Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पृथ्वीनारायण र मेरो अस्तित्व

Posted on January 22, 2018January 19, 2018 by mysansar

परिवर्तन

नेपालका ‘कम्युनिष्टहरू’ पाखण्डी छन् भन्‍नका लागि दुई-तीनवटा उदाहरण काफी छन्। दुनियाँका छोरा-छोरीलाई दशैंको बहिष्कार गर्न आह्वान गर्दै तथा धर्म विरोधी बनाउँदै आफ्नो जीवन विताएका मोदनाथ प्रश्रित र मोहनचन्द्र अधिकारी बुढेसकालमा सबैभन्दा धर्मात्मा बन्दै गायत्री मन्त्र र रूद्री पाठ पढ्न सिकाउन हिड्दैछन्। त्यति मात्र होइन हिंजोसम्म सामन्ती देखेको र समुल नाश गर्नुपर्छ भनेर हिंडेको राजतन्त्रको भूतले प्रश्रितलाई अहिले नराम्रोसँग गाँजेको छ। अहिले पृथ्वीनारायणको मूर्ति र राष्ट्रिय एकताको नारामा सिमीत उनले केही वर्ष पछि देशका लागि राजा चाहिन्छ भनेर त्यसका लागि मेची-महाकाली गरे भने पनि खासै अचम्म मान्नुपर्दैन। यस्तै कारणले होला यस पटक पुस २७ र पृथ्वीनारायणको चर्चा अलि बढी नै चल्यो। यो चल्नु स्वाभाविक पनि थियो। सत्ताको साँचो दौरा-सुरूवाल र टोपी रूचाउने, एउटा भाषा र भेष रूचाउने समूह वा वर्गकै सेरोफेरोमा पुगेको छ त्यसैले पनि यो चुरीफुरी स्वाभाविक नै हो। त्यसमाथि पुरानो परम्परा, संस्कृति, इतिहास वा ऐतिहासिकता रूचाउने कर्मचारी, न्यायाधिश, सेना-प्रहरी, व्यापारी र त्यसकै सेरोफेरोमा घुम्मे बुर्जुवा बुद्धिजिवीहरूको सकृयता पत्रपत्रिका, रेडियोमा मात्र होइन अनलाइनमा पनि उत्तिकै देखिन्छ। त्यसैले यसपटक पृथ्वीनारायण शाहको मात्र होइन २०४७ सालमा हिन्दू धर्म कायम राख्‍न अडान लिएकोमा विश्वनाथ उपाध्यायलाई “महान” बनाउने होड नै चल्यो। राजनीतिक, सामाजिक वा सांस्कृतिक परिवर्तनका क्रममा परम्परागत सोचहरू हावी हुनु वा त्यसका पक्षमा माहोल बन्नु र फरक-फरक धारका माझ द्वन्द्व देखा पर्नु अस्वाभाविक पनि होइन। तर, पात्रहरूलाई मात्र महान देखाउनु पर्ने वाध्यता र आफूहरू महान हुन नसक्नु पनि कुनै महानता होइन।      

पृथ्वीनारायण आफैमा खराब थिए वा थिएनन् अहिले आएर कसैले भन्न सक्दैन। उनको नियतमा खोट थियो कि थिएन भनेर यतिखेर बहस गर्नपनि व्यर्थ छ तर वर्तमान नेपालको भूगोल बन्नुमा भने उनको योगदान छ। अब उनको नियत खराब नै भए पनि वर्तमान नेपाल बनिसकेको छ र हाल हामी यसैका बासिन्दा भइसकेका छौं। त्यसैले वर्तमान भूगोलका निम्ति उनलाई धन्यवाद दिनुपर्छ। तर भूगोलले मात्र देश बन्दैन र भूगोल मात्र देश होइन। देशको समग्र सांस्कृतिक, सामाजिक, राजनैतिक वा भौगोलिक विविधतामाथि गर्व नभएसम्म र त्यसमाथि अपनत्व ग्रहण गर्न नसकेसम्म पृथ्वीनारायणलाई मान्दैमा वा नमान्दैमा वास्तविक रूपमा देश बन्दैन। राष्ट्रियता र इतिहासका थोत्रा कुरा जति गरे पनि वा पृथ्वीनारायणलाई जति नै पूजा गरे पनि पूज्नेहरू कि त देश बाहिर गइसकेका छन् कि त जाने तरखरमा छन् त्यसैले पृथ्वीनारायण गौण कुरा हुन्। इतिहासले खान दिंदैन, लाउन दिंदैन र शायद बस्न पनि दिंदैन, यदि इतिहासमाथि हामीले गर्व गरेर मात्र पुग्ने भए अहिले भारत, अरब वा अन्य मुलुकमा नेपालीहरूको ताँती लाग्ने थिएन।

केही मान्छेहरू पृथ्वीनारायण नभएको भए नेपाल नहुने र हामी नहुने तर्क गर्छन्। यो वेतुकको कुरा हो। पृथ्वीनारायण नभए अरू कोही नारायण हुन्थे। हामी नेपाली नभएको भए अन्य केही हुन्थ्यौं। कोही नहुँदैमा जनता नहुने भन्ने कुरा हुँदैन। कुमाउँ-गढवालका बासिन्दा अहिले पनि छन्, सिक्कीम वा दार्जिलिङका बासिन्दा अहिले पनि छन्। त्यहाँ पृथ्वीनारायण हुनु र नहुनुले वा उनले बनाएको देश हुनु र नहुनुले कुनै अर्थ राख्दैन। पृथ्वीनारायण नभएको भए नेपाल नै हुन्थेन वा संसारै अन्धकार हुन्थ्यो भन्ने मिथ्या भ्रममा पर्न जरूरी पनि छैन। पृथ्वी नारायण नभएपनि संसारमा नेपालभन्दा विकसित सयौं देश छन्, त्यहाँ पनि राष्ट्रियता छ, त्यहाँ पनि धर्म, संस्कृति बँचिरहेकै छ। पृथ्वीनारायण नै नेपाल र नेपालीका सबै कुरा भएको भए वा उनकै कारणले सबै कुरा हुने भएको भए लाखौं नेपालीहरू PR बोकेर अष्ट्रेलिया, क्यानडा वा अन्य मुलुक जाने थिएनन्। उनीहरू जहाँ बसे पनि आफूलाई “नेपाली” भन्छन् तर त्यहाँ पृथ्वीनारायणले कब्जा गरेको भूगोल छैन न त त्यहाँ “नेपाली संस्कृति” नै केही छ तर बसिरहेका छन्, हाँसीरहेका छन्, रमाइरहेका छन्। त्यसैले इतिहासमा गर्व गर्नु जायज होला तर त्यही खोक्रो आडम्बरको भरमा जिउन नसकिने रहेछ भन्ने कुराको पुष्टि भइसकेको छ। प्रत्येक देशले आफ्ना “हिरो”हरूमा गर्व गर्न सक्नुपर्छ, हिरोहरू मान्नुपर्छ तर “हिरो” मानेर वा पूजेर मात्र केही हुँदैन। त्यो पूज्नलाई पनि वर्तमान बलियो हुनुपर्छ र भविष्यमा आशा गर्न सकिने ठाउँ हुनुपर्छ। बुद्धको देश, सगरमाथाको देश वा वीरहरूको देश भन्दै नारा लगाउँदै विदेशीनेहरूलाई रोक्नका लागि वर्तमानसँग के छ र भविष्यप्रति के आशा गर्न सकिन्छ भन्ने कुरा जान्न जरूरी छ? इजरायल बन्नुमा र विकसित हुनुमा नाराले मात्र काम गरेको छैन। कोरिया वा जापानको कथा पनि वर्तमानसँग जोडिएको छ तर नेपाल र नेपालीहरू मरेको इतिहास निकै राम्रोसँग उठाउँछन्, त्यसैका भरमा आडम्बर देखाउँछन् तर वर्तमान तथा भविष्यका कुराप्रति भने आशावादी छैनन्।

त्यसैले इतिहासलाई तेरो र मेरोमा विभाजित गरिदिन्छन्। जात, क्षेत्र र वर्गमा विभाजित गरिदिन्छन्। पृथ्वीनारायण नभए पनि मेरो पुस्ता यो धर्तिमा हुन्थ्यो र म पनि यही हुन्थे। म नेपाली नभएको भए भारतीय हुन्थे, चाइनिज हुन्थे वा अरू केही हुन्थें र मैले त्यसैमा गर्व गर्थें। मेरो देश विकसित भएको भए म त्यसैमा रमाउँथे र अझै बढी गर्व गर्थें विकसित नभएको भए अहिलेका युवाहरू “नेपालमा अवसर छैन” भनेर पलायन भए जस्तै म पनि पलायन हुन्थें, भाग्थें र त्यो देश बाहिर बसेर देशका वारेमा खुब चिन्ता लिन्थें। यहाँनेर बीपी कोइरालाले भनेको “देश ढुङ्गा वा माटो होइन त्यो देशको जनता हो” भन्ने कुरालाई  याद गर्ने हो भने पृथ्वीनारायण शाहले भूगोल एकिकरण गरेका थिए र त्यसपछि जनता एकिकरण गर्नुपर्ने शासकहरू चुकेको हो भन्नमा हिच्किचाउनु हुँदैन। भूगोल एकिकरण भएको २५० वर्षसम्म पनि नेपाली समाज विभक्त छ, जनताहरू विभक्त छन्। भूगोल प्रति साझा अपनत्व छैन, माया छैन। सामाजिक-सांस्कृतिक-भाषिक पहिचान र विविधता प्रति हामीहरू माझ अपनत्व छैन, एकले अर्कोलाई इज्जत गर्न सकेका छैनौं, स्वीकार्न सकेका छैनौं। सदियौं देखि भईआएको थिचोमिचो र उच-निचलाई बदल्ने चेष्टा त गरेका छैनौं नै त्यस्तो थिचोमिचो थियो, विभेद थियो भन्ने कुरालाई स्विकार्न पनि सकेका छैनौं। शायद यहाँनेर हामीले हामीलाई यसै भूगोलभित्र एकिकरण गर्न सकेका छैनौं। सबै जात, धर्म, क्षेत्र, लिङ्ग वा वर्ण त्यो एकिकरणको पर्खाइमा थिए र छन् तर उनीहरूलाई जबर्जस्ति मिल्न वा यसै एकिकरणलाई स्वीकार्न भनिएको छ। यस्तो एकिकरणले केही समयका लागि काम गर्ला तर दीर्घकालसम्म काम गर्दैन भन्ने कुराहरू हामीले भुलिरहेका छौं। जबर्जस्ति एकिकरण गर्ने प्रयासले बाहिरबाट देशमा एकता वा मेलमिलापको अवस्था देखिएपनि त्यो कमजोर हुन सक्छ भन्ने यथार्थता स्वीकार्न आवश्यक छ।

श्रीलंका एकिकृत नै थियो तर तमिल जन्मियो। भारत पनि प्रत्यक्ष-अप्रत्यक्ष एकिकृत नै थियो तर पाकिस्तान जन्मियो, पाकिस्तान पनि जात, धर्म वा भूगोलले होइन खाली भाषाका कारणले मात्र विभाजित भएर बंगलादेश बन्यो। भारतमै नागाल्याण्ड, कश्मिर वा गोर्खाल्याण्डका माग त्यसै उब्जिएका छैनन्, त्यसै हिंसा भएको छैन र त्यसै अधिकार मागिएको छैन। गोर्खाल्याण्डमा अधिकार माग्दा “हो मा हो” मिलाउने पहाडीयालाई थरूवटले अधिकार माग्दा देश टुक्रिने डर छ, मधेशीले अधिकार माग्दा “भारतीय धोती” देख्छ। के अन्य भारतीयहरूलाई नेपाली बोल्नेहरूले अधिकार माग्दा देश टुक्र्याउन लागेको आरोप लगाउने अधिकार छैन? यो दोहोरो मापदण्ड के का लागि? कहिलेसम्म? हिन्दी भाषामा भाषण गर्दा वा सपथ लिंदा सबैभन्दा कोकोहोलो मच्चाउने एमाले कार्यकर्ताले आफ्नै नेता माधव नेपाल वा विद्या भण्डारीका छोरीहरूले भारतीय स्कलरशिपमा भारतमा डाक्टर बनेको वा मदन भण्डारीका नाममा (फाउण्डेसन, स्कुल, कलेज, खेलकुद) आएका करोडौं रकमको वारेमा पनि सोधपुछ गर्दा राम्रो होला। के यसरी गाली गर्नेहरूले नेपालको संविधानले हिन्दी भाषालाई मान्यता दिएको कुरा बिर्सिएका छन्। कि त संविधान मान्दैनौं भन्नुपर्यो, कि संविधान जलाउनु पर्यो होइन भने यो के को नाटक हो? भारतमा नेपाली भाषाले मान्यता पाउँदा दीपावली गर्नेहरूले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी कोही हिन्दी बोल्दा किन सर्वस्व गुमेको महशुस हुन्छ।

अनेकौं पाखण्डका माझ हामीहरू या त थोत्रो राष्ट्रियताको गफ गर्दै बसिरहेका छौं या त यो देश काम छैन भन्दै विदेशीरहेका छौं। पृथ्वीनारायण शाहलाई आदर्श मान्ने तर उनले भनेको “घुस दिने र लिने दुवै देशका शत्रु हुन्” भन्ने अर्ति भने नमान्ने दोहोरो, दोधारे र पाखण्डीपूर्ण जीवन यापन गरिरहेका हामीहरूले भूतबाट पाठ सिक्ने र त्यतिवेला भएका गल्तीहरू सच्याउँदै सबै समुदाय, जात-जाति तथा भूगोलका जनतालाई समेट्दै एकिकृत समाजको निर्माण नगर्ने हो भने देश र जनताले भोग्नुपर्ने अकल्पनीय दु:ख र हिंसाको कथा सकिएको छैन। प्रचण्ड हार्दैमा, वैद्य वा अशोक राईहरू सकिंदैमा वा गोइतहरू विरामी हुँदैमा वा लक्ष्मण थारूले माग बदल्दैमा नयाँ पुस्ताले सबै कुरा बिर्सन्छ र सबै कुरा ठीक हुन्छ भन्ने भ्रममा कोही नपरे हुन्छ। एउटा सुवास घिसिंङ सकिंदैमा विमल गुरूङहरू सकिंदैनन् भन्ने उदाहरण दार्जीलिङबाट सिक्न सकिन्छ, धेरै टाढा जानु पर्दैन। हाम्रो प्रयास त्यस्तो दुर्घटना ननिम्त्याउने तर्फ केन्द्रित हुनुपर्छ। जसका लागि सबैले सबैलाई, सबै इतिहास, संस्कृति, भाषा, क्षेत्रले सबै संस्कृति, भाषा, क्षेत्र वा इतिहासको सम्मान गर्न जरूरी छ।

Feb 6, 2014 मा पहिलो पटक प्रकाशित

11 thoughts on “पृथ्वीनारायण र मेरो अस्तित्व”

  1. madan bajracharya says:
    January 27, 2018 at 12:14 am

    परिबंदज्युले पहिला पनि प्रिथ्बिनारायण शाहले नेपाल यकिकरण गरेको र जंगबहादुरले कैलाली कंचनपुर अंग्रेज बात फिर्ता लिनु भयकोले आफु नेपाली बन्न परेकोमा अत्यन्त अशंतुस्ती जनाउंदै उहाहरुलाई तुच्छ सब्द प्रयोग गरेर लेख लेख्नु भयको थियो/ तेतिबेला पनि मैले उहाको कुरामा प्रतिबाद गर्दै कथित सन् १९५६ देखि रघु नाथ ठाकुरले तराई नेपाल बात अलग्याउने भनेर गरेको प्रयास देखि मधेश बादीले पटक तराईमा बस्ने नेपालीलाई मधेसी नभयको भनेर लखेटेर, बिहार बात पसे जत्तिकालाई मधेसी भन्दै नागरिकता दिलाउन्दै तराईलाई मधेसीले चाहेमा भोलि आत्म निर्णय समेत गर्न सक्ने अर्थात नेपाल बात अलग्गिन समेत सक्ने स्वायत प्रदेश बनाउने प्रयास गर्दै आयको कुरा लेखेर प्रतिबाद गरेको थिय/ यस पालि पनि पर्बर्तन ज्युले उहाले पहिला कटु सब्दमा लेखेकै कुरा अलि नरम सब्दमा घुमायर लेखेको हो/ त् मैले उहाको कुरामा पहिला झैँ प्रतिबाद गर्दै प्रतिक्रिया लेखेको थिय/ तर छापियन/ उमेश ज्युले यो बारेमा हेर्नु हुनेछ कि/

    Reply
  2. kranti says:
    January 25, 2018 at 6:20 pm

    आब कुनै खेलकुद मा पनि कसैलाई प्रथम दोस्रा हुने लै किन पुरस्कार दिने? तेस्ले नजिते अरु ले जिती हल्नेथियो हैन त लेखक महोदय. जसले गर्छ तेस्लाई किन जस दिने, आफ्नो जात पात नमिले पछि यो लेख को सार् तेतेंई नै हो.
    लडाई को क्रम मा केहि अत्याचार, गल्ति भयो तेस्बाला को समय र परिस्थिति अनुरुप
    तेस्को लेखाजोखा छुटै हुनु पर्छ. तकि तेस्तो गल्ति नदोहरिउन. तर जसले हामी लै एउता पहिचान
    दियो त्यो पुरै नकार्न मिल्छ? आब कि अर्कै नारायण खोज्दै हिड्ने हो?

    Reply
  3. prithvi says:
    January 23, 2018 at 7:11 pm

    पृथ्वी नारायण ले एकिकरण नगरेर जयस्थिती मल्ल ले वा अर्को कुनै राइ लिम्बु राजाले एकिकरण गरेको भये कुनै एउटा पनि हिन्शा नगरि, सबै राजाहरु लाई सम्झाइ बुझाई, जनता मा पनि गई निश्पक्ष निर्वाचन गराइ एकिकरण गर्थे, तेस पछी बहु धार्मिक, बहु सान्स्कृतिक २२ सौ शताब्दी को लागि उपयुक्त गणतान्त्रिक नया नेपाल को निर्माण हुन्थ्यो । वास्तव मा नेवार राइ लिम्बु किरात राजा हरु को सेना पनि थिएनन, उनिहरु हतियार पनि चलाऊदैनथे, कुनै हिन्शा त परै जावोस । पृथ्वी नारायण हिन्शा मार्गी नै हुन ।

    Reply
  4. Raj raj says:
    January 23, 2018 at 4:23 pm

    exactly
    यो लेख लेख्ने मान्छेले त आफ्नी आमालाई पनी आदर गर्नु जरुरी छैन।
    उन्ले नजन्माको भए अरु कसैले जन्मौथ्यो भन्न बेर छैन।
    बिश बमन गर्न को लागी मात्र लेख लेखेको जस्तो लागो। कृतज्ञाता भन्ने चिज अलिकति पनि भयेको भए येति लेख्ने दुस्साह्स हुने थिएन । complete misuse of words .RIP to the thoughts

    Reply
  5. प्रविण कुमार के.सी. says:
    January 23, 2018 at 2:34 pm

    ईतिहास भनेको ईतिहास हो । जे जस्तो भएपनि पृथ्वी नारायण शाहको नेतृत्वमानै नेपाल एकिकरण भएको थियो । बिदेशीको ईशारामा नेपाल खण्डीकरण गर्ने अहिलेका नेताहरु चाँही महान भए स्तम्भकारका लागि किनभने केही रहल पहल अहिले पनि पाएकै जस्तो छ त्यही भएर सैयाैं बर्ष अगाडी स्वर्गिय भईसकेका राजाहरुलाई पनि देखि नसहने गरेको ।

    Reply
  6. madan bajracharya says:
    January 23, 2018 at 9:06 am

    मित्रहरु
    परिबर्तनज्युले धेरै पहिला माईसन्सारमा नियमित रुपमा लेख लेख्नु हुन्थ्यो/ सकिन्छ भने उहाको पुरानो लेखहरु पढ्नुस अनि जान्नु हुनेछ परिबर्तन नाममा उहाले लेख्नु भयको लेख मार्फत नेपालको भूगोल समाजमा कस्तो परिबर्तन चाहनु हुन्छ भनेर/मलाई सोध्नु हुन्छ भने उहाको कुरा कुनै सिके रावत जय कृष्ण गोईतको भन्दा कम होईन बढी नै छ/

    परिबर्तनज्युले अङ्ग्रेजले कब्जा गरि सकेको नेपालको कैलाली कंचनपुर अङ्ग्रेज बात फेरी पनि फिर्ता लिनु भयकोमा जंगबहादुरलाई “साला” भनेर गालि गरेको थियो/ यति कुराले पनि उहाको परिचय राम्रै दिन्छ र अहिले उहाले पहिला जस्तो तितो सब्द प्रयोग नगरी लेखको आशय सप्स्त हुन्छ/ परिबर्तन ज्यु लगायत अरु मधेशबादीहरु नेपालको तराईको भुमि उहिले बिन्द्याचल सम्म फैलियाको मध्यदेसको भुमि भयको भनेर परिबर्तनज्युले के सम्म लेख्नु भयको थियो भनेर उहाले माईसंसारमा लेख्नु भयको पुरानो लेखहरु पढ्नुस/

    अब म अब मधेसबादी र उहाहरुको “मधेश” र मधेश वादको बारेमा केहि कुरा लेख्छु/

    मध्यदेसको अर्थ दुई देस को बिचको अर्को देस हो/ मधेश सब्द तेही “मध्यदेस” बात बनेको हो र मधेसबादिहरु तराईलाई मधेश भन्दै “मध्यदेस” अर्थात नेपाल र भारत बीचको अर्को देस बनाउने हो भन्नेकुराको पोल अहिले तराई अर्थात मधेश छुट्टै रास्ट्र भयको भनेकोले पनि स्पस्ट गर्छ/

    मधेश्बाद्को नियत तराई नेपाल बात अलग्याउने हो भन्ने कुरा सबै मधेश बादीले आफ्नो अघोसित “जिन्ना साहेव”” मानेको जय कृस्न गोईतले “मधेशको इतिहास” भनेर लेखेको लेख र तहल्का पत्रिकामा दियको अन्तर्वार्तामा बोले लेखेकोछ/ इन्टरनेटमा अहिले पनि पढ्न सक्नु हुन्छ/

    तराईलाई नेपालाल बात अलग्यायर नेपाल र भारत बिचको मध्यदेस अर्थात अर्को देस बनाउने कुराको सुरुवात सन् १९५६ंमा रघु नाथ ठाकुरले गरेको थियो/ हिमाल देखि बिहार सम्म जोडेको तराईको भुमि सम्म नेपालको सिमाना किटेर नेपाललाई संयुक्त रास्ट्र संघको सदस्य बनायकोमा “रघुनाथ ठाकुर” ले तराई नेपालको भुमि नभयको भनेर संयुक्त रास्ट्र संघमा बिरोध पत्र लेख्दै भारतको दिल्लीको सदन अगाडी तराईलाई नेपाल बात अलग्यायर “मधेस” बनाउन सहयोग पाउन धर्ना समेत बसेको थियो/ रघुनाथ ठाकुरले तेतिबेलानै तराईलाई मधेश बनाउने भनेर मधेश बादी दल उहिले खोलेको पनि थियो/

    बिरेन्द्रको पालामा रघुनाथ ठाकुर मारियो/ अहिलेको मधेश बादीहरू त्यो रघुनाथ ठाकुरलाई आफ्नो प्रथम सहिद तथा महान नेता मान्छन/ बाबुराम प्रधान मन्त्रि हुँदा बाबुरामको सरकारमा सहभागी बनेका मधेशबादी नेताहरुले पदमै रहेर नेपाल टुक्राउन खोज्ने त्यो रघुनाथ ठाकुरको जन्म जयन्ति समेत मनायको थियो/ त्यो कार्यमा बाबुरामले टिप्पणी समेत नदिनु को कारण चाहि अलि बुझ्न मलाई अलि होईन धेरैनै “सजिलो गाह्रो” भयको थियो/.

    तराई टुक्राउने नियतले हतियार समेत उठाउने पुर्व मावोबादी नेता जय कृष्ण गोईत र बाबुरामले पनि विद्वान मानेको सिके रावतले पनि रघु नाथ ठाकुरले जस्तै तराई नेपालको नभयको भनेर संयुक्त रास्ट्र संघमा लेखेकै हो/ रघुनाथ ठाकुर, गोईत र रावतले तराई नेपालको नभयको भनेर सिधै सब्द भने, कैलाली कन्चनपुर् लाई अंग्रेजको हात बात फर्कायर नेपालको बनायकोमा जंग बहादुरलाई “साला” भनेर गालि गर्ने परिबर्तनज्यु ले अलि घुमायर लेखे/ तर मधेसबादीहरुले कुरा जति सुकै घुमायर लुकायर गरेता पनि सबै मधेश बादीले नेपालको तराईलाई नेपालकै संबिधानलाई हतियार बनायर पहिला स्वायत अर्थात आत्म निर्णय गर्न सक्ने प्रदेश अनि आत्म निर्णय गर्ने अधिकार प्रयोग गरेर “बिदेस” अर्थात नेपाल र भारत बिचको अर्को रास्ट्र अर्थात देस बनाउन खोजेको हो भन्ने कुरा स्पस्ट छ/

    प्रयास मधेशबादमा लागेको र मधेशबाद सघाउन नेपालमा सबै जातिको राज्य बनाउने भनेर लोभ्यायर पछी मात्र तराईलाई मधेश बनाउन खोज्ने नेताले पृथ्बी नारायण शाहलाई आलोचना गर्दै आयको छ/ हो पृथ्बी नारायण शाह बहादुर शाह लगायत जंगबहादुरको प्रयास नभयको भय अहिले नेपालको भयको तराईको भुमि नेपालको होईन अंग्रेजकै हुने थियो भन्ने कुरा सुगौली सन्धि पछी नेपालको तराईको अधिकास भुमि अंग्रेजको भारतको बनेकोले देखाउंछ/
    तर तिनीहरुलाई अहिले तराई नेपालको बनेको मात्रै आपति छ तर तराईकै भुमि भारतको बिहारको बनेकोमा चाहि खुसिनै छ/
    परिबर्तनज्यु लगायत सबै मधेसबादिहरुले नेपालको भयको तराईलाई त् मधेश अर्थात मध्य देस अर्थात “रास्ट्र” बनाउने भन्दै आयकै छ तर उहाहरुले उहाहरुकै दावी अनुसार सुगौली सन्धिको कारण अहिले भारतको बिहारको भुमि बनेको नेपालको तराईको भुमि लाई मधेश बनाउने सब्द पनि उच्चारण गरेको छैन/ बरु नेपाल पसे जत्तिको बिहारी चाहि मधेसी हुने, बिहारीहरू सिट मधेसीको रोटि बेटी र रगतको नाता भयको र तराईमा बस्ने पहाडी हिमाली नेपाली चाहि तराई अतिक्रमण कारी भयको भनेर तराई बात लखेट्ने पनि भन्दै आयकोछ/ यतिले पनि मधेसी को हो र मधेश बाद के हो स्पस्ट देखाउंछ/

    Reply
  7. Shankar says:
    January 23, 2018 at 6:04 am

    मन न लागि , न लागि पनि जबर्जस्ति प्रिथ्बिनारायण को योगदान को बारेमा लेख्न बाध्य यो लेखक को कुटिल मन स्पस्ट देखिन्छ |जति मुतेपानी पिसाब ले खोलो बन्ने होइन |

    Reply
  8. Dig Tamang says:
    January 22, 2018 at 11:53 pm

    खाली इतिहासका कुरामात्रै गरेर, न अब पृथ्वी नारायण औंला ठटाएर औञ्छन, न उनले गरेको अत्याचार को कुरा गरेर साध्य छ ? इतिहाँस अत्याचार बाट नै बनेको छ, अबको बौद्धिक चिन्तन भनेको कान्तिपुरलाई कसरि सफा राखने, पुर्खाले बनाएको संरचनालाई जोगाएर राख्न्ने चिन्तनको खाँचो छ, धुलो उडाएर,जनतालाई धुलो ख्वाने रानो हरुलाई सभ्यताको कुनै गरिमा दिन मिल्दैन |

    Reply
  9. Shambhu says:
    January 22, 2018 at 5:28 pm

    मूल कुरो चाहिँ के भन्न खोजेको? पृथ्वी नारायण शाह नभए हामी अर्कै हुन्थ्यौं र अर्कै हुनमा गर्व गर्थ्यौं भन्ने कुरो चाहिँ अलि चित्त बुझ्ने भएन. त्यही “नेपाल’ भनेरै त राष्ट्रवादको कुरा आएको छ त. भलै जनता एकीकरण गरेनन तर भूगोल बनाउनमा उनको योगदानलाई नकार्न सकिदैन नि. त्यही भूगोल खण्डको नाम त नेपाल भएको र हामि नेपाली भएकोमा गर्व गर्न पाईराखेका छौं त | कति डाला नाक काटे र कति अत्याचार गरे भनेर पहिले इतिहासमा खोज्न जरुरी छ न कि हौवाको पछि दौडिनलाई. मैले नबुझेको कुरा चाहिं पृथ्वी नारायण शाहले अत्याचार र दमन गरे रे नेवारी समाजलाई. यो लेख लेख्ने लेखककै कुरा अनुसार त कुनै अरु नारायण आएर आत्यचार नगरी युद्ध गर्ने थिए वा माया गरेर आक्रमण गर्ने थिए. युद्दमा जनधनको क्षति अवश्य हुन्छ. कुनै पनि राजाले आफ्नो समय मा भएको स्थिति अवलोकन गरेर आक्रमण गर्छ अनि आफ्नो राज्य भन्दा बाहिर भएको क्षेत्रमा नै आँखा लगाउछ. बैभव र सम्पति देखेरै आक्रमण गर्ने हो. अब लुट्यो भनेर रुनु अगाडी यही साइटमा प्रस्तुत भएको “उपत्यकाका पुराना घरका धोका सानो बनाइनुको कारण राजाहरु बाट छोरी चेली बचाउनलाई” स्मरण गर्न जरुरी छ. अब एउटा राजा चै आफ्नो टोलको भएको भएर जति अत्याचार गरे पनि राम्रो, अनि अर्को राजा चैं अर्को जातको भएको भएर खेदो खन्ने त अलि भएन नि. पृथ्वी जयन्ति मनानुको कारण भूगोल एकीकरण हो. लेखक ले चाहेको र कल्पना गरेको जस्तै अर्कै नारायण ले एकीकरण गरेको भए त नेपाल र सार्वभौमसत्ता भनेर बस्ने पर्दैन थियो नि, न नै सुस्ता र कालापानी भनेर बम्किनु पर्थ्यो. बितिसकेको समय र मरिसकेको ब्यक्तिको लेखाजोखा गरेर काम नै छैन. यो त केवल जातियता र क्षत्रको नाम भजाएर वाहवाही पाउने र नेतृत्व लिन अग्रसर हुने सामाजको कलङ्कहरुको कारस्तानी हो. नेपाल मा कोहि पनि मगर छैन, कोहि पनि नेवार छैन र कोहि पनि बाहुन छैन. छ त बस नेपाली. एउटा बिशुद्ध राष्ट्रप्रेमी नेपाली. त्यही नेपाली मष्तिस्कमा जात र रिथि तिथिको कुरा घुसाएर धमिलो पानीमा माछा मार्ने प्रबित्तिलाई लेखक जस्तो बुद्धिजीवी बच्न जरुरी छ. अहिलेको समाज र पिंढीले न धर्म न जातको घेरा मा आफुलाई सिमित राख्छन. उनीहरु त बस स्वतन्त्र भएर नेपालको छातामुनि बस्न खोज्छन. जब अभिभावकले नै छोरा छोरीलाई बाबु त्यो सानो जात र त्यो फलाना धिम्काना भनेर आफ्नो दिमाग मा बसेको अन्धकारलाई हस्तान्तरण गर्छ तब त जतियेताको धमिरा समाज मा फैलिन्छ. अहिलेको अन्तरजातीय बिबाह गरेर बसेको जोडीमा जाति र धर्मको कुरा समाजले नै हालिदिन्छा अनि भांडीदिन्छ उनीहरुको सुखी संसार. कोहि राई-लिन्बु झगडालु हुदैन न नै कोहि बाहुन लोभी. न कुनै नेवार छुच्चो हुन्छ न नै कुनै चौधरी ठग. यो गुण अवगुण भनेको ब्यक्ति बिशेषको कुरा हो. सारा समाजलाई नै यसरी नामांकन गर्न थालियो भने त कोइ पनि असल रहदैन र कुनै पनि जाति उत्कृष्ट हुदैन. समाज पतन मा जान्छ र समाजको लाशमा बलेको आगो तापेर जतिप्रेमिहरु आफ्नो हात सॆक्छन. जसरि प्रताप मल्लको किशोरीहरुलाई बलात्कार गर्ने कुरालाई इतिहासमै राखेर उनैले बनाएको रानीपोखरीको जगेर्ना गर्न जरूरी छ र हामी एक जुट भएर इतिहास बचाउन लागेका छौ, त्यसरी नै पृथ्वी नारायण शाह ले गरेका अपराध र शर्मनाक कार्यहरु लै इतिहास मा राखी भूगोलको एकीकरण गरेको मा धन्यबाद भन्न जरुरी छ. बाबुले घर बनाएदिए तर सन्तान हरु जुटेर बस्न सकेन अनि अंश माग्दै बाबुलाई किन हामीलाई मिलाएर नराखेको भन्दै थुक्दै छन्. कस्तो बिस्मात. मिल्न नसक्ने आफूहरु अनि दोष मरिसकेको बाउको चित्तालाई. घरको भित्ता फोडेर चोरले सामान चोर्न थालिसक्यो, सन्तानहरु चाई म सबै भन्दा पहिला जन्मेको या सबै भन्दा कमजोर वा सबै भन्दा राम्रो भएकोले धेरै अंश पाउनु पर्ने भनेर घरनै भात्कौना थालिसके. छिमेको हाँसेको हाँसेकै छन् अनि हाम्रा बुद्धिजीवी लेखकहरु अझै पनि नेवार र बाहुन भनेर आफ्नो लेखलाई संसनिखेज बनाउने कोशिशमा लागिपरेका छन्.

    Reply
  10. Rupesh Acharya says:
    January 22, 2018 at 1:15 pm

    यो लेखले भनेअनुसार हो भने त यस्तो हुन्छ ।
    मेरी आमाले बाउसँग बिहे नगरेको भए अरु कुनै पुरुषसँग गर्थिन होला बिहे नगरी पक्कै बस्ने थिइनन्। त्यो अर्को पुरुषले पनि छोरा छोरी जन्मिएपछि त्यसै गरी पालन गथ्र्यो होला, जसरी मेरा बाउले मलाई पाले । त्यसैले म जन्मिएको र हुर्कीएकोमा बाबुलाई कुनै जस दिनु जरुरी छैन। बाबुलाई मान्नु पनि जरुरी छैन।
    त्यसैले पृथ्वी नारायण नभएको भए अरुको कोही नारायण हुन्थ्यो …..त्यसैले पृथ्वी नारायणलाई किन मान्ने ….? धिक्कार होस्

    Reply
    1. Prajen Karki says:
      January 23, 2018 at 10:46 pm

      Your analogy is completely misleading. The ethnic groups were not formed by PNS. They were here long before him. Does it really matter to them who captures and rules them? Think about it.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme