Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : मनाङेको प्रश्न, म घरज्वाइँ हो र जेल मात्र लैजाने ? देखि वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न

Posted on January 7, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइनले वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेको पत्रकार सम्मेलन र आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भन्ने विषयमा समाचार लेखेका छन्।

सेतोपाटी अनलाइनले वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न भन्ने हेडलाइनमा समाचार लेखेको छ।

के थिए त ति पाँच प्रश्न ?

टेक अफ वेटको गडबडी
खरिद प्रक्रियामा मौनता
मूल्यबारे मन्त्रालय नै बेखबर
पटक-पटक सिरियल नम्बर फेरबदल
जहाज पुरानो, मूल्य किन बढ्दो?

त्यस्तै पहिलोपोस्ट अनलाइनले आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भष्ट्रचारको मुद्दा दायर, एटीएमबाट एक करोड ८० लाखको किनमेल भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए।’

त्यस्तै अनलाइन खबरले डा. केसीलाई योगेशको जवाफः तपाईले आफ्नै स्तर गिराउनुभयो भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईइले भनेका छन्, ‘उहाँले सभापति, माननीय खगराज अधिकारी, भैरवबहादुर सिंह र मेरो पनि नाम लिएर जे शब्दबाट हामीलाई टिप्पणी गर्नुभएको छ । उहाँलाई कुनै जवाफ दिनुपर्ने आवश्यकता छैन्। गोविन्द केसीजीले यो बुझिरहनुस्, हामीमाथि जुन शब्दहरु प्रयोग गर्नुभयो। यो शब्दले उहाँलाई जिन्दगीभर लखेट्छ। पछिसम्म गिज्याउँछ र यो शब्दको भारीले उहाँको टाउको थिचिरहन्छ।’

त्यस्तै नेपालखबर अनलाइनमा गण्डकीका मुख्यमन्त्रीसँगै बसेर मनाङेले भने: म घरज्वाई हो र जेलमात्रै लैजाने? भन्ने हेडलाइनमा समाचार लेखिएको छ।

समाचारमा प्रदेशभा सदस्यको रुपमा सपथ लिने अवसर नपाएपनि दीपक मनाङे भनिने राजिव गुरुङले गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेबुल सेयर गरेको उल्लेख छ। प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएकै दिन आज (सोमबार) प्रदेशसभा पुगेका मनाङले क्यान्टिनमा मूख्यमन्त्रीसँग टेबुल सेयर गरेका हुन्।

समाचारमा मनाङेले भनेका छन्, ‘सर्वोच्चले हरायो भने ५ वर्ष जेल बस्ने हो, त्यसको आधा बसे पुग्छ, २ वर्ष पहिल्यै बसेको छु, पछि नौ महिना बसेको छु। घरज्वाइँ हो र मलाई जेल मात्र लैजाने?’

1 thought on “आजको समाचार : मनाङेको प्रश्न, म घरज्वाइँ हो र जेल मात्र लैजाने ? देखि वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न”

  1. madan bajracharya says:
    January 9, 2019 at 12:03 am

    म दिपक मनाङ्गे को बारेमा/ तोलियाहो/ मिजासिलो र आफु भन्दा सिनियर सिट अत्यन्त सभ्य तरिकालेनै कुरा गर्छन/उसको साथीहरु र उसको समुदाय बीच प्रभाव्शालिनै थियो/ तेस्तो व्यक्ति उपत्यकाकै कुख्यात गुण्डा बनेकोमा उ भन्दा भोटको निमित कुराजनिती गर्नेहरुनै जिम्मेवार छन्/ भोटको निमित उसलाई खटन पतन गर्दै आयको दलले दिपक अर्कै दल्कोमा आफ्नो दलको निमित ….गर्न थालेकोमा गुण्डाको …..गरे भनेर होहल्ला गरे पछि दिपकले यक चोटी पहिला तिमीहरुको लागि…… त् ? भनेको पनि थियो/ पहिला उ कांग्रेसी बाटै बढी परिचालित हुने व्यक्ति थियो/

    उसले २०४८ पछिको संसदीय चुनाव ताका काठमान्डू नगरपालिकाले नेवारी भाषामा पनि नगरपालिकामा निवेदन आदि दिन पाउने भनेकोमा सर्वोच्च अदालतमा रित राखेर काठमान्डू नगर पालिकामा नेवारी भाषालाई पनि मान्य्न्य्ता दिने निर्णय खारेज गराउने कांग्रेसी नेताकोमा लागेर १७ वडाको युथ क्याम्पस कब्जा गर्दै गरेको बेला दिपक र उसको ग्याङ्गलाई हतियार सहित प्रहरीले पकडेको थियो/ यो कुरामा म देखि रिसायाको दिपक बात मलाई उसैको मनाङ्गे समाजले बचायको थियो/

    स्वार्थको राजनीति गर्नेहरुले देसको निमित केहि गर्न सक्ने प्रभावशाली युवाहरुलाई गुण्डा बनाउने कुराको जिउँदो उदाहरण बने दिपक/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme