Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: कुन अस्पतालमा नर्सलाई कति तलब देखि सस्तो व्याजमै कृषी ऋणसम्म

Posted on January 5, 2019January 12, 2019 by राजेन्द्र मगर

आज शनिवार नेपालका अनलाइन मिडिया साहित्य र फिचर स्टोरीमा केन्द्रित छन्। बाह्हखरी अनलाइनले बुवाको बिँडो शिर्षकमा पत्रकार बिनाज गुरुवाचार्यको प्रोफाइल लेखेको छ। बिनाजको पत्रकारितामा प्रवेश र उनको पत्रकारिताको यात्राको बारेमा उक्त फिचर केन्द्रित छ।

सेतोपाटी अनलाइनले कृषि उद्यम गर्न ३. ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ?  भन्ने शिर्षकमा समाचार लेखेको छ। ‘बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडी त्यसमा ५ प्रतिशत अनुदान घटाई बाँकी व्याज तिरे पुग्छ। सबैभन्दा कम ६.३३ प्रतिशत आधार व्याजदर भएको राष्ट्रिय वाणिज्य बैंकबाट यस्तो ऋण लिने हो भने जम्मा ३.३३ प्रतिशत मात्रै व्याज पर्न आउँछ। जवकि बैंकहरुको औसत आधार व्याजदर नै यतिबेला १० प्रतिशतभन्दा माथि छ’ समाचारमा भनिएको छ।

त्यस्तै पहिलोपोस्ट अनलाइनले ८५ हजार ‘रजिस्ट्रेड नर्स’, तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति? भन्ने शिर्षकमा नर्सका समस्याको बारेमा फिचर लेखेको छ।

‘नेपाल नर्सिङ काउन्सिलमा ८५ हजार आठ सय ६ नर्स दर्ता छन्। जसमध्ये २५ हजारले मात्रै रोजगारी पाएका छन्। अर्थात, ४८ हजार आठ सय ६ जना रजिष्ट्रेड नर्समात्रै नेपालभित्रै बेरोजगार छन्’ समाचारमा भनिएको छ।

त्यस्तै नेपाल खबर अनलाइनले नेपाल भ्रमण वर्ष २०२० का लागि १० हजारलाई पर्यटन तालिम दिँदै सरकार भन्ने शिर्षकमा समाचार लेखेको छ।

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउने उद्देश्य अनुरुप चालु आर्थिक वर्षमा १० हजार नेपालीहरुलाई तालिम दिइने भएको समाचारमा उल्लेख छ।

त्यस्तै रातोपाटी अनलाइनले नेपालको पहिलो फिल्म आमाकी अभिनेत्री भुवन चन्दको जीवन : मृत्युमा पनि दर्शकको माया मिलोस् भन्ने शिर्षकमा फिचर लेखेको छ। उक्त फिचरमा चन्दको जिवनशैलीको बारेमा लेखिएको छ।

त्यस्तै नेपाल लाइभ अनलाइनले भारी बोक्न पोखरा आएका प्रेम, यसरी बने पर्यटन व्यवसायी भन्ने शिर्षकमा फिचर लेखेको छ। उक्त फिचरमा भरियादेखि पर्यटन व्यावसायी भन्दाको अनुभव समेटिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme