Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रभु बैँकका कर्मचारीका कारण मैले यस्तो दुःख पाएँ

Posted on October 11, 2017 by mysansar

-सृजना ढुंगाना-

असोज २२ गते बिहान साढे ११ बजेतिर मैले प्रभु बैंकको बुटवल मिलन चोक शाखामा सपोर्ट माइक्रो फाइनान्सको आइपिओ सेयर आवेदनका लागि फर्म भरेर लियेर गएँ। त्यहाँको सम्बन्धित कर्मचारीले फर्म बुझे। त्यो फर्म कम्प्युटरमा इन्ट्री नगरी उनी म्यानेजरको कोठामा गएर बसे। करिब एक घन्टापछि उनी आए र त्यो फर्मको अधकट्टीमा हस्ताक्षर गरेर दिए। अनलाइन इन्ट्री गरेनन्।

दोश्रो दिन असोज २३ गते दिउँसो साढे ३ बजे त्यो फर्म इन्टरी नगरिएको र अब इन्ट्री नहुने जानकारीसहित फोन आयो र बैंकमा बोलाइयो।

बैंकमा पुग्दा तिनै कर्मचारीले हिजो दिएको फर्मको अधकट्टी मागे। कुनै प्रश्न नगरी मैले अधकट्टी दिएँ।

उनले खुरुक्क त्यसलाई च्याते, मानौँ त्यो उनको निजी सम्पत्ती थियो। उनलाई त्यो फर्म हिजो किन इन्ट्री नगरेको सोध्दा ‍ओठे जवाफ दिए, ‘हिजो गरिएन, आज तपाइको खाता ब्लक छ, अब भ्याइँदैन।’

स्मरण रहोस्, ब्लक खाता सुचारु गर्न ५ मिनट लाग्छ।

यसरी म ती कर्मचारीको कारण आइपिओ भर्नबाट बन्चित भएँ।

7 thoughts on “प्रभु बैँकका कर्मचारीका कारण मैले यस्तो दुःख पाएँ”

  1. शृजना ढुङ्गाना says:
    October 25, 2017 at 2:14 pm

    प्रतिबाद नगरेको होइन । अघिल्लो दिन पर्खनु पर्दा पनि प्रतिबाद गरेकै हो सुनेको नसुने झै गरि बसे । बरु केही ग्राहकले तपाइको मात्र काम हुन्छ र ? भनेर उल्टै उनिहरुकै बचाउ गरे । अनि मुख्य कुरा सबै ब्यक्ती रडाँको मच्चाउने प्रबृत्ती का हुदैनन । सभ्य रुपमा प्रतिबाद गरेकै हो । हरेक काममा धम्की र झगडा नगर्नेले येस्तै दुख पाउनु पर्ने हो भने मेरो केही भन्नू छैन ।

    Reply
  2. puskar says:
    October 18, 2017 at 12:53 pm

    fataha raixa turunta karbahi garnu paryo brabhu bank if u r serious about it

    Reply
  3. shankar khadka says:
    October 13, 2017 at 7:32 pm

    नामै किटान गरेर व्यक्तिलाई दोष दिउ न कि संस्थालाइ | अनि त्यहाँको शाखा प्रमुख लाइ complain नगर्नु उहाको पनि दोष देख्छु | [email protected] .com मा complain गर्नु हुन अनुरोध गर्न चाहन्छु |

    Reply
  4. Basanta Saru says:
    October 12, 2017 at 7:14 pm

    अनि एक घण्टा सम्म के हेरेर बसेको त? निकै फुर्सदिलो मान्छे हैछ

    Reply
  5. Alikhit says:
    October 11, 2017 at 10:59 am

    यस्तो लाग्छ मानौ वहाले कुनै प्रतिबादै गर्नु भएन, च्यातेको हेरी सके पछि खुरुक्क घर आउनु भो र यो ब्लग मा लेखेर पठाउनु भो |

    Reply
  6. पीताम्बर ढकाल says:
    October 10, 2017 at 11:46 pm

    नामै प्रभु!! अनि प्रभुमा काम गर्ने सबै प्रभु

    Reply
  7. अशोक राई says:
    October 10, 2017 at 7:00 pm

    Sounds simple and normal but here she lost an opportunity to invest just coz of silly and careless act of stupid staff of Prabhu Bank. He should be terminated from his job

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme