Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफै गलत प्रतिवेदन दिने, सुटुक्क सच्याउने अनि ‘कहाँबाट ल्याएर पढ्नुभो थाहा छैन’ भन्ने?

Posted on July 26, 2019August 12, 2019 by Salokya


निर्मला प्रकरण एक वर्ष पूरा हुँदा क-कसले यो अवधिमा के के गल्ती गरे, आत्मसमीक्षा जरुरी छ। एउटा जघन्य अपराधको घटनाको दोषी पत्ता लाग्न अवरोध पुग्ने गरी जे जस्ता परिस्थिति उत्पन्न भए वा गराइए, त्यो बुझेमात्र भविष्यमा हुने यस्तै घटनामा हुनसक्ने क्षतिबाट जोगिन सक्छौँ हामी।

आज एभिन्युज खबर टेलिभिजनमा यसै विषयमा बहस भएको थियो। सहभागी थिए क्राइम बिटका अनुभवी पत्रकार केपी ढुंगाना, नेपाल मानवअधिकार संगठन ह्युरोनका अध्यक्ष इन्द्र अर्याल र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेल।

कार्यक्रममा केपी ढुंगानाले यो बीचमा आफू कार्यरत मिडिया हाउसबाट सम्प्रेषित समाचारलाई समेत स्वीकार गर्दै सञ्चार क्षेत्रले गल्ती गरेको र त्यसलाई महसूस गरी अहिले ट्रयाकमा आइसकेको बताए। उनले यसै गरी प्रहरी, मानवअधिकारकर्मी र अरु सबैले पनि आत्ममूल्याङ्कन गर्नुपर्ने बताए।

तर नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले भने आफूहरुले गल्ती नै नगरेको अड्डी कसे। त्यसपछि केपी र इन्द्रको चर्काचर्की पर्‍यो। इन्द्रले केपीलाई सरकारबाट प्रायोजितको आरोप लगाए। केपीले इन्द्र अध्यक्ष रहेको संगठनको गलत प्रतिवेदनको उदाहरण दिँदै त्यसलाई कसरी सच्याइयो भनेर लाइभ कार्यक्रममा वाचन गरेरै सुनाए।

हेर्नुस् भिडियो-

उनकै संगठनको स्थलगत भनिएको प्रतिवेदनमा बम दिदीबहिनी मध्ये दिदी बम ओपेरा होटलको डान्सबारमा डान्सरको रुपमा कार्यरत रहेको
‘स्थलगत अनुसन्धान र स्थानीयको भनाई मेल खाएको’ उल्लेख छ। पछि हामीले #WhoKilledNirmala शृङ्खलामा प्रतिवेदनको त्रुटि औँल्याएपछि संगठनले आफ्नो वेबसाइटमा गुपचुप प्रतिवेदन सच्याएको थियो। वेबसाइटमा पछि पुरानै मितिमा राखिएको प्रतिवेदनमा दिदी बम ओपेरा होटलमा डान्सरको रुपमा कार्यरत भएको भन्ने व्यहोरा हटाइएको थियो।

केपीले कार्यक्रममा त्यही प्रश्न राख्दा उनले सच्याइएको प्रतिवेदनमात्र आफ्नो हो भनेर स्वीकारे। त्यसअघिको प्रतिवेदनलाई ‘कहाँबाट ल्याउनु भो, थाहा भएन’ भनेर गैर जिम्मेवार कुरा गरे। एउटा गम्भीर र संवेदनशील विषयमा कसैप्रति लाञ्छना लाग्ने गरी गलत प्रतिवेदन राख्ने, अनि गुपचुप त्यसलाई सच्याउने अनि गल्ती भएको स्वीकार गर्न नसक्ने? अझ कहाँबाट ल्याउनु भो, थाहा भएन भन्ने?

एक पटक इन्टरनेटमा राखिएको कुरा त्यसरी हटाउँदैमा, सच्याउँदैमा सच्चिने हैन। खोज्यो भने प्रमाण मज्जैले भेटिन्छ।

सबभन्दा पहिला त यो संगठनले आफ्नै युट्युबमा राखेको आफ्नै संगठनका महामुनीश्वर आचार्यले वाचन गरेको प्रतिवेदन सुन्नुस्-

यसलाई त उहाँले हाम्रो प्रतिवेदन हैन भनेर जिकिर गर्न सक्नुहुन्न होला। हदै गरे भिडियो डिलिट गर्न सक्नुहोला। त्यो पनि अहिलेसम्म गर्नुभएको छैन। भिडियो डिलिटै भए पनि अरु धेरैले युट्युबमा त्यो भिडियो राखेकै छन् क्यारे।

त्यसैगरी अहिले वेबसाइटमा प्रतिवेदन पुरानै मिति राखेर सच्याए पनि अर्काइभ नामको एउटा वेबसाइटले पुराना पेजहरु सुरक्षित राख्छन्। त्यहाँ गएर पुरानो प्रतिवेदन मज्जाले हेर्न सकिन्छ।

हेर्नुस् प्रेस रिलिजहरु भएको पेजको अर्काइभ
हेर्नुस् बम दिदीबहिनीबारे लेखिएको पेजको अर्काइभ
हाल वेबसाइटमा राखिएको प्रतिवेदन

12 thoughts on “आफै गलत प्रतिवेदन दिने, सुटुक्क सच्याउने अनि ‘कहाँबाट ल्याएर पढ्नुभो थाहा छैन’ भन्ने?”

  1. madan bajracharya says:
    July 30, 2019 at 6:45 am

    सालोक्य ज्यु
    इन्द्र अर्याल दोही ठहर भयो भने कानुनमा कस्तो सजायको ब्यबस्था र दोषी ठहर भयमा यस्तो व्यक्ति पदमा रहन्छ बा ….जान्न उत्सुक छु/

    Reply
  2. madan bajracharya says:
    July 30, 2019 at 6:42 am

    अपराधको अनुसन्धानको घेरा भित्र यसलाई पनि ल्याउनु पर्छ/ घटनालाई अर्कै रुप दिने प्रयाश अपराधमा संलग्न व्यक्ति बाटै हुन्छ/

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    July 28, 2019 at 11:21 am

    ईन्द्र अर्याल भन्ने मान्छे आफ्नो गल्ति र कमजोरीलाई स्वीकार गरेर कार्यमा परिमार्जन गर्ने सक्ने ब्यक्ति हैनन् । मेरो बिचारमा त अर्याल बाजे कसैबाट परिचालित छ । निर्मला बलत्कार र हत्या काण्डलाई राजनितिक रंग दिनको लागि सबैभन्दा बढि भूमिका अर्यालकै छ । मेरो बिचारमा त ईन्द्र अर्याल पनि हुन् । निर्मला पन्त शारिरीक रुपमा बलत्कार भईन् र तत्पश्चात हत्या गरियो भने बम दिदी बहिनीहरुलाई मानसिक रुपमा बलत्कार गरी जिउँदै मर्नु र बाँच्नुको दोसाँधमा पुर्याउनेहरुका नाईके ईन्द्र अर्यालनै हुन् ।

    Reply
  4. Rahul says:
    July 27, 2019 at 10:12 pm

    यो त अत्ति नै भो? लोल, क भाको यो देश मा?

    Reply
  5. madan bajracharya says:
    July 27, 2019 at 7:22 pm

    सालोक्यज्यु
    निर्मला काण्ड “नेपालमा पहुँच भयकाले निर्दोष माथि बलात्कार गर्ने गर्दै आयको प्रमाण हो”/ निर्मला काण्डले बलात्कार भनेको कुनै अवला बा बालिका माथि यौन बलात्कार गर्ने मात्रै “बलात्कारी होईनन भन्ने कुराको संकेत गरेको छ/ बलात्कृत र हत्या इज्जत, व्यक्तित्व प्रतिष्ठा र नगरिक हकको पनि हुन्छ भन्ने कुरा “निर्मलाको बलत्कार हत्या भयकोले स्पस्ट देखायको छ/ बास्तवमा भन्ने हो भने निर्मला काण्ड यक प्रकारको शृंखला बद्ध बलात्कार र हत्या काण्ड हो र यो काण्डमा शारीरिक मानशिक र व्यक्तित्व को मात्रै बलात्कार र हत्या भयको छैन कानुनको समेत बलात्कार र हत्या भयको छ/

    निर्मला माथि बलात्कार भयको घटना आवेग र उत्तेजना मा भयको पनि हुन् सक्छ/ तर यो काण्डमा निर्दोष फसाउने बदनाम गर्ने आदि आदि जुन बलात्कारहरु भयको छ ती बलात्कार हरु पहुँच भयकाले योजना बद्ध तरिकाले नै गरेको छ/ त् म यस्तालाई निर्मला काण्ड को सबै भन्दा ठुलो बलात्कारी र हत्यारा भयको ठान्छु/ तर दुख लाग्दो कुरा त् के हो भने नेपालमा यस्तालाई सजाय गर्न सक्ने कानुन नै बनाउन चाहँदैन/

    लोकतन्त्र को पहिलो सब्द लोकको अर्थ मात्र नागरिक होईन नागरिकको “हक” पनि हो देसको सार्वभौम सट्टा पनि हो/ जहा नागरिक र देसको सार्वभौम सत्ताको अवस्था भोटको रस चुसी सके पछि “रस चुसी सके पछि फालिने उखु जस्तै छ त्यहा “लोकतन्त्र” छ भन्ने कुरा लाई कसरि लिने त्यो नै ठम्याउन सकिरहेको छैन/

    Reply
  6. जीवन नेपाल says:
    July 27, 2019 at 6:24 pm

    यो इन्द्र अरिंगाल भन्ने काँठे त निकै कुर्लंदो रहेछ / एक गल्ती पनि स्वीकार नगरी ठुलो ठुलो स्वर र डाँको ले मिच्न खोज्ने यो भद्दा काँठे सरासर झुठ बोलेर आफ्नो गल्ती मेटाउन खोज्दो रहेछ / सबैलाई थांगना मा सुतौन्छु म मात्रै चलाख छु भन्ने ठानेको रहेछ यो कुवा को भ्यागुतो काँठे इन्द्र अरिंगाल ले / मानव अधिकार को नाम मा जे पायो त्यही झुट विदेशी लाइ सुनाएर डलर खेति गर्न पल्किएको यो काँठे / हिन भावना ले ग्रसित यो इन्द्र अरिंगाल ठुलो स्वर ले मिचेर खान्छु भन्दो हो / यसको दिन पनि आउँछ /

    र त्यो अर्को पत्रकार भनौदो अर्को झुठ को खेताला काँठे खेम भण्डारी पनि आफु लाइ के के न पत्रकार ठान्दो हो / घर मा बसेर उपन्यास लेखेर “समाचार” भन्दै खेति गर्ने घोर काँठे हो यो खेम भण्डारी/ अदालत ले १ रुपियाँ जरिवाना गरेर छुटें भन्दो हो यो काँठे, तर कर्म कमण्डलु को भोगाई र भुग्तान त यसले थाहा पाएकै छैन /

    Reply
  7. Shashi Acharya says:
    July 27, 2019 at 6:10 pm

    Manab adhikaar karmi kaa adyaxya Indra aryal le pratibedan thodfod grne ani afu baat nirdos lai dosi taraaune kaam vo vaner atma aalochana grne lai ultai media maa ta sarkar ko prabakta vaner hochyauxan vane in le ta sarkaar lai asafal banaauna pramaan haroo dabai nasta garera sarkaar lai vram maa rakheko rahexa.
    Yeslai nai jail maa kochrer doloor chaddayo vane matra hatyara patta laagne rahexa

    Reply
  8. ram says:
    July 27, 2019 at 3:12 pm

    ‘जो चोर उसैको ठुलो सोर’ इन्द्र अर्याल फटाहा ?

    Reply
  9. Shankar says:
    July 27, 2019 at 11:59 am

    पद मा हुदैमा हुन्छ , गालामा थप्पड दिनुपर्ने खालको रहेछ

    Reply
  10. Pavitra Rai says:
    July 27, 2019 at 1:39 am

    हामीले सरकारको आलोचना बहुत गर्छौं, गर्नु पनि पर्छ/पर्ला खबरदारीको लागि, तर यी मानब अधिकार र शान्तिका नाममा भएका शंघ-संगठन हरु जत्तिको छाडा-चुत्या, गैर जिम्मेवार र पैसाका लागि जे पनि गर्ने इन्द्र अर्याल जस्ता अधिकारीहरु हेर्दा त यिनी भन्दा पनि तुच्छ र लाज पचेका भ्रस्ट अरु कोहुन्छ र जस्तो लाग्छ।

    Reply
  11. Khadka says:
    July 27, 2019 at 12:53 am

    Salokya ji… Bam dd baini ko pachya baata kunai kanooni Ladai Suru vaeko cha ra?? Do u have any info on this… esp. Against this Indra guy?? Yesko orgn ko International donors haru ta holan ni… kam se kam tyaa samma vae ni evidence sahit jaankaari garauna sake ni thorai vae ni bam dd baini Lai nyaya milthyo hola ki…

    Reply
    1. Salokya says:
      July 27, 2019 at 11:28 am

      बम दिदीबहिनीमध्ये बबिता बमले इन्द्र अर्यालविरुद्ध गाली बेइज्जतीको मुद्दा कन्चनपुर जिल्ला अदालतमा दायर गरेकी छिन्।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme