Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाथरुममा सावधान हुनुस्, ज्यानै जान सक्छ

Posted on January 13, 2018January 13, 2018 by mysansar

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ –
– केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।
– यहि पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१ बर्षिय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो ।
– केहि समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको मुक्तिनाथ गाविसको होटल बममार्नीको बाथरुममा लडेर मृत्यु भयो ।
– गत असोजमा गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भयो ।
– खोटाङको माक्पा–३ बेप्लाका २१ वर्षीय खुसीमान राईकोमलेसियामा बाथरुममा लडेर मृत्यु भयो ।
– नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बाथरुममा लडेर मृत्यु भयो ।

यी त हुन् प्रतिनिधि उदाहरण । बाथरुम अँध्यारो हुनु, चिप्लो हुनु, साबुन / सेम्फुको चिप्लो रहनु, बाथरुममा पानीको काम पर्नु, बाथरुमको भुइँ चिप्लो हुनु , चप्पल खश्रो सोल भएको प्रयोग नगर्नु, रातिमा अर्धहोशमै बाथरुम जानु …जस्ता दर्जनौं कारणले गर्दा बाथरुममा दुर्घटना बढिरहेको छ ।

बाथरुममा लड्दा मृत्यु हुने प्रमुख कारण हेड इन्जुरी हो भने अपांगता हुने प्रमुख कारण इस्पाइनल इन्जुरी हो । बाथरुममा लड्दा जुन अंगमा ठोकिन्छ, त्यहि अंग र संगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दांत भाँचिने, करंग भाँचिने, मेरुदण्ड भाँचिने, हात्खुता भाँचिने, शरीरका भित्री अंगमा रगत जम्ने, भित्रि अंगलाई चोट पुग्ने, गर्भवतीको गर्भपतन हुने लगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नु पर्दछ ।

तसर्थ बाथरुमलाई सफा, ओसिलो, खस्रो तथा कारणबश लडेमा कम क्षति हुने प्रकारको बनाउनु, खश्रो सोल भएको चप्पल प्रयोग गर्नु, प्रकाशको पर्याप्त व्यवस्था गर्नु, साबुन /सेम्फुको चिप्लो नराख्नु, भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने , सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने,चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्माको प्रयोग गर्ने, राति उठेर केहि मिनेट बसेपछि अर्थात पूर्ण होसमा आएपछि मात्र बाथरुममा जानु, निद्रा लाग्ने औषधिसेवी, मादक पदार्थसेवी, उच्च रक्तचाप भएका तथा बृद्धबृद्धाले बिशेष ख्याल गर्नुपर्ने …..जस्ता धेरै उपाय गर्नु जरुरी छ ! यो उपेक्षित गरिएको तर सबैतिर भइरहेको ठूलो स्वास्थ्य समस्या हो । बाथरुम सुरक्षा चेतना हामीले नफैलाए कसले फैलाउने ? (डा. पाण्डेको फेसबुकबाट साभार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme