मनाङ यात्राको ब्लग व्यस्तताका कारण जारी राख्न सकेको थिइनँ। आजदेखि फेरि सुरु गर्ने जमर्को गर्दैछु। मनाङ जिल्लाको मनाङ गाविस रहेछ खास मनाङ चाहिँ। मनाङबाट याकखर्कतिर हिँड्ने क्रममा बाटोमा केही विदेशी पर्यटकहरु भेटिए। हामी नेपालीहरु ट्रेकिङमा नर्थफेस लगायतका विभिन्न ब्रान्डनामका सामान प्रयोग गरिरहेका हुन्थ्यौँ (भलै ती सामान नेपालमै बनेका किन नहुन्!) एक जना विदेशी भने हाम्रै… Continue reading
Category: यात्रा
पैसाको पहुँच
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को… Continue reading
पोखराको आकाशमा चराजस्तै उड्दा
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो… Continue reading
किराको लोभमा माटोसमेत बेचिन्छ
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको चौथो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। एक जना व्यापारी थिए १७/१८ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै गरेका। सुरक्षाको कारण उनले आफ्नो नाम खुलाउन चाहेनन्। हामीले त्यसको सम्मान गर्ने बताएपछि बल्ल उनी खुले। उनी त आफै… Continue reading
दिमागमा घाँस उम्रिएको !
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो। पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक… Continue reading
एउटै गाउँमा करोडको व्यापार
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको दोस्रो ब्लग यहाँ राख्दैछु। अघिल्लो ब्लगमा पनि भनिसकेको हुँ यार्सागुम्बाबारे पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठको अध्ययनका सिलसिलामा मनाङ आइपुगेको हुँ। यात्राको दोस्रो दिन स्थानीय व्यापारी र संकलकहरुसित जानकारी लिँदैमा बित्यो। तपाईँलाई सुन्दा अचम्म लाग्ला, यहाँको विकट गाउँमा यार्सागुम्बाको व्यापारबाट प्रशस्त आम्दानी हुन्छ।… Continue reading
माछा नपाइने मनाङतिर मुन्टिँदा
मनाङ जिल्लाका थुप्रै विशेषता पढेसुनेको थिएँ। जस्तै मनाङ माछाबिनाको जिल्ला हो। यहाँका कुनै पनि नदी वा जलाशयमा माछा लगायत कुनै जीवजन्तु पाइँदैन। मनाङ कम पानी पर्ने नेपालको एउटा ठाउँ हो। बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो। केही अघिसम्म जेल र थुनुवा नभएको जिल्लाका रुपमा पनि मनाङ परिचित थियो। तर नार यार्सागुम्बा कान्डपछि… Continue reading
हाइवेका हामी ‘अपराधी’ यात्रु
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
नयाँ वर्ष, नयाँ अनुभव !
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाइयो। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघायो।
बोष्टनको बाइसधारा र जोन हार्वर्डको पाउ
-शशांक लामा- जसरी नेपालका अभिभावकहरु आफ्ना नानीहरुको राम्रो शिक्षाको खातिर नेपालमा भएका राम्रा स्कुलहरु समेत छोडेर दार्जिलिङ,कालेबुङ,मसुरी आदिमा लगेर पढाउँछन,त्यसरी नै अमेरिकि अभिभावकहरु पनि आफ्नै प्रादेशिक राज्यमा भएका राम्रा शिक्षण संस्थाहरु छोडेर म्यासाचुसेट राज्यको सेरोफेरोमा अवस्थित स्कुलहरुमा आफ्ना नानीहरु पठाउन रुचाउँछन| कारण प्रष्ट छ्: यसै सेरोफेरोमा Harvard, MIT, Yale र अन्य नाम चलेका स्कुलहरु छन|… Continue reading
यात्रा संस्मरण: मैले देखेको कलोराडो
-शशांक लामा- कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छंदै थियो। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। अर्धाङगिनीलाई सानैदेखि हुने गरेको Motion Sickness ले… Continue reading
‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन
खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने मतलब,… Continue reading
‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न
पोहोरको ब्लग पढ्नुभएको भए तपाईँहरुलाई याद हुनुपर्छ, ससुराली गाउँमा मेरो परिचय ‘लालमाइको पोइ’ को रुपमा मात्र रहेको छ। यसपालि म घेवा हेर्न हिँडेको छु। घेवा अर्थात् तामाङ परम्परामा मृत्यु संस्कारको एउटा महत्त्वपूर्ण पक्ष। हिन्दुहरुको सराद्धे भन्या जस्तै। एक महिना जति अगाडि लालमाइको ‘मम’ खस्नुभएको थियो। ‘मम’ भनेको आमा हैन नि फेरि। सुरुमा यो शब्द सुन्दा… Continue reading
मुस्ताङतिर मुन्टिँदा..
मुस्ताङ यात्रा अनुभव–१ “भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…” विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, गएको… Continue reading