Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: वाइडबडी भ्रष्टाचार काण्डमा  मन्त्री रवीन्द्र अधिकारी देखि पूर्वराजा ज्ञानेन्द्रको दमौली भ्रमणको चर्चा

Posted on January 2, 2019January 12, 2019 by राजेन्द्र मगर

 

आज नेपालका अधिकाशं अनलाइन मिडियाले वाइडबडी प्रकरणको बारेमा समाचार लेखेका छन। सेतोपाटी अनलाइनले वाइडबडी खरिदमा कुन कुन शिर्षकमा के के अनियमितता भएको भन्ने समाचार लेखेको छ।

वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको उल्लेख छ । त्यस्तै सबैभन्दा बढी अनियमितता विमानको मूल्यमा भएको सेतोपाटीले लेखेको छ। 

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसिमितिको प्रतिवेदनमा विमान खरिदका विभिन्न चरणमा विभिन्न व्यक्तिको संलग्नतामा भ्रष्टाचार भएको उल्लेख गरिएको छ।

‘यसो गर्दा एक जहाजमा  ११.८ मिलियनका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएको छ,’प्रतिवेदन उल्लेख गर्दै सेतोपाटीले लेखेको छ।

त्यस्तै अनलाइनखबरले ‘नेवानि’को खाने बानी ! धमिजादेखि वाइडबडीसम्म भन्ने शिर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा वायु सेवा निगमको भ्रष्टाचार शृंखलाहरुको बारेमा लेखिएको छ।  वायुसेवा निगमका लागि यस्तो काण्ड बिल्कुलै नयाँ होइन । इतिहासलाई पल्टाएर हेर्ने हो भने राष्ट्रिय ध्वजावाहक कसरी धुजा-धुजा बन्यो भन्ने प्रमाण निगमभित्र भएका अनियमितताका काण्डहरुबाट पुष्टि हुन्छ भन्दै गिरिराज प्रसाद कोइरालादेखि अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रवीन्द्र अधिकारीलाई सम्म जोडेको छ।

त्यस्तै नेपाल लाइभ अनलाइनले नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको समाचार लेखेको छ।

यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ। प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।

त्यस्तै नेपालखबर अनलाइनले पूर्व राजा ज्ञानेन्द्र शाह दमौली पुगेको समाचार लेखेको छ। शुक्रबार दिउसो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँको सदरमुकाम दमौली पुगेर सर्वसाधारणहरुलाई भेट गरेको समाचारमा उल्लेख छ।

नेपाल खबरको समाचार अनुसार दमौलीमा शाहले  शुभेच्छुकहरुसँग फूल लिए, उनीहरुले लगाइदिएको खादा पनि लाए। सडकमा सर्वसाधारणसँग भेट्दा उनी प्रफुल्लित मुद्रामा देखिए।

नेपाल खबरले लेखेको छ, ‘दमौलीमा पुगेका पूर्वराजालाई स्थानीय पत्रकारहरुले समसामयिक राजनीतिका विषयमा प्रश्न सोधे। उनी केही बोलेनन्, मुस्कुराइमात्र रहे।

त्यस्तै पहिलोपोस्ट अनलाइनले १२ वर्षमा आमा बनिन् गंगा भन्ने शिर्षकमा समाचार लेखेको छ। मकवानपुर राक्सिराङ गाउँपालिकाको विकट गाउँ औलेबाट प्रधानमन्त्री कार्यलयको निर्देशन अनुसार उनलाई उद्दार गरेर काठमाडौँ ल्याइएको थियो।    

त्यस्तै पहिलोपोस्ट अनलाइनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी वाइड बडी विमान खरीदको भ्रष्टाचारमा मुछिएकाले दुई तिहाइको सरकारले पनि उनको प्रतिरक्षा गर्न नसक्ने सत्तारुढ दलकै सांसद एवं छानविन उपसमिति एक सदस्यले दावी गरेको भन्दै समाचार लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme