– महेन्द्र बमको सहयोगमा कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ
पोहोर मंसिर महिनामा पहिलो पटक महेन्द्रनगर पुग्दा हामीले धेरैलाई दिलिप सिंह विष्टबारे सोधेका थियौँ। दिलिप, जसलाई प्रहरीले निर्मला प्रकरणमा अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर मानसिक सन्तुलन बिग्रेका व्यक्तिलाई बलिको बोको बनाइएको, उनले त्यस्तो काम गर्नै नसक्ने भन्दै आन्दोलन चर्कियो। आन्दोलनका क्रममा एक व्यक्तिको ज्यान समेत गयो।
हामीलाई त्यतिबेला त्यहाँका स्थानीयले उस्तै कुरा सुनाएका थिए। ‘दिलिपले त गरेको हुँदै होइन’, ‘ऊ त यो बाटो हिँड्दै हिँड्दैन’, ‘केटीहरुलाई यसो आँखा उठाएर पनि हेर्दैन।’
आफ्नै भिनाजुको हत्या गरेर सजाय भोगेर फर्किएको मान्छेप्रति शंका गर्नै नसकिने किन बताइरहेका छन् उनीहरुले, पत्तै पाइएन।
दोस्रो पटक गत महिनामा महेन्द्रनगर पुग्दा हामीले दिलिपसिंह विष्टसित भेट्न खोजेका थियौँ। तर उनलाई एक्लै भेट्ने प्रयास सफल हुन सकेन। हाम्रा साथी महेन्द्र बमले उनलाई घरैमा भेटेर कुरा गर्दा उनका दाजु र भाउजु पनि नजिकै थिए। भोलिपल्ट बिहानै दिलिपलाई भेट्ने योजना बनाएका थियौँ, तर उनी कता लागे कता !
दिलिपका दाजुसित भोलिपल्ट भेट भयो।
‘केटीको मामिलामा कस्तो हो दिलिप?’ हामीले सोध्यौँ।
‘गौतम बुद्ध भनिदिए हुन्छ। केही मतलब हुँदैन,’ उनले भनेका थिए।
के साँच्चै उनी त्यस्तै हुन् त? उनको बारेमा त्यतिबेला पत्रिकामा आएका कुराहरु- उनी साह्रै कमजोर छन्, एक अङ्गालो दाउरा पनि बोक्न सक्दैनन्, हेर्दै डरलाग्दा पागल जस्ता छन्- आदि सही हो त? यो थाहा पाउनका लागि उनलाई नै भेट्नुको विकल्प थिएन।
अस्ति भदौमा तेस्रो पटक महेन्द्रनगर जाँदा पनि उनलाई भेट्न धेरै प्रयास गरियो। निकै गाह्रो भयो। फर्कने भनेर तयार भइसकेको दिन बल्ल उनी बजार छेउकै रङ्गशालाको चौरमा रहेको जानकारी पाइयो। मौका गुमाउनु उचित लागेन।
फर्कने प्लानलाई स्थगित गरेर हामी लाग्यौँ त्यतातिर। महेन्द्रको डोटी घर। सुदूर पश्चिमेली लवज बोल्न पनि सक्ने, बुझ्ने पनि। त्यसैले उसलाई नै पहिला जान भनेँ। तर भेट्न त मलाई पनि मन लागिरहेको थियो। आखिर यति धेरै चर्चा भइरहेको पात्रलाई भेट्न त पर्यो नै।
महेन्द्र गएको केही समयपछि म पनि रङ्गशालाको चौरतिर लागेँ। रातो हाफ सर्ट र टोपी लगाएका दिलिपलाई टाढैबाट चिनिहालेँ। कुरा गर्दागर्दै के कारणले हो, दिलिप हिँडेछ फन्किएर। ऊ निस्कँदै गएको देखेपछि मैले यही हो मौका भन्ने ठानेँ र अगाडि बढेँ।
दिलिप चौरको गेटतिर बढ्दै थियो, म ऊतिर बढ्दै थिएँ। कुराकानी भयो। यो कुराकानीमा उनले निर्मला प्रकरणका केही कुरा पनि फुत्काए। कुराकानीको अंश यो भिडियोमा विस्तृत रुपमा राखेको छु।
Very well done Umesh jee. Let’s see what the police have to say in this regard.
Thank you for the hard work and the persistence.
यो भिडियो हेरेपछि निर्मला हत्याकाण्डको हत्यारा दिलिप सिंह विष्ट नै हो भन्ने स्पष्ट देखिन्छ तर उमेशजीले narration गरे झैं फैसला गर्ने हामी होइन अदालत हो ।
त्यसैले, परिस्थितिजन्य प्रमाणको आधारमा दिलिप सिंह माथि पुन: अनुसन्धान हुनै पर्छ !
Well done Umesh jee as always.
Dear Mr. Shrestha,
You’ve been doing tremendously excellent job. You’re a true gem. I salute you.
Keep doing the good work.
काठमाडौंको एउटा टोलमा एकजना बलत्कारीलाई जोगाउन सिंगै टोलबासी लागेको थाहा थियो ।
अब म प्रष्ट भएं कि त्यतिबेला महेन्द्रनगरमा एकजनाको मृत्यु हुने गरी भएको कथित् ‘आन्दोलन’ पनि ठीक यस्तै रहेछ ।
भीडले न्याय दिने हैन, ‘भीड’ शब्द ‘भेंडा’संग पनि नजिक छ ।
षड्यन्त्र सिद्धान्त ( conspiracy theory ) मा बिश्वास गर्न बानी परेका हामीलाई हरेक अपराधमा ठूलाबडाको मात्र हात देख्छौँ । के ठूलाबडा बाहेकका अरूले अपराध नै नगर्ने हो त ?
निर्मला ! ढिलोचाँडो तिमीले न्याय पाउनेछौ, म बिश्वास गर्न चाहन्छु ।
Thank you Umeshji for your journalism, you are the most respectable journalist for me.
धन्यबाद उमेशजी, तपाइको खोजपूर्ण तथा सार्थक पत्रकारीताको लागी । हृतिक रोशन काण्ड देखी निर्मला पन्तको घटनासम्म आइपुग्दा कसरी हामी आफ्नो कान नछामीकनै कागको पछाडि दौडन्छौं भन्ने प्रस्ट भैसकेको छ । तसर्थ अझै पनि समयमा नै सम्बन्धित निकायको घैंटामा घाम लागोस, निर्मलालाई न्याय मिलोस, तब मात्र उनको आत्माले शान्ति पाउने छ ।
यतिको हिस्तपुस्ट रहेछ , १२-१३ बर्ष कि नानी मज्जाले बोक्न सक्छ ,,,, यसैले बलात्कार र हत्या गरेको भन्ने पूर्ण सत्य हो
खै के के , मेरो बिचार मा यो पागल सेक्स प्रिडेटर नै भए गाउमा अरु पनि धेरै केटीहरु होला , हिजो का दिन मा , बा निर्मला केस पछि पनि एसले तेस्तो प्रयास गर्थ्यो होला कि ?
भिनाजु लाइ पागल हुनु अगि मारेको हुन् सक्छ ।