Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिका : एमाले खुम्चिँदा कांग्रेसलाई फाइदा; राप्रपा हरायो, एस एक ठाउँमा

Posted on May 26, 2022May 26, 2022 by Salokya

काठमाडौँ महानगरपालिकाको मतगणना १३ औँ दिनमा बल्ल सकिएको छ। इतिहासमा पहिलो पटक स्वतन्त्र उम्मेदवारले मेयर जिते पनि वडा तहमा भने पार्टीकै उम्मेदवारहरु विजयी भए। वडा तहमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको छ। अघिल्लो पटक एक सिट जित्न सफल राप्रपाले यस पटक काठमाडौँ महानगरपालिकामा कुनै सिट जित्न सकेन। बरु नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले भने एउटा वडामा प्यानलसहित विजय हासिल गर्न सफल भयो। कुन वडामा कसले जित्यो त ? आउनुस् हेरौँ।

माथिको टेबल नखुले यहाँ क्लिक गरी हेर्नुस्।

यस पटकको निर्वाचनमा अघिल्लो पटक एमालेले जितेका ६ वटा वडामा कांग्रेसले वडाध्यक्ष जित्न सफल भएको छ। ती वडाहरु हुन्- २७, २४, १४, १२, ९ र ७।

त्यसैगरी एमालेले जितेको एउटा वडामा एमालेबाट टुक्रिएर बनेको नेकपा एसले वडाध्यक्ष जितेको छ।

कांग्रेसले अघिल्लो निर्वाचनमा वडाध्यक्ष जितेको एउटा वडामा भने यसपटक एमालेले वडाध्यक्ष जितेको छ- हाँडीगाउँको वडा नम्बर ५।

वडाध्यक्ष एउटा पार्टीले जिते पनि सदस्यमा एमाले र कांग्रेसका सदस्यहरु मिश्रित रुपमा निर्वाचित हुने वडाहरु १,५,१४,२२,२३,२४,२७ र ३१ हुन्।

नगरकार्यपालिकाको संरचना यस्तो

निर्वाचित मेयर महानगर कार्यपालिकाको अध्यक्ष हुन्छन् भने उपमेयर महानगर कार्यपालिकाकी उपाध्यक्ष हुनेछन्।

त्यस्तै ३२ वडाका वडाध्यक्षहरु महानगर कार्यपालिकाका सदस्य हुने छन्। त्यसबाहेक नगरसभाबाट निर्वाचित पाँच महिला पनि महानगरकार्यपालिकाका सदस्य हुन्छन् भने दलित वा अल्पसंख्यकबाट निर्वाचित तीन जना सदस्य पनि महानगर कार्यपालिकाका सदस्य बन्नेछन्। यसको निर्वाचन भने हुन बाँकी छ।

यसरी मेयर र उपमेयर गरी दुई, ३२ वडाका अध्यक्षहरु ३२ जना, महिला पाँच जना र दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित तीन जना गरी ४२ सदस्यीय कार्यपालिका बन्नेछ। स्थानीय कार्यपालिकाले स्थानीय सरकारको काम गर्नेछ।

यस्तो हुनेछ नगर कार्यपालिकामा दलीय प्रतिनिधित्व। तलको चार्ट नखुले यहाँ क्लिक गर्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme