Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजेन्द्र मगर

आजको समाचार : मनाङेको प्रश्न, म घरज्वाइँ हो र जेल मात्र लैजाने ? देखि वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न

Posted on January 7, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइनले वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेको पत्रकार सम्मेलन र आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भन्ने विषयमा समाचार लेखेका छन्। सेतोपाटी अनलाइनले वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न भन्ने हेडलाइनमा समाचार लेखेको छ।

आजका समाचार : ‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्’ देखि प्रदेश नम्बर पाँचले किन्यो बजार मूल्यभन्दा आधा करोड बढी तिरेर ११ गाडी

Posted on January 6, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई प्रमुख समचार बनाएका छन्। पहिलोपोस्ट अनलाइनले सभामुखप्रति मिनेन्द्र रिजालको आक्रोश, ‘संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै’गो नि’ शिर्षकमा समाचार लेखेको छ। आजको प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नदिएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका थिए।

आजको समाचार: कुन अस्पतालमा नर्सलाई कति तलब देखि सस्तो व्याजमै कृषी ऋणसम्म

Posted on January 5, 2019January 12, 2019 by राजेन्द्र मगर

आज शनिवार नेपालका अनलाइन मिडिया साहित्य र फिचर स्टोरीमा केन्द्रित छन्। बाह्हखरी अनलाइनले बुवाको बिँडो शिर्षकमा पत्रकार बिनाज गुरुवाचार्यको प्रोफाइल लेखेको छ। बिनाजको पत्रकारितामा प्रवेश र उनको पत्रकारिताको यात्राको बारेमा उक्त फिचर केन्द्रित छ। सेतोपाटी अनलाइनले कृषि उद्यम गर्न ३. ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ?  भन्ने शिर्षकमा समाचार लेखेको छ। ‘बैंकको आधार… Continue reading

पुरुषहरु बिरामी हुँदा मजाक उडाउन प्रयोग गरिने ‘ननमेडिकल वर्ड’ : म्यान फ्लु

Posted on January 4, 2019January 12, 2019 by राजेन्द्र मगर

के तपाईको पुरुष साथी बिरामी हुँदा पाँच वर्षेको बच्चा जस्तो व्यवहार गर्छ ? जब पुरुषहरु बिरामी हुन्छन् वा बिरामी भएको नक्कल गर्छन् उनीहरुलाई रुघा लाग्नु एक प्रकारको चर्चित सिदान्त नै हो। त्यही अवस्थामा महिला भने घरायसी काम, बच्चाको स्याहार र जीवनसँग लडिरहेकी हुन्छिन्। ‘इन्फ्लूजा फ्लू’को समयमा ‘म्यान फ्लू’ का बारे पनि मानिसहरु जिज्ञासु हुँदैछन्। ‘म्यान… Continue reading

आजको समाचार : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथदेखि वाइडबडी जाँचबुझ आयोग गठनसम्म

Posted on January 3, 2019January 3, 2019 by राजेन्द्र मगर

आज नेपालका अधिकांश अनलाइन मिडियामा जेलमा रहेका सांसद रेशम चौधरीको शपथको र वाइडबडी प्रकरणका समाचार प्राथमिकताका साथ लेखेका छन्। पहिलोपोस्ट अनलाइनले रेशमलाई सपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका भन्ने शीर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तापछि रेशमलाई सपथ गराउने माहोल जुरेको… Continue reading

आजको समाचार: वाइडबडी भ्रष्टाचार काण्डमा  मन्त्री रवीन्द्र अधिकारी देखि पूर्वराजा ज्ञानेन्द्रको दमौली भ्रमणको चर्चा

Posted on January 2, 2019January 12, 2019 by राजेन्द्र मगर

  आज नेपालका अधिकाशं अनलाइन मिडियाले वाइडबडी प्रकरणको बारेमा समाचार लेखेका छन। सेतोपाटी अनलाइनले वाइडबडी खरिदमा कुन कुन शिर्षकमा के के अनियमितता भएको भन्ने समाचार लेखेको छ। वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको उल्लेख छ । त्यस्तै सबैभन्दा बढी अनियमितता विमानको मूल्यमा भएको सेतोपाटीले लेखेको छ।  कांग्रेस… Continue reading

आजका समाचार : चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीसमा बढुवा देखि क्रिकेटर सन्दिपको प्रशंसा

Posted on January 1, 2019January 12, 2019 by राजेन्द्र मगर

आज सन् २०१९ को पहिलो दिन। आज नेपालका अनलाइन मिडियाले के के समाचार हाले त ? हेरौँ केही अनलाइनमा मिडियामा आएका समाचारहरु। आज प्राय अनलाइन मिडियाले सन् २०१८ मा चर्चामा आएका घटनाको बारेमा समाचार बनाएका छन्। हेरौँ केही समाचारहरु। पहिलोपोस्ट अनलाइनले विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई जेलसम्म… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme