पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भयो। यो ब्लग लेख्दासम्म विमान कहाँ छ, भेटिएको छैन। यस्तो खालको समाचारमा धेरैको चासो हुन्छ। त्यसैले मिडियाले हतारमा पहिलो समाचार दिन होडबाजी गर्ने गर्छन्। म पनि विभिन्न अनलाइन र टिभीमा यसबारे समाचार हेर्दै थिएँ। त्यसै क्रममा एभिन्युज खबर टेलिभिजनमा आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको ताजा दृश्य प्राप्त भएको’ दावी गर्दै गरेको देखियो। कता कता पहिले देखे जस्तो लागेकोले फोटो कहाँको थियो भनेर खोजियो। थाहा भयो, त्यो दृश्य त नेपालको नभई भारतमा भएको हेलिकप्टर दुर्घटनाको पो रहेछ। यससम्बन्धी नेपालफ्याक्टचेकको तथ्य जाँच छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।
के थियो एभिन्युजको समाचारमा?
एभिन्युज टेलिभिजनमा ब्रेकिङ न्युज भन्दै समाचारवाचकले भन्दै गरेको देखिएको छ- “पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ र यतिखेर पछिल्लो जानकारी अनुसार विमानको दुर्घटना भएको स्थलको हामीसँग ताजा दृश्य पनि प्राप्त भएको छ। यो केही बेर अगाडि मात्रै प्राप्त भएको दृश्य हो….”
अहो खतरै हो त नि, अरु कुनै टिभीले देखाउन नसकेको दृश्य एभिन्युजले देखायो। ताजा दृश्य रे, केही बेर अघि मात्रै प्राप्त भएको रे अझ।
दृश्य भने पनि त्यसमा भिडियो थिएन, फोटो मात्रै थियो। ब्रेकिङ न्युज भनेर मुनि यहाँ दुर्घटना भयो भनेर ठाउँसमेत किटिएको थियो। जबकि दुर्घटना कुन ठाउँमा भएको भन्ने नै त्यतिबेलासम्म प्रष्ट नै थिएन।
एभिन्युज खबरले आफ्नो फेसबुकमा समेत यो फोटो आफ्नो लोगोसहित राखेको थियो (पछि डिलिट गरेछ क्यार)
के हो तथ्य ?
हामीले यसको तथ्य जाँच गर्ने क्रममा एभिन्युज टेलिभिजनले तारा एयरको दुर्घटनाको दृश्य दावी गर्दै प्रसारण गरेको दृश्यको स्क्रिनसट लिएर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ।
यो क्रममा हामी इन्डिया टुडेमा प्रकाशित यो पेजमा पुग्यौँ-
हेर्नुस् अर्काइभ लिङ्क
एभिन्युज टेलिभिजनमा प्रसारण भएको तारा एयरको दुर्घटना स्थल भनी दावी गरिएको दृश्य र इन्डिया टुडेमा प्रकाशित प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) लाई क्रेडिट दिई प्रकाशित दृश्य एउटै देखिन्छ।
इन्डिया टुडेमा जनवरी ५, २०२२ मा प्रकाशित यो समाचारमा राखिएको दृश्य तत्कालीन भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाको भग्नावशेषको भएको त्यसमा खुलाइएको छ।
सोही फोटो बिजनेस टुडेमा यहाँ, आउटलुक इन्डियामा यहाँ, द हिन्दूमा यहाँ, इन्डियाटिभीमा यहाँ, डेक्कनहेराल्डमा यहाँ पनि हेर्न सकिन्छ।
टिभी पत्रकारिता दुर्घटनामा
यही फोटो फेसबुकमा केही पेज र प्रयोगकर्ताले पनि हालेका थिए। सोसल मिडियामा त कसैको नियन्त्रण हुँदैन, मान्छेले झुक्याउँछु भनेर पनि त्यस्तो फोटो हाल्न सक्लान्, तर टेलिभिजन जस्तो मूलधारको मिडियाले समेत हचुवामा त्यसरी सोसल मिडियामा आएको फोटोलाई भेरिफाइ नगरी हाल्ने हो त ?
कुन ठाउँमा दुर्घटना भएको नै थाहा छैन भने कसरी चाहिँ फोटो आउँछ त दुर्घटनाको ? फोटो आएपछि त कुन ठाउँमा दुर्घटना भएको थाहा भइहाल्यो नि।
यो त विमान हैन टिभी पत्रकारिता दुर्घटनामा परेको देखियो। टेलिभिजनमा कस्ता जनशक्ति डेस्कमा छन् भन्ने पनि प्रष्ट भयो। यसले थप दुर्घटना निम्त्याउन सक्छ।
तथ्य जाँच
दावी : एभिन्युज टिभीले तारा एयरको जहाज दुर्घटना स्थलको ताजा दृश्य भन्दै प्रसारण गरेको दृश्य। भिडियो हेर्नुस्-
तथ्य : मिथ्या सूचना । उक्त दृश्य भारतमा जनवरी २०२२ मा भएको हेलिकप्टर दुर्घटनाको हो।
Lazy, low IQ people will believe anything they read on their phone, salokya sir. These idiots will then try to appear smart.
And these pathetic low IQ fake news creators are not only stupid, they are lazy as well. These lazy idiots cannot even find a correct fake picture. Pathetic idiots found a helicopter wreckage…..
Nothing we can do about that. People have to use their own judgment.
Politicians have been taking advantage for centuries by exploiting the stupidness of the low IQ masses. Education is the only answer. Fake news is here to stay.