Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथदेखि वाइडबडी जाँचबुझ आयोग गठनसम्म

Posted on January 3, 2019January 3, 2019 by राजेन्द्र मगर

आज नेपालका अधिकांश अनलाइन मिडियामा जेलमा रहेका सांसद रेशम चौधरीको शपथको र वाइडबडी प्रकरणका समाचार प्राथमिकताका साथ लेखेका छन्।

पहिलोपोस्ट अनलाइनले रेशमलाई सपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका भन्ने शीर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तापछि रेशमलाई सपथ गराउने माहोल जुरेको भन्ने उल्लेख छ।  महतोले प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जानकारी दिएपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजी गराएका भन्ने पहिलोपोस्टले लेखेको छ।

त्यस्तै अनलाइन खबरले सपथपछि रेशम चौधरीले सोधे : माला र खादा लगाएर फेरि जेल जानुपर्ने? भन्ने शीर्षकमा समाचार लेखेको छ। समाचारमा चौधरीले सोधेको कुरा यस्तो छ, ‘यो लोगो सांसदको लोगो हो। एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन? यो लोगोको सम्मान के हो? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला।’

त्यस्तै अनलाइन खबरले नै गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन गरेको समाचार लेखेको छ। संचार मन्त्री गोकुल बाँस्कोटाको हवाला दिँदै अनुलाइनले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको जनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको उल्लेख गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ।

त्यस्तै नेपाल खबर अनलाइनले सर्वोच्चबाट बाहिरिनुअघि मिश्रले किन बल्झाए माजोङ क्यासिनोको मुद्दा भन्ने शीर्षकमा समाचार लेखेको छ। न्यायलयको आडमा कसरी क्यासिनोहरूले अर्बौंको राजश्व छलिरहेका भन्ने नेपाल खबरले लेखेका छ।

त्यस्तै नेपाल लाइभ अनलाइनले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव भन्ने शीर्षकमा समाचार लेखेको छ। गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि १३ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको समाचारमा उल्लेख छ।

2 thoughts on “आजको समाचार : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथदेखि वाइडबडी जाँचबुझ आयोग गठनसम्म”

  1. madan bajracharya says:
    January 6, 2019 at 12:21 am

    नेपाल बायु सेवा निगमले किनेको जहाजमा कुनै भ्रस्टाचार भयको भय त्यो कुरामा कुनै शक्ति केन्द्रको पनि हात रहेकै हुनु पर्छ/ निगम भित्र मात्र व्यक्तिगत लाभ उठाउनको लागि भ्रस्टाचार हुँदै आयको होईन/ निगममा भ्रस्टाचार गर्न बडो सजिलो छ तर निगमलाई सछ्यम गर्न खोज्नेको निमित धेरै गाह्रो छ/ रहस्य यहि भित्र छ/

    निगम भित्र निगम सछ्यम हुने ठुला ठुला निर्णय हरु बिबादास्पस्त बनाउनुको पछाडी हाम्रा शक्तिकेन्द्रहरुको पनि शक्तिकेन्द्रको पनि धेरै हात छ/ निगमले सिधै युरोप बात नेपाल यात्रु ल्याउन थालेकोमा हाम्राले पाउ धोक्ने देसको प्रयटनबात हुने आम्दानीमा ठुलै असर पारेको थियो र त्यो देसले गरेको नाकाबन्दीलाई पनि निगमले धेरै हद सम्म बेअसर बनायको थियो/ त्यो देसको नेपालमा भयको स्वार्थमा रति पनि फरक पार्ने धेरै उद्योगहरु हलाल भैनै सके बाकि यहि नेपाल बायु सेवा निगम हो/ तेस्को डल्ले पिल्लेनै निगमलाई हानि हुने मात्रै होईन खतम नै हुने स्थितिमा पुर्याउन खोज्दै आयको छ/ तेस्तै यकजनाले आफ्नो नाम लाउदा काण्डमा उठे पछि “नेपाल बायु सेवा निगममा अब उप्रान्त कुनै ठुला जाहज आउने छैन” भनेको पनि थियो/ कतै यो काण्डमा पनि उसको कुनै चल्ला पिल्लाहरुको पनि हात त् छैन?

    यहानिर हामीले सम्झनु पर्ने कुरा केजो भने नेपाल बायु सेवा निगम येन अनुसार निगमको संचालक समितिले ठुला जहाज किन्नमा कसैको निर्देशन पर्खनु बा मान्नु पर्दैन/ निगम येनमा निगमले कसरि मात्रै जहाज किन्न बा भाडामा लिन पाउँछ त्यो स्पस्ट लेखेकै छ/ तर निगमले जहाज किन्न बा भाडामा लिन आफै निर्णय गराउनै दिंदैन; पछि भ्रस्टाचार भयको ठहर भयमा कार्यवाहीमा नपर्नेहरुले/

    Reply
  2. madan bajracharya says:
    January 3, 2019 at 11:44 pm

    सम्पूर्ण तराईलाई भारत र भारतीय सितै रोटि बेटी र रगतको सम्भंद भयको भन्ने तराई पसे पछि आफुलाई मधेसी भन्नेको स्वशासित र उनीहरुले चाहेमा नेपाल बात अलग्गिने समेत घोसना गर्न सक्ने मधेश प्रदेश बनाउनमा प्रमुख बाधक नेपालको संबैधानिक राजतन्त्र, २०४५को संबिधान र तराइको आदिबाशी जनजातिहरु थारु मैथिलि आदिनै थियो/ संबैधानिक राजतन्त्र र २०४५को संबिधान त् इनिहरुले खारेज गरिने सके; मैथिलाई पनि लगभग दवाईनै सक्यो/ तर थारुलाई मधेसी बनाउन सकेन/ यहि हो नेपालमा संघियता र रेशम काण्डको यथार्तता/

    संघियता अपनाउने नेपालको संबैधानिक राजतन्त्र र २४५को संबिधान खारेज गर भनेर मावोबादिले जनयुद्ध गरेकै थियन/ मावोबादिले त् तेतिबेला नेपालको राजा भारत सिट झुक्नु भन्दा नेपालि सिट झुक्ने महान राजतन्त्र भयको भन्दै भारत परस्त भयको गिरिजा सरकार बिरुद्ध संघर्ष गर्दै थियो/ तर आफैले सुरुङ्ग युद्ध गर्छु भनेको भारतको दिल्ली मा त्यो पनि उनीहरुकै हिन्दि भाषामा लेखेको सम्झौता गरेर नेपालमा संबैधानिक राजतन्त्र, २०४५को सन्धि जुन खारेज गर्ने अनि संघियता अपनाउने माग र नीति आफ्नो भयको भने बात नेपालमा फेरी पनि सत्तामा नहुँदा दल र तिनका नेताहरु रास्त्रवादी बन्ने ढोंग रचाउञ्छन भन्ने कुरा अहिले फेरी पनि पुस्टि भयो/

    सत्तामा नरहेको बा सत्तामा पुग्न चाहिने जनमत नपायको बेला सत्तामा पुगे पछि भारतले कालापानी मिचेको; तराईको सिमाना मिचेको असमान सन्धिहरु लादेको कुराको बिरोध गर्छन तर सत्तामा पुगे पछि उहिलेका देखि अहिलेकाले पनि भारत सिट कुनै समस्या नरहेको भन्न लाज पनि मान्दैनन/

    मधेशबाद मात्र नेपालमा बसाई सरेको बिहारिहरुलाई राजनैतिक लाभ र अधिकार दिलाउनमा मात्रै सिमित छैन/ तराईलाई सिक्किम बनाउन नेपालमा सम्पूर्ण तराई मधेसीको स्वराज चल्ने उनीहरुले चाहेमा नेपाल बात अलग्गिने घोसना गर्ने संबैधानिक अधिकार भयको मध्गेसिको स्वाराज चल्ने राज्य बनाउन सकिने संघियता लागु नभय सम्भव हुने कुरा नै थियन/ सैधान्तिक रुपमा तराईमा मधेसीको राज्य त् बनाउन सकिने भयो तर सम्पूर्ण तराईलाई मधेसीको मधेश बनाउने कुरामा नेपालको चुनावमा भोट लिन मात्रै ……बोल्ने नेताहरु होईन आफुलाई मधेसी र तराईलाई मधेशीको मधेश बनाउन नमान्ने थारुहरु बाधक बन्यो/ यो कुरामा रेशमको सिकार पनि बाधक बन्यो त् तेस्लाई हलाल गरियो र हलाल गर्नेलाई पुरस्कृत गरियो/ बस कुरा यतिनै हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme