Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा ‘युद्ध अपराध’ गरेको भन्दै सेनाका कर्णेल बेलायतमा पक्राउ

Posted on January 4, 2013January 4, 2013 by Salokya

नेपालमा दण्डहीनता बढिरहेको बेला बेलायतमा एक ४६ वर्षीय पुरुष नेपालमा द्वन्द्वकालमा गरिएको ‘युद्ध अपराध’को अभियोगमा छानबिनको लागि पक्राउ परेको खबर बेलायती मिडियाबाट बिहीबार सार्वजनिक भयो। त्यतिबेला मानवअधिकार हनन् गर्ने माओवादी र सुरक्षा निकाय दुवैतिरका मान्छे एक पटक झसङ्ग भए होलान् यो खबर सुनेर। बीबीसी र गार्जियनका अनुसार त्यहाँको मेट्रोपोलिटन पुलिसले St Leonards-on-Sea मा रहेको घरैबाट बिहान ७ बजे ती व्यक्तिलाई पक्राउ गरेको हो। यातना दिएको अभियोगमा छानबिन गर्न उनलाई हिरासतमा राखिएको भनिएको छ। को हुन् त ती व्यक्ति ? बेलायती मिडियाले नाम सार्वजनिक गरेको छैन। बेलायती प्रहरीले पनि एउटा वक्तव्य मात्रै जारी गरेर पक्राउबारे पुष्टि गरेको छ, नाम बताएको छैन।

यस्तो छ वक्तव्यको अंश-

“Officers from the Metropolitan Police Service have today arrested a man in connection with torture allegedly committed during the Nepali civil war. The investigation is being led by the Counter Terrorism Command, who have responsibility for investigating alleged war crimes and human rights abuses, and relates to allegations of torture committed in Nepal in 2005.”

द्वन्द्वकालमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटना विद्रोही माओवादी र सरकारी सुरक्षाकर्मी दुवै पक्षबाट धेरै भएको छ। दण्डहीनताका कारण उनीहरुलाई कुनै कारबाही हुन सकेको छैन। बरु बढुवा गरिएका छन्, मन्त्री बनाइएका छन्। अहिले कुन घटनाका को पक्राउ परे त ?

बीबीसीले पक्राउ परेका व्यक्तिको सम्बन्ध तत्कालीन सरकारसँग रहेको मात्रै बताएको छ। तर नेपालमा भने उनी नेपाली सेनाका कर्णले कुमार लामा भएको खबर सार्वजनिक भइसकेको छ। अनलाइनखबरका अनुसार सुडानमा शान्ति सेनाको मिसनमा रहेका लामा बेलायतमा नर्सको काम गरिरहेकी श्रीमती भेट्न लन्डन गएका बेला पक्राउ गरिएको हो।

नेपालमा गरेको अपराधमा बेलायतमा पक्रन पाइन्छ त ?

बेलायतमा दायर गरिएको उजुरीको आधारमा उनलाई त्यहाँको प्रहरीले पक्रेको हो। बेलायतमा सन् १९८८ मा लागू भएको एउटा ऐन छ – Criminal Justice Act. यो अलि फरक खालको र विरलै प्रयोग हुने ऐन हो। बेलायतसँग गोरु बेचेको साइनो नभएको विदेशमा भएको घटना भए पनि यो कानुनले मानव अधिकारको उल्लङ्घन गर्नेलाई पक्रन र मुद्दा चलाउन अनुमति दिन्छ। यही ऐनको धारा १३४ अनुसार यातना दिएको अभियोगमा छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको हो। द्वन्द्व कालमा यस्तै अपराध गरेका माओवादी वा सेनाका कोही बेलायत आए पनि कसैले उजुरी दिएमा यही कानुन अनुसार अरु कसैलाई पनि पक्रन संभव छ।

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ कि ?

अहँ, यो विषयमा अन्तर्राष्ट्रिय अदालतमा मु्द्दा चल्न सक्दैन। किनभने नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको पक्षमा हस्ताक्षर गरेको छैन। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले नेपाललाई सो अदालतमा पठाएको भए अर्कै कुरा, चल्न सक्थ्यो। तर त्यो पनि भएको छैन। तसर्थ, नेपालमा द्वन्द्वकालमा भएका अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारभित्र पर्दैन (स्रोतः संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्तको कार्यालय)अन्तर्राष्ट्रिय अदालतको कठघरामा फलानालाई खडा गर्छौँ भन्ने राजनीतिक भाषणबाजी मात्र हो, तपाईँ-हामीहरुलाई झुक्याउने मेलो मात्रै हो।

के गरेका थिए त कर्णेल लामाले ?

राष्ट्रसंघले द्वन्द्वकालका झण्डै ३० हजार घटनाको अभिलेख अनलाइनमा राखेको छ। (यहाँ क्लिक गरी हेर्न सकिन्छ) त्यो हेर्दा थाहा हुन्छ, त्यतिबेला राज्य र माओवादी दुवैले कस्ता आङ्गै सिरिङ्ग हुने अहिले सम्झनै मन नलाग्ने घटना गरेका थिए। त्यसैमा राखिएको जानकारी अनुसार कर्णेल लामा सन् २००४ देखि २००५ को नोभेम्बरसम्म कपिलवस्तुको शिवदल बटालियनका कमान्डर थिए। त्यतिबेला कपिलवस्तुमा भएका मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेख यहाँ हेर्न सकिन्छ। लामाविरुद्ध नेपालको कुनै पनि अदालत वा सुरक्षा निकायमा उजुरी पनि थिएन। मैना सुनार हत्याकान्ड र कुख्यात भैरवनाथ गणका गणपति राजु बस्नेत (जसको प्रमोसन वर्तमान बाबुराम भट्टराई सरकारले गर्‍यो), उज्जन श्रेष्ठको हत्याकान्डमा सर्वोच्चको फैसला अनुसार थुनिनु पर्ने तत्कालीन माओवादी सभासद बालकृष्ण ढुङ्गेल आदि जस्ता केही चर्चित घटनाहरुमा लामाको नाम जोडिँदैन। त्यसो भए कसरी उनी बेलायतमा पक्राउ परे त ?

चर्चा कमाउने र डलर झार्ने मेलो मात्रै

अनलाइनखबरका अनुसार एडभोकेसी फोरम नामको नेपाली एनजिओको सक्रियतामा उनलाई त्यता पक्राउ गरिएको हो। एनजिओकी हर्ताकर्ता मन्दिरा शर्माले त भनेकी नै छिन् – हाम्रो कानुनी परामर्शमा पीडीतलाई न्याय दिने पहल भएको हो। पीडितले बेलायती प्रहरीमा प्रारम्भिक जाहेरी दिएको हो। एडभोकेसी फोरम त्यही एनजिओ हो, जसलाई काभ्रेमा १५ वर्षकी किशोरी मैना सुनारलाई सेनाले यातना दिईदिई हत्या गरेको घटनाविरुद्धको एडभोकेसीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गराइदियो र डलर बर्साइदियो। तर उनै मैना सुनारका बाबुलाई उनै मन्दिराले आफ्नो घर बनाउने काममा ज्यामीका रुपमा प्रयोग गराएको चर्चा एनजिओकर्मीहरु सुनाउने गर्छन्। त्यही घटना बेचेर कोही स्थापित भए, तर पीडितका बुबाको एक दिन सडक दुर्घटनामा मृत्यु भएको खबर आयो।

अहिले कर्णेल लामालाई पक्राउ गराइएको घटना पनि चर्चा कमाउने र डलर झार्ने मेलो जस्तो मात्रै देखिएको छ। किनभने जुन कानुनको आधारमा उनलाई हिरासतमा राखिएको छ, त्यो विरलै प्रयोग हुने कानुन हो। त्यसमाथि बीबीसी आफैले भनेको छ, ‘यस्तो केसमा अनुसन्धान अदालती प्रक्रियासम्मै पुग्दैन। किनभने अनुसन्धानकर्ताहरुलाई जुरीसमक्ष प्रस्तुत गर्न आवश्यक प्रमाण संकलन गर्नै गाह्रो हुन्छ।’ त्यसैले संभवतः यो केसमा पनि केही दिनको अनुसन्धानपछि उनलाई मुक्त गरिनेछ। घटनाले कर्णेल लामालाई बेफाइदा हुनेछ, नेपाली सेनाको छविमा पनि नकारात्मक असर पर्नेछ। यसअघि पनि एक यस्तै घटनामा संलग्न भएको भनी आरोपितलाई शान्ति मिसनबाट फर्काइएको थियो। यो घटनाको चर्चाले सबैभन्दा बढी फाइदा कसलाई होला ? त्यो त तपाईँले अनुमान लगाउन सकिहाल्नु हु्न्छ, कि कसो ?

52 thoughts on “नेपालमा ‘युद्ध अपराध’ गरेको भन्दै सेनाका कर्णेल बेलायतमा पक्राउ”

  1. Nabin Lama says:
    January 7, 2013 at 4:32 pm

    अब शेर बहादुर देउबालाइ पनि झापा काण्डमा फसाएर पैसा कमाउने हो की मन्दिर जी

    Reply
    1. Roshan says:
      January 30, 2013 at 2:45 am

      इंगलैंडमा बसोबास गर्ने मन्दिरा शर्माले एक आदिबासी जनजाति जो राज्यको आधिकारिक क्षेत्रमा उच्च ओहोदामा बसे पनि पूर्ण अधिकार प्रयोग गर्न सत्ता शासककै अनुमाति चाहिने र सत्ता शासकको अनुमाति बिना आदिबासी जनजातिका जो कोहि जुन सुकै उच्च ओहोदामा पुगे पनि केहि गर्न नसकिने र सकिंदैन पनि यो इतिहांशले नै बताउने छ। तर आज मन्दिरा शर्मा भन्ने एक बाहुन महिलाले नेपालमा चर्की राखेको आदिबासी जनजातिहरुको अधिकारको बिषयलाइ प्रतिशोधको भावना लिएर एक निर्दोष आदेश पालक ब्यक्तिको जीवन बर्बाद पारेको छ।जुन आदिबासी जनजातिले बेलायतको नागरिक र भूमिको समेत रक्षा गरेको कुरा सर्वबिद्दित छ।बेलायत सरकारले यदि आदिबासी जनजाति माथि त्यस बाहुनीको कुरा सुनेर यस प्रकारको गलत कदम चालिन्छ भने बेलायतका गोर्खा शैनिकहरू मुकदर्शक भएर रमिता हेरेर बस्न सकिने अवस्थामा छैन।बिश्व भरि छरिएर बसेका आदिबासी जनजाति मित्रहरुले यी मन्दिर शर्म भन्ने बाहुनी बाट पाठ सिक्नै पर्छ।र अव हामीले जुन जुन देशमा यी टपरे शासक दानवहरु आउँछ त्यहि देशमा अगावै रिपोर्ट गरेर थन्को लगाउनु पर्छ।राज्य सत्ता बाट आदेश दिएर गरिव नेपाली जनता मार्ने नि यिनै बाहुन हुन् देशमा आतंक फैलाएर गरिव नेपाली जनता मार्ने नि यिनै बाहुनहरू हुन्।अव अन्तराष्ट्रिय क्षेत्रमा यिनी नागरिक अधिकार,मानव अधिकार हनन गर्ने दानवहरुलाई पनि बाँकी चाहिं राख्नु हुँदैन।

      Reply
  2. Bishwaraj says:
    January 7, 2013 at 1:57 am

    लामा भएर त्यो दर्जा सम्म पुग्न नै गल्ती भएको हो त ? त्यो लामालाइ माथीबाट हुकुम दीनेहरुको कुरो कीन छैन ?

    Reply
  3. Arogya thapa says:
    January 6, 2013 at 1:20 am

    यो ब्रिटिश हरु ले नेपाल लाई हेपेको हो I सानो देश भएर अर्का को देश को बहाल वाला सैनिक को माथिलो अफिसर लाइ कारबाही को नौटंकी गरेको हो I ठुला देश का युध अपराधी हरु र आफ्नै देश का युध अपराधी हरु लाइ चाही केहि गर्दैनन् I के अमेरिकी र बेलायती सैनिक ले इराक र अफगानिस्तान मा कम युध अपराध गरेछन I उनीहरुले अफगानिस्तानी बिद्रोही को सरिर मा पिसाब गर्ने सम्म बाकी राखेनन् I अलिक समय अगाडी अमेरिकी सैनिक ले सुतिरहेको बच्चा हरु र बृद्ध हरु लाइ मारेको कुरा कता सेलायो I हेप्ने पनि एउटा सीमा हुन्छ I आफ्नु घरमा झगडा भयो भन्दै मा बाहिरी ले आएर आफ्नो मान्छे लाइ पिटेको सहन कुनै नेपाली ले सहन सक्दैन I तेस्लाई कारबाही गर्ने नै हो तर हाम्रो कानुन अनुसार न कि ब्रिटिश को I त्यो कुनै पनि हिसाब ले देश को लागि राम्रो हैन येदि सोच्ने हो भने I लामा लै देशकै कठघर मा उभ्याउनु पर्छ कुन गोरा को हैन I गोरा हरु संग देसको कुरा मा सम्झौता गर्न सकिन्न I लामा लै छुटाउनु पर्छ र देशमा सजाय तोक्नु पर्छ I गोरा हरु लाइ हेप्ने मौका नदिनुस् मानब अधिकार को नाम मा I पहिला आफुहरुले युध अपराध बन्द गरोस अनि अरुलाई पाठ सिकाउन I नौटंकी को पनि सीमा हुन्छा I सयौ निर्दोष इराकी र अफगानिस्तानी लाइ मर्दा तिनीहरुलाई केहि भएन I धेरै हास्यास्पद छ I

    Reply
  4. मन says:
    January 6, 2013 at 12:22 am

    गर्ने बेलामा दुनिया भरिका भाइ भारादार, राजा, आसेपासे, नेता, आते जाते खाते सबैले गर्यो| तर परने बेलामा पर्यो फेरि एउटा अर्को लामा| सेनामा लामाको हाकिम को थिए, उनलाई पनि उभ्याउन परने हैन? बेलायती राजदुतावासले खुशीले उनीहरुलाई भिसा दिइरहेका छन्|
    उहिले राजाको बेलामा दरवारसंग र राजकाजसंग सम्बन्धित सबै ऐरे गैरे खैरे लुइरे धुइरे चाउरे सबैले कुनै न कुनै प्रकारको भ्रष्टचार र ज्यादती गर्नसम्म गरे|
    तर जेल परने बेलामा डीबी लामा र भरत गुरुङ परे|
    मेरो तात्पर्य लामा र गुरुङले गरेनन भन्ने होइन तर किन उनीहरु मात्र|
    लामा र गुरुङ लाई थर्ड डिग्री विधि प्रयोग गरेर केरकार गरे| हातखुट्टा बाँधेर उँधोमुन्टो
    लाएर सर्प देखाई ज्यान लिने सम्म तर्साएको थाहा पाइएको छ| त्यस्तो गर्ने प्रहरीका
    रण बहादुर चन्द अहिले अमेरिकामा आवत जावत गरिरहन्छन| उनलाई पनि वारेन्ट जारी गर्ने हो कि?
    लामा पांच बर्ष कठोर जेल वास भए र पछि सामाजिक प्रतिष्ठा कायम हुने गरेर जेल बाट छुटे| कहिले सम्म हो लामा गुरुङ आदिलाई मात्र सजाय?
    फेरि पनि मेरो भन्नुको तात्पर्य कर्नेल लामाले ज्यादती गरेनन भन्ने होइन तर दुनिया भरिका देशहरुको भ्रस्ट पैसा बैंकमा राखिदिने ब्रिटिश सरकार किन मौन?
    केही बर्ष अघि मात्र हामीले पढेका थियौ नाइजेरियाका शक्तिशाली मन्त्रीले आधा अरब पाउन्ड सरकारी ढुकुटी बाट पटक पटक चोरेका थिए| त्यो पैसा उनले सुटुक्क बेलायतको बैंकमा बर्षौ देखि राख्दै आएका रहेछन| के यो कुरो ब्रिटिश सरकारलाई थाहा थिएन होला र? जब नाइजेरियामा खुल्दूली मचेर खोजि भयो तब मात्र पत्ता लाग्यो सो कुरो|
    यो जातपात को कुरो होइन तर नेपालमा सेलेक्टीभली कसैलाई सजाय हुने कसैलाई खोजि नै नहुने किन हो?
    माओवादीको आन्दोलन जात पात मै गएर तुहियो र अहिले आएर यो जातपात मै सीमित छ अब आउने आन्दोलनले जातपातको भेदभाव निर्मुल गर्नेछ|
    नेपाली सेना जातपात भेदभावको नम्बर वान पालक र रक्षक हो| प्रशासनको कुरै नगरु|
    अरु कति लेखु? हामी सबै नेपाली भएर नेपाल सरह बाँच्न सकौ| सबैले समान अधिकार भोग्न सकौ|
    हाम्रो आपसी द्वन्दलाई विदेशीले आफ्नो खाने र जुधाउने भाँडो बनाउन नसकोस| ब्रिटिश कस्तो भने रोटि मेरो मेरो भन्दै लुछालुछ गरिरहेका दुई झगडिया बाँदरहरुलाई मिलाईदिञ्छु भनेर तराजुमा रोटी राखेर जतातिर बढी पर्छ आफु खाँदै मिलाइदिन खोज्दा रोटी नै सकेपछि बाँदरहरु नियास्रो मुहार र खालिपेट लिएर जंगलमै फर्के अनि मिलाइदिन खोज्ने चै पेट र झोली फुलाएर अर्को शिकारको खोजीमा निस्के|
    जसले सुगौली सन्धि पढेको छ, उसलाई यो कुरा बुझ्न गाह्रो छैन| चंद्रशेकरले कसरि यो शर्मनाक र गोर्खालीको शिर निहुरिने सन्धिमा हस्ताक्षर गरे त्यो पनि बुझ्न त्यति गहिरिन पर्दैन| जंगबहादुर देखि चन्द्र र मोहन शम्सेर सम्मले कसरि अंग्रेज शासनको गुलामी गरेर नेपाली जनतालाई कोपरा थपाए त्यो कुरो के आफुलाई न्यायको धनी मान्ने अंग्रेजहरुलाई थाहा छैन होला?
    आपसमा जुझाऊ र शासन गर भन्ने कसले सिकाए?

    Reply
  5. abhishek bhattarai says:
    January 5, 2013 at 11:34 pm

    इतिहास हेर्नुस , पढ्नुस , संसार सब भन्दा बढी निर्दोष मान्छे क्रिस्चियन हुन् त्यसमा बेलायेती एक नम्बर मा पर्छन / त्यसपछि कम्युनिस्ट हुन् / त्यसपछि मुसलमान पर्छन / संसार क दर्जनौ मुलुक माथि आफ्नो सक्ति को बल मा यिनीहरु ले सयौ वर्ष सासन गरे / छाला सेतो र मन कालो हुने वर्ग मा बेलायेती पर्छन / यिनीहरु संसार को मनाबधिकार को आफुलाई ठेकदार ठान्छन / बेलायेती / यूरोपियन / र अमेरिकन द्वारा संचालित यौटा तथा कथित मनाबधिकार को मोही पसले ले गरेको उजुरी को आधार मा नेपाली सेना को कर्नेल को गिरफ्तारी दुर्भाग्यपुर्ण छ / यी तिनै बेलायेती हुन् जसले लिट्टे लाइ सहयोग गरेर बिसौ वर्ष सम्म श्रीलंका मा गृह युद्ध मच्चाए / लाखौ निर्दोष को हत्या गराए / अहिले अरब मुलुक मा असान्ती मचाउने कम पनि यिनीहरु ले गर्दै छन् / कहाँ गयो त्यहाँ को मानब अधिकार / आफ्नै नागरिक अर्काको भएपछि कसको के लग्छ /

    Reply
  6. bipin says:
    January 5, 2013 at 8:35 pm

    Yes, It is of course a good step. It will scare so called maoist leaders to put the step abroad from now on. No more foreign trips. Hahaha.

    Reply
  7. bibek dhakal says:
    January 5, 2013 at 5:36 pm

    राजनैतिक, राष्ट्रिय वा कुनै पनि “आफ्नोपन”लाइ पर राखेर एकछिनलाई एउटा मानव समवेदनाको दृष्टिले हेर्नेहो भने त ठिकै हो, एउटा मानव अधिकारको गम्भीर हनन गर्नेले जहाँ सुकै (जीवित छदै) सजाय पाउनु त ठिकै हो…तर आफ्नो देशको ऐनमा लेखिएको छ भन्दैमा अर्को देशको सेना को अधिकृतलाई सो देशको सरकारसंग छलफल नगरी सोझै हिरासतमा लिनु त हेपिएको जस्तो देखिएन र ? कुनै पनि देशको द्वन्द-कालमा दुवै पक्षबाट मानव अधिकार हनन हुन्छ र नेपाल पनि सोबाट अछुतो छैन. अब केहि गरि भोलि हाम्रा पररास्ट्र मन्त्रि त्यस्तै कुनै समारोहमा भाग लिन यु.के. गाको बेला यसैगरी कुनै यस्तै हत्या काण्डको लागि जिम्मेवार ठहराएर उनलाई हिरासत मा राख्न मिल्ने भयो उसो भए? फेरी कुनै हत्याकाण्ड को आरोपी( जस्तै मैना सुनार) लाइ चाही बढुवा गर्ने रे , कसैलाइ सफाई दिने (बालकृष्ण ढुंगेल ) गर्दा त यो अलिकति “foul play” जस्तो देखियो, देखिएन र?

    Reply
  8. b.k pandey says:
    January 5, 2013 at 6:46 am

    जसले पनि अपराध गरे पछि कानुन अनुसार सजाय पाउन पर्छ. तर नेपालको १० बर्से सिविल वारमा दुवै पछय बाट धेरै अपराध भएको छ. तर यिनी लाई सजाय को सट्टा बधाई दियिएको छ र त्यो गलत हो. सायद कर्नेल लामा को बेलायत मा ग्रिअफ़्तार भएको ले नेपाली युद्ध पिडित ( जनता ) ले केहि दुनिया को मंच बाट केहि राहत पाउछ होला ?????

    Reply
  9. raju says:
    January 5, 2013 at 3:06 am

    (नेपालको प्रधानमन्त्री बेलायतमा पक्राउ)— यो समाचार सुन्नु भन्दा पहिले नै ,म दुईहात जोडेर बाबुराम भटराईजू संग राजीनामाको हार्दिक अनुरोध गर्न चाहन्छु!

    Reply
  10. HIMAL says:
    January 5, 2013 at 12:54 am

    प्रचंडे, बाबुरामे, कालीबहादुर खामे, बाल किस्ने हरु जस्ता रक्त पिपसुहरुलाई पो त समात्ने ! बिचरो लामा केटोलाई समातेर के हुन्छ? यो बिलायती पुलिसलाई पनि कस्तो सिकाउनु पर्ने ?

    Reply
  11. Fugyaljen says:
    January 5, 2013 at 12:41 am

    देशमा अपराध गरेर राजनैतिक संरक्षण लिएर खुलमखुलला छाती फुलाएर िहडने आपराधीहरुलाई आफनो देशमा कार्यवाही नहुनु दुखको कुरा हो। देशमा राजनितीको नाममा प्रशस्त आपराध, भ्रष्टचार,लूटपाट,मानव आधिकार हनन भएको कुरा छलाँग हुदा पनि आफनै देशमा कार्यवाही नभए पछि विदेशीलाई गुहारनु पनेॅ हुनछ। विदेशीको पैसा खाएर देश चलाउनु पनेॅ ठाऊमा,विदेशी कै ईशारामा हरेक कुरा हुने ठाऊमा विदेशीको नै कारोबारी गदाॅ के फ़र्क़ पलाॅ र?अझ मानव अधिकार हनन गनेॅलाई मात्र होईन भ्रष्टचारी,जयानमारा,समेतलाई समातेर ICC लागेर कार्यवाही गनुॅ पछॅ।

    Reply
  12. Krishnakumar Hembya says:
    January 5, 2013 at 12:01 am

    युद्ध अपराध अभियोगमा बेलायत प्रहरीको फन्दामा परेका कुमार लामालाई जोगाउने नेपाल सरकारको कदम ठीक लागेन । मलाई लाग्छ दशवर्षे युद्धकालमा ज्यान गुमाउने १५ हजारमा १४ हजार गैर न्यायिक हत्या थियो । त्यसमा ९ हजार राज्य र ५ हजारजति माओवादीले जिनिभा कन्भेन्सन विपरित हत्या गरे । युद्धकालीन प्रधानमन्त्री गिरिजा, देउवा, प्रज्वल सँसेर कटुवालदे्खि विद्रोहीपक्ष प्रचण्डहरु यतिवेला फाँसीको फन्दामा हुनुपर्ने ।
    बहुचर्चित मैना हत्या, भैरवनाथ गणको आमहत्या, दोरोम्बा, खोटाङ चिसापानी, जोगिमारामा सैनिकले मच्चाएका कलंकित हत्याकाण्डहरु थिए । देशको पचहत्तरै जिल्लामा घरपडक, धम्की, आत्मसमर्पण गरेपछि हत्या, थुनामा यातना, बेपत्ता, गिरप्तारी, वलात्कार, अपहरण, कुटपिटजस्ता मानवता विरोधी घटना घटाएर सैनिकहरुले मानअधिकारको गम्भीर उल्लंघन गरेकाछन् । विद्रोही माओवादी र प्रहरीबाट पनि त्यस्ता घटनाहरु नघटेका चाही होइनन् गर सेनाको दांजोमा केही कमै छन् ।
    महासेनानी प्रतिनिधि पात्रमात्र हुन । उनीसंगै आफुसमेत फन्दामा पर्ने त्रासका कारण परराष्टमन्त्री आरोपितलाई जोगाउन असफल प्रयास गर्दैछन् ।

    Reply
  13. रविन says:
    January 4, 2013 at 9:49 pm

    पहिलो कुरो ब्रिटेन भन्ने यो देश नै एकदम फटाहा र अमेरिकिको पीछ लग्गू देश हो तर अमेरीका यसको तुलनामा न्यायिक हिसावले धेरै राम्रो देश हो। यो ब्रिटेनले त बिस्वका गरीव देशका जनताको शिक्षाको नाममा धेरै गरीव मानवको पैसा लुट्यो र धेरैलाई बिचल्ली बनायो। यदि तेस्को देस्को कलेज मान्यता प्राप्त थियन भने किन गरीव मान्छेका पैसा ली भिसा दियो ?
    यस्तै हो यो मानवताको कुरो लियर कर्नेललाई गिरफ्तार गरेको कुरो पनि। गोइको आंसू जस्तै। अव कुरो रह्यो यो कर्नेल भन्ने जन्तुको यो नेपालीको नाममा कलंक थियो यस प्रति सहानुभूति प्रकट गर्नु पर्ने केही छैन। यो त नेपाली सुख सुबिधा भोगेर यही ब्रिटेन को गुलाम हुन जाने नै थियो उसको त साखा सन्तान ब्रिटेन कै थिय यो पछि उतै जान्थ्यो नै।

    Reply
  14. शशांक लामा, न्युयोर्क says:
    January 4, 2013 at 9:34 pm

    कुनै एडभोकेसी ग्रुपले उजुरी दियो भन्दैमा बेलायतीहरुले अर्काको देशको मानिसलाई जथाभावी समाउन मिल्यो र ? त्यसो भए ज्ञानेन्द्र र प्रचण्ड लाइ बिदेशमा गएको बेला पक्रोस न! त्यतिबेलाका नाइकेहरु ति दुइजना थिए| दोष सबै ति दुइजनाले बोक्नुपर्छ|

    Reply
    1. पुष्प says:
      January 5, 2013 at 8:17 pm

      सक्छन भने बुस अनि ओबामालाई पनि समाउन । आतंकवादको नाउँ भजाएर कम्तीका मान्छे मरेका छन । दुइ चार सैनिकलाई कारबाही गरेजस्तो देखेर उम्किन मिल्छ ? होइन त शशांकाजी ?

      Reply
  15. पुष्प says:
    January 4, 2013 at 9:07 pm

    “शान्ति प्रक्रियालाई पूर्णता दिँदै राष्ट्रिय सहमति गरी संविधान लेखनको कार्य सम्पन्न गर्न नेपाल लागिपरिरहेका बेला बेलायत सरकारबाट हठात् भएको यस्तो कार्यले नेपालमा शान्ति कायम गर्न चाहने सबै नेपाली तथा शुभेच्छुकहरुको भावनामा चोट पुगेको मन्त्री श्रेष्ठको कथन थियो ।”
    – नेपाल सरकार

    हो, शान्ति प्रक्रिया अग्रसर देशको नागरिकलाई युद्धअपराध गरेको भन्दै समाउने वा समाउन लगाउनेहरू देशमा शान्ति नचाहनेहरू हुन् ।

    Reply
    1. Majoj says:
      January 5, 2013 at 12:02 am

      खोक्यो फेरि माओबादीको अन्धभक्त पिछलग्गुले | जेकुरालैपानी शान्तिसंग जोडेरहेरने| हिंजो प्रचण्डलाई गालामा चड्कन हन्दापानी येस्तै भनेर कराउदै थियोनि त्यो प्रभाकर भनौदो | आजफेरी| अबभोली प्रचण्ड र बाबुराम लै पखाला लाग्यो र हस्पिटल लाग्यो भने पनि शान्ति प्रक्रिया माथिको गम्भीर षडयन्त्र भनेर भुक्न बेरलागौदैना यिनीहरु | जेमुखमा औंछा तेही बोल्ने| हुनत यिनीहरुलाई human right को बारेमा केहि संबेदनशील भएपो|

      Reply
  16. dilip gurung says:
    January 4, 2013 at 8:22 pm

    साथी हो, पक्का युद्ध अपराधीलाई सम्तिएको हो भने यसमा बिरोध गर्नु पर्ने कारण म देख्दिन| चाहे को तत्कालिन सरकारी पक्ष्य होस् या बिद्रोही पक्ष्य| आफ्नै देशले सजाए दिन नसक्नु चाही दुख को कुरा हो|
    अब यसो भन्दैमा ब्रिटेन/अमेरिकाले प्रचण्ड बाबुराम जस्तालाई पनि कारबाही गर्छ भन्ने मनको लड्डु चाही घिउ सित खाए हुन्छ| यी गोराहरूले यस्तो कारबाही गर्दा उनीहरुको मुलुकलाई के फाइदा हुन्छ भन्ने पहिला हेर्छ क्या| यो मानब अधिकार र युद्ध अपराध भन्ने त बहाना मात्रै हो क्या यी भात्माराहरुको|

    Reply
  17. Basantina says:
    January 4, 2013 at 7:27 pm

    ए अपराधिहरूहो ! विदेश जाने बेलामा बिचार गर है, कतै तिमीहरुलाई पनि साढे सातले भेत्ताउला है

    Reply
  18. tulsi paudel says:
    January 4, 2013 at 6:55 pm

    ल ल अब रमाइलो हुने भयो नेपाल का यूध सरदार हरु बिदेस भर्मन मा जादा/ को को समातिने रहेछन हेर्दै जाऊ हामीहरु/ खाली डलरको खेति हो कि? अरु केहि हुने हो?

    Reply
  19. रमण says:
    January 4, 2013 at 6:39 pm

    कर्नेल जर्नेल हल्दार अमल्दार जलले अपराध गरेको भए नी धरतीको कुनै कुनामा भए नी खोजेर निकालेर सजाय दिनपर्छ| देशमा अर्का अभियोग लागेका राजु बस्नेतलाई जर्साब दिने अनि बिदेशमा नेपाली सेनाका कर्नेललाई पक्राऊ!
    सक्छौ भने पहिले रुक्मागत कटुवाल र प्यारजंगलाई पनि पक्र न! उभ्याऊ कठघरामा| १२००० मरे, हराए र कति घाइते भए| जनताको रगत हातमा भएको प्रचण्ड, बैदये, बाबुराम, ज्ञानेन्द्र चै चोखो छन् भन्ठान्नु भएको हो? द्वन्द कालमा को को थिए गृह मन्त्रि र रक्षा मन्त्रि अनि सचिवहरु उनीहरुलाई तेसै छाडिदिने?
    कुमार लामालाई उनले के अपराध गरे ती खोजी गरेर उचित सजाय दिनपर्छ|
    तर मेरो प्रश्न कुमार लामा मात्र किन? कुमार फलाना तेलाना उनीहरुलाई पनि समात| संसार भरिको युद्ध अपराधी र अर्थभ्रष्ट अपराधी अनि बेलायतमै छन्|

    Reply
  20. श्रेया नेपाली says:
    January 4, 2013 at 5:15 pm

    के गर्नु अलि सक्तिसाली मुलुक हुन्थ्यो भने हाम्रो तिनीहरुका कर्नेल जर्नेलहरु नेपाल घुम्न आउदा इराक, अफगानस्तान जस्ता मुलुकमा हेलिकप्टरबाट गोलि हानेर सयेउ बटुवा मारेको आरोपमा थुन्न हुन्थ्यो नि, भिख मागेर खाने देशलाई र त्यो देशको जनतालाई जसले पनि हेप्छ. तेही पनि गर्ब चै छ है हामीलाई नेपाली हुनुमा, सगरमाथा र लुम्बिनी जो छ..गर्ब नगरेर भयो

    Reply
  21. Harke says:
    January 4, 2013 at 3:50 pm

    रुनु न हास्नुको समाचार….तैपनि उमेश जीलाइ भने साधुबाद नदिईरहन सकिन !

    १. रुन यसकारण मन लाग्यो कि….नेपालको र नेपाली कानुनको घोर बेईजत भएको छ !

    २. हास्न यसकारण मन लाग्यो कि….अपराध गरेर नेता बनेकाहरुले अब विदेश भ्रमण गर्दा भने थर-थर काम्ने भए !

    Reply
  22. prem says:
    January 4, 2013 at 3:42 pm

    My family and relatives were killed and tortured by Maoists ( I have enough proof ) . I am going to file a case to Metropolitan Police against them ( specially Maoist leader- Prachanda, Baburam and others ) if they visit England in the future. So if you are Maoist supporter, let your leaders know about them.

    Reply
  23. kiran says:
    January 4, 2013 at 12:12 pm

    यो लेख पढे पछि मलाई माइ संसार प्रति धेरै नै खुसि लाग्यो. कान्तिपुर ले पनि प्रष्ट नपारेको घटनालाई माइ संसार ले प्रष्ट पारिदियो. धन्यबाद माइ संसार टीम लाइ.!!!

    Reply
  24. Sonam Sherpa says:
    January 4, 2013 at 11:49 am

    राजु बस्नेत प्रोमोसन हुने रुक्माङ्गत कत्तुवाला प्रोमोसन हुने कोहि सभासद हुने अनि लामा भएकै कारण थुनिनु पर्ने यो त अति भो .

    Reply
    1. suzana limbu says:
      January 4, 2013 at 7:28 pm

      sonamji are you stupid? its not kattuwal or prachanda or whatever even if the guy was limbu pode pariyar lama or basnet or whatever he would have been caught in case the complain was lodged, dont be so racist because of people like you we are dividing,if it is true that lama had tortured and did some crime during the civil war he should be punished and we should all praise the british government and this wil send a message to all the war criminals and remember there were people torturing and killing from both sides during the war and these people were not only basnet or katuwal they were lama,sherpa,limbu rai,chetri,pariyar,tharu,yadav,gurung magar,bahun and so on, do not be so cunning and blame it on just one sect, people like you try and divide the nation with your hypocritic views, एउटा मतुवाली को अर्को मुर्ख मतुवाली लाई सानो सुझाब

      Reply
    2. Suman Gurung(UK) says:
      January 5, 2013 at 6:02 am

      शेर्पा जी यो कस्तो जातिय भुत हो तपाई को ? तपाई को घरतिर कोहि धामी झाक्री होलान फ़ुकाउनुस गएर ठिक होला कि.

      Reply
  25. phpprakash says:
    January 4, 2013 at 11:40 am

    हैन विकिलिक्स ले सार्बजनिक गरेको भिडिओ हेरेपछि जर्ज बुश पक्कै पनि युघ्द अपराधी यो बन्ने मा कुनै संका छैन त्यो पनि प्रमाण सहिद | उसलाई कारबाही गर्नु पर्छ कि पर्दैन ?

    Reply
  26. रबिन्द्र राज गिरी says:
    January 4, 2013 at 8:54 am

    यो समाचारलाई सबैले बुझ्ने गरि स्पस्ट पारिदिने जमर्को गरिदिनु भएकोमा “मेरो संसार” लाई धेरै धन्यबाद |

    Reply
  27. madan bajracharya says:
    January 4, 2013 at 8:34 am

    अपराधीलाई अंगालेर दल र देस चलाउन खोज्ने नेताहरुले नेपाललाई अपराधीले सजाय नपाउने देस बनाई दियो त् हामीले तेस्तो कुनै अपराधीलाई बाहिरको देसले सजाय दियकोमा कसरि बिरोध गरूँ कसरि समर्थन गरूँ? देसको ईज्जतको निलामी गर्यो ई अपराधि नेताहरुले!!!/

    Reply
  28. Bandhu Adhikari says:
    January 4, 2013 at 7:54 am

    यो त अति भयो यार! बेलायतमा अझै East India Company को धंगधंगी बाँकि रहेको छ । नेपालमा मानव अधिकार हनन भएको हो भने नेपाल मा पो मुद्धा चलाउनु पर्छ त, बेलायतलाइ मुद्धा चलाउने अधिकार कहा बाट आयो ? अब हामीले पनि बेलायतीलाई समात्दै जेलमा कोच्नु पर्छ। यो त सरासर आफुलाई ठुलो ठानेर हामीलाई हेपेको हो । आफुलाई साम्राज्यबादीको बिरोधि ठान्ने माओबादि सारकार ले के गर्छ, हेर्न बाकि छ ।

    Reply
  29. xyz says:
    January 4, 2013 at 7:43 am

    Things are not same today. Recentlay, in US they have passed a bill in the name of a Russian Lawyer who died inside prison, he was imprioned for whistleblowing corruption charges of millions of dollar in Soviet Russia. The law allows US to take legal action against accused in US. So corrupt and human rights violators, you days are over. Soon we may expect Gyane and Paras travelling back to Nepal; Prachanda and other leaders thinking twice before they make foreign junket visits. Interesting scenario!

    Reply
  30. Suman Gurung(UK) says:
    January 4, 2013 at 7:23 am

    नेपाल को कानुन दैब ले जानुन र सत्ताधारी ले चलाउन. बेलायेत जस्तो कानुनि, आर्थिक, भौतिक पूर्वाधार को पूर्ण बिकसित नेपाल को कल्पना म कहिले पनि गर्न सक्दिन जब कि यो कुरा असम्भव भने छैन, दण्डहीनता ले पराकास्ठा नाघेको हाम्रो देश मा अब के को आस गर्नु कसको भर पर्नु????

    Reply
  31. Komal says:
    January 4, 2013 at 6:55 am

    यो लेख पढे पछि मलाई माइ संसार प्रति धेरै नै खुसि लाग्यो. कान्तिपुर ले पनि प्रष्ट नपारेको घटनालाई माइ संसार ले प्रष्ट पारिदियो. धन्यबाद माइ संसार टीम लाइ.

    कोमल

    Reply
  32. योगेश आदी, न्यूयोर्क says:
    January 4, 2013 at 6:12 am

    Nothing more than ‘Penny wise pound foolish’ an action from UK cops !!

    Reply
  33. Binod Chapagain says:
    January 4, 2013 at 5:08 am

    सालोक्य जी तपाइले मन्दिरा शर्मा को बारेमा दिनु भएको जानकारी हल्का भेयेन र? तपाई शर्मा को ठाउं मा बसेर हेर्नु होस् त – मन्दिरा ले संकट कालको बेलामा मैना सुनार को केस का लागि जसरि कम गरेकी छन् त्यो केवल केहि बीर नेपाली हरु ले मात्र गर्न सक्छन/ त्यो बेला मन्दिरा ले आफ्नो ज्यान को समेत पर्वाह नगरी मैना सुनार को केस लाई तपाई मेडिया सामु ल्याएकी हुन् / मन्दिरा लाई कुनै पनि समय सेना को बल प्रयोग गरेर अर्की मैना बनाउने सम्भावना र चुनौती नभएको हैन / मलाई एड्भोकेशी फोरम ले डलर खेति गर्छ गर्दैन थाहा छैन तर मन्दिरा को राम्रो कम को गलत ब्याख्या भएन र? मलाई त याँहा कसैले मन्दिरा संग ब्यतिगत रिस गरेको जस्तो पो लाग्यो /

    अर्को कुरा तपाई लाई थाहा होला नेपाल मा सब भन्दा धेरै डलर को खेति सरकार ले गर्छ – NGO ले त बाँकि बचेको झरेको मात्र पाहुने हुन् / यस सम्बन्धि कसैले अनुसन्धान गरि तपाईं को ब्लग मार्फत सार्बजनिक भए हामी ले थप जानकारी पाहुने थियौं /

    Reply
    1. Arjun Karki says:
      January 6, 2013 at 7:03 am

      बिनोद, मन्दिरा शर्माका प्रबक्ता

      What a posting by the spokeperson of Mandira advocate!!! Shame on you, Binod!!! Why did not you dare to write that you are a close aide of Mandira ? You think Mandira is brave. That may be true but what bravety is for? for accumulating dollars, denigrating country’s image, or fuelling conflict in the country???

      Good luck with your new job – the spokeperson!

      Arjun

      Reply
  34. Deepen says:
    January 4, 2013 at 4:25 am

    Just wondering how many such war criminals are living in UK who are guilty of abusing rights in Iraq, Afgansthan, Libia and many other countries? Who gonna arest them? Nepal Police?

    Reply
  35. Chetan Nepali says:
    January 4, 2013 at 3:49 am

    यो मन्दिरा शर्मा भन्नेको कमाइ खाने भाडो रहेछ यो एड्भोकेसी फोरम भन्ने NGO ! यस्ता बाठो कागहरुको भण्डाफोर नगरे सम्म सोझा सिधाले सजिलो सास फेर्न सक्ने छैन ! सक्छौ भने रिपोर्ट गरेर देखाउन प्रचण्डको, ढुंगेलको, राजु बस्नेतको बिरोधमा ! वाहियात !

    Reply
  36. bijay says:
    January 4, 2013 at 3:27 am

    प्रचण्ड, बाबुराम, कालीबहादुर खाम, बाल कृष्ण ढुंगेल विरुद्ध पनि येस्तै गर्न सकिन्छ कि भनेर दङ्ग परेको त , हात्ती आयो हात्ती आयो फुस्सा हुने भयो

    Reply
  37. N Bahadur Adhikari says:
    January 4, 2013 at 3:16 am

    मन्दिरा जी सक्नुहुन्छ भने जनयुद्द मा 15,000 मार्ने कमरेड प्रचण्ड र हाल प्रधानमन्त्री बाबुराम को केश मा उहा हरुलाई पक्राऊ गराउन सक्नुहोस अनि हामी तपाई को काम को कदर गर्छौ नत्र विदेशी डलर मानव अधिकार को नामम़ा झारेर खाने र साना तिना लाई मानव अधिकार नाममा अन्तराष्ट्रीय रुपमा पक्राऊ मारेर लोकप्रियता कमौने सपना नदेखे हुन्छ । तपाई को अगाड़ी बालकृष्ण ढुंगेल , अग्नि सापकोटा खुलेआम हिदैछन अनि उनिहरुले गरेको तारे होटेलको पार्टी मा तपाई सहभागी हुने अनि अहिले शान्ति सेनामा भाग लिगी राखेको कर्नेल लामा लाई आफ्नो श्रीमती भेट्न आउदा बेलायत मा पक्राऊ पार्नु भो र नेपाल र नेपाली सेनाको छवि विगार्ने काम मा लाग्नु भो , यदि कर्नेल लामा ले मानव अधिकार हनन गरेको हो भने नेपाल सरकार बाट शान्ति सेना बाट फिर्ता बोलौन लगायर सैनिक नियम अनुसार कारवाही गर्न लागौनुहोस । केही समय अगड़ी प्रचण्ड पनि बेलायत आउनु भाको थियो त्यतिखेर तपाई को आँखा माँ के अन्धो भाको थियो ? तपाई लाई थाहा छैन त्यति धेरै नेपाली को हत्या भाको दुन्द मा ? मन्दिरा जी यस्तो चोर खेल आगामी दिनमा नखेल्नु होला । तपाई ले जस्तो शिक्षा हामीले पनि पढेको छौ र युद्द अपराध सम्बन्धी कानून को हामीले पनि पढ्दै छौ केबल तपाई मात्र यसको विज्ञ होइन ।

    Reply
    1. sunil says:
      January 4, 2013 at 11:35 am

      किन सात्तो गाको जस्तो कुरा लेखेका हुन् यी अधिकारी ले मन्दिरा लाई किन धम्कि भाषा प्रयोग गर्नु हुन्छ ? तिमि पनि ज्ञाता हौ भने ज्ञाता को जस्ती भाषा हुनु पर्ने तर गुण्डा को भाषा सुहाएन

      Reply
    2. mahesh says:
      January 4, 2013 at 12:43 pm

      N adhikari ज्यु
      जनयुद्द काल भरि मस्ती निन्द्रा मा हुनु हुन्थ्यो कि? बिउझिएको भए प्रचण्ड ले १५००० मान्छे मारेको त भंदें. किन भने जो सुकै लाइ थाहा छ ९०% मानिस सरकारी सेना वा प्रहरी बात मारिएका हुन्. कि सेना प्रहरी मा हवल्दार हुनु हुन्छ?

      Reply
      1. Sudhir Jung says:
        January 4, 2013 at 8:37 pm

        Mahesh , do you mean Prachanda is not terrorist for Nepalese? or you mean, you are also member of terrorist group called Maobadi?

        Reply
        1. गगने says:
          January 5, 2013 at 5:51 pm

          ” Every war is the terrorism itself for each other committed”
          Sudhir Jung जी

          टेरोरिस्ट वा टेरोरिज्म लाई कसरी र कस्कोलागी परिभाषित गर्नु हुन्छ त्यो तपाहिको दिमाग र तेस्को द्रिस्ट्री अनि बिश्लेशण मा भर पर्छ! युद्दकालिन समयमा तत्कालिन राज्यपक्षले घोषणा गरेका आतन्ककारि हुन प्रचन्ड र माओवादी तर युद्द जितेको छ यिनीहरूले तेसैले युद्द हार्नेहरू आतंककारी हुन्छ जित्नेहरू हुदैन! तरपनी तपाईंको कुरामा थपेर भन्नुपर्दा माओवादी र प्रचन्ड बाबुरामहरू तत्कालिन सत्तापक्ष भन्दापनी शामन्तबादीहरूको लागि हालसम्मपनी आतंककारी हुन अनि तपाहीको नामबाटै थाहा पाइन्छ तपाही सामन्तबादको प्रिस्टपोषण गर्ने पक्षपाती हुनुहुन्छ तेसैले तपाहीले प्रचन्डलाई आतंककारी मान्नु र माओवादीलाई आतन्कबादी ठान्नु कुनै आस्चर्यको कुरा होईन! परिवर्तनका बाहक हरू यथास्थिती र परिवर्तन् बाट आफ्नो शाख अनि खाइपाइ आयका रौनक गुमाउने हरूको लागि आतंककारी हुन्छन् नै!
          यो सन्सारिक नियममा यो संसारमा सबै कसैन कसैको लागि आतंककारी हो!

          Reply
        2. mahesh says:
          January 5, 2013 at 6:42 pm

          सुधिर
          म माओबादी नै हो. हामि आतंककारी होउ भने १५००० मा ९०% हत्या गर्ने तेती बेला क शासक र सेना अति ठुलो महा आतंककारी हो.

          Reply
      2. Sushil Pradhan says:
        January 6, 2013 at 1:37 am

        महेश
        युद्ध कालमा धेरैजसो ठाउँमा माओबादीले जितेको अनि पुलिस र सैनिक हारेको समाचार सुनेको थिएँ / गलत रहेछ / धन्यवाद साँचो समाचार दिनु भएको मा .

        Reply
    3. sulav says:
      January 5, 2013 at 1:58 pm

      तेस्तै कुरा गर्ने हो भने त जोर्ज बुश नेपाल आयो भने मुलालै समात्नु पर्चा इराकवार गराएको भनेर / राष्ट्र पछ्ये को कमजोरी देखाएको छ यो घटनाले / साथै सर्ववोउम्सत्त माथि अंच पुर्याएको छ हाम्रो / कुन रुपमा लिने यो घटनालाई ? its confusing

      Reply
    4. गगने says:
      January 5, 2013 at 6:00 pm

      N Bahadur Adhikari जी.
      ” तपाई ले जस्तो शिक्षा हामीले पनि पढेको छौ र युद्द अपराध सम्बन्धी कानून को हामीले पनि पढ्दै छौ केबल तपाई मात्र यसको विज्ञ होइन ।”
      बहुतै ठुलो आहातपुर्ण रोदन र राग अलाप्नु भयो!
      मेरो सल्लाह चाहि! तपाहिले माथि भनेको जस्तो हो भने यति जान्ने बुझ्ने शिक्षित अनि पढेका व्यक्तिले यहा राग अलाप्नु भन्दा ‘सक्नुहुन्छ भने जनयुद्द मा 15,000 मार्ने कमरेड प्रचण्ड र हाल प्रधानमन्त्री बाबुराम को केश मा उहा हरुलाई पक्राऊ गराउन सक्नुहोस’
      यो मंदिरालाई किन गर भनेर भन्नु हुन्छ उहाले जस्तै जान्या छु बुझ्याछु भन्ने ले आफै गर्नु झनै राम्रो होइन र? किन गर्नु हुन्न त आफै लौ न त हेरौ कत्तिको जान्ने बुझ्ने रहिछ तपाई पनि!
      कुमार लामा को बेलायतमा पक्राउ सम्बन्धि कुरालाई लियर मेरो कुनै प्रतिक्रिया छैन, यो उचित या अनुचित केहो मलाइ थाहा छैन र तेस्को बारेमा उनीहरुनै जानुन मात्र मेरो प्रतिक्रिया तपाहिको रोदन र धमासमा हो!

      Reply
  38. surya says:
    January 4, 2013 at 2:52 am

    अब प्रचण्ड र बाबुराम लै नि युद्कलिना अपराधीको रुप मा समत्छाना होला बिदेश मा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme