Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुरुषहरु बिरामी हुँदा मजाक उडाउन प्रयोग गरिने ‘ननमेडिकल वर्ड’ : म्यान फ्लु

Posted on January 4, 2019January 12, 2019 by राजेन्द्र मगर

के तपाईको पुरुष साथी बिरामी हुँदा पाँच वर्षेको बच्चा जस्तो व्यवहार गर्छ ?

जब पुरुषहरु बिरामी हुन्छन् वा बिरामी भएको नक्कल गर्छन् उनीहरुलाई रुघा लाग्नु एक प्रकारको चर्चित सिदान्त नै हो। त्यही अवस्थामा महिला भने घरायसी काम, बच्चाको स्याहार र जीवनसँग लडिरहेकी हुन्छिन्।

‘इन्फ्लूजा फ्लू’को समयमा ‘म्यान फ्लू’ का बारे पनि मानिसहरु जिज्ञासु हुँदैछन्। ‘म्यान फ्लू’ एक ‘नन-मेडिकल’ शब्द हो जुन सामान्य जोरो आउँदा पनि धेरै नाटक गर्ने पुरुषहरुको मजाक उडाउन प्रयोग गरिन्छ। के अब यसको अर्थ तपार्इको ठूलो पुरुष बच्चा बिरामी हुँदा धेरै नै सिकिस्त हुन्छ भन्ने हो?

‘ओभर एक्टिङ’ गरेको आरोप खेप्दै आएका क्यानाडाका अनुसन्धानकर्ता डा केली सु पुरुषहरु रोगका लक्षणहरुका कारण धेरै उत्ताउला नहुने बताउँछन्। तर ‘भाइरल रेसपिरेटोरी भाइरस’ विरुद्ध उनीहरुको प्रतिरोधात्मक क्षमता शक्ति कम हुन सक्ने उनी बताउँछन्। यसबाट उनीहरु महिलाहरुले भन्दा बढी गुनासो गर्ने उनको तर्क छ।

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित उनको अनुसन्धान सम्बन्धी रिपोर्टमा उनले ‘टेस्टोसटेरोन’ का कारण पुरुषको प्रतिरोधात्मक क्षमता शक्ति घट्ने तर महिलाको ‘सेक्स हार्मोन’ले भने महिलाको प्रतिरोधात्मक क्षमता शक्ति बढाउने उल्लेख गरेका छन्।

‘फ्लू सेक्सियस्ट’ छैन भन्ने वैज्ञानिक प्रमाणहरुमा आधारित तथ्य भन्दा ‘म्यान फ्लू’ सम्बन्धी अनुसन्धान अलि भिन्न रहेको छ। रोयल कलेज अफ जेनिरल प्रयाक्टिसनर्सका अध्यक्ष डा स्टोक्स लमपार्डका अनुसार धेरै व्यक्तिहरु फ्लूबाट चाँडै निको हुन्छन् चाहे तिनीहरु जुनसुकै लिंगका हुन्। उनी फ्लू लागेका व्यक्तिलार्इ घर मै बस्न, धेरै तरल पदार्थ पिउन र पेन किलरको प्रयोग नगर्न सुझाव दिन्छिन्। यद्यपी केही दिनहरुमा लक्षणहरु कम नभए वा श्वास लिन गाह्रो भए उनी चिकित्सक कहाँ जान सल्लाह दिन्छिन्।

सबैभन्दा चिन्ताको विषय: पुरुषहरु बरु आफ्नो लुगा जलाउँछन् तर तर प्रोस्टेट जाँचका लागि जादैनन्। पुरुषको उमेर बढदै गएसँगै उनीहरुले नियमित रुपमा स्वास्थ्य जाँच गराइरहनु पर्छ।

५० वर्षभन्दा माथिको पुरुषले वर्षमा एक पटक ‘प्रोस्टेट स्क्रिनिङ’ गराउनु पर्छ। यसका साथै रक्तचाप, कोरेस्ट्रोल र मधूमेहको जाँच गराउनु पनि आवश्यक हुन्छ। मधूमेहको उपचार नगराए ह्दयघात, स्ट्रोक, फोक्सो काम नलाग्ने वा अन्धोपन हुनसक्छ। यदि उनीहरु आफ्नो स्वास्थ्य प्रति सचेत भए तौल घटाउने सल्लाहका लागि जेनेरल फिजिसियन कहाँ जानुपर्छ।

यसका साथै नियमित रुपमा आँखा जाँच गराउनु पर्छ। ‘ग्लाउकोमा’का कारण आँखाको प्रेसर बढ्न जान्छ। यसको उपचार नभए आँखाको ज्योति गुम्न सक्छ। यसका साथै उसको पछाडी र छातीमा भएका कोठीहरुमा हुने परिवर्तनका बारेमा जानकार हुनपर्छ। ‘मेलानोमा’ ( एक प्रकारको क्यान्सर ) का कारण पुरुषको मृत्यु हुने संख्या पछिल्लो ३० वर्षयता दुई गुणाले बढेको छ।

1 thought on “पुरुषहरु बिरामी हुँदा मजाक उडाउन प्रयोग गरिने ‘ननमेडिकल वर्ड’ : म्यान फ्लु”

  1. Rajendra says:
    January 6, 2019 at 10:35 pm

    It is a misandrist term. How would people feel about “आइमाई कुरा”? Stop giving sexist names to negative behaviors.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme