Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मला प्रकरण : चार बोली सुन्नुस्, के हल्ला, के सत्य आफै छुट्याउनुस्

Posted on December 1, 2018February 10, 2020 by Salokya

बम दिदीबहिनीको चरित्र खराब छ। यो कुरा तपाईँलाई थाहा छ। कसरी? तपाईँले मिडियामा आएका कुरा सुन्नुभो। एकतर्फी कुराहरु सुन्नुभो। अब अलिकति दिमाग फराकिलो पारी दुईतर्फी कुरा सुन्नुस्। चरित्र खराबवाला विचारलाई कायमै राखी अरु धेरै कुरामा हैन, मात्र एउटा कुरामा ध्यान केन्द्रित गर्नुस्।

दिदी बबिता बम डान्सबारमा नाच्ने डान्सर रैछिन्। उनी ओपेरा होटलको डान्सबारमा काम गर्छिन्। तपाईँको दिमागमा पनि यो कुरा परेको हुनसक्छ। किनभने नेपाल मानवअधिकार संगठनको स्थलगत अनुगमनको लिखित डकुमेन्टमा नै यस्तै छ। यही कुरा मिडियामा पनि आयो। हामीले एकतर्फी हैन चार वटा बोली ल्याएका छौँ। यो सुन्नुस् र के हल्ला के सत्य आफै छुट्याउनुस्।

पहिलो : नेपाल मानवअधिकार संगठनले प्रतिवेदन सार्वजनिक गर्दाको बोली
दोस्रो : ओपेरा होटलका कर्मचारीको बोली
तेस्रो : नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालको बोली
चौथो : बबिता बमको बोली

हल्ला कसरी बन्दो रहेछ? कसरी फैलँदो रहेछ? स्थलगत प्रतिवेदनको नाममा के हुँदो रहेछ? स्थलगत प्रतिवेदन बनाउँदा कसैले भनेको कुरामात्रै राख्नुपर्छ कि कसको बारेमा के भनेको हो उसलाई पनि केही सोध्नुपर्छ? प्रश्न तपाईँहरुलाई नै।

15 thoughts on “निर्मला प्रकरण : चार बोली सुन्नुस्, के हल्ला, के सत्य आफै छुट्याउनुस्”

  1. Shankar Khatiwada says:
    December 11, 2018 at 6:49 pm

    नाम ले मात्र बिबेक रहेछन ती त l

    Reply
  2. डील्लीराम भण्डारी "यात्री" says:
    December 2, 2018 at 1:03 pm

    खोज पत्रकारीकाको उत्कृष्ट नमुना हेर्न यहाँ बाट अन्त जानु पर्दैन, धन्यबाद उमेश जी र समग्र टिमलाई,

    Reply
  3. Vicky Dev says:
    December 2, 2018 at 8:17 am

    इन्द्र अर्याल जी,
    नेपाल मानवअधिकार संगठनले प्रतिवेदन सार्वजनिक गर्दाको बोली (बम दिदि/बैनी मध्ये दिदि ओपेरा होटल मा डान्स बार को रुपमा काम गर्ने…) र यो भिडियो मा तपाइले बोलेको बोलि (तपाई को आवाज: ओपेरा होटल मा डान्स बार नै छैन…होटेल क कर्मचारी को बोलि पनि “ओपेरा होटल मा डान्स बार नै छैन”) आपस मा नमिलेपछि थोरै मात्र लाज /चेतना /मानवता/जिम्मेवारी बाकी छ तपयिमा भने त माफ माग्नु पर्ने हैन र तपयिले ???

    अपराधी जो सुकै भए पनि कानुन को दायेरामा ल्याउनु पर्छ र यो काम (तोरी लाउरे, निकम्बा) सरकार को हो. नेपाल मानवअधिकार संगठन जस्तो प्रतिष्ठित संस्था ले हचुवा को भरमा, अनुसन्धान (हुन त जाबो एउटा मान्छे ले काम गर्ने सहि ठाउँ पनि पत्ता लगाउन नसक्ने संस्था लाई के को प्रतिष्ठित भन्नु) नै नगरी हावा कुरा बोल्दा नागरिक लाई पर्ने असर अझै हेक्का भाको छैन करे माड्साब लाई ???

    I very strongly urge you Mr. Indra Aryal to apologize to Bam sisters and their family for the mistake (just the mistake you made as mentioned above…not on anything else) you and your organization made in your report regarding Bam didi occupation as a Bar dancer..

    Hats off to you Mr. Salokya for bringing an audio news to us covering voice of four different but right ppl and leaving the decision on our plate.

    Vicky Dev
    USA

    Reply
  4. madan bajracharya says:
    December 2, 2018 at 7:33 am

    महामुनि मात्रै होईन मुनिहरूको पनि इश्वर!!!/ को यो कथन उसैको हो बा कसैले बोल्न लगायको हो? यस्तो विवरण कसले बोलाउन लगायो बा बनाउन लगायो भनेर पत्ता लगाउन सके निर्मला काण्डको बास्तविक अपराधि को थिय पत्ता लाग्छ/

    Reply
  5. सुदर्शन काेइराला says:
    December 2, 2018 at 7:23 am

    निकै राम्राे छ । मानव अधिकार बादि भनाउदा हरुकाे काम देखेदा निकै दुख लाग्याे

    Reply
  6. Krishna Singh Pela says:
    December 1, 2018 at 8:09 pm

    पत्रकारिताको धर्म भनेकै उपलब्ध भएसम्मको यथासम्भव सत्य तथ्य जस्ताको तस्तै जनता सामु राख्नु हो । कसैलाई दोषी व निर्दोष सावित गर्ने अभिप्रायले तथ्यहरू वा आरोपीहरूमाथि हस्तक्षेप गर्ने वा सस्तो लोकप्रियताका लागि कोठामा बसेर भाइरल न्यूज संकलन गरी यू ट्यूबमा ध्यानाकर्षक टाइटल राखेर अपलोड गर्नु भनेको आफूलगायत सबैलाई भ्रममा राख्ने काम हो । पहिलो पोष्टले प्रकाशित गरेका यस घटनासम्बन्धी श्रृंखलाहरू पढें । यदि यसमा सत्यता छ भने (किनकि अब त विश्वास लाग्न नि छोडिसक्यो) त्यो तथाकथित प्रतिवेदन तयार गर्नेहरू कस्ता मान्छे थिए भनेर अचम्म लागेर वितृष्णा उत्पन्न हुँदैछ । उपन्यासकारले कल्पना गरी गरी कथा तयार पारेजस्तो गरेर नि स्थलगत प्रतिवेदन तयार हुन्छ र ? त्यो पनि यति संवेदनशील घटनाको प्रतिवेदन । यो झारोटार प्रतिवेदन हो वा कुनै यस्तै अज्ञात निर्देशनबाट प्रेरित भएर यस्तो तयार भएको हो, यो कुरा आफैमा संदिग्ध छ ।

    Reply
  7. shovakhar says:
    December 1, 2018 at 3:51 pm

    पहिलोपोस्ट को टिम निकै राम्रो लाग्छ भुकम्पको बेलामा हेलिकप्टर दुर्घटनाको फिचर रिपोर्टिंग र सुरुमै होला सायद टि यु मा एक जना फोहोर उठाउने को कथा थियो त्यति बेला देखि फलो गर्न लागेको उमेश सर(व्यक्तिगत चिनजान छैन) को प्रभाव नि होला । अहिले को निर्मला केश को पनि अनुसन्धान समिति ले भन्दा ब्यापक तरिका ले गहिराइ मा गएर गरेको रिपोर्टिंग, भ्युज पाउन सनसनी मचाउने हेडलाइनहरुबाट वाक्क भएको बेलामा पृथक र यथार्थपरक छ ।अहिले सम्म मलाइ चाख लागेको कुरा चाहि चक्र बडु को केश लाग्यो।हाम्रो देशमा स्थलगत प्रतिबेदन बुझाउने एन जी ओ को काम कति झारा टार्ने खालको छ भन्ने कुरा यहि केशमा छर्लंग भएको छ । अझ अध्ययन प्रतिवेदन हरु पनि दारुको तालमा कतै कोठा मा बसेर लेख्छन कि के हो ।

    कुन चाहि प्रतिबेदन मा त्यो बम बहिनिले ट्युसन नगएको तर पुलिस ले फोटोकपि गरेर नोट सार्न लगाको कुरा थियो नि त्यो नोट फोटो कपि गर्न दिने बहिनि को कुरा सुन्न नि गजब हुन्थ्यो होला । ट्युसन सेन्टर को मालिक को पनि कुरा सुन्न पाए गज्जब हुनेथियो ।

    Reply
  8. Bibek says:
    December 1, 2018 at 12:26 pm

    Mysansar ko investigate nirmalako murderer lai patta lagaune bhanda pani bom sisterslai innocent dekhauna tira lageko jasto lagyo. Nirmala was raped and murdered according to plan and last place she visited should be investigated thouroughly. Mancheko jindagi gaisakepachi aba ee sisterlai lai police le nai bhagna lagako raicha. Kei na kei lafada ta pakkai tha cha eniharulai.

    Reply
    1. Salokya says:
      December 1, 2018 at 12:38 pm

      जे देखेँ, त्यही लेखेको हुँ। मैले बम दिदीबहिनीलाई निर्दोष देखाउन लागेको छैन। म निर्दोषिताको प्रमाणपत्र दिने मान्छे हैन। तर जसलाई दोषी भनेर भनिँदैछ, उनीहरुविरुद्ध केही प्रमाण त हुनुपर्‍यो नि। अनुसन्धानमा त्यस्तो केही देखिएको छैन। न छरछिमेकीले त्यस्तो केही भन्छन्। निर्मला त्यो घरमा गएकी हुन्, निस्केको कसैले देखेको छैन। यतिका आधारमा र सुनेको ‘रे’को कुराको आधारमा उनीहरु नै दोषी भनेर किट्न पाइन्छ? जसले उनीहरुविरुद्ध आरोप लगाए, उनीहरुले केही प्रमाण दिएमा त उनीहरु तु पक्राउ परीहाल्छन् नि। तपाईँले पनि केही प्रमाण देख्नुभएको भए मलाई भन्नुस्। म यसमा थप खोज्छु।

      Reply
      1. shovakhar says:
        December 1, 2018 at 3:53 pm

        त्यत्रो दुख गरेर रिपोर्टिंग गरेको छन् कोठा मा बसेर भएपनि कम्तिमा पुरै पढेर धारणा बनाउन पर्यो मित्रजन

        Reply
  9. deepak paneru says:
    December 1, 2018 at 8:51 am

    ल बम दिदि बहिनि dancer हैनन् रे सो what you wanna prove what is the truth???

    Reply
    1. Salokya says:
      December 1, 2018 at 11:05 am

      I dont want to prove anything. I just want to show that there are rumours and how they have been rooted deep in our mind.

      Reply
  10. Shankar says:
    December 1, 2018 at 6:10 am

    कुरा त् के भो र जसले जे पनि गर्न सक्छ | राजनीति घुसिसकेपछी |
    येत्रो समय बितिसक्दा हत्याराको मनोबल बढेर कुन रुप मा निर्दोस बनेर बसिरहेको होला |
    यो बम दिदि बहिनि यो हत्या प्रकरण मा सम्बन्धित होला बा न होला तेतातिर जानु भन्दा, छानबिन को सुरुवात नै प्रमाण मेटाउन लागेका पुलिस अधिकारि हरुलाई लाइ नै सख्त केरकार गर्नु आवस्यक छ |
    यिनीहरुले अपराध अनुसन्धान गर्दा प्रमाण मेटाउन हुन्न भनेर किताब पढेको होला , तालिम पनि लिएको होला | त् के अहिले आएर धेरै फोहोर भएर सफा बनाएको भन्न पाइन्छ ?

    Reply
  11. बल says:
    December 1, 2018 at 4:33 am

    ठ्याक्कै प्रमाणित हुनाअएको देखियो नि त मानव अधिकार संगठनले दिएको रिपोर्ट मिलेन| त्यस्तरी स्थलगत रुपमा गरेको प्रतिवेदन हावादारी नहुन पर्ने हो| यसले त नेपाल मानव अधिकार संगठन प्रतिको विश्वसनीयतामा ह्रास आउछ| हरे शिव शिव, हाम्लाई सरकारी कामले दिक्कै लागेको बेला एनजीओ र आईएञ्जिओले पनि यस्तो लापरवाही र लर्तरो मुचुल्का दिएर पुगेन|
    हाम्रा मानव अधिकारवादीहरु खालि कर्नेल कुमार लामालाई बिदेशमा पकडा गरायो| त्यस्तै काममा सलग्न र आरोपित उनका हाकिमहरु र अन्यलाई त्यसै छाडीए| यो त पूर्वाग्रह र दुराशय लिएर छानी छानी गरेको काम भयो| अहिलेसम्म पकडा परिएको कुमार लामा मात्र हो त? अरु पनि बेधडक युरोप भ्रमण गरेका छन|
    लौ, अब मानव अधिकार संगठनले जवाफ दिने पालो | कुन वेबसाइटमा हेर्न पर्ने हो यसलाई funding कँहा बाट कति र कैले आउँछ अनि कति कसरि खर्च गरिन्छ त्यो पनि पारदर्शी रुपमा उक्त वेबसाइटमा देखाउनुहोला|

    Reply
  12. lalu says:
    December 1, 2018 at 3:31 am

    मेरो बिचारमा मनाबधिकार नामधारी NGO हरुलाई लाखातना ढिला भयो.एस्तो खालको प्रतिबेदन दिने आयोगहरुको आबस्यकता छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme