Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा दुर्व्यवहारको आरोप लागेका नेपाली तेक्वान्दो प्रशिक्षक धरौटीमा छुटे, डिटेक्टिभहरु अरु पीडित खोज्दै

Posted on November 24, 2017November 24, 2017 by mysansar


अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका एक नेपाली शुद्धोदन रन्जित यो साता बल्लतल्ल धरौटी तिरेर जेलबाट मुक्त भएका छन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। सुरुमा उनको लागि धरौटी ७ लाख ५० हजार अमेरिकी डलर तोकिएको थियो। रन्जितका वकिलले धरौटी रकम ५० हजार वा १ लाख डलर गर्न अनुरोध गरेका थिए। रन्जितले सबै आरोपलाई अस्वीकार गरेको, तेक्वान्दो कम्युनिटीका उनी सम्माननीय सदस्य रहेको र नजिकका साथी र परिवारले पनि उनको राम्रो चरित्र रहेको बताउने गरेको तर्क दिएपछि न्यायाधीशले धरौटी रकम घटाएर २ लाख ५० हजार डलर बनाएका थिए।

रन्जितमाथि १५ वटा यौन दुर्व्यवहारको चार्ज लागेको छ। त्यसमध्ये १२ वटा फर्स्ट डिग्रीका हुन्। यसमा दोषी ठहरिए उनी कम्तिमा २५ वर्ष जेल बस्नु पर्ने हुन्छ।

सन् २०१७ मा उनी पक्राउ परे पनि घटना भने सन् २०१२ देखि सन् २०१५ को बीचमा भएको भनिएको छ। पीडित भनिएका छात्राहरु १४ वर्ष मुनिका छन्।

काटुडटकमका अनुसार वासिङटन काउन्टीको जिल्ला अटोर्नीको कार्यालयले धरौटी घटाउन नहुने भनेका थिए। पीडितका परिवारले पनि उनलाई जेलमै राख्नु पर्ने तर्क गरेका थिए।

तर न्यायाधीशले धरौटी घटाउने निर्णय गरेपछि परिवारले धरौटी बुझाएपछि रन्जित मुक्त भएका छन्। यद्यपि उनले अदालतले राखेका शर्तहरु पूरा गर्नुपर्नेछ। शर्त अनुसार उनले पीडित, उनीहरुको परिवार र साक्षीहरुसित सम्पर्क गर्न पाउने छैनन्। नाबालगहरुसित सम्पर्क राख्न पाउने छैनन्। अल्कोहल, ड्रग्स र हतियार राख्न पाइने छैन। र पासपोर्ट पनि बुझाउनु पर्नेछ।

रन्जित सन् १९९६ मा नेपालबाट अमेरिका आएका थिए। उनले सुरुमा US West Coast Taekwondo मा प्रशिक्षण दिन्थे। SW Canyon Road मा थियो उनको त्यो प्रशिक्षण स्थल। पछि उनले SW Park Way मा त्यसलाई सारे।

अहिले उनी धरौटीमा मुक्त भएका छन्। अदालतले फैसला गर्दा दोषी ठहरिए उनी फेरि जेल बस्नुपर्नेछ। तर कम्तिमा अदालती कारबाही चलिरहँदा जेलमै बस्नुपर्ने बाध्यताबाट भने उनी मुक्त भएका छन्।

यता वासिङटन काउन्टी सेरिफका डिटेक्टिभहरु अरु पनि पीडित हुनसक्ने भन्दै खोजिरहेका छन्। सञ्चार माध्यममा पीडितहरु भए फोन गर्न आग्रहसमेत गरिएको छ।

भिडियो हेर्नुस्-

3 thoughts on “अमेरिकामा दुर्व्यवहारको आरोप लागेका नेपाली तेक्वान्दो प्रशिक्षक धरौटीमा छुटे, डिटेक्टिभहरु अरु पीडित खोज्दै”

  1. Navin Rayamajhi says:
    November 26, 2017 at 6:29 am

    अदालत मा मुद्धा विचाराधीन रहेको अवस्थामा यस्तो भयो होला वा उस्तो भयो होला भन्नु उचित हुँदैन, अब कोहि दोषी छ भने उसले सजाय पाउँछ र पाउनु पनि पर्छ. अमेरिकामा यस्तो अपराध लाइ जघन्य अपराध मानिने हुँदा कसैले कसैलाई फसाउन मात्र यस्तो गर्छ जस्तो लाग्दैन. यदि निज आरोपी शुद्धोदन रन्जित निर्दोष प्रमाणित भएमा त्यस्तो झुट्टा आरोप लगाउने को हालत के हुन्छ त्यसको बाजे ले पनि सोच्न सक्दैन, त्यसैले मलाई यो कुरा झुट हो जस्तो लाग्दैन, तर यो मेरो अनुमान मात्र हो.

    Reply
  2. Shankar Poudyal says:
    November 24, 2017 at 8:29 pm

    फ़टाइ गरेकै भए उनले सजांय पाउनुपर्छ।

    Reply
  3. Shankar says:
    November 25, 2017 at 12:07 am

    अहिले अमेरिका मा सेक्सुअल केस हरु धेरै आइरहेछ , ठुला ठुला संसद हरु , नेताहरु , लब्ध प्रतिस्तित हरु पनि येस्मा परेकाछन |
    केटीले कसैलाई फसाउन चाहे सजिलै सक्छिन कि जस्तो भान हुन्छ | नेपाल मा बिल वो ह्र्याली को स्टायल मा गर्धन अलि ढल्काएर हिड्नु हुने बिजयकुमार र वो ह्र्याली सो मा जस्तै हिडेको देखिने दिसानिर्देश को हिडाई लाइ पनि सायद बदल्नु उचित होला | बिल ले त् झन् सेक्स स्क्यान्डल मा सम्झौता गर्न लग बाग बिलियन डलर केटीहरुलाई बुझाइसकेका छन् | अमेरिका तिर येसैगरि केटालाई फसाएर खान पल्केका केतिहरुसग साबधान रहन धेरैले सल्लाह समेत दि सकेका आजको अबस्था हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme