिसहरू आइ एल आर लिन र बेलायती नागरिकता लिन सफल भएका धेरै उदाहरणहरू म सित छन्। अहिले त्यस्तो स्थिति अलि छैन र बेलायती नागरिकता लिन प्रत्यक्ष अन्तरवार्ता दिनुपर्ने र बेलायत बाहिर बसेर बेलायती नागरिकता लिन नसकिने स्थिति बनाइएको छ। तर पनि अझै त्यसमा छिद्रहरू छन्।

    धेरैलाई पत्यार नलाग्ला तर पहिले गाउँ गाउँबाट बेलायत पुगेका नेपालीलाइ शरणार्थी मात्र देख्ने अनि आफ्ना भाइ भतिजा र सालालाई विद्यार्थी भिसामा बेलायत आउन स्पन्सर गर्ने अनि तिनै लाई आफ्नै घरमा राखेर बाहिर बसेको भए पनि त भाडा तिर्नु परिहाल्थ्यो भन्दै कोठा भाडा असुल्ने मानिस अहिले हेल्प नेपालको नाममा पूर्वी एसिया देखि युरोप सम्म चिच्याइ चिच्याइ तिनै गाउँले नेपाली श्रमिकहरूसित पैसा माग्दै हात पसारेर हिँड्ने बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रमाथि छानविन गर्ने हो भने उसको र उसका सन्तानको गोजीबाट कतिवटा बेलायती नागरिकता भेटिन्छ त्यो थाह हुनेछ।

    बीबीसी मिडिया एक्सनको काठमाण्डु कार्यालयको लेखा शाखाबाट ८० लाख रूपैया नक्काली हस्ताक्षर गरि निकाल्ने र त्यो पैसा अपचलन गर्ने कार्की थरको मानिस अरू कोही होइन रविन्द्र मिश्रको कान्छो सालो हो। अहिले उसमाथि अदालतमा मुद्दा चलिरहेको छ। रविन्द्रले आफू नेपालमा भएको बेलामा पदको दुरूपयोग गरेर योग्यता नपुगेको आफ्नो सालोलाई बीबीसी मिडिया एक्सनको नेपाल कार्यालयमा भर्ना गरेकै कारण निज कार्की ८० लाख रूपै‌या पड्काउन सफल भएको हो। यो हेल्प नेपालले नेपालका विभिन्न व्यापारिक घरानाबाट लाखौँ र करोडौ उठाएर नपुगि अहिले बिदेशतिर पनि नेपालीहरूसित पैसा माग्न थालेको छ। कुन दिन बेलायती नागरिकता बोकेका मिश्र परिवारले नेपालबाट पैसा कुम्ल्याएर हिँडने हुन् भन्ने कुरा धेरैले सोचेका पनि छैनन्। नेपालमा नाम चलेका धेरै ठूला बडाहरूले कस्तो कस्तो काम गर्छन् बेलायती नागरिकता लिन कस्ता कस्ता उपाय सोच्छन् भन्ने कुरा मैले बेलायती अध्यागमन विभागमा दोभाषे काम गर्दा थाह पाएको छु। कर्णेल लामाको केस त एक साधारण उदाहरण मात्र हो।

    Reply
    1. Yam Chand says:
      January 8, 2013 at 1:46 am

      प्रशान्तजी,

      तपाइले भनेको कुरा एकदम सहि हो. वास्तवमा ब्रिटिश सिस्टम मा अझै पनि धेरै लुप होल हरु छन् र यसको फाइदा धेरै विदेशी त्यसमा केहि नेपाली पनि छन्, ले उठाइरहेका छन्. यी गोरा हरु मेरो विचारमा अलि सोझा छन्, बेलायती बैंक र सरकारलाई ठगेर काल्पनिक प्रोजेक्ट भनेर दशौँ हजार पाउण्ड लिएर अनि आफैले पुलिस लाई म त illegal तरिकाले यहाँ बसेको छु भनेर समातिन लगाएर नेपाल फर्काउन लगाउने (त्यो १०००० पाउण्ड नेपाल हुण्डी भैसकेको हुन्छ) केहि मानिस हरु मैले पनि चिनेको छु. अस्ट्रेलिया मा पनि यसै गरि झुट्ठा प्रोजेक्ट देखेर एक लाख डलर कुम्ल्याएर यता कनाडा आएको उदाहरण पनि छ. यस्ता कामहरुले गर्दा नेपालीहरुलाई यी सभ्य देशका सोझा सरकारहरुले चिन्दै छन् र विस्तारै वीसा कडा भैरहेको छ.

      Reply
  13. Binod Simkhada says:
    January 7, 2013 at 7:07 pm

    This debate has unfolded one dark secret of a lot of Nepali residing abroad. A lot of Nepali who have been living abroad have gained citizenship/passport of that country, but how many have declared to Nepal Government that they have obtained so. As per the existing law, a citizen of Nepal, one cannot hold dual citizenship. All these people barking about NRN issues fall into this category. Yes, I appreciate that they are lobbying to change the law but as it stands, one cannot hold dual citizenship as nepali citizen. One must forfeit Nepali citizenship to gain another citizenship.
    Umesh Jee, lets challange all these so called NRN leaders to prove that they have abided by this law. I know they may say there are too many people who have not abided too many law, but that reason is not an acceptable response. I would be surprised if any single NRN leaders have done it.

    Reply
  14. kamal says:
    January 7, 2013 at 6:39 pm

    @[317220245045049:kp] सदस्य @[115435715277144:b] @[493741237312141:]
    मेरा आफ्ना दुइ शब्द
    जुन देश मा लिखित कानुन नै छैन यहाँ को कानुन यति कडा छ कसै लाइ ठुलो र सानु भन्दैन हाम्रो देश मा रामायण भन्दा ठुलो कानुन को किताब छ यहाँ ठुला लाइ कानु लाग्दैन जब देश मा न्याय नपायर एउटा नेपाली बिदेशी को न्यायलय न्याय पाउन को लागि त्यहाँ को न्यायालयको ढोका ढक ढक्यउन पुग्नु पर्दछ भने त्यो देश को नागरिक हुनुमा के गर्ब गर्छ होला अनि मेरो देश भनेर किन स्वाभिमान र बहादुरीको कुरा गर्दछ होला सायद हाम्रो देश मा न्याय दिने न्यायालय र पालना गराउने निकाय भयको भय आज बिश्व मा हाम्रो देश को इज्जत मा दाग लाउने थियन होला अनि बहाल वाला सैनिक बिदेशी को भुमि मा गिरफ्तार हुने थियन होला मेरो सम्मान छ नेपाली सेना लाइ तर दुइ चार जनाले गर्दा नेपाली सेना को कमाण्ड र इज्जत मा दाग नलागोस
    जब नेपाली सेना का कर्णेल लामा बेलायत मा पक्राउ परे यस बारे नेपाल का राजनीतिक दल हरु ले एक भयर बिरोध गरे यहाँ सर्बभौम सत्ता र रास्ट्रिय अखण्डता को कुरा गरेर कुर्लिन भ्याइसक आफ्नु देश को कुरा हामीलेनै मिलाउने हो भनेर भन्न पछि परेनन् मेरो प्रश्न छ तिमीहरु लाइ तिमीहरु ले कुन सर्बभौम सत्ता र रास्ट्रिय अखण्डता को कुरा गर्दै छौ अनि तिमीहरु ले शान्ति प्रक्रियामा मा आयर कुन न्याय दियका छौ अन्याय मा परेका नेपाली दाजु भाई हरु लाई खै बेपत्ता परियका हजारौ नेपाली कहाँ छन् ?तिमि हरु लाइ सारा नेपाली को प्रश्न छ जब भारतीय सेना नेपाली को भुमि मा हात हतियार सहित आयर नेपाली हरु लाइ कुटपिट गर्दछन नेपाली चेली बलात्कार को शिखार हुन्छन त्यो बेला सर्बभौम सत्ता रास्ट्रिय अखण्डता हनन हुदैन कि कसो नेता ज्यु उ बेला को शाही सेना र बिद्रोही माओबादी तिमीहरु ले धरै मानब अधिकार हनन गरेका छौ अनि शाही सेना लाइ जनता मर्ने आदेश दिने नेपाली कांग्रेस र नेकपा एमाले पनि यसको भागीदार हुने छौ त्यसैले तिमि हरु को मुटु को धड्कन बढेको छ
    हामी ले देश बिकाश गरौला भनेर बलिदानी दियका थियौ देश लाइ यस्ता अवस्था मा पुर्याउला भनेर थियन अब नेपाली जनता चलाख भै सकेका छन् न रह्यो बाँस न बज्यो बाँसुरी आफु लाइ पिडा भयनी हाम्रो घाउ नदुखेको सम्झेका थियौ तर अब यो पिडा अन्तराष्ट्रिय अदालत सम्म लैजानु पर्दछ दरबार बाट गोलि चलाउने होस् या जनता लाइ ढाल बनायर अहिले सत्ता मा पुगेर देश लाइ कंगाल बनाउने होस् यी सबै मानब अधिकार का दोषी हुन् पहिले भनिन्थ्यो न्याय नपाय गोर्खा जानु भनेर तर अब भन्नु पर्ने बेला आयको छ न्याय नपाय युरोप जानु भनेर यहाँ गम्भीर मनबा अधिकार का दोषी लाइ राजनीतिक करण गरिन्छ दोषी लाइ झन् उच्च पदस्थ को सम्मान गरिन्छ अनि जनता लाइ भन्न पछि परिदैन कानुनी राज्य र लोकतन्त्र मित्र हरु यदि तपाई को गाऊ ठाउँ मा पनि यस्ता पडित छन् भने उनीहरु लाइ यो न्याय पाउने बाटो देखाई दिनु होला अन्याय मा परेको लाई न्याय दिनु नै सबै भन्दा ठुलो धर्म हो दोषी लाइ छानी छानी जेल मा कोच्नु पर्दछ
    धन्यबाद

    Reply
    1. jeevan verma says:
      January 8, 2013 at 7:18 am

      दोषी लाइ छानी छानी जेल मा कोच्नु पर्दछ ————
      यो १०० % सहि कुरा हो तर नेपालमा भने त्यो नै सबै भन्दा गारो काम हो किन भने पी एम देखि रास्ट्रपति सम्म सबै फटाहा/भ्रस्था छन् /हुन्

      कारबाहीकसले गर्ने ?

      Reply
  15. Aalok says:
    January 7, 2013 at 6:33 pm

    प्रताप जी,

    एक पल्ट त्यो लिंक हेरम न है:
    http://www.ukba.homeoffice.gov.uk/sitecontent/documents/policyandlaw/modernised/cross-cut/ilr-calculating-continuous/ilr-calculating-continuous.pdf?view=Binary

    तपाई ले भनेको ठिक्क छ जस्तो लग्यो मलाई!

    Reply
  16. pawan shrestha says:
    January 7, 2013 at 6:19 pm

    उमेश जी अर्को कुरा ILR VISA लिने ले आफ्नो देश फर्केको खण्ड मा प्रत्येक 2 वर्ष भित्र पुन बेलायत प्रवेश गर्नु पर्छ ! नकि 2 वर्ष भन्दा बढी भयमा भिसा valid हुदैन !

    Reply
  17. shankar says:
    January 7, 2013 at 6:15 pm

    ILR => Indefinite Leave to Remain => Permanent Residency in some countries.
    If we use leave as a verb then it means “go away from” or bida/chodnu (Nepali ma) but if we use it as a noun then it means “permission”.

    so, it means,
    Indefinite Leave to Remain == Indefinite permission to live in UK.

    Reply
  18. Pratap Thapa says:
    January 7, 2013 at 6:10 pm

    नमस्कार,

    उमेश जी मलाई एउटा कुरा राख्न मन लग्यो. हिजो ल फोर्म ले नागरिक भन्दा हुन सक्दैन भनेर एक जना साथी ले भन्नु भएको थियो. ऐले फेरि जानकारी लिन खोज्दा साथी को भनाइ अनुशार यो पनि तेस्तै हुन सक्छ भन्नु भएको थ्यो किनकि बेलायेत मा ILR पाउन त्यो बेक्ती कम मा पनि २ बर्ष बेलायेत मा नै बसे को हुनु पर्छ अर्थात् resident UK मा नै हुनु पर्छ. resident status कायेम राख्न लै १८० दिन भन्दा बन्द बढी बाहिर (UK ) बसेको हुनु हुदैन.
    तेस्को मतलब कर्नेल लामा ले तेत्रो बिदा लिएर नेपाल छोडेको हो कि हैन त्यो भुझ्नु पर्ने हुन्छ. येदि कर्नेल लामा तेती लामो बिदा लिएर नेपाल बाहिर नगएको भए ILR को लागि पनि सम्भब हुन्न मात्र एक केश मा. जस्तो ऐले पाकिस्तानी १५ बर्ष कि केटि लाइ ILR दिने कुरा उठिरहे को छ.
    कृपया सक्नु हुन्छ भने यो नेपाली आर्मी बाट पत्ता लगाउने कोशिस गर्नु होला.

    धन्नेबाद

    Reply
    1. Pratap Thapa says:
      January 7, 2013 at 6:13 pm

      मैले भन्न बिर्शे को त्यो १५ वर्षा कि केटि लै तालिबान ले टाउको मा हने को हुदा सुरक्च्या को कारण ले UK मा उपचार भैरहे को छ र उ पाकिस्तान फर्के मा तालिबान ले कारबाही गर्ने धेरै सम्भावना भएको हुदा ILR दिने कुरा उठेको हो.

      Reply
    2. bimal adhikari says:
      January 7, 2013 at 7:09 pm

      यो कुरा १००% सहि हो / यो ल फर्म ले अझै गलत सूचना दिदै छ /

      Reply
  19. Binay says:
    January 7, 2013 at 6:01 pm

    कर्णेल लामालाई नेपाल र नेपाली सेनाले सहयोग गर्नु भन्दापनि बेलायतसंग मिलेर खोरमा जाक्नु ठिक होला| राष्ट्रसेनाको गरिमामय पदमा बसेर पनि परिवारलाई विदेश पलायन गर्ने हुतिहाराले देशको लागि के नै गर्ला र? नेपालको पैसा कुम्ल्याएर बेलायती सम्राज्यबादलाई लेवी बुझाउने हुतिहारा सेना हुनु भन्दा नहुनु नै बेश !

    Reply
  20. S.Shrestha says:
    January 7, 2013 at 5:36 pm

    Thank you to mysansar, for bringing truth infront of everybody.

    Reply
  21. Sudeep says:
    January 7, 2013 at 5:27 pm

    ………..बसिरहन अनिश्चितकालीन विदा(strikeout) अनिश्चित कालसम्म बसिरहन पाउने भिसा – Umesh ji, Like the law firm you had also made a mistake but were quick to correct when someone pointed it out. Thanks. We all make mistakes.
    The most important thing in this whole saga is people who have committed human rights violation should be punished, be it Nepalese citizen or British citizen. Ok if we were a high profile country Brits would have thought many times before laying any charges. But I am happy for the fact that at least someone has been before the court somewhere and is facing the music of law. This scares many other such culprits at home.

    Reply
  22. xyz says:
    January 7, 2013 at 5:22 pm

    Hey guys, things are really getting complicated. If Mr. Lama’s wife is having British Citizenship, this will have implication on his employment status in Nepal Army. Remember, Doctor Narayan Kadka from Nepali Congress had not had his agreemo approved by the Chinese Government simply because he had a Canadina wife. You can discount this as a diplomatic issue, as Mr. Lama is a responsible officer in the Nepal Army, he must have declared the status of his wife with the Army.

    And this Kujata, sorry Sujata Koirala barking in the reporter’s club has no meaning, she should be called Miss Sujata Koirala, like Miss Benefir Bhutto, if she retains her original tilte, I do not know why she has been called as Mrs Sujata Koirala, she should be called Mrs. Sujata Jotse or something like that.

    Reply
  23. gc ghimire says:
    January 7, 2013 at 5:07 pm

    डलरे मानबअधिकारबादी माओबादीको चचेरे भाई/ बुश , टोनी अनि American र बेलायेती सेना देखि माथिल्लो दर्जाको हरुले त तेतो अपराध कति गरे कति/ आलो उधाहरण इराक मा जबर्जस्ति बम हानेर गन्न नसक्ने गरि मान्छे मारेको, अहिले पनि अफगानिस्तान, पाकिस्तान अनि अरु धेरै ठाउँ मा बेलायेती ले गरेको war crime को लागि टोनी ब्लेयेर लै चै खोइत उजुरी गरेको सर्माजी ??? कि खुट्ट काम्छ ?? बडो मानबअधिकारबादी हुनुहुन्छ सबैलाई समान बेबहार गर्न सक्नु पर्छ/
    लामा ले अपराध गरेको भए सजाएको हकदार हो उ / सजाए पाउनु पर्छ/ तर नेपाल पनि एक छुट्टै अनि आफ्नै सर्भौम्सत्ता (गरिब भएपनि ) भएको देश हो/ कर्नेललै नेपाल सरकार लै जिम्मा लगाएर उसको अपराध को प्रमाण दिनु सक्क्नु पर्यो सजाए नेपाल सरकारले नै दिन्छ/
    कानुन भनेको सबै लाइ बराबर हुनु पर्ने होइन र ??? कर्नेल लामा ले भन्दा बढी बिधिन्ग्सा अनि हत्या गरेको जो सर संसारलाई थाहा छ टोनी, बुश लाइ खोइ कारबाही ??

    किन कि उनीहरु त धनि देशका त्यो पनि ठुला मान्छे कानुन भन्दा माथि होइन त सर्माजी??? थुइक्क ………..!!!

    Reply
  24. Sachin says:
    January 7, 2013 at 4:55 pm

    Well Done Umesh and Mysansar team

    Just wanted to clarify one more thing…. “Indefinite Leave to Remain” does not really translate to “बेलायतमै बसिरहन अनिश्चितकालीन विदा”. It is just the status of the visa whereby one can stay in the UK without any restrictions to the length of the stay.
    ______________________
    धन्यवाद सचिन जी, तपाईँले दिएको जानकारी अनुसार सच्याएको छु – उमेश

    Reply
  25. Paru says:
    January 7, 2013 at 4:53 pm

    उमेश जि, खबर लाई follow up गरेर सत्य कुरा अगाडि ल्याउनु भएको मा धन्यवाद। तर एउटा सानो कुरा clear गर्न मनं लाग्यो। Indefinite leave to remain भनेर यहाँ भनिएको leave बिदा नभएर UK मा जती पनि बस्न पाउने खाल्को visa status को कुरा गरिएको हो।

    अन्य visa हरु मा limit तोकिएको हुन्छ जस्तै केही वर्स अगाडि सम्म Post Study Visa २ years को लागि valid हुन्थ्यो। जबकी Indefinite leave to remain visa मा त्यस्तो limit तोकिएको हुँदैन।

    Indefinite leave to remain (ILR) is an immigration status granted to a person who does not hold the right of abode in the United Kingdom (UK), but who has been admitted to the UK without any time limit on his or her stay and who is free to take up employment or study, without restriction. When indefinite leave is granted to persons outside the United Kingdom it is known as indefinite leave to enter (ILE).

    ****************
    धन्यवाद पारु जी, तपाईँले दिएको जानकारी अनुसार सच्याएको छु – उमेश

    Reply
    1. Prakash says:
      January 7, 2013 at 9:49 pm

      Paru ji, please give credit to the source when your post is copied and pasted from Wikipedia.

      उमेशजीलाई धेरै धन्यबाध छ, यो समचार को फलोअप गर्नुभएकोमा |

      Reply
  26. Kanchan Sharma says:
    January 7, 2013 at 4:40 pm

    सलोक्याजी, Indefinite Leave to Remain (ILR ) तपाइले भनेको जस्तो बिदा होइन | येदि UK मा ILR status मा छ भने उसले त्यहाको विसा लिरख्नु पर्दैन | ILR पाए पछि मात्र नागरिकता लागि apply गर्न सकिन्छ |
    _______________
    धन्यवाद कन्चन जी, तपाईँले दिएको जानकारी अनुसार सच्याएको छु – उमेश

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme