Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका समाचार : चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीसमा बढुवा देखि क्रिकेटर सन्दिपको प्रशंसा

Posted on January 1, 2019January 12, 2019 by राजेन्द्र मगर

आज सन् २०१९ को पहिलो दिन। आज नेपालका अनलाइन मिडियाले के के समाचार हाले त ? हेरौँ केही अनलाइनमा मिडियामा आएका समाचारहरु।

आज प्राय अनलाइन मिडियाले सन् २०१८ मा चर्चामा आएका घटनाको बारेमा समाचार बनाएका छन्।

हेरौँ केही समाचारहरु।

पहिलोपोस्ट अनलाइनले विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई जेलसम्म भन्ने शिर्षकमा समाचार लेखेको छ।

उक्त समाचारमा डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ता देखि पत्रकार जमाल खशोग्गीको हत्यासम्म अटाएको छ। खशोग्गीको हत्या साउदीका राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा भएको टर्कीले दाबी गर्दै आएको समाचारमा भनिएको छ।

त्यस्तै २०१८ मि टूको वर्ष रह्यो। विश्वभर महिलाहरुले आफूहरुमाथि भएको यौन उत्पिडनविरुद्ध खुलेर बोल्न थाले। फलस्वरुप पीडकहरुको कर्तुत समाजसामु आयो। विश्व राजनीति, हलिउड, बलिउड, खेल, पत्रकारितामा मात्र नभइ सबै क्षेत्रमा मि टू अभियानले तहल्का मच्चाएको तथ्य पनि उक्त समाचारमा अटाएको छ।

पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानको उदय, १८ वर्षदेखि जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक युनियनमा एकछत्र नेतृत्व गरेकी जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टी नेतृत्वबाट बिदाई पनि समाचारमा अटाएको छ। श्रीलंकाको अस्थिर राजनीती, मंगल ग्रहमा ‘इन्साइट’ यान र विश्वकप २०१८ को चर्चा पहिलोपोस्टको उक्त समाचारमा गरिएको छ।

त्यस्तै सरकारले १५ औ अनशन टुङग्याउँदा गरेका सम्झौता कार्यन्वयन नगरेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न इलाम पुगेको समाचार अधिकाशं अनलाइनहरुले लेखेको छ।

त्यस्तै अनलाइन खबरले बन्दना गर्छु, ब्ल्याकमेलिङको आरोपबाट उन्मुक्ति पाऊँ: चोलेन्द्रशमशेर भन्ने शिर्षकमा समाचार लेखेको छ। सर्वोच्च अदालतका न्याधीस चोलेन्द्र शमशेर जबरा प्रधानयाधीसमा बढुवा भएको र भोली उनले सपथ गर्ने उक्त समाचारमा बताइएको छ।

त्यस्तै सेतोपाटी अनलाइनले विनोदी र विवादित चोलेन्द्र शमशेर भन्ने शिर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा जबराका विगतका विवादास्पद फैसलाहरुको बारेमा लेखिएको छ।

त्यस्तै नेपाल खबर अनलाइनले अष्ट्रेलियाको बिगबास लिगमा खेलिरहेका नेपाली स्पिन बलर सन्दिप लामिछानेको बारेमा लेखेको छ। चारवटा खेलमा लगातार आठ विकेट लिएका लामिछानेले उनले चारवटै टिमका कप्तानलाई आउट गरेपछि उनको चर्चा चुलिएको छ। क्लार्कका भाइ, पोन्टिङका राजा शिर्षकमा लेखिएको उक्त समाचारमा सन्दिप लामिछानेको विश्व प्रसिद्द क्रिकेटर माइकल कलार्क र रिकी पोन्टिङले लामिछानेलाई गरेको प्रशंसा उल्लेख गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme