Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका समाचार : ‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्’ देखि प्रदेश नम्बर पाँचले किन्यो बजार मूल्यभन्दा आधा करोड बढी तिरेर ११ गाडी

Posted on January 6, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई प्रमुख समचार बनाएका छन्। पहिलोपोस्ट अनलाइनले सभामुखप्रति मिनेन्द्र रिजालको आक्रोश, ‘संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै’गो नि’ शिर्षकमा समाचार लेखेको छ।

आजको प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नदिएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका थिए।

कांग्रेस सांसदहरुले प्रधानमन्त्री ओलीसँग प्रश्नका लागि सभामुख कृष्णबहादुर महरासँग समय माग गरेका थिए। तर सभामुख महराले समय दिन इन्कार गरे। सभामुख महराले समय दिन इन्कार गरेपछि कांग्रेस सांसदहरु आक्रोशित भएका थिए।’संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै’गो नि’ प्रधानमन्त्रीलाई लक्षित गर्दै मिनेन्द्र रिजालको प्रश्न थियो।

त्यस्तै सेतोपाटी अनलाइनले प्रदेश नम्बर पाँचले किन्यो बजार मूल्यभन्दा आधा करोड बढी तिरेर ११ गाडी भन्ने शिर्षकमा समाचार लेखेको छ।  उक्त समाचारमा प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका सवारी साधनमा व्यापक आर्थिक अनियमिता भएको उल्लेख छ।

त्यस्तै अनलाइन खबरले ‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्’ भन्ने शिर्षकमा समाचार लेखेको छ। पराराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सम्पादकहरुसँग होटल याक एण्ड यतीमा लन्च मिटिङमा गरेको कुराकानीलाई अनलाइन खबरले समाचार बनाएको हो।

समाचारमा भनिएको छ, परराष्ट्रमन्त्री ज्ञवालीले देशमा राजनीतिक स्थिरता कायम गरिएको भए पनि त्यसलाई संस्थागत गर्न बाकि रहेको र अस्थिरताका कारक तत्वहरु बाँकी नै रहेको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘हामीमा अझै केही समस्या छन्। स्थिरता हासिल गर्यौं। तर, यसलाई संस्थागत बनाउन बाँकी छ। यहाँ बोर्ड नै राखेर द्वन्द्वको खेती चल्दोरहेछ। अस्थिरताका कारकतत्वहरु बाँकी नै छन्। नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्।’

त्यस्तै नेपाल खबर अनलाइनले यी सुन्दरी राजदूत, जसले चीनबाट नेपालमा पेट्रोल ल्याउन पहल गरिन् भन्ने शिर्षकमा नेपालका लागि नयाँ चिनियाँ राजदूत होउ यानछीको बारेमा लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme