Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि लामिछानेले तोडमोड गरेको आरोप लागेको भिडियोमा के छ? हेर्नुस् पूरा भिडियो

Posted on August 12, 2019August 13, 2019 by Salokya

यति बेला दुई पत्रकारका समर्थकहरु सामाजिक सञ्जालमा भिडिरहेका छन्- रवि लामिछाने र खेम भण्डारी। गएको मंगलबार रवि लामिछानेले आफ्नो कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को इतिहासमै सबैभन्दा लामो साढे दुई घण्टाको बहस चलाए- निर्मला प्रकरणमा केन्द्रित भई। त्यो कार्यक्रमपछि सामाजिक सञ्जाल तात्तिएको हो। रवि लामिछानेका समर्थकहरु खेम भण्डारीमाथि जाइलागेका छन् भने खेम भण्डारीका समर्थकहरु पनि रवि लामिछानेमाथि विभिन्न आरोपहरु लगाइरहेका छन्। यही क्रममा आज एउटा आरोप लगाइयो- रविले दिलिपसिंह विष्टबारे बोल्ने एक युवतीको अन्तर्वार्ता तोडमोड गरेर कार्यक्रममा प्रस्तुत गरे।

आरोप कञ्चनपुरबाट प्रकाशन हुने ‘आभाषकुञ्ज’ पत्रिकामा छापिएको हो। अस्तिको कार्यक्रममा खेम भण्डारीले यही पत्रिका पनि देखाएका थिए।

पत्रिकाको साउन २७ गतेको अंकमा निर्मला प्रकरण : भिडियो तोडमोड गरेर प्रसारण गरियो शीर्षकको समाचारमा ती युवतीको भनाई भन्दै यस्तो लेखिएको छ-

आफुले भिडियोमा ६ मिनेट कुरा राखेको तर गत मङगलवारको न्यूज–२४ को ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा आधा काटेर, तोडमोड गरी दिलिप सिंह बिष्टलाई दोषि देखाउने तथा अन्यसंगको प्रतिशोध साध्नके किसिमले प्रयोग भएको

उक्त भिडियो कुनै पनि टेलिभिजन तथा अन्य मिडियामा प्रशारण नगर्ने भनेर एक महिना अगाडि ‘सुट’ गरिएको

‘दिलिप मानसिक सन्तुलन गुमाए जस्तै देखिदैन’ भन्ने अभिव्यक्तिलाई केन्द्रीत भएर उक्त भनाइ मात्र कार्यक्रममा प्रसारण गरिएको

‘भिडियो पूरा बजाइनु पर्थ्यो, आधा भिडियो प्रसारण भएर एक पक्षलाई दोषि देखाउने किसिमले भिडियो प्रयोग भएको छ। मैले कसैलाई दोषि हो भनेर भनेकी छैन्, पुरा भिडियोपछि मैले दिलिप मानसिक सन्तुलन गुमाए जस्तो देखियो जस्ता विभिन्न अभिव्यक्ति दिएको थिएँ । भिडियो गलत प्रयोग भएको छ।’

के हो त कुरा ?

मैले रवि लामिछानेलाई सोधेँ। उनले भने, ‘रिपोर्टिङका क्रममा कुनै पनि व्यक्तिसँग बाइट (कुराकानी) लिएपछि सबै रेकर्डिङ कार्यक्रममा राखिँदैन। केवल त्यसको आशय छोटकरी राखिन्छ। काटकुट हुन्छ तर तोडमोड हुन्न।’

उनले थपे, ‘त्यो एपिसोडमा एक युवतीको बाइटको आशय राखका थियौँ। पूरा भनाई राख्दा पनि कुरा उही हो- दिलिपले १०/१५ मिनेट गलत बाटो हिँडाए। हामीले त्यही प्रसारण गर्‍यौँ। पूरै बाइटले त अझ थप पुष्टि हुन्छ कि दिलिपसिंह विष्ट मानसिक रोगी जस्ता देखिँदैनन्। दुवै भिडियो हेर्नुहोला।’

के छ तोडमोड भएको भनिएको भिडियोमा?

प्रसारण भएको र प्रसारण नभएको दुवै भिडियो हेरेर तपाईँ आफै निर्क्यौल गर्न सक्नुहुन्छ। तल हेर्नुस् भिडियो-

खासमा दिलिपसिंह विष्टबारे समाचारहरु आउन थालेपछि ती युवती आफै सम्पर्कमा आएकी थिइन् र आफूले भोगेको कुरा बताएकी थिइन्।

‘राख्दै नराखेको स्टायटस राखियो’

रवि लामिछानेले आफूले राख्दै नराखेको स्टायटस राखियो भनी भ्रम छरिएको पनि बताए। शनिबार सामाजिक सञ्जालमा खेम भण्डारी पक्राउ परेको पुरानो भिडियो भाइरल भएको थियो। जसमा उनलाई प्रहरीले भ्यानमा राख्दै लगेको र उनले फेसबुकहरुमा व्यापक गर है भनेको सुनिन्छ।

दिल्लीराज विष्टभन्दा अघिका एसपी प्रकाश चन्दको पालामा २०७४ सालमा उनलाई प्रहरीले नियन्त्रण लिएको थियो।

२०७४ जेठमा मानसखण्ड दैनिकले ‘कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप’ शीर्षकमा समाचार लेख्छ जसमा प्रहरीले ‘फिल्मी शैली/अपहरणको शैली/ अत्यन्त रहस्यमय तरिकाले’ होटल व्यवसाय गर्ने दुई युवतीलाई पक्राउ गरिएको उल्लेख हुन्छ। पक्राउ परेका दुई युवतीलाई जिल्ला प्रहरी प्रमुख प्रकाश चन्दले शनिबार दिउँसो खाजा खान बोलाएको तर ती युवतीहरू नगएको दावी समाचारमा गरिएको हुन्छ।
चार दिनसम्म यो प्रकरणको निरन्तर फलोअप समाचार छापिन्छ। ती समाचारहरुमा ‘फिल्मी शैलीमा गरिएको धरपकड झन् रहस्यमयी बन्दै गएको’ देखि एसपी चन्दसँग जानकारी लिन खोज्दा ‘तपाईँ बढ्ता नहुनुस् है’ भन्दै उनले फोन काटिदिएको उल्लेख हुन्छ।

तर, ट्विस्ट त्यतिबेला आउँछ जब पक्राउ परेका युवतीका परिवारबाट उजुरी आउँछ – पीडितको नाम सार्वजनिक गरेर पत्रिकाले चरित्र हत्या गर्‍यो, बिहेसमेत रोकियो। त्यही उजुरीलाई आधार बनाएर अनुसन्धान गर्नलाई पक्राउ पुर्जी जारी हुन्छ। पत्रिकाका कार्यकारी सम्पादक जी (गणेश) भट्ट र सम्पादक खेम भण्डारी पक्राउ पर्छन्।

वर्दीको ‘पावर’ देखाएर पक्राउ गरेपछि भण्डारीले पनि आफ्नो ‘पावर’ देखाउँछन्। समाचार लेखेकै आधारमा पक्राउ परेको भनेर देशभरबाट विरोध हुन्छ र २८ घण्टापछि उनीहरु रिहा हुन्छन्।

त्यतिबेलाको भिडियो सामाजिक सञ्जालमा नयाँ झै गरी भाइरल भएको थियो। रवि लामिछानेले खेम भण्डारी पक्राउ परेको लेख्दै आफ्नो स्टायटस राखेको भन्दै उनले अन्तर्वार्ता पनि दिन भ्याए

खासमा भिडियो रविले राखेको नभई उनको नाममा खुलेको फेक फेसबुक अकाउन्टले राखेको थियो। रवि लामिछानेको नाममा फेसबुकमा दर्जनौँ फेसबुक प्रोफाइल र पेजहरु रहेका छन्।

आरोप-प्रत्यारोप

दुई पत्रकारका समर्थकहरुले सामाजिक सञ्जालमा विभिन्न मिमहरु पनि बनाएका छन्। केही उदाहरण हेरौँ-

आरोप प्रत्यारोपमा दुवैका समर्थक उत्रिए पनि दुवैका कमजोरी देखिन्छन्। खेम भण्डारीले लगातार गलत तथ्यहरुमा टेकेर भ्रममा पार्ने काम यो प्रकरणमा गरे जसका कारण जिल्ला अदालतले उनलाई तुच्छ सजायसमेत दिएको छ। पढ्नुस् थप जानकारीका लागि यो ब्लग।

रवि लामिछाने अस्तिको त्यो कार्यक्रममा कार्यक्रम सञ्चालक (होस्ट) को रुपमा भन्दा फरक रुपमा प्रस्तुत भएको धेरैले महसूस गरे। दुई अतिथि भएको कार्यक्रममा उनले एक अतिथिलाई मात्र पेल्नुको साटो दुवैलाई समान व्यवहार गर्नुपर्थ्यो। एकले दिएको फ्याक्टलाई अर्कोसित जवाफ माग्नुपर्थ्यो। तथ्यमा जानुपर्थ्यो बहस तर विषयान्तर धेरै भयो। बाइटलाई छोट्याए जस्तै यो बहसलाई पनि सम्पादन गर्ने हो भने गुदी कुरा आधा घण्टामात्र हुन्थ्यो होला।

2 thoughts on “रवि लामिछानेले तोडमोड गरेको आरोप लागेको भिडियोमा के छ? हेर्नुस् पूरा भिडियो”

  1. जीवन नेपाल says:
    August 14, 2019 at 6:27 am

    छामी लाने ले अलिकति त अचाक्ली गरेकै हो ए गाँठे / छामिलाने लाइ अलि कम बोल्नुस भन्नु पर्ने

    Reply
  2. Bhawana Jyoti says:
    August 13, 2019 at 6:06 am

    “दुई अतिथि भएको कार्यक्रममा उनले एक अतिथिलाई मात्र पेल्नुको साटो दुवैलाई समान व्यवहार गर्नुपर्थ्यो। एकले दिएको फ्याक्टलाई अर्कोसित जवाफ माग्नुपर्थ्यो। तथ्यमा जानुपर्थ्यो बहस तर विषयान्तर धेरै भयो। बाइटलाई छोट्याए जस्तै यो बहसलाई पनि सम्पादन गर्ने हो भने गुदी कुरा आधा घण्टामात्र हुन्थ्यो होला।”
    ठिक कुरा गर्नु भयो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme