Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सेतोपाटी’ले क्षमा मागेर हटाउन बाध्य भएको त्यो विवादास्पद कवितामा के थियो?

Posted on May 22, 2022May 22, 2022 by Salokya

८ वर्षअगाडि ब्युटी कन्टेस्टको नाममा बेहोस बनाएर जबर्जस्ती गरेकोदेखि आफूमाथि भएका विभिन्न यौन दुर्व्यवहारको शृङ्खलालाई टिकटकबाट एक युवतीले सार्वजनिक गरेपछि अहिले सबैको ध्यान त्यसमा तानिएको छ। सडकदेखि संसदसम्म यो विषयमा कुरा उठेका छन्।

बलात्कारसम्बन्धी मुद्दामा कुनै निश्चित समयभित्र उजुरी नदिए नलाग्ने खालको हदम्यादको प्रावधान हटाउन आवाज उठिरहेका बेला सेतोपाटीमा एउटा कविता छापियो शनिबार। जसलाई व्यङ्ग्यात्मक रुपमा ‘इन्टर’ शैलीको कविता पनि भन्ने गरिन्छ। इन्टर शैली भनेको मन लागेको कुरा लेख्ने अनि इन्टर हानेर कविताको स्वरुप दिने। ‘आन्टी, म पनि उजुरी गरौँ’ शीर्षकको यो कविता छापिए लगत्तै पाठकले विरोध गर्न थाले। विरोध हुन थालेपछि कविताको शीर्षक फेरेर ‘ममाथि अत्याचार!’ राखियो। तर पनि विरोध कम भएन।

अजिबको संसार छ। हुँदा हुँदा कबिताका हेडलाइन पनि परिवर्तन गरेर प्रकाशित गर्ने अनि पुनःप्रकाशित गर्न थाले। सेतोपाटीले पुरुष पनि बलात्कृत हुन्छे भनेर ब्यालेन्स गर्न हालेको कविता हालेको हुन पर्छ। pic.twitter.com/aWG3fDywpy

— Dr Baba A'neal Che🔵 (@BabaAnealChe) May 21, 2022

त्यसपछि बाध्य भएर सेतोपाटीले असावधनीवश कविता छापिएको भन्दै सम्पादकीय निगरानी नपुगेको कारण देखाउँदै क्षमा मागेर हटायो।

 

तर इन्टरनेटमा एक पटक प्रकाशित भइसकेको कुरा त्यसरी हटाउँदैमा कहाँ हट्छ र। कहीँ न कहीँ त्यो बसेकै हुन्छ।

आखिर क्षमा मागेर हटाउन बाध्य भएको त्यो विवादास्पद कवितामा के थियो? हेर्न इच्छुक हुनुहुन्छ भने अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

1 thought on “‘सेतोपाटी’ले क्षमा मागेर हटाउन बाध्य भएको त्यो विवादास्पद कवितामा के थियो?”

  1. Shailaputra says:
    May 22, 2022 at 11:42 am

    बलात्कार र नारी अस्मिताको बहस छाइरहेको माहोलमा भ्यूजको संख्या बढाउने अभिप्रायले एउटा निबन्ध अथवा अनुच्छेद लेखन जस्तो पारामा कविता नाम दिएर यो सामग्री प्रकाशित भएको बुझ्न केही गार्हो छैन । विरोध धेरै भएपछि जानीजानी र योजना अनुसार नै प्रकाशन गरिएको एउटा सामग्रीलाई असावधानीबस प्रकाशन भएको भनेर सेतोपाटी पानी माथिको ओभानो बन्न खोज्यो । नेपाली पत्रकारितामा यो नौलो विषय होइन सायद । कस्ता सामग्री पाठक सामु पुग्नुपर्छ भन्ने सामान्य विधि समेत एउटा चर्चित अनलाइनले अनुशरण गरेन । हार्दिकतापूर्वक गल्ती भयो माफी पाउँ समेत भन्न नसक्ने यस्तो शैलीको पत्रकारिता देखेर दुःख लाग्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme